Pages

Monday, December 24, 2012

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन

प्रवीण ढकाल
काठमाडौँ, २५ कार्तिक

राजनितिक गतिविधिबाट टाढै रहेको स्वास्थ्य संस्थाको रुपमा चनिएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि राजनितिक गतिविधि बढेको छ । राजनितिक आधारमा कम अनुभवि र क्षमता नभएका व्यक्तिलाई प्रतिष्ठानको जिम्मेवारी दिएको भन्दै प्रतिष्ठानका कर्मचारी तथा चिकित्सकले शुरु गरेको आन्दोलन दुई सातासम्म चलिरहेको छ ।
प्रतिष्ठानका उपकुलपतिको राजीनामा माग गर्दै दशै लगत्तै आन्दोलन शुरु गरेका चिकित्सक एवं कर्मचारीले प्रतिष्ठानकी उपकुलपति डा. संगिता भण्डारी र शिक्षाध्यक्ष सौम्या भट्टाचार्यको राजिनामा नआएसम्म आन्दोलन नरोकिने बताएका छन् । सरकारले नियुक्त गरेको दुई महिनामै प्रतिष्ठानका उपकुलपतिको राजीनामा माग्दै भएको प्रदर्शन दिनदिनै बढ्दै गएको आन्दोलनरत कर्मचारी गोकुल सापकोटाले बताए । उनका अनुसार चिकित्सक, विद्यार्थी र कर्मचारीले शुक्रबार देखि नै  उपकुलपति भण्डारी रशिक्षाध्यक्ष भट्टाचार्यलाई प्रतिष्ठान प्रवेश गर्न दिएका छैनन् ।
राजनितिक आधारमा नियुक्ति भएकि उपकुलपति डा. भण्डारीले सबै काम आफूले मात्र गरेको, आफूले नै चाहेकालाई कर्मचारी नियुक्ति गरेको, अस्पताल कर्मचारीको कुरा नसुनेको लगातका कारण देखाएर कर्मचारीले उनिहरुको राजीनामा माग्दै आएका छन् । उनीहरुले उपकुलपति र शिक्षाध्यक्षको राजीनामा हुने सर्तमा मात्र सरकारसँग बार्ता गर्न बताएका छन् ।
प्रतिष्ठानमा सरकारले गत भदौ ८ गते भण्डारीलाई राजनितिक आधारमा नियक्ति गरेको थियो । भण्डारीले पनि एक पक्षीय रुपमा शिक्षाध्यक्ष भट्टाचार्यको नियुक्ति गरेपछि प्रतिष्ठानमा आन्दोलन शुरु भएको हो । कर्मचारीहरुले राजनीतिक आस्थाका आधारमा नियुक्ति भएर आएपनि संस्थाको सुधारमा लाग्नुपर्नेमा एकपक्षिय ढंगले निर्णय गर्न थालेकाले विरोधमा उत्रनुपर्ने जनाएका छन् । ‘बल्लबल्ल हुर्काएको र एउटा पद्धति बसाएको संस्थालाई कुनै एक व्यक्ति आएर आफ्नो व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्न थालेकाले विरोध गरेका हौँ’ सापकोटाले भने, ‘यसलाई जोगाउनु हाम्रो कर्तव्य हो । माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ । हाम्रो चिन्ता प्रतिष्ठानको साख, उद्धेश्य र लक्ष्य बिगार्न नदिनु नै हो ।’
आन्दोलनरत प्रतिष्ठानका विद्यार्थीहरुले उपकुलपतिले छात्रवृत्ति रोक्ने धम्की दिएको आरोप लगाएका छन् । कर्मचारीले जागिर खाइदिने धम्की दिएको बताएका छन् । पाटनको विवाद समाधानका लागि प्रधानमन्त्रीले सचिव कृष्ण्ँहरि बास्कोटालाई जिम्मा दिएका थिए । तर त्यसले शनिवारसम्म पनि उल्लेख्य काम गर्न सकेको छैन । कर्मचारीहरुले आइतवारवाटनै अस्पतालको सेवा बन्द गर्ने बताएपन पछिल्लो समयमा तिहार परेकाले फिर्ता लिएका छन् । तर उनिहरुले तिहारसम्म पनि माग पुरा नभएमा अस्पतालको सम्पुर्ण सेवा ठप्प पार्ने बताइरहेका छन् ।
प्रतिष्ठानमा स्वास्थ्यमन्त्री राजेन्द्र महतोले आर्थिक लेनदेनकै आधारमा गत भदौमा डा. भण्डारीलाई उपकुलपति नियुक्त गराएको भन्दै विरोध समेत भएको थियो । मन्त्री महतोको सिफारिसमा कुलपतिसमेत रहेका डा.बाबुराम भट्टराईले भदौ ८ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा नाक कान घाँटी रोग विशेषज्ञका रुपमा कार्यरत डा.संगीता भण्डारीलाई उपकुलपति नियुक्त गरेका थिए । भण्डारीको नियुक्ति लगत्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानस“ग कुनै सम्बन्ध नभएको र त्यसको मर्मसमेत नबुझेको व्यक्तिलाई उपकुलपति बनाइएको भन्दै विवाद शुरु भएको थियो ।
लामो समयदेखि धरानमा नाक, कान र घाँटीरोग विशेषज्ञका रुपमा कार्यरत भण्डारी माओवादी निकट मानिएकै कारण्ँ उपकुलपति बन्न सफल भएकी कर्मचारीले बताएका छन् । २०६४ माघ २२ मा जारी प्रतिष्ठानको ऐनले उपकुलपति नियुक्तिका लागि सहकुलपति स्वास्थ्यमन्त्रीको संयोजकत्वमा समिति बन्ने र त्यसको सिफारिसमा कुलपति प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्ने व्यवस्था छ । समितिमा स्वास्थ्यमन्त्रीसहित स्वस्थ्य सचिव डा.प्रवीण मिश्र र धरानका उपकुलपति डा. बिपी दास सदस्य रहेका थिए । समितिका सदस्यहरुले भण्डारीका नाममा आपत्ति जनाए पनि मन्त्री महतोको दवावका कारण्ँ उनीहरु सहमति गर्न बाध्य बनेका थिए । प्रतिष्ठानभन्दा बाहिरका व्यक्तिलाई यसरी नियुक्ति गरिएकोमा संस्थाका चिकित्सक तथा अन्य पदाधिकारी शुरु देखि नै असन्तुष्ट बनेका थिए ।
‘युनाइटेड मिसन टु नेपाल’ नामक बेलायती मिसनरी अभियानअन्तर्गत ६० वर्षदेखि सञ्चालित पाटन अस्पताल २०६४ सालमा नेपाली स्वास्थ्यकर्मीको टोलीलाई हस्तान्तरण्ँ भएको हो । प्रतिष्ठानका पहिला उपकुलपति डा. अर्जुन कार्की हुन् । प्रतिष्ठान स्थापनाको समयमा पनि पार्टीभित्र बिवादका बाबजुद तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले डा.अर्जुन कार्कीको क्षमता र भिजनका कारण्ँ उनलाई उपकुलपति बनाएका थिए । प्रतिष्ठान डा. कार्कीकै भिजन अनुसार स्थापना गरिएको हो । तर गत भदौमा मात्र उनको कार्यकाल सकिएपछि पाटनमा राजनितिक आस्थाका आधारमा डा. भण्डारीलाई नियक्ति दिइएको हो । प्रतिष्ठान पुर्ण रुपमा स्थापित नभइसकेको कारण प्रतिष्ठानका चिकित्सकहरुले उपकुलपतिमा डा.कार्कीकै निरन्तरताका लागि प्रधानमन्त्रीलाईसमेत आग्रह गरेका थिए । प्रतिष्ठान एमबिबिएसको तेस्रो ब्याच भर्ना गर्ने तयारीमा छ । एक ब्याच पनि उत्पादन हुन नसकेको अवस्थामा उपकुलपति परिवर्तन हु“दा शैक्षिक वातावरण नै प्रभावित हुनसक्ने डर प्राध्यापकहरुको छ ।

No comments:

Post a Comment