
नयाँ पत्रिका
काठमाडौँ ६ भदौ
नेपालमा परीवार नियोजनका साधनको प्रयोग गर्नेको संख्यामा ह्रास आएको छ । परीवार नियोजनका साधन प्रयोग गर्ने संख्यामा ह्रास आएकाले नेपालले सहश्राब्दि विकास लक्ष्य हासिल गर्न कठिनाई हुने भएको छ ।
सहश्राब्दि विकास लक्ष्यअनुसार सन २०१५ मा नेपालका ६७ प्रतिसत जनताले कुनै न कुनै प्रकारका परीवार नियोजनाका साधन प्रयोग गर्ने गरेको हुनु पर्ने छ । तर सरकारले मङ्गलवार सार्वजनिक गरेको जनसांख्यिक स्वास्थ्य सर्वेक्षणको प्रारम्भिक प्रतिवेदनले नेपालमा जम्मा ४३ दशमलव दुई प्रतिशतले मात्र परीवार नियोजनका साधन प्रयोग गर्ने गरेको देखाएको छ । यो पाँच वर्ष अघिको सर्वेक्षणको तुलनामा एक प्रतिशत कम हो । सन् २००६ मा नेपालका ४४ दशमलव दुई प्रतिसत जनताले कुनै न कुनै प्रकारका परीवार नियोजनाका साधान प्रयोग गर्ने गरेको थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक पाँच वर्षको अवधिमा जनसांख्यिक स्वस्थ्य सर्वेक्षण सार्वजनिक गर्ने गरेको छ ।
सर्वेक्षणको प्रारम्भिक नतिजा अनुसार सन २००६ को तुलनामा यस वर्ष कण्डम सुई र महिला बन्ध्याकरण गर्नेको संख्या घटेको छ । पुरुष बन्ध्याकरण पिल इमप्लान्स र आइयुडीको प्रयोगमा बृद्धि भएको देखिएपनि समग्रमा परीवार नियोजनाका साधन प्रयोग गर्नेको संख्या घटेको सर्वेक्षणले देखाएको छ ।
ुसन् २००६ को तुलनामा यो वर्ष परीवार नियोजनका साधन प्रयोग गर्नेको संख्या घटेको छु

मन्त्रालयको जनसंख्या महाशाखाका सह सचिव पदमराज भट्टले परीवार नियोजनका साधनको प्रयोग गर्नेको संख्या घट्नुमा गर्भपतन र विदेशमा काम गर्न जाने पुरुषहरु को संख्यामा बृद्धि भएकाले हुन सक्ने बताए । उनले परीवार नियोजनका साधन प्रयोग गर्नेको संख्यामा आएको ह्रासले थप चुनौति थपिएको बताए । ुपाँच वर्षको अवधिमा यो संख्यामा उल्लेख्य वृद्धि हुनुपर्ने थियोु उनले भने ुतर यसमा त थप कमी आएको छ । त्यसकारण सन् २०१५ मा सहश्राब्दि विकास लक्ष्य पुरा गर्न कठिन हुने भएको छ ।ु
सर्वेक्षणले नेपालको कुल प्रजननदर घटेर २।६ मा आएको दक्ष स्वास्थ्यकर्मीवाट गर्भवति सेवा सुत्केरी सेवा र स्वास्थ्य संस्थामा जन्म गराउने संख्यामा वृद्धि भएको दक्ष स्वास्थ्यकर्मीवाट सुत्केरी गराउ
