Pages

Monday, December 24, 2012

जिपी कोइराला श्वासप्रस्वास अस्पताल काठमाडौँमा नबन्ने

प्रवीण ढकाल
काठमाडौँ, २७ असोज

पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद (जिपी) कोइरालाको नाममा स्थापना गर्न लागिएको श्वासप्रश्वास अस्पताल जग्गा विवादका कारण काठमाडौँमा नबन्ने भएको छ ।
सरकारले काठमाडौं चुनिखेलमा जिपी कोइराला श्वासप्रस्वास अस्पताल बनाउन प्रस्ताव गरेको थियो । तर चुनिखेलको प्रस्तावित जग्गामा विवाद भएपछि सरकारले विकल्पको रूपमा तनहुँको खैरेनीटारमा अस्पताल बनाउने भएको छ । दूरीका आधारमा पोखरा नजिकै पर्ने तनहुँको खैरेनीटारमा अस्पताल निर्माणको प्रक्रिया सुरू गरेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । श्वास–प्रश्वाससम्बन्धी रोग क्रोनिक अब्टक्टिभ् पल्मोनरी डिजिज् (सीओपीडी) बाट मृत्यु भएका कोइरालाको सम्मानमा उनको नाममा राष्ट्रिय आवश्यकता समेत हेरेर सरकारले यस्तो अस्पताल बनाउने निर्णय गरेको हो ।
अस्पताल गठनसम्बन्धी सुझाब समितिले श्वासप्रश्वास अस्पताल वारपर अरू विशेषज्ञ अस्पतालसमेत चाहिने भन्दै काठमाडौंमै अस्पताल खोल्न सुझाब दिएको थियो । तर चुनिखेल, गाच्चा भन्ने ठाउमा दुई वर्षदेखिको विवाद सल्टिने सम्भावना नदेखेपछि खैरेनी सामुदायिक अस्पताल रहेको क्षेत्रमा अस्पताल निर्माण सुरू गर्न लागिएको हो ।

जिपी कोइराला श्वासप्रश्वास अस्पताल निर्माण समितिका संयोजक डा.लक्ष्मीराज पाठकले तनहु“को खैरेनी सामुदायिक अस्पतालले जग्गा दिने प्रतिवद्धता गरेको र ठूला अस्पताल रहेका प्रमुख स्थानसमेत पायक पर्ने भएकाले काठमाडौ“को विकल्पका रुपमा तनहु“ रोजिएको बताए । खैरेनीको सो सामुदायिक अस्पतालसग भएको २ सय १० रोपनी जग्गाको भोगाधिकार लिने प्रक्रिया सुरूवात भइसकेको समेत उनले जानकारी दिए ।
समितिका अनुसार अस्पताल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन र सहरी विकास विभागको विज्ञ टोली गएर अरू संभाब्यता अध्ययान समेत गरीसकेका छन् । डा.पाठकले काठमाडौमा भन्दा राम्रो ठाउ भएकाले र महत्वपूर्ण सेवाविकेन्द्रीत पनि हुने भएकाले समितिले सो स्थानमा काम अगाडि बढाएको बताए । उनका अनुसार अस्पतालका लागि भवन निर्माण पक्रिया समेत अगाडि बढेको छ । अस्पताल निर्माण तत्कालै प्रारम्भ गर्न भन्दै सरकारले बजेटमार्फत् गत र चालु आर्थिक वर्षमा समेत बजेट विनियोजन गरेपनि जग्गा विवाद लम्बिदै गएपछि विकल्प खोज्नु परेको पाठकले बताए ।
तनहु“मा अस्पताल निर्माण प्रक्रिया शुरु गर्नु अघि काठमाडौ“का स्थानीय भद्रकाली सामुदायिक बनको ३ सय ४२ रोपनी पर्ती जग्गामध्ये अस्पताल निर्माणका लागि १ सय ६० रोपनी जग्गा माग गरिएको थियो । त्यो मध्ये कम्तिमा ७÷८ रोपनी जग्गा गुठीबाट सञ्चालित जीवनज्योति विद्यालयले पाउनुपर्ने माग स्थानीयले गरेका थिए । जिल्ला वन कार्यलयले पहिलो प्राथमिकतामा परेको योजनालाई मात्रै जग्गा दिन मिल्ने भन्दै विद्यालयलाई जग्गा दिन नमिल्ने जनाएपछि काठमाडौ“मा निर्माण गर्ने प्रक्रिया रोकिएको हो । अस्पतालको कुरा आउ“नु अगावै गाविस सचिव, इलाका बनकार्यलयले समेत विद्यालयलाई जग्गा दिने मौखिक सहमति गरेको विद्यालयले जनाएको छ । मौखिक सहमतिका भरमा विद्यालयले कोरियाली दाताको सहयोगमा करिव २५ लाख खर्च गरेर भिरालो जमिन सम्याएको छ । ती दाताले करिव १ करोड खर्च गरेर कम्तिमा प्लस टु चलाउने पुग्नेगरी भवन बनाइदिने प्रतिवद्धता गरेको विद्यालयको भनाई छ । भोगाधिकारै नलिई सम्याउन डोजर लगाएपछि जिल्ला बन कार्यलयमा उनीहरू विरुद्ध वन अतिक्रमणको मुद्दा परेको छ । सोही मुद्धा र विवादका कारण काठमाडौ“मा बनाउन लागिएको अस्पताल निर्माण रोकिन गएको डा. पाठकले बताए ।

तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको समयमा सरकारले कोइरालाको सम्मानमा सय शैयाको अस्पताल बनाउने निर्णय ०६७ फागुनमा गरेको थियो । अस्पताल स्थापनासहित उपयूक्त स्थानको खोजी, जग्गा प्राप्ति र अस्पतालका सम्पूर्ण स्वरूपमाबारेमा सुझाब दिन स्वास्थ्य मन्त्रालयले गत ०६८ असार १५ गते स्वर्गीय कोइरालाका चिकित्सक समेत रहेका वरिष्ठ न्यूरोफिजिसिन डा.जगदिशप्रसाद अग्रवालको संयोजकत्वमा समिति बनाएको थियो । समितिले ६ महिनापछि चुनिखेल भद्रकालीमा अस्पताल सहितको राष्ट्रिय श्वास–प्रश्वास प्रतिष्ठान बनाउन सुझाब दिएको थियो । समितिको प्रतिवेदनमा अस्पतालको क्लिनिकल र प्रशासनीक गरी १२ विभागका लागि ३ सयभन्दा बढी जनशक्ति र १ अर्वभन्दा बढी रकम आवश्यक पर्ने उल्लेख छ । पछिल्ला दिनमा श्वास–प्रश्वाससम्बन्धी रोगको दर पनि बढ्दै गएको अवस्थामा सोसम्बन्धी जनशक्तिको पनि कमी रहेको प्रतिष्ठानको स्वरूपमा लगेर श्वास–प्रश्वास रोगसम्बन्धी पढाई समेत गर्न सुझाब दिइएको समितिका संयोजक डा.अग्रवालले बताए ।
‘प्रतिष्ठानको स्वरूपमा लगिएपछि दक्ष जनशक्ति तयार हुन्छ र त्यसले गर्दा काठमाडौ बाहिर पनि सेवा विस्तार गर्न सकिन्छ ।’ डा.अग्रवालले भने । समितिले दिएको सुझाबका आधारमा तत्काल अफिस स्थापनागरी अर्थ स्वायत्त निकाय बनाउन गठन आदेश प्रक्रिया पूरा गर्न ०६८ पुषमा स्वास्थ्य मन्त्रालयले १३ सदस्यीय समिति समेत बनाएको थियो । समितिको अध्यक्षमा स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. पाठकको उपाध्यक्षमा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा.चोपलाल भुसाल छन् ।  कोइरालाकै चिकित्सक डा.हरी लम्साल सदस्य सचिव रहेको समितिका सदस्याहरूमा पूर्वमन्त्री मानबहादुर विश्वकर्मा, काग्रेस नेता शेखर कोइराला, सभसद्हरू दिवाकर गोल्छा, राजेन्द्र खेतान र भुटानीदेवी खवास छन् । त्यसैगरी डा.भगवान कोइराला, डा.मनवहादुर केसी, प्रा.डा.रामप्रसाद चौधरी, अधिवक्ता शेरबहादुर केसी र दिब्यमणी राजभण्डारी समेत छन् ।

No comments:

Post a Comment