Pages

Monday, December 24, 2012

न्याम्सको परिषद बैठकमा अनुपस्थित, मन्त्री कक्षमा उपस्थित

प्रवीण ढकाल
काठमाडौ“, ३ असोज

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कार्यकारी परिषद्का सदस्यहरु परिषद्को बैठकमा नबसि स्वास्थ्य मन्त्री राजेन्द्र महतोको कार्यकक्षमा पुगेर न्याम्सको उपकुलपति फेर्न दबाब दिन पुगेका थिए ।
वीर अस्पताल सुधार र कर्मचारी हकहितका लागि बुधवार ११ बजेका लागि डाकिएको न्याम्सको कार्यकारी परिषदको बैठकमा परिषद्का सदस्य रहेका न्याम्सका रेक्टार डा. श्रीकृष्ण गिरी र डिन सितारामा चौधरी बैठकको समयमा मन्त्रीकक्षमा गफ गरेर बसीरहेका थिए । उनिहरु दुवै जनाले बैठकमा अनुपस्थित रहने बारेमा न्याम्समा कुनै जानकारी नै गराएको थिएनन् । पा“च सदस्यिय परिषदका अर्का सदस्य तथा वीर अस्पतालका निर्देशक डा. बुलन्द थापा पनि परिषद् बैठक शुरु हुने समयमा खबर नै नगरी अस्पतालबाट बाहिरीएका थिए ।
परिषद् बैठकको बारेमा १ असोजमा नै न्याम्सले सबै पदाधिकारीलाई जनाकारी गराइएको भएपनि परिषद्को बैठकको समयमा तीन जना सदस्य अनुपस्थित भएपछि बैठक स्थगित हुन पुगेको छ । परिषद्मा न्याम्सका पदाधिकारी सदस्य रहने व्यवस्था रहेको छ । बैठकमा अनुपस्थित हुने भए सदस्यले पहिला नै खबर गर्नुपर्ने हुन्छ ।
बैठकमा अस्पताल सुधारका लागि प्रतिष्ठानको युनियन, संघ, संगठनले उठाएका मागहरुका विषयमा छलफल गर्न र कर्मचारीहरुको हकहितका लागि के के गर्न सकिन्छ भन्ने एजेन्डा तय भएको थियो । आफ्ना मागका विषयमा परिषद् बैठकमा छलफल हुने भएपछि प्रतिष्ठानका युनियन, संघ, संगठनका पदाधिकारी पनि न्याम्स कार्यालयमा छलफलको विषयमा उठेका कुरा सोध्न पुगेका थिए । तर बैठक स्थगित भएपछि उनिहरुले आफ्ना माग लिएर स्वास्थ्यमन्त्री महतोलाई भेट्न गएका थिए ।
बैठकमा पदाधिकारी अनुपस्थित भएपछि अस्पतालका समस्या समाधानको मागहरु लिएर अस्पतालका कर्मचारी स्वास्थ्यमन्त्री महतोलाई भेट्न १२ बजे स्वास्थ्य मन्त्रालयमा पुगेका बेलामा उनिहरुले मन्त्रीको कक्षमा गफ गरेर बसिरहेका परिषद्का सदस्यद्धय डा. गिरी र चौधरीलाई देखेपछि छक्क परे । तत्कालै कर्मचारीले डा. गिरीलाई बैठकमा किन अनुपस्थित भनि जिज्ञासा राख्दा डा. गिरीले आफु बैठकमा गएको तर सबै अनुस्थित भएकाले फर्किएको जबाफ दिएका थिए । तर त्यतिवेलासम्ममा डा. चौधरी भने त्यहा“वाट निस्किसकेका थिए । कर्मचारीहरुका अनुसार डा. गिरी बैठकमा आएका नै थिएनन् ।
मन्त्रालय स्रोतका अनुसार डा. गिरी र चौधरी दुवैजना न्याम्सका उपकुलपतिले राम्रोस“ग काम गर्न नसकेकाले कसरी फेर्ने भन्ने विषयमा मन्त्री समक्ष छलफल गरीरहेका थिए । छलफलमा उनिहरुले उपकुलपतिलाई प्रतिष्ठानको सभाको एक चौथाई सदस्यवाट हस्ताक्षर गरी हटाउन सकेन विषयमा पनि छलफल गरेको स्रोतले जानकारी दिएको छ । प्रतिष्ठान सभामा २४ सदस्य रहने व्यवस्था छ । सभाका सदस्यमध्ये एक चौथाईको हस्ताक्षर पछि सहकुलपति मन्त्री महतोले उृनलाई हटाउन छानविन समिति बनाई समितिको सिफारिसका आधारमा हटाउन सक्ने व्यवस्था रहेको छ ।
परिषद्का अध्यक्ष तथा न्याम्सका उपकुलपति डा. दामोदर पोखरेलले बैठकमा तीन जना सदस्य अनुपस्थित भएपछि बैठक स्थगित हुन पुगेको बताए । उनले बैठकमा परिषद्का सदस्य सचिव तथा न्याम्सका रजिष्ट्रार डा. मुकुन्द पन्थि र आफु मात्र उपस्थित भएकाले बैठक स्थगन गर्नुपरेको जानकारी दिए । ‘उहा“हरुले बैठकमा नआउने भए पहिला नै जानकारी गराउनु पर्ने थियो’ उनले भने, ‘तर बिना जानकारी नै अनुपस्थित हुनुभयो ।’ उनले बैठकको आगामि मिती छिट्टै तय गरिने जानकारी दिए ।
उपकुलपति पोखरेलका अनुुसार बैठकमा प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारी संघसंगनहरु विचमा गत ५ र २२ भदौमा भएका सहमतिका विषयमा छलफल गर्ने र समस्या समाधान गर्ने एजेन्डा तय भएको थियो । संघसंगठनले अस्पतालको सुधारका विषयमा माग उठाएका थिए । उनिहरुले उठाएका मागहरुमा वीर अस्पतालको आइसियु सेवा फुल फेजमा स१चालनमा ल्याउनु पर्ने, सिटि स्क्यान सेवा पुर्ण रुपमा सञ्चालन गर्नुपर्ने, अस्पतालमा भएका विकृति विसंगति अन्त्य गर्न सुझाव समिति बनाउनुपर्ने, अस्पताल सुधारका लागि सतर्कता केन्द्रले दिएको निर्देशन कार्यान्वयनको लागि ताकेता गर्नुपर्ने, अस्पतालमा नै हुने जा“चपड्ताल तथा परिक्षण सेवा अस्पतालमा नै हुनुपर्ने, अस्पतालमा भएका सेवा छैन वा अन्य विभिन्न वहानामा बिरामीलाई बाहिर पठाउन नपाउने, प्रतिष्ठानका कर्मचारीको सेवा सुविधा तथा तालिमको बारेमा अध्यन गरी व्यवस्थापन गर्नुपर्ने लगायतका माग रहेका छन् ।
बैठकको विषयमा डा. गिरीले सौर्यसित आफु साढे ११ बजे बैठकमा गएको तर कोही पनि नआएकाले मन्त्रालयको मिटिङमा गएको बताए । ‘यो नियमित चल्ने बैठक हो’ उनले भने, ‘बैठकमा सहभागि हुन म समयमा नै न्याम्समा पुगेको थिए“ तर कोही पनि नभएपछि म पर्किएको हो ।’ उनले साढे ११ बजे न्याम्समा पुगेको बताए पनि मन्त्रालय स्रोतका अनुसार उनि ११ बजेदेखि नै मन्त्रालयमा थिए ।

No comments:

Post a Comment