
सिन्धुपाल्चोक गिरौनचौरका २४ वर्षिया शैलेन्द्र तिवारीको ४ वर्ष अगाडि लागेको बाथको उपचार नगर्दा अहिले दुवै खुट्टाको घुँडाबाट बाङ्गिएर हिड्न पनि अफ्टेरो पर्ने भैसकेको छ । समयमानै बाथको उपचारमा ध्यन नदिदा अहिले तिवारी बाङ्गा खुट्टा लिएर हिड्न बाध्य भएका हुन् ।
शुरुमा खुट्टाका जार्नीबाट दुख्ने तर करकरी खान शुरु गरेको तिवारीलाई विस्तारै गोलिगाँठा र घुडामा दुख्ने र सुन्निने समस्या भएको थियो । ुधेरै जसो चिसो मौसममा मात्र यो समस्या देखिने भएकाले उपचारमा ध्यान दिइएन तर अहिले चारवर्षपछि खुट्टानै बाङ्एिर आयोु राजधानिमा उपचारका लागि आएका तिवारीले भने ुत्यसकारण शरिरका कुनैपनि जोर्नीमा दुख्ने तथा सुन्निने समस्या देखिएका सबैलाई समयमानै उपचार गर्न सल्लाह दिन्छु ।
नुवाकोटकी ४५ वर्षिया सानुमाया तमाङलाई पनि गत वर्ष देखि हात गोडाका औला तथा शरीरका जोर्नीहरुमा अत्याधिक दुख्ने र सुन्निने समस्या शुरु भएको थियो । गतवर्षको जाडोमा उनका शरिरका जार्नीहरुमा अत्याधिक दुख्ने तथा करकर खाने समस्या भए पनि उपचारका लागि आइनन । तर यो वर्षको जाडो शुरु भएलगत्तै उनका जोर्निहरुमा अत्याधिक पिडा हुन थालेपछि उपचारका लागि राजधानि आएकी छिन । उनका अनुसार चिसो मौसम सुरु भएलगत्तै हात गोडका औला तथा जोर्निहरु करकर खाने तथा सहिनसक्ने गरी पिडा हुन थालेको छ । ुहात खुट्टाका औला नाडि गोलिगाँठा घुँडा पैताला काधको जोर्निहरुमा चिसो लाग्नेवित्तिकै सहनै नसक्ने गरी पिडा भएपछि उपचारका लागि यहाँ आएको डाक्टरले बाथ रोग लागेको छ भनेर औषधि दिनु भएको छु उनले भनिन । उनका अनुसार जाडो मासौम त यो रोग लागेकाहरुका लागि सत्रु नै हो ।
तिवारी र तामाङ् मात्र होइन जाडोको मौसम शुरु भएपछि बाथका रोगिहरुलाई शत्रुनै आएजस्तो भएको छ । गत वर्षको विश्व बाथ दिवसको सन्दर्भमा सार्वजनिक भएको तथ्याङकअनुसार नेपालमा १५ देखि २० लाखसम्म बाथरोगी रहेका थिए । तिनिहरु सबैले अहिले कहिलॆ चिसो मौसम हट्ला र बाथको पिडाबाट राहत पाइएला भनेर बसिरहेका छन् ।
नर्भिक अस्पतालका बरिष्ठ वाथरोग विशेषज्ञ डा। अरुण कुमार गुप्ताले चिसो मौसममा बाथका लक्षणहरु बढी देखिने भएकाले यो रोगबाट पिडितहरुलाई जाडो मौसमलाई सत्रुका रुपमा लिने गरेको र जाडो

सामान्य अर्थ र परिभाÈामा बाथ रोग लागेपछि बिरामीको हात खुट्टाको बुढीऔँला गोलीगाँठा घुँडा र शरीरका अन्य जोर्नीहरु टन्केर दुख्ने बताइन्छ । यो बाथरोगको प्रारम्भिक लÔण्ँ पनि हो तर चिकित्सकहरुका अनुसार बाथरोगको समयमा नै उपचार नगरिए मुटु कलेजो आँखा छाला तथा नशामा पनि असर गर्न सक्दछ । डा गुप्ताका अनुसार बाथ रोगका सय भन्दा बढी प्रकार रहेका छन् । त्यसकारण बाथ विभिन्न कारणले लाग्न सक्दछ । ुकुनै बाथ वशाणुगत हुन्छन भने कुनै विभिन्न रोगका इन्फेक्सनबाट हुने गर्दछ साथै बाथ मानव शरिरको रोगसँग लड्ने क्षमतामा असर गर्दा पनि देखिने गर्दछु उनले भने ुबाथका धेरै प्रकार हुने भएकाले हामिले बिरामीलाई लक्षण अनुसार उपचार गर्ने गरेका छौँ ।ु उनले नेपालमा बाथलाई मुख्य चारभागमा बढेर बुझ्ने गरेको बताए । जस्मा हड्डि खाने बाथ मुटु खाने बाथ मासु खाने बाथ र नसा खाने बाथ पर्दछन । बाथ रोगको मुख्य समस्या भनेको नै जोर्नी सुन्निने वा दुख्ने हो । त्यसैले यसलाई जोर्नी दुख्ने वा जोर्नी सुन्निने रोग पनि भनिन्छ ।
चिकित्सकहरुका अनुसार धेरैजसो बाथरोगले जोर्नीको ि´ल्लीमा असर गर्छ । बाथरोग जोर्नीको हाडजोड्ने कनेक्टिभ टिस्यु मा लाग्छ । बाथरोगका बारेमा पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्समा एमविविएस अध्ययन गरीरहेका किरण आचार्यका अनुसार हालसम्म बाथरोग हुने निश्चित कारण्ँ पत्ता लागेको छैन । तर यो रोग १५ देखि २० प्रतिशत वंशाण्ँुगत कारण्ँ हुने गर्दछ । परिवारको सदस्यमा यो रोग भएमा पछिल्लो पीाडीहरुलाई हुने संभवना हुन्छ । घाटी पेट तथा ढाडमा हुने संक्रमण्ँले पनि बाथरोगको शुरुवात् हुन्छ । ुसामान्यतया बाथ रोगले शरीरका जोर्नीहरुमा प्रत्यÔ असर गर्दछ । जोर्नीहरु सुन्निने दुख्ने र चलाउन नसकिने बाथका प्रमुख लÔण्ँहरु हुन्ु उनले भने ुमांसपेसी लगायत शरीरका भित्रि अंगहरुलाई पनि बाथ रोगले सताउछ र मुटु कलेजो फोक्सो मृगौलालाई काम गर्नै नसक्ने अवस्थामा पुर् याउछ ।ु
नर्भिक अस्पतालका डा गुप्ताका अनुसार बाथ रोग जुनसुकै उमेरमा लाग्न सक्छ समयमानै यो रोगको उपचार नगरे कजिएर पिडादायी जीवन बिताउनु पर्ने बाध्यता हुन्छ । बाथ रोग जति पुरानो हुदै जान्छ त्यति नै यसले सताउछ र जोर्नी बिग्रने बाङ्गिने तथा अङगहरु कामै नलाग्ने हुन्छ । उनले बाथरोगका प्रकार धेरै हुने भएपनि धेरै जसोमा र् युमेट्वाइड बाथ देखिने गरेको जनाए । यो बाथले धेरैजसो चिसो र सेपिलो ठाउँमा बस्नेहरुलाई बढी आक्रमण्ँ गदर्छ । यो रोग औंला लगायतका साना साना हाडमा देखिने समस्या हो । यो वंशाण्ँुगत पनि हुन्छ । डा। गुप्ताका अनुसार र् युमेट्वाइड बाथ हुदा हात खुट्टा औंलाका जोर्नी नाडी पैताला गोलीगाँठा काँधका जोर्नी क्रमशः सुन्निदै जान्छन् । ज्वरो आउने

बाथका जति धेरै प्रकार भएपनि सामान्यतया बाथका रोगिहरुमा जोर्नी सुन्निने दुख्ने बिहानको समयमा हात अररो हुने मुठ्ी बाँध्न गार् ह्रो हुने ढाड दुख्ने हीप दुख्ने सुतेको समयमा कोल्टे फेर्दा ढाड दुख्ने आँखा बारम्बार रातो हुने जस्ता लक्षण देखिन्छ । यसैगरी बाथरोगमा रक्तश्राव हनुे शरीरमा निलडाम देखा पर्ने छालामा निको नहुने डाबर आउने तथा महिलाहरुलाई मुखभित्र घाउ आउने तथा कपाल झर्ने जस्ता समस्या पनि देखिनसक्छ । डा। गुप्ताका अनुसार शरीरमा निलो डाबर देखिएमा तत्काल जाचाउनुपर्छ । ुबाथरोगबाट छुटकारा पाउन बाथरोगकै औÈधि खानुपर्छ दुखाई कम हुने अन्य कुनै पनि औÈधि सेवन गर्नुहुँदैनु उनले भने ुयस्ता औÈधिले दुःखाई कम गरे पनि २÷३ वÈ्रपछि अंगहरु खराब हुने औंला बांगिनेजस्ता समस्याहरु देखिन्छन् ।
ध्यान दिनुपर्ने कुराहरु
-जाडोमा चिसोबाट बच्न रोगिले न्यानो लुगा बाक्लो पाजा मोजा लगाएर शरिरलाई न्यानो पार्नुपछ ।्र
-प्रशस्त मात्रामा तातो झोल पदार्थ खाने गर्नुपर्छ ।
-जाडोको मौसमभरि बिहान बेलुकी मनतातो पानीमा नुन राखि पाँचदेखि १० मिनेटसम्म हातगोडाका औँलाहरु डुबाउने गरेमा औलाका जार्नीको दुखाई सुन्निने र अररोपनमा कमी आउनेछ ।
-सकेसम्म चिसो पानिमा हात गोडा पार्नुहुदैन । चिसो पानिमा छुदा हातगोडका औलाका रंगमा परिवर्तन हुने दुख्ने तथा झमझम भएर झन बढी पिडा थप्न सक्दछ ।
-शरिरका जोर्नीहरु कुहिना कुम गर्दन ढाड फिला घुँडा आदि भागमा तातो पानीको ब्यागले सेक्ने गरेमा फाइदा हुने गर्दछ ।
-रक्तश्राव भएमा शरिरमा निलडाम देखिएमा मुखमा घाउ आएमा छालामा डाबरहरु देखिएमा तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ ।