Pages

Monday, December 24, 2012

६० प्रतिशत भारतिय आ“खा उपचारका लागि नेपालमा आउ“छन्


सौर्य समाचार
काठमाडौ“, २४ असोज

नेपालका धेरै बिरामी उपचारका लागि भारत लगायतका अन्य मुलुकमा जाने गरेका छन् । तर आ“खाको उपचारका लागि भने भारतवाट नेपाली भन्दा बढी आउने गरेका छन् । पछिल्लो तथ्याङ्क अनुसार नेपालका आ“खा अस्पतालमा आ“खाको उपचार गर्नेमा ६० प्रतिशत भारतिय र बा“की नेपाली र अन्य मुलुकका रहेका छन् ।
विश्व दृष्टि दिवसको अवसरमा बुधवार तिलगङ्गा अस्पतालमा आयोजना भएको कार्यक्रममा सो जानकारी दिइएको हो । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा अहिले २२ वटा आ“खा अस्प्ताल रहेका छन् । ति अस्पतालमा गत वर्ष मात्र १८ लाखले सेवा लिएका छन् । सेवा लिने मध्ये १० लाख ८० हजार भन्दा बढी भारतका रहेका छन् । यसैगरी वार्षिक दूई लाख अप्रेसनमा पनि भारतिय नागरीकको नै बढी हुने गरेको छ ।
नेपाल नेत्रज्योति संघका कार्यक्रम कोअर्डिनेटर वाई डि सापकोटाका अनुसार भारतको तुलनामा नेपालमा सस्तो र गुणस्तरीय सेवा पाइने भएकाले नेपालका भन्दा बढी भारतिय बिरामी उपचारका लागि आउने गरेका हुन् । ‘केही वर्ष पहिले सम्म आ“खा सम्बन्धी उपचार तथा ठुल्ठूलो शल्यक्रिया गर्नको लागि नेपालीहरु भारत लगाएतका तेस्रो मुलुकमा जानुपर्ने बाध्यता रहेको थियो’ उनले भने, ‘तर अहिले हजारौं भारतीय तथा विदेशिहरु नेपालमा आएर आ“खाको उपचार तथा शल्यक्रिया गर्ने गर्दछन् ।’ उनले  नेपालमा विदेशिहरु समेत आएर उपचार गर्ने क्रममा वृद्धि भएपनि सरकारले आ“खा विषेशज्ञको अभाबलाई भने टार्न नसकेको भन्दै उनले आ“खा विशेषज्ञ बढाउन सरकारले छुट्टै योजना बनाउनुपर्ने जानकारी दिए ।

नेपाल नेत्र ज्योति संघले गरेको पछिल्लो अध्ययन अनुसार ३० हजार बालबालिकाले दुईवटै आ“खा देख्दैनन् भने एउटा आँखा नदेख्ने बालबालिकाको संख्या ९० हजार रहेको छ । मोतिविन्दु, रेटिनाको समस्या, वंशानुगत र पोषणतत्वको कमिले बालबालिका दुईटै आखा नदेख्ने हुन्छन भने एउटा आ“खामात्र नदेख्ने समस्याको प्रमुख कारण चोटपटक लाग्नु रहेको बरिष्ठ आ“खा रोग विशेषज्ञ डा. आनन्द शर्माले बताए । उनका अनुसार देशका प्रमुख आ“खा अस्पताललाई सुविधा सम्पन्न बनाउने कार्यक्रमस“गै देशका जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र उप स्वास्थ्य चौकीसम्म आ“खा सेवा विस्तार गर्दै जानुपर्दछ ।
स्वास्थ्य मन्त्रालयका उपसचिव कविराज खनालले आ“खा उपचारलाई सरकारले अत्यावश्यक सेवा अन्र्तगत राखेपछि पछिल्ला वर्षमा बजेट पनि बढाउदै लगेको बताए । उनले सरकारले यो आर्थिक वर्षमा १५ जिल्लामा विशेष आ“खा उपचार कार्यक्रम गर्न लागिएको जानकारी द्यिए ।
चिकित्सकहरुका अनुसार बाल्यकालमै उपचार गर्नसके ८० प्रतिशत बालबालिकाको आ“खा बचाउन सकिन्छ । नेपाल नेत्र ज्योति संघले मात्र बर्षेनी करिव दुई लाख व्यक्तिको आ“खा जाच गर्ने गरेको छ । संघले १४ वटै अञ्चलमा गरेको अध्ययन अनुसार एक लाख जनसंख्यामा ४२ जनामा अन्धोपनको समस्या छ ।

No comments:

Post a Comment