Pages

Monday, April 9, 2012

अस्पतालमा चोरको बिगबिगी

-प्रवीण ढकाल

काठमाडौ, २४ चैत । अस्पतालमा मानिसहरू किन जान्छन् ? उत्तर सहजै आउछ उपचारका लागि । तर, राजधानीका अस्पतालमा भने मानिस अस्पतालमा सामान र पैसा चोरी गर्न पनि आउछन् ।
धेरै बिरामी जाने र भिडभाड बढी हुने राजधानीका ठूला अस्पतालमा सधैजसो हुने गरेको चोरीको घटनाले अस्पतालका कर्मचारीदेखि बिरामी र बिरामीका आफन्तसमेत हैरान बनेका छन् । चोरहरूले अस्पतालकै कर्मचारी बनेर, सुटेडबुटेड भएर, भलाद्मी बनेर तथा लठ्याउने औषधि खुवाएर बिरामी तथा बिरामीका आफन्तका पैसा तथा सामग्री चोर्ने गरेको अस्पतालका कर्मचारीको भनाइ छ ।
पाटन अस्पतालका निर्देशक पारस आचार्यका अनुसार अस्पतालमा चोरको बिगबिगी नै छ । ‘अस्पतालमा सामान र पैसा चोरी भएको घटना बढेपछि सिसी क्यामेराको व्यवस्थासमेत गर्‍यौ,’ डा. आचार्यले भने, ‘तर पनि चोरी रोकिन सकेको छैन । अझै पनि अस्पताल प्राङ्गणबाट धेरैको पैसा र सामग्री चोरी भएको गुनासा आइरहेका छन् ।’ उनले चोरीको घटना बढेपछि अस्पतालका सुरक्षा गार्डलाई सक्रिय बनाइएको बताए ।
दैनिक चोरीका घटना बढेपछि अस्पतालले विभिन्न स्थानमा चोरीबाट जोगिन सूचना नै टास गरेको छ । ‘धेरै भिडभाड हुने भएकाले चोर पत्ता लगाउन समस्या पर्छ, त्यसैले सार्वजनिक रूपमै सूचना टासेर सबैलाई सतर्क गराउने प्रयास गरेका छौ,’ निर्देशक डा. आचार्यले सौर्यसग भने, ‘यति गर्दा पनि चोरीको घटना शून्यमा झार्न सकिएको छैन ।’
चोरीको समस्याबाट सबैभन्दा बढी पीडित हुनेमा देशकै ठूलो अस्पताल वीरका चिकित्सक तथा स्वास्थ्यकर्मी र उपचारका लागि आउने बिरामी छन् । अस्पतालमा केही समयअगाडि मात्र इन्टर्नसिपमा आएका केही नर्सको ह्यान्ड ब्याग चोरी भएको थियो । नर्सहरूको ब्यागमा रहेको मोबाइल र पैसा मात्र होइन, चोरहरूले अस्पतालका सामग्री समेत टप्काउने गरेको कर्मचारी बताउछन् ।
अस्पतालका निर्देशक डा. बुलन्द थापाका अनुसार विगतको तुलनामा पछिल्लो समयमा चोरीको घटनामा केही कमी आएको छ । ‘पहिला–पहिला त अस्पतालमा रहेका धाराका टुटी, चिम, ट्युबलाइट, कम्प्युटर समेत चोरी हुने गथ्र्यो,’ निर्देशक डा. थापाले भने, ‘अहिले हामीले धाराका सबै टुटी प्लास्टिकका राखेका छौ भने चिम तथा ट्युबलाइट पनि मानिसको हातमा नपुग्ने गरी राखेका छौ । सुरक्षाको व्यवस्था पनि कडा बनाइएकाले चोरीका घटनामा कमी आएको छ ।’ उनका अनुसार अस्पतालमा केही समयअगाडि एकजना चिकित्सकको ल्यापटप हराएको थियो ।
गत ७ पुसमा अस्पतालको एक्सरे केमिकल चोरी गरेर लैजाने क्रममा मोहम्मद इस्लाम नाम गरेका व्यक्ति रंगेहात समातिएका थिए । उनलाई अस्पतालका सुरक्षागार्डले समाती महानगरीय प्रहरी प्रभाग जनसेवाका प्रहरीलाई बुझाएका थिए । अस्पतालमा धेरैजसो बिरामी कुरुवाको पर्स, ब्याग, मोबाइल तथा लत्ताकपडा चोरी हुने गरेको गुनासा आइरहेको निर्देशक थापाले बताए । ‘कतिपय चोरलाई त समातेर कारबाही गरिएको छ,’ उनले भने, ‘तर धेरैजसो चोरलाई समात्न सकिएको छैन ।’ उनले चोरीका घटना भएको धेरै समयपछि मात्र चोरिएका व्यक्तिले खबर गर्ने भएकाले चोरलाई समात्न समस्या परेको बताए ।
चोरहरूले अनेक बहाना गरेर बिरामी र आफन्तलाई ठग्ने गरेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जका निर्देशक डा. केपी सिंह बताउछन् । उनका अनुसार चोरले बिरामीका आफन्तलाई अस्पतालका कर्मचारी बनेर, लठ्याउने औषधि खुवाएर तथा सुटेटबुटेड भएर र भलाद्मी बनेर समेत लुटेका छन् । ‘केही समयअघि यहा एउटा चोरले बिरामीको आफन्तलाई जुसमा लठ्याउने औषधि खुवाएर उनीसग भएका सबै रकम चोरेर हि“डेछ,’ डा. सिंहले भने ‘लठ्याउने औषधि नै खुवाएर एकपटक एकजना महिलाको ब्यागमा भएको ठूलै रकम र गरगहनासमेत चोरिएको थियो ।’
सिंहका अनुसार अस्पतालमा धेरैजसो बिरामीका आफन्त विशेष गरी महिलाको गरगहना र पर्सको चोरी बढेपछि अस्पतालले सिसी क्यामेरा जडान गरेको छ । ‘अस्पतालभित्र सिसी क्यामेरा जडान भएपछि चोरीमा केही कमी त आएको छ,’ डा. सिंहले भने, ‘तर चोरहरूले बाहिरराखेका मोटरसाइकल नै चोर्न समेत थालेछन् ।’ उनका अनुसार मोटरसाइकलसमेत चोरी हुन थालेपछि अस्पतालमा यतिबेला सादा पोसाकका सुरक्षाकर्मी घुमिरहेका छन् ।
विभिन्न बहानामा भित्र पसेका व्यक्तिले बिरामीका सुन तथा पैसा र मोटरसाइकलसमेत चोरी गर्ने समस्या बढेकाले चोरी नियन्त्रण् गर्न सहिद गंगालाल अस्पतालले अस्पतालमा ठूला–ठूला अक्षरमा चोर तथा फटाहा र ठगबाट जोगिने सन्देश लेखेरै राखेको छ । अस्पतालका निर्देशक डा. मनबहादुर केसीले मुटुको उपचारका लागि बिरामीका आफन्तले बोकेर ल्याएको ठूलो रकम ठगहरूले अनेकौ बहाना बनाएर हत्याउन थालेपछि सबैलाई सतर्क बनाउन सूचना नै टा“स्नुपरेको बताए ।
उनले अस्पतालमा सुरक्षा गार्डलाई चौबिसै घन्टा अलर्ट बनाएर राखिएकाले अहिले चोरीका घटनामा केही कमी आएको जानकारी दिए । उनका अनुसार अझै पनि अस्पतालको पार्किङबाट मोटरसाइकल तथा साइकल भने विभिन्न समयमा चोरी भइरहेका छन् ।
चोरको समस्याबाट थापाथलीस्थित प्रसूति गृह पनि अछुतो छैन । अन्य अस्पतालमा जस्तै यस अस्पतालमा पनि भिडभाडका समयमा पैसा तथा अन्य सामग्री चोरी हुने गरेको अस्पतालका निर्देशक डा. शिला बर्माले बताइन् । ‘चोरीका गुनासा बढेपछि हामीले सुरक्षामा कडाइ गरेकाले अस्पतालभित्रबाटै हुने चोरीका घटनामा कमी आएको छ’ उनले भनिन् ‘तर अझै पनि ओपिडीका लागि लाइनमा बसेका बेलामा चोरहरू आएर पैसा चोरेर जाने घटनामा भने कमी आउन सकेको छैन ।’
सुरक्षा व्यवस्था कडा बनाउनेदेखि सूचना नै टास गर्दा पनि चोरीको घटनामा कमी नआएको अस्पतालकै कर्मचारी बताउछन् । बिरामी वा कुरुवाका सरसामान हराएमा अस्पताल जिम्मेवार नरहने भनी अहिले हरेक अस्पतालले सूचनामा उल्लेख गरेका छन् । चोरीको घटनामा कमी नआउनामा बिरामी र बिरामीका आफन्तले नै हेलचेक्र्याइ गर्दा हुने गरेको वीर अस्पतालका निर्देशक थापाले बताए । उनका अनुसार अस्पतालमा चौबिसै घन्टा मानिसको आवतजावत हुने भएकाले बिरामी र आफन्तले आआफैचनाखो भएर सामानको सुरक्षा गर्नुपर्छ ।

गर्मीमा नाथ्री फुट्ने जोखिम

-डा.चोपलाल भुसाल नाक, कान, घाँटी रोग विशेषज्ञ


गर्मीको आगमनसगै मौसमी तापक्रम वृद्धि हुदै छ । यससगै धुवा–धुलो तथा प्रदूषणले पनि गाजिरहेछ । गर्मी अनि धुलो–धुवाका कारण फागुनदेखि जेठ महिनासम्म मानिसमा नाकबाट रगत बग्ने समस्या देखापर्छ । यसलाई नाथ्री फुटेको भन्छन् प्रायः मानिस । जुनसुकै मौसममा नाथ्री फुट्नु समस्याजनक हुन सक्छ । देख्दा समान्य लागे पनि यसले गम्भीर रोगको लक्षण देखाउन सक्छ । सामान्य कारणले नाकबाट रक्तस्राव भएमा त्यसको मात्रा कम हुन्छ । असामान्य कारणबाट देखिने रक्तस्रावमा रगतको मात्रा बढी हुन्छ ।
फागुनदेखि जेठसम्मको अवधिमा हावामा आद्र्रता कम हुन्छ र धुलो तथा प्रदूषण बढी नै फैलन्छ । जुन अवस्थालाई नाकले ‘कन्डिसनिङ’ गर्न सक्दैन । यो बेलामा चाहि नाथ्री फुट्ने र त्यत्तिकै पनि नाकबाट रगत बग्ने समस्या अरू बेलाभन्दा बढी हुन सक्छ । रगत बगिरहदा ज्यानै जान सक्ने पनि हुन्छ । रगत आउ“छ र बिस्तारै नाक बन्द भएको महसुस हुन्छ भने गम्भीरतासाथ लिनुपर्छ । नाथ्री फुट्ने समस्या धेरै कारणले हुन सक्छ । चोटपटकका कारण पनि नाकबाट रगत आउने हुन्छ । नाकमा ट्युमर भएर, नाकको हड्डी बांगिएर वा क्यान्सर भएर, नाकभित्र अन्य बाहिरी वस्तु छिरेर, नाकमा संक्रमण भएर पनि रगत आएको हुन सक्छ ।
अहिलेको मौसममा चाहि नाकमा धुलो, धुवा वा गर्मीको संक्रमणका कारण रगत बग्ने हुन सक्छ । व्यक्तिहरू उत्तानो परेर नाकबाट रगत बग्न नदिने उपाय गर्छन् तर यो बिल्कुल गलत हो । नाक छोपेर माथितिर हेर्दा वा उत्तानो पर्दा रगत घाटीबाट श्वासनली हुदै फोक्सोमा पुग्न सक्छ । फलस्वरूप श्वासप्रश्वासमा कठिनाइ भई मानिसको ज्यानै जान सक्छ । टाउको तल निहुर्‍याएर नाकलाई औलाले थिचेर राख्ने, नाथ्री फुटेका बेलामा गरिने सबैभन्दा राम्रो प्राथमिक उपचार नै यही हो । त्यसपछि रगत बग्न रोकिए वा नरोकिए पनि चिकित्सककहा भने जानैपर्छ ।
गर्मी मौसममा यो समस्याबाट बच्न बढी तापक्रममा नजाने, चिसो पेय पदार्थ तथा पर्याप्त पानी पिउने गर्नुपर्छ । नाकको उचित हेरचाह र सरसफाइ गरिरहनुपर्छ । जथाभाबी कोट्याउदा, फोहोर जम्दा वा पानी पर्दा पनि नाकमा संक्रमण् हुन सक्छ । नाकको रोगले कान, मस्तिष्कसम्म असर गर्छ । मेनेन्जाइटिस हुनाको प्रमुख कारण् यसैलाई मानिन्छ । नाकका नलीहरू कानसग जोडिएका हुन्छन् । यही कारणले गर्दा रुघा लाग्दा बच्चाहरूको कान पाकिरहेको पाइन्छ कहिलेकाही । सिगानसगै रगत पनि आयो भने उपचार कार्यमा ढिलाइ गर्नु हुदैन ।
नाकको हड्डी बांगो हुनु पनि रगत आउनाको अर्को कारण हो । चिकित्सकको सल्लाहअनुसार यसको पनि उपचार गरिहाल्नु राम्रो हुन्छ । बच्चामा नाक गन्हाएको वा रगत बगिरहेको छ भने उसको नाकभित्र कुनै बाहिरी वस्तु छिरेको बुझ्नुपर्छ । त्यस्तै ५५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई यस्तो भएको छ भने उनीहरूको नाकमा ट्युमर पलाएको हुन सक्छ । उपचारका लागि नाक, कान, घाटी विशेषज्ञकहा जानुपर्छ । सुक्खा नाकलाई मुलायम बनाउन विभिन्नथरी मल्हम पनि आएका छन् तर यी पनि चिकित्सकको सल्लाहबाटै प्रयोग गर्नुपर्छ, नत्र झन् समस्या निम्तिन बेर लाग्दैन ।
प्रस्तुतिः प्रवीण ढकाल