Pages

Saturday, January 22, 2011

नियन्त्रणमा आउन सकेन डेंगु

प्रवीण ढकाल काठमाडौँ ९ कात्र्तिक
विगत दुइमहिना देखि चितवन वारा पसा्र नवलपरासी कैलाली रुपन्देहि लगाएतका २४ जिल्लामा फैलिएको डेंगु रोग अझै नियन्त्रणमा आउन सकेको छैन ।
डेंगु नियन्त्रणका लागि सरकारका तर्फवाट समयमानै पर्याप्त कार्य नगरेकाले पछिल्ला दिनमा लामखुट्टेको टोकाइबाट सर्ने डेङगु रोग नियन्त्रण्ँभन्दा पनि प्रकोपका रुपमा देखापर्न थालेको चिकित्सकहरुले बताएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा शरुवारोग अस्पतालका वरीष्ठ चिकित्सक डा बासुदेव पाण्डेका अनुसार रोगको संक्रमण देखिएलगत्तै आवश्यक कदम चाल्न नसक्दा अहिले यो रोग प्रकोपको रुपमा देखापरेको हो । उनले टेकु अस्पतालमा मात्र सोमवार र मङ्गलवार ४० जना भन्दा बढी डेंगुका विरामी उपचारका लागि आएको बताए ।
ुदैनिक रुपमा रोगिका संख्यामा बृद्धि भैरहेको छु डा पाण्डेले भने ुअब पनि आवश्यक कदम नचाल्ने हो भने यस्ले ठुलै महामारीको रुप लिन सक्दछ ।ु उनका अनुसार विगतका वÈ्रहरुमा डेंगु फाट्टफुट्ट रुपमा मात्र देखापर्दथ्यो तर यस वÈ्र भने डेङगुका कारण्ँ तीनजनाको मृत्यु भइसकेको छ भने नेपालभर डेंगु रोगीको सङख्या चार सयभन्दा बढी रहेको छ । उनले गत असोजदेखि हालसम्म मात्र काठमाडौँको टेकू अस्पतालमा दुई सयभन्दा बढी डेंगु रोगी उपचारका लागि भर्ना भएका बताए ।
गर्मी बढी हुने तराईका जिल्लामा देखिएको एडिस एजिपटाइप जातको पोथी लामखुट्टे अहिले काठमाडौँ र अन्य पहाडी जिल्लाहरुमा पनि देखापर्न थालेको डा। पाण्डेले जानकारी दिए । ुकाठमाडौँमा समेत डेंगु रोग लाग्ने लामखुट्टे रहेकाले सचेत रहनु आवश्यक छु उनले भने । उनका अनुसार गत महिना चितवनमा डेंगुको कारण्ँ दुईजनाको मृत्यु भएको थियो भने गत शुक्रबार मात्रै काठमाडौँस्थित टेकू अस्पतालमा हरिलाल विश्वकर्माको मृत्यु भएको थियो । टेकू अस्पतालमा रहेका अन्य तीनजनाको अवस्था पनि अहिले गम्भीर रहेको छ । एकजना मानिसमा सामान्य तीन लाख सि।भी।क्यूरिड एमएल रगत हुनुपर्नेमा गम्भीर भएका डेंगु रोगीमा त्यो रगतको मात्रा घटेर आठ हजार मात्र पुगेको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडीमियोलोजी तथा रोग नियन्त्रण्ँ महाशाखाका निर्देशक डा। जी।डी। ठाकुरले रोग नियन्त्रणका लागि सरकारका तर्फवाट पर्याप्त कदम चालिरहेको बताए । ुतराईका केही स्थानमा रोगको समस्या देखिएलगत्तै हामीले औषधिसहितको टोलि डेंगु प्रभावित क्षेत्रमा पठाइसकीएको छु उनले भने ुप्रकोप नियन्त्रणका लागि प्रभावित क्षेत्रमा चिकित्सक देखि महिलास्वास्थ्य स्वयमसेवकहलाई तालिम दिएर कार्यअगाडि बढेकाले एकदुईहप्तामा नै रोग नियन्त्रणमा आउनेछ ।ु उनका अनुसार डेंगु लामखुट्टेको टोकाइबाट सर्ने सामान्य रोग हो ।
मानिसको घरमा रहेको सफा पानी गमला टायर मर्मत केन्द्र एयर कन्डिसन जस्ता स्थानमा एडिस प्रजातिको लामखुट्टे बस्ने भएकाले सर्वसाधारण्ँले यस्ता ठाँउमा लामखुट्टे आउँछ कि भनेर सचेत रहनुपर्ने डा। ठाकुरको भनाइ छ । स्वास्थ्य मन्त्रालयबाट मात्र रोग नियन्त्रण्ँ गर्न नसकिने बताउँदै डा। ठाकुरले भने ुसर्वसाधारण्ँमा जनचेतना फैलाउन Ôेत्रको भूमिका महत्वपूण्र्ँ हुन्छ । सहरका सबै लामखुट्टे सखाप पार्न सकिँदैन डा। ठाकुरले थपे ुलामखुट्टे सखाप पार्नुभन्दा पनि यसले फूल पार्ने र बस्ने ठाउँ नै नष्ट पारिनु पर्दछ ।ु रोग नियन्त्रण्ँ महाशाखाका अनुसार मुलुकभर डेंगु रोगीको सङख्या ३५० रहेको छ ।
टेकू अस्पतालका िवÈेशज्ञ डा। वासुदेव पाण्डेका अनुसार २० देखि ३० डिग्री तापक्रममा एडिस जातको लामखुट्टे रहने भएकाले अ´ै एकदेखि दुई महिनासम्म डेंगु रोगको प्रकोप देखिने सम्भावना छ । सफा पानीमा बस्ने पोथी जातको लामखुट्टेले टोकेपछि अप्रत्यासित रुपमा ज्वरो आउने शरीरमा रगतको मात्रा कमी हुने जस्ता लÔण्ँ देखापर्दछन ।

चलचित्र र टेलिभिजन कार्यक्रममा धूमपानका दृश्य राख्न नपाइने

प्रवीण ढकाल काठमाडौं २९ पुस
नेपाली चलचित्र डकुमेन्ट्री र टेलिभिजन कार्यक्रममा अबदेखि धूमपान र सुर्तीजन्य पदार्थ सेवन गरेका दृश्य राख्न नपाइने भएको छ ।
सरकारले बुधबार सार्वजनिक गरेको ुसुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्न बनेको निर्देशिका २०६७ु मा चलचित्र डकुमेन्ट्री र टेलिभिजन कार्यक्रममा धूमपान र सुर्ती सेवन गरेका दृश्य राखिएमा निर्माता वा निर्देशकलाई कारबाही गर्ने व्यवस्था गरिएको छ ।
निर्देशिकामा भनिएको छ ुकुनै पनि चलचित्र वा फिल्म वा टेलिभिजन कार्यक्रम निर्माता वा निर्देशक वा पात्रले त्यस्ता चलचित्र वा टेलिभिजन कार्यक्रमका कुनै पनि दृश्यमा धूमपान तथा सुर्ती सेवन गरेको दृश्य वा सुर्तीजन्य पदार्थ प्रदर्शन गरेको दृश्य राख्न पाइने छैन ।ु रोक लगाइएका दृश्य राखिएमा हुने कारबाहीबारे भने निर्देशिकामा स्पष्ट व्यवस्था छैन ।
स्वास्थ्य मन्त्रालयकी सचिव डा। सुधा शर्माले धूमपान तथा मद्यपान नियन्त्रणका लागि यसअघि बनेका कानुनका आधारमा रोक लगाइएका दृश्य राख्ने निर्माता तथा निर्देशकलाई आर्थिक कारबाही गर्ने बताइन् । उनका अनुसार चलचित्र तथा कार्यक्रम प्रदर्शन तथा प्रसारण गर्न रोकसमेत लगाउन सकिनेछ
राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक लक्ष्मीनारायण देवले निर्देशिकाले प्रस्ट रुपमा चलचित्र तथा टेलिभिजन कार्यक्रममा धूमपान तथा सुर्ती सेवन गरेको दृश्य राख्न नपाउने व्यवस्था गरेको बताए ।
ुहालसम्म चलचित्र तथा टेलिभिजन कार्यक्रममा चुरोट पिएको दृश्य राखिन्थ्योु उनले भने ुअब भने त्यस्तो दृश्य राख्नेलाई कारबाही गरिनेछ ।ु उनका अनुसार निर्देशिका जारी हुनुअघि उत्पादन भएका चलचित्र वा टेलिभिजन कार्यक्रममा त्यस्ता दृश्य भएमा हटाएर मात्र प्रसारण गर्नुपर्नेछ । यसका लागि निर्देशिकामै त्यस्ता दृश्य हटाउन चलचित्र सेन्सर बोर्डलाई आवश्यक व्यवस्था गर्न भनिएको छ ।
यसैगरी निर्देशिकामा सुर्तीजन्य पदार्थको विज्ञापन तथा प्रवद्र्धनमा पूर्ण रुपमा रोक लइगाएको छ । ुसुर्तीजन्य पदार्थ उत्पादक वा अरु कसैले पनि छापामाध्यम विद्युतीय माध्यम इमेल टेलिफोन मोबाइल अनलाइन गेम भिडियो डिभिडी सिडी थिएटर तथा विभिन्न अन्तर्त्रिुया कार्यक्रम बिल होर्डिङबोर्ड सूचनापाटी भित्तेलेखन लोगो संकेत चिह्न लेख दृश्य आवाज तथा अन्य कुनै पनि माध्यम र स्थानबाट कसैले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सुर्तीजन्य पदार्थको विज्ञापन र प्र्रवद्र्धन गर्न वा त्यससम्बन्धी कुनै पनि कार्यक्रम प्रयोजन समाचार प्रकाशन वा प्रसारण गर्न गराउन पाइने छैनु निर्देशिकामा भनिएको छ ।
सामाजिक दायित्व निर्वाह गर्ने नाममा उत्पादकले सुर्तीजन्य पदार्थको प्रवद्र्धन हुने गरी अभियान तथा प्रतिस्पर्धात्मक कार्यक्रम गर्ने वा उपभोक्ता सर्भे गर्ने र आर्थिक योगदान गर्नसमेत नपाउने व्यवस्था निर्देशिकामा छ । यी व्यवस्था कार्यान्वयन तथा अनुगमनका लागि स्वास्थ्य सचिवको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिने पनि निर्देशिकामा उल्लेख गरिएको छ । समितिले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धमा नीति निर्धाराणसमेत गर्नेछ ।

भियग्रा र आकस्मिक गर्भनिरोधक चक्की बजारमा छ्याप्छ्याप्ती

image

'अवैध रूपमा भित्र्याएका औषधि कसरी बनेका छन् भन्ने थाहा नहुने भएकाले सेवन गर्नु मानव स्वास्थ्यका लागि निकै जोखिमपूर्ण छन्’

काठमाडौं, ४ माघ

नेपालमा दर्ता नै नभएका यौन उत्तेजक औषधि र आकस्मिक गर्भनिरोधक चक्कीहरू गैरकानुनी रूपमा औषधिपसलहरूले बिक्रीवितरण गर्दै आएका छन् ।

अनुसन्धानका क्रममा अवैध रूपमा भित्र्याइएका औषधि राजधानीमा छ्याप्छ्याप्ती भेटिएको औषधि व्यवस्था विभागका फार्मेसी निरीक्षक श्यामकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार ठूला र नाम चलेका अस्पताल तथा क्लिनिक नजिकका सहित अन्य औषधिपसलमा गैरकानुनी रूपमा भित्रिएका यौन उत्तेजक र आकस्मिक गर्भनिरोधक चक्की बढी बिक्रीवितरण भएका छन् ।

'नेपालमा त्यस्तै किसमिका अन्य औषधिहरू दर्ता भएका छन्,' निरीक्षक अधिकारीले भने, 'तर, व्यापारीहरूले सस्तोमा पाइने भनेर नेपालमा दर्ता नै नभएका औषधिहरू अवैध रूपमा भित्र्याएर बिक्री गरिरहेका छन् ।'

अनुसन्धानका क्रममा भियग्राको नामले चिनिने यौन उत्तेजक औषधिहरूमा पेनेग्रा, भिस्टाग्रा हन्ड्रेड, डिएक्स हन्डे्रड, भेग्रा, जेनेग्रा नाम गरेका औषधि अवैध रूपमा बजारमा बिक्रीवितरण गरेको पाइएको फार्मेसी निरीक्षक अधिकारीले जानकारी दिए । उनका अनुसार ७२ घन्टेका रूपमा चिनिने आकस्मिक गर्भ निरोधक चक्कीहरूमा आई पिल, ई पिल, अनवान्टेड ७२ नाम गरेका औषधि पनि औषधिपसलेहरूले बिक्रीवितरण गर्दै आएका छन् ।

विभागले अनुसन्धानका क्रममा भेटिएका भियग्रा र गर्भ निरोधक चक्कीलाई विभागमा ल्याएर डिस्पोज गर्ने तयारी गरेको छ । ती औषधि मानव स्वास्थ्यका लागि जोखिमपूर्ण भएको पनि विभागले जनाएको छ ।

'दर्ता नै नभएका ती औषधिहरू स्वास्थ्यका लागि खतरानाक पनि हुनसक्ने भएकाले डिस्पोज गर्न लागिएको हो,' विभागका फार्मेसी निरीक्षक अधिकारीले भने, 'त्यस्ता औषधिहरू कस्ता प्रकृतिका छन् तथा औषधि कुन रूपमा बनेका छन् भन्ने थाहा नहुने भएकाले सेवन गर्नु मानव स्वास्थ्यका लागि निकै नै जोखिमपूर्ण छन् ।'

औषधि व्यवस्था विभागमा औषधि उत्पादन कम्पनीहरूले दर्ता गरेपछि मात्र नेपालमा औषधि बिक्रीवितरण गर्न पाइने प्रावधान छ । तर, अस्पतालहरूले सस्तोमा पाइने तथा बढी कमिसन पाउने लोभमा दर्ता नभएका औषधिहरू प्रयोगमा ल्याउने गरेको निरीक्षक अधिकारीको भनाइ छ ।

हरेक वर्ष औषधिपसल निरीक्षण गर्ने क्रममा गैरकानुनी रूपमा भित्र्याइएका औषधि फेला पर्ने गरेको विभागले जनाएको छ । यस वर्षदेखि त्यस्ता औषधि खरिद गरेर बिक्रीवितरण गर्ने औषधिपसललाई कडा कारबाही गर्ने पनि विभागले जनाएको छ ।

'अस्पताल, स्वास्थ्य संस्था तथा औषधि पसलहरूले सस्तोमा औषधि पाइने लोभमा प्रतिबन्धित औषधि किनेर प्रयोगमा ल्याएका हुन सक्छन्,' निरीक्षक अधिकारीले भने, 'हामीले पटक-पटक दर्ता नभएका त्यस्ता औषधि प्रयोगमा नल्याउन सार्वजनिक सूचना जारी गर्दा पनि मानिरहेका छैनन् । अबदेखि निर्देशन नमान्ने औषधिपसललाई दर्ता खारेजसम्मको कारबाही गर्ने तयारी गरेका छौँ ।'

विभागका अनुसार भियग्रा र गर्भनिरोधक चक्की धेरै मात्रामा कलेज पढ्ने किशोर-किशोरीले खरिद गर्ने गरेको अनुसन्धानका क्रममा पत्ता लागेको छ । तर, त्यसबाट हुने जोखिमबार उनीहरू अनभिज्ञ रहेको हुनसक्ने चिकित्सकहरू बताउँछन् । चिकित्सकका अनुसार हाल बजारमा बिक्री भएका भियग्राले मानिसको नसा फूलाएर रगतको चाप बढाउने भएकाले त्यसको सेवनपछि मुटु बन्द हुनसक्ने जोखिम रहन्छ । औषधिको 'साइड इफेक्ट'बाट अनुहार सुनिने, लामो समयसम्म टाउको दुख्ने, आँखा धमिलो देख्ने तथा कतिपयमा यौन क्रियाकलाप गर्दागर्दै मर्नसक्ने जोखिमसमेत हुने चिकित्सकहरू बताउँछन् ।

आपतकालीन अवस्थामा मात्र प्रयोग गर्ने भनिएको गर्भनिरोधक चक्कीको पनि महिलाले बढी मात्रामा प्रयोग गर्ने गरेको अनुसन्धानका क्रममा पत्ता लागेको विभागले जनाएको छ । यस्ता चक्कीको गलत प्रयोगले महिलाको प्रजनन शक्ति ह्रास हुने, महिनावारी गडबडी हुने, बढी रक्तश्राव हुने, वाकवाकी लाग्ने, शरीरमा रगतको मात्रा कम हुँदै गएर मृत्युसमेत हुने समस्या देखिने चिकित्सकहरू बताउँछन् ।

डिडिसीको दूध पानीबराबर

image

सीताराम र आधुनिक डेरीका दूध गुणस्तरहीन भएको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा हालेको छ । तर, सर्वसाधारणले बढी विश्वास गरेको सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले गुणस्तरीय दूध बिक्री गरिरहेको छैन । पानीजस्तो दूध बेचेर उपभोक्ता ठगेको भन्दै विभागले संस्थानविरुद्ध पनि जिल्ला प्रशासनमा मुद्दा हालेको छ ।

काठमाडौं, ७ माघ : सरकारी स्वामित्वको दुग्ध विकास संस्थान -डिडिसी) को दूध नै गुणस्तरहीन भएको ठहर गर्दै सरकारी निकायले नै मुद्दा हालेको छ । डिडिसीको दूध र पानी उस्तैउस्तै भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जिल्ला प्रशासन कार्यालयमा मुद्दा हालेको हो ।
डिडिसीले निलो रंगको पोलिथिनमा प्याक गरेको दूध खाद्य प्रविधि विभागले परीक्षण गर्दा न्यूनतम मात्रामा हुनुपर्ने चिल्लो पदार्थ र दुग्ध ठोस पदार्थ कम पाइएको थियो । चिल्लो र ठोस नभएको दूध पानीबराबर हुने विभागका सहप्रवक्ता नवराज दाहालले बताए । पानीलाई दूधको रूपमा बेचेर उपभोक्ता ठगेको भन्दै मुद्दा हालिएको हो ।
विभागले संस्थानविरुद्ध खाद्य ऐन ०२३ अनुसार कारबाही गर्न प्रशासनमा मुद्दा हालेको हो । सो ऐनअनुसार संस्थान तथा सञ्चालकलाई एकदेखि दुई हजारसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र रिजालले विभागका खाद्य निरीक्षकले संस्थानद्वारा उत्पादन गरिएको 'डिडिसी'को आधा लिटरको दूध मापदण्डविपरीत पाएको भन्दै मुद्दा परेको बताए । उनले भने, 'संस्थानको उत्पादनमा तोकिएको मापदण्ड पूरा नगरेको पाइएकाले कानुनी कारबाहीका लागि विभागले मुद्दा हालेको छ ।'
विभागका अनुसार दूधमा चिल्लो पदार्थ तीन प्रतिशत र दुग्ध ठोस पदार्थ आठ प्रतिशत हुनुपर्छ । तर, विभागका खाद्य निरीक्षकले परीक्षण गर्दा डिडिसीको निलो प्याकेटको दूधमा चिल्लो पदार्थको मात्रा २.६७ प्रतिशत र ठोस पदार्थ ७.६३ प्रतिशत मात्र पाइएको थियो ।
विभागका सहप्रवक्ता दाहालका अनुसार डिडिसीको निलो प्याकेटको दूधमा फ्याट, भिटामिन र खनिज कम छ । 'दूधमा ती पदार्थको मात्रा कम छ भने त्यो दूधमा पानीको मात्रा अत्यधिक छ भन्ने प्रस्ट हुन्छ,' उनले भने, 'दूधमा हुनुपर्ने न्यूनतम मापदण्ड पनि नपुगेका त्यस्ता दूध पिउनु र पानी पिउनुमा खासै फरक पर्दैन । यो त सरासर आमजनतालाई ठग्ने काम भयो ।'
उनले दूधमा धेरै मात्रामा पानी मिसाएर दूध बिक्री गरेको आरोपमा संस्थानविरुद्ध प्रशासनमा मुद्दा हालिएको बताए । विभागका अनुसार प्रशोधित दूध भन्नाले आंशिक रूपमा दूधको चिल्लो झिकी वा नझिकी वा दूधको चिल्लोरहित दुग्ध ठोस पदार्थ घोली वा नघोली दूधको चिल्लो तीन प्रतिशत र दूधको चिल्लोबाहेक दुग्ध ठोस पदार्थ आठ प्रतिशतमा घटी नभएको तथा निरोगन प्रक्रिया वा जीवाणु हनन प्रक्रिया सम्पन्न भएको हुनुपर्छ ।
तर, संस्थानले सो मापदण्ड पूरा नगरी न्यून गुणस्तरको दूध बिक्री गरी आमजनतालाई पानीसरहको दूध बिक्री गरेकोले कारबाहीको माग गर्दै मुद्दा परेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रिजालले जानकारी दिए । 'संस्थानविरुद्धको मुद्दामा प्रशासनले अध्ययन गरिरहेको छ,' उनले भने ।
संस्थानविरुद्ध प्रशासनमा मुद्दा परेको कुरालाई स्वयं संस्थानका महाप्रबन्धक कृष्णगोपाल श्रेष्ठले पनि स्वीकार गरेका छन् । उनले संस्थानले उत्पादन गरेको दूध निम्न गुणस्तरको रहेको भन्दै विभागले प्रशासनमा मुद्दा हालेको बताए । 'मैले संस्थानमा जिम्मेवारी लिएको भर्खर एक महिनाजति भएको छ,' उनले भने, 'तर संस्थानविरुद्ध पहिले नै मुद्दा परेको रहेछ ।' उनले संस्थानमा अत्याधुनिक उपकरण र प्रयोगशाला हुँदाहुँदै पनि केही त्रुटिका कारण समस्या भएको हुन सक्ने बताए ।


म भर्खर आएको छु, सुधार हुँदै छ
महाप्रबन्धक, कृष्णगोपाल श्रेष्ठ, दुग्ध विकास संस्थान


निम्न गुणस्तरको दूध उत्पादन गरेको आरोपमा संस्थानविरुद्ध जिल्ला प्रशासनमा मुद्दा परेको छ, सरकारी स्वामित्वकै संस्थानबाटै सर्वसाधारणमाथि ठगी किन भइरहेको छ ?
यो त पाँच/६ महिना अगाडिको कुरा हो । म संस्थानमा महाप्रबन्धक भएर आउनुभन्दा पहिले त्यस्तै जेठ-असारमा यो मुद्दा परेको रहेछ । सुधारका लागि के गर्न सकिन्छ, हामी हेर्दै छौँ ।
संस्थानद्वारा उत्पादन हुने दूध निम्न गुणस्तरको भएको भन्दै हरेक वर्ष जिल्ला प्रशासनमा मुद्दा पर्ने गरेको छ, यस्तो किन भइरहेको छ ?
हरेक वर्ष त होइन । कहिलेकाहीँ काम गर्दा समस्या त भइहाल्छ नि । संस्थानको दूध परीक्षणमा त्रुटि भएर समस्या आएको हुन सक्छ ।
संस्थानको उपकरण तथा प्रयोगशालामा नै त खराबी छैन ?
हामी नेपालमा गुणस्तरीय दुग्ध पदार्थ उत्पादन गर्न समर्पित छौँ । हामीसँग अत्याधुनिक उपकरण र आधुनिक प्रयोगशाला छ । साथै दक्ष जनशक्तिको पनि व्यवस्था छ । तर, त्यति हुँदाहँुदै पनि कहिलेकाहीँ त्रुटि हुन सक्ने कुरा म स्विकार्छु । हामी आगामी दिनमा त्यसतर्फ अझ सचेत भई काम गर्नेछौँ भन्ने विश्वास दिलाउन चाहन्छु । त्यसकारण संस्थानको उपकरण तथा प्रयोगशालामा खराबी छ भन्न मिल्दैन ।
संस्थानको दूध खानु र पानी खानुमा फरक छैन भन्ने विज्ञहरूकै भनाइ छ, तपाईं के भन्नुहुन्छ ?
त्यो संस्थानविरुद्ध लगाइएको गलत आरोप हो । दूध खानु र पानी खानुमा त धेरै फरक पर्छ नि । एकपटक दूधमा कम फ्याट र दुग्ध ठोस पदार्थ कम आयो भनेर दूधलाई पानीसँग तुलना गर्न मिल्दैन ।

Tuesday, January 18, 2011

प्राध्यापकलाई लाइसेन्स अनिवार्य

प्रवीण ढकाल/काठमाडौं

प्राध्यापकहरूले पनि अनिवार्य रूपमा प्राध्यापन अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने भएको छ । विश्वविद्यालय तथा आंगिक र सम्बन्धनप्राप्त शिक्षण संस्थामा प्राध्यापन गर्न योग्य र दक्ष उपप्राध्यापकको व्यवस्थाका लागि लाइसेन्सको व्यवस्था गर्न लागिएको हो ।

विश्वविद्यालय अनुदान आयोगले देशभरका विश्वविद्यालय तथा अन्तर्गतका शिक्षण संस्थामा प्राध्यापन सेवामा प्रवेश गर्नुअघि लाइसेन्स परीक्षा अनिवार्य पास गर्नुपर्ने व्यवस्था गर्न लागेको हो । आयोगले प्राध्यापन लाइसेन्सलाई नेसनल इलिजिबिलिटी टेस्ट (नेट) परीक्षा नाम दिएको छ ।

'प्राध्यापन सेवामा प्रवेश गर्नुअघि अनिवार्य रूपमा नेट परीक्षा दिनुपर्नेछ,' आयोगका अध्यक्ष कमलकृष्ण जोशीले भने, 'नेट परीक्षामा उत्तीर्ण भएका मात्र क्याम्पसका लागि योग्य प्राध्यापक हुनेछन् ।' उनका अनुसार स्नातकोत्तर तह उत्तीर्ण जोसुकैले पनि विश्वविद्यालय तथा अन्तर्गतका शिक्षण संस्थामा अध्यापन गर्न थालेपछि शैक्षिक गुणस्तर खस्कँदै गएकाले योग्य व्यक्तिको छनोटका लागि लाइसेन्सको प्रावधान लागू गर्न लागिएको हो ।

अनुदान आयोगले लाइसेन्स प्रक्रियाका लागि प्रा. सुन्दरश्यामभक्त माथेमाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा प्रा. रञ्जितभक्त प्रधानांग र प्रा. कनकविक्रम थापा सदस्य रहेका छन् । कार्यदलले ४५ दिनभित्र प्रतिवेदन आयोगमा बुझाउनेछ । सो प्रतिवेदनका आधारमा प्राध्यापन लाइसेन्सको परीक्षा सञ्चालन गरिने आयोगले जनाएको छ । आयोगका अनुसार कार्यदलले नेपालमा नेटको औचित्यता र यसलाई लागू गर्ने विधि, प्रक्रियाको खाका तथा कानुनी आधारसमेत तयार गर्नेछ ।

नयाँ व्यवस्था लागू भएपछि विश्वविद्यालयमा अध्यापन सेवामा प्रवेशका लागि सबैखाले स्थायी, अस्थायी, आंशिक वा करारका अध्यापकले अनिवार्य रूपमा नेट परीक्षा उत्तीर्ण भएको हुनुपर्नेछ । आयोगका अध्यक्ष जोशीले भने, 'आधारभूत योग्यता परीक्षा उत्तीर्ण गरेकाले मात्रै अबदेखि विश्वविद्यालयमा प्राध्यापन गर्न पाऊन् भनेर नेट परीक्षाको व्यवस्था गरिएको हो ।'

नेपालमा विश्वविद्यालयका प्राध्यापकका लागि पहिलोपटक गर्न लागिएको लाइसेन्स परीक्षाको सञ्चालन आयोगले नै गर्ने भएको छ । लाइसेन्सको लिखित परीक्षा उत्तीर्ण गरेका व्यक्तिले मात्र विभिन्न विश्वविद्यालयले खुला गर्ने सेवा आयोगको परीक्षा दिन पाउने प्रावधान आयोगले बनाउँदै छ । 'नेटको अभ्यास अधिकांश मुलुकमा गरिँदै आएको भए पनि नेपालका लागि यो नयाँ व्यवस्था हुनेछ ।' आयोग अध्यक्ष जोशीले भने, 'यो परीक्षा नदिएका वा अनुत्तीर्ण भएका व्यक्ति विश्वविद्यालय सेवा आयोगको परीक्षामा सहभागी हुन पाउने छैनन् ।' तर, हाल विश्वविद्यालयमा स्थायी भएकाले भने नेट परीक्षा दिनु नपर्ने आयोगले जनाएको छ ।

ठुला औधोगिक ग्रुपका तेल नै न्युन गुणस्तरका
धारा स्वस्तिक सर्वोत्तम राजहंश र म्यारीगोल्ड तेल न्युन गुणस्तरका



तेलहरुमा पेरोक्साइड भ्यालु रिप्रुक्टीभ इन्डेक्स र स्यापोनिफिकेसनको मात्रा बढी हालेर बिकि्र गरीरहेको पाइएको छ । तेलमा ती पदार्थको मात्रा बढी भएमा मानिसको पाचन प्रणालीसम्बन्धि विभिन्न रोग लाग्ने छ

प्रवीण ढकाल
काठमाडौँ २१ पुस
आम जनातालाई दैनिक उपभोग्य वस्तुको उत्पादन गर्दै आएका देशका ठुला र नाम चलेका उत्पादन ग्रुपहरुका कक्म्पनीद्धारा उत्पादीत खाने तेलहरु नै मापदण्ड विपरीतका र न्युन गुणस्तरका पाइएका छन् ।
ठुला औधोगीक संस्थाका रुपमा रहेका चौधरी ग्रुप के एल दुगर ग्रुप केडिया समुह र आरति भेजिटेवल प्रडक्सद्धारा उत्पादीत खाने तेल न्युन गुणस्तरको र मापदण्ड विपरीत पाएपछि सरकारी संस्थाले नै ति उद्योगहरु विरुद्ध जिल्ला प्र्रसासन कार्यालय काठमाडौमा मुद्धा हालेको छ ।
विभागले बजारमा बिकि्रका लागि राखिएको तेलहरुको नमुना परीक्षण गर्दा सवैभन्दा बढी के एल दुगर ग्रुप अन्तर्गतका कम्पनीहरुले उत्पादन गरेका धारा तोरीको तेल र स्वास्तीक ब्रान्डका तोरी भटमास र सुर्यमुखि तेल न्युन गुणस्तरको र मापदण्ड विपरीतको पाइएको छ ।
ग्रुप अन्तर्गतको स्वास्तकि आयल इन्ड्रस्ट्रिज प्रा ली मोरङ्द्धारा उत्पादन गरीएको स्वास्तिक ब्रान्डको तोरीको भटमासको र सुर्यमुखि तेल तथा ग्रुपकै सौरभ फुड प्रडक्टस बाराद्धारा उत्पादन गरेको धारा तोरीको तेलमा सरकारले तोकेको मापदण्ड पुरा नभएको पाएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तेल उत्पादन गर्ने कम्पनी विरुद्ध जिल्ला प्रसासन मुद्धा दायर गरेको छ ।
जिल्ला प्रसासन कार्यालय काठमाडौँका प्रसासकिय अधिकृत खगेन्द्र रिजालले विभागले बजारमा बिकि्र वितरण भैरहेको तेलको नमुना संकलन गरेर परीक्षण गर्दा ती कम्पनीले मापदण्ड विपरीत न्युन गुणस्तरका तेल उत्पादन गरी बिकि्र गरीरहेको पाएपछि खाद्य ऐन अनुसार कारवाहि गर्न मुद्धा हालेको बताए ।
प्रसासनको मुद्धा शाखामा विभागले हालेको मुद्धा अनुसार ग्रुप अन्तर्गतको स्वस्तीक इन्ड्रस्ट्रिजद्धारा उत्पादित सवै ब्रान्डका तेलमा खरावी रहेको पाएको छ । इन्ड्रस्ट्रिजद्धारा उत्पादति स्वस्तीक भटमासको तेलमा सवैभन्दा बढी मापदण्ड विपरीतको पदार्थ राखिएको पाइएको छ । भटमासको तेलमा हुनुपर्ने पेरोक्साइड भ्यालु १० मिलि इक्वीभ्यालेन्ट हुनुपर्नेमा तोकिएको मापदण्डभन्दा झण्डै तीन गुणा बढी पेरोक्साइड राखिएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिकि्रका लागि राखिएको सो तेलको नमुना परीक्षण गर्दा तेलमा पेरोक्साइड भ्यालु २८।३२ मिलि इक्वीभ्यालेन्ट राखिएको पाइएको थियो । सोही कम्पनीद्धारा उत्पादीत सुर्यमुखी तेलमा पेरोक्साइड भ्यालु १४।६५ मिलि इक्वीभ्यालेन्ट रहेको पाइएको छ । यो मापदण्डभन्दा ४।६५ मिली इक्वीभ्यालेन्ट बढी हो । यसैगरी सोही कम्पनीको तोरीको तेलमा भने रीप्रुक्टीभ इन्डेक्सको मात्रा तोकिएको भन्दा बढी रहेको पाइएको छ । तोरीको तेलमा रिप्रुक्टीभ इन्डेक्सको मात्रा १।४६४६ देखि १।४६६२ सम्म हुनुपर्नेमा सो कम्पनीद्धारा उत्पादीत तेलमा १।४६६८ रिप्रुक्टीभ इन्डेक्सको मात्रा बढी रहेको पाइएको छ ।
ग्रुप अन्तगतनै साचालनमा रहेको सौरभ फुड प्रडक्सटले उत्पादन गरेको धारा तोरीको तेलमा स्यापोनीफिकेसनको भ्यालु बढी हालेर बिकि्र गरेको पाएको छ । एक लिटरको तोरीको तेलमा स्यापोनिफीकेसनको भ्यालु १६८ देखि १७७ सम्म हुनुपर्दछ तर सौरभ तेलमा १८९। ३० स्यापोनिफीकेसन भ्यालु पाइएको छ । यो भ्यालु सरकारले तोकिएको भन्दा १२।३ बढी हो ।
विभागका प्रवक्ता प्रमोद कोइरालाका अनुसार बजारमा बिकि्रका लागि राखिएका तेलहरुमा कुनैमा पेरोक्साइड भ्यालु कुनैमा रिप्रुक्टीभ इन्डेक्स र कुनै ब्रान्डमा स्यापोनिफिकेसनको मात्रा बढी रुपमा हालेर बिकि्र गरीरहेको पाइएको छ । उनले तेलमा ती पदार्थको मात्रा बढी भएमा मानिसको पाचन प्रणालीसम्बन्धि विभिन्न रोग लाग्ने सक्ने बताए । ुतेलमा यी तत्वमध्ये कुनैपनि एकको मात्रा बढी हुदै गएमा पाचन प्रणाली सम्बन्धि रोग लाग्ने सम्भावना बढ्दै जान्छु उनले भने ुत्यसकारण यस्ता तेल खानु स्वास्थ्यका लागि राम्रो होइन ।
जिल्ला प्रसासनमा दुगर ग्रुप अन्तर्गतका धारा र स्वस्तीक ब्रान्डका तेल मात्र होइन चौधरी ग्रुप अन्तर्गतको निर्भाण वनस्पती उद्योगले निकालेको सार्वेत्तम ब्रान्डको तोरीको तेल केडीया ग्रुप अन्तर्गतको शुसील वनस्पती उद्योग प्रा लीद्धारा उत्पादीत राजहंस भटमासको तेल र आरति भेजिटेवल प्रडक्सद्धारा उत्पादीत म्यारीगोल्ड नाम गरेको भटमासको तेलको समेत मुद्धा परेको छ । विभागले बजारमा बिकि्रका लागि राखिएका ति तेलहरुको नमुना संकलनका क्रममा मापदण्ड विपरीतको तोकिएको पदार्थ आवश्यक भन्दा बढी हालेको पाएपछि जिल्ला प्रसासन कार्यालयमा मुद्धा दर्ता गराएको हो । ुविभागले ति सवै तेलहरुमा पेरोक्साइड भ्यालु रिप्रुक्टिभ इन्डेक्स र स्यापोनीफिकेसन भ्यालु तोकीएको भन्दा बढी मात्रामा राखेको पाएपछि न्युन गुणस्तरको र मापदण्न्ड विपरीतको तेल बिकि्र गरेको भन्दै कानुनि कारवाहिका लागि मुद्धा हालेको होु अभिकृत रिजालले नयाँ पत्रिकासित भने ।
प्रसासनमा हालिएको मुद्धा अनुसार चौधरी ग्रुप अन्तर्गतको सर्वोत्तम तोरीको तेलमा मापदण्ड विपरीत बढी मात्रामा पेरोक्साइड भ्यालु हालेको पाएको छ । सर्वोत्तम तारीको तेलमा पेरोक्साइड भ्यालु १७ मिलि इक्वीभ्यालेन्ट पाइइएको छ जुन तोकिएको भन्दा ७ मिलि इक्वीभ्यालेन्ट बढी हो । यसैगरी पेरोक्साइड भ्यालु बढी हालिएको तेलमा केडीया ग्रुप अन्तर्गतको सुसिल वनस्पती उद्योगले निकालेको राजहंस भटमासको तेल र आरति भेजिटेवलले निकालेको म्यारीगोल्ड ब्रान्डको भटमास र तोरीको तेल रहेका छन् । राजहंस तेलमा पेरोक्साइड भ्यालु तोकिएको भन्दा अत्याधिक धेरै ७२।७० मिलि इक्वीभ्यालेन्ट रहेको पाइएको छ । यो तेलमा मापदण्डअनुसार हुनुपर्ने पेरोक्साइडभ्यालु भन्दा ६२।७० मिलि इक्वीभ्यालेन्ट बढी हो । म्यारीगोल्ड भटमास तेलमा पेरोक्साइड भ्यालु तोकिएको भन्दा २।६० र तोरीको तेलमा ०।४६ बढी पेरोक्साइड भ्यालु रहेको पाइएको छ ।
प्रसासनमा मुद्धा परेको कुरा स्विाकार्दै दुगर ग्रपको दुगर ब्रदर कन्सर्नका प्रसासकिय व्यवस्थापक विनोद न्यौपाने भन्छन ुहाम्रो उत्पादनमा कुनै खरावि छैन तर खाद्य विभागले बजारमा बिकि्रका लागि राखिएको तेलको नमुना संकलन गर्दा खरावी भेटेको आधारमा मुद्धा हालेको हो ।ु उनले तेल उत्पादनमा कुनै खरावि नभएकाले बजारमा भण्डारण गर्दा तेलमा समस्या आउको हुन सक्ने बताए । विभागको केन्द्रिय कार्यालयले क्षेत्रिय कार्यालयको प्रतिवेदन अध्ययन नै नगरी हचुवाका भरमा एकतर्फि रुपमा तेलमा खरावि रहेको भन्दै मुद्धा हालेको आरोप लगाउदै न्यौपानेले भने ुहामीले हरेक महिनामा तेलको नमुना विभागको क्षेत्रिय प्रयोगशालामा पठाउछौ । क्षेत्रिय शाखाले उत्पादनमा समस्या नरहेको बताए पछि हामीले उत्पादन गरेका हौँ । यसमा हाम्रो कुनै दोष छैन ।
उता चौधरी ग्रुप अन्तर्गतको कम्पनीले उत्पादन गरेको सर्वौत्तम तेलका विषयमा जिज्ञासा राख्दा ग्रपको चौधरी टावरमा रहेका एक कर्मचारीले निर्भाण वनस्पति उद्योगले अहिले कुनै पनि तेल निकाल्ने नगरेको बताए । उनका अनुसार अद्योगले पहिला कुक तृप्ति नाम गरेको तेल निकाल्दै आइरहेको थियो तर हाल ति सवै उत्पादन बन्द रहेको छ । ुहाम्रो उत्पादन नै छैन भने कसरी गुणस्तरहीन तेल उत्पादन गरेको भन्न मिल्छ ु उनले भने ुअहिले हामीले उपत्यका बाहिर कुसुम नाममा तेल उत्पादन गरीरहेका छौ ।ु उनले सर्वोत्तम तेलको विषयमा जिज्ञासा राख्दा सो वारेमा आफुलाई कुनै जानकारी नभएको र कम्पनीले उत्पादन गरेको कुनै पनि उत्पादनमा खरावि नभएको दावी गरे ।
तेलउत्पादकखारवी स्वास्थयमा असर
१।धारा तोरीसौरभ फुड प्रडक्टस स्यापोनीफिकेसनको भ्यालु बढीपाचनप्रणली सम्बन्धि रोग लाग्ने
२। स्वास्तिक तोरीस्वास्तकि आयल इन्ड्रस्ट्रिज प्रा लीरीप्रुक्टीभ इन्डेक्सको मात्रापाचनप्रणली सम्बन्धि रोग लाग्ने
३। स्वस्तिक सुर्यमुखी स्वास्तकि आयल इन्ड्रस्ट्रिज प्रा लीपेरोक्साइड भ्यालु बढीपाचनप्रणली सम्बन्धि रोग लाग्ने
४। स्वस्तिक भटमास स्वास्तकि आयल इन्ड्रस्ट्रिज प्रा लीपेरोक्साइड भ्यालु बढीपाचनप्रणली सम्बन्धि रोग लाग्ने
५। सार्वोत्तम तोरी निर्माण वनस्पती उद्योग प्रा लीपेरोक्साइड भ्यालु बढीपाचनप्रणली सम्बन्धि रोग लाग्ने
६। राजहंस भटमास सुसील वनस्पती उद्योग प्रा लीपेरोक्साइड भ्यालु बढीपाचनप्रणली सम्बन्धि रोग लाग्ने
७। म्यारीगोल्ड भटमास आरती भेजिटेवल प्रडक्टसपेरोक्साइड भ्यालु बढीपाचनप्रणली सम्बन्धि रोग लाग्ने
८। म्यारीगोल्ड तोरी आरती भेजिटेवल प्रडक्टसपेरोक्साइड भ्यालु बढीपाचनप्रणली सम्बन्धि रोग लाग्ने

अक्वा नाम गरेका ७ वटा पानी सवै गुणस्तरहीन
पानीमा पिएचको मात्रा कम हुनु भनेको पानीमा अम्लियपन बढ्नु र ब्याक्टेरीयाको उपस्थिति बढी हुनु हो जसका कारण टाइफाइड झाडापखला जन्डिस जस्ता रोग लाग्ने सम्भावना बढी हुने गर्दछ । यसका साथै पानीमा टोटल मसोफिलिक ब्याक्टेरीया बढी हुनु भनेको पनी शरीरलाई हानि गर्ने ब्याक्टेरीयाको मात्रा बढी हुनु हो । टोटल मेसोफिलिक ब्याक्टेरीया जति बढी हुदै जान्छ त्यति धेरै मानिसलाई झाडाजन्य रोग तथा जन्डिस र टाइफाइड हुने सम्भावना बढी हुन्छ ।


प्रवीण ढकाल काठमाडौँ १२ पुस
बजारमा बिकि्र हुदै आइरहेका ुअक्वाु नाम गरेका ७ वटा प्रसोधित पानी मिनरल वाटर न्युन गुणस्तरको र मापदण्ड विपरीत पाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आर्थिक वर्षमा बजारमा बिकि्रका लागि राखिएका दैनिक उपभोग्य वस्तुहरुको परीक्षणका क्रममा अक्वा ब्रान्ड गरेका पानीको नामका पछाडी अरु नाम झुन्डाएर बिकि्र गरीएका ७ वटा प्रसोधित पानी गुणस्तरहीन पाएको थियो । निरीक्षणका क्रममा पाइएका सवै पानीमा सरकारले तोकिएको मापदण्ड नपाएपछि विभागले ति पानी उत्पादन गर्ने संस्था विरुद्ध जिल्ला प्रसासन कार्यालय काठमाडौमा मुद्धा दर्ता गरेको छ ।
जिल्ला प्रसासनका प्रसासकीय अधिकृत खगेन्द्र रीजालका अनुासर खाद्य विभागले चालु आथिृक वर्षको सुरुवात देखि मंसिर मसान्तसम्मको अनुसन्धानमा अक्वा नाम गरेका ७ वटा पानी उत्पादक कम्पनी सहित १० वटा पानीमा न्युन गुणस्तर र मापदण्ड विपरीत पाएपछि ती सवैलाई मुद्धा हालेको हो । विभागले निरिक्षणका क्रममा एक लिटरको पानि देखी २० लिटरको जारमा समेत मापदण्ड विपरीत न्यनु गुणस्तरको पानी उत्पादन गरी बिकि्र गरीरहेको पाएको छ । बजारमा मापदण्ड विपरीत पाइएका पानीहरुमा अक्वा अक्वा ओजन अक्वा सुन अक्वा हन्ड्रेड अक्वा पाउन्ड अक्वा प्रेुस अक्वा साइन हीम डिउ प्रुेस ड्रप र कविता वेभरेज रहेका छन् ।
विभागले निरीक्षणका क्रममा सगरमाथा फुड एन्ड वेभरेज प्रा लीद्धारा उत्पादीत ुअक्वाु ब्रान्डको पानीमा पानीका लागि तोकिएको पिएचको मात्रा कम पाएको तथा टोटल मेसोफिलिक ब्याक्टेरीया तोकीएको भन्दा बढी पाएको थियो । त्यस्तै सोही कम्पनिद्धारा उत्पादीत ुअक्वा पाउन्डु ब्रान्ड गरेका पानीमा पनी कम्पनीले टोटल मसोफिलिक ब्याक्टेरीया मापदण्डभन्दा बढी राखेर बिकि्र गरेको पाइएको थियो ।
सरकारले प्रसोधित पानीमा पिएचको मात्रा ६।५ देखि ८ प्रतिसतसम्म हुनुपर्ने मापदण्ड तोकेको छ भने टोटल मेसोफिलिक ब्याक्टेरीया २५ प्रति एमएलमा नबढाएको हुनुपर्ने व्यवस्था गरेको छ ।
विभागका प्रवक्ता प्रमोद कोइरालाका अनुसार प्रशोधित पानीमा टोटल मेशोफिलिक ब्याक्टेरया तोकिएभन्दा बढी पाइनु तथा पिएचको मात्रा कम हुनु भनेको सो पानी पीउनका लागि उपयुक्त नरहेको हो । ुपानीमा तोकिएको पिएच भ्यालु छैन तथा टोटल मेसोफिलक ब्याक्टेरीया बढी छ भने त्यो पानी गुणस्तरहीन होु उनले भने ुपिएच कम हुने वित्तिकै पानीमा शरीरलाई हानि गर्ने देखि लिएर साधारण ब्याक्टेरीयाका मात्रा बढी हुन्छन भने टोटल मेसोफिलिक ब्याक्टेरीयाको मात्रा बढी हुनु भनेको शरीरमा हानि गर्ने ब्याक्टेरीया बढी हुनु हो ।ु उनका अनुसार पानीमा पिएचको मात्रा कम हुनु भनेको पानीमा अम्लियपन बढ्नु र ब्याक्टेरीयाको उपस्थिति बढी हुनु हो जसका कारण टाइफाइड झाडापखला जन्डिस जस्ता रोग लाग्ने सम्भावना बढी हुने गर्दछ । यसका साथै पानीमा टोटल मसोफिलिक ब्याक्टेरीया बढी हुनु भनेको पनी शरीरलाई हानि गर्ने ब्याक्टेरीयाको मात्रा बढी हुनु हो । टोटल मेसोफिलिक ब्याक्टेरीया जति बढी हुदै जान्छ त्यति धेरै मानिसलाई झाडाजन्य रोग तथा जन्डिस र टाइफाइड हुने सम्भावना बढी हुन्छ ।
निरीक्षणका क्रममा बजारमा बढी प्रचलनमा रहेको तथा धेरैले रुचाएको पानीका रुपमा चिनिएको ुअक्वा हन्ड्रेडु मा पनि पिएच भ्यालु कम र टोटल मेसोफिलिक ब्याक्टेरीया बढी हाली बिकि्रका लागि राखिएको पाइएको थियो । ुअक्वा हन्ड्रेडु एक्वा मिनरल वाटर प्रा लीद्धार उत्पादीत पानी हो । त्यस्तै सिटि मिनरल वाटर एन्ड वेभरेजद्धारा उत्पादीत ुअक्वा सुनु नाम गरेको पानीमा पिएचको मात्रा कम रहेको हिमाल स्टेरीङ एन्ड वेभरेजद्धारा उत्पादित ुअक्वा ओजनु नाम गरेको पानीमा पनी मापदण्ड विपरीत कम मात्रामा पिएच राखिएको पाइएको थियो ।
यसैगरी पाचरत्न ग्र्रुपद्धारा उत्पादित ुप्रुेस ड्रपु ब्रान्डको पानीमा टोटल मेसोफिलिकको मात्रा बढी हालिएको हिम डिउ वेभरेजद्धारा उत्पादीत ुहिम डिऊ नाम गरेको पानीमा पिएचको मात्रा कम र टोटलमेसोफिलिकको मात्रा बढी रहेको गि्रन लेन्ड मिनरल वाटर एनड वेभरेजद्धारा उत्पादित ुअक्वा साइनु पानीमा पिएचको मात्रा कम रहेको कविता वेभरेजद्धारा उत्पादित पानीमा पनि पिएचको मात्रा कम रहेको र अक्वा प्रुेस नाम गरेको पानीमा टोटल मेसोफिलिकको मात्रा बढी रहेको पाइएको छ ।
जिल्ला प्रसासनमा मुद्धा परेको विषयमा आफुलाई कुनै जानकारी नरहेको बताउदै गि्रन ल्यान्ड मिनरल वाटर एन्ड वेभरेज प्रा लीका प्रबन्धक घनश्याम खड्का भन्छन ुहामीले बजारमा ल्याएको अक्वा साइन नाम गरेको पानीमा अहिलेसम्म त्यस्तो कुनै खरावी रहेको छैन र यो पानीमा खरावी रहेर खाद्य प्र्र्र्रविधीले जिल्ला प्रसासनमा मुद्धा हालेको विषयमा अहिलेसम्म कुनै जानकारी आएको छैन ।ु उनले कम्पनीले शुद्ध पीउने पानीका लागि सधै ल्याब टेस्ट गरेर पानीको उत्पादन गर्ने गरेकोले आफ्नो पानीमा कुनै समस्या नभएको दावी गर्दै भने ुहाम्रो पानीमा कुनै खरावि छैन । बरु बजारमा प्रतिस्पर्धाको होडमा अरुले नै कुनै गलत नियतले हाम्रो नामको पानी निकालेर त्यस्तो पानी निकालेको हुनु पर्दछ ।
विभागले हालेको मुद्धको विषयमा अध्ययन भैरहेको बताउदै जिल्ला प्रसासनका अधिकृत रीजाल भन्छन ुकम्पनिहरुको मुद्धाका बारेमा अध्ययन भैरहेको छ । अध्ययनपश्चात सवैलाई खाद्य ऐन २०२३ अनुसार कारबाही हुनेछ ।ु खाद्य ऐनमा यस्ता उद्योगलाई ५ हजारसम्म जरिवाना वा २ बÈ्र सम्म जेल सजाय गर्न सक्ने प्रावधान रहेको छ । उनका अनुसार विभागले हरेक वर्ष पानी तथा तेलमा बढी समस्या रहेको भन्दै मुद्धा हाल्ने गरेको छ । गत वर्षपनि राजधानिको इचङ्गु खानेपानी फुड एन्ड वेभरेज लिमिटेडद्धरा वितरीत पानीमा दुषित खाद्यवस्तु र मापदण्ड नपुगेको पाइएकाले कार्यालयमा विभागले मुद्धा हालेको थियो । विभागले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा मात्र ३५ वटा मुद्धा कार्यालयमा दर्ता गराइसकेको छ । जसमध्ये पानीको मात्र १० वटा मुद्धा परेको छन् । विभागले आर्थिक वर्ष ०६६÷०६७ मा बजारबाट संकलन गरी परीक्षण गरेका दैनिक उपभोग्य वस्तुहरुमा मापदण्ड नपुगेका र दुषित पदार्थ पाइएको भन्दै जिल्ला प्रशासन कार्यालयमा १ सय ४७ वटा भन्दा वढी मुद्धा हालेको थियो ।
विभागले हरेक वर्ष दैनिक उपभोग्य वस्तु मापदण्ड विपरीत तथा कम गुणस्तरका सामग्री बिकि्रका लागि राखिएको पाउने गर्दछ तर त्यस्ता वस्तु उत्पादन गर्ने उद्योगहरुलाई भने खासै कारवाहि गरेको पाइएको छैन । विभागका प्रवक्ता कोइरालाका अनुसार अनुसार त्यस्ता संस्था तथा व्यक्तिलाई कारवावहि गर्ने काम सम्वन्धित जिल्ला प्रशासन कार्यालयले गर्ने छ । कोइराला भन्छन-ुमापदण्ड पूरा नगर्ने उत्पादकविरुद्ध कारबाही गर्ने काम जिल्ला प्रशासनको हो । हामीले निरीक्षण गरेर प्रसासनमा मुद्धा हाल्ने मात्र काम गर्ने छौँ ।
पानीको नाम कम्पनी मापदण्डविपरीत रहेको तत्व
१।अक्वा हन्ड्रेडएक्वा मिनरल वाटरपिएच भ्यालु कम
२।अक्वा पाउन्डसगरमाथा फुड एन्ड वेभरेज प्रालीटोटल मेसोफिलिक ब्याक्टेरीया तोकीएको भन्दा बढी
३।अक्वासगरमाथा फुड एन्ड वेभरेज प्रालीपिएच भ्यालु कम टोटल मेसोफिलिक ब्याक्टेरीया बढी
४।अक्वा सुनसिटि मिनरल वाटर एन्ड वेभरेजपिएच भ्यालु कम
५। अक्वा ओजनहिमाल स्टेरीङ एन्ड वेभरेजपिएच कम
६।प्रेुस ड्रपपाचरत्न ग्रुपटोटल मेसोफिलिक ब्याक्टेरीया तोकीएको भन्दा बढी
७।अक्वा साइनग्रीन लेन्ड मिनरल वाटर एन्ड वेभरेजपिएच भ्यालु कम
८।हिम डिउहिम डिउ वेभरेज प्रा लीपिएच भ्यालु कम टोटल मेसोफिलिक ब्याक्टेरीया बढी
९। -कविता वेभरेज प्रा लीपिएच कम
१०। अक्वा प्रेुस-टोटल मेसोफिलिक ब्याक्टेरीया बढी
दुर्गम क्षेत्रमा दुई वर्ष काम गरेका चिकित्सकलाई पोष्ट ग्रयाजुयटमा पुर्ण छात्रवृत्ति दिइने
प्रवीण ढकाल
काठमाडौँ ११ पुस
सरकारले दुर्गम क्षेत्रमा गएर दुईवर्ष काम गरेका चिकित्सकलाई ुपोष्ट ग्रयाजुएटु तहमा अध्ययन गर्नकालागि पुर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । दुर्गम क्षेत्रमा सेवागर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्न सरकारले यस्तो व्यवस्था गरेको हो ।
स्वास्थ्य मन्त्री उमकान्त चौधरीका अनुसार दुर्गममा चिकित्सकहरु जान नचाहने प्रवृत्तिको अन्त्य गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष सुविधासहितको ुइन्सेन्टिभ प्याकेजु तयार पारी डाक्टरहरुलाई विशेष सुविधाको दिने व्यवास्था तयार पारेको हो । शनिवार साचारकर्मीसँगको भेटघाटमा मन्त्री चौधरीले भने ुदुर्गममा डाक्टर पठाउन ल्याइएको ुइन्टे_िन्सभ प्याकेजु कार्यक्रमअन्तर्गत यो व्यवस्था भएलगत्तै अहिले दुर्गममा सेवा गर्न चाहने डाक्टरहरुको संख्यामा वृद्धि भएको छ ।ु उनका अनुसार दुई वर्ष दुर्गम सेवा गरेपछि पोष्ट ग्रयाजुयटमा पुर्ण छात्रवृत्तिको व्यवस्था सार्वजनिक गरेलगत्तै मन्त्रालयमा २ सय भन्दा बढी चिकित्सकले दुर्गममा जान निवेदन दिइसकेका छन् ।
ुसुविधाको अभाव कमाइको अवसर तथा अन्य आकर्षणका कारण अधिकांश चिकित्सक सहरी क्षेत्रमै बस्ने प्रवृत्तिले मुलुकको दुर्गम क्षेत्रका अस्पताल तथा स्वास्थ्यसंस्थामा सधै चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव हुँदै आएको छु मन्त्री चौधरीले भने ुतर अहिलेको व्यवस्थाले चिकित्सकहरुलाई दुर्गममा सेवा गर्न जाने अवसर प्रदान गरेकाले दुर्गममा चिकित्सकको अभावको खवर सुन्न पर्दैन भन्नेमा हामिले विश्वास लिएका छौँ ।ु उनका अनुसार दुर्गममा गएर सेवा गर्ने त्यस्ता चिकित्सकलाई थप सुविधा समेत प्रदान गरिने छ । जसमा दुर्गममा सेवा गरेवापत निश्चित प्रतिसत रकम बढाएर तलबमै गाभिने इन्टरनेटको सुविधा भाडा खर्च बढुवामा प्राथमिकता र उनिहरुका छोराछोरीलाई शैक्षिक सुविधा प्रदान गर्ने व्यवस्था पनि गरीने छ ।
दुर्गममा काम गर्ने चिकित्सकका लागि पहिलोपटक यस्तो व्यवस्था गरीएको बताउदै मन्त्री चौधरीले भने ुदुर दराजका तथा दुर्गम क्षेत्रमा गुणस्तरीय स्वस्थ्य सेवा दिन पहिलो पटक ल्याइएको यो व्यवस्थामा हामीले निश्चित कोटाको व्यवस्था गरेका छौँ भने पहिलो चरणमा अति दुर्गम र दुर्गम तथा दोस्रो चरणमा तराईका जिल्लामा यो व्यवस्था लागु गर्ने छौँ ।
सरकारले यसअघि चिकित्सकहरुलाई दुर्गममा काम गरेबापत कुनै थप सुविधा नदिएको तथा दुर्गममा गरीएको सेवाको मुल्याङ्कन समेत नगर्ने हुदा चिकित्सकहरु राजधानि लगाएतका सहरी क्षेत्रमा नै बढी बस्ने गरेको बताउदै एक चिकित्सकले भने ुजति लामो समयसम्म दुर्गममा सेवा गरेपनि कुनै मुल्याँङ्कन नै हुदैनथ्यो । साथै चिकित्सकको बढुवा तथा सरुवा गर्ने वेलामा पनि राजनितिक आग्रह र पुर्वाग्रहका आधारमा हुने गरेकाले चिकित्सक दुर्गममा जान चाहदैनथे ।ु उनका अनुसार सरकारले दुर्गममा जान चाहने चिकित्सकलाई दुर्गम भत्ता बढुवामा बढी नम्बर दिने तथा हाल भनिएको जस्तो छात्रवृत्ति लगाएतका बढी भन्दा बढी सुविधा दिएमात्र चिकित्सक दुर्गममा गएर काम गर्न मानसिक रुपमा तयार हुने छन् ।
स्वास्थ्य मन्त्रालयको तथ्याङक अनुसार देशभरका सरकारी अस्पताल तथा स्वास्थ्यसंस्थामा कुल २५ हजार दुई सय ३९ दरबन्दी रहेकोमा दुइ हजार सात सय २२ रिक्त छन् । अहेबको दरबन्दी पाँच हजार २० भएकोमा पाँच सय ८३ रिक्त छन् । एक हजार स्टाफ नस्रमध्ये दुई सय २१ रिक्त छन् । उपस्वास्थ्यचौकीमा प्राथमिक स्वास्थ्यसेवा पुर् याइरहेका ग्रामीण स्वास्थ्य कार्यकर्ताको तीन हजार नौ सय ५६ दरबन्दीमध्ये ६ सय ८२ दाली छन् । त्यस्तै मातृशिशु कार्यकर्ता माशिका का एक सय ७५ दरबन्दी रिक्त छन् । देशभरका सरकारी अस्पताल तथा स्वास्थ्यसंस्थामा मेडिकल अधिकृत -एमबिबिएस को दरवन्दि पाँच सय ९४ मध्इे एक सय ८९ दरबन्दी रिक्त छन् ।
१२ जिल्लाका २९ औषधि पसल बन्द हुने

विभागले एक सय चार औषधि पसललाई कारवाहि तथा १३ व्यवसायिको मान्यताप्राप्त प्रमाणपत्र निलम्बन गरेको छ


प्रवीण ढकाल
काठमाडौँ २६ पुस
गैरकानुनी रुपमा साचालनमा रहेका १२ वटा जिल्लाका २९ औषधि पसलहरुलाई सरकारले बन्द गर्ने भएको छ ।
औषधि व्यवस्था विभागले चालु आर्थिक वर्षको पहिलो चौमासीकमा १२ वटा जिल्लाका औषधि पसलहरुको निरीक्षणका क्रममा फेला पारेको २९ गैरकानुनी औषधि पसललाई बन्द गर्न लागेको हो । विभागका फार्मेसी निरीक्षक श्यामकुमार अधिकारीले निरीक्षणक क्रममा दर्ता नै नगरीकन साचालित औषधि पसलहरु साचालनमा रहेको पाइएकाले ति औषधि पसल बन्द गर्न लागिएको बताए । उनका अनुसार विभागले फेला पारेका ति गैरकानुनी पसलहरुलाई बन्द गर्नका लागि सम्बन्धित जिल्ला प्रसासन कार्यालयमा पत्र पठाउने तयारी गरीरहेको छ ।
विभागले चालु आर्थिक वर्षको पहिलो चौमासीकमा काठमाडौँ पाल्पा स्याङ्जा लमजुङ् दोलखा कास्की रामेछाप सिन्धुपाल्चोक काभ्रेपलााचोक धादिङ गोरखा र मकवानपुर जिल्लाका दुई सय ६० औषधि पसलको निरीक्षण गर्दा २९ वटा पसल विना दर्ता साचालन गरीरहेको पाएको थियो ।
ुनिरीक्षणका क्रममा सवैभन्दा बढी धादीङका पसलहरु विना दर्ता साचालनमा रहेको पाइएको छु निरीक्षक अधिकारीले भने ुधादिङमा मात्र नै वटा पसल गैरकानुनी रुपमा साचालनमा रहेका पाइएको थियो भने कास्कि मकवानपुर गोरखा । दोलखामा एक-एकवटा पसल गैरकानुनी रुपमा रहेको पाइएको छ ।
विभागले बन्द गर्नका लागि सम्बन्धित जिल्ला प्रसासनमा पठाउन लागेको औषधि पसलहरुमा श्वर्णीम मेडिकल हल गोंगवु-५ काठमाडौँ सामुदायिक सहकारी संस्था गोंगवु-५ काठमाडौँ भट्टराई हेल्थ क्लिनिक पोखरा-६ कास्की सरवनी पोली क्लिनिक थाक्रे-१ धादिङ राजमार्ग मेडिकल बैरेनी-१ धादिङ हाईवे वेलफेयर पोली क्लिनिक िपंडा-१ आदमघाट धादिङ अधिकारी मेडिकल हल गजुरी-२ मलेखु धादिङ सामुदायिक जनस्वास्थ्य सेवा घुसा-१ चरौदी धादिङ कामना मेडिकल हल जोगिमारा-१ धादिङ पवन आयुर्वेदिक फर्मा निलकण्ठ-५ धादिङ धादिङ पोली क्लिनिक निलकण्ठ-५ धादिङ गणेश मेडिकल हल निलकण्ठ-५ धादिङ सापकोटा मेडिकल हल लक्ष्मीबजार गोरखा गोपाली औषधि पसल दामन-४ मकवानपुर अधिकारी स्वास्थ्य क्लिनिक पाउदी बजार-९ लमजुङ पन्त क्लिनिक उदिपुर-४ लमजुङ चन्द्रिका मेडिकल हल गाँउसहर-३ लमजुङ राज मेडिकल प्रगती टोल-१ लमजुङ गाहा मेडिसिन होम पिपलडाँडा-५ पाल्पा श्रीनगर मेडिको कन्सर्न तानसेन-३ पाल्पा अरनिको फर्मा तातोपानी सिन्धुपाल्चोक सिन्धु सामुदायिक क्लिनिक तातोपानी सिन्धुपाल्चोक आयुश फार्मेसी बाह्रविसे सिन्धुपाल्चोक पराजुली औषधि पसल खाडिचौर सिन्धुपाल्चोक जिरेश्वरी मेडिकल हल जिरीवजार दोलखा त्रिवेणी स्वास्थ्य समाज केन्द्र दोलालघाट-२ काभ्रेपलााचोक बि एन्ड बि मेडिकल हल जिरो किलो काभ्रेपलााचोक सन्तोष मेडिकल हल अरनिको-२ काभ्रेपलााचोक र गौतम मार्फेसी तिनपिप्ले काभ्रेपलााचोक रहेका छन् ।
निरीक्षक अधिकारीका अनुसार विभागले निरीक्षणका क्रममा पसल दर्ता नगरीएका व्यवसायि मान्यता प्रमाण पत्र नभै पनी औषधि पसल साचालन गरेका पसलको नविकरण नगरीएका विभागले बारम्वार पत्र पठाउदा पनि व्यवास्था गरी अनुपस्थित रहेका आधीकारीक खरिद विल विनाका औषधि भेटिएका निशुल्क वितरण गर्नुपर्ने औषधि पसलमा राखेर विकि्र गरेका लागु औषधिको रेकर्ड नराखिएको तथा तोकिएको तापक्रममा भ्या_िक्सन संचय नगर्ने गरेको ति जिल्लाका एक सय चार औषधि पसललाई कारवाहि गरेको छ भने १३ जना व्यवसायिको मान्यता प्रमाणपत्र निलम्बन गरेको छ । उनले ती १२ जिल्लाका १३ वटा पसललाई निलम्बन गरीएको ५२ वटालाई सचेत गराइएको १० वटालाई चेतावनि सहीत नसिहत दिएको र २९ वटालाई बन्द गरेको बताए ।
विभागले निलम्बन गरेको १३ औषधि पसलहरुमा गोमा मेडिकल हल पोखरा कुवँर मेडिकल हल पोखरा सागर मेडिकल हल गजुरी धादिङ सुन्दर फर्मा गजुरी धादिङ प्रधान औषधि पसल दामन मकवानपुर पारस मेडिकल हल सुन्दरबजार लमजुङ बराल फार्मेसी वेशिसहर लमजुङ भण्डारी फार्मेसी गल्यांग बजार स्याङजा सरस्वती मेडीकल हल तानसेन पाल्पा िसंह आयुर्वेदीक औषधालय तानसेन पाल्पा सागर मेडिकल हल चरीकोट दोलखा सव साईड ड्रग डिष्ट्रिव्युटस्र चरीकोट दोलखा र साजीवनी इन्टरनेसनल हेल्थ ईन्ष्टीच्युट रहेका छन् । यसैगरी निलम्बनमा परेका व्यवसायीहरुमा सोही औषधि पसलका साचालकहरुमा क्रमस गोमा सुवेदी जगत बहादुर कुँवर जवारी लाल पाठक सुन्दर कुमार श्रेष्ठ द्धारीकानाथ प्रधान लक्ष्मण कुमार श्रेष्ठ तिर्थ सागर बराल गणेशप्रसाद भण्डारी चिन्ता मणि पाण्डे गजेन्द्रमान िसंह गंगा सागर श्रेष्ठ नगेन्द्र हमाल आचार्य र विज्ञान न्यौपाने रहेका छन् ।
यसैका साथै विभागले ५२ औषधि पसललाई एक पटकको लागि सचेत गराएको छ । निरीक्षक अधिकारीले एकपटकका लागि ति औषधि पसलहरुलाई सचेत गराइएको तर फेरी पनि तिनिहरुले गल्ती गरेको पाइएमा कानुन अनुसार बन्द समेत गर्न सकिने बताए । उनका अनुसार त्यस्ता औषधि पसलहरुमा व्यवसायि अनुपस्थित लागु तथा मनोद्विपक औषधिको विक्रीको रेकर्ड नराखिएको भ्याकिसन उचित तापक्रममा नराखिएको प्रमाणपत्र नविकरण नगरेका म्याद नाघेका औषघि काउण्टरमै पाइएको र कम्पनीले चिकित्सक स्यामपलको रुपमा पठाउने औषधि काउण्टरमै पाइएकाहरु लगाएत पाइएका थिए । विभागले गत आर्थिकवर्षमा देशभरका ३५ जिल्लाका नौ सय ६८ औषधि पसल निरीक्षण गरेकोमा पाँच सय औषधि पसललाई कारवाहि गरेको थियो भने २८ व्यवसायिको मान्यताप्राप्त प्रमाणपत्र निलम्बन गरेको थियो ।

लाज नमानौँ कन्डम प्रयोग गर्न


image

नेपाली समाजमा कन्डमका विषयमा अहिले पनि खुलेर कुरा हुने गरेको छैन । कन्डमको नाम सुन्नेबित्तिकै जिब्रो टोक्ने चलन अझै समाजमा व्याप्त रहेको छ । सहरी क्षेत्रमा भन्दा बढी ग्रामीण क्षेत्रमा कन्डमका विषयमा बोल्न, छुन र किन्नसमेत हिच्किचाउने प्रवृत्ति रहेको राष्ट्रिय एचआइभी तथा एड्स रोग नियन्त्रण्ा केन्द्रले जनाएको छ ।

समाजमा व्याप्त कन्डमप्रतिको नकारात्मक धारण्ाा एवं अन्धविश्वासका कारण्ा समाजले सहज रूपमा अपनाउन नसकिरहेको समयमा यौनजन्य रोगबाट बचाव र गर्भाधन रोक्ने कन्डमको प्रयोग सहरी क्षेत्रमा भने बढेको छ । केन्द्रका निर्देशक कृष्णकुमार राईका अनुसार दोहोरो भूमिकाका रूपमा प्रयोग हुने कन्डमले खास क्षेत्र तथा समूहमा सहज बन्न सकेको छैन । 'पहाडका विकट क्षेत्र र अविवाहित जोडीमा कन्डम सहज रूपमा पुग्न सकेको छैन,' उनले भने, 'कन्डमको फाइदाका बारेमा सबैलाई थाहा छ, तर उनीहरूले नै प्रयोग गर्न लजाउने तथा हिच्किचाउने गरेका छन् ।'

उनका अनुसार सहरी भागमा शिक्षित वर्गको बढी जमात रहेको तथा यौनकर्मीहरू रहेकाले कन्डमको प्रयोग बढी भएको देखिन्छ । तर, अझै पनि ग्रामीण तथा दूरदराजका क्षेत्रमा कन्डमको नामसमेत लिन लाज मान्नेहरू रहेको निर्देशक राईले भने ।

विश्वका अन्य देशको तुलनामा नेपालमा एचआइभी तथा एड्स रोग दिनहुँ बढ्दै गएको अवस्थामा यौन रोगबाट बचाउन तथा गर्भ रहनबाट बच्नका लागि कन्डम प्रयोगको आवश्यकता रहेको भन्दै नेपालमा हरेक वर्ष कन्डम दिवस मनाउने गरिएको छ । निर्देशक राईका अनुसार एचआइभी, यौन रोग तथा अनिच्छित गर्भ रहनबाट बच्नका लागि कन्डमसम्बन्धी जनचेतना बढाउने कन्डमको सहज उपलब्धता र पहुँच बढाउन ०५२ सालदेखि कन्डम दिवस मनाइँदै आएको छ । 'यो दिवसका दिन देशभरिका सवै वर्ग र क्षेत्रका व्यक्तिहरू, नागरिक समाज, सरकारी, गैरसरकारी तथा नीजि संघ-संस्थाहरू कन्डमको महत्त्वका विषयमा तथा कन्डमको सहज उपलब्धता र पहँुच बढाउने अभियानमा लाग्ने भएकाले पछिल्लो समयमा कन्डम प्रयोगकर्ता बढ्दै गएका छन्,' उनले भने, 'यद्यपि, दुर्गम गाउँमा केही समस्या रहेको छ । तर, त्यस क्षेत्रका सर्वसाधारण्ाको पहुँचमा कन्डम पुर्‍याउन र कन्डमको महत्त्वबारे जानकारी दिन हामीले कार्य सुरु गरेका छौँ ।'

सबै समूहमा पर्याप्त कन्डम पूर्ति गर्न नसके पनि यसको प्रयोगकर्ता वृद्धि हुँदै गएको बताउँदै नेपाल सिआरसी कम्पनीका प्रबन्ध निर्देशक केबी रायमाझी भन्छन्, 'नेपालमा हरेक वर्ष कन्डमको माग बढिरहेको छ । वाषिर्क ६ करोडको हाराहारीमा नेपालमा कन्डमको खपत हुँदै आइरहेको छ ।' उनका अनुसार विगत वर्षका तुलनामा बिस्तारै कन्डम प्रयोगकर्ताको संख्या बढिरहेको छ । केही वर्षअगाडि कन्डम प्रयोग गर्न पनि हिच्किचाउने, चाहे पनि उपलब्ध नहुने आदि कारण्ाले आशा गरिएअनुसार सफलता प्राप्त भएको थिएन ।

तथ्यांकअनुसार नेपालमा वाषिर्क साढे ५ करोड देखि ६ करोड थान कन्डम खपत हुन्छ । ४८ प्रतिशत नेपाली महिला या पुरुषले कुनै न कुनै परिवार नियोजनका साधन प्रयोग गर्छन्, जसमा झन्डै १५ प्रतिशतले मात्र कन्डमको प्रयोग गर्छन् भन्ने अनुमान गरिएको छ । सन् १९९६ मा कन्डम प्रयोग गर्नेमा जम्मा २ दशमलव १ प्रतिशत रहेका थिए भने २००६ मा ५ प्रतिशत पुगेका थिए । २००६ यता यसमा कुनै अध्ययन नभएकाले हाल १२ देखि १५ प्रतिशतले कन्डम प्रयोग गर्ने गरेको अनुमान गरिएको छ ।

विभिन्न स्वास्थ्य अनुसन्धानअनुसार हालसम्म विश्वभरिका ३ करोड बढी मानिस एचआइभी र एड्सबाट पीडित रहेका छन् । सन् २००९ सम्ममा नेपालमा करिब ६४ हजारमा यसको संक्रमण भएको अनुमान गरिएको छ । हालसम्मको तथ्यांकअनुसार नेपालमा करिब ७५ प्रतिशत एचआइभी संक्रमण कन्डमविना गरिने यौन सम्पर्कका कारण सरेको

पाइन्छ । नेपालको जनसंख्या वृद्धिदर २ दशमलव १७ प्रतिशत र जन्मदर ३ दशमलव १ प्रतिमहिला रहेको छ । हाल नेपालमा कन्डमलगायत परिवारनियोजनका अन्य साधन प्रयोग गर्ने करिब ४८ प्रतिशत मात्र छन् र प्रजनन उमेरका २५ प्रतिशत बढी महिलाको परिवारनियोजनको माग अपुग छ । तर, कन्डमलाई परिवारनियोजनको साधनका रूपमा स्वीकार गर्ने नयाँ व्यक्तिको संख्या बढ्दै गएको छ भने एचआइभी तथा यौन रोग सर्नसक्ने जोखिममा रहेका समुदाय जस्तै यौनकर्मी, उनीहरूका ग्राहक, पुरुष समलिंगी, सुइद्वारा लागूपदार्थ लिने व्यक्तिमा पनि कन्डमसम्बन्धी ज्ञान र प्रयोग गर्ने व्यवहार बढ्दै गएको छ ।

नेपालमा ०१६ सालमा नेपाल परिवारनियोजन संघको स्थापना भएपछि ०१७ सालदेखि नेपालमा कन्डमको प्रयोगको सुरु भएको हो । सन् १९८८ मा एचआइभी तथा एड्स नेपालमा पहिलोपटक भित्रिएपछि कन्डमको प्रयोग एचआइभी तथा यौन नियन्त्रण्ाका लागि समेत हुन थालको निर्देशक राईले बताए । उनका अनुसार एचआइभी भित्रिएलगत्तै नेपालले कन्डमको प्रचार-प्रसारमा समेत जोड दिन थालेको हो । नेपालमा परिवारनियोजनका रूपमा भन्दा अन्य प्रयोजनका लागि कन्डमको प्रयोग हुने गरेको देखिन्छ । नेपालमा जन्मान्तरका लागि कन्डम प्रयोगकर्ता ६ प्रतिशत छन् भने यसको प्रयोगमा जोड दिनेमा यौनकर्मी महिला बढी देखिएका छन् । सीमित क्षेत्रमा एचआइभी र यौन रोगसम्बन्धी पुरुषमा ज्ञान नभए पनि महिलाको तुलनामा अधिकांश पुरुष यस विषयमा सचेत बन्दै गएको उनको धारण्ाा छ ।

कन्डम के हो ?

गर्भाधारण रोक्ने प्रभावकारी साधनका रूपमा कन्डम विश्वमै लोकपि्रय बनिरहेको छ । यौन सम्पर्कका वेला पुरुष तथा महिलाले प्रयोग गर्ने पातलो लेटेक्स नामक रबरबाट बनेको खोल नै कन्डम हो । यसभित्र भएको चिल्लो पदार्थले पुरुषलाई यौन सम्पर्कका समयमा सहज बनाउँछ । यौन रोगबाट पनि बचाउने कन्डमजति प्रभावकारी साधन अरू छैन । यौन सम्पर्कका वेला कन्डमले खासगरी पुरुषको शुक्रकिट महिलाको अण्डसँग मेल हुनबाट रोक्छ । कन्डम पुरुषले प्रयोग गर्ने र महिलाले प्रयोग गर्ने दुईकिसिमको हुन्छ । प्रायः पुरुष कन्डम रबरबाट बनेको तन्किनेखालको हुन्छ भने महिला कन्डम प्लास्टिकबाट बनेको प्रायः नतन्किनेखालको हुन्छ । प्लास्टिकबाट बनेको पुरुष कन्डम प्रचलनमा छ ।

कत्तिको भरपर्दो हुन्छ ?

कन्डमको विश्वसनीयता यसको प्रयोग गर्ने तरिकामा भर पर्छ । कन्डम प्रयोगकर्ताले कत्तिको सावधानीपूर्वक यसको प्रयोग गरिएको छ, त्यसमा यसको विश्वसनीयता निर्धारण हुन्छ । सही तरिकाले लगाएमा पुरुष कन्डम ९९ दशमलव ९ प्रतिशत भरपर्दो हुन्छ । यसको मतलब कन्डम -पुरुष) प्रयोग गरेर यौन सम्पर्क गरेको १ सयमध्ये १ वर्षमा ० दशमलव १ महिला गर्भवती हुन सक्छन् । कन्डम लगाएर सहवास गर्दा पुरुषको लिंगबाट निस्कने वीर्य कन्डमको टुप्पामा जम्मा भई शुक्रकिट महिलाको पाठेघरमा पुग्न पाउँदैन, जसले गर्दा महिला गर्भवती हुँदिनन् । कन्डम एकपटक लगाइसकेपछि फेरि प्रयोग गर्नु हँुदैन । लगाइसकेको कन्डम खाडलमा गाड्ने वा जलाउने गर्नुपर्छ । महिला कन्डमको बन्द रहेको पट्टीको भागलाई योनीको तलसम्म पुर्‍याएर राखिन्छ ।

यसको दुवैतिर केही कडा रिङ रहेको हुन्छ । प्वाल भएपट्टकिो रिङ माथितिर पारी योनीद्वारको बाहिरपट्ट िराख्नुपर्छ । यौन सम्पर्क गरिसकेपछि प्वाल भएपट्टकिो भागलाई बटारेर प्वाल बन्द गरी सावधानीपूर्वक निकाल्नुपर्छ । यसरी निकाल्दा कन्डम भएको वीर्य बाहिर पोखिन दिनु हँुदैन । त्यसपछि उचित ठाउँमा यसको व्यवस्थापन गर्नुपर्छ ।

कन्डमका फाइदा

  • गर्भनिरोधका लागि यो धेरै प्रभावकारी छ ।
  • कन्डममा शरीरलाई असर गर्ने कुनै औषधि नहुने भएकाले शरीरमा कुनै किसिमको असर गर्दैन ।
  • पुरुष कन्डम जहाँ पनि सजिलै पाउन सकिन्छ ।
  • यौन सम्पर्क गर्दा मात्र प्रयोग गरे हुन्छ ।
  • एचआइभीलगायत यौन सम्पर्कका माध्यमबाट सर्ने रोगबाट बच्न सकिन्छ ।
  • पुरुष कन्डम धेरैप्रकारको आकार र रङमा पाइन्छ ।
  • महिला कन्डम यौन सम्पर्कको वेला जुनसुकै अवस्थामा पनि प्रयोग गर्न सकिन्छ ।

ध्यान पुर्‍याउ

  • पुरुष कन्डम राम्रोसँग नलगाएमा खुस्किन सक्छ ।
  • हरेकपटकको यौन सम्पर्कमा नयाँ कन्डमको प्रयोग गर्नुपर्छ ।
  • कन्डमलाई चर्को घाम वा तातो स्थानमा राख्नु हुँदैन ।
  • प्याकेटबाट कन्डम निकाल्दा नङ वा कुनै धारिलो चीजको प्रयोग गर्नु हँुदैन ।
  • महिला कन्डम प्रयोग गर्दा कहिलेकाहीँ लिंग कन्डम बाहिरबाट जान सक्छ ।
  • कसैकसैलाई रबरको कन्डमबाट एलर्जी पनि हुनसक्छ । तर, ज्यादै न्यून रुपमा मात्र पाइएको छ । अहिले प्लास्टिकको कन्डम पनि पाइन्छ । रबरको कन्डम प्रयोग गर्दा तेल, तैलीय बडी लोसन प्रयोग गर्नु हँुदैन ।

एचआइभी/एड्सको संक्रमणमा बच्चादेखि बूढासम्म


image

नेपालमा एचआइभी र एड्स भित्रिएपछि देशभरिका तीन हजारभन्दा बढीको मृत्यु भइसकेको र झन्डै ७० हजारको हाराहारीमा एचआइभी र एड्सबाट संक्रमित रहेको बताइएको छ

 

विश्वमै एचआइभी र एड्सका कारण काम गर्ने उमेरका अधिकांश युवायुवती पीडित भएका छन् । तीमध्ये पनि महिलामा यसको संक्रमण अत्यधिक रहेको छ । केही समयअगाडि मात्र अमेरिकाको न्युयोर्कमा युएनएडसले आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको यो धारणाले समग्र विश्वमै चिन्ता थपेको छ । दस दिनसम्म चलेको उक्त कार्यक्रममा एचआइभी र एड्सलाई महिलाको मृत्युको प्रमुख कारणतर्फ उन्मुख रोगका रूपमा प्रस्तुत गरिएको थियो ।

एचआइभी एड्सको नियन्त्रण तथा रोकथामका लागि कार्यक्रम बनाउनका लागि आयोजित सो कार्यक्रममा विभिन्न देशको तथ्यांक हेर्दा विश्वभरिमा ७० प्रतिशत महिला असुरक्षित यौनसम्पर्क गर्न बाध्य रहेको भयानक तस्बिर सार्वजनिक गरिएको थियो । विश्वभरिमा महिलाको एचआइभी र एड्सका कारण मर्ने संख्यामा वृद्धि हुन थालेपछि युनएड्सले लैंगिक मुद्दालाई समावेश गरी विश्वभरि सञ्चालन गरिने पाँचवर्षे कार्यक्रम बनाएर लागू गर्ने भएको छ ।

युनएड्सको एचआइभी तथा एड्स कार्यक्रमले विश्वमै पछिल्लो १० वर्षको तुलनामा एचआइभी संक्रमित र एड्सबाट मृत्यु हुनेको संख्या विस्तारै घट्दै गएको देखाएको छ । 'समग्र रूपमा हेर्दा विश्वमा एचआइभी संक्रमित र एड्सबाट मर्नेको संख्यामा कमी आएको छ । तर, विश्वमै यो रोगबाट महिला बढी पीडित देखिएका छन् भने बच्चादेखि बूढासम्मलाई पनि यसको संक्रमणले छाडेको छैन ।' युएनको पछिल्लो अध्ययन प्रतिवेदनमा भनिएको छ, 'एचआइभी र एड्सको महामारी सन् १९९९ को तुलनामा २० प्रतिशतले कमी आएको छ ।' प्रतिवेदनले संक्रमितको संख्यामा कमी आए पनि यसको महामारी जुनसुकै वेला जहाँ पनि देखा पर्न सक्ने भएकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।

नेपालमा पनि २२ वर्षअघि देखापरेको एचआइभी सहर हुँदै ग्रामीण्ा क्षेत्रमा बढ्दै गएर ठूलै समस्या सिर्जना गरिरहेको छ । सन् १९८८ मा पहिलोपटक नेपालमा चार यौनकर्मीमा फेलापरेको एचआइभीबाट अहिले दैनिक १५ बढी संक्रमणमा पर्ने गरेको यस क्षेत्रमा कार्यरत विज्ञहरूले बताएका छन् । नेपालमा एचआइभी र एड्स भित्रिएपछि देशभरिका तीन हजार बढीको मृत्यु भइसकेको भने झन्डै ७० हजारको हाराहारीमा एचआइभी र एड्सबाट संक्रमित रहेको बताइएको छ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले हालै गरेको अध्ययनअनुसार नेपालमा अहिले १४ वर्षभन्दा कम उमेरका ३५ सय ४४ बालबालिका, १५ देखि ४९ वर्षका ५२ हजार प्ााँच सय चार र ५० वर्षभन्दा माथिका सात हजार चार सय ८० गरी कुल ६३ हजार पाँच सय २८ एचआइभी संक्रमित रहेका छन् । केन्द्रको तथ्यांकले पनि नेपालमा बच्चादेखि बूढासम्मका मानिस एचआइभीको संक्रमणबाट ग्रसित रहेको देखाएको छ 

केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत डिल्लीरमण अधिकारीले नेपालमा संक्रमितको संख्या ६३ हजार पाँच सय भए पनि जम्मा १६ हजार दुई सय ६२ को मात्र रगत परीक्षणबाट एचआइभी प्रमाणित भएको बताए । 'संक्रमितको संख्या धेरै छ, तर रगत परीक्षण गराउनेको संख्या ज्यादै कम छ,' उनले भने, 'बाँकी अरू संक्रमितले थाहै नपाई धेरै व्यक्तिलाई एचआइभी संक्रमण गराइरहेका हुन्छन् । त्यसकारण एचआइभी परीक्षणको सुविधा विस्तार गरी तथा संक्रमितलाई गरिने भेदभाव कमी ल्याएर सबै सम्भावित संक्रमितलाई परीक्षणको दायरामा ल्याउनुपर्छ ।'

एचआइभी र एड्स तथा यौनरोग नियन्त्रण बोर्डका उपाध्यक्ष डा. श्याम मिश्रले पछिल्ला वर्षमा एचआइभीको परीक्षण गराउनेको संख्यामा वृद्धि भइरहेको बताए । उनका अनुसार सन् २००७ देखि हालसम्म रगत परीक्षण गराउनेको संख्यामा वृद्धि भइरहेको छ । 'हामीकहाँ संक्रमित ६३ हजारभन्दा माथि छन् । तर, थोरैले मात्र रगत परीक्षण गराएकाले बीचमा ठूलो ग्याप देखिएको छ । त्यो ग्याप भर्नका लागि हामीले नयाँ कार्यक्रम ल्याउँदै छौँ,' उनले भने । उनका अनुसार सरकारले सन् २०११ देखि २०१६ सम्मका लागि तयार पारेको कार्यक्रममा परीक्षणमा नआएका संक्रमितका लागि लक्षित कार्यक्रम तयार पारिएको छ 

नेपालमा एचआइभी संक्रमितलाई हेलाको दृष्टिकोणले हेर्ने, विभिन्न अवसरबाट वञ्चित गर्ने, परिवार तथा साथीहरूबाट पनि नराम्र्रो रूपमा हेर्ने जस्ता कारणले संक्रमित रगत परीक्षण गराउन आउन नसकेको डा. मिश्रले जनाए । उनका अनुसार संक्रमितको रगत परीक्षणपछि उसका सम्पूर्ण कुरा गोप्य राख्ने गरिन्छ, तर मानिसमा आफ्नो गोप्यता भंग हुन्छ र सबैले थाहा पाउँछ भन्ने भ्रम रहेकाले रगत परीक्षण गर्न आउँदैनन् । सार्वजनिक रूपमा आएपछि हेपिने डरले पनि रगत परीक्षण गराउन नआएको उनको ठम्याइ छ 

केन्द्रका अधिकृत अधिकारीका अनुसार विगतमा यौनकर्मी र लागूऔषध सेवन गर्नेमा बढी देखिएको यो रोग अहिले रोजगारका लागि बिदेसिएर फर्किएका तथा उनीहरूका परिवारमा बढी देखिन थालेको छ । 'विशेषगरी रोजगारका लागि भारततिर गएका र तेस्रो मुलुकबाट फर्किएका ग्रामीण क्षेत्रका मानिसमा पनि यो रोगको संक्रमण देखापरेको छ,' उनले भने, 'केही वर्षअघिसम्म एचआइभीवाहकका रूपमा यौनकर्मीलाई मात्र लिने गरिन्थ्यो, तर अहिले लागूऔषध सेवन गर्ने, बिदेसिएर फर्किएका, पुरुषले पुरुषसँगै यौनसम्पर्क गर्ने, संक्रमित आमाबाट जन्मिएका बच्चा पनि यसका वाहक भएका छन् ।'

सन् १९८१ मा अपि|mकामा पहिलोपटक देखापरेको एचआइभी र एड्सले विश्वभरि साढे चार करोडभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष पिरोलेको छ । एसियाली मुलुकमध्ये सबैभन्दा ठूलो महामारी भोगिरहेको भारतमा ५० लाखभन्दा बढी व्यक्ति एचआइभी र एड्सबाट पीडित छन् । केही समयअगाडि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था फेमिली हेल्थ इन्टरनेसनल -एफएचआई)को एक प्रतिवदेनले काठमाडौँ उपत्यकाभित्र हाल करिब ३५ हजार यौनकर्मी र तीनका ग्राहक ६ लाख भएको जनाएको छ भने स्वास्थ्यका क्षेत्रमै काम गरेको एक संस्थाले सन् २००६ मा गरेको एक सर्वेक्षण्ामा पूर्व-पश्चिम राजमार्गछेउछाउका २२ जिल्लामा यौनकर्मीबीच ४ दशमलव ६ प्रतिशत महिला यौनकर्मीमा एचआइभी भएको देखाएको थियो जुन अहिले बढेको हुन सक्ने विज्ञहरूले बताएका छन् 

केही समयअघिसम्म यौनकर्मी र तीनका ग्राहकमा संख्यात्मक रूपमा एचआइभी बढी देखिए पनि पछिल्ला वर्षमा बिदेसिएका व्यक्ति तथा तिनका परिवार र सुईबाट लागूऔषध लिनेहरूबीच पनि एचआइभी संक्रमण्ा बढ्दो छ । दुव्र्यसनीहरूको क्षेत्रमा कार्यरत विभिन्न संस्थाका अनुसार अधिराज्यभरि अहिले झन्डै एक लाख लागूपदार्थ प्रयोगकर्ता रहेका छन् । जसमध्ये आधाजसोले सुईबाट लागूपदार्थ लिने गरेका छन् । तीमध्ये अधिकांशलाई एचआइभीको संक्रमणले समातिसकेको हुन सक्ने विज्ञहरूको धारणा रहेको छ । नयाँ सिरिन्ज किन्ने पैसा नभएपछि धेरैले एउटै सिरिन्ज प्रयोग गर्ने हुनाले तिनीहरूमा एचआइभी संक्रमण देखापर्ने गर्छ 

तथ्यांकमा एचआइभी संक्रमितको संख्या थोरै देखिए पनि नेपालमा संक्रमितको संख्या धेरै रहेको विज्ञहरूले बताएका छन् । 'सुरुमा एचआइभी संक्रमितलाई गरिने दुव्र्यवहार र उपेक्षाका कारण्ा रगत परीक्षण नगराई बस्ने गरेका थिए । तर, अहिले संक्रमितलाई माया गर्ने तथा प्रोत्साहन गर्ने कार्य बढेकाले बिस्तारै संक्रमितले रगत परीक्षण गराउन थालेका छन्,' उपाध्यक्ष डा. मिश्रले भने 

उनका अनुसार पछिल्ला वर्षमा एचआइभीका औषधि आएको तथा एचआइभी संक्रमितलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएकाले संक्रमितहरू बिस्तारै सार्वजनिक हुन थालेका छन् । उनका अनुसार हाल एचआइभी संक्रमितलाई जीवन लम्ब्याउन एन्टिरेक्ट्रो भाइरल -एआरभी) उपचार कार्यक्रम सुरु गरिसकिएको छ भने अन्य उपचारका कार्यक्रम पनि ल्याइएको छ 

केन्द्रका अधिकृत अधिकारीका अनुसार एचआइभी संक्रमित व्यक्तिका शरीरमा रोगप्रतिरोधात्मक क्षमता -अम ायगच) दुई सय ५० भन्दा कम भएका व्यक्तिलाई एआरभी सेवा निःशुल्क दिने गरिएको छ । नेपालमा ०६० माघदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट एआरभी सेवा सुरु भएको हो । अहिले अधिराज्यभरि २५ केन्द्र, १० उपककेन्द्र र दुई गैरसरकारी संस्थाका केन्द्रबाट एआरभी सेवा प्रदान गरिएको अधिकारीले जानकारी दिए 

उनका अनुसार एआरभी सेवा लिएका १० प्रतिशतको मात्र मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार एचआइभी संक्रमितमध्ये १५ प्रतिशतलाई एआरभी औषधिको आवश्यकता पर्छ । नेपालमा भने चार हजार पाँच सय नौले मात्र यस्तो सेवा लिएका छन् । सरकारी तथ्यांकअनुसार यो सेवा देशभरिका १७ हजारभन्दा बढी संक्रमितलाई आवश्यक पर्ने अनुमान गरिए पनि १५ हजार चार सय ४३ मात्रै यसको दायरामा छन् 

उपाध्यक्ष डा. मिश्रका अनुसार एचआइभी संक्रमितले सन्तुलित खाना खाने गरेमा लामो समयसम्म बाच्न सक्नेछन् । 'संक्रमितले नियमित रूपमा सन्तुलित खाना खाने र व्यायाम गर्ने हो भने लामो समयसम्म बाँच्न सक्छन्,' उनले भने, 'नियमित पोसिलो खाना खाने हो भने निरोगीसरह जीवन जिउन सक्छन् ।' उनका अनुसार एचआइभी र एड्सबाट संक्रमित भएकामा रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले पोसिलो खानेकुरामा ध्यान दिनुपर्छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत डिल्लीरमण अधिकारी पनि यो कुरामा सहमति जनाउँदै भन्छन्, 'संक्रमितले स्वस्थ र तन्दुरुस्त रहनका लागि नियमित रूपमा हल्का व्यायाम गर्ने, प्रशस्त मात्रामा आराम गर्ने, ध्यान गर्ने, तथा पोषण्ायुक्त खाना खाने साथै बिहानको स्वच्छ हावामा हिँडडुल गर्ने बानी गरेमा आयु लामो हुनेछ ।'

के हो एआरटी ?

एआरटी अर्थात् एन्टी रिट्रोलभाइरल थेरापीले एचआइभीका बिरामीलाई अत्यन्तै फाइदाजनक हुन्छ । यसले संक्रमित अरूलाई एचआइभिको संक्रमण कम गराउनुका साथै शरीरको रोग प्रतिरोधात्मक शक्ति तीव्र गतिमा कम हुने क्रमलाई पनि कम गराउने गर्छ । यो थेरापीबाट एचआइभी एड्सका रोगीले लामो समयसम्म स्वस्थ जीवन बिताउन सक्नेछन् । चिकित्सकहरूका अनुसार यो थेरापी लिएकामध्ये १० प्रतिशतको मृत्यु हुनेछ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार विश्वभर ६ करोड ५० लाख मानिसलाई एनटी रिट्रोभाइरल थेरापीको आवश्यकता रहेको छ 

एचआइभी र एड्स के हो ?

अधिकांश मानिसमा एचआइभी तथा एड्सलाई एउटै रोग हो भन्ने भ्रम रहेको पाइन्छ । तर, एचआइभी र एड्स फरक कुरा हो । एचआइभी भनेको सुरुवाती अवस्था हो । यसलाई ह्युमन इम्युनो डिफिसियन्सी भाइरस अर्थात् शरीरको प्रतिरक्षा प्रण्ााली कमजोर बनाउने जीवाणुले आक्रमण गर्नु हो । एचआइभीको संक्रमण बिस्तारै बढ्दै जाँदा शरीरको प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । केही समयपछि यसले एड्स अर्थात् एक्वायर्ड इम्युन डिफिसियन्सी सिन्ड्रोमको रूप लिन्छ । यसलाई मानिसको आर्जित प्रतिरक्षा कमजोर भई विभिन्न रोगका लक्षण देखापर्ने रोग भनिन्छ । यस रोगका बारेमा छिट्टै थाहा हुँदैन, किनकि यसको कुनै विशेष लक्षण हुँदैन 

तर, बिस्तारै यस रोगले गर्दा शरीरको प्रतिरोधात्मक क्षमता कम हुँदै गएपछि कुनै पनि रोग सन्चो नहुने हुन्छ । त्यतिवेला मात्र यो रोगका बारेमा थाहा हुन्छ । सामान्य रूपमा भन्नुपर्दा एड्स भनेको एउटा यस्तो अवस्था हो, जसमा एचआइभी संक्रमित व्यक्तिको प्रतिरक्षा शक्तिमा कमी भएर विभिन्न रोगले सजिलैसँग आक्रमण गर्छन् । फलस्वरूप संक्रमित व्यक्तिमा विभिन्न रोगका लक्षण देखापर्छन् 

 

एचआइभी सर्ने माध्यम

  • असुरक्षित यौनसम्पर्कबाट
  • एचआइभी संक्रमित रगत, रगतबाट बनेका पदार्थ तथा अंगहरु लिँदा
  • सुई तथा सिरिन्जको साझा प्रयोगबाट
  • संक्रमित आमाबाट बच्चामा

यसरी सर्दैन

  • लामखुट्टेले टोकेर
  • एउटै भाँडामा खाना खाँदा
  • हाछ्यूँ गर्दा, खोक्दा
  • एउटै चर्पी प्रयोग गर्दा
  • एउटै लुगाफाटो प्रयोग गर्दा
  • चुम्बन गर्दा
  • सँगै पौडी खेल्दा
  • बिरामीको स्याहार-सुसार गर्दा
  • परिवारमा सँगै बस्दा

बच्ने उपाय

  • सुरक्षित यौन व्यवहार अपनाउने
  • सधैँ सही तरिकाले कन्डमको प्रयोग गरी यौनसम्पर्क राख्ने
  • सुई तथा छाला छेड्ने औजार नयाँ मात्र प्रयोग गर्ने वा निर्मलीकरण गरेर प्रयोग गर्ने
  • एचआइभी संक्रमित महिला गर्भवती नहुने
  • यौनरोगको लक्षण देखापरेमा तुरुन्त उपचार गर्ने
  • आफ्नो यौनसाथीलाई पनि उपचार गराउने
  • अंग प्रत्यारोपण गर्नुपरेमा सम्बन्धित व्यक्तिलाई संक्रमण भए/नभएको कुरामा विशेष ध्यान पुर्‍याउने
  • रगत दिँदा सो रगत संक्रमण भए/नभएको पक्का गर्ने

जाडोलाई शत्रु ठान्छन् दमरोगी


image

सानै उमेरदेखि दमको रोगबाट पीडित नुवाकोटका हरिकृष्ण तामाङ चिसो मौसम सुरु भएलगत्तै अत्यधिक खोकी लागेको र सास फेर्न गाह्रो भएको भन्दै उपचारका लागि राजधानीको वीर अस्पतालमा आए । चिकित्सकले उनको श्वासनली खुकुलो पार्ने औषधि ब्रोनकोडाइल र सास फेर्न गाह्रो भएपछि अक्सिजनको मात्रा बढाउन प्रयोग गरिने इन्हेलर्स प्रयोग गर्ने सुझाब दिएपछि उनी ती औषधि किनेर बुधबार घरतिर लागेका छन् ।

वीर अस्पतालमा औषधि किनिरहेको अवस्थामा फेलापरेका तामाङले भने, 'चिसोको एलर्जी र धेरै चुरोट पिएको कारण दम भएको रहेछ । डाक्टरले धुम्रपान नगर्न र चिसोबाट बच्न साथै औषधि खान सल्लाह दिनुभएको छ । डाक्टरले भनेअनुसार नै गर्छु ।'

उनका अनुसार झन्डै चार वर्षदेखि उनी यो रोगबाट बढी पीडित बनेका छन् । यो वर्ष विगतका वर्षभन्दा बढी खोकी लागेको र सास फेर्न धेरै गाह्रो भएपछि उनीले थप उपचारको लागि राजधानी आएको जानकारी दिए ।

चिसो मौसम सुरु भएलगत्तै अस्पतालमा दमको उपचारका लागि धेरै बिरामी आउन थालेको अस्पतालले जनाएको छ । अस्पतालको पछिल्लो दुई महिनाको तथ्यांकअनुसार दैनिक ३० देखि ४५ जनासम्म दमका रोगी उपचारका लागि आएका छन् ।

वरिष्ठ छातीरोग विशेषज्ञ तथा पूर्व स्वास्थ्य सचिव डा. दीर्घसिंह बमका अनुसार दम चिसोको एलर्जी, धुलो, धुवाँ तथा प्रदूषणको कारण हुने भएकाले जाडो मौसममा दमको समस्या बढी देखिने गरेको छ । 'चिसोका कारण हुने एलर्जीले गर्दा मानिसको श्वास नली खुम्चने गर्छ, जसका कारण मानिसलाई सास फेर्न अत्यधिक गाह्रो हुन्छ,' उनले भने, 'सो समयमा मानिसले तुरुन्त अक्सिजनको मात्रा बढाउने इन्हेलर्सको प्रयोग नगरेमा मृत्युसमेत हुन सक्छ ।' उनका अनुसार जाडो मौसममा अत्यधिक चिसो हुने तथा धुलो, धुवाँसमेत बढी हुने भएकाले दमका रोगी बढी देखिने गर्छन् ।

श्वासप्रश्वासमा बढी समस्या उत्पन्न हुने तथा खोकीले बढी सताउने भएकाले जाडो मौसमलाई दमका रोगीले शत्रुका रूपमा लिने गरेको चिकित्सकहरू बताउँछन् । 'यो मौसममा दमका रोगीले आफूलाई चिसोबाट बचाउन न्यानो लुगा लगाउने, तातो तथा तरल पदार्थ बढी खाने र धुलो धुवाँबाट बचाउने गर्नुपर्छ,' डा. बमले नयाँ पत्रिकासित भने । उनका अनुसार दम श्वासप्रश्वास प्रणालीमा हुने एउटा दीर्घ रोग हो । यो रोग लागेमा सास भित्र-बाहिर गर्ने नलीमा असर पर्छ र सास फेर्न अत्यधिक गाह्रो हुन्छ । धुलो, धुवाँ तथा चिसोको एलर्जीका कारण श्वास नली खुम्चने हुनाले दमका रोगी तथा अन्य साधारण मानिसले पनि यी कुराबाट जोगिनु पर्छ । 'एलर्जीका कारण श्वास नली बिस्तारै खुम्चँदै जान्छ,' बमले भने, 'जति बढी श्वास नली खुम्चने गर्छ, त्यति नै सास फेर्न गाह्रो हँुदै जान्छ र मानिसलाई खतरा हुन्छ ।'

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ३० करेाडभन्दा बढी मानिस दमबाट ग्रसित छन्, जसमा अधिकांश अविकसित र विकासोन्मुख राष्ट्रका छन् । दक्षिण एसियामा पछिल्लो समयमा मुटु रोगपछि मृत्यु हुने रोगमा दम नै पर्ने गरेको तथ्यांकले दोखाएको छ । नेपालमा पनि कुल जनसंख्याको ४० प्रतिशतभन्दा बढी मानिस श्वासप्रश्वास तथा फोक्सोको समस्याबाट ग्रसित छन् । जसमा २५ देखि ३० प्रतिशत मानिसमा दमको समस्या रहेको पाइन्छ ।

स्वास्थ्य सेवा विभागको वाषिर्क प्रतिवेदनअनुसार पनि नेपालको अस्पतालमा भर्ना भएका बिरामीमा दमका कारण मृत्यु हुने मानिसको संख्यामा अत्यधिक वृद्धि भएको छ । डा. बमका अनुसार पनि नेपालका अस्पतालमा उपचारका लागि आउनेमध्ये दमका रोगी धेरै नै रहने गरेका छन् ।

चिकित्सकका अनुसार कुनै पनि मानिसलाई एक वा दुईपटक खोकी लाग्यो तथा श्वासप्रश्वासमा केही समस्या देखियो भन्दैमा उसलाई दम नै भएको छ भन्न मिल्दैन । दम लागेको हो भनी प्रमाणित गर्न सर्वप्रथम रोगीलाई वर्षभरिमा दुईदेखि तीन महिनासम्म लगातार खकार निस्कने गरी खोकी लागेको हुनुपर्छ । रोगीलाई दुई वर्षसम्म लगातार खोकी र श्वासप्रश्वासको समस्या देखिइरहेको हुनुपर्छ । तर, लगातार खोकीको समस्या र सास फेर्न समस्या भइरहेको छ भने उसलाई दम लाग्न सुरु भइसकेको हुनसक्छ । डा. बमका अनुसार मानिसको फोक्सोभित्रका स-साना श्वास नली साँगुरिएर श्वासप्रश्वास कार्यमा असर गरी स्याँस्याँ हुने, राति सुत्न अफ्टेरो हुने, लगातार खोकी लागिरहने समस्या हुनु भनेको दम हुनु हो । 'श्वासनली खुम्चिँदा मानिसलाई चाहिने आवश्यक अक्सिजन शरीरभित्र जान सक्दैन,' उनले भने, 'जसका कारण शरीरलाई चाहिने मात्रामा अक्सिजन रगतमा पुग्न सक्दैन र लामो समयसम्म सो समस्या रहिरहेर उपचार नगराएमा त्यस्ता मानिसको मृत्यु हुने सम्भावना बढी हुने गर्छ ।'

दम रुघाखोकी, फोक्सोको रोग, औषधिको एलर्जी, भाइरस, ब्याक्टेरिया तथा विभिन्न जीवाणुको संक्रमणबाट हुने एलर्जी रोग हो । यसलाई श्वासनलीको कोमल मांशपेसीमा हुने एलर्जी रोगसमेत भन्ने गरिन्छ । यसको मुख्य कारण धुवाँ तथा अत्यधिक चिसो नै हो । 'लामो समयसम्म धुवाँ, धुलो तथा चिसोका सम्पर्कमा रहँदा त्यसले मानिसको श्वासनलीको कोमल मांशपेसीमा एलर्जी गराउँछ,' डा. बमले भने, 'एलर्जीका कारण ती कोमल मांशपेसी साँगुरो भई सास फेर्न निकै नै गाह्रो हुन्छ, जसले मानिसलाई अत्यधिक पीडा गराउने गर्छ ।' उनका अनुसार दम वंशानुगत पनि हुने गर्छ । परिवारको कुनै एक व्यक्तिमा यो रोग लागेको छ भने उसको छोराछोरी तथा आफन्तलाई यो रोग हुने सम्भावना बढी हुने गर्छ ।

दम के हो ?

मानिसको श्वासप्रश्वासमा देखिने समस्या अर्थात् सास फेर्दा स्याँस्याँ हुने तथा लगातार खोकी लाग्ने समस्या देखिने रोग नै दम हो । खासगरी दमको अवस्था देखिनको लागि पटकपटक वा लामो समयसम्म धुलो, धुवाँ वा चिसोको सम्पर्कमा आउनुपर्छ ।

नेपालमा उमेर ढल्किसकेका मानिसलाई र विशेषगरी महिलालाई बढी मात्रामा यो रोग लागेको पाइन्छ । खाना पकाउने काम गर्दा आउने दाउराको धुवाँको सम्पर्कमा बढी महिला आउने भएकाले महिलालाई यो रोगले छिटो समात्न सक्छ । यसका अलावा बिँडी, चुरोट, तमाखु आफैँ खानु वा परिवारमा कसैले खाने बानी भएमा यो रोग लाग्नु स्वाभाविकै हो ।

निको हुँदैन

एकपटक दमको रोगबाट ग्रसित मानिस सो रोगबाट जीवनभर मुक्त हुन सक्दैन । त्यसकारण पनि यसलाई दीर्घ रोग भन्ने गरेको डा. बमले जानकारी दिए । निको नहुने रोग भए पनि यसलाई औषधिको प्रयोगबाट नियन्त्रणमा ल्याउन तथा कम गर्न सकिन्छ ।

दमबाट ग्रसित मानिसको श्वासनली खुम्चिएको हुने भएकाले विभिन्न औषधिको माध्यमबाट सो नली फुलाउने गरिन्छ तर पहिलेको जस्तो अवस्थामा ल्याउन भने सकिन्न । औषधोपचारका माध्यमबाट रोगीलाई दमका कारण सास फेर्न अप्ठेरो भएकोमा सहज पार्न मात्र सकिन्छ ।

दमका १० तथ्य

  • विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरमा दमबाट ३० करोड मानिस ग्रसित छन् । दमका कारण नै बर्सेनी २५ लाख मानिसले ज्यान गुमाउनु परेको छ ।
  • तत्कालै दम नियन्त्रणका लागि कार्ययोजना बनाएर नलाग्ने हो भने आगामी १० वर्षमा यो रोगबाट मर्नेको संख्यामा अत्यधिक
  • वृद्धि हुनेछ ।
  • विकासको क्रमभन्दा बढी दमका रोगी हरेक देशमा बढिरहेका छन् । दमका कारण मृत्यु हुनेमा झन्डै ८० प्रतिशत गरिब तथा विकासोन्मुख राष्ट्रका छन् ।
  • दम श्वासनलीमा हुने दीर्घ रोग हो । यसले मानिसलाई श्वासनली साँघुरो बनाएर सास फेर्न नै आप्ठेरो पार्छ ।
  • दमको लक्षण एकै दिनमा धेरैपटक देखिने गर्छ । केही व्यक्तिलाई भने राति सुतेका वेलामा सास फेर्न अत्यधिक गाह्रो बनाउने तथा अत्यधिक खोकी लाग्ने गर्छ ।
  • दमको आवश्यक र पर्याप्त उपचार पुगेको स्थानमा यसका कारण हुने मृत्युमा कमी आएको छ ।
  • दम समान्यतया बच्चाहरुमा निकै नै बढी देखिने रोग हो ।
  • धुलो, धुवाँ र चिसोसँग बढी सम्पर्क हुने व्यक्तिलाई दम हुने गरेको छ ।
  • दम निको नहुने दीर्घ रोग हो । तर, उचित उपचार र औषधिको प्रयोगबाट यसलाई नियन्त्रण गर्न सकिन्छ ।
  • दमका रोगी गरिब र विकासोन्मुख राष्ट्रमा बढी भएकाले यसको नियन्त्रणका लागि ती राष्ट्रमा सहज र कम शुल्कमा औषधि तथा उपचारको व्यवस्था गरिनुपर्छ ।

दमका लक्षण

  • सास फेर्न असजिलो हुन्छ, सुक्खा खोकी लाग्छ र लगातार खकारसहितको खोकी लाग्छ
  • सुत्न अप्ठेरो भएर रातभरि बसिरहनुपर्ने हुन्छ
  • दमको सुरुवातमा रोगी छट्पटिन थाल्छ
  • रुघाखोकीको लक्षण देखिन सक्छ
  • मुटुको घड्कन बढेर जान्छ
  • छाती कस्सिएको महसुस हुन्छ र दुख्छ
  • सास लिनभन्दा बाहिर फाल्न अप्ठेरो हुन्छ
  • सास फेर्दा बाँसुरी बजेको जस्तो आवाज निस्कने तथा स्याँस्याँ हुने गर्छ
  • सुतेको वेलामा सास फेर्न गाह्रो हुन्छ
  • दम अत्यधिक भएको अवस्थामा हातखुट्टाको औंला तथा आँखामा निलो देखिन्छ

जसलाई पनि लाग्न सक्छ मुटुरोग

प्रवीण ढकाल

नसर्ने रोगमध्ये सबैभन्दा खतरा रोगका रूपमा लिइएको मुटु रोगका कारण बर्सेनि लाखौँ मानिसको मृत्यु भइरहेको छ । विश्वमै मुटु रोगीको संख्या हरेक वर्ष बढ्दै गएकाले विश्व मुटु महासंघले यसबारेमा चेतना जगाउन र मुटु बचाउन प्रत्येक वर्ष सेप्टेम्बरको अन्तिम आइतबार विश्व मुटु दिवस संसारभरि मनाउँदै आइरहेको छ । नेपालमा पनि मुटु बचाउन चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइन थालिएको छ । नेपाल हृदयरोग प्र्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार मानिसको खानपिन तथा जीवनशैलीमा आएको परिवर्तनका कारण पछिल्ला वर्षमा मुटु रोगीको संख्या नेपाललगायत विकासोन्मुख देशमा दिनानुदिन बढिरहेको छ । उनले विश्वमै मुटु रोगीको संख्यामा बढ्दै गएको अवस्थामा नेपालमा पनि मुटु बचाउन हरेक वर्ष मुटु रोग दिवसको अवसरमा साताव्यापी चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइने गरिएको तथा अन्य दिनमा चेतनामूलक अन्तर्त्रिmया गर्दै आइरहेको बताए ।
नेपाललगायतका विकासोन्मुख देशमा सहरीकरण्ा, खानपिन र जीवनशैलीमा आएको परिवर्तनका कारण्ा मुटु रोगीको संख्या दिनप्रतिदिन बढ्दै गएको विश्व मुटु महासंघले जनाएको छ । केही वर्ष अगाडिसम्म सम्पन्न र धनी देशका वृद्ध र पाको मानिसको रोगका रूपमा परिचित मुटुरोग हाल आएर विकासोन्मुख र गरिब देशका युवा तथा जवानको पनि रोगका रूपमा परिचय कमाउन थालेको छ । महासंघ र विश्व स्वास्थ्य संगठनले पछिल्ला वर्षमा गरिब तथा विकासोन्मुख देशका युवा तथा गरिब व्यक्ति धनी तथा सुविधासम्पन्न राष्ट्रका तुलनामा बढी मुटु रोगबाट संक्रमित भएका तथ्यांक सार्वजनिक गरेपछि नेपाललगायत देश बढी जोखिममा रहेको चिकित्सकहरूले बताउँदै आएका छन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. रेग्मीका अनुसार चार-पाँच वर्ष अघिसम्म करिअर र समाजमा एउटा स्थान बनाइसकेका व्यक्ति वा ४० वर्ष पार गरेका व्यक्तिलाई मात्र यो रोग लाग्ने गरेको थियो । तर, हिजोआज १७ वर्षदेखि माथिका युवा र समाजमा स्थान बनाइनसकेका गरिबमा पनि मुटु रोग बढेको छ । सहरीकरणसँगै फेरिँदो जीवनशैली र खानपानमा भएको अनियमितताले मानव शरीर दिनानुदिन अस्वस्थकर बन्दै गइरहेको छ ।
सुविधाजनक जीवनशैली र अस्वस्थकर खानपानले मानिसलाई कोलेस्ट्रोल र उच्च रक्तचापजस्ता मुटु रोगका कारणलाई जन्म दिइरहेकाले मुटु रोगले जसलाई पनि आक्रमण गर्न सक्ने डा. रेग्मीले बताए । उनी भन्छन्, ‘केही समय अगाडिसम्म मुटु रोगले समाजमा आफ्नो स्थान बनाएका र प्रभावशाली व्यक्तिलाई नै बढी आक्रमण्ा गर्ने गरेको पाइन्थ्यो । तर, हाम्रोजस्तो देशमा विकसित देशको सुविधाजनक जीवनशैली र खानपानको नक्कल गर्दा अस्वस्थकर खानपिन र बढी सुविधाभोगी बन्ने होडबाजीले मुटु रोगीको संख्या बढाइरहेको छ ।’
विश्व मुटु महासंघको पछिल्लो तथ्यांकअनुसार विश्वभरि बर्सेनि एक करोड ७५ लाख मानिस मुटु रोगबाट मर्ने गर्छन् । यीमध्ये विकासोन्मुख राष्ट्रमा यस रोगबाट मर्नेको संख्या ९० लाखभन्दा बढी रहेको छ । मटु रोगमा पनि हृदयाघातबाट मर्नेको संख्या विकासोन्मुख मुलुकमा बढी छ । सन् २०२० सम्ममा नेपाललगायत विकासोन्मुख राष्ट्रमा हृदयाघात भएर मर्नेको संख्या ३५ प्रतिशत पुग्ने अनुमान महासंघले गरेको छ । महासंघले गरेको अनुमानका कारण नेपालमा मुटु रोगका कारण भयावह स्थिति आउन सक्ने भन्दै चिकित्सकहरूले मुटु बचाउनका लागि विभिन्न कार्यक्रम गर्दै आएका छन् । चिकित्सकहरूका अनुसार नेपालमा देखिएका प्रमुख मुटु रोगमा जन्मजात मुटु रोगी, जन्मजात मुटुभित्रका प्वाल, बाथ मुटु रोग, उच्च रक्तचाप, हृदयाघात, हर्टफेल, मुटु सुन्निने तथा मुटुको धड्कन गडबड हुने रोग रहेका छन् ।
चिकित्सकहरूका अनुसार मुटुका धेरैजसो रोग जीवनशैलीसँग सम्बन्धित छन् । आजका मानिसको जीवनशैली निकै अव्यवस्थित हुन पुगेको छ । अव्यवस्थित जीवनशैलीको नतिजा नै मुटु रोगको कारक हो । डा. रेग्मी भन्छन्, ‘आधुनिक सभ्यता, व्यस्त जीवन, महत्त्वकांक्षा, भोज-भतेर, कम्प्युटर, टेलिभिजन, धूमपान, मद्यपान, अत्यधिक मानसिक तनाव, व्यायामको कमी र धेरै पैसा कमाउने दौडजस्ता कुरा नै मुख्य रूपमा मुटु रोग बढ्नाका कारण्ा हुन् ।’

महिलामा पनि बढ्यो मुटु रोग
पछिल्लो वर्षमा महिलामा पनि मुटु रोग बढ्न थालेपछि चिकित्सकहरू चिन्तित बनेका छन् । चिकित्सकहरूका अनुसार, पुरुषको दाँजोमा महिलालाई युवा अवस्थामा मुटु रोग लाग्ने सम्भावना कम हुन्छ । महिलाका शरीरमा मात्र पाइने ‘फिमेल हार्मोन’ले मुटु रोगको खतरा कम गर्छ । तर, केही वर्षयता महिलामा पनि धेरै मात्रामा मुटुका रोग देखिन थालेको छ । डा. रेग्मीका अनुसार महिलामा पनि तनाव, धूमपान, मद्यपानजस्ता लत बढेको र व्यायामको कमीले महिलामा पनि मुटुको समस्या बढिरहेको छ । चिकित्सकहरूले महिनावारी हुँदासम्म महिलामा उत्पन्न हुने त्यस हार्मोनले उनीहरूमा हृदयाघातको सम्भावना एकदमै न्यून हुने बताए पनि फेरिँदो जीवनशैली र आराम अभावमा समस्या बढ्दै गएको बताएका छन् ।
महिलामा पनि मुटु रोगको समस्या बढ्दै गएपछि विश्वभरि ‘गो रेड फर वुमन’ अर्थात् ‘महिलाका लागि रातो संकेत’ अभियान सञ्चालनमा आएको छ । नेपालले पनि गत वर्षबाट यस्तो अभियान सञ्चालन गर्दै आएको डा. रेग्मीले बताए । उनका अनुसार महिलालाई मुटु रोगप्रति सचेत रहन यस्तो अभियान थालिएको हो ।

मुटु रोग
आममानिसमा मुटु रोग भन्नेबित्तिकै हृदयाघात र हार्टफेल मात्र हो भन्ने भ्रम रहेको छ । तर, मुटका अन्य रोगमा पनि रहेका छन् । डा. रेग्मीले मुटु र रक्तनली सम्बन्धित भएकाले मुटुका सयभन्दा बढी रोग रहेको बताए । तर, तीमध्ये चिकित्सकहरूले मुटु रोगलाई जन्मजात मुटु रोग, बाथ मुटु रोग र जीवनशैलीसम्बन्धी मुटु रोग भनेर तीन भागमा बाँडेका छन् । जुन रोग यसप्रकार छन् ः
जन्मजात मुटु रोग ः कुनै केटाकेटीलाई जन्मजात नै मुटु रोग लागेको हुन सक्छ । डा. रेग्मीका अनुसार यो रोग थोरैलाई मात्र लाग्ने गर्छ । उनका अनुसार गर्भधारण्ा गरेको तीन महिनाभित्र रुबेला नामक एककिसिमको दादुराजस्तै प्रकृति भएको रोग लाग्यो भने यसले शिशुको निर्माण्ा भइरहेको मुटुमा विकृति गराउँछ, फलस्वरूप जन्मजात बालकमा मुटुको समस्या आउनेछ । उनी भन्छन्, ‘गर्भधारण्ा गरेको तीन महिने अवधिमा महिलाले गर्भका लागि असुरक्षति मानिएका औषधिको सेवन गरेमा, अत्यधिक धूमपान र मद्यपान गरेमा, शरीरमा एक्सरेको विकीरण्ा परेमा मुुटुको संरचनामा गडबडी भई बच्चामा विकृत मुटुको निर्माण्ा हुन जान्छ, जसकारण्ा बालकलाई जन्मजात मुटु रोग लाग्ने गर्छ ।’ चिकित्सकहरूका अनुसार भोजनमा भिटामिन र अन्य आवश्यक पोषण्ा तत्त्वको कमी भएमा पनि जन्मजात मुटु रोग लाग्ने सम्भावना रहन्छ । नवजात शिशुको जिब्रो, ओठ र औँलाका टुप्पा नीलो हुने, औँलाका टुप्पा बाक्ला र चाक्ला हुने, मुटु हल्लिने, दम बढ्ने, बारम्बार नवजात शिशुलाई रुघाखोकीले सताइराख्ने, शिशुको, उमेरअनुसार शारीरिक विकास नहुने र निधारमा पसिना आउने जन्मजात मुटु रोगका लक्षण्ा हुन् ।
बाथमुटु रोग ः यो बच्चा अवस्थामा घाँटीमा समस्या भइरहेका केटाकेटीलाई देखिने रोग हो । सामान्यतया तीनदेखि १५ वर्षका बालबालिकामा बराबर घाँटी दुख्ने, टन्सिल बढ्ने हुन सक्छ । यसरी बराबर घाँटी दुख्ने गरेका केटाकेटीलाई एककिसिमको ज्वरो आउन सक्छ, जुन वेला एकपछि अर्को गरी हातखुट्टाका ठूला जोर्नीहरू दुख्ने र सुन्निने हुन्छन् । यस ज्वरोलाई बाथ ज्वरो भनिन्छ । यसै ज्वरोका कारण्ा पछि गएर मुटुको भल्ब खराब हुने रोग लाग्छ । यसलाई बाथ मुटुको रोग भनिन्छ ।
जीवनशैलीसँग सम्बन्धित मुटु रोग ः मुटुका धेरैजसो रोग जीवनशैलीसँग सम्बन्धित छन् । जीवनशैलीसँग सम्बन्धित मुटु रोगमा हृदयाघात, उच्च रक्तचाप, मधुमेह, आदि पर्छन् । मुटु रोगमध्ये हृदयाघातलाई मानव मृत्युको नम्बर एक रोगका रूपमा लिइँदै आएको छ । मुटु मांसपेशीको डल्लो हो । यसले पम्पको काम गर्छ र शरीरभरि रक्त सञ्चालन गराउँछ । मुटुलाई यो काम गर्ने ऊर्जा मुटुका मांसपेशीको बाहिरी भागमा रहेका तीनवटा कोरोनरी रक्तनलीमा प्रवाहित हुने रगतमार्फत ग्लुकोज र अक्सिजनबाट प्राप्त हुन्छ । त्यसकारण मुटुलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन मुटुका कोरोनरी रक्तनली स्वस्थ हुनु जरुरी छ । तर, यी रक्तनलीभित्र विभिन्न कारण्ाबाट कोलेस्ट्रोल -बोसो) जमेर साँघुरो हुने गर्छ । जसकारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन । जसकारण बिस्तारै कोरोनरी रक्तनली पूरै बन्द हुने सम्भावना बढी हुन्छ । यदि रक्तनली पूरै बन्द भएको खण्डमा रगतको प्रवाह पनि पूरै बन्द हुन्छ र मुटमा ऊर्जाको आपूर्ति ठप्प हुन्छ । मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षतिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिँदै गएमा मांसपेशी मर्छ र यसले काम गर्न छाड्छ । यो अवस्थालाई हृदयाघात भएको भनिन्छ । हृदयाघात हुँदा छातीको बीचभागमा असह्य पीडा उत्पन्न हुन्छ । हृदयाघात भएका व्यक्तिले समयमै उपचार नपाए रोगीको तत्काल मृत्यु हुन सक्छ ।
त्यस्तै, मुटु रोगमध्येको उच्च रक्तचाप पनि एक खतरनाक रोग हो । हाम्रो मुटु खुम्चिने र फुलिने गर्दा रक्तनलीमा उत्पन्न हुने चापलाई रक्तचाप अर्थात् ‘ब्लड प्रेसर’ भनिन्छ । चिकित्सकहरूका अनुसार स्वस्थ मानिसमा रक्तचाप १२० र ८० मिमि मर्करी वा सोभन्दा कम हुनुपर्छ । रक्तचाप १४० र ९० भन्दा बढी भयो भने यसलाई उच्च रक्तचाप भनिन्छ । डा. रेग्मीका अनुसार रक्तचाप बढी भएमा रक्तनली बढी तन्किन गई फुट्न सक्छन् । उनी भन्छन्, ‘दिमागको नसा फुटे पक्षघात हुन्छ, आँखाको नसा फुटे अन्धोपन हुन्छ, मुटु वा मिर्गौलाका रक्तनलीमा असर परे हृदयाघात वा मिर्गौला फेल हुन्छ, त्यसकारण यो एक खतरनाक रोग हो ।’
हार्ट फेल पनि मुुटुको डरलाग्दो रोग हो । अधिकांश मानिस दम बढ्नेबित्तिकै फोक्सोमा खराबी आयो भन्ने सोच रहेको हुन्छ । डा. रेग्मीका अनुसार यो आंशिक रूपमा मात्र सत्य हो । दमको सम्बन्ध फोक्सोसँग मात्र नभई मुटुसँग पनि रहेको छ । उनी भन्छन्, ‘यदि शारीरिक श्रम गर्दा दम बढ्छ र आराम गरेपछि यो कम भएर जान्छ भने यो मुटु रोग हुन सक्छ । मुटु सुन्निएको, मुटुका मांसपेशी कमजोर भएको, मुटुको भल्ब बिगि्रएको अवस्थामा यस्तो प्रकृतिको दम उत्पन्न हुन्छ । यसलाई हार्ट फेल भएको भनिन्छ ।’ उनका अनुसार हार्ट अट्याक र हार्ट फेल फरक-फरक अवस्था हुन् । हार्ट अट्याक भएपछि मुटु कमजोर भई हार्ट फेल हुन्छ । मुटु कमजोर हुँदा मानिस सास नपुगेर निसासिन्छ । यसका साथै मुटु सुन्निने रोग तथा मुटुको धड्कनमा गडबडी आउने पनि जीवनशैलीमा आएको परिवर्तनका कारण मुटुमा देखिने समस्या हुन् ।

मुटु रोगका प्रमुख लक्षण्
मुटु रोगका लक्षण्ाबारे धेरैलाई जानकारी छैन । यसकारण्ा मानिस ढिलागरी उपचारका लागि अस्पताल वा उपचारका लागि चिकित्सककहाँ जान्छन् । छातीको बीच भागमा पीडा हुनु, कुनै काम वा परिश्रम गर्दा दम बढ्नु, खुट्टा सुन्निनु, मुटु बेतालले धड्किनु, चक्कर लाग्नु, घाँटीको रक्तनली फुल्नु वा चल्नु, बाल्यकालमा जोर्नीहरू दुख्नु र साथमा ज्वरो पनि आउनु, जिब्रो, औँलाका टुप्पा नीलो हुनु आदि सबै मुटु रोगका लक्षण्ा हुन सक्छन् । डा. रेग्मीका अनुसार मुटुका केही रोगजस्तै उच्च रक्तचाप, उच्च रक्त कोलेस्ट्रोल, मधुमेह आदिको कुनै लक्षण्ा नहुन पनि सक्छ । यी रोग परीक्षण्ा गरेपछि मात्र पत्ता लाग्छ । यसकारण्ा मुटु रोगको कुरा गर्दा नियमित स्वास्थ्य परीक्षण्ालाई धेरै महत्त्व दिइन्छ । मानिसको आकस्मिक मृत्यु धेरैजसो मुटु रोगकै कारण्ाबाट हुन्छ । मुटु रोग थोरै लक्षण्ा, तर धेरै खतरा भएको रोगमा पर्छ ।

नेपालमा मुटु रोगी
नेपाल हृदय रोग निवारण्ा प्रतिष्ठानका अनुसार नेपालमा मुटु रोगबाट पीडित जनता कुल जनसंख्याको १५ प्रतिशत अर्थात् ४५ लाख रहेका छन् । प्रतिष्ठानका अध्यक्ष डा. रेग्मीका अनुसार मुटु रोगबाट हुने मृत्युको संख्या कुल मृत्युको २५ प्रतिशत रहेको छ । १८ वर्षभन्दा माथिका उच्च रक्तचापद्वारा पीडित रोगीको संख्या २० प्रतिशत रहेको छ । मघुमेहद्वारा पीडित काठमाडौँका १८ वर्षमाथिका १० प्रतिशत रोगी रहेका छन् । धूमपान गर्ने जनसंख्या ४० प्रतिशत र बाथ मुटु रोगी १ दशमलव २ प्रतिशत रहेका छन् । जन्मजात मुटु रोगी पाँचदेखि १५ वर्षका बालबालिका १ दशमलव ० प्रतिशत रहेका छन् । मटु रोगको अस्पतालमा भर्ना भएकामध्ये कारोनरी मुटु रोगी ३९ प्रतिशत, उच्च रक्तचापपीडित ७, बाथ मुटु रोगी २० र जन्मजात मुटु रोगी ६ प्रतिशत रहेका छन् । प्रतिष्ठान तथा मुटु रोगसँग सम्बन्धित १९ संस्थाको सञ्जाल हार्ट नेपालका अनुसार नेपालमा मुटु रोग बढ्ने क्रममा छ । नेपालमा १० वर्षयता मुटु रोगीको संख्यामा पाँचगुण्ााले वृद्धि भएको छ ।

मुटु रोगबाट बच्ने उपाय
मुटुका सबै रोगलाई एउटै पद्धतिबाट रोकथाम गर्न सकिँदैन । मुटुलाई स्वस्थ राख्ने उपायहरू जस्तै धूमपान नगर्ने, मोटोपना घटाउने, नियमित व्यायाम गर्ने, सन्तुलित आहार खाने, मानसिक तनावबाट मुक्त रहने आदि सर्वसम्मत विषय हुन् । चिकित्सकहरूका अनुसार यिनीहरूलाई नै आधार बनाएर धेरै हदसम्म मुटु रोग रोकथाम गर्न सकिन्छ । धेरैजसो मुटु रोग अस्वस्थ खानपिन र विलासी जीवनशैलीका कारण हुने भएकाले यसबाट बच्न पनि हामीले खानपिन र जीवनशैलीमा सुधार ल्याउनुपर्छ । डा. रेग्मी भन्छन्, ‘मुटु रोगबाट बच्न हामीले मुटुलाई स्वस्थ राख्ने उपाय जस्तै धूमपान तथा मद्यपान नगर्ने, मोटोपना घटाउने, नियमित व्यायाम गर्ने, सन्तुलित आहार खाने, मानसिक तनावबाट मुक्त हुने गर्नुपर्छ ।’ उनका अनुसार प्रशस्त मात्रामा हरियो तरकारी र फलफूल खाने गरेमा तथा दैनिक, छिटोछिटो दौडिने र व्यायाम गर्ने बानीले मुटु रोगको जोखिम कम्तीमा ५५ प्रतिशत घटाउन सकिन्छ । डा. रेग्मीले मुटु रोगबाट बच्न धूमपान त्याग्ने, मोटापन घटाउने, नियमित व्यायाम गर्ने, सन्तुलित आहार लिने, रक्सीको सट्टा फलफूलको रस पिउने, मानसिक तनावबाट टाढा रहने, जीवनलाई सुखी बनाउने तथा नियमित स्वास्थ्य परीक्षण्ा गराउने सुझाब दिन्छन् । यसका साथै मानिसले आफूलाई भएका उच्च रक्तचाप, मधुमेह उच्च कोलस्ट्रोलजस्ता रोगको उपचार समयमै गराउनुपर्छ । यो स्वस्थ्य सामाग्री नयाँ पत्रिकाबाट लिइएको हो