Pages

Thursday, February 10, 2011

कान्ति अस्पतालको नयाँ भवन सञ्चालनमा नआउँदै चर्कियो

image

सहरी विकास तथा भवन निर्माण विभागले भवनको प्राविधिक पक्षको अध्ययन गरेर प्रतिवेदन दिने भनेको नै १० महिना पुग्न लागिसक्यो, तर आजसम्म प्रतिवेदन आएको छैन

काठमाडौं, २६ माघ

कान्ति बाल अस्पतालको नवनिर्मित दुई सय शय्याको भवन सञ्चालनमा नआईकनै चर्केको छ । निर्माण कम्पनीले एक वर्षअघि अस्पताल प्रशासनलाई हस्तान्तरण गरेको भवनका हरेक तलाका भित्ताहरू अस्पताल सञ्चालन आउनुअघि नै चर्कन सुरु भएको हो ।

साकुरा निर्माण सेवाद्वारा चार करोड २० लाखको लागतमा निर्मित सो भवन तीन वर्षअघि बनिसकेको भए पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन । निर्माण कम्पनीले अस्पताल प्रशासनलाई हस्तान्तरण गरेको केही दिनपछि नै भवनका भित्ताहरू चर्कन सुरु भएपछि सेवा सञ्चालन हुन नसकेको अस्पतालका निर्देशक डा. तीर्थराज बुर्लाकोटीले बताए । 'नयाँ भवनमा थप शय्या विस्तार गर्नेक्रममा सफासुग्घर गर्दा हरेक तलाका भित्ता चर्केको पाएपछि सुरक्षाको कारण सेवा सञ्चालन गर्न नसकिएको हो,' उनले भने ।

नयाँ भवनका भित्ता चर्केको पाइएपछि अस्पताल प्रशासनले त्यसबारे सहरी विकास तथा भवन निर्माण विभागलाई लिखित जानकारी गराएको थियो । अस्पतालको जानकारीपछि विभागका इन्जिनियरले भवनको प्राविधिक परीक्षण गरे पनि विभागले त्यसको प्रतिवेदन अझै नदिएको निर्देशक बुर्लाकोटीले बताए ।

'भवनका भित्ताहरू चर्किन थालेलगत्तै विभागका इन्जिनियरलाई बोलाएर जानकारी गराएका थियौँ,' बुर्लाकोटीले भने, 'उनीहरूले भवनको प्राविधिक पक्षको अध्ययन गरेर प्रतिवेदन दिन्छौँ भनेको नै १० महिना पुग्न लागिसक्यो, तर आजसम्म प्रतिवेदन आएन ।' उनले भवन सञ्चालनका लागि सुरक्षित छ वा छैन भन्ने प्रतिवेदन पठाउन पटकपटक ताकेता गर्दा पनि विभागले कुनै चासो नदिएको गुनासो गरे । 'हामीले भवन सञ्चालनयोग्य छ कि छैन भनेर प्रतिवेदन दिन माग गरे पनि विभागले १० महिनादेखि हरेकपटक अर्को हप्ता प्रतिवेदन आउँछ भन्दै टारिरहेको छ,' उनले भने ।

अधिकांश भित्ता चर्केको नयाँ भवन सुरक्षित भए/नभएको प्राविधिक प्रतिवेदन नआएकाले वार्ड सञ्चालन गर्न नसकिएको निर्देशक बुर्लाकोटीले बताए । उनले यति लामो समयसम्म विभागले प्रतिवेदन नदिनुमा केही रहस्य हुन सक्ने आशंका व्यक्त गरे ।

विभागले समयमै प्रतिवेदन नदिँदा भवन निर्माणको जिम्मा पाएको कम्पनीसँग कुरा गर्नसमेत अप्ठ्यारो भएको अस्पताल प्रशासनले जनाएको छ । भवनका भित्तामा बाहिरको प्लास्टर मात्र चर्केको हो वा भित्रैदेखि चर्केको हो भन्ने थाहा नभई कम्पनीसित कुरा गर्नुको अर्थ नहुने भएकाले कुरा गर्न नपाइएको पनि अस्पतालले जनाएको छ । 'निर्माण कम्पनीलाई दोष दिनुअघि हामी भवनको वास्तविक अवस्था जान्न चाहन्छौँ,' प्रशासनका एक कर्मचारीले भने, 'तर विभागलाई पटकपटक पत्र पठाउँदा पनि कुनै प्रतिक्रिया आएको छैन ।'

kanti-hospital-nepalअस्पतालको पत्र पाएपछि विभागका तर्फबाट निरीक्षणमा गएका सिनियर डिभिजन इन्जिनियर सागरकृष्ण जोशीले भने भवन चर्केको गुनासो आएपछि अनौपचारिक रूपमा निरीक्षण गर्न गए पनि अस्पतालबाट निरीक्षणका लागि त्यस्तो कुनै पत्र नै नआएको दाबी गरे । 'अनअफिसियल रूपमा अस्पतालको भवन निरीक्षण गर्न गएको थिएँ,' उनले भने, 'तर मलाई त्यसको निरीक्षण गर भनेर पत्र नआएकाले त्यस विषयमा के भइरहेको छ भन्ने कुनै जानकारी भएन ।'

तर, विभागको स्वास्थ्य भवन इकाईप्रमुख काशिनाथ गुप्ताले भने अस्पतालबाट भवन निरीक्षण गर्न भनेर नौ महिनाअगाडि पत्र आएको स्वीकार गरे । उनले भने, 'त्यतिखेर अस्पतालबाट पत्र आएपछि निरीक्षण गरिएको थियो । तर, पछि अस्पतालबाट कुनै जानकारी नआएकाले यस विषयमा कुनै निर्णय भएको छैन ।' उनले तत्काल त्यस विषयमा निरीक्षण टोली गठन गरेर काम अगाडि बढाएको भए तुरुन्तै काम सम्पन्न हुने जानकारी दिए ।

नयाँ भवन सञ्चालनमा आउन नसक्दा उपचारका लागि आएका बिरामीलाई अन्यत्र रिफर गर्न बाध्य भएको निर्देशक बुर्लाकोटीले बताए । नयाँ भवनमा समस्या आएपछि थप दुई सय शय्या विस्तार कार्यक्रम स्थगित भएको छ । एकमात्र सरकारी बाल अस्पतालमा बेड नपाएपछि बिरामीका आफन्तले निजी स्वास्थ्य संस्थामा पाँच गुनासम्म महँगो शुल्क तिर्नुपरिरहेको उनले बताए । 'के गर्नु बिरामीका आफन्त निजी स्वास्थ्य संस्थामा यहाँभन्दा पाँच गुनासम्म महँगो शुल्क तिर्न बाध्य छन्,' उनले भने, 'सेवा थप्न निर्माण गराइएको भवनको हालत त्यस्तो छ । भवन अभावमा सेवा थप गर्न सकिएको छैन ।'

अस्पतालमा दैनिक चार सयका हाराहारीमा बिरामी आउने गरेका छन् । गर्मीयाम र वषर्ातको समयमा दैनिक साढे पाँच सयसम्म बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । 'हामीसँग तीन सय शय्या सञ्चालनमा छन्, बेड थप हुन नसक्दा बिरामीलाई बाहिर रिफर गर्न बाध्य छौँ,' बुर्लाकोटीले भने । विशेष गरी सर्जरी र आइसियुका बिरामीलाई बेड अभावमा फर्काउनुपरेको उनले बताए ।

सरकारले नयाँ भवन बनाउन र उपकरण राख्न बजेट दिए पनि दरबन्दी थप्न स्वीकृति नदिँदा थप समस्या रहेको अस्पतालले जनाएको छ । 'केही उपकरण छन्, नपुगेका उपकरण थप्दै जाने हो । तर, हामीसँग जनशक्ति अभाव छ,' निर्देशक बुर्लाकोटीले भने । जनशक्ति थप गर्न पटकपटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सिफारिस गरिएको उनले जानकारी दिए । हाल अस्पतालमा १७ जना विशेषज्ञ चिकित्सकको दरबन्दी खाली रहेको पनि उनले बताए । 'पुरानै दरबन्दीको पनि १७ जना डाक्टर छैनन्, बिरामीको चाप बढ्दो छ,' उनले भने, 'यही दरबन्दीमा नयाँ भवनमा जसोतसो नयाँ शय्या सञ्चालन गर्ने योजना थियो, त्यो पनि कार्यान्वयनमा आउन सकेन ।' अस्पतालमा सर्जरी, एनेस्थेसिया, रेडियोलोजी र मेडिसिनका विशेषज्ञ चिकित्सक नरहेको उनले स्वीकारे ।

स्वास्थ्यसचिव डा. सुधा शर्मालेे बाल अस्पतालको नयाँ भवनको विषयमा निर्माण विभागले प्रतिवेदन दिएपछि सञ्चालनका लागि आवश्यक दरबन्दी थप गर्नेगरी तयारी भइरहेको बताइन् । 'हामी अर्गनाइजेसन एन्ड म्यानेजमेन्ट सर्भेको प्रक्रियामा छौँ, उनले भनिन्, 'फाइल अघि बढिसकेको छ ।' विभागको प्रतिवेदन आएपछि अर्थ र सामान्य प्रशासन मन्त्रालय तथा लोक सेवाको अनुमति लिएर दरबन्दी थप्ने प्र्रक्रिया अघि बढाइने उनले बताइन् । उनले अस्पतालको भवन चर्किनुमा निर्माण कम्पनीको लापरबाही हुन सक्ने संकेत गरिन् ।

Wednesday, February 9, 2011

औलोको जोखिम सर्वत्र

प्रवीण ढकाल
जलवायु परीवर्तन र विश्वतापमानमा भएको वृद्धिको असर हरेक क्षेत्रमा परीरहेको छ । यस्का कारण नेपालको भित्री मधेश र तर्राईको रोगका रुपमा परिचय वनाएको औलौ रोग मलेरिया अहिले पहाडको माथिल्लो भाग हुदै केहि हिमालि जिल्ला तिर पनि देखा पर्न थालेको छ । त्यस्तै तापक्रम बढ्दै गएकाले यो रोग अहिले असोजको महिनाको अन्तिमसम्म पनि देखिदै खतरा बढाउदै गैरहेको छ । विगतका वर्षहरुमा चैत देखि भदौ महिनासम्म धेरै मात्रामा देखिने यो रोग पछिल्लो समयमा असोज महिनासम्म देखिन थालेको छ ।
स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका कार्यक्रम अधिकृत अर्जुन कुमार भट्टराईका अनुसार औलो रोग विषेश गरी वैशाख देखि भदौ महिनामा वढि देखिन्छ । उनका अनुसार समुद्र सतहबाट १५ सय मिटरमाथिका दस जिल्लाबाहेक नेपालका ६५ वटा जिल्लामा औलोको संक्रमण रहेको छ । उनि भन्छन्-ुजम्मा १० वटा जिल्लामा मात्र औलोको संक्रमण छैन । तर अहिले ति जिल्लाका केहि स्थानमा समेत लामखुट्टे देखिन थालेका छन् । यद्धपि त्यहा हालसम्म औलोको प्यारासाइट भने भेटिएको छैन ।ु उनले यसैगरी तापक्रम वृद्धि हुदै जाने हो भने छिट्टै नै हिमाली जिल्लाहरुमा पनि औलोको संक्रमण देख्न सक्ने बताए ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओ का अनुसार सन् २००८ मा विश्वव्यापी रुपमा २४ करो ७० लाख औलो रोगी देखिएकामा १० लाखको मृत्यु भएको थियो । पछिल्लो समयमा नेपालमा लामखुट्टेको टोकाइबाट सर्ने औलोबाट ´न्डै २ करोड नेपालीको स्वास्थ्य जोखिममा रहेको महाशाखाले जनाएको छ । औलोको खतरामा वर्गीकृत ६५ जिल्लाका बासिन्दा ढुक्क भएर बस्ने अवस्था नरहेको उल्लेख गर्दै भट्टराईले भने ुकुल जनसंख्याको ८० प्रतिशतलाई औलोरोग हुने खतरा रहेको । त्यसो हुदा करिब २ करोड नेपालीको स्वास्थ्य औलोको खतरामा रहेको छ भन्न सकिन्छ ।ु
सरकारले भारतीय सिमानासँग जोडिएका तराईका १३ जिल्लालाई औलोको उच्च जोखिममा राखेको छ । ति जिल्लाहरुमा ´ापा इलाम मोरङ महोत्तरी धनकुटा सिन्धुली काभ्रे नवलपरासी बदिर्या कैलाली कन्चनपुर डडेलधुरा र बाँके रहेका छन् । त्यस्तै हालसम्म औलोको संक्रमण देखा नपरेका १० वटा जिल्लाहरुमा हुम्ला मुगु डोल्पा मुस्ताङ् मनाङ बाजुरा रसुवा सोलुखुम्बु भक्तपुर र काठमाडौ रहेका छन् । तर वढ्दो तपक्रम वृद्धिका कारण भक्तपुर र काठमाडौमा केहि रोगि देखिसकेका छन् भने वाकि रहेका ८ हिमाली जिल्लाका पनि तल्लो भेगहरुमा फाट्टफुट्ट रोगका संक्रमितहरु देखिन थालेको महाशाखाले जनाएको छ ।
यसरी लाग्छ औलो
औलो एक प्रकारको ज्वरो हो । बोलचालको भाÈामा यसलाई कामज्वरो समेत भनिन्छ । यो रोग पोथी एनोफिलिस जातको लामखुट्टेको टोकाईका कारण हुने गर्दछ । अधिकृत भट्टराईका अनुसार औलोको जीवनचक्रमा दुईवटा प्रवाह हुन्छन् । त्यहि जिवनचक्र पुरा गर्ने क्रममा नै यो रोग तीव्र गतिले फैलन्छ । पहिलो चक्रमा यो रोग संक्रमित लामखुट्टेले स्वस्थ व्यक्तिमा सर्ने गरेको छ । जब संक्रमित पोथी एनोफिलिस जातको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्छ लामखुट्टेले आफनो र् यालसँगै व्यक्तिको रगतमा औलो परजीवीलाई पुर् याइदिन्छ । संक्रमित लामखुट्टेले टोकेको १० देखि १२ दिनपछि उक्त व्यक्तिमा औलो रोगको लÔण्ँ देखा पर्दछ । दोश्रो चक्र भनेको औलो रोगीबाट असंक्रमित पोथी एनोफिलिस लामखुट्टे भएर स्वस्थ व्यक्तिमा औलो सर्नु हो । औलो रोगीलाई टोकेपछि असंक्रमित पोथी एनोफिलिस लामखुट्टेले बिरामीको रगतसँगै औलोको परजीवीलाई समेत चुस्ने गर्छ । जस्को १२ देख १४ दिनपछि यो लामखुट्टे संक्रमित भएर औलो फैलाउन सÔम हुन्छ र त्यसले जति पनि स्वस्थ व्यक्तिलाई टोक्छ उनीहरुलाई औलो रोग सार्दै जान्छ । औलो रोगीलाई दिनहँु वा एक दिन छाडेर ज्वरो आउने गरेको छ ।
औलोका चार किसिमका परजीवीमध्ये नेपालमा प्लाज्मोडियम भाइभेक्स र प्लाज्मोडियम फे_िल्सफेरमले औलोरोग गराउने गरेको भट्टराईले बताए । उनका अनुसार यी दुई परजीवीमध्ये भाइभेक्सभन्दा फे_िल्सपारम कडा खालको मानिन्छ । उनी भन्छन् ुनेपालमा वर्षेनि ३ देखि ४ हजार बिरामीमा भाइभेक्स परजीवी फेला पर्ने गरेको छ । यस परजीवीबाट औलोरोग भएको रहेछ भने बिरामी सिकिस्त हुन्छ । तर मृत्युको सम्भावना न्यून हुन्छ । तर फे_िल्सफेरमले कडा खालको औलो गराउँछ ।ु उनले नेपालमा कडा खालको औलो गराउने फे_िल्सफेरमका कारण हुने रोगीहरुको संख्या निकै कम रहेको बताए । कडा खालको औलोरोग लाग्यो भने बिरामीको अवस्था गम्भीर हुने र मस्तिष्कमा रक्तस्राव भई मृत्यु पनि हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।
औलोको लÔण्ँ
औलो लागेपछि मानिसहरुलाई एक्कासि कामज्वरो आउने अगाडि टाउको दुख्ने हातखुट्टा तथा जोर्नी दुख्ने अल्छी लाग्ने मांसपेशी दुख्ने ओठमा फोका देखिने भोक नलाग्ने जाडो भएर कम्प हुने र नरम वा मन्द ज्वरो आउने गर्दछ । टाउको असाध्यै दुख्ने जाडो लागेर कम्प हुने शरीरका हाडजोर्नीहरु दुख्ने दिन बिराएर ज्व्ारो आउने वाकवाकी लाग्ने बान्ता हुने खानामा अरुचि हुने पसिना आएर ज्वरो कम हँुदा शरीर हिउँ जस्तै चिसो हुने रक्तअल्पताका कारण्ँ अनुहार फुस्रो देखिने कब्जियत हुने फियो र कलेजो सुन्निने ठूलो हुने र थिच्दा दुख्ने गर्द । निश्चित समयसम्म जाडो हुने गर्मी हुने खलखल्ती पसिना आउने र एकैछिनपछि केही कमजोर अनुभव भए पनि पूण्र्ँ आराम भएको अनुभव हुनेगर्दछ । औलोको ज्वरोले एक्कासि आक्रमण्ँ गर्दछ । कम्पको अवस्था ज्वरोको अवस्था पसिनाको अवस्था र सामान्य अवस्था गरी चार चरण्ँ आठदेखि १२ घण्टामा पूरा हुन्छ ।
गर्भवती र बालबालिकालाई खतरा औलो भयो भने सामान्यतया एक दिन बिराएर ज्वरो आउने गर्छ । बालबालिका र गर्भवती महिलालाई औलोरोग लागेमा अवस्था जटिल भई मृत्यु हुने सम्भावना बढी हुन्छ । उनीहरुको रोग प्रतिरोधात्मक Ôमता अन्य उमेरका व्यक्तिमा भन्दा कम हुने भएकाले मृत्युको सम्भावना बढी भएको हो । औलो लागेका बालबालिका र गर्भवती महिलालाई विशेÈ उपचार र सेवाको आवश्यकता पर्ने हुँदा तत्काल नजिकैको स्वास्थ्यसंस्थामा लैजानुपर्ने हुन्छ ।
उपचार तथा रोकथाम
औलो लामखुट्टेको टोकाइबाट मात्र सर्दछ । औलो फैलिन तथा परजीवीको विकास र जीवनचक्र पूरा हुन लामखुट्टे र मानिस नभई हुँदैन । तसर्थ औलोको रोकथामका उपाय भन्नासाथ लामखुट्टेको विकास र जीवनचक्र नाश गर्नुनै सवैभन्दा उत्तम उपाय हो । जीवनचक्र पूरा हुन नदिन लामखुट्टेको टोकाइबाट मानिस पनि जोगिने गर्नुपर्दछ । औलो सम्भावित ठाउँमा ´ुलको नियमित उपयोग र लामखुट्टेबाट बच्ने प्रयास गर्दा यसको संक्रमण्ँबाट हदैसम्म बच्न सकिने भट्टराई बताउँछन् । यस्तै शरीरका खुल्ला अंगहरुमा लामखुट्टेबाट बच्न सकिने मलम लगाउनुसमेत फाइदाकारी हुन्छ । लामखुट्टेविरुध प्रयोग गरिने स्प्रे लिक्विड म्याट आदि समेत प्रभावकारी मानिन्छ ।
यदि मानिसलाई दिन विराएर ज्वरो आएको छ भने त्यो औलो हुन सक्ने भएकाले तुरन्त रगत परीÔण्ँ गराउनुपर्छ । रगतको परीÔण्ँले नै ज्वरो औलो हो र होइन भन्ने थाहा पाइन्छ । औलो हँुदा अन्य रगत परीÔण्ँसमेत आवश्यक पर्न सक्छ । रक्त अल्पताका लागि हेमोग्लोबिनको स्तर कलेजोको Ôति जान्न लिभर एन्जाइम मृगौलोको प्रभाव जान्न रिनल फङसन टेस्ट कलेजो लगायतको वृद्धि जान्न सोनोग्राफी परीÔण्ँसमेत गर्न सकिन्छ । कहिलेकाहीं कामज्वरो सँगसँगै आँखामा पहेंलॊसमेत देखिएको छ भने ुमलेरिया एन्टिजेनु परीÔण्ँ गरी औलो यकिन गर्नुपर्छ । यसमा जन्डिसको उपचार नगरी औलोको उपचार गर्दा जन्डिस आफै निको हुन्छ ।
औलोको प्राथमिक निदानका लागि भने आजकल एन्टिजेन डिपस्टिक उपलब्ध छ । यसमा एक थोपा रगतले परीÔण्ँ गरिन्छ । प्रत्येक ज्वरोको रोगीको परीÔण्ँका लागि रगत लिएपछि औलोको सम्भावित रोगी मानेर उपचार गरिन्छ । एक वÈ्रभन्दा कम उमेरका बच्चाहरुलाइ आधा चक्की अर्थात् ७५ मिलिग्रामको क्लोरोक्विन चक्की खुवाइन्छ । यस्तै एकदेखि चार वÈ्रमा एउटा गोली अर्थात् एक सय ५० मिलिग्राम ५ देखि ८ वÈ्रमा दुई चक्की ९ देखि १४ वÈ्रमा ३ चक्की र १५ वÈ्रमाथि ४ चक्की क्लोरोक्विन उपचारका लागि दिइन्छ ।