Pages

Monday, December 24, 2012

तिहारको मिठाईले विगार्ला स्वास्थ्य

प्रवीण ढकाल
काठमाडौँ, २७ कार्तिक

नेपालीहरुको दोस्रो ठुलो चाड तिहार शुरु भएलगत्तै बजारमा मिठाईको बिक्रि पनि बढेको छ । तर चिकित्सकहरुले चाडवाडको समयमा बजारमा अखाद्यवस्तु मिसाइएका मिठाई बढी पाइने भएकाले ध्यान पुर्याएर मात्र मिठाई खान सुझाव दिइरहेका छन् ।
वीर अस्पतालको आकस्मिक कक्षमा कर्यरत स्वास्थ्यकर्मी दीपक मुडभरीका अनुसार तिहारको समयमा अस्वस्थ मिठाईको सेवनका कारण वान्ता हुने, फुड पोइजन, झाडापखला लगायतका समस्या लिएर धेरै बिरामी अस्पताल आउने गरेका छन् । उनले चाडवाडको समयमा मिठाईलाई आकÈिर्त बनाउन र कम लगानीमा बढी मुनाफा गर्न व्यापारीहरुले मिठाइमा गुण्ँस्तरहीन तथा अखाद्ययवस्तुहरुको मिसावट गर्ने गरेकाले विचार पुर्याएर मात्र मिठाइ खान सुझाव दिए ।
वाणिज्य विभाग र खाद्यप्रविधि तथा गुण नियन्त्रण वभगको अनुगमन टोलिले पनि बारमा बिक्रिका लागि राखिएका मिठाईमा उपभोक्ताहरुको स्वास्थ्यप्रति खेलवाड गर्दै व्यापारीहरुले मिठाईहरुमा विभिन्न किसिमका अखाद्य र प्रतिबन्धित रङगहरुको अत्याधिक प्रयोग गर्ने गरेको पाइएको छ । चाडवाडको समयमा व्यापारीहरुले बढी फाइदा लिन मिठाईमा अखाद्य वस्तु तथा रङगको प्रयोग गर्ने गरेको वाणिज्य विभागले जनाएको छ ।
वीर अस्पतालका फेमिलि फिजिसियन डा. ध्रुवप्रसाद सिंहका अनुसार अखाद्यवस्तुको मिश्रण र झन् त्यसमा पनि बासी मिठाईहरुको प्रयोगले मानिसहरुको स्वस्थ्यमा समेत नराम्रो असर गर्ने गरेको छ । ‘चाडवाडको समयमा व्यापारीले मिठाईमा स्वास्थ्यलाई असर गर्ने रङ तथा अन्य अखाद्य वस्तु मिसाउदा धेरै मानिस विरामी पर्ने गरेका छन्’ उनले भने, ‘अन्य समयमा भन्दा तिहार पछि मठाईका कारण धेरै बिरामी अस्पतालमा आउने गरेका छन् ।’ उनका अनुसार रङ हालेका र अखाद्यवस्तु मिसाइएका मिठाईका कारण धेरैजसो एलर्जी, हैजा, झाडापखला, वान्ता, रगतमा हेमोग्लोविन कम हुने जस्ता समस्या लिएर आउने गरेका छन् ।
 

चाडवाडको समयमा व्यापारीहरुले हेर्दै आकर्षक र खाउ खाउ लाग्ने मिठाई बनाउनका लागि धेरैले मिठाईमा रोडामाइन बी, सेन्थेटिक डाइज, हाईड्रा, मेटालिक एल्लो लगायतका प्रतिबन्धित रङगहरुको प्रयोग गर्ने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । विभागका अनुसार यि रङहरु औद्योेगिक प्रयोजनका लागि र गलैंचा र कपडामा प्रयोग गरिने रङग हुन् । चिकित्सकहरुका अनुसार यस प्रकारको रङग हालेको मिठाई सेवनबाट विभिन्न खाले एलर्जी, अल्सर, हैजा, रगतको हेमोग्लोबिन नष्ट हुने, आँखाको दृष्टि कमजोर हुने, पुरुÈको शुक्रकिट नष्ट भई बाँझोपना हुने र छालाको क्यान्सर समेत हुने गर्दछ ।
विभागको अनुगमनका क्रममा व्यापारीहरुले बढी मुनाफा आर्जन गर्न बढी प्रयोग हुने खुवाको साटो म्याद नाघेको मैदा, आरारोट, उसिनेको आलू, पिठो र सूजीको प्रयोग गर्दछन् । जसले पेटमा प्रत्यक्ष असर पार्दछ । व्यापारीहरुले निम्न गुण्ँस्तरको घिउ र हप्तौं पुरानो तेलको प्रयोग गर्दछन् जसबाट घाँटी सम्बन्धी विभिन्न रोग देखा पर्ने खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता प्रमोद कोइरालाले बताए । उनका अनुसार नाम चलेका र ब्रान्ड बनाइसकेका मिठाइ पसलमा भन्दा पनि साना पसलहरुमा बढी समस्या रहेको छ । ‘ठुला पसलमा किचेन फोहोर छन’ उनले भने, ‘तर साना पसलले भने अखाद्य वस्तु र प्रतिवन्धित रङ नै मिसाउने गरेका छन् ।
विभागको अनुगमनमा मिठाईमा राखिने टल्किने बस्तुमा आल्मुनियम मिसावट हुने गरेको छ । भने धेरै मात्रामा सेवन हुने लड्डुमा मेटानिल एलो नामक अखाद्य रङको मिसावट हुने गरेको छ । यसैगरी मिठाईमा पहिला नबिकेका सामाग्री तथा म्याद नाघिसकेका पिठो, तेल घिउको प्रयोग समेत हुने गरेको छ । व्यापारीहरुले मिसावट गर्ने सडेगलेका, फोहोर र मिसावटयुक्त खाद्यपदार्थ उपभोग गर्दा झाडा–पखाला, टाइफाइड, फुड प्वाइजन, हैजा, पेट दुख्ने आदि रोग लाग्न सक्ने डा. सिंहले बताए । उनका अनुसार मिठाईमा मिसाइएको रंगले पेट तथा आन्द्रामा घाउ हुन सक्ने, मिठाई बनाउन प्रयोग गरिने घिउमा जनावरको बोसो  पनि मिसाइने हु“दा मुटु रोग लाग्ने तथा क्यान्सर समेत हुने सम्भावना रहन्छ ।

 
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार आजभोलि बर्फी र लडुमा पनि चा“दीका चमक राख्नुपर्नेमा आल्मुनियमको चमक राखेको पाइन्छ । पेडाजस्ता मिठाईमा फलफुलको केशर दुर्लभ भएका कारण्ँ कृत्रिम केशर हाल्ने गरेको पाइन्छ । विभागले त्यस्ता अखाद्य पदार्थ वा मिठाईमा प्रयोग गरिने अखाद्य कृत्रिम रङले पेट दुख्ने र छालासम्बन्धी रोगको सिकार बनाउन सक्ने भन्दै फेला पारेका पसललाई सिल समेत गरेको छ ।

No comments:

Post a Comment