Pages

Saturday, June 4, 2011

डाबर र वैद्यनाथका आयुर्वेदिक औषधिमा हानिकारक ब्याक्टेरिया

प्रवीण ढकाल
नयाँ
पत्रिका काठमाडौं २० जेठ
भारतीय बहुराष्ट्रिय कम्पनीहरु डाबर इन्डिया र वैद्यनाथ प्रालिद्वारा उत्पादित आयुर्वेदिक औषधिमा मानव स्वास्थ्यका लागि हानिकारक ब्याक्टेरिया फेलापरेको छ । डाबरका तीन र वैद्यनाथका चार किसिमका चूर्णमूलक औषधिमा ब्याक्टेरिया भेटिएको हो ।
औषधि व्यवस्था विभागले बजारमा गरेको निरीक्षणका क्रममा दुवै कम्पनीद्वारा उत्पादित औषधिमा मानव स्वास्थ्यलाई हानि गर्ने ब्याक्टेरिया फेलापारेको हो । दुवै कम्पनीका ब्याक्टेरिया भेटिएका औषधि बजारबाट फिर्ता ल्याउन ती कम्पनीका नेपालस्थित कार्यालयलाई निर्देशन दिइएको विभागका औषधि निरीक्षक श्याम अधिकारीले बताए ।
विभागको अनुगमनमा डाबरका ए ६००२० नम्बर ब्याचको प्युसामुग चूर्ण एएल ००४७ नम्बरको अभिपत्तिकर चूर्ण र एल ०९७५ नम्बर ब्याचको लावण भास्कर चूर्णमा कीटाणु भेटिएको हो । चि
कित्सकका अनुसार प्युसामुग चूर्ण महिलाको तल्लो पेट दुख्दा अभिपत्तिकर चूर्ण ग्यास्ट्रिक र लावण भास्कर पाचन उपचारका लागि प्रयोग गरिन्छ ।
त्यसैगरी वैद्यनाथ कम्पनीको १४७ नम्बर ब्याचको अभिपत्तिकर चूर्ण १ नम्बर ब्याचको चोपचिनियादी चूर्ण ५ नम्बर ब्याचको अश्वोगान्धी चूर्ण र १७८ नम्बर ब्याचको सितोपलादी चूर्णमा मानव स्वास्थ्यलाई हानिकारक कीटाणु भेटिएको हो । चिकित्सकका अनुसार वैद्यनाथका अभिपत्तिकर चूर्ण ग्यास्ट्रिक चोपचिनियादी चूर्ण छालासम्बन्धी एलर्जी अश्वोगान्धी चूर्ण निद्रा तथा तनाव कम गर्न र सितोपलादी चूर्ण खोकीको उपचारमा प्रयोग गरिन्छ ।
विभागले आयुर्वेदिक औषधिमा मानव स्वास्थ्यलाई हानि गर्ने ब्याक्टेरिया भेटिएपछि करिब एक महिनाअघि दुवै कम्पनीका नेपालस्थित कार्यालयमा पत्र पठाएर ब्याक्टेरिया फेलापरेका ब्याच नम्बरका सम्पूर्ण चूर्ण फिर्ता गर्न निर्देशनसहितको पत्र पठाएको थियो । तर पत्र पठाएको एक महिना बितिसक्दा पनि ती कम्पनीले औषधि फिर्ता मगाए-नमगाएकोबारे विभागलाई कुनै जानकारी दिएका छैनन् ।
विभागले पत्र पठाएपछि अनिवार्य रुपमा उत्पादकले सम्बन्धित ब्याचका उत्पादन फिर्ता गरिएको परिमाणबारे जानकारी गराउनुपर्ने प्रावधान छ । डाबर इन्डियाको आयुर्वेदिक औषधिको नेपालमा तिनकुनेस्थित लुना ट्रेनिङ कम्पनी र वैद्यनाथको रौतहटको गौरस्थित राजेश मेडिसिन प्रालिले डिलरको अनुमति लिएका छन् ।
ुती आयुर्वेदिक औषधिले बिरामीको रोग निको हुनेभन्दा पनि थप इन्फेक्सन हुने देखियोु विभागका औषधि निरीक्षक अधिकारीले भने ुत्यही कारण हामीले ती ब्याचका सबै औषधि फिर्ता गर्न निर्देशन दिएका हौँ ।ु उनका अनुसार हानिकारक औषधि फिर्ता नगरिए डाबर र वैद्यनाथको नेपालमा दर्ता लाइसेन्स नै खारेज हुनेछ ।
ुऔषधिको गुणस्तर कस्तो छ भनेर विभागको ल्याबमा गरिएको परीक्षणका क्रममा ती औषधिमा मानव स्वास्थ्यलाई हानि गर्ने विभिन्न किसिमका ब्याक्टेरिया फेलापरेपछि बजारमा भएका सम्बन्धित ब्याच नम्बरका सम्पूर्ण औषधि उठाएर फिर्ता लैजान पत्र पठाएका हौँु अधिकारीले भने ुकेही समयपछि हामी बजारमा फेरि अनुगमन गछौर्ं यदि फिर्ता लगिएको रहेनछ भने हामी कारबाही प्रकि्रया अघि बढाउँछौँ ।ु दुवै कम्पनीका नेपालस्थित कार्यालयमा पत्र पठाइसकेकाले केही समयपछि पुनः बजार अनुगमन गरिने उनको भनाइ छ ।

No comments:

Post a Comment