नेपाली चलचित्र डकुमेन्ट्री र टेलिभिजन कार्यक्रममा अबदेखि धूमपान र सुर्तीजन्य पदार्थ सेवन गरेका दृश्य राख्न नपाइने भएको छ ।
सरकारले बुधबार सार्वजनिक गरेको ुसुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्न बनेको निर्देशिका २०६७ु मा चलचित्र डकुमेन्ट्री र टेलिभिजन कार्यक्रममा धूमपान र सुर्ती सेवन गरेका दृश्य राखिएमा निर्माता वा निर्देशकलाई कारबाही गर्ने व्यवस्था गरिएको छ ।
निर्देशिकामा भनिएको छ ुकुनै पनि चलचित्र वा फिल्म वा टेलिभिजन कार्यक्रम निर्माता वा निर्देशक वा पात्रले त्यस्ता चलचित्र वा टेलिभिजन

स्वास्थ्य मन्त्रालयकी सचिव डा। सुधा शर्माले धूमपान तथा मद्यपान नियन्त्रणका लागि यसअघि बनेका कानुनका आधारमा रोक लगाइएका दृश्य राख्ने निर्माता तथा निर्देशकलाई आर्थिक कारबाही गर्ने बताइन् । उनका अनुसार चलचित्र तथा कार्यक्रम प्रदर्शन तथा प्रसारण गर्न रोकसमेत लगाउन सकिनेछ ।
राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक लक्ष्मीनारायण देवले निर्देशिकाले प्रस्ट रुपमा चलचित्र तथा टेलिभिजन कार्यक्रममा धूमपान तथा सुर्ती सेवन गरेको दृश्य राख्न नपाउने व्यवस्था गरेको बताए ।
ुहालसम्म चलचित्र तथा टेलिभिजन कार्यक्रममा चुरोट पिएको दृश्य राखिन्थ्योु उनले भने ुअब भने त्यस्तो दृश्य राख्नेलाई कारबाही गरिनेछ ।ु उनका अनुसार निर्देशिका जारी हुनुअघि उत्पादन भएका चलचित्र वा टेलिभिजन कार्यक्रममा त्यस्ता दृश्य भएमा हटाएर मात्र प्रसारण गर्नुपर्नेछ । यसका लागि निर्देशिकामै त्यस्ता दृश्य हटाउन चलचित्र सेन्सर बोर्डलाई आवश्यक व्यवस्था गर्न भनिएको छ ।
यसैगरी निर्देशिकामा सुर्तीजन्य पदार्थको विज्ञापन तथा प्रवद्र्धनमा पूर्ण रुपमा रोक लइगाएको छ । ुसुर्तीजन्य पदार्थ उत्पादक वा अरु कसैले पनि छापामाध्यम विद्युतीय माध्यम इमेल टेलिफोन मोबाइल

सामाजिक दायित्व निर्वाह गर्ने नाममा उत्पादकले सुर्तीजन्य पदार्थको प्रवद्र्धन हुने गरी अभियान तथा प्रतिस्पर्धात्मक कार्यक्रम गर्ने वा उपभोक्ता सर्भे गर्ने र आर्थिक योगदान गर्नसमेत नपाउने व्यवस्था निर्देशिकामा छ । यी व्यवस्था कार्यान्वयन तथा अनुगमनका लागि स्वास्थ्य सचिवको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिने पनि निर्देशिकामा उल्लेख गरिएको छ । समितिले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धमा नीति निर्धाराणसमेत गर्नेछ ।
No comments:
Post a Comment