Pages

Tuesday, January 25, 2011

बिनाअपरेसन हृदयघातको उपचार नेपालमै




काठमाडौं, २८ पुस - हृदयघात भएका तर अन्य रोगका कारण शल्यक्रिया गर्न नमिल्ने बिरामीले अब आत्तिनु पर्दैन। यस्तो अवस्थाका बिरामीलाई मुटुको नशा खोलेर उपचार गर्ने इन्ह्यान्स एक्ट्रनल काउन्टरपल्सेसन (इइसिपी) विशेषज्ञ सेवा नेपालमै सुरु भएको छ।

गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले पहिलोपटक सुरु गरेको यस उपचार सेवामा चिरफार गर्नुपर्दैन। अस्पताल भर्ना पनि हुनुपर्दैन। अस्पतालले दिएको समयमा प्रत्येक दिन गएर बिरामीले प्रत्येक दिन यो उपचार गराउन सक्छन्।दीपक दाहाल, काठमाडौं, पुस २८- हृदयघात भएका तर अन्य रोगका कारण शल्यक्रिया गर्न नमिल्ने बिरामीले अब आत्तिनु पर्दैन। यस्तो अवस्थाका बिरामीलाई मुटुको नशा खोलेर उपचार गर्ने इन्ह्यान्स एक्ट्रनल काउन्टरपल्सेसन (इइसिपी) विशेषज्ञ सेवा नेपालमै सुरु भएको छ।

गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले पहिलोपटक सुरु गरेको यस उपचार सेवामा चिरफार गर्नुपर्दैन। अस्पताल भर्ना पनि हुनुपर्दैन। अस्पतालले दिएको समयमा प्रत्येक दिन गएर बिरामीले प्रत्येक दिन यो उपचार गराउन सक्छन्।

मुटुको नशा खोल्न गरिने शल्यक्रिया एन्जियोप्लास्टी र बाइपास गर्न नमिल्ने बिरामीको मुटुमा मसिना नशा विकास गरी दुखाइ कम गर्न र हिँडडुल सहज पार्न यो पद्धति प्रभावकारी हुने अस्पतालका निर्देशक डा अरूण मास्केले बताए।

शल्यक्रिया गरिएका कतिपयमा दुखाइ कम नभएको अवस्थामा पनि यो उपचार पद्धति प्रभावकारी हुने उनले जनाए। मास्केका अनुसार बढी उमेरका, फोक्सो, मिर्गौला, कलेजोसम्बन्धी रोग भएका मानिसमा हृदयघात भए पनि यो पद्धतिबाट शल्यक्रिया सम्भव हुन्छ।हृदयघात भएका मध्ये १० प्रतिशत बिरामीमा यस्तो समस्या हुने मास्केले बताए।

थियो। तालिमबाट फर्केपछि अधिकारीले गंगालालमा पाँचजनालाई यस्तो उपचार गरिसकेका छन्।

यो सेवा उपचार गरिएका अधिकांशमा प्रभावकारी देखिएको अधिकारीले बताए। 'न चिरफार, न नकारात्मक असर,' उनले भने, 'औषधी खाएरै बिरामीको दैनिकी सहज बनाउने यो आधुनिक उपचार पद्धति हो।'

मुटुको नशामा बोसो जमेर बन्द हुँदा शल्यक्रिया गर्न मिल्दैन र औषधीले दुखाइ कम गर्न पनि सकिन्न। अधिकांश बिरामी हिँड्न पनि सक्दैनन्। गंगालालमा ७५ वर्ष माथिको उपचार हुने भएकाले पनि बढी उमेरका बिरामी बढी आउँछन्। यसको माग बढेमा थप मेसिन ल्याउने र सेवाको दायरा बढाउन जनशक्तिसमेत तयार गरिने निर्देशक मास्केले बताए।

शल्यक्रिया गर्न नसकिने बिरामीको उपचारमा प्रयोग हुने यो पद्धति संसारकै नवीनतममध्ये पर्छ। यो सेवा लिन एक साइकल ९३५ दिन० को गंगालालमा १६ हजार रुपैयाँ लाग्छ। यसका लागि भारतमा १ लाख भारु र अमेरिकामा हजार डलर तिर्नुपर्छ। अमेरिकी सरकारले सन् १९९५ मा स्वीकृति दिँदा हृदयघात भएकामा प्रयोग गर्न हुने-नहुनेबारे विवाद भएको थियो। तर त्यसपछि भएका अध्ययनले इइसिपीले बिरामीको दैनिकी सहज बनेको पुष्टि भएपछि संसारभर यसको प्रयोग बढ्दै गएको हो।


के हो इइसिपी
मुटुका तीन नशामध्ये बोसो भरिएर एकभन्दा बढी थुनिएमा हृदयघात हुन्छ। बन्द नशा सुचारु गर्न स्टेन्ट हालेर गरिने एन्जियोप्लास्टी र थुनिएको ठाउँ छाडेर नयाँ राख्ने प्रविधि बाइपास प्रमुख उपचार हो। अन्य रोगका कारण शल्यक्रिया गर्न नसकिने बिरामीलाई ३५ दिनसम्म दैनिक एक घन्टा मेसिनमा राखेर मुटुमा रगतको चाप सिर्जना गरिन्छ। जसले मुटुमा सानातिना नशा ९कोल्याटर्स० विकास हुन्छ। एकपटक यो थेरापी लिएपछि विकास भएका नशाले दैनिकी सहज भएमा समय-समयमा दोहोर्‍याउन पनि सकिन्छ।

यो प्रविधिमा बिरामीको कम्मर, तिघ्रा र पिँडौलामा कफ बाँधेर मेसिन खोलेपछि मसिना नशाहरू बिस्तारै बढ्दै गएको अनुगमन मोनिटरमा देखिन्छ। मोनिटरमा मसिना नयाँ नशा क्रमशः बढ्दै गएको हेर्न सकिन्छ। यो उपचार सुरु भएको केही दिनमै मुटुको दुखाइ कम भई हिँडडुल सहज भएको सेवा लिइरहेकी सकमिनी पियाले बताइन्।

मेसिनमा राखेपछि बिरामीको मुटुको गतिमा शरीर पूरै हल्लिन्छ। यो पद्धतिमा खुट्टाबाट एक प्रकारको ब्लडप्रेसर सिर्जना गरेर मुटुतिर बढाइन्छ। यसरी उत्पन्न चापले बोसो भरिएर नशा थुनिएको ठाउँबाट मसिना नयाँ नशा विकास हुन्छन् र नथुनिएको नशाले थुनिएर अक्सिजन प्रवाह हुन नसकेको ठाउँमा पुर्‍याउँछ जसले मुटुमा रगत र अक्सिजनको आवागमन भई दैनिक गतिविधि सहज बन्छ।गंगालालले यो सेवा दिन ३४ लाख मूल्य पर्ने मेसिन ल्याउने भएपछि चिकित्सक चन्द्रमणि अधिकारीलाई तालिमका लागि चीन पठाएको

No comments:

Post a Comment