Pages

Wednesday, June 15, 2011

हस्तमैथुन पुरुषले मात्रै गर्दैनन्

image

काठमाडौं बालाजुकी २६ वषर्ीया सोफिया शर्माको -नाम परिवर्तन) श्रीमान् डेढ वर्षअगाडि कामका लागि विदेश गएका छन् । श्रीमान् विदेश गएपछि सोफियाले आफ्नो यौनचाहना पूरा गर्न हस्तमैथुन गर्दै आएकी छिन् । श्रीमान् बिदेसिएको ६ महिनासम्म यौनचाहना तीव्र भए पनि हस्तमैथुन नगरेकी सोफियाले त्यसपछि भन्ने आफ्नो यौनचाहना पूरा गर्न हस्तमैथुनको सहरा लिइन् । सोफियाले हस्तमैथुनका विषयमा नयाँ पत्रिकामा पठाएको जिज्ञासाअनुसार उनले साताको तीनपटकसम्म हस्तमैथुन गर्दै आएकी छिन् । सोफियाको पत्रमा हस्तमैथुन गर्दा के असर गर्छ ?, वैवाहिक जीवनमा कुनै असर गर्छ कि ?, हस्तमैथुनले सन्तानप्राप्तिमा कुनै असर गर्छ ?, हस्तमैथुन कसरी गर्नुपर्ला ? लगायतका जिज्ञासा राखिएको छ ।

त्यस्तै, काठमाडांै कोटेश्वरकी १९ वषर्ीया प्रीति उपाध्यायले केही महिनाअगाडि न्युरोडको कन्डम हाउसबाट कृत्रिम पुरुष लिंग किनेर आफ्नो यौन चाहना पूरा गर्ने गरेको जनाएकी छिन् । प्रीतिले पठाएको जिज्ञासामा 'यौनचाहना तीव्र हुँदा कुनै पुरुषसँग यौनसम्पर्क राखौँ कि जस्तो लाग्छ । तर, मैले त्यसो नगरी पुरुषलिंग आकारको वस्तु किनेर आफ्नो यौन चाहना पूरा गरिरहेकी छु ।

म हरेक दिन उक्त साधनबाट र कहिलेकाहीँ आफ्नै औँला योनिमा पसाएर यौनसन्तुष्टि लिइरहेको छु । तर, मलाई अहिले डर लागिरहेको छ । यस्तो गर्दा केही हानि गर्छ कि ? विवाहपछिको यौनसम्पर्कमा फरक पार्ला ? मेरो योनिको प्वाल पनि केही ठूलो भएको छ । के हस्तमैथुन गर्दा योनिको प्वाल ठूलो हुन्छ ?

सोफिया र प्रीति मात्र होइन, उनीहरूजस्ता अधिकांश महिलामा यस्तो समस्या रहने गरेको र हस्तमैथुनबारे दैनिक महिलाले जिज्ञासा राख्ने गरेको पुतलीसडकमा रहेको माता मनकामना आरोग्य योगकेन्द्रका जनरल फिजिसियन डा. समन रूपाखेतीले बताए । उनका अनुसार, पुरुषको तुलनामा महिलाले कम हस्तमैथुन गर्छन् । पुरुषको तुलनामा महिलाले कम हस्तमैथुन गर्ने गरेका चिकित्सकले बताए पनि हालसम्म यस विषयमा कुनै अध्ययन भने हुन सकेको छैन ।

बेलायतमा हालै गरिएको एक अध्ययनले पुरुषको तुलनामा महिलाले बढी हस्तमैथुन गर्ने गरेको तथ्यांक सार्वजनिक गरेको छ । युकेको इन्डिपेन्डेन्ट कम्पनी फर लिंगेरीले गरेको अध्ययनअनुसार, युकेका ९२ प्रतिशत महिलाले हस्तमैथुन गर्ने गरेका छन् भने पुरुषले भने ८९ प्रतिशतले मात्र हस्तमैथुन गर्ने गरेको देखाएको छ । अध्ययनमा सहभागी महिलामध्ये ६६ प्रतिशतले आफैँले हस्तमैथुन गर्ने गरेको बताएका छन् भने बाँकी २६ प्रतिशतले हात तथा अन्य साधन प्रयोग गर्ने गरेको तथा ८ प्रतिशतले भने हस्तमैथुन गर्ने नगरेको बताएका छन् ।

युकेमा जस्तो नेपालमा कति महिलाले हस्तमैथुन गर्छन् भन्ने जिज्ञासामा डा. रूपाखेती भन्छन्, 'नेपालमा कति महिलाले हस्तमैथुन गर्छन् भन्ने यकिन तथ्यांक सार्वजनिक भएको छैन । तर, हाम्रो विभिन्न अध्ययन-अनुसन्धानअनुसार ३५ देखि ४० प्रतिशत नेपाली महिलाले हस्तमैथुन गर्छन् ।' उनका अनुसार, नेपालमा पुरुषको तुलनामा महिलाले कम हस्तमैथुन गर्छन् । उनले केन्द्रमा हाल दैनिकजसो महिलाले हस्तमैथुनबारे जिज्ञासा राख्ने गरेको र तीमध्ये अधिकांश महिलाका श्रीमान् कामका लागि बिदेसिएका र बढी व्यस्त हुने श्रीमान्का श्रीमती रहेका बताए । टिनएज तथा विवाह नभएका थोरै महिलाले मात्र हस्तमैथुनका विषयमा जिज्ञासा राख्ने गरेका छन् ।

हस्तमैथुन के हो ?

यौनसन्तुष्टिका लागि आफ्नो यौनांगलाई आफैँले उत्तेजित पारी यौन आनन्द लिने कार्यलाई हस्तमैथुन भनिन्छ । डा. रूपाखेती यसलाई प्राकृतिक नियम मान्छन् । भन्छन्, 'यौन चाहना पूरा गर्न महिला तथा पुरुषले यौनसाथी नभएको अवस्थामा आफ्नै हातको प्रयोगले यौनचाहना पूरा गर्नु नै हस्तमैथुन हो ।' चिकित्सकले हस्तमैथुनलाई एकल यौनसन्तुष्टि पनि भन्ने गरेका छन् ।

चिकित्सकले सजिलो भाषामा आप\mनो यौनांग आफँैले चलाएर यौनसन्तुष्टि लिने एक किसिमको यौन क्रियाकलाप नै हस्तमैथुन हो भनेर परिभाषित गरेका छन् । डा. रूपाखेतीका अनुसार, नेपाली संस्कृति तथा संस्कारका कारण धेरै महिलाले हस्तमैथुन गर्दैनन् भन्ने मान्छन्, तर यथार्थ त्यस्तो छैन । महिलाले पनि यौनसन्तुष्टि पूरा गर्न हस्तमैथुनको सहारा लिएका हुन्छन् । डा. रूपाखेती भन्छन्, 'समाजमा भएका परिवर्तनले युवाको विवाह हुने उमेरलाई पछाडितिर धकेलेको छ भने अर्कातिर कामविशेषले विवाहित भए पनि जोडी छुट्टएिर बस्नुपरेको स्थिति छ । यौनसम्पर्क गर्न पाउने बाटो नभएपछि मानिसले वैकल्पिक बाटोका रूपमा हस्तमैथुनलाई लिने गरेका छन् ।'

यौनआनन्द लिने उपायमध्ये यौनांगको घर्षण्ा नै प्रमुख हो । मानिसले आप\mनो यौनांगको घर्षण्ा अरू कसैको यौनांगमा गराएर मात्र यौनआनन्द लिन्छ भन्ने छैन । यौनसाथी नभएको अवस्थामा मानिसले आफ्ना यौनांगलाई आफँै घर्षण गराएर पनि आनन्द लिने गर्छन् । डा. रूपाखेतीका अनुसार, हस्तमैथुन एउटा यस्तो उपाय हो, जसबाट मानिसले आप\mनो यौनांगको घर्षण्ा गराएर यौनआनन्द तथा यौन चरमसुख प्राप्त गर्छ ।

महिलाले कसरी हस्तमैथुन गर्छन् ?

हाम्रो समाजमा महिलाले हस्तमैथुन गर्दैनन् भन्ने धेरैलाई लाग्ने गरेको छ । तर, पुरुषको जस्तै महिलाले पनि विभिन्न उपाय अपनाएर हस्तमैथुन गर्ने गरेका छन् । डा. रूपाखेतीका अनुसार, महिलाको हस्तमैथुनबारे पहिलेको तुलनामा केही बढी चर्चा हुने गरेको छ र उनीहरूले हस्तमैथुन गर्ने कुराको स्वीकारोक्ति मात्र व्यक्त गरेका छैनन्, बरु यसबारे खोजीनीति गर्न थालेका छन् । उनी भन्छन्, 'महिलाले विभिन्न किसिमले हस्तमैथुन गर्न सक्छन् । महिलाले आफूलाई कसो गर्दा सन्तुष्टि मिल्छ, त्यहीअनुसार हस्तमैथुन गर्छन् । तर, सबै महिलाले आफ्नो भगांकुर चलाउने योनिमा केही पसाउनुदेखि यौन संवेदनशील अंगलाई सुमसुमाएर वा मर्दन गरेर चरमसुख प्राप्त गर्ने गरेका छन् ।'

महिलाले विभिन्न यौनांगलाई प्रयोगमा ल्याई हस्तमैथुन गर्ने गरेको पाइएको छ । महिलाले योनिमा आंैला पसाउनेदेखि आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउने पनि गर्छन् । महिलाले योनिलाई वा अन्य यौनांगलाई यसरी नै चलाउनुपर्छ वा घर्षण्ा गर्छन् भन्ने स्पष्ट वा कुनै ठीक तरिका भने छैन । उनीहरूले आफूलाई मन पर्ने कुनै पनि तरिकाले आफ्ना यौनांलाई चलाएर हस्तमैथुन गर्ने गरेका छन् । डा. रूपाखेतीका अनुसार, चलाउने वा घर्षण्ा गर्नेदेखि बाहेक दबाब दिने, विस्तारै हल्लाउने, जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्नेजस्ता अनेक उपायबाट पनि महिलाले यौनआनन्द लिने गरेका छन् । यीबाहेक महिलाले आफ्नो योनि, स्तन, नाइटो, ओठ, घाँटीको छाला, तिघ्रालगायतका शरीरका अन्य अंगको स्पर्श, मर्दन वा सुमसुम्याएर पनि यौनआनन्द लिने गरेका छन् । तर, अचेल बजारमा आएका विभिन्न कृत्रिम यौनसाधन तथा वस्तुको प्रयोग गरेर पनि महिलाले हस्तमैथुन गर्ने गरेको पाइएको छ भने कतिपय महिलाले पानीको फोहोराको प्रयोग गरेर पनि यौन चाहना पूरा गर्ने गरेका छन् ।

हस्तमैथुनको फाइदा

हाम्रो समाजमा हस्तमैथुनलाई नकारात्मक रूपमा हेर्ने गरिन्छ । तर, हस्तमैथुनले मानिसलाई फाइदै गर्छ । हालसम्म हस्तमैथुनको नकारात्मक असर देखिएको छैन । सर्वप्रथम त हस्तमैथुनले यौनेच्छाको दमनबाट हुने तनाबबाट मानिसलाई मुक्ति दिलाउँछ । हरेक मानिसमा यौन चाहना हुने गर्छ । पुरुषले हस्तमैथुनका विषयमा खुलेर कुरा गर्छन्, तर महिलाले भने यसलाई लुकाउने गरेका छन् । डा. रूपाखेतीका अनुसार, यौनचाहना स्वाभाविक कुरा हो र यसलाई शान्त पार्न यौनसम्पर्क नै गर्नुपर्छ भन्ने धेरैको धारण्ाा छ । तर, यौनसम्पर्क गर्न नपाइएको स्थितिमा हस्तमैथुन एक राम्रो विकल्प हो ।

खुलारूपमा भने पनि, नभने पनि धेरैजसोले हस्तमैथुन गर्ने गर्छन् र यो स्वाभाविक कुरा पनि हो । हस्तमैथुन गरेमा मुखमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, विवाहपछि आप\mनो यौनसाथीलाई सन्तुष्टि दिन नसक्नेलगायतका अनेकौँ भ्रम म्ानिसमा रहने गरेको छ । तर, हस्तमैथुनले यस्ता स्वास्थ्यसम्बन्धी कुनै हानि गर्दैन । हस्तमैथुन आफैँले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले भने समस्या उत्पन्न गराउन सक्छ । मानिसले हस्तमैथुन गरिसकेपछि आफ्नो मनमा विभिन्न डर तथा भय राखेर समस्या उत्पन्न गर्ने गरेका छन् । डा रूपाखेती भन्छन्, 'हस्तमैथुनले शरीरमा कुनै हानि गर्दैन, त्यसकारण हस्तमैथुनबाट हानि हुन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ ।' हस्तमैथुनले मानिसमा रहेको यौनचाहना शान्त पार्न मद्दत पुर्‍याउने भएकाले यसले यौनअपराधलाई कम गर्न सहयोग पुग्छ भन्ने पनि थुप्रै छन् । यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण्ा, अन्य व्यक्तिसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एचआइभी र एड्स वा अन्य यौनरोग लाग्नबाट पनि बचावट हुने भयो । यसका अलावा हस्तमैथुनले मानिसलाई आफ्ना यौनअंगलाई राम्ररी नियालेर हेर्ने, अंग-प्रत्यंगलाई जान्ने अवसर दिनुका साथै आफैँलाई आनन्द दिने कार्यमा सहयोग पुर्‍याउने गर्छ ।

बढी हस्तमैथुन गर्नु हानिकारक

हस्तमैथुनले मानिसलाई फाइदा गर्ने भए पनि बढी मात्रामा हस्तमैथुन गर्नु शरीरका लागि हानि पुर्‍याउनु हो । डा. रूपाखेतीले हस्तमैथुन एक स्वाभाविक यौन अभिव्यक्ति भएकाले यसलाई निश्चित सीमासम्म सुरक्षित तवरले गर्दा कुनै हानि नगर्ने बताए । उनका अनुसार, सातामा दुईदेखि तीनपटकसम्म हस्तमैथुन गर्नु राम्रो हुन्छ । तर, त्योभन्दा बढी गर्दा नकारात्मक असर पर्न सक्छ । महिलाले हस्तमैथुन गर्दा योनिमा केही पसाएर आनन्द लिने गरेकाले योनिमा कुनै वस्तु पसाउनुअघि ध्यान दिनुपर्छ । महिलाले योनिमा आंैला पसाउनेदेखि बाहेक लिंग आकारको वस्तु पसाउने गर्छन् । अहिले यौन प्रसाधनका रूपमा लिंगको स्वरूपजस्तो वस्तु बजारमा पाइने भएकाले त्यही वस्तुको प्रयोगबाट बढी यौनआनन्द लिने गर्दा भोलि आफ्नो यौनसाथीसित सम्पर्क गर्दा आनन्द नपाइन सक्छ । त्यसकारण महिलाले लत लाग्नेगरी तथा आवश्यकभन्दा बढी हस्तमैथुन गर्नु हानिकारक मानिन्छ । यसका साथै योनिमा प्रवेश गराइने वस्तु सफा-सुग्घर हुन आवश्यक छ । यदि ती वस्तु सफा छैनन् भने यौनांगमा विभिन्न संक्रमण देखा पर्न सक्छ । त्यसकारण योनिमा कुनै कुरा पसाएर हस्तमैथुन गर्दा केही ध्यान दिनु आवश्यक रहेको डा. रूपाखेतीले बताए । उनका अनुसार, बजारमा पाइने त्यस्ता साधनका कारण महिलालाई लत लाग्न सक्छ र वैवाहिक जीवनमा चरम यौनसन्तुष्टि प्राप्तिका लागि पुनः हस्तमैथुनकै सहरा लिनुपर्ने हुन सक्छ ।

योनिको आकारमा परिवर्तन हुँदैन

महिलामा योनिमा कुनै वस्तु छिराएपछि योनिको आकार ठूलो हुन्छ भन्ने भ्रम छ । तर, योनिमा त्यस्ता वस्तु प्रवेश गराउँदा योनिको आकारमा परिवर्तन आउँदैन । तर, योनिमा वस्तु तथा औंला छिराउँदा योनिको हार्माेन, झल्िली भने च्यातिने गर्छ । हार्मोन, झल्िली च्यातिनु भनेको हाम्रो समाजमा कुमारीत्व गुमाउनु भन्ने बुझन्िछ । डा. रूपाखेतीका अनुसार, अहिलेको समयमा महिला खेलकुद, व्यायाम तथा अन्य शारीरिक अभ्यासमा रहने भएकाले महिलाको त्यो झल्िली च्यातिने सम्भावना पहिले नै रहेको हुन्छ ।

चिकित्सकका अनुसार, योनिको सालाखाला लम्बाइ यस्तै ३ इन्चको हुन्छ । यौन उत्तेजनाको वेलामा यसको लम्बाइ बढेर ४ इन्चसम्म पनि पुग्न सक्छ र योनिद्वार पनि केही खुल्न जान्छ । सामान्य अवस्थाको कुरा गर्दा यसको भित्ता एक-अर्कासँग टाँसिएका हुन्छन् । योनि मांशपेसीले बनेको नली आकारको एक विशेष अंग हो र यस अंगमा निकै नै तन्कन र खुम्चन सक्ने गुण्ा हुन्छ । तन्कन र खुम्चन सक्ने गुण्ा भएकै कारण्ा विभिन नापको लिंग योनिमा प्रवेश गर्दा मिल्ने स्थिति रहन्छ । योनिमा कुनै कुरा औंला होस् वा लिंग वा अरू कुनै वस्तु प्रवेश गराइएमा वरिपरिबाट योनिको भित्ता सो वस्तुमा टाँसिएको अवस्थामै हुन्छ । वस्तुअनुसार नै यसको गोलाइमा परिवर्तन हुन्छ । डा. रूपाखेती भन्छन्, 'हस्तमैथुनले कतै योनि खुकुलो हुन्छ कि भन्ने चासो पनि कतिपय युवतीमा भएको पाइन्छ, तर योनि एक विशेष किसिमले बनेको मांशपेसीको नली आकारको अंग हो । सामान्य अवस्थामा यसका भित्ता एक-अर्कासँग टाँसिएका हुन्छन् र कुनै वस्तु योनिमा पसेपछि त्यसैअनुरूप त्यसलाई ठाउँ दिन्छ । हस्तमैथुन गर्दा मात्र होइन, लिंगको प्रवेश नै हुँदा पनि योनिमा खास संरचनागत परिवर्तन आउँदैन ।' उनका अनुसार, योनिमार्गबाट बच्चा जन्मिसकेपछि भने केही परिवर्तन देखिन्छ, जुन कुरा लिंगले थाहा पाउँछ भन्ने पनि छैन । तर, उनले धेरै मात्रामा योनिमा बजारमा पाइने कृत्रिम यौनांगको प्रायोगले योनिमा भने केही परिवर्तन देखाउने बताए ।

यसरी बचौँ आँखा पाक्ने रोगबाट

प्रवीण ढकाल

image

के तपाइर्ंको आँखामा डिल सुनिने, चिलाउने र चिप्रा लाग्ने तथा आँखा रातो हुन समस्या देखिन थालेको छ ? त्यसो हो भने चिकित्सकलाई देखाइहाल्नुहोस् । राजधानीमा बढ्दो प्रदूषण र वषर्ात्का कारण अहिले आँखा पाक्ने रोगबाट धेरै मानिस संक्रमित भइरहेका छन् ।

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका निर्देशक डा. मोहनराज बज्राचार्यका अनुसार वषर्ायाम सुरु भएलगत्तै अस्पतालमा आँखा पाक्ने रोगका बिरामीको संख्यामा वृद्धि भइरहेको छ । उनले अस्पतालमा दैनिक ३० देखि ४० जनासम्म आँखा पाक्ने समस्याको उपचारका लागि आइरहेको बताए । 'आँखा पाक्ने रोग जुनसुकै समयमा पनि हुन सक्छ, तर वषर्ात्को वेला र धुलो बढी हुने समयामा यो रोग धेरैलाई लाग्न सक्छ,' निर्देशक बज्राचार्यले भने 'भाइरस, ब्याक्टेरिया तथा एलर्जीका कारण हुने भएकाले यसको संक्रमण महामारीका रूपमा कुनै पनि समयमा फैलन सक्छ । त्यसकारण हामी १२ महिना सतर्क रहेर बसेका हुन्छौँ ।'

वर्षात्को मौसमसँगै दाङ तथा रसुवामा यो रोगको संक्रमण फैलिए लगत्तै राजधानीमा यसका लागि उच्च सतर्कता फैलाइएको बिपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्र, शिक्षण्ा अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. डिएन साहले बताए । उनका अनुसार वषर्ात्को समयमा तापक्रम बढी हुने र पानीको माध्यमबाट भाइरस तथा ब्याक्टेरियाको संक्रमण जताततै बढ्ने सम्भावना रहेकाले यो समयमा बढी सतर्कता अपनाउनुपर्छ ।

'वषर्ात्को समयमा ब्याक्टेरिया तथा भाइरस बढी सक्रिय हुन्छन्, जसका कारण यो रोगले महामारीकै रूप पनि लिन सक्छ,' निर्देशक शाहले भने ।

असारको दोस्रो सातामा फाट्टफुट्ट बिरामी आउने गरेकोमा भदौको तेस्रो सातासम्म बिरामीको चाप अत्यधिक बढेको आँखा अस्पतालका निर्देशक बज्राचार्यले बताए । उनका अनुसार अस्पतालमा साउनदेखि असोजसम्म बढी मात्रामा यो रोगको उपचारका लागि चाप बढ्ने गरेको छ । यो रोग अधिकांश बालबालिका तथा महिला र मोटरसाइकल चढ्नेमा देखिएको छ ।

वर्षात्को समयमा फोहोर पानी र भाइरल जीवाण्ाु तथा धुलो, धुवाँका कारण आँखा पाक्ने रोग संक्रमण्ा बढेको चिकित्सकहरूले बताएका छन् । आँखा पाक्ने रोग लाग्नुभन्दा पहिला आँखा चिलाउन थाल्ने, आँसु आइरहने र आँखा रातो हुने लक्षण्ा देखापर्ने भएकाले यस्तो लक्षण देखापर्नेबित्तिकै उपचार गरेमा एक सातामा निको हुने निर्देशक बज्राचार्यले बताए । उनले आँखामा यस्ता समस्या आउनेबित्तिकै औषधि पसलमा गएर जथाभाबी औषधि हाल्न नहुने जानकारी दिए । 'आँखा रातो हुने, दुख्ने तथा चिप्रा लाग्ने गरेको छ भन्दैमा आँखा पाकेको भन्न मिल्दैन । आँखामा विभिन्न समस्या भएर पनि यस्तो समस्या आउन सक्छ । यसका साथै आँखा विभिन्न कारणले पाक्ने भएकाले सबैमा एकैखालको औषधि काम नलाग्न सक्छ,' निर्देशक बज्राचार्य भन्छन्, 'ब्याक्टेरिया, भाइरस, एलर्जी तथा फङ्गसका कारणले आँखा पाक्ने हुँदा यिनीहरूको उपचारका लागि पनि छुट्टै औषधि चाहिन्छ, जुन औषधि पसलम बस्नेलाई थाहा हुन्न र उनीहरूले सबैलाई एकैखालको औषधि दिने गर्छन् । जसका कारण आँखामा अझ ठूलो समस्या देखापर्न सक्छ । लामो समयसम्म कडाखालको औषधि लगाइरहेको छ वा उपचार नै गरेको छैन भने आँखाको ज्योतिसम्म गुम्न सक्छ ।'

आँखा पाक्ने कारण

आँखा पाक्ने समस्याका अनेक कारण छन् । यही कारणले आँखा पाक्छ भन्ने छैन । तर पनि धुलो, धुवाँ, प्रदूषण, दूषित पानी तथा सरसफाइ कमीका कारण आँखा पाक्ने समस्या उत्पन्न भइरहेको चिकित्सकहरूले बताउँदै आएका छन् । वर्षायाम सुरु भएलगत्तै आँखा पाक्ने रोगको संक्रमण्ा बढी मात्रामा देखापर्ने गर्छ ।

आँखा पाक्नु भनेको आँखाको सबैभन्दा बाहिरी पत्र सुन्निनु, चिप्रा लागिरहनु, आँखा रातो हुनु हो । चिकित्सकहरूका अनुसार यो रोग भाइरस, ब्याक्टेरिया, फङ्गस, एलर्जीका कारणले लाग्ने गर्छ । यीबाहेक अरू कारण्ा जस्तै आँखामा गलत औषधि प्रयोग, रासायनिक पदार्थसँगको संसर्ग, विषालु कीराको टोकाइ तथा सौन्दर्य प्रशाधन, अत्तर अन्य औषधिको साइड इफेक्टका कारण पनि आँखा पाक्ने समस्या हुने डा. बज्राचार्यले बताए । उनका अनुसार भाइरस वा ब्याक्टेरियाबाट हुने यो रोग एकजनालाई हुनासाथ पूरा परिवारमा फैलिने सम्भावना अत्यधिक रहेको हुन्छ । त्यसकारण आँखा पाक्ने रोगबाट पीडित बिरामीले सार्वजनिक स्थल, भीडभाड, विद्यालय, कलेज तथा मानिसको जमघट भएको स्थानमा नजानु नै राम्रो हुन्छ । तर, एलर्जीबाट हुने संक्रमण भने एकबाट अर्कोमा सर्ने सम्भावना निकै कम रहेको हुन्छ ।

सामान्यतया नेपालमा हरपास, एडि्रनो र हरपोसजोस्टर भाइरसका कारण आँखा पाक्ने बिरामी बढी रहेको डा. बज्राचार्याले बताए । उनका अनुसार ब्याक्टेरियाबाट हुने संक्रमणभन्दा भाइरसबाट हुने संक्रमण बढी खतरनाक हुने गर्छ । ब्याक्टेरियाका कारण हुने संक्रमणमा परेला धेरै सुन्निने, सुत्दा परेला टाँसिन्छ, आँखाबाट कचेरा वा पानी बढी आउने, आँखा रातो हुनेलगायत समस्या देखापर्छ भने भाइरसबाट हुने संक्रमणमा ज्वरो आउने, रुघाखोकी लाग्ने, ज्यादै पोल्ने, काँडाले खोचेजस्तै हुने, टाउको दुख्ने, प्रकाश सहन नसक्ने र आँखाको नानीमा सुजन हुने भएकाले तत्काल उपचार गराइहाल्नुपर्छ । उनी भन्छन्, 'समयमै उपचार भएन भने नानीमा घाउ हुने तथा आँसु आइरहने र लामो समयसम्म पनि औषधि नगरेमा आँखाको ज्योति नै गुम्न सक्छ ।'

उपचार तथा बच्ने उपाय

आँखा पाक्ने रोग सरसफाइको कमी तथा प्रदूषण र दूषित पानीका कारण हुने भएकाले सबैले सरसफाइमा ध्यान दिन आवश्यक छ । विशेषगरी व्यक्तिगत सरसफाइमा बढी ध्यान दिने गरेमा पनि यो रोगबाट बच्न सकिन्छ । तर, वषर्ात्को समयमा तथा गर्मी मौसममा वातावरण बढी प्रदूषित हुने र पिउने पानी दूषित हुने भएकाले यो समयमा स्वास्थ्यको बढी ख्याल गर्नुपर्छ । यो मौसममा यो रोग लाग्ने सम्भावना बढी हुने भएकाले बढीभन्दा बढी सफा पानीले मुख धुने गर्नुपर्छ । 'अरू समयमा बिहान-बेलुका सफा पानीले मुख धुने गरे पनि वषर्ात्को मौसममा बारम्बार सफा पानीले मुख धुने गर्नुपर्छ,' डा. बज्राचार्यले भने ।

यो रोग लाग्नुभन्दा पहिल्यै सुरुसुरुमा आँखा बिझाउने त्यसपछि रातो हुन थाल्ने लक्षण देखापर्छन् भने कतिपयलाई आँसु आउने, कचेरा निस्किने, आँखाको कोस सुन्निने, उज्यालोमा हेर्न अप्ठ्यारो हुने र सामान्य ज्वरोसमेत आउने गर्छ । डा. बज्राचार्यले यस्तो लक्षण्ा देखा पर्नासाथ चिकित्सकलाई देखाएर उपचार गरिहाल्नुपर्ने बताए ।

चिकित्सकहरूका अनुसार आँखा पाक्ने रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ । यो धेरै संक्रमित हुने भएकाले निकै छोटो समयमा एकबाट अर्कोमा सर्छ । त्यसकारण यो रोगबाट संक्रमित भएका व्यक्ति सार्वजनिकस्थलमा नजानु नै राम्रो हुने डा. बज्राचार्यले बताए । उनले आँखा पाकेको वेला सफा रुमाल प्रयोग गर्ने, कालो चस्मा लगाउने र आँखा मिच्नु नहुने सुझाब दिए । यस्तै, संक्रमित व्यक्तिबाट अन्यमा रोग सर्न नदिन पटक-पटक साबुन-पानीले हात मुख धुनुपर्ने तथा संक्रमित व्यक्तिले उपयोग गर्ने सामानलगायत उसको सम्पर्कमा नआउनु नै बचाउको मुख्य उपाय भएको डा. बज्राचार्यले जानकारी दिए ।

आँखा पाक्ने रोगको उपचार रोगअनुसार फरक-फरक हुने गरेको चिकित्सकहरूले बताएका छन् । यदि एलर्जीका कारण्ा यो रोग लागेको छ भने आँखालाई चिसो पुर्‍याउने वा नक्कली आँसु दिन सकिन्छ । बढी गम्भीर स्थितिमा भने 'नन स्टेराइड एन्टिइन्फलेमेन्ट्री' औषधि दिइन्छ । डा. बज्राचार्यले लामो समयसम्म एलर्जीका कारण यो संक्रमण भएमा 'टापिकल स्टेराइड ड्रप्स'समेत दिने गरेको बताए । उनका अनुसार ब्याक्टेरियल संक्रमणमा एन्टिबायोटिक आइड्रप वा मलम दिइन्छ भने भाइरल संक्रमणमा रोगको अवस्थाअनुसार उपचार गर्ने गरिन्छ । कुनै समयमा यसको संक्रमण कडा हुने भएकाले कसैकसैलाई अप्रेसनसमेत गर्नुपर्ने हुन्छ ।

Monday, June 6, 2011

जाजरकोटका प्रत्येक घरमा जीवनजल र पियुष वितरण गरिने

देशैभरिका स्वास्थ्य स्वयंसेवकको झोलामा १० वटा जीवनजल, पियुष र जिंक चक्की अनिवार्य रूपमा बोक्नुपर्ने निर्देशन
प्रवीण ढकाल
काठमाडौं, २१ जेठ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झाडापखालाको उच्च जोखिममा रहेको जाजरकोटका प्रत्येक घरमा जीवनजल र पानी शुद्ध पार्ने औषधि निःशुल्क वितरण गर्ने भएको छ ।
जिल्लामा झाडापखालाका बिरामी देखिन थालेकाले महामारी फैलन नदिन सरकारले जीवनजल र पानि शुद्ध पार्ने औषधि वितरण गर्ने कार्यक्रम ल्याएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. यशोवर्द्धन प्रधानले बताए । उनका अनुसार जाजरकोटका प्रत्येक घरमा चार/चार वटा जीवनजल र एक/एकवटा पानी शुद्ध पार्ने औषधि पियुष वितरण गर्न लागिएको छ ।
'२६ जेठबाट जिल्लामा जीवनजल र पियुष वितरण गर्ने काम सुरु हुनेछ,' उनले भने, 'जिल्लामा रहेका स्वास्थ्य स्वयंसेवक र स्वास्थ्यकर्मीले प्रत्येक घरमा जीवनजल र पियुष निःशुल्क वितरण गर्ने छन् ।' मन्त्रालयले ति जिल्लाका प्रत्येक स्वयंसेवकलाई झोलामा २० वटासम्म जीवनजल र केही पियुष अनिवार्य बोक्न निर्देशन दिइसकेको छ । मन्त्रालयले जाजरकोटका लागि आवश्यक जीवनजल र पियुष पठाउने काम सुरु गरिसकेको महानिर्देशक प्रधानले बताए ।
वषर्ा लाग्नवित्तिकै जाजरकोटमा मात्र नभई देशैभरि झाडापखालाको प्रकोप देखिन थालेकाले सम्पूर्ण स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई सर्तक गराइसकिएको छ । महानिर्देशक प्रधान भन्छन्, 'अस्पतालमा झडापखालाका बिरामी आउने क्रम बढ्दै गएकाले स्वास्थ्य संस्थाका सबै कर्मचारीलाई सतर्क गराउँदै बिदासमेत नबसी जुनसुकै अवस्थामा बिरामीको उपचार गर्न निर्देशन दिइसकिएको छ ।' उनका अनुसार दुई वर्ष अगाडिको जस्तै महामारी फैलन सक्ने सम्भावना रहेकाले जाजरकोटलगायत अन्य जिल्लामा रहेका र्‍यापिड रेस्पोन्स टिमलाई सक्रिय बनाइएको छ ।
महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. विश्वराज खनालले दुई वर्षअघिको जस्तो अवस्था आउन नदिन विशेष तयारी गरेको र जिल्ला-जिल्लामा स्वास्थ्यकर्मी तथा औषधि पठाइसकेको बताए । भन्छन्, 'यो झाडापखालाको प्रकोप रोक्न सबैले खानपान तथा सफासुग्घरमा विशेष ध्यान दिनुपर्छ ।' उनका अनुसार देशभरमै उच्च सतर्कता अपनाउँदै देशभरिका प्रत्येक गाविसका स्वास्थ्य स्वयंसेवकले झोलामा १० वटा जीवनजल, केही पियुष र जिंक चक्की अनिवार्य बोक्न निर्देशन दिइसकिएको छ ।
सरकारले वैशाखदेखि असोजसम्मलाई झाडापखाला खतराको महिनाको सूचीमा राखेको छ । यो समयमा खानेपानी, खानेकुरा तथा जताततै फोहोर हुने भएकाले झाडापखालाका रोगी बढ्ने गरेको पाइन्छ । डा. खनालका अनुसार दुईवर्ष अगाडि महामारी देखिएका १८ जिल्लामा पुनः महामारी आउनसक्ने भएकाले ति जिल्लामा सर्तकता अपनाइएको छ । महाशाखाले जाजरकोट, रुकुम, दैलेख, सुर्खेत, डोल्पा, रोल्पा, सल्यान, प्युठान, डडेल्धुरा, अछाम, बाजुरा, डोटी, बैतडी, बझाङ, धादिङ, मकवानपुर, कैलाली र कन्चनपुरलाई उच्च जोखिममा राखेको छ । काठमाडौं उपत्यकालाई समेत जोखिम क्षेत्रका रूपमा हेरिएको छ ।
'वषर्ायाममा पानीका मुहान फोहोर हुने, गर्मीका कारण दुग्ध र दुग्धजन्य पदार्थ, अन्डा तथा अन्य खानेकुरा चाँडै बिग्रने भएकाले यो समयमा झाडापखालाका रोगी बढी देखिन्छन्,' डा. खनालले भने, 'त्यसकारण सधैं पानी उमालेर वा शुद्धीकरण गरेको पिउने गर्नुपर्छ । घरबाहिर जथाभावी खानुहँुदैन ।'
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर बर्सेनि २० अर्ब मानिस झाडापखालाबाट संक्रमित हुन्छन् । तिमध्ये नेपालमा बर्सेनि १० लाखभन्दा बढी संक्रमित हुने गरेको बताइन्छ । नेपालका दुर्गम क्षेत्रमा झाडापखालाले महामारीको रूप लिनुमा त्यस क्षेत्रमा चर्पीको व्यवस्था नहुनु, स्वच्छ खानेपानी अभाव, कुपोषण, सरसफाइसम्बन्धी चेतनाको कमी नै प्रमुख कारण रहेको चिकित्सकहरूले बताउँदै आएका छन् ।

Saturday, June 4, 2011

डाबर र वैद्यनाथका आयुर्वेदिक औषधिमा हानिकारक ब्याक्टेरिया

प्रवीण ढकाल
नयाँ
पत्रिका काठमाडौं २० जेठ
भारतीय बहुराष्ट्रिय कम्पनीहरु डाबर इन्डिया र वैद्यनाथ प्रालिद्वारा उत्पादित आयुर्वेदिक औषधिमा मानव स्वास्थ्यका लागि हानिकारक ब्याक्टेरिया फेलापरेको छ । डाबरका तीन र वैद्यनाथका चार किसिमका चूर्णमूलक औषधिमा ब्याक्टेरिया भेटिएको हो ।
औषधि व्यवस्था विभागले बजारमा गरेको निरीक्षणका क्रममा दुवै कम्पनीद्वारा उत्पादित औषधिमा मानव स्वास्थ्यलाई हानि गर्ने ब्याक्टेरिया फेलापारेको हो । दुवै कम्पनीका ब्याक्टेरिया भेटिएका औषधि बजारबाट फिर्ता ल्याउन ती कम्पनीका नेपालस्थित कार्यालयलाई निर्देशन दिइएको विभागका औषधि निरीक्षक श्याम अधिकारीले बताए ।
विभागको अनुगमनमा डाबरका ए ६००२० नम्बर ब्याचको प्युसामुग चूर्ण एएल ००४७ नम्बरको अभिपत्तिकर चूर्ण र एल ०९७५ नम्बर ब्याचको लावण भास्कर चूर्णमा कीटाणु भेटिएको हो । चि
कित्सकका अनुसार प्युसामुग चूर्ण महिलाको तल्लो पेट दुख्दा अभिपत्तिकर चूर्ण ग्यास्ट्रिक र लावण भास्कर पाचन उपचारका लागि प्रयोग गरिन्छ ।
त्यसैगरी वैद्यनाथ कम्पनीको १४७ नम्बर ब्याचको अभिपत्तिकर चूर्ण १ नम्बर ब्याचको चोपचिनियादी चूर्ण ५ नम्बर ब्याचको अश्वोगान्धी चूर्ण र १७८ नम्बर ब्याचको सितोपलादी चूर्णमा मानव स्वास्थ्यलाई हानिकारक कीटाणु भेटिएको हो । चिकित्सकका अनुसार वैद्यनाथका अभिपत्तिकर चूर्ण ग्यास्ट्रिक चोपचिनियादी चूर्ण छालासम्बन्धी एलर्जी अश्वोगान्धी चूर्ण निद्रा तथा तनाव कम गर्न र सितोपलादी चूर्ण खोकीको उपचारमा प्रयोग गरिन्छ ।
विभागले आयुर्वेदिक औषधिमा मानव स्वास्थ्यलाई हानि गर्ने ब्याक्टेरिया भेटिएपछि करिब एक महिनाअघि दुवै कम्पनीका नेपालस्थित कार्यालयमा पत्र पठाएर ब्याक्टेरिया फेलापरेका ब्याच नम्बरका सम्पूर्ण चूर्ण फिर्ता गर्न निर्देशनसहितको पत्र पठाएको थियो । तर पत्र पठाएको एक महिना बितिसक्दा पनि ती कम्पनीले औषधि फिर्ता मगाए-नमगाएकोबारे विभागलाई कुनै जानकारी दिएका छैनन् ।
विभागले पत्र पठाएपछि अनिवार्य रुपमा उत्पादकले सम्बन्धित ब्याचका उत्पादन फिर्ता गरिएको परिमाणबारे जानकारी गराउनुपर्ने प्रावधान छ । डाबर इन्डियाको आयुर्वेदिक औषधिको नेपालमा तिनकुनेस्थित लुना ट्रेनिङ कम्पनी र वैद्यनाथको रौतहटको गौरस्थित राजेश मेडिसिन प्रालिले डिलरको अनुमति लिएका छन् ।
ुती आयुर्वेदिक औषधिले बिरामीको रोग निको हुनेभन्दा पनि थप इन्फेक्सन हुने देखियोु विभागका औषधि निरीक्षक अधिकारीले भने ुत्यही कारण हामीले ती ब्याचका सबै औषधि फिर्ता गर्न निर्देशन दिएका हौँ ।ु उनका अनुसार हानिकारक औषधि फिर्ता नगरिए डाबर र वैद्यनाथको नेपालमा दर्ता लाइसेन्स नै खारेज हुनेछ ।
ुऔषधिको गुणस्तर कस्तो छ भनेर विभागको ल्याबमा गरिएको परीक्षणका क्रममा ती औषधिमा मानव स्वास्थ्यलाई हानि गर्ने विभिन्न किसिमका ब्याक्टेरिया फेलापरेपछि बजारमा भएका सम्बन्धित ब्याच नम्बरका सम्पूर्ण औषधि उठाएर फिर्ता लैजान पत्र पठाएका हौँु अधिकारीले भने ुकेही समयपछि हामी बजारमा फेरि अनुगमन गछौर्ं यदि फिर्ता लगिएको रहेनछ भने हामी कारबाही प्रकि्रया अघि बढाउँछौँ ।ु दुवै कम्पनीका नेपालस्थित कार्यालयमा पत्र पठाइसकेकाले केही समयपछि पुनः बजार अनुगमन गरिने उनको भनाइ छ ।

Tuesday, May 31, 2011

जारको पानीमा लेउ, प्रहरीले वाणिज्य विभागलाई बुझायो विवरण

image

शान्ति मन्त्रालयका उपसचिव प्रेम सन्जेलको उजुरीमा प्रहरीले छापा मार्दा अरू जारमा पनि लेउ भेटियो

नयाँ पत्रिका

काठमाडौं, १६ जेठ

बजारमा बिक्री भइरहेको 'इभा' नाम गरेको प्रशोधित जारको पानीमा हरियो लेउ फेलापरेको छ । प्रहरीले पसलमा छापा मारेर लेउसहितको जार बरामद गरे पनि कम्पनीका मालिक भने सम्पर्कमा आएका छैनन् ।

भक्तपुर झौखेलमा कारखाना रहेको स्वस्तिक वेभरेज प्रालिले इभा ब्रान्डको पानी उत्पादन गर्दै आएको छ, तर जारमा ब्याच नम्बर र उत्पादन मिति नराखी उसले जार बजारमा पठाइरहेको छ ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयका उपसचिव पे्रम सञ्जेलले प्रशोधित शुद्ध पिउने पानीको जारमा लेउ फेलापरेपछि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएका छन् । सञ्जेलले काठमाडौंको ३५ नम्बर वडा नरेफाँटमा रहेको अर्चना श्रेष्ठको पसलबाट किनेर लगेको पानीमा लेउ फेलापरेपछि जनस्वास्थ्यमाथि खेलवाड गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

'जारको पानी त शुद्ध होला नि भनेर किनेर लगेको त भित्र सानो लेउ पो रहेछ,' उनले भने, 'पानीजस्तो संवेदनशील पदार्थमा पनि लापरबाही गरेको पाइएपछि प्रहरीमा उजुरी दिएको हुँ ।' प्रहरी तथा उपभोक्ताले पसलमा छापा मार्दा पसलमा रहेका अन्य जारमा पनि लेउ फेलापरेको थियो ।

प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक चक्रबहादुर सिंहले पानीमा लेउ भेटिएपछि वाणिज्य विभागमा जानकारी गराएको बताए । 'पानीको जारमा लेउ फेलापरेपछि वाणिज्य विभागमा हामीले जारको पानी र कम्पनीको विवरण बुझाएका छौँ,' उनले भने, 'यस विषयमा वाणिज्य विभागले छानबिन गरेपछि उपभोक्ता कानुनका आधारमा कारबाही हुनेछ ।'

प्रहरीले जारको पानीमा लेउ बिक्री गर्ने पसले श्रेष्ठ तथा पानी उत्पादक कम्पनीका कर्मचारी चन्द्र चुँडालसँग सोधपुछ गरेको थियो । पसले श्रेष्ठले कम्पनीबाट नै पानी त्यस्तो आएकोले यसमा आफ्नो गल्ती नरहेको जानकारी दिएकी छिन् भने कम्पनीका कर्मचारी चुँडालले आफू यस विषयमा बोल्ने आधिकारिक व्यक्ति नभएकाले यस विषयमा कम्पनीका प्रमुखसँग कुरा गर्नुपर्ने बताएको प्रहरीले जनाएको छ । 'चुँडालले आफू कम्पनीको कर्मचारी भएको भन्दै कुरा गर्न नमानेपछि कम्पनीका जिम्मेवार व्यक्तिलाई बोलाएका थियौँ तर कम्पनीबाट कोही पनि सम्पर्कमा आएको छैन,' उपरीक्षक सिंहले नयाँ पत्रिकासित भने ।

जारको पानीमा लेउ फेलापरेको पसलमा प्रहरीसहित निरीक्षणका लागि गएका उपभोक्ता हित संरक्षण मञ्च काठमाडौंका सचिव जगन्नाथ मिश्रले आमउपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्नेमाथि कारबाही गर्नुपर्ने बताए । उनले पानीमा प्रस्ट रूपमा देखिने गरी लेउ बन्दा नदेखिने कीटाणु कति होलान् भन्ने प्रश्न गरे ।

वाणिज्य विभागले सो पानीको विषयमा विस्तृत अध्ययन गरेपछि मात्र जानकारी गराउने जनाएको छ । यसअघि पनि बजारमा बिक्रीका लागि राखिएका प्रशोधित पानीमा लेउ तथा अखाद्य पदार्थ फेलापर्ने गरेका थिए । वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार निरीक्षणका क्रममा हरेक वर्ष विभिन्न उत्पादकहरूले बिक्रीका लागि बजारमा पठाएका पानीमा समस्या फेलापार्ने गरेको छ । गत वर्षमात्र विभागले बजारमा बिक्रीका लागि राखिएका दैनिक उपभोग्य वस्तुहरूको परीक्षणका क्रममा अक्वा नाम जोडिएका सात थरी प्रशोधित पानी गुणस्तरहीन पाएको थियो । निरीक्षणका क्रममा पाइएका सबै पानीमा सरकारले तोकिएको मापदण्ड नपाएपछि विभागले ती पानी उत्पादन गर्ने संस्थाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दर्ता गरेको थियो । तर, अखाद्य पानीको बिक्री रोकिएको छैन ।

Thursday, May 26, 2011

परिवार नियोजन संघको अनियमितता छानबिन गर: आइपिपिएफ

image

संघले हालसम्म पनि आइपिपिएफको म्यान्डेट कार्यान्वयन नगर्दा आइपिपिएफको दक्षिण एसियाली क्षेत्रीय कार्यालय (सारो)ले पत्र पठाएर अनुदान रकम रोकिएको जानकारी गराएको छ

नेपाल परिवार नियोज संघमा भएको अनियमितता सरकारीस्तरबाटै छानबिन नगरिए आफूले दिँदै आएको वाषिर्क एक अर्ब रुपैयाँ सहयोग नदिने अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघ (आइपिपिएफ)ले स्पष्ट पारेको छ ।

प्रधानमन्त्री झलनाथ खनाल र स्वास्थ्यमन्त्री शक्तिबहादुर बस्नेतलाई भेटेर आइपिपिएफका उच्च अधिकारीको टोलीले संघको अन्तर्राष्ट्रिय सदस्यतासमेत खारेज गर्ने चेतावनी दिएको हो । आचारसंहिताको पालना नगरेको भन्दै आपिपिएफले अनुदान रोक्ने चेतावनी दिएपछि संघ अप्ठयारोमा परेको छ ।

प्रधानमन्त्री खनालसँगको भेटमा आइपिपिएफका उच्च अधिकारीहरूले संघमा देखिएको अनियमितता छानबिन र अहिलेको कार्यकारिणी समिति विघटनको माग राखेको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार मिलन तुलाधरले जानकारी दिए । 'संघको अहिलेको कार्यकारिणी समिति विघटन गरिनुुपर्ने आइपिपिएफका उच्च अधिकारीहरूको माग छ,' तुलाधरले भने, 'अनियमितताबारे सरकारले अध्ययन गरोस् भन्ने उनीहरूले चाहेका हुन् ।'

संघमा देखिएको अनियमिततालाई सरकारले गम्भीर रूपमा लिएको भन्दै प्रधानमन्त्री खनालले यथाशीघ्र उच्चस्तरीय कार्यदल गठन हुने आश्वासन दिएका थिए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता बालकृष्ण सुवेदीका अनुसार प्रधानमन्त्रीकै निर्देशनमा स्वास्थ्य सचिव डा. सुधा शर्माको अध्यक्षतामा पाँच सदस्यीय उच्चस्तरीय कार्यदल गठन भएको छ । कार्यदलमा प्रधानमन्त्री कार्यालय, गृह र कानुन मन्त्रालयका अधिकारीहरू प्रतिनिधि छन् ।

'उच्चस्तरीय कार्यदल गठन भइसकेको छ, यसले आगामी शुक्रबारसम्म मुख्यसचिव माधवप्रसाद घिमिरेमार्फत प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउनेछ,' सुवेदीले भने । कार्यदलले अध्ययन गरिरहेको भन्दै त्यसबारे धेरै बोल्न नमिल्ने उनको भनाइ थियो ।

आइपिपिएफले दिएको सुझाव तथा आचारसंहितको कार्यान्वयन नगरिँदा संघ बन्द हुने अवस्थामा पुगेको भन्दै त्यहाँ कार्यरत कर्मचारी तथा स्वयंसेवकसमेत आन्दोलित छन् । गत डिसेम्बरमा गरिएको प्रमाणीकरणमा संघले आइपिपिएफको म्यान्डेटविपरीत काम गरेको पाइएपछि तत्काल नसच्चाए सहयोग रोक्ने उसको चेतावनी थियो । तर संघले हालसम्म पनि आइपिपिएफको म्यान्डेट कार्यान्वयन नगर्दा आइपिपिएफको दक्षण्िा एसियाली क्षेत्रीय कार्यालय -सारो)ले पत्र पठाएर अनुदान रकम रोकिएको जानकारी गराएको संघको निवर्तमान कार्यसमिति सदस्य अमुसिंह सिँजापतीले बताइन् ।

केन्द्रीय कार्यसमितिमा रहेका केही व्यक्तिका कारण संघको अस्तित्व समाप्त हुन लागेको भन्दै सिँजापतीले केही समयअघि सदस्यबाट राजीनामा दिएकी थिइन् । उनका अनुसार अनुदान रोकिएपछि संघको अस्तित्वमात्र नभएर देशभरिका शाखामा कार्यरत पाँच सयभन्दा बढी कर्मचारी अप्ठयारोमा परेका छन् भने प्रजनन् स्वास्थ्य सेवासमेत प्रभावित भएको छ ।

'केन्द्रीय कार्यसमितिकै दोषका कारण आइपिपिएफले संघलाई उपलब्ध गराउँदै आएको अनुदान कटौती गरेको छ,' सिँजापतीले भनिन्, 'आइपिपिएफले सोही कारण संघका केन्द्रीय अध्यक्ष सुवास प्रधानलाई सार्क क्षेत्रीय कोषाध्यक्षबाट निलम्बन गरेको छ ।' उनका अनुसार तत्कालै केन्द्रीय र जिल्ला समिति विघटनसहित विधान संशोधन गरी नयाँ समिति गठन नगरे आइपिपिएफले अन्तर्राष्ट्रिय सदस्यतासमेत खारेज गर्ने चेतावनी दिएको छ ।

आइपिपिएफको पछिल्लो आचारसंहिताअनुसार संघमा स्वयंसेवकका रूपमा रहने समितिका पदाधिकारीले बढीमा १५ वर्ष काम गर्न पाउने, संघको प्रमुख पाँच पदमा बढीमा १२ वर्ष र एउटै पदमा बढीमा ६ वर्षमात्र काम गर्न पाउछन् । तर, नेपालमा संघले केन्द्रबाहेक देशभरिका जिल्ला शाखामा यो प्रावधान लागू नभएको आइपिपिएफको प्रमाणीकरणमा पत्ता लागेको थियो । 'आइपिएफको म्यान्डेट पालना गर्नका लागि जिल्ला शाखाहरूको विधान नै परिवर्तन गर्नुपर्ने हुन्छ,' सिँजापतीले भनिन्, 'तर, केन्द्रीय समितिमा रहेका केही व्यक्ति तथा स्वयंसेवकको पदलोलुपताका कारण विधान नै संसोधन नगरी जिल्लामा चुनाव गर्न लागेपछि सारोले अनुदान रोक्का गरेको हो ।'

संकटमा परेपछि संघ जोगाउन अपिल गर्दै केही दिनअघि कर्मचारी एवं स्वयंसेवकहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतलाई ज्ञापनपत्र बुझाएका थिए । संघ बन्द हुने अवस्था आएकाले सरकारलाई गुहारेको बताउँदै सिँजापतीले भनिन्, 'केन्द्रीय पदाधिकारीको पदलोलुपता र गलत कामको मारमा संघका सबै कर्मचारी तथा स्वयंसेवक परेका छन् ।'

तत्काल संघले सरकारीस्तरबाट विश्वसनीय ढंगमा अर्को समिति गठन गर्नुपर्ने शर्त आइपिपिएफले अघि सारेको छ । संघको सम्पूर्ण अधिकार हुने सो समितिमा स्वास्थ्य मन्त्रालयका एक अधिकारी आगामी चुनावमा भाग लिन इच्छुक नभएका एक स्वयंसेवक र तीनजना विशेषज्ञ रहनुपर्ने व्यवस्था गरेको छ । समितिले संघको विधान संशोधन गरी आगामी कार्यकालका लागि केन्द्रीय र जिल्ला पदाधिकारी नियुक्त गरेपछि मात्र सदस्यता निलम्बन प्रक्रिया रोक्ने र अनुदान फुकुवा गर्ने आइपिपिएफले जनाएको छ ।

'आइपिपिएफले संघमा आवद्ध रहेका स्वयंसेवकले बढीमा १५ वर्षसम्म मात्र काम गर्न पाउने कुरा विधानमा उल्लेख गर्नुपर्ने स्पष्ट पारेको छ,' संघअन्तर्गत रहेको नेपाल राष्ट्रिय कर्मचारी संगठनका सचिव रोहितबहादुर रेग्मीले भने, 'तर, केही स्वयंसेवकले आजीवन संघमा आवद्ध रहन तथा पदलोलुपताका कारण विधान नै संशोधन नगरी चुनाव गर्न लागेकाले आइपिपिएफले अनुदान रोकिदिएको हो ।' उनका अनुसार विधान संशोधनका लागि संघले गत १४ फागुनमा विशेष अधिवेशन आह्वान गरेको थियो । तर, धनुषा जिल्लाका सभापति नथुनीलाल दास र कास्कीका सभापति दिवसमान प्रधानांगले पाटन जिल्ला अदालतमा रिट हालेपछि विशेष अधिवेशन हुन सकेको छैन ।

आइपिपिएफले प्रत्येक पाँच वर्षमा संघको प्रमाणीकरण गर्दै आएको छ । आइपिपिएफको एक सदस्य संस्था भएकाले उसका सुझाव कार्यान्वयन गर्नु संघका लागि बाध्यात्मक हुन्छ । उसका सुझाव कार्ययोजनाअनुसार कार्यान्वयन नभएमा आइपिपिएफले दिँदै आएको अनुदान रोक्नसक्ने अधिकार पाएको हुन्छ । साथै, संघ र दातृसंस्थाबीच वाषिर्क सहयोग सम्झौतासमेत कोष कार्यान्वयन गर्न सर्तनामा राखिएका हुन्छन् । ती सर्तनामा कार्यान्वयन नभएमा आइपिपिएफले अनुदान रोक्नसक्ने तथा संघलाई नै निलम्बन गर्नसक्ने, अनुदान घटाउन सक्ने र अनुदान नै रद्द गर्न सक्ने प्रावधान छ ।

देशभरि संघका ३८ जिल्ला शाखा छन् भने गैरसरकारी संस्थासँगको साझेदारीमा थप चार जिल्लामा काम भइरहेको छ । यसअन्तर्गत एक हजार दुई सय क्लिनिक तथा गैरक्लिनिक सेवा केन्द्र, पाँच सय पूर्णकालीन कर्मचारी, एक हजार सामुदायिक परामर्शदाता, चार हजार साथी शिक्षक र ११ हजार स्वयंसेवक परिचालित छन् । नेपालामा सन् १९५९ मा स्थापना भएको संघले सन् १९६० मा आइपिपिएफको सहसदस्यता र सन् १९६९ मा पूर्णसदस्यता प्राप्त गरेको थियो ।

सुर्ती नियन्त्रण ऐन कार्यान्वयनको विकल्प छैन


image

शान्तलाल मुल्मी

कार्यकारी निर्देशक, प्राथमिक

स्वास्थ्य सेवा स्रोत केन्द्र

दशक लामो प्रयासपछि सुर्ती नियन्त्रण ऐन ल्याइए पनि केही व्यापारी विशेषगरी सुर्ती उत्पादक कम्पनीले यसको विरोध गरेका छन् । यो विरोध कुनै पनि हालतमा जायज छैन । आमनागरिकलाई स्वस्थ बनाउने यो ऐन कार्यान्वयन गर्न सरकारले कुनै कन्जुस्याइँ गर्नु हुन्न ।

नेपाल सरकारले हालै सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन ल्याएको छ । झन्डै दशकभन्दा लामो प्रयासपछि राजनीतिक दलको सर्वसम्मतबाट संसद् पास भएर आएको सो ऐनले सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाउने तथा बालबालिका र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न नपाउने जस्ता व्यवस्था गरेको छ । नेपालमा सर्वप्रथम विद्युतीय सञ्चारमाध्यममा धुम्रपान तथा सुर्तीजन्य पदार्थको विज्ञापन गर्न नपाइने व्यवस्था लागू गर्नका लागि अग्रणी भूमिका खेलेका तथा सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनका लागि सन् १९९६ देखि आवाज उठाउँदै आएका प्रथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीसँग यसै साता विश्वभर मनाइन लागिएको 'नो टुबाको डे' अर्थात् सुर्तीजन्य पदार्थविरुद्धको दिवसको सन्दर्भमा नेपालको ऐनको विषयमा गरिएको कुराकानीः

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा हरेक वर्ष ५० लाखभन्दा बढी मानिसको सुर्तीजन्य पदार्थको प्रयोगबाट अकालमा मृत्यु भैरहेको छ । यदि यस्तै रहेमा सन् २०२० सम्म ८४ लाख र सन् २०३० सम्म यो बढेर १ करोड पुग्ने संगठनको अनुमान छ । नेपालमा पछिल्ला वर्षमा हरेक दिन सुर्ती तथा सुर्तीजन्य पदार्थको सेवन गर्नेको संख्यामा वृद्धि हुँदै गैरहेको छ । विशेषगरी युवाको सुर्ती तथा सुर्तीजन्य पदार्थको सेवनमा वृद्धि हुँदै गैरहेको अवस्था छ । तथ्यांकअनुसार नेपालको कुल जनसंख्याको झन्डै ३७ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गरेको पाइन्छ । पछिल्लो तथ्यांकअनुसार ३१.२ प्रतिशत पुरुष र १५.५ प्रतिशत महिलाले चुरोटमात्र पिउने गरेको देखाएको छ । यसमा पनि ग्रामीण क्षेत्रका ३२.९ प्रतिशत महिलाले धुम्रपान गर्ने गरेको पाइन्छ ।

०००

हामीले सुर्ती नियन्त्रण ऐन ल्याउन धेरै लामो समय कुर्नुपर्‍यो । झन्डै एक दशक लामो प्रयासपछि सरकारले ऐन ल्याएको छ । ढिलै भएपनि सरकारले निकै नै राम्रोसँग ऐन पास गरेको छ । ऐन पास हुन समय लाग्नुमा देशको राजनीतिक अवस्था तथा केही सुर्ती उत्पादक कम्पनीको चलखेलका कारण भएको हो । विश्वमा सुर्ती सेवनका कारण मानव मृत्युको दरमा भैरहेको वृद्धिलाई रोक्न विश्व स्वस्थ्य संगठनको पहलमा सन् २००३ मा सुर्तीविरुद्धको अन्तर्राष्ट्रिय अभिसन्धि -एफसिटिसी) पारित भयो । त्यही वर्ष डिसेम्बरमा नेपालले पानि सो अभिसन्धिमा हस्ताक्षर गरेको थियो । सोही अभिसन्धिअनुरूप सरकारले पहिले नै ऐन ल्याउनुपर्ने थियो तर लामो समयपछि सरकारका तर्फबाट सकारात्मक निर्णय भएकाले यसको कार्यान्वयनतर्फ सबै लाग्नुपर्छ ।

पछिल्ला समयमा सुर्तीजन्य पदार्थको सेवन गर्नेको संख्यामा वृद्धि हुँदै गएकाले उनीहरूको संख्यामा कमी ल्याउन, नेपाली जनतालाई सुर्ती सेवनजस्तो कुलतबाट बचाई स्वस्थ्य जीवन बाँच्न पाउने नैसर्गिक अधिकारको प्रत्याभूति गर्न, क्यान्सर, हृदयाघात, नपुंसकता, दम, छालाको रोगजस्ता असंख्य विभिन्न रोगबाट बचाउन, गरिबलाई कुलतबाट हुने अझ बढी गरिबीबाट बचाउन, हानिकारक सुर्तीखेतीको सट्टा अन्नबाली तथा तरकारी बालीको लागि प्रोत्साहन गर्न र भावि सन्ततिलाई स्वच्छ र स्वस्थ वातावरण प्रदान गर्न सुर्तीजन्य वस्तु नियन्त्रण र नियमन गर्न ऐनको आवश्यकता परेको हो । सरकारले सोहीअनुरूप ऐन ल्याएको छ ।

०००

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐनमा राष्ट्रपतिबाट लालमोहर लागेलगत्तै यो ऐनलाई ढिलो लागू गर्न र यसको प्रभावकारीतालाई चुनौती दिन व्यापारी वर्ग विशेषगरी सुर्ती उत्पादक कम्पनीहरू बढी सशक्त रूपमा अगाडि बढिरहेका छन् । संसारभर नै सुर्ती नियन्त्रण ऐन आउँदा विरोध भएका छन् त्यसकारण यसमा हामी अड्किनु हँुदैन । नेपाललाई स्वस्थ राष्ट्र बनाउन तथा सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि यो ऐन निकै नै राम्रो छ । केही उत्पादक कानुन लागू हुन लागेपछि चलमलाएका हुन् । उनीहरूको बेतुकको हौवालाई चिर्न सरकारी तथा अन्य संघसंस्थाबाट यसको पूर्ण कार्यान्वयनतर्फ लाग्न आवश्यक छ ।

०००

सबैको सहयोग भएमा यो ऐन पूर्ण रूपमा कार्यान्वयन हुन्छ । राजनीतिक दलको सर्वसम्मत मत तथा विभिन्न गैरसकारी संस्थाको सहयोगमा आएको यो ऐन कार्यान्वयनमा समस्या छैन । यसको कार्यान्वयनका लागि सरकारसहित सञ्चार जगत्, क्षयरोग निवारण केन्द्र, हृदयरोग प्रतिष्ठान, प्रोपब्लिक, सिविन, नेपाल अर्बुद रोग निवारण संस्थालगायतका थुपै्र संघसस्था लागिपरेका छन् । ती सम्पूर्ण संस्थाको सञ्जाल देशव्यापी भएकाले ऐनको कार्यान्वयनमा समस्या आउँदैन । यसका साथै सन् १९९६ देखि सुर्ती नियन्त्रणका लागि कार्य गर्दै आएको हाम्रो संस्थाको देशभर ५२ जिल्लामा 'स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल' क्रियाशील छ । त्यसले ऐनलाई कार्यान्वयनमा ल्याउन कार्य गर्नेछ । यसअघि कानुन नभएर समस्या परेको थियो तर अब समस्या हुनेछैन ।

ऐन लागू भएपछि उद्योग बन्द हुन्छ र बेरोजगारी बढ्छ भन्दै केही उद्योग सञ्चालकले ऐनको विरुद्धमा आवाज उठाइरहेका छन् । उनीहरूले ऐनलाई ढिला लागू गर्न तथा जनतामा भ्रम सृजना गराउन त्यस्तो हल्ला गरेका हुन् । ऐन लागू भएपछि उद्योग बन्द हुन्छ र बेरोजगारी बढ्छ भन्नु बिल्कुल गलत कुरा हो । यो कानुनको पहिलो प्रयास सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने हो, बन्द गर्ने होइन । नेपालले बनाएको कानुनले नेपालका सुर्ती उद्योग नै बन्द गर्ने होइन, केही हदसम्म कडाइमात्र गरेको हो । यसले सुर्ती कम्पनीलाई निरुत्साहित गर्न खोजेको पक्कै हो तर उद्योग नै बन्द हुन्छ भन्ने होइन । केही उत्पादकले सुर्ती उत्पादक कृषकले सुर्ती उत्पादन गर्न नपाउने हुँदा कृषक भोकभोकै मर्ने कुरा गरेका छन् । त्यो एकदमै गलत कुरा हो । नेपाल सरकारले सुर्ती नियन्त्रणसम्बन्धी अभिसन्धिलाई अनुमोदन

गरिसकेकाले सरकारले त्यसैअनुसार सुर्ती खेती गर्ने किसानका लागि वैकल्पिक खेती -अन्नबाली/तरकारी बाली) का लागि आवश्यक सहुलियत प्रदान गर्नुपर्ने प्रावधान रहेको छ । सुर्ती उद्योगको सट्टा वैकल्पिक स्थानीय सिप साधनको उद्योग सञ्चालन गर्नुपर्ने दायित्व सरकारको रहने हुँदा बेरोजगार बढ्छ भन्ने तर्क युक्तिसंगत छैन ।

०००

सुर्ती कम्पनीले सरकारलाई करोडौँ राजस्व दिइरहेका छन् । यो ऐन लागू भएपछि देशको राजस्व घट्छ र देशको वाषिर्क बजेटमा असर पर्छ भन्ने भ्रम सबैमा रहेको पाइन्छ । तर, वास्तमा यो ऐन लागू भएपछि राजस्व घट्ने होइन झन् बढ्छ । अहिलेसम्मको विश्वको तथ्यांकलाई अध्ययन गर्दा सुर्ती नियन्त्रण कानुनले प्रस्ताव गरेको 'प्रगतिशील कर' बाट सरदर सरकारी राजस्वमा ७ प्रतिशतले वृद्धि भएको छ । यो कानुन लागू गर्दा कुनै पनि देशको राजस्व घटेको छैन । नेपालले पनि सोहीअनुरूप कर उठाउने भएकाले राजस्व घट्ने सम्भावना छैन ।

०००

नेपाली उत्पादकले यो ऐन विदेशी सुर्ती कम्पनीलाई प्रोत्साहन दिने चाल भन्दै नचाहिँदो हल्ला गरिरहेका छन् । यो ऐनले त झन् नेपली उत्पादकलाई फाइदा पुर्‍याउनेछ । नेपालमा केही सशक्त व्यापारी/उद्योपतिले यो कानुन विदेशीको इसारामा लागू गर्न लागेको र यसले विदेशी सुर्ती कम्पनीलाई लाभ मिल्छ भन्ने भ्रम फैलाइरहेका छन् । बास्तवमा त्यस्तो होइन । यो ऐन स्वदेशी र विदेशी सबै कम्पनीलाई लागू हुनेछ । यति मात्र होइन सुर्ती सेवनबाट हुने हानीसम्बन्धी चित्रात्मक सन्देश नेपाली भाषामा लेख्नुपर्ने हुँदा वास्तवमा विदेशी सुर्तीजन्य पदार्थको नेपालमा बिक्रीवितरणमा ह्रास आउने कुरा स्पष्ट छ । चित्रात्मक सन्देश नेपालीमा प्रस्ट रूपमा लेख्नुपर्ने भएपछि कुनैपनि विदेशी उत्पादकले नेपाललाई मात्र भनेर यस्ता वस्तु उत्पादन नगर्ने तथा विदेशी उत्पादक नेपालमा हाम्रो ऐनविपरीत पाइए गैरकानुनी हुने भएकाले यो नियमले विदेशी उत्पादकलाई भन्दा नेपाली उत्पादकलाई फाइदा हुने प्रस्ट देखिन्छ ।

०००

सुर्तीजन्य पदार्थको बट्टामा ७५ प्रतिशत भाग ओगट्ने गरी चित्र र सन्देश राख्ने व्यवस्था अव्यावहारिक छ भन्ने तर्क पनि सुनिएको छ । तर, यसलाई अव्यावहारिक भन्न मिल्दैन । युरुग्वेले ८० प्रतिशत, होन्डुरसले ८० प्रतिशत, टर्कीले ६५ प्रतिशत, फिलिपिन्स, पाराग्वेले ६० प्रतिशत, मरिससले अगाडि ६० प्रतिशत र पछाडि ७० प्रतिशत, त्यस्तै अस्ट्रेलियाले पछाडि सय प्रतिशत, न्युजिल्यान्डले ९० प्रतिशत, कुक आइलैन्डले ९० प्रतिशत र त्यस्तै अरू धेरै राष्ट्रले सुर्ती सेवनबाट हानी हुने कुराको जानकारी शब्द र चित्रद्वारा दिँदै आएका छन् । अस्ट्रेलियामा त चुरोटको बट्टालाई 'सोकेस' मा सर्वसाधारणलाई देखाएर राख्नै पाइन्न भित्र लुकाएर मात्र राख्नुपर्छ । यस्तै परिस्थितिमा नेपालले गरेको ७५ प्रतिशत चित्रात्मक सन्देशको व्यवस्था अरू देशको तुलनामा निकै नै व्यावहारिक र तर्कसंगत छ र यसले नेपालको प्रतिष्ठा वृद्धि गर्नेछ ।

०००

सुर्ती कानुनकै कारण भुटानले सुर्तीमुक्त राष्ट्र भनेर घोषणा गरेको छ । हाम्रोमा भर्खर मात्र ऐन पास भएर आएको छ, त्यसकारण अहिले नै नेपाललाई सुर्तीमुक्त राष्ट्र बनाइहाल्न सकिन्छ भन्न सकिन्न । ऐन पास भएर सुर्तीजन्य पदार्थ नियन्त्रणतर्फ बामे सरिरहेको अवस्थामा तत्कालै सुर्तीमुक्त राष्ट्र हुन्छ भन्न गाह्रो छ । सर्वप्रथम ऐनलाई नै लागू गर्नतर्फ लाग्नुपर्छ ।

प्रस्तुती:प्रवीण ढकाल

dhakalprabin@gmail.com