Pages

Wednesday, June 15, 2011

यसरी बचौँ आँखा पाक्ने रोगबाट

प्रवीण ढकाल

image

के तपाइर्ंको आँखामा डिल सुनिने, चिलाउने र चिप्रा लाग्ने तथा आँखा रातो हुन समस्या देखिन थालेको छ ? त्यसो हो भने चिकित्सकलाई देखाइहाल्नुहोस् । राजधानीमा बढ्दो प्रदूषण र वषर्ात्का कारण अहिले आँखा पाक्ने रोगबाट धेरै मानिस संक्रमित भइरहेका छन् ।

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका निर्देशक डा. मोहनराज बज्राचार्यका अनुसार वषर्ायाम सुरु भएलगत्तै अस्पतालमा आँखा पाक्ने रोगका बिरामीको संख्यामा वृद्धि भइरहेको छ । उनले अस्पतालमा दैनिक ३० देखि ४० जनासम्म आँखा पाक्ने समस्याको उपचारका लागि आइरहेको बताए । 'आँखा पाक्ने रोग जुनसुकै समयमा पनि हुन सक्छ, तर वषर्ात्को वेला र धुलो बढी हुने समयामा यो रोग धेरैलाई लाग्न सक्छ,' निर्देशक बज्राचार्यले भने 'भाइरस, ब्याक्टेरिया तथा एलर्जीका कारण हुने भएकाले यसको संक्रमण महामारीका रूपमा कुनै पनि समयमा फैलन सक्छ । त्यसकारण हामी १२ महिना सतर्क रहेर बसेका हुन्छौँ ।'

वर्षात्को मौसमसँगै दाङ तथा रसुवामा यो रोगको संक्रमण फैलिए लगत्तै राजधानीमा यसका लागि उच्च सतर्कता फैलाइएको बिपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्र, शिक्षण्ा अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. डिएन साहले बताए । उनका अनुसार वषर्ात्को समयमा तापक्रम बढी हुने र पानीको माध्यमबाट भाइरस तथा ब्याक्टेरियाको संक्रमण जताततै बढ्ने सम्भावना रहेकाले यो समयमा बढी सतर्कता अपनाउनुपर्छ ।

'वषर्ात्को समयमा ब्याक्टेरिया तथा भाइरस बढी सक्रिय हुन्छन्, जसका कारण यो रोगले महामारीकै रूप पनि लिन सक्छ,' निर्देशक शाहले भने ।

असारको दोस्रो सातामा फाट्टफुट्ट बिरामी आउने गरेकोमा भदौको तेस्रो सातासम्म बिरामीको चाप अत्यधिक बढेको आँखा अस्पतालका निर्देशक बज्राचार्यले बताए । उनका अनुसार अस्पतालमा साउनदेखि असोजसम्म बढी मात्रामा यो रोगको उपचारका लागि चाप बढ्ने गरेको छ । यो रोग अधिकांश बालबालिका तथा महिला र मोटरसाइकल चढ्नेमा देखिएको छ ।

वर्षात्को समयमा फोहोर पानी र भाइरल जीवाण्ाु तथा धुलो, धुवाँका कारण आँखा पाक्ने रोग संक्रमण्ा बढेको चिकित्सकहरूले बताएका छन् । आँखा पाक्ने रोग लाग्नुभन्दा पहिला आँखा चिलाउन थाल्ने, आँसु आइरहने र आँखा रातो हुने लक्षण्ा देखापर्ने भएकाले यस्तो लक्षण देखापर्नेबित्तिकै उपचार गरेमा एक सातामा निको हुने निर्देशक बज्राचार्यले बताए । उनले आँखामा यस्ता समस्या आउनेबित्तिकै औषधि पसलमा गएर जथाभाबी औषधि हाल्न नहुने जानकारी दिए । 'आँखा रातो हुने, दुख्ने तथा चिप्रा लाग्ने गरेको छ भन्दैमा आँखा पाकेको भन्न मिल्दैन । आँखामा विभिन्न समस्या भएर पनि यस्तो समस्या आउन सक्छ । यसका साथै आँखा विभिन्न कारणले पाक्ने भएकाले सबैमा एकैखालको औषधि काम नलाग्न सक्छ,' निर्देशक बज्राचार्य भन्छन्, 'ब्याक्टेरिया, भाइरस, एलर्जी तथा फङ्गसका कारणले आँखा पाक्ने हुँदा यिनीहरूको उपचारका लागि पनि छुट्टै औषधि चाहिन्छ, जुन औषधि पसलम बस्नेलाई थाहा हुन्न र उनीहरूले सबैलाई एकैखालको औषधि दिने गर्छन् । जसका कारण आँखामा अझ ठूलो समस्या देखापर्न सक्छ । लामो समयसम्म कडाखालको औषधि लगाइरहेको छ वा उपचार नै गरेको छैन भने आँखाको ज्योतिसम्म गुम्न सक्छ ।'

आँखा पाक्ने कारण

आँखा पाक्ने समस्याका अनेक कारण छन् । यही कारणले आँखा पाक्छ भन्ने छैन । तर पनि धुलो, धुवाँ, प्रदूषण, दूषित पानी तथा सरसफाइ कमीका कारण आँखा पाक्ने समस्या उत्पन्न भइरहेको चिकित्सकहरूले बताउँदै आएका छन् । वर्षायाम सुरु भएलगत्तै आँखा पाक्ने रोगको संक्रमण्ा बढी मात्रामा देखापर्ने गर्छ ।

आँखा पाक्नु भनेको आँखाको सबैभन्दा बाहिरी पत्र सुन्निनु, चिप्रा लागिरहनु, आँखा रातो हुनु हो । चिकित्सकहरूका अनुसार यो रोग भाइरस, ब्याक्टेरिया, फङ्गस, एलर्जीका कारणले लाग्ने गर्छ । यीबाहेक अरू कारण्ा जस्तै आँखामा गलत औषधि प्रयोग, रासायनिक पदार्थसँगको संसर्ग, विषालु कीराको टोकाइ तथा सौन्दर्य प्रशाधन, अत्तर अन्य औषधिको साइड इफेक्टका कारण पनि आँखा पाक्ने समस्या हुने डा. बज्राचार्यले बताए । उनका अनुसार भाइरस वा ब्याक्टेरियाबाट हुने यो रोग एकजनालाई हुनासाथ पूरा परिवारमा फैलिने सम्भावना अत्यधिक रहेको हुन्छ । त्यसकारण आँखा पाक्ने रोगबाट पीडित बिरामीले सार्वजनिक स्थल, भीडभाड, विद्यालय, कलेज तथा मानिसको जमघट भएको स्थानमा नजानु नै राम्रो हुन्छ । तर, एलर्जीबाट हुने संक्रमण भने एकबाट अर्कोमा सर्ने सम्भावना निकै कम रहेको हुन्छ ।

सामान्यतया नेपालमा हरपास, एडि्रनो र हरपोसजोस्टर भाइरसका कारण आँखा पाक्ने बिरामी बढी रहेको डा. बज्राचार्याले बताए । उनका अनुसार ब्याक्टेरियाबाट हुने संक्रमणभन्दा भाइरसबाट हुने संक्रमण बढी खतरनाक हुने गर्छ । ब्याक्टेरियाका कारण हुने संक्रमणमा परेला धेरै सुन्निने, सुत्दा परेला टाँसिन्छ, आँखाबाट कचेरा वा पानी बढी आउने, आँखा रातो हुनेलगायत समस्या देखापर्छ भने भाइरसबाट हुने संक्रमणमा ज्वरो आउने, रुघाखोकी लाग्ने, ज्यादै पोल्ने, काँडाले खोचेजस्तै हुने, टाउको दुख्ने, प्रकाश सहन नसक्ने र आँखाको नानीमा सुजन हुने भएकाले तत्काल उपचार गराइहाल्नुपर्छ । उनी भन्छन्, 'समयमै उपचार भएन भने नानीमा घाउ हुने तथा आँसु आइरहने र लामो समयसम्म पनि औषधि नगरेमा आँखाको ज्योति नै गुम्न सक्छ ।'

उपचार तथा बच्ने उपाय

आँखा पाक्ने रोग सरसफाइको कमी तथा प्रदूषण र दूषित पानीका कारण हुने भएकाले सबैले सरसफाइमा ध्यान दिन आवश्यक छ । विशेषगरी व्यक्तिगत सरसफाइमा बढी ध्यान दिने गरेमा पनि यो रोगबाट बच्न सकिन्छ । तर, वषर्ात्को समयमा तथा गर्मी मौसममा वातावरण बढी प्रदूषित हुने र पिउने पानी दूषित हुने भएकाले यो समयमा स्वास्थ्यको बढी ख्याल गर्नुपर्छ । यो मौसममा यो रोग लाग्ने सम्भावना बढी हुने भएकाले बढीभन्दा बढी सफा पानीले मुख धुने गर्नुपर्छ । 'अरू समयमा बिहान-बेलुका सफा पानीले मुख धुने गरे पनि वषर्ात्को मौसममा बारम्बार सफा पानीले मुख धुने गर्नुपर्छ,' डा. बज्राचार्यले भने ।

यो रोग लाग्नुभन्दा पहिल्यै सुरुसुरुमा आँखा बिझाउने त्यसपछि रातो हुन थाल्ने लक्षण देखापर्छन् भने कतिपयलाई आँसु आउने, कचेरा निस्किने, आँखाको कोस सुन्निने, उज्यालोमा हेर्न अप्ठ्यारो हुने र सामान्य ज्वरोसमेत आउने गर्छ । डा. बज्राचार्यले यस्तो लक्षण्ा देखा पर्नासाथ चिकित्सकलाई देखाएर उपचार गरिहाल्नुपर्ने बताए ।

चिकित्सकहरूका अनुसार आँखा पाक्ने रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ । यो धेरै संक्रमित हुने भएकाले निकै छोटो समयमा एकबाट अर्कोमा सर्छ । त्यसकारण यो रोगबाट संक्रमित भएका व्यक्ति सार्वजनिकस्थलमा नजानु नै राम्रो हुने डा. बज्राचार्यले बताए । उनले आँखा पाकेको वेला सफा रुमाल प्रयोग गर्ने, कालो चस्मा लगाउने र आँखा मिच्नु नहुने सुझाब दिए । यस्तै, संक्रमित व्यक्तिबाट अन्यमा रोग सर्न नदिन पटक-पटक साबुन-पानीले हात मुख धुनुपर्ने तथा संक्रमित व्यक्तिले उपयोग गर्ने सामानलगायत उसको सम्पर्कमा नआउनु नै बचाउको मुख्य उपाय भएको डा. बज्राचार्यले जानकारी दिए ।

आँखा पाक्ने रोगको उपचार रोगअनुसार फरक-फरक हुने गरेको चिकित्सकहरूले बताएका छन् । यदि एलर्जीका कारण्ा यो रोग लागेको छ भने आँखालाई चिसो पुर्‍याउने वा नक्कली आँसु दिन सकिन्छ । बढी गम्भीर स्थितिमा भने 'नन स्टेराइड एन्टिइन्फलेमेन्ट्री' औषधि दिइन्छ । डा. बज्राचार्यले लामो समयसम्म एलर्जीका कारण यो संक्रमण भएमा 'टापिकल स्टेराइड ड्रप्स'समेत दिने गरेको बताए । उनका अनुसार ब्याक्टेरियल संक्रमणमा एन्टिबायोटिक आइड्रप वा मलम दिइन्छ भने भाइरल संक्रमणमा रोगको अवस्थाअनुसार उपचार गर्ने गरिन्छ । कुनै समयमा यसको संक्रमण कडा हुने भएकाले कसैकसैलाई अप्रेसनसमेत गर्नुपर्ने हुन्छ ।

No comments:

Post a Comment