Pages

Saturday, May 21, 2011

परिवार नियोजन संघ 'बन्द हुने अवस्थामा’

प्रवीण ढकाल
काठमाडौं
, ६ जेठ :

अन्तर्राष्ट्रिय
परिवार नियोजन महासंघ -आइपिपिएफ)ले नेपाल परिवार नियोजन संघलाई प्रदान गर्दै आएको अनुदान रकम रोक्का गरे
पछि संघको भविष्य संकटमा परेको छ । संघ बन्द हुने अवस्थामा आएको भन्दै कर्मचारी तथा स्वयंसेवकले संघको अस्तित्व जोगाउन आन्दोलन गर्दै आएका छन् ।

संघको केन्द्रीय कार्यसमितिको लापरबाहीका कारण आइपिपिएफले दिएको सुझाव तथा आचारसंहिताको कार्यान्वयन नभएकाले सहयोग रोकिएको कर्मचारीको भनाइ छ । नेपालमा बर्सेनि एक अर्बभन्दा बढी अनुदान दिँदै आएको आइपिपिएफले गत डिसेम्बरमा गरेको प्रमाण्ाीकरण्ाका क्रममा संघले आइपिपिएफको म्यान्डेटविपरीत कार्य गरेको पाएपछि तत्काल नसच्चाए सहयोग बन्द गर्ने चेतावनी दिएको थियो । तर संघले हालसम्म पनि आइपिपिएफको म्यान्डेट कार्यान्वयन नगरेकाले आइपिपिएफको दक्षण्िा एसियाली क्षेत्रीय कार्यालय -सारो)ले पत्र पठाएर अनुदान रकम रोकिएको जानकारी गराएको संघका निवर्तमान कार्यसमिति सदस्य अमुसिंह सिँजापतीले बताइन् ।

केन्द्रीय कार्यसमितिमा रहेका केही व्यक्तिका कारण संघको अस्तित्व समाप्त हुन लागेको भन्दै उनले केही समयअगाडि मात्र सदस्यबाट राजीनामा दिएकी थिइन् । उनका अनुसार अनुदान रोकिएपछि संघको अस्तित्व मात्र होइन देशभरका शाखामा कार्यरत ५ सयभन्दा बढी कर्मचारीको जागिर धरापमा परेको छ भने प्रजनन् स्वास्थ्य सेवा पाइरहेका लाखौँ नेपालीले पनि सेवा नपाउने सम्भावना बढेको छ ।

आइपिपिएफले संघका केन्द्रीय अध्यक्ष सुवास प्रधानलाई सार्क क्षेत्रीय कोषाध्यक्षबाट समेत निलम्बन गरेको छ । सिँजापतीका अनुसार तत्कालै केन्द्रीय र जिल्ला समिति विघटनसहित विधान संसोधन गरी नयाँ समिति गठन नगरे आइपिपिएफले अन्तर्राष्ट्रिय सदस्यतासमेत खारेज गर्ने चेतावनी दिएको छ ।

आइपिपिएफको पछिल्लो आचारसंहिताअनुसार संघमा स्वयंसेवकका रूपमा रहने समितिका पदाधिकारीले बढीमा १५ वर्ष काम गर्न पाउने, संघको प्रमुख पाँच पदमा बढीमा १२ वर्ष र एउटै पदमा बढीमा ६ वर्ष मात्र काम गर्न पाउने प्रावधान छ । नेपालमा भने संघले केन्द्रबाहेक देशभरका जिल्ला शाखाहरूमा यो म्यान्डेट पालना नगरेको आइपिपिएफले गरेको प्रमाण्ाीकरण्ामा पत्ता लागेपछि अनुदान रोक्का गरेको हो । 'आइपिएफको म्यान्डेट पालना गर्नका लागि जिल्ला शाखाहरूको विधान नै परिवर्तन गर्नुपर्ने हुन्छ' सिँजापतीले भनिन्, 'तर केन्द्रीय समितिमा रहेका केही व्यक्ति तथा स्वयंसेवकहरूको पद लोलुपताका कारण विधानै संसोधन नगरी जिल्लामा चुनाव गर्न लागेपछि अनुदान रोक्का गरेको हो ।'

संघको भविष्यमा संकटमा परेपछि संघ जोगाउन अपिल गर्दै बिहीबार कर्मचारी एवं स्वयंसेवकहरूले उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्ण्ाबहादुर महरालाई ज्ञापन बुझाएका छन् । आइपिपिएफले संघको तत्कालै सरकारीस्तरबाट विश्वसनीय ढंगमा अर्को समिति गठन गर्नुपर्ने शर्त अघि सारेको छ । समितिमा स्वास्थ्य मन्त्रालयका एक अधिकारी, आगामी चुनावमा भाग लिन इच्छुक नभएका एक स्वयंसेवक र तीनजना विशेषज्ञ रहनुपर्ने व्यवस्था छ । सो समितिले संघको विधान संशोधन गरी आगामी कार्यकालका लागि केन्द्रीय र जिल्ला पदाधिकारी नियुक्त गरेपछि मात्र सदस्यता निलम्बन प्रक्रिया रोक्ने र अनुदान फुकुवा गर्ने आइपिपिएफले बताएको छ ।

परिवार नियोजन संघअन्तर्गत रहेको नेपाल राष्ट्रिय कर्मचारी संगठनका सचिव रोहितबहादुर रेग्मीका अनुसार विधान संसोधनका लागि संघले गत १४ फागुनमा विशेष अधिवेशन आह्वान गरेको थियो । तर, धनुषा जिल्लाका सभापति नथुनीलाल दास र कास्कीका सभापति दिवसमान प्रधानांगले पाटन जिल्ला अदालतमा विशेष अधिवेशनविरुद्ध रिट हालेपछि विशेष अधिवेशन हुन सकेको छैन ।

आइपिपिएफले हरेक ५ वर्षमा संघको प्रमाण्ाीकरण्ा गर्दै आएको छ । आइपिपिएफको एक सदस्य संस्था भएको नाताले उसका सुझावहरू कार्यान्वयन गर्नु संघका लागि बाध्यात्मक हुन्छ । उसका सुझावहरू कार्ययोजनाअनुसार कार्यान्वयन नभएको खण्डमा आइपिपिएफले दिँदै आएको अनुदान रोक्नसक्ने अधिकार पाएको हुन्छ । साथै संघ र दातृसंस्थाबीच प्रत्येक वर्ष हुने फन्डिङ एगि्रमेन्टमा समेत फन्ड कार्यान्वयन गर्न शर्तनामाहरू राखिएका हुन्छन् । ती शर्तनामाहरू कार्यान्यन नभएको खण्डमा आइपिपिएफले अनुदान रोक्नसक्ने तथा संघलाई नै निलम्बन गर्नसक्ने, अनुदान घटाउन सक्ने तथा अनुदाननै रद्द गर्नसक्ने प्रावधान छ ।

Saturday, May 14, 2011

सरुवा रोग अस्पताल आइसियुविहीन

प्रवीण ढकाल
image

काठमाडौं, ३० वैशाख : सरुवा रोगसम्बन्धी देशकै एकमात्र रेफरल अस्पताल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सघन उपचार कक्ष -आइसियु) छैन । आइसियु नभएकाले त्यस्ता बिरामीलाई राजधानीका अन्य अस्पतालहरूमा पठाउने गरिएको छ ।

अस्पतालका चिकित्सकका अनुसार सरुवा रोग उपचारका लागि आइसियु अत्यन्त आवश्यक हुन्छ । अस्पतालमा सघन उपचार सुविधा नहुँदा सरुवा रोगको पूर्ण उपचार हुन सकिरहेको छैन भने वेलावेलामा उपचारमा समस्या आउने गरेको छ ।

'नेपालमा जुनसुकै मौसममा पनि स्वाइनफ्ल्यु, झाडापखाला, हैजा, डेंगु, टाइफाइड जस्ता सरुवा रोगको महामारी फैलिन सक्छ' अस्पतालका निर्देशक डा. मिथिला शर्माले भने 'त्यस्तो समयमा सिकिस्त बिरामीलाई आइसियुमा नराखी हुन्न । तर अस्पतालमा आइसियु नभएकाले हामी बिरामीलाई अन्य अस्पतालमा पठाउन बाध्य छौँ ।' उनका अनुसार सिकिस्त बिरामीलाई तत्काल आइसियुमा राखेर उपचार नगर्दा बिरामीको मृत्युसमेत हुनसक्छ ।

अस्पतालमा झन्डै सात वर्ष अगाडिसम्म आइसियुको व्यवस्था थियो । तर पर्याप्त स्रोत र जनशक्ति अभावमा अस्पतालका सो आइसियु बन्द भएको थियो । आइसियु बन्द भएकाले सात वर्षदेखि आइसियुमा जडान गरिएका उपचार तथा अन्य सामग्री थन्काइएका छन् । 'आइसियु सञ्चालन गर्ने विषयमा केही पहल हुन सकेको छैन' अस्पतालका एक कर्मचारीले भने 'सघन उपचार कक्षका करोडौँ मूल्य पर्ने उपकरण स्टोरमा थन्किएका छन् । तिनलाई प्रयोगमा ल्याउन व्यवस्थापन पनि उदासिन छ ।' उनका अनुसार लामो समयसम्म ति महँगा उपकरणहरू प्रयोगमा नल्याइएकाले ति उपकरण अब काम नलाग्ने भइसकेका छन् ।

अस्पतालका वरिष्ठ डा. वासुदेव पाण्डेले अस्पतालमा आइसियु नहुँदा गत वर्ष महामारीको रूपमा फैलिएको डेंगुका सिकिस्त केही बिरामीलाई वीर अस्पताल तथा पाटनलगायत अन्यत्र अस्पतालमा पठाउनुपरेको बताए । 'गत वर्षमात्र होइन हामीले अस्पतालमा आएका आइसियुमा राख्नुपर्ने बिरामीलाई अन्य अस्पतालमा सिफारिस गर्दै आएको छौँ,' उनले भने, 'राजधानीमा नै रहेको देशकै एकमात्र रेफरल सेन्टरको यो हालत छ भने राजधानी बाहिरका अस्पतालमा कस्तो होला ?'

जनशक्ति तथा विज्ञ चिकित्सकको अभावका कारण सघन उपचार सेवा सञ्चालनमा आउन नसकेको निर्देशक डा. शर्माले बताइन् । 'स्वास्थ्य मन्त्रालयमा यो विषयमा वर्षौंदेखि कुरा भइरहेको थियो तर अस्पतालमा आवश्यक जनशक्ति नपठाउँदा समस्या आइरहेको हो,' उनले भने, 'तर अहिले हामीले अस्पतालका केही चिकित्सकलाई तालिममा पठाएका छौँ । सम्भवत यो वर्ष अस्पतालमा आइसियु हुनेछ ।' उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्ष अस्पतालमा आइसियु राख्न अर्थ मन्त्रालयसँग रकम माग गरेको छ । अर्थ मन्त्रालयले आउने आर्थिक वर्षको बजेटमार्फत अस्पतालमा आइसियु सञ्चालनमा रकम निकासा गर्ने सहमति गरिसकेकाले अस्पतालले मंसिरभित्र अस्पतालमा आइसियु ल्याउने तयारी गरेको उनले बताए ।

Friday, May 6, 2011

क्यान्सर अस्पतालको 'क्यान्सर’

image

चिकित्सक संघले नेपालगाजमा गरेको निर्णयले समस्या समाधानमा ठूलो योगदान पुर् याउने आशा लिइएको थियो । तर राजनीतिक दलहरुले यसमा सहयोग नगर्दा समस्या बारम्बार बल्झिरहेको छ ।

दुई महिनाअघि मात्र नेपालगाजमा भएको चिकित्सकको बृहत् भेलाले ुअबदेखि अस्पतालको सेवा ठप्प हुनेछैन तथा अस्पतालमा कुनै पनि बन्द हड्ताल नगर्नेु भन्ने सर्वसम्मत निर्णय गरेका थिए । नेपाल चिकित्सक संघको महाधिवेशनमा राष्ट्रपति डा। रामवरण यादवले चिकित्सकलाई अस्पतालको सेवा बन्द नगर्न गरेको अनुरोधलाई चिकित्सकले समर्थन गर्दै कुनै पनि हालतमा अस्पतालको सेवा बन्द नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर सो निर्णयको ठीक दुई महिनापछि चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका सबै सेवा ठप्प भएका छन् ।

संविधानले नै स्वास्थ्यलाई जनताको अधिकारको रुपमा परिभाषित गरेकाले अस्पतालमा बन्द हडताल गर्नु स्वाभाविक हुन सक्दैन । तर चिकित्सकहरुको निर्णयलाई दुई महिनाको अन्तरालमै चितवनको क्यान्सर अस्पताल घटनाले विफल बनाइदिएको छ । संविधानको मर्म हृदयंगम गरेर संवेदनशील स्वास्थ्य क्षेत्र बन्द नगर्ने चिकित्सकहरुको निर्णयलाई राजनीतिक दल तथा दलका नेताले खुलेरै स्वागत गरेका थिए र सहयोगको प्रतिबद्धता पनि व्यक्त गरेका थिए । तर छिटै चिकित्सकहरुको सो निर्णयको खुलेरै स्वागत गरेका राजनीतिक दल तथा नेताले उक्त निर्णयलाई धोती लगाइदिएका छन् । क्यान्सर अस्पतालको सेवा बन्द हुनुमा प्रमुख कारण नै राजनीतिक विवाद बन्न पुगेको छ । अस्पतालको पदाधिकारी भागबन्डामा दलबीचको विवाद नै अस्पतालको सेवा ठप्प हुनुको प्रमुख कारण बन्नु गम्भीर चिन्ताको विषय हो ।

जनतासँग प्रत्यÔ सरोकार राख्ने संवेदनशील स्वास्थ्य Ôेत्रमा बन्द हडताल गर्न नपाइने नियम पनि बनेको छ । तर यो नियमको पूर्ण पालना देशका राजनीतिक दलका नेतादेखि स्वयम् चिकित्सकहरुले पनि गरेको पाइँदैन । समय समयमा हुने अस्पताल बन्द तथा हडतालको पछाडि राजनीतिक कारण नै देखिँदै आएको छ । भरतपुर क्यान्सर अस्पतालमा अहिले यही नियति दोहोरिएको मात्रै हो । राजनीतिक भागबन्डाको विवादले क्यान्सर अस्पताल आफैँ क्यान्सर रोगी जस्तो बन्न पुगेको छ । अस्पतालमा विवादको मूल जड निर्देशक नियुक्ति हो । अस्पतालमा सेवारत कार्यकारी निर्देशक डा। भक्तमान श्रेष्ठको गत भदौबाट नै कार्यकाल सकिएको थियो । उनको कार्यकाल सकिए पनि नयाँ कार्यकारी निर्देशक चयन भने फागुनमा मात्र गरिएको थियो । १६ फागुनमा नयाँ निर्देशकका रुपमा डा। लक्ष्मीनारायण िसंह चयन भएर अस्पताल गएकै दिन माओवादी समर्थक स्वास्थ्यकर्मी संघले ताला लगाएका थिए । कार्यकाल सकिए पनि डा। श्रेष्ठ राजनीतिक बल देखाएर पुनः त्यही पदमा बस्न चाहिरहेका छन् भने कांग्रेस कोटाबाट नियुक्त भएका िसंहलाई अस्पतालका माओवादी समर्थित संघले निर्देशकको नियुक्ति विधिसम्मत ढंगले नभएको भन्दै अस्पताल प्रवेशमा रोक लगाएपछि विवाद बढ्दै गएको हो ।

अस्पताल साचालक समितिले नयाँ कार्यकारी निर्देशक नियुक्त गरेलगत्तै फागुन १६ मा अस्पताल प्रशासनमा लागेको ताला दुई महिनासम्म नखुलेपछि चिकित्सक र कर्मचारीको टोली केन्द्रमै गएर समस्या सामाधान गर्ने भन्दै काठमाडौं आएको छ । टोली हिँडेपछि अस्पतालको उपचार ठप्प छ । तर अस्पतालको समस्या समाधानमा भने कुनै ठोस कार्य अगाडि बढ्न सकेको छैन । अस्पतालबाट समस्या समाधान गर्न आएका टोलीले शुक्रबार स्वास्थ्य मन्त्रालयका सचिव सुधा शर्मा र स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री कृष्ण्ँबहादुर महरालाई भेटेर समस्या समाधानका लागि पहल गरेका थिए । तर महराले स्वास्थ्य मन्त्रालय एक्लैले समस्या समाधान गर्न असम्भव रहेकाले ठूला नेतासँग कुरा गरेर समाधान गर्नुपर्ने बताएका थिए । तर आजसम्म पनि अस्पतालको समस्या समाधान हुन सकेको छैन ।
अस्पतालका चिकित्सकहरुका अनुसार निर्देशकको पदमा माओवादीले आफूनजिक रहेका डा। श्रेष्ठलाई निर्देशक पदमा निरन्तरता दिन खोजिरहेको र कांग्रेसले िसंहलाई सिफारिस गरेकाले विवाद दलगत हुन गएको हो ।

एमालेले डा। सिबी पुन र कांग्रेसले डा। िसंहलाई नयाँ निर्देशक बनाउन सिफारिस गरेका थिए । तर साचालक समितिमा कसैको पनि बहुमत नभएकाले तत्काल निण्र्ँय हुन सकेको थिएन । माओवादी पालामा नियुक्त भएका साचालक समितिका सदस्यहरुको पद सकिएपछि यसअघिका स्वास्थ्यमन्त्री उमाकान्त चौधरीले कांग्रेसनजिकका मान्छेहरुलाई साचालक समितिमा राखेका थिए । समितिमा कांग्रेसका सदस्यको बहुमत भएपछि साचालक समितिले दुई महिनाअघि िसंहलाई नयाँ कार्यकारी निर्देशक बनायो । त्यसपछि डा। श्रेष्ठ तथा माओवादी समर्थित समूहले नियुक्ति प्रकि्रयामा असहमति जनाउँदै ताला लगाएपछि अस्पतालको सेवा बन्दसम्मको अवस्था आएको हो । अस्पतालमा तालाबन्दी मात्र भएन राजनीतिक शक्तिको आडमा दुवै पक्षबीच अस्पतालभित्रै झडपसमेत भएको थियो । माओवादीको समर्थन पाएका डा। श्रेष्ठले निर्देशकका रुपमा आफूले नै निरन्तरता पाउनुपर्ने दाबी गर्ने अनि साचालक समितिमा बहुमत पाएका िसंहले कुनै हालतमा निर्देशक पद नछाड्ने अवस्था आएपछि अस्पतालमा दुई महिनादेखि तनाब उत्पन्न भएको हो ।

पदाधिकारी भागबन्डा विवादले अस्पतालको सेवा ठप्प भएको पाँच दिनमा उपचार पाउन नसकेर चारजनाको मृत्यु भैसकेको छ भने उपचारका लागि अस्पतालमा गएका वा जाने सोच बनाएका सयौँ रोगी उपचार पाउनबाट विाचत छन् । संविधानले स्वास्थ्यलाई नैसर्गिक हक तथा अधिकारको रुपमा परिभाषित गरेको छ तर क्यान्सर अस्पतालको यो गतिविधिलाई संविधानको कुन अधिकार भन्ने हो जुन देशका नागरिकले उपचारका लागि अस्पताल जाँदा राजनीतिक भागबन्डाका कारण उपचार पाउन सक्दैनन् भने त्यसलाई नागरिकले कस्तो अधिकारका रुपमा बुझ्ने देश र जनताको सेवाका लागि राजनीति गर्ने दलका नेता नै अस्पतालको सेवा ठप्प गर्न लागेका छन् भने ती नेता तथा दलबाट नागरिकले केको आशा गर्ने यदि साँाचै दलका नेता देश र जनताको सेवा तथा भलोका लागि राजनीति गरिरहेका भए स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यस्तो हस्तक्षेप हुने थिएन होला । चौबीसै घन्टा बिरामीको सेवाका लागि खुला रहनुपर्ने अस्पताल बन्द हुँदासमेत दलका नेता अस्पताल खुलाउनेतिर लाग्नुको सट्टा अझै पदाधिकारी भागबन्डाका लागि लागिरहेका छन् । उपचार नपाएर नागरिकहरु भटाभट ज्यान गुमाइरहेका छन् तर दलका नेता भने नागरिकको ज्यानभन्दा अस्पतालमा आफ्नै मान्छे भर्ना गर्ने चिन्तामा लागिरहेको प्रस्ट देखिन्छ ।

नागरिकको उपचारलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने दलहरुले अस्पतालका निर्देशक तथा अन्य पदमा पदाधिकारी चयनलाई पहिलो प्राथिमकतामा राखेर अस्पतालको सेवा प्रभावित पार्न थालेपछि अस्पतालमा सेवा गर्ने वातावरण नभएको भन्दै चिकित्सकहरु अस्पतालका सबै सेवा ठप्प पारेर समस्या समाधानका लागि दलका नेतासित हारगुहार गर्न राजधानी छिरेका छन् । देशकै ठूला राजनीतिक दलले अस्पतालको निर्देशकको पदमा हानाथाप गरेपछि दुई महिनाभन्दा बढी समयदेखि अस्पतालमा उपचारभन्दा राजनीतिक गतिविधि बढी हँुदै आइरहेको थियो । बिरामीको सेवाभन्दा दलगत गतिविधि बढी हुने तथा अस्पतालमा सेवा नै गर्न नसक्ने अवस्था आएपछि अस्पतालका सबै चिकित्सक समस्या समाधान नगरेसम्म काम नगर्ने भन्दै काठमाडौं छिरेपछि त अस्पतालमा भर्ना भएका सम्पूर्ण बिरामीको उपचार प्रभावित भएको छ भने नयाँ बिरामी भर्ना पनि ठप्प छ । उपचारका लागि अस्पतालमा दैनिक डेढ सयभन्दा बढी बिरामी आउने गरेका थिए तर अस्पतालमा पाँच दिनदेखि सेवा ठप्प हुँदा ती सबै उपचारबाट विाचत भएका छन् भने अस्पतालमा उपचाररत ५५ जनाभन्दा बढी बिरामी उपचारविना बस्न बाध्य छन् ।

अस्पतालजस्तो संवेदनशील क्षेत्र बन्द हँुदासमेत समस्या समाधानतर्फ सरकारले ठोस कदम नचालेकोमा नेपाल चिकित्सक संघ तथा मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले विज्ञप्ति नै निकालेर अस्पतालको समस्या समाधान गर्न आग्रह गर्दासमेत सरकार मुकदर्शक बनेर बसिरहेको छ । चिकित्सकहरुले क्यान्सर अस्पतालभित्रको यो राजनीतिक समस्या समाधान नगर्ने हो भने समग्र स्वास्थ्य क्षेत्रमा ठूलो समस्या आउने चेतावनी दिएका छन् । उनीहरुले तत्काल अस्पतालभित्रको समस्या समाधान गरी अस्पताललाई राजनीतिमुक्त बनाउन जोड दिइरहेका छन् । हुन पनि पछिल्ला वर्षमा अस्पतालमा बढ्दै गएको राजनीतिले स्वास्थ्य क्षेत्र नै विकृत बन्दै गइरहेको छ । जनताले चौबीसै घन्टा ढुक्क वातावरणमा उपचार तथा स्वास्थ्य सेवा पाउनुपर्ने अधिकारमाथि बारम्बार राजनीतिक गतिविधिका कारण असर पुर् याइरहेको छ । बसे्रनि कुनै न कुनै अस्पतालमा भैरहने बन्द हडतालजस्ता घटनाको पछाडि राजनीति नै प्रमुख कारण देखिने गरेको छ । तर पनि यसको दीर्घकालीन समाधानको बाटोतर्फ भने कोही लागेको देखिँदैन ।

चिकित्सक संघले नेपालगाजमा गरेको निर्णयले समस्या समाधानमा ठूलो योगदान पुर् याउने आशा लिइएको थियो । तर राजनीतिक दलहरुले यसमा सहयोग नगर्दा समस्या बारम्बार बल्झिरहेको छ । क्यान्सर अस्पतालको घटना पनि दलकै कारण भएकाले अब राजनीतिक दलहरुले नै यस्ता समस्याको समाधान निकाल्नुपर्छ । संघको दुई महिनाअगाडिको निर्णयलाई स्वागत गर्ने दलका नेताले त्यो स्वागतको व्यावहारिक कार्यान्वयन गर्नुपर्छ । अन्यथा अहिलेको क्यान्सर अस्पतालको जस्तो समस्या अन्य अस्पतालमा पनि आउनेछन् । अस्पतालको सेवा बन्द हुने घटना केही दिन वा महिनापछि पुनः दोहोरिनेछ । स्वास्थ्य तथा अस्पताललाई राजनीतिमुक्त नबनाएसम्म दलका नेताहरुले जनताको स्वास्थ्य सेवामा कुनै बाधा पुर् याउनेछैनौँ भनेर प्रतिबद्धता गर्दै व्यवहारमा नउतारेसम्म अस्पताल बन्दको शृंखलाको अन्त्य हुनेछैन ।

चुरोट र सुर्तीका प्याकेटमा अब भयानक चित्र

image

धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ भनेर चुरोटको बट्टाको ०.२ प्रतिशतमा मात्रै चेतावनी लेखिँदै आएकोमा अब ७५ प्रतिशत भागमा चित्र र सन्देश लेखिने भएको छ । ७५ प्रतिशत भागमा सन्देश र चित्र लेखिएपछि नेपाली चुरोटको बट्टा माथिको भन्दा पनि भयानक हुनेछ ।

काठमाडौं, १३ वैशाख

अब चुरोट तथा सुर्तीको प्याकेटको ७५ प्रतिशत भागमा चेतावनीमूलक रंगीन चित्र र सन्देश छापिने भएको छ । हालसम्म चुरोट तथा सुर्तीजन्य पदार्थ 'हानिकारक छ' भनेर बट्टाको ०.२ प्रतिशत भागमा मात्र लेखिने गरिएको छ ।

सरकारले चुरोट र सुर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक छ भन्ने चेतावनीमूलक रंगीन चित्रसहितको सन्देश राख्नुपर्ने नियम बनाएको छ । सरकारले हालैमात्र पास गरेको सुर्तीजन्य पदार्थ

-नियन्त्रण र नियमन गर्ने) ऐन-०६८ मा त्यस्तो व्यवस्था गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. सुधा शर्माले नयाँ ऐन कार्यान्वयनमा आउन अझै ६ महिना लाग्ने बताइन् । 'संसदबाट ऐन पास भएपनि ऐनको प्रमाणीकरण गर्न बाँकी छ,' उनले भनिन्, 'नियमअनुसार राष्ट्रपतिबाट ऐनको प्रमाणीकरण भएर आएपछि मात्र औपचारिक रूपमा लागू गर्न सकिन्छ ।'

उनका अनुसार ऐन प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष गएको छ । राष्ट्रपतिबाट ऐन प्रमाणित भएको मितिले १८०औँ दिनदेखि मात्र यो नियम लागू हुनेछ ।

स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक लक्ष्मीरमण वनले हालै पास भएको ऐनले आगामी दिनमा चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन कार्यमा न्यूनीकरण हुने बताए । 'बट्टा हेर्दैमा मानिसलाई त्यस्ता कुरा खानुहुन्न भन्ने चेतना आउने भएकाले यसले धेरै हदसम्म चुरोट तथा सुर्तीजन्य पदार्थको सेवनमा कमी ल्याउनेछ,' उनले भने, 'यसका साथै यस्ता चित्र नभएका चुरोट तथा सुर्तीजन्य पदार्थ बजारमा देखिए सरकारले जफत गरेर नष्ट गर्ने भएकाले विदेशबाट हुने चुरोट तथा सुर्तीजन्य पदार्थको आयातमा पनि कमी आउनेछ ।'

उनका अनुसार चुरोट तथा सुर्तीजन्य पदार्थको बट्टाको ७५ प्रतिशत भागमा चेतावनीमूलक सन्देशसहितको रंगीन चित्र राख्ने देशहरूमा नेपाल विश्वको दोस्रो नम्बरमा पर्दछ । नेपालभन्दा बढी चेतावनीमूलक सन्देशसहितको चित्र राख्ने उरुग्वेले बट्टाको ८० प्रतिशत भागमा यस्ता सन्देश राख्ने गरेको छ ।

'चुरोट तथा सुर्तीजन्य पदार्थको बट्टा, र्‍यापर्स, प्याकेट तथा पार्सलको प्याकेजिङ र लेबलको बाहिरी कुल भागमध्ये कम्तीमा ७५ प्रतिशत भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ भन्ने जस्ता व्यहोराको चेतावनीमूलक सन्देश र सुर्तीजन्य पदार्थको सेवनको असरबाट भएको घातक, रंगीन चित्र प्रस्ट रूपमा बुझ्ने र देख्ने गरी नेपाली भाषामा छाप्नु तथा अंकित गर्नु पर्नेछ,' ऐनमा भनिएको छ, 'यदि उत्पादकले सो बमोजिमको कार्य नगरेमा त्यस्ता चुरोट तथा सुर्तीजन्य पदार्थ जफत गरी उत्पादकलाई ५० हजार रुपैयाँसम्म जरिवाना गरिनेछ ।'

सचिव डा. शर्माले उत्पादकहरूलाई ती उत्पादनमा उल्लेख गर्नुपर्ने चेतावनीमूलक चित्रात्मक सन्देश मन्त्रालयले तोकिदिने बताइन् । 'उत्पादकहरूले मन्त्रालयले तोकेबमोजिमको चेतावनीमूलक सन्देश र चित्र राख्नुपर्छ,' उनले भनिन्, 'मन्त्रालयले चेतावनीमूलक सन्देश तथा चित्र समय-समयमा थप गर्न सक्नेछ ।' उनका अनुसार आयातकर्ताले तोकिएको मापदण्ड पूरा नभएका सुर्तीजन्य पदार्थ आयातसमेत गर्न पाउनेछैन ।

यसैगरी, ऐनले उत्पादकले सुर्तीजन्य पदार्थको प्याकेट तथा र्‍यापर्समा चुरोट तथा सुर्तीजन्य पदार्थमा रहेको निकोटिनलगायत कार्बनमोनोअक्साइड, लिड, टार, नाइट्रोसोमाइनजस्ता तोकिएका अन्य हानिकारक तत्त्व एवं उत्पादकको नाम र ठेगानालाई प्रस्ट रूपमा उल्लेख गर्नुपर्नेछ ।

'उत्पादकले प्रचलित कानुनबमोजिम दर्ता गराइएका लेबल तथा ट्रेडमार्क चिह्नसहित उत्पादकको नाम, ठेगाना र सुर्तीजन्य पदार्थमा रहेको निकोटिनलगायतका हानिकारक तत्त्वको मात्राको विवरण उल्लेख गर्नुपर्छ,' ऐनको दफा ७ मा भनिएको छ, 'उत्पादकले सुर्तीजन्य पदार्थको प्याकेट तथा र्‍यापर्समा नाबालकलाई आकर्षण गर्ने कुनै किसिमको लोगो, शब्द र चित्र राख्न पाउनेछैन ।' ऐनको सो नियमविपरीत कार्य गर्ने उत्पादकलाई ५० हजार जरिवानासहित बजारमा रहेका त्यस्ता उत्पादन सरकारले जफत गर्ने व्यवस्था गरिएको छ ।

ऐनले धुम्रपान वा सुर्ती सेवनका निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा तथा कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्तीलगायतका पदार्थलाई सुर्तीजन्य पदार्थ भनेको छ । यस्तै, धुम्रपानको परिभाषामा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्ने काम भनी उल्लेख गरेको छ भने सुर्ती सेवन भन्नाले खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नस लिने वा सेवन गर्ने कार्य भनी उल्लेख गरेको छ ।

Saturday, April 16, 2011

एचआइभी भाइरल लोड परीक्षणालय आठ महिनापछि सुचारु

प्रवीण ढकाल
काठमाडौं, २ वैशाख

नेपालकै एकमात्र एचआइभी भाइरल लोड परीक्षणालय बन्द भएको आठ महिनापछि पुनः सुचारु भएको छ 

स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रहेको उक्त परीक्षणालय एचआइभी भाइरस परीक्षणका लागि आवश्यक रिएजेन्ट्स नामक औषधि अभावमा सेप्टेम्बरदेखि बन्द भएको थियो

 । पर्याप्त मात्रामा सो औषधि उपलब्ध भएपछि एक साताअघिदेखि परीक्षणालय पुनः सञ्चालनमा आएको हो 

एचआइभी संक्रमितको शरीरमा रहेका एचआइभी भाइरसको मात्रा पत्ता लगाउने नेपालकै एकमात्र परीक्षणालय लामो समयसम्म बन्द भएकाले एचआइभी संक्रमितको शरीरमा भाइरसको अवस्था तथा त्यसले उनीहरूमा गरेको असरको परीक्षण हुन सकिरहेको थिएन

 

'संक्रमितको रगतमा भाइरसको अवस्था पत्ता लगाउन आवश्यक पर्ने रिएजेन्ट्स नामक औषधि नभएकाले परीक्षणालयले गत सेप्टेम्बरदेखि भाइरल लोड परीक्षण बन्द गरेको थियो,' प्रयोगशालाकी कार्यकारी निर्देशक डा. गीता शाक्यले भनिन्, 'तर आवश्यक रिएजेन्ट्स पर्याप्त मात्रामा आएकाले पुनः सेवा सुचारु गरेका छौँ

 ।' उनका अनुसार प्रयोगशालमा आउने सम्पूर्ण रिएजेन्ट्स नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम -युनडिपी)को कार्यालयले प्रदान गर्दै आइरहेको छ । यसका लागि ग्लोबल फन्डले कार्यालयलाई आवश्यक रकम उपलब्ध गराउने गरेको छ 

प्रयोगशालाले सेवा सुचारु गरेलगत्तै एचआइभी संक्रमितहरू भाइरसको मात्रा परीक्षण गर्न कार्यालयमा आउन थालिसकेको डा. शाक्यले बताइन्

 । 'भाइरल लोड परीक्षणका लागि हरेक दिन परीक्षणालयमा १० देखि १५ जना संक्रमित आउने गरेका छन्,' उनले भनिन्, 'लामो समयसम्म बन्द भएकाले कुनै दिन त परीक्षण गराउन आउनेको संख्यामा २० देखि २५ सम्म पुग्ने गरेको छ ।' उनका अनुसार संक्रमितको शरीरमा रहेको भाइरसको मात्राका आधारमा उपचार गराउन भाइरल लोड परीक्षण अनिवार्य भएकाले संक्रमितहरू शरीरमा रहेको भाइरसको मात्रा परीक्षण गराउन आउने गरेका छन् 

चिकित्सकका अनुसार भाइरल परीक्षणका आधारमा संक्रमितलाई कुन औषधि दिने वा कस्तो उपचार गर्ने भन्ने जानकारी पाइने भएकाले एचआइभी संक्रमितको समय-समयमा भाइरल परीक्षण गराइरहनुपर्छ

 । जनस्वास्थ्य प्रयोगशालामा संक्रिमतको भाइरल परीक्षण निःशुल्क हुने भएकाले पनि परीक्षणका लागि आउनेको संख्या बढिरहेको प्रयोगशालाले जनाएको छ 

डा. शाक्यका अनुसार संक्रमितमध्ये एचआइभी भाइरसविरुद्ध लड्न तथा शरीरको रोगप्रतिरक्षा प्रणाली क्षमता बढाउन एन्टी रेट्रो भाइरल -एआरभी) औषधि खाइरहेकाहरूका लागि भाइरल परीक्षण अति नै आवश्यक छ

 । एआरभी लिइरहेकामा औषधिले काम गरिरहेको छ वा छैन, रगतमा भाइरसको मात्रा कतिको बढिरहेको छ तथा सिडीफोर सेलको संख्यामा कमी आएको छ छैन भनेर हेर्न पनि भाइरल परीक्षण आवश्यक छ । 'शरीरमा भएको सिडिफोर सेलले एचआइभी संक्रमण गर्ने किटाणुविरुद्ध लड्ने काममा महत्त्वपूर्ण भूमिका खेल्छ र मानिसलाई रोगबाट बचाउनेे गर्छ,' उनले भनिन्, 'त्यसकारण संक्रमितको शरीरमा सिडिफोर सेलको अवस्था कस्तो छ, भाइरसले कत्तिको असर गरिरहेको छ भनेर जान्नका लागि लोड परीक्षण नगरी हुन्न ।'

चिकित्सकका अनुसार संक्रमितको शरीरमा एचआइभी भाइरस संक्रमण भएपछि त्यसले सर्वप्रथम सो व्यक्तिको सिडिफोर सेलमा आक्रमण गर्छ

 । सिडिफोर सेल नष्ट हँुदै गएपछि मानिसको प्रतिरक्षा प्रणालीमा कमी आउँछ । डा. शाक्यका अनुसार सिडिफोरको संख्या पाँच सयभन्दा कम भएमा प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । यस अवस्थामा क्षयरोग, कमलपित्त, निमोनिया, झाडापखाला, जनैखटिरा, रक्तअल्पता, छालासम्बन्धी समस्या, मुख तथा घाँटीमा सेतो लेप जम्नेजस्ता विभिन्न अवसरवादी रोग लाग्ने सम्भावना हुन्छ । यस्ता समस्याबाट जोगाउन तथा संक्रमितलाई स्वस्थ राख्ने प्रयासका लागि भाइरल लोड परीक्षणले ठूलो भूमिका खेल्ने गर्छ 

Friday, April 15, 2011

बालबालिकालाई सुर्ती-चुरोट बेचे १० हजार जरिवाना

प्रवीण ढकाल
image

'कसैले पनि १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न वा निःशुल्क उपलब्ध गराउन पाउने छैन'

नयाँ पत्रिका

काठमाडौं, १ वैशाख

१८ वर्ष उमेर नपुगेका बालबालिका र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्ने वा निःशुल्क उपलब्ध गराउनेले १० हजारसम्म जरिवाना तिर्नुपर्ने भएको छ । सरकारले हालै पारित गरेको सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन-२०६६ मा यस्तो व्यवस्था गरिएको हो 

'कसैले पनि १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न वा निःशुल्क उपलब्ध गराउन पाउने छैन,' ऐनमा भनिएको छ, 'यदि कसैले सोविपरीत कार्य गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।' ऐनले चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा तथा कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्तीलगायतका पदार्थलाई सुर्तीजन्य भनेको छ । यस्तै, धूमपानको परिभाषामा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्ने काम भनी उल्लेख छ 

स्वास्थ्य सेवा विभागअन्तर्गतको स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको सुर्तीजन्य पदार्थ र नसर्ने रोग रोकथाम शाखाका प्रमुख बद्रीबहादुर खड्काले कुनै पनि पसले वा व्यापारीलाई ग्राहकको उमेर थाहा नभए प्रमाण माग गर्न सक्ने बताए 'सुर्तीजन्य पदार्थको बिक्रेताले कुनै क्रेताको उमेरको बारेमा यकिन हुन चाहेमा निजसँग आवश्यक प्रमाणको माग गर्नसक्ने कुरा ऐनमा व्यवस्था गरिएको छ,' उनले भने, 'यो ऐनअनुसार बिक्रेताले माग गरेको प्रमाण पेस गर्नु सम्बन्धित क्रेताको कर्तव्य हुनेछ । यदि सुर्तीजन्य पदार्थको खरिद गर्न आएकाले आवश्यक प्रमाण दिन सकेन भने व्यापारीले त्यस्ता व्यक्तिलाई सुर्तीजन्य पदार्थ बिक्री गर्न हुन्न ' उनका अनुसार सुर्तीजन्य पदार्थको प्याकेटमा बालबालिकालाई आकर्षण्ा गर्ने कुनै किसिमका लोगो, चिह्न, चित्र र शब्द राख्न नपाउने व्यवस्थासमेत ऐनमा रहेको छ 

ऐनले शिक्षण तथा स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्राम, अनाथालयलगायतका सार्वजनिक स्थानभन्दा कम्तीमा सय मिटरभित्र सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न नपाउने, कसैले पनि सुर्तीजन्य पदार्थप्रति आकर्षण हुने गरी बिक्रीस्थल सजावट तथा त्यस्तो पदार्थको प्रदर्शन गर्न नपाउनेलगायतका व्यवस्था गरेको छ । ऐनको दफा ११ मा गरिएको यी व्यवस्था कसैले उल्लंघन गरेमा सरकारले दस हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने प्रस्ट व्यवस्था गरेको छ 

ऐनले सुर्तीजन्य पदार्थको उत्पादकलगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफएम, इन्टरनेट, इमेलजस्ता विद्युतीय सञ्चारमाध्यम, अन्तर्त्रिया, कार्यक्रम, होर्डिङबोर्ड, भित्तेलेखन, लोगो, संकेत, लेख, दृश्य, आवाज, चिह्न, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन र प्रवर्द्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न नपाउने व्यवस्था गरेको छ 


Tuesday, April 5, 2011

क्षयरोगीका लागि आवासीय सुविधासहितको उपचार केन्द्र

काठमाडौं, २१ चैत

image

सरकारले क्षयरोगका बिरामीको प्रतिरोधी उपचारका लागि देशका १० स्थानमा आवासीय सेवासहित सुरक्षित उपचार केन्द्र सञ्चालनमा ल्याउने भएको छ । क्षयरोगको बहुऔषधि सेवन गरीरहेका जीर्णखालका क्षयरोगीहरूलाई राष्ट्रिय क्षयरोग केन्द्रले ग्लोबल फन्डको आर्थिक सहयोगमा आवासीय उपचार केन्द्रमा राखेर विशेष उपचार सुविधा दिन लागिएको हो ।

त्यस्ता केन्द्रमा उपचार गर्ने बिरामीहरूलाई निःशुल्क रूपमा खानेबस्ने सुविधासमेत दिने व्यवस्था सरकारले गर्नेछ । राष्ट्रिय क्षयरोग केन्द्र तथा सार्क क्षयरोग एवं एचआइभी एड्स केन्द्रका निर्देशक डा. काशीकान्त झाले बहुऔषधि सेवन गर्ने तिरस्कृतहरूको सुरक्षा र हितका लागि देशका १० स्थानमा आवासीय उपचार केन्द्र सञ्चालनमा ल्याउन लागिएको बताए ।

'बहुऔषधि सेवन गरिरहेकाहरूलाई छरछिमेक तथा स्वयं घरमा समेत नराम्रो व्यवहार गर्ने तथा तिरस्कार गर्ने गरेको पाइएको छ,' उनले भने, 'त्यस्ता बिरामीहरूका लागि आवासीय व्यवस्थासहित सुरक्षित उपचार गर्न यस्तो व्यवस्था गर्न लागिएको हो ।'

क्षयरोगको जटिल उपचार गराइरहेका त्यस्ता बिरामीहरूको सुविधाका लागि सरकारले हरेक विकास क्षेत्रमा दुई/दुई वटा आवास गृह स्थापना गर्न लागेको निर्देशक झाले बताए । 'केन्द्रले हरेक क्षेत्रीय कार्यालयलाई दुईवटा आवासीय गृह बनाएर उपचार गर्ने व्यवस्था मिलाउन आवश्यक सहयोग गर्नेछ' उनले नयाँ पत्रिकासित भने 'क्षेत्रले बिरामीको चाप बढी भएको क्षेत्रमा वा औषधिलगायतका उपचार सेवा पुर्‍याउन सहज हुने स्थानमा आवसीय सेवासहितको केन्द्र स्थापना हुनेछ ।' उनका अनुसार बहुऔषधि लिइरहेका क्षयरोगीको संख्या बढी भएको नेपालगन्जमा इन्टरनेसलन नेपाल फेलोसिप नामक संस्थाले आवासीय सेवासहितको उपचार केन्द्र खोलिसकेको छ ।

सन् २०१५ सम्ममा नेपालबाट क्षयरोग उन्मूलन गर्ने विश्व स्वास्थ्य संगठन र सरकारको घोषित नीतिअनुरूप क्षयरोग उपचार पद्धतिलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनका लागि सरकारले यस्तो व्यवस्था गरेको केन्द्रले जनाएको छ । चिकित्सकहरूका अनुसार बहुऔषधि लिनुपर्ने अवस्थाका क्षयरोगी जटिल अवस्थामा हुन्छन् । पहिला सामन्य क्षयरोग लाग्दा समयमा औषधि नलिदा, अन्य गलत औषधि खाँदा, खाइरहेको औषधिलाई बीचमै छाड्दा वा कमजोर गुणस्तरको औषधि खाँदा समस्या जटिल हुने गर्दछ । 'बहुऔषधि लिनुपर्ने बिरामीहरूलाई स्वास्थ्यकर्मी वा चिकित्सकहरूको निगरानिमा समय मिलाएर औषधि दिनुपर्ने हुन्छ' निर्देशक झाले भने 'त्यस्ता बिरामीलाई घरपरिवारमा समेत हेला गर्ने भएकाले आवासीय केन्द्रमा चिकित्सक तथा स्वास्थ्यकर्मीको निगरानिमा उपचार गर्न सरकारले नयाँ व्यवस्था गरेको हो ।'

सरकारी तथ्यांकअनुसार देशभरका ७५ जिल्लाका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य तथा उप-स्वास्थ्य चौकीमा डट्स क्लिनिक सञ्चालनमा ल्याई निःशुल्क औषधि वितरण भइरहेको छ । मुलुकका ४ हजार २ सय २० स्वास्थ्य संस्थामा १ हजार १ सय २२ डट्स उपचार केन्द्र तथा ३ हजार ९८ उपकेन्द्रमा क्षयरोगको औषधि पुगिरहेको छ । ति सम्पूर्ण केन्द्रहरूमा उपचार गर्न आइरहेका बिरामीहरूमध्ये झन्डै तीन प्रतिशतमा जीर्णखालको क्षयरोग देखिएको छ । साथै १५ हजार ४ सय ६८ जनाको खकारमा क्षयरोगको सर्ने खालको किटाणु देखिएको तथ्यांकले देखाएको छ ।

'विस्तारै जीर्णखालका नयाँ क्षयरोगीको संख्यामा वृद्धि भइरहेको छ,' निर्देशक झाले भने 'यदि उनीहरूलाई समयमा नै समुदायबाट छुट्टै स्थानमा लगेर उपचार गरिएन भने थप समस्या उत्पन्न हुनसक्ने भएकाले आवासीय केन्द्रको आवश्यकता परेको हो ।' उनका अनुसार यदि देशभरमा रहेका सम्पूर्ण त्यस्ता बिरामीलाई ति केन्द्रमा ल्याएर उपचार गर्न सक्ने हो भने सन २०१५ सम्ममा नेपालबाट पूर्णरूपमा क्षयरोग उन्मूलन हुनेछ । उनले देशभरमा लगभग दुई सयको हाराहारीमा यस्ता बिरामी रहेको बताए ।