Pages

Saturday, April 16, 2011

एचआइभी भाइरल लोड परीक्षणालय आठ महिनापछि सुचारु

प्रवीण ढकाल
काठमाडौं, २ वैशाख

नेपालकै एकमात्र एचआइभी भाइरल लोड परीक्षणालय बन्द भएको आठ महिनापछि पुनः सुचारु भएको छ 

स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रहेको उक्त परीक्षणालय एचआइभी भाइरस परीक्षणका लागि आवश्यक रिएजेन्ट्स नामक औषधि अभावमा सेप्टेम्बरदेखि बन्द भएको थियो

 । पर्याप्त मात्रामा सो औषधि उपलब्ध भएपछि एक साताअघिदेखि परीक्षणालय पुनः सञ्चालनमा आएको हो 

एचआइभी संक्रमितको शरीरमा रहेका एचआइभी भाइरसको मात्रा पत्ता लगाउने नेपालकै एकमात्र परीक्षणालय लामो समयसम्म बन्द भएकाले एचआइभी संक्रमितको शरीरमा भाइरसको अवस्था तथा त्यसले उनीहरूमा गरेको असरको परीक्षण हुन सकिरहेको थिएन

 

'संक्रमितको रगतमा भाइरसको अवस्था पत्ता लगाउन आवश्यक पर्ने रिएजेन्ट्स नामक औषधि नभएकाले परीक्षणालयले गत सेप्टेम्बरदेखि भाइरल लोड परीक्षण बन्द गरेको थियो,' प्रयोगशालाकी कार्यकारी निर्देशक डा. गीता शाक्यले भनिन्, 'तर आवश्यक रिएजेन्ट्स पर्याप्त मात्रामा आएकाले पुनः सेवा सुचारु गरेका छौँ

 ।' उनका अनुसार प्रयोगशालमा आउने सम्पूर्ण रिएजेन्ट्स नेपालस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम -युनडिपी)को कार्यालयले प्रदान गर्दै आइरहेको छ । यसका लागि ग्लोबल फन्डले कार्यालयलाई आवश्यक रकम उपलब्ध गराउने गरेको छ 

प्रयोगशालाले सेवा सुचारु गरेलगत्तै एचआइभी संक्रमितहरू भाइरसको मात्रा परीक्षण गर्न कार्यालयमा आउन थालिसकेको डा. शाक्यले बताइन्

 । 'भाइरल लोड परीक्षणका लागि हरेक दिन परीक्षणालयमा १० देखि १५ जना संक्रमित आउने गरेका छन्,' उनले भनिन्, 'लामो समयसम्म बन्द भएकाले कुनै दिन त परीक्षण गराउन आउनेको संख्यामा २० देखि २५ सम्म पुग्ने गरेको छ ।' उनका अनुसार संक्रमितको शरीरमा रहेको भाइरसको मात्राका आधारमा उपचार गराउन भाइरल लोड परीक्षण अनिवार्य भएकाले संक्रमितहरू शरीरमा रहेको भाइरसको मात्रा परीक्षण गराउन आउने गरेका छन् 

चिकित्सकका अनुसार भाइरल परीक्षणका आधारमा संक्रमितलाई कुन औषधि दिने वा कस्तो उपचार गर्ने भन्ने जानकारी पाइने भएकाले एचआइभी संक्रमितको समय-समयमा भाइरल परीक्षण गराइरहनुपर्छ

 । जनस्वास्थ्य प्रयोगशालामा संक्रिमतको भाइरल परीक्षण निःशुल्क हुने भएकाले पनि परीक्षणका लागि आउनेको संख्या बढिरहेको प्रयोगशालाले जनाएको छ 

डा. शाक्यका अनुसार संक्रमितमध्ये एचआइभी भाइरसविरुद्ध लड्न तथा शरीरको रोगप्रतिरक्षा प्रणाली क्षमता बढाउन एन्टी रेट्रो भाइरल -एआरभी) औषधि खाइरहेकाहरूका लागि भाइरल परीक्षण अति नै आवश्यक छ

 । एआरभी लिइरहेकामा औषधिले काम गरिरहेको छ वा छैन, रगतमा भाइरसको मात्रा कतिको बढिरहेको छ तथा सिडीफोर सेलको संख्यामा कमी आएको छ छैन भनेर हेर्न पनि भाइरल परीक्षण आवश्यक छ । 'शरीरमा भएको सिडिफोर सेलले एचआइभी संक्रमण गर्ने किटाणुविरुद्ध लड्ने काममा महत्त्वपूर्ण भूमिका खेल्छ र मानिसलाई रोगबाट बचाउनेे गर्छ,' उनले भनिन्, 'त्यसकारण संक्रमितको शरीरमा सिडिफोर सेलको अवस्था कस्तो छ, भाइरसले कत्तिको असर गरिरहेको छ भनेर जान्नका लागि लोड परीक्षण नगरी हुन्न ।'

चिकित्सकका अनुसार संक्रमितको शरीरमा एचआइभी भाइरस संक्रमण भएपछि त्यसले सर्वप्रथम सो व्यक्तिको सिडिफोर सेलमा आक्रमण गर्छ

 । सिडिफोर सेल नष्ट हँुदै गएपछि मानिसको प्रतिरक्षा प्रणालीमा कमी आउँछ । डा. शाक्यका अनुसार सिडिफोरको संख्या पाँच सयभन्दा कम भएमा प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । यस अवस्थामा क्षयरोग, कमलपित्त, निमोनिया, झाडापखाला, जनैखटिरा, रक्तअल्पता, छालासम्बन्धी समस्या, मुख तथा घाँटीमा सेतो लेप जम्नेजस्ता विभिन्न अवसरवादी रोग लाग्ने सम्भावना हुन्छ । यस्ता समस्याबाट जोगाउन तथा संक्रमितलाई स्वस्थ राख्ने प्रयासका लागि भाइरल लोड परीक्षणले ठूलो भूमिका खेल्ने गर्छ 

No comments:

Post a Comment