Pages

Tuesday, February 14, 2012

कस्मेटिक सर्जरीको माग बढ्दो

image

नयाँ पत्रिका

नाक बांगो छ वा ओठ पातलो भएर लिपिस्टिक लगाउँदा पनि कतै केही नपुगेजस्तो लाग्छ तपाईंलाई ? वा स्तन सानो भएर कपडा लगाउँदा पनि सुहाएको छैन कि । स्तन ठूलो भएर झोलिएर घाँटी र गर्धनको दुखाइ पो छ कि ? त्यस्ता समस्या छन् भने पनि अब चिन्ता लिनु नपर्ने बताउँछन् मोडेल अस्पतालका प्लास्टिक सर्जन डा. शंकर राई । ँकस्मेटिक सर्जरी सेवा नेपालमै उपलब्ध छ हामी आफैँले पनि गरिरहेका छौँ,चिकित्सक राई भन्छन् । कस्मेटिक सर्जरीले जवान र निकै राम्रो वा पातलो देखिन सहयोग पुर्‍याउने भएकाले पछिल्लो समयमा यसको माग बढ्दै गएको चिकित्सकको भनाइ छ ।

पहिलो विश्वयुद्धमा अंगभंग भएका सैनिकको मनोभावना उच्च बनाउनका लागि कस्मेटिक सर्जरी सुरु गरिएको यो सेवा पछिल्लो समयमा आफ्नो चाहनाअनुसारको शरीर बनाउन चाहनेका लागि समेत उपलब्ध छ । शल्यक्रियामार्फत आफूले चाहेअनुसारको नाक बनाउन, ओठको साइज घटाउन वा केही ठूलो बनाउन सकिने उनले जानकारी दिए । पछिल्लो समयमा कस्मेटिक सर्जरीको माग बढेको उनी बताउँछन् । अस्पतालमा निःशुल्क गरिने प्लास्टिक सर्जरीको अलावा महिनामा ४० भन्दा बढीले कस्मेटिक सर्जरीसमेत गराउने गरेको उनले जानकारी दिए । ँपछिल्लो समयमा कस्मेटिक सर्जरीको माग बढेको छ । हरेक महिना ४० भन्दा बढीले त सेवा लिइरहेका छन्,उनले भने ।

प्लास्टिक सर्जरीका लागि अस्पताल आउनेमा धेरैजसो स्तन ठूलो भएर सामाजिक रूपमै समस्या भएका महिला र सानो स्तनका कारण आफू आकर्षक भइनँ भन्ने हीन भावना विकास भएका महिला रहेको पनि उनी बताउँछन् । त्यस्तै नाक बनाउन, ओठ सानो वा ठूलो पार्ने र अनुहारमा रहेको दाग हटाउनका लागि सर्जरी गराउनेहरू रहेको पनि उनले जानकारी दिए । कस्मेटिक सर्जरीका लागि अस्पताल आउनेमा ओठ पातलो भएर लिपिस्टिकलगायतका सौन्दर्य सामग्री लगाउन नसुहाएका महिलाको संख्या पनि उल्लेख्य रहेको चिकित्सक बताउँछन् । त्यस्तै, कसैको ओठ निकै भद्दा पनि हुन सक्छ । त्यस्तो समस्याको समाधान पनि कस्मेटिक सर्जरीमार्फत गर्न सकिन्छ । त्यसैगरी, अनुहारको चाउरी परेको भाग हटाउन पनि कस्मेटिक सर्जरी गराउन चाहनेको संख्या उल्लेख्य रहेको चिकित्सक बताउँछन् । आफ्नो शरीरका अंग यस्तो हुनुपर्ने भएन भन्ने लागेको छ र पैसा खर्च गर्न सक्ने सामथ्र्य भए चाहेअनुसारको शरीरको अंग बनाउन सकिने चिकित्सक राई बताउँछन् । केही मानिसमा जन्मजातै शरीरको कुनै अंगमा खोट देखिन्छ । जन्मँदै दाग हुनु, अनुहारमा ठूलो कालो कोठी आएको छ भने पनि सामान्य खर्चमा हटाउन सकिन्छ । त्यस्ता समस्या महिलामा भए अझ बढी तनाब दिने गरेको पाइन्छ । उनीहरूलई सजिलै कस्मेटिक सर्जरीमार्फत ती समस्याबाट छुट्कारा दिन सकिन्छ ।

स्तन सानो भएकाहरूले शल्यक्रियामार्फत भित्र बेलुन राखेर पनि ठूलो बनाउन सक्छन् । स्तनभित्र राखिने बेलुन प्लास्टिकबाट बनेको हुन्छ । त्यसलाई सिलिकोन भनिन्छ । स्तनभित्र राखिने सिलिकोन केही महँगो पनि छ । दुईवटालाई करिब डेढ लाख पर्ने चिकित्सक राई बताउँछन् ।

त्यस्तै, कुनै बच्चाको जन्मँदै कान काट्टएिको हुन्छ । दुर्घटनामा परेर पनि गुम्न सक्छ । कानको मासु कुर्कुरे हड्डीबाट बनेको हुँदा शरीरको अन्य भागको कुर्कुरे हड्डी लगेर प्रत्यारोपण गरिन्छ । अन्य भागबाट लगिने कुर्कुरे हड्डीलाई सिलाएर कानको आकारको बनाइने चिकित्सक राईले बताए । तर, प्लास्टिकको कान राखेर बाहिरबाट छालाले छोपेर पनि दुरुस्त पार्न सकिने उनले जानकारी दिए । 'कानजस्तै आकारको प्लास्टिक किन्न पाइन्छ, त्यसलाई माथिबाट छालाले छोपेर पनि कान बनाउँछौँ,' उनले भने । त्यसैगरी, बांगो र नेप्टो नाकका कारण सौन्दर्यमा समस्या भएको महसुस गरेकाहरूले पनि चाहेअनुसारको नाक बनाउन सक्ने चिकित्सक राई बताउँछन् । सो सेवा पनि नेपालमै उपलब्ध रहेको राईले स्पष्ट पारे ।

क्यान्सरका कारण अनुहार शरीरको ठूलो हिस्सा गुमाउन पुगेकाहरूले पनि प्लास्टिक सर्जरीमार्फत अनुहार पहिलेको जस्तै दुरुस्त बनाउन सक्छन् । त्यस्तो ठाउँमा शरीरको अन्य भागको ठूलो अंग झकिेर प्रत्यारोपण गरिन्छ । त्यस्तै, क्यान्सर भएर च्यापुको हड्डी नै फाल्नुपर्ने हुन सक्छ । त्यस्तो भएमा खुट्टा वा अन्य भागको हड्डी ल्याएर टाल्नुपर्छ ।

'हड्डी त्यत्तिकै राखेर बाँच्दैन, हड्डीसँगै नसा पनि ल्याएर सँगैको नसासँग जोड्नुपर्छ,' उनले भने । त्यस्तोलाई माइक्रो सर्जरी भनिन्छ, एउटै सर्जरी आठ/दस घन्टा लाग्ने उनले बताए । सो सर्जरी पनि नेपालमै गरिँदै आएको उनले बताए । दुर्घटनामा परी ठूलो घाउ भए शल्यचिकित्सकले पनि टाल्न सक्दैनन् । त्यस्तोमा प्लास्टिक सर्जरीमार्फत त्यस्तो भागलाई छोप्ने गरिन्छ । सुरुमा सोही प्रयोजनका लागि विकास गरिएको उपचार पद्धति हो, प्लास्टिक सर्जरी । प्लास्टिक सर्जरी सम्बन्धित बिरामीकै शरीरकै अन्य भाग लगेरको तन्तु लगेर जोडिन्छ । प्लास्टिक सर्जरीको अर्थ प्लास्टिक प्रयोग गर्ने भएर नभएको उनले स्पष्ट पारे । तर, कहिलेकाहीँ प्लास्टिक पनि प्रयोग गर्ने गरिएको उनले सुनाए ।

तर, कस्मेटिक वा प्लास्टिक सर्जरी जोखिममुक्त भने छैन । जोखिमविना त कुनै पनि शल्यक्रिया हुँदैन । कस्मेटिक सर्जरीमा दुईथरी जोखिम हुन्छन् । एउटा बेहोस गराउँदाको सर्जरी र अर्को शल्यक्रियाको जोखिम । 'शल्यक्रिया गराउँदा घाउमा संक्रमण हुन सक्छ, ब्लिडिङ हुन सक्छ,' चिकित्सक राईले भने, 'तर ज्यानै जाने किसिमको खतरा हुँदैन ।' तर बेहोस बनाउँदा -एनेस्थेसिया) को खतरा शल्यक्रियाको भन्दा पनि जोखिमपूर्ण हुने उनले बताए । एनेस्थेसियाले ज्यानै पनि जान सक्छ ।

पछिल्ल्ो समयमा काठमाडौं मोडल अस्पतालमा नाक, ओठ मिलाउनेहरू धेरै आइरहेका उनले बताए । 'स्तन ठूलो बनाउनेहरू पनि आइरहेका छन्,' उनले भने, 'तर ठूलोभन्दा पनि सानो बनाउने धेरै आएका छन् ।' धेरै ठूलो स्तन हुँदा सोसियल 'इम्ब्यारेस' हुन्छ । घाँटी र गर्धन दुख्ने समस्या पनि हुन्छ । अप्रेसनमार्फत सानो बनाइन्छ । सानो बनाउँदा केही दाग पनि हुन्छन् । ती दागलाई चिकित्सकले छोपिदिन्छन् । स्तन ज्यादै ठूलो भएर समस्यामा परेकी एक महिलाको स्तनबाट तीन किलो बोसो निकालिएको चिकित्सक राईले बताए । 'हामीले एकापट्टकिो साढे एक किलोसम्मको मासु निकालेका छौँ, दुई साइडको गर्दा झन्डै तीन किलो निकालेका छौँ,' उनले भने । तर, काठमाडौं मोडेल अस्पतालमा उपलब्ध प्लास्टिक सर्जरी सेवा मुख्य गरी अंगभंग भएका तालु काटिएका र खुँडेका लागि केन्दि्रत रहेको पनि उनले स्पष्ट पारे । त्यस्ताको उपचार मोडेल अस्पतालमा निःशुल्क उपलब्ध छ ।

प्लास्टिक सर्जरी गराउन शरीरमा एसिड परेर आउनेहरू पनि छन्, जसमा महिलाको संख्या बढी रहेको पनि उनले बताए । विशेषतः तराईका जिल्लामा दाइजोका कारण जिउँदै जलाउने र एसिड छर्कने घटना धेरै हुन्छन् । अनुहारै जलेकाहरूलाई शरीरको अन्य भागबाट मासु लगेर ट्रान्सप्लान्ट गर्नुपर्छ । कुनै अंगसँग गुनासो पालेर नबस्न उनको सुझाब छ । त्यस्तै, खुइलिएको तालुमा कपाल रोप्ने सर्जरी पनि गरिन्छ ।

No comments:

Post a Comment