Pages

Wednesday, September 28, 2011

मुटुरोग युवा र महिलामा बढ्यो

प्रस्तुति : प्रवीण ढकाल
dhakalprabin@gmail.com

image

डा. प्रकाशराज रेग्मी

मुटुरोग विशेषज्ञ, वीर अस्पताल

'अव्यवस्थित जीवनशैलीको नतिजा नै मुटुरोगको कारक हो । आधुनिक सभ्यता, व्यस्त जीवन, महत्वाकांक्षा, भोज-भतेर, कम्प्युटर, टेलिभिजन, धुम्रपान, मद्यपान, अत्यधिक मानसिक तनाव, व्यायामको कमी र धेरै पैसा कमाउने दौडजस्ता कुरा नै मुख्य रूपमा मुटुरोग बढ्नाका कारण हुन् ।


नेपाललगायतका विकासोन्मुख देशमा सहरीकरण्ा, खानपिन र जीवनशैलीमा आएको परिवर्तनका कारण्ा मुटुरोगीहरूको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । केही वर्ष अगाडिसम्म सम्पन्न र धनी देशका वृद्ध र पाको मानिसको रोगका रूपमा परिचित मुटुरोग हाल आएर विकासोन्मुख र गरिब देशका युवा तथा जवानको पनि रोगका रूपमा परिचय कमाउन थालेको छ । यसका साथै यो रोगले पछिल्ला समयमा महिलालाई पनि सताउन थालिसकेको छ ।

नसर्ने रोगमध्ये सबैभन्दा खतरा रोगको रूपमा लिइएको मुटुरोगका कारण वर्षेनी लाखौँ मानिसको मृत्यु भइरहेको छ । विश्वभर नै मुटुरोगीको संख्या हरेक वर्ष बढ्दै गएकाले विश्व मुटु महासंघले यसबारेमा चेतना जगाउन र मुटु बचाउन प्रत्येक वर्ष सेप्टेम्बर महिनाको अन्तिम आइतबार विश्व मुटु दिवस संसारभर मनाउँदै आइरहेको छ । महासंघले यस वर्ष भने २९ सेप्टेम्बरमा यो दिवस मनाउन लागेको हो । नेपालमा पनि मुटु बचाउन चेतनामूलक कार्यक्रम आयोजना गरेर यो दिवस मनाउन थालिएको छ । मानिसको खानपिन तथा जीवनशैलीमा आएको परिवर्तनका कारण पछिल्ला वर्षहरूमा मुटुरोगीका संख्या नेपाललगायतका विकासोन्मुख देशहरूमा दिनानुदिन बढिरहेको छ । विश्वमा नै मुटुरोगीहरूको संख्यामा बढ्दै गएको अवस्थामा नेपालमा पनि मुटु बचाउन हरेक वर्ष मुटुरोग दिवसको अवसरमा साताव्यापी चेतनामूलक कार्यक्रम आयोजना गरेर यो दिवस मनाइने गरिएको तथा अन्य दिनहरूमा चेतनामूलक अन्तरक्रियाहरू गरिँदै आइएको छ ।

महासंघ र विश्व स्वास्थ्य संगठनले पछिल्ला वर्षहरूमा गरिब तथा विकासोन्मुख देशका युवा तथा गरिब व्यक्तिहरू धनी तथा सुविधासम्पन्न राष्ट्रका तुलनामा बढी मुटुरोगबाट संक्रमित भएका तथ्यांक सार्वजनिक गरेपछि नेपाललगायतका देश बढी जोखिममा रहेको पाइन्छ । चार-पाँच वर्षअघिसम्म करिअर र समाजमा एउटा स्थान बनाइसकेका व्यक्ति वा ४० वर्ष पार गरेका व्यक्तिलाई मात्र यो रोग लाग्ने गरेको थियो । तर, आजभोलि १७ वर्षदेखि माथिका युवा र समाजमा स्थान बनाइनसकेका गरिबमा पनि मुटुरोग बढेको छ । सहरीकरणसँगै फेरिँदो जीवनशैली र खानपानमा भएको अनियमितताले मानव शरीर दिनानुदिन अस्वस्थकर बन्दै गइरहेको छ । सुविधाजनक जीवनशैली र अस्वस्थकर खानपानले मानिसलाई कोलेस्ट्रोल र उच्च रक्तचापजस्ता मुटुरोगका कारणलाई जन्म दिइरहेकाले मुटुरोगले जसलाई पनि आक्रमण गर्न सक्दछ । हाम्रोजस्तो देशमा विकसित देशको सुविधाजनक जीवनशैली र खानपानको नक्कल गर्दा अस्वस्थकर खानपिन र बढी सुविधाभोगी बन्ने होडबाजीले मुटुरोगीको संख्या बढाइरहेको देखिन्छ ।

विश्व मुटु महासंघको पछिल्लो तथ्यांकअनुसार विश्वभर वर्षेनी एक करोड ७५ लाख मानिस मुटु रोगबाट मर्ने गर्छन् । यीमध्ये विकासोन्मुख राष्ट्रमा यस रोगबाट मर्नेको संख्या ९० लाखभन्दा बढी रहेको छ । मुटुरोगमा पनि हृदयघातबाट मर्नेको संख्या विकासोन्मुख मुलुकमा बढी छ । सन् २०२० सम्ममा नेपाललगायत विकासोन्मुख राष्ट्रमा हृदयाघात भएर मर्नेको संख्या ३५ प्रतिशत पुग्ने अनुमान महासंघले गरेको छ । महासंघले गरेको अनुमानका कारण नेपालमा मुटुरोगका कारण भयावह स्थिति आउन सक्ने स्थिति देखिएकाले मुटु बचाउनका लागि अहिलेदेखि नै सबै नागरिक सचेत हुन आवश्यक देखिन्छ । सरकार तथा चिकित्सकले पनि मुटु बचाउन एक दिन मात्र होइन वर्षभरि नै मुटु जोगाउने अभियान चलाउनुपर्छ ।

मुटुका धेरैजसो रोग जीवनशैलीसँग सम्बन्धित छन् । आजका मानिसको जीवनशैली निकै अव्यवस्थित हुन पुगेको छ । अव्यवस्थित जीवनशैलीको नतिजा नै मुटुरोगको कारक हो । आधुनिक सभ्यता, व्यस्त जीवन, महत्त्वाकांक्षा, भोज-भतेर, कम्प्युटर, टेलिभिजन, धुम्रपान, मद्यपान, अत्यधिक मानसिक तनाव, व्यायामको कमी र धेरै पैसा कमाउने दौडजस्ता कुरा नै मुख्य रूपमा मुटुरोग बढ्नाका कारण्ा हुन् । पछिल्ला वर्षमा महिलामा पनि मुटुरोग बढ्न थालेपछि विश्वभरमा थप अर्को चिन्ता थपिएको छ । पुरुषको दाँजोमा महिलालाई युवा अवस्थामा मुटुरोग लाग्ने सम्भावना कम हुन्छ । महिला शरीरमा मात्र पाइने 'फिमेल हर्मोन'ले मुटुरोगको खतरा कम गर्छ । तर, केही वर्षयता महिलामा पनि धेरै मात्रामा मुटुकारोग देखिन थालेको छ । महिलामा पनि तनाव, धुम्रपान, मद्यपानजस्ता लत बढेको र व्यायामको कमीले महिलामा मुटुका समस्या बढिरहेको हो । महिनावारी हुँदासम्म महिलामा उत्पन्न हुने त्यस हर्मोनले उनीहरूमा हृदयाघातको सम्भावना एकदमै न्यून हुने भए पनि फेरिँदो जीवनशैली र आरामको अभावमा समस्या बढ्दै गएको देखिन्छ । महिलामा पनि मुटुरोगको समस्या बढ्दै गएपछि विश्वभरि 'गो रेड फर वुमन' अर्थात् 'महिलाका लागि रातो संकेत' अभियान सञ्चालनमा आएको छ । नेपालले पनि गत वर्षबाट यस्तो अभियान सञ्चालन गर्दै आएको छ । महिलालाई मुटुरोगप्रति सचेत रहन यस्तो अभियान थालिएको हो ।

आममानिसमा मुटुरोग भन्नेबित्तिकै हृदयाघात र हार्टफेलमात्र हो भन्ने भ्रम रहेको छ । तर, मुटुका अन्य रोगहरूमा पनि रहेका छन् । मुटु र रक्तनली सम्बन्धित भएकाले मुटुका सयभन्दा बढी रोग रहेको पाइन्छ । तर, तीमध्ये चिकित्सकले मुटुका रोगलाई जन्मजात मुटुरोग, बाथ मुटुरोग र जीवनशैलीसम्बन्धी मुटुरोग भनेर तीन भागमा बाँडिएको छ । नेपालमा मुटुरोगबाट पीडित जनता कुल जनसंख्याको १५ प्रतिशत अर्थात् ४५ लाख रहेका छन् ।

मुटुरोगका प्रमुख लक्ष

छातीको बीचभागमा पीडा हुनु

कुनै काम वा परिश्रम गर्दा दम बढ्नु

खुट्टाहरू सुन्निनु

मुटु बेतालले धड्किनु

चक्कर लाग्नु, घाँटीको रक्तनली फुल्नु वा चल्नु

बाल्यकालमा जोर्नीहरू दुख्नु र साथमा ज्वरो पनि आउनु

जिब्रो, औंलाका टुप्पाहरू नीलो हुनु

मुटुका केही रोगहरू जस्तै उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, मधुमेह आदिको कुनै ल्रक्षणनहुन पनि सक्छ । यी रोग परीक्षण गरेपछि मात्र पत्ता लाग्छ । मानिसको आकस्मिक मृत्यु धेरैजसो मुटुरोगकै कारण्ाबाट हुन्छ । मुटुरोग थोरै लक्षण तर धेरै खतरा रोगमा पर्छ ।

मुटुरोगबाट बच्ने उपाय

धुम्रपान नगर्ने

मोटोपना घटाउने

नियमित व्यायाम गर्ने

सन्तुलित आहार खाने

मानसिक तनावबाट मुक्त रहने

खानपिन र जीवनशैलीमा सुधार ल्याउने

प्रशस्तमात्रामा हरियो तरकारी र फलफूल खाने

छिटोछिटो दौडिने र व्यायाम गर्ने

उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्टेरोलजस्ता रोगको

उपचार समयमा नै गराउने

घ्यू, तेल तथा अन्य चिल्लोको मात्रा जति सक्यो कम प्रयोग गर्ने

नुन कम खाने

दश वर्षमा जनसंख्या वृद्धिदर आधाले घट्यो

प्रवीण ढकाल
image

सय वर्षमा जनसंख्या एक करोड दश लाख ८२ हजार ६० बढ्यो

पुरुषभन्दा महिलाको संख्या सात लाख ६५ हजार नौ सय ४७ बढी

देशभरमा ४७ लाख ६७ हजार एक सय ९६ घरमा ५६ लाख ५९ हजार ९ सय ८४ परिवार

दुई करोड २० लाख ९५ हजार २२ जना (८३ प्रतिशत) ग्रामीण क्षेत्रमा र ४५ लाख २५ हजार सात सय ८७ जना (१७ प्रतिशत) सहरी क्षेत्रमा

२३ जिल्लाको जनसंख्या वृद्धिदर घट्यो

नयाँ पत्रिका
काठमाडौं, १० असोज

दश वर्षमा नेपालमा करिब ३५ लाख जनसंख्या बढेको छ । सरदर वार्षिक जनसंख्या वृद्धिदर भने २.२५ बाट १.४ प्रतिशत अर्थात् आधा घटेको छ ।

०६८ सालको जनगणनाअनुसार जनसंख्या दुई करोड ६६ लाख २० हजार ८ सय ९ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले १० वर्षअघिको तुलनामा १४.९९ प्रतिशत जनसंख्या बढेको तथ्यांक मंगलबार सार्वजनिक गरेको हो ।

विभागको प्रारम्भिक नतिजाअनुसार दश वर्षमा ३४ लाख ६९ हजार तीन सय ८६ जना थपिएका हुन् । यसअघि ०५८ को जनगणनामा नेपालको जनसंख्या दुई करोड ३१ लाख ५१ हजार चार सय २३ थियो ।

विभागको प्रारम्भिक नतिजामा पुरुषभन्दा महिला बढी रहेको उल्लेख छ । कुल जनसंख्यामा पुरुषको संख्या एक करोड २९ लाख २७ हजार चार सय ३१ छ । महिलाको संख्या भने एक करोड ३६ लाख ९३ हजार तीन सय ७८ छ । 'कुल जनसंख्यामा पुरुष ४८.५६ प्रतिशत र महिला ५१.४४ प्रतिशत रहेको छ,' सार्वजनिक तथ्यांकमा उल्लेख छ, 'पुरुषभन्दा महिला सात लाख ६५ हजार नौ सय ४७ जनाले बढी छन् ।'

दश वर्ष अवधिमा सबैभन्दा बढी तराईमा २१ लाख ३८ हजार एक (१९.०७ प्रतिशत) र सबैभन्दा कम हिमाली क्षेत्रमा एक लाख सात हजार चार सय ९५ (६.३७ प्रतिशत) जनसंख्या थपिएको छ । पहाडमा भने १२ लाख २३ हजार आठ सय ९० (११.८६ प्रतिशत) जनसंख्या थपिएको तथ्यांक विभागले जनाएको छ । जनसंख्या वृद्धिदर भने हिमाली क्षेत्रमा सबैभन्दा कम ०.६२, तराईमा सबैभन्दा बढी १.७५ प्रतिशत र पहाडमा १.१३ प्रतिशत छ ।

यसैगरी, जनघनत्व भने औषतमा एक सय ५७ जना प्रतिवर्ग किलोमिटरबाट बढेर एक सय ८१ पुगेको तथ्यांकमा उल्लेख छ । जनघनत्व सबैभन्दा धेरै तराईमा तीन सय ९२ जना प्रतिवर्ग किलोमिटर, सबैभन्दा कम हिमाली क्षेत्रमा ३५ जना प्रतिवर्ग किलोमिटर र पहाडमा एक सय ८७ छ । अघिल्लो जनगणनाको तथ्यांकअनुसार तराईमा तीन सय ३०, पहाडमा एक सय ६७ र हिमालमा ३३ जनघनत्व थियो ।

तथ्यांकअनुसार देशभरमा ४७ लाख ६७ हजार एक सय ९६ घरधुरी छन् । ती घरमा ५६ लाख ५९ हजार नौ सय ८४ परिवारको बसोवास रहेको विभागले जनाएको छ । अघिल्लो जनगणनामा भने परिवार संख्या ४२ लाख ५३ हजार दुई सय २० थियो । यस अवधिमा १४ लाख ६ हजार सात सय ६४ परिवार थपिएको तथ्यांकमा उल्लेख छ ।

दश वर्षमा प्रतिपरिवार सदस्य संख्यामा भने कमी आएको देखिएको छ । ०६८ को जनगणनामा औषतमा प्रतिपरिवार ४.७ जना सदस्य छ । अघिल्लो गणनामा भने ५.४४ थियो । सहरी क्षेत्रको परिवारमा सरदर ४.०५ जना र ग्रामीण क्षेत्रमा ४.८६ जना रहेको विभागले जनाएको छ । यो संख्या दश वर्षअघि क्रमशः ४.८६ र ५.६५ जना थियो ।

'कोही नछुटौँ, कोही नदोहोरिऔँ' भन्ने नारासहित सरकारले ३ देखि १३ असारसम्म जनगणना गरेको थियो । जनगणना-०६८ मा साढे ३४ हजार गणक, साढे आठ हजार सुपरीवेक्षक, तीन सय ५० इलाका सुपरीवेक्षक र एक हजार व्यवस्थापनसम्बन्धी कर्मचारी परिचालन गरिएको थियो ।

नेपालमा सय वर्षयता हरेक १० वर्षको अन्तरमा जनगणना गरिँदै आएको छ । केन्द्रीय तथ्यांक विभागले जनगणना सुरु भएको सय वर्ष पुगेको अवसरमा यस वर्षको जनगणनामा विभिन्न नयाँ प्रविधिको प्रयोग गरेको थियो । नेपालमा विसं १९६८ देखि जनगणना सुरु भएको हो । सुरु वर्षको गणनामा जनसंख्या ५६ लाख ३८ हजार ७ सय ४९ थियो । सय वर्ष अवधिमा नेपालको जनसंख्या एक करोड दश लाख ८२ हजार ६० बढेको छ ।

काठमाडौंमा सबैभन्दा बढी र मनाङमा सबैभन्दा कम जनसंख्या

विभागले सार्वजनिक गरेको तथ्यांकमा देशका ७५ जिल्लामध्ये सबैभन्दा बढी जनसंख्या काठमाडौंमा र सबैभन्दा कम मनाङमा रहेको देखाइएको छ । काठमाडौंको जनसंख्या १७ लाख ४० हजार नौ सय ७३ छ । अघिल्लो गणनामा भने १० लाख ८१ हजार आठ सय ५४ जनसंख्या थियो ।

काठमाडौंमा दुई लाख ४२ हजार दुई सय ७४ घर तथा भवन रहेका र ती घर तथा भवनमा चार लाख ६९ हजार एक सय ४५ परिवार बसोवास गरेको तथ्यांक विभागले जनाएको छ । दश वर्षअघिको गणनामा भने एक लाख २२ हजार सात सय ९५ घर तथा भवनमा दुई लाख ४२ हजार दुई सय ७४ परिवार थिए ।

मनाङ जिल्लाको जनसंख्या सबैभन्दा कम ६ हजार पाँच सय २७ छ । यो दश वर्षअघिको भन्दा तीन हजार ६० जनाले कम हो । मनाङमा जनसंख्या ३.८४ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ । त्यस्तै मनाङमा एक हजार चार सय ९५ घर तथा भवनमा एक हजार तीन सय ६३ परिवारको बसोवास छ । दश वर्षअघि भने एक हजार तीन सय ६३ घर तथा भवनमा एक हजार पाँच सय ५५ परिव्ार रहेको थियो । मनाङका दुई सय ६२ जना बिदेसिएको तथ्यांकमा देखाइएको छ ।

जनगणनाअनुसार काठमाडौंपछि मोरङ, रुपन्देही, झापा र कैलाली जिल्लालाई क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ धेरै जनसंख्या भएका जिल्ला हुन् । मोरङमा नौ लाख ६४ हजार सात सय नौ, रुपन्देहीमा आठ लाख ८६ हजार सात सय ६, झापामा आठ लाख १० हजार ६ सय ३६ र कैलालीमा सात लाख ७० हजार दुई सय ७९ जनसंख्या छ । त्यस्तै, कम जनसंख्या भएका जिल्लामा मनाङपछि मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला छन् । मुस्ताङमा १३ हजार सात सय ९९, डोल्पामा ३६ हजार सात सय एक, रसुवामा ४३ हजार सात सय ९८ र हुम्लामा ५१ हजार आठजना रहेको तथ्यांकमा उल्लेख छ ।

विकास क्षेत्रका आधारमा सबैभन्दा धेरै जनसंख्या मध्यमाञ्चलमा र सबैभन्दा कम सुदूर पश्चिमाञ्चलमा रहेको पनि विभागले जनाएको छ । मध्यमाञ्चल विकास क्षेत्रमा ९७ लाख १३ हजार सात सय दुईजनाको बसोवास छ । यो कुल जनसंख्याको ३६.५ प्रतिशत हो । अघिल्लो जनगणनामा यो प्रतिशत ३४.६९ थियो । सबैभन्दा कम रहेको सुदूरपश्चिममा २५ लाख ४३ हजार तीन सय ४९ जनसंख्या छ ।

मध्यमाञ्चालपछि पूर्वाञ्चलमा ५८ लाख ३४ हजार एक सय ८२, पश्चिमाञ्चलमा ४९ लाख ४५ हजार एक सय ९० र मध्यपश्चिमाञ्चलमा ३५ लाख ८४ हजार तीन सय ८६ जनसंख्या छ ।

कुल जनसंख्याको दुई करोड २० लाख ९५ हजार २२ जना (८३ प्रतिशत) जनसंख्या ग्रामीण क्षेत्रमा र ४५ लाख २५ हजार सात सय ८७ जना (१७ प्रतिशत) जनसंख्या सहरी क्षेत्रमा बसोवास गर्ने गरेका छन् ।

बिदेसिनेको संख्या बढ्यो

नेपालबाट विदेश जाने जनसंख्यामा वृद्धि भएको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार १९ लाख १७ हजार नौ सय तीन नेपाली बिदेसिएका छन् । यसअघिको गणनामा सात लाख ६२ हजार एक सय ८१ मानिस बिदेसिएको तथ्यांक थियो ।

बिदेसिएकामध्ये ८६.७ प्रतिशत पुरुष (१६ लाख ६३ हजार दुई सय ३७) र १३.३ प्रतिशत महिला (दुई लाख ५४ हजार ६ सय ६६) छन् । यसरी बिदेसिनेमा ग्रामीण क्षेत्रका ८५.३८ प्रतिशत (१६ लाख ३७ हजार चार सय ६९) र सहरी क्षेत्रका १४.६२ प्रतिशत (दुई लाख ८० हजार चार सय ३४) छन् ।

२३ जिल्लाको जनसंख्या वृद्धिदर घट्यो

तथ्यांक विभागका अनुसार अघिल्लो जनगणनाको तुलनामा यस वर्षको जनगणनामा २३ जिल्लाको जनसंख्या वृद्धिदर घटेको छ । ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लामजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, गुल्मी र अर्घाखाँचीमा जनसंख्या वृद्धिदर घटेको हो ।

Wednesday, September 21, 2011

बिरामीले खाने खानामा झिँगा र भुसुना

प्रवीण ढकाल

image

भोजनालयको भान्छाघर असाध्यै फोहोर, अचारमा भुइँ पुछ्ने टालो, खोकनाको तोरीको तेलमा सस्र्यु

नयाँ पत्रिका

काठमाडौं, ३ असोज

दुई सातादेखि बजार अनुगमन तीव्र पारेको वाणिज्य विभागले मंगलबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल परिसरमा रहेको शिव भोजनालयमा अनुगमन गरेको छ । विभागले भोजनालयको भान्छाघरमा रहेको खानामा झिँगा र भुसुना भन्किरहेको फेला पारेको थियो ।

'अस्पतालको भोजनालय अनुगमन क्रममा बिरामीलाई खुवाइने जाउलोमा भुइँबाट चुहिएर चियाको थोपा खसिरहेको थियो,' विभागका खाद्य निरीक्षक कमलबहादुर थापाले भने, 'भोजनालयमा पाकेको खाना स्वस्थकर पाइएन ।'

अनुगमनमा हिँडेका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले अस्पतालको भोजनालय हेर्दै बान्ता हुनेखालको रहेको बताए । उनका अनुसार भान्छामा जताततै फोहोर छरिएका, खाना बनाउने भाँडा असाध्यै फोहोर र दुर्गन्घित भेटिए । त्यस्तै, क्यान्टिनमा राखिएका अचारको भाँडोमा टेबुल तथा भान्छा पोछ्ने टालो फेला परेको थियो ।

विभागका निरीक्षक थापाका अनुसार भोजनालयवरिपरि ढलको पानी जमेको, बाहिरको फोहोर र गन्ध भान्छाघरसम्म आउने गरेको पाइएको थियो ।

यसैगरी, भोजनालयमा पकाइएका चाउचाउ, चाउमिन तथा खाना ५-६ पटकसम्म तताउने गरेको र बिहानदेखि बेलुकासम्म एउटै भाँडामा चिया पकाउने गरिएको पाइएको थियो ।

भोजनालयको खाना खाँदा चिकित्सकसमेत बिरामी परेपछि उनीहरूले भोजनालयमा खाना खान छोडेको अस्पताल कर्मचारी युनियनले जनाएको छ । खाना गुणस्तरहीन भयो भनी जानकारी गराउँदासमेत अस्पताल प्रशासनले बेवास्ता गरेको युनियनका सहसचिव नवराज धितालले बताए ।

क्यान्टिनमा फोहोर देखिएपछि विभागले अस्पतालका निर्देशक डा. बुलन्द थापासँग सोधपुछ गरेको थियो । तर, निर्देशक थापाले भोजनालयको कार्यक्षेत्र आफ्नो नभई न्याम्सको भन्दै पन्छिए । उनले कार्यक्षेत्र नभएको भनि पन्छिएपछि न्याम्सका उपकुलपति डा. दामोदर पोखरेलसँग टोलीले सोधपुछ गरेको थियो ।

उपकुलपति पोखरेलले अस्पतालको क्यान्टिन तत्काल सफा गरी स्वस्थ र गुणस्तरीय खाना खुवाउने बताए । विभागले क्यान्टिनको विषयमा तीन दिनभित्र स्पष्ट जानकारीसहितको विवरण लिएर विभागमा आउन भोजनालय सञ्चालक शिव गौतम र दीनानाथ रेग्मीलाई पत्र काटेको छ ।

यसअघि टोलीले चाबहिलको ओम हस्पिटल तथा रिसर्च सेन्टर र मेडिकेयर अस्पतालको क्यान्टिनमा अनुगमन गरेको थियो । यसैगरी, जिल्ला प्रशासन कार्यालय ललितपुर अनुगमन टोलीले भैँसेपाटी र खोकनाको तेल मिलको अनुगमन गरेको छ । उसले भैँसेपाटीमा रहेको रुद्रायणी तेल मिल र खोकनास्थित सिकाली बहुउद्देश्यीय सहकारी तेल मिलको अनुगमनबाट तेलमा सस्र्यु मिसाइएको भेेटेको हो ।

Thursday, September 15, 2011

दूधमा ढुसी परेको पाउडर

प्रवीण ढकाल
image

दूधको पोकामा उत्पादन र उपभोगयोग्य मिति नै छैन

बन्द गर्न भनिएको पानी कम्पनीबाट उत्पादन जारी

औषधि भण्डारण नियमविपरीत

गुनासो गर्न गृह मन्त्रालयको हटलाइन ४२११२०८

१. सैँजु डेरीले अमृत र कान्तिपुर दूधमा मिसाउन राखेको ढुसी परेको पाउडर । २. केडिसी दूध उत्पादन गर्ने कालिका डेरीको मेसिनमा खिया हेर्दै अनुगमनकर्ता । ३. एक महिनाअघि नै बन्द गर्न भनिएको इभा पानीमा लेऊ । ४. हिमाल हस्पिटलको मेडिकलमा नियमविपरीत हावा नचल्ने कुनामा राखिएका औषधि । तस्बिरहरूः श्रीधर पौडेल, ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

नयाँ पत्रिका

काठमाडौं, २८ भदौ

वाणिज्य विभागको अनुगमन जारी छ, बुधबारको अनुगमनले पुष्टि भएको छ- दूधमा ढुसी परेको पाउडर पनि मिसाइएको हुन्छ, धाराबाट सोझै जारमा पानी थापेर 'मिनरल वाटर' भन्दै बजारमा बेचिन्छ ।

विभागको टोलीले बुधबार केडिसी दूध उत्पादन गर्ने कालिका डेरी र कान्तिपुर तथा अमृत दूध उत्पादन गर्ने सैंजु डेरीमा छापा मारेको थियो । दूधका नाममा सैंजु डेरीले पाउडर मिसाउने गरेको पुष्टि भएको छ । विडम्बना, पाउडरमा पनि ढुसी परेको थियो । टोलीले ढुसी परेको चार बोरा पाउडर नष्ट गरेको छ ।

त्यस्तै भक्तपुरको कालिका डेरीले त दूधमा उत्पादन र उपभोगयोग्य मिति नराखी दूध प्याकिङ गर्दै आएको थियो । जनस्वास्थ्यमाथि खेडबाड गरेको भन्दै सैंजु र कालिका दुवै डेरीमा सिलबन्दी गरिएको छ । विभागले अमृत र कान्तिपुर दूधका प्याकेट परीक्षणका लागि खाद्य प्रविधिमा पठाएको छ ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय भक्तपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र उपभोक्तावादी संघ-संस्थाका प्रतिनिधि थिए । टोलीले 'इभा' नामक जारको पानी धाराबाट भर्दै बजार पठाउने गरेको भेटाएको छ । पानी फिल्टरसमेत प्रशोधित भनेर बजारमा पठाउने गरिएको पुष्टि भएको छ ।

इभा ब्रान्डको मिनरल वाटर उत्पादन गर्ने स्वस्तिक वेभरेजले गुणस्तरहीन पानी उत्पादन गरेको केन्द्रीय खाद्य प्रयोगशालाले एक महिनाअघि नै पुष्टि गरेको थियो । विभागले एक महिनाअघि नै बन्द गर्न भनेको कम्पनीले पानी उत्पादन गरिरहे पनि प्रशासनले अहिलेसम्म कारबाही गरेको थिएन ।

गत जेठमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयका उपसचिव पे्रम सञ्जेलले इभा पानीमा अखाद्य पदार्थ र लेउ फेलापारेका थिए । जारमा लेउ फेलापरेपछि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरको सहयोगमा कम्पनीविरुद्ध वाणिज्य विभागमा उजुरी दिइएको थियो । वाणिज्यले सो पानीको नमुना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पठाएको थियो । विभागले पानीको नमुना परीक्षणमा पनि दूषित र मापदण्डविपरीत रहेको पुष्टि गरेको थियो ।

कम्पनीले दुई वर्षदेखि पानीको परीक्षण नै नगरी बेच्ने गरेको खुलेको थियो । उपभोक्ता हित संरक्षण मञ्च काठमाडौंका सचिव जगन्नाथ मिश्रले इभा गुणस्तरहीन भएकाले सो कम्पनी बन्द गर्न माग गदर्ैै मञ्चले महिना दिनअघि पत्र पठाएको बताए । बुधबार अनुगमनका क्रममा फिल्टर नगरी धाराबाट जारमा भर्दै पानी बेचेको पाइए पनि सो कम्पनी सिलबन्दी गरिएको छैन । प्रशासनले मापदण्ड पूरा नगरी पानी उत्पादन गरेको भन्दै स्वस्तिकका सञ्चालक कृष्णराम जाकी गोन्जारलाई बिहीबार जिल्ला प्रशासन कार्यालय उपस्थित हुन पत्र मात्र काटेको छ ।

खाद्य ऐनअनुसार बर्सेनि पानी परीक्षण गराउनुपर्छ भने अनुमतिपत्रसमेत नवीकरण गर्नुपर्ने प्रावधान रहेको छ । तर, सो कम्पनीले हालसम्म पानी परीक्षण नगराएको र कम्पनीको नवीकरणसमेत नभएको पनि पुष्टि भएको छ । प्रशासन कार्यालयका शाखा अधिकृत बलराम हाछेथूले कम्पनीद्वारा उत्पादित पानी नमुना परीक्षणका लागि खाद्य प्रविधिमा पठाइएकाले परीक्षणबाट आएको रिपोर्टका आधारमा कारबाही गरिने बताए ।

यसैगरी, ओके मिनरल वाटर प्रालिको अनुगमनक्रममा टोलीले फिल्टर उपकरणमै खिया लागेको भेटाएको छ । ओके नामक पानी उत्पादन गर्ने सो कम्पनीले आठ वर्षदेखि एउटै फिल्टर प्रयोग गर्दै आएको पुष्टि भएपछि सञ्चालकलाई स्पष्टीकरण सोधिएको छ ।

त्यस्तै तलेजु ब्रान्डको पानी उत्पादन गर्ने जयछुमा गणेश शुद्ध खानेपानी प्रालि र अक्वा प|mेस नामक पानी उत्पादन गर्ने कम्पनी जिआर प्रालिमा पानीको गुणस्तर जाँच्ने ल्याब नै भेटिएन । नियमअनुसार पानी उत्पादन गर्ने सबै कम्पनीमा आफ्नै ल्याब हुनुपर्छ भने केन्द्रीय ल्याबमा पनि पानीको परीक्षण गर्नुपर्छ । अनुगमनक्रममा कुनै पनि पानी उत्पादकले ल्याब परीक्षण नगरेको पाएपछि सबैलाई स्पष्टीकरणका लागि जिल्ला प्रशासन बोलाइएको छ ।

औषधिको भण्डारणमा समस्या

दूध र पानी मात्र होइन, औषधिको गुणस्तरमा पनि समस्या देखिएको छ । शिक्षण अस्पतालपरिसरको हाम्रो फार्मेसी र हिमाल अस्पतालपरिसरमा रहेको हिमाल मेडिकलले मापदण्डविपरीत औषधि भण्डारण गरेको पुष्टि भएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालय, औषधि व्यवस्था विभाग र उपभोक्तावादी संस्थाको संयुक्त टोलीले बुधबार हिमाल मेडिकल र हाम्रो फार्मेसीमा अनुगमन गरेको थियो । सरकारी मापदण्डअनुसार औषधिलाई हावा आउने खुला कोठामा भित्तामा नछुने गरी राखेको हुनुपर्दछ । तर, हिमाल मेडिकल हलले टिनको छानामुनि सानो अँध्यारो कोठामा कतैबाट पनि हावा नजाने गरी गुम्साएर राखेको पाइएको छ ।

विभागका फार्मेसी निरीक्षक श्याम अधिकारीले मापदण्डविपरीत औषधि भण्डारण गरेको मेडिकल हललाई एक साताभित्र विभागका निरीक्षकको उपस्थितिमा राम्रो स्थानमा औषधि भण्डारण गर्न निर्देशन दिएको बताए । उनका अनुसार हिमाल मेडिकल हलमा भण्डारण गरिएको औषधि हेर्दा धेरै औषधि बिगि्रएको हुनसक्छ ।

'नियमअनुसार भित्तामा छुने गरी वा सीधै भुइँमा औषधि भण्डारण गर्नुहुँदैन । तर, हिमाल मेडिकलले भित्तामा र भुइँ सीधै छुने र गुम्सिएको कोठामा निमयविपरीत औषधि भण्डारण गरेको पाइयो,' उनले भण्डारणमा फेलापरेका बिगि्रएका औषधि सबै विभागले जफत गर्ने बताए ।

यसैगरी सोही टोलीले शिक्षण अस्पतालपरिसरको हाम्रो फार्मेसीले मानसिक रोगीका लागि आवश्यक लागू तथा मनोदिपक औषधिको रेकर्ड राख्ने नगरेको भेटिएको छ । ती औषधि छुट्टै स्थानमा राख्नुपर्नेमा अन्य औषधिहरू भएकै स्थानमा नै राखेको तथा मूल्य नै नभएका सर्जिकल सामग्रीहरू बिक्रीका लागि राखिएको पाएको छ ।

यस्तै अनुगमनमा बिलमा खरिदकर्ताको नाम नलेख्ने, तथा नियमअनुसार बिलमा उल्लेख गर्नुपर्ने ब्याच नम्बर र म्याद सकिने मिति पनि उल्लेख नगरेको पाएको छ । विभागले फार्मेसीलाई विभागमा प्रमाणपत्र र आवश्यक कागजातसहित विभागमा उपस्थित हुने भनेको छ ।

प्रत्येक निर्वाचन क्षेत्रमा बजार अनुगमन संयन्त्र

सरकारले बजार अनुगमनका लागि प्रत्येक निर्वाचन क्षेत्रमा स्थायी संयन्त्र बनाउने भएको छ । आपूर्ति मन्त्रालयका प्रवक्ता गणेश ढकालले बजार अनुगमनलाई तीव्रता दिन दुई सय ४० निर्वाचन क्षेत्रमै अनुगमन संयन्त्र स्थापना गर्ने र मूल्यवृद्धि नियन्त्रण गर्न सुपथमूल्य पसल सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । त्यसका लागि मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयसँग आवश्यक जनशक्ति र अर्थ मन्त्रालयलाई आवश्यक बजेटको व्यवस्था गर्न आग्रहसमेत गरिसकेको बताए ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रवक्ता ढकालले उपभोक्ताको हित संरक्षणका लागि उपभोक्ता अदालत गठन गर्ने र कडा कारबाहीको व्यवस्था गर्न ऐन संशोधनको मस्यौदा कानुन मन्त्रालयमा पठाइसकेको बताए । उनका अनुसार बजारमा देखिएको कृत्रिम अभाव र कालोबजारीलाई नियन्त्रण गर्न आगामी ६ असोजबाट राजधानीमा सातवटा स्थायी र पाँचवटा घुम्ती पसल सञ्चालन गर्ने मन्त्रालयले तयारी गरेको छ । जसमा साल्ट टे्रडिङ, नेसनल टे्रडिङ, दुग्ध विकास संस्थान र खाद्य संस्थानले बिक्री गर्दै आएका सामग्रीहरू राखिनेछ ।

गृहसचिव लीलामणि पौडेलले बजार अनुगमनमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै राजनीतिक वा अरू कुनै दबाबको भरमा दोषीले उन्मुक्ति पाउन नहुने बताए । 'म जति दिन गृह मन्त्रालयमा बस्छु, सशक्त कारबाही गर्न पछि पर्दिनँ,' उनले भने 'कसैको दबाबको अगाडि झुक्दिनँ र कसैले दबाब दिएर केही हुनेवाला छैन दोषीमाथि कारबाही गर्न अगाडि बढ्नेछु ।' उनले आफूले सबै सिडियोलाई अनुगमनको काम गरेको मासिक प्रतिवेदन मन्त्रालयमा पठाउन निर्देशन दिएको बताए ।

गृहसचिव पौडेलले उपभोक्ताको गुनासो सुन्न मन्त्रालयले ४२११२०८ नम्बरको टेलिफोनको व्यवस्था गरेको र छिट्टै उपभोक्ताको गुनासो एसएमएसबाट समेत सुन्ने व्यवस्था मिलाउन लागेको जानकारी दिए ।

Wednesday, September 14, 2011

मदिरामा मिसावट, पानी दूषित, किरा परेका पीठोबाट केक


image

बजार अनुगमन तीव्र बनाएको वाणिज्य विभागले मंगलबार अर्को तथ्य पत्ता लगाएको छ


प्रहरीले सिन्धु डिलर्स एन्ड सप्लायर्सबाट मंगलबार बरामद गरेका मिसावटयुक्त र राजस्व छलिएका मदिराका बोतल । वाणिज्य विभागले अक्वा त्रिशूली मिनलर वाटरको कम्पनीमा भेटिएको दूषित पानीको जार (अन्तिम) । तस्बिरः श्रीधर पौडेल/नयाँ पत्रिका

नयाँ पत्रिका

काठमाडौं, २७ भदौ

किरा परेको पीठोबाट दुनोट र केक, खिया लागेको टयांकीबाट 'मिनरल वाटर' । बजार अनुगमन तीव्र बनाएको वाणिज्य विभागले मंगलबार अर्को तथ्य पत्ता लगाएको छ ।

विभागको टोलीले अक्वा त्रिशूली नामको 'मिनरल वाटर'को बोतल र जारमा दूषित पानी फेला परेको छ । विभाग र उपभोक्ता अधिकारवादीहरूसितको संयुक्त टोलीले त्रिशूली पानीको उत्पादन 'प्रोसेसिङ' नपुर्‍याई गरिएको, पानी प्रशोधन गर्ने फिल्टरमा प्वाल परेको, पानी राख्ने टयांकीमा खिया लागेको तथा टयांकी पूरै पहेँलो भएको फेला पारेको छ । त्यस्तै पानीका बोतलमा ब्याच नम्बर नै नराखी बिक्री गर्ने गरेको, राखेको मिति पनि गलत भएको र २० लिटरको पानीको जारमा परालको त्यान्द्रोजस्तो लामो अखाद्य वस्तु भेट्टाएको छ । विभागले कम्पनी तत्कालै बन्द गरेको छ ।

विभागका उपसचिव टीकाप्रसाद भण्डारीले पानीको उत्पादनमा समस्या देखिएको र पानी उत्पादन गर्ने स्थान र पानी फोहोर भेटिएपछि कम्पनीमा सिलबन्दी गरेको बताए । उनले पानीको नमूना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइने र विभागले दिएको रिपोर्टका आधारमा कम्पनीलाई कारबाही गरिने जनाए ।

अनुगमनमा नै गएका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले कम्पनीमा पानीको गुणस्तर जाँच्ने ल्याब पनि नभएको बताए । 'नियमअनुसार कम्पनीमा आफ्नै ल्याब हुनुपर्ने हो,' उनले भने, 'तर त्यो कम्पनीले परीक्षण नै नगरी दूषित पानी बिक्री गर्ने गरेको पाइयो ।' कम्पनीका कर्मचारीहरूले भने पानीको उत्पादन गरेपछि बानेश्वरमा रहेको एउटा ल्याबमा परीक्षण गर्ने गरेको जनाएका छन्, तर उनीहरूले ल्याबको नाम भने भनेनन् ।

यसैगरी, सोही टोलीले नयाँबजारमा रहेको सिद्धार्थ बेकरी एन्ड कन्फेक्सनरीमा पीठोमा किरा र झिँगा फेला पारेको छ । बेकरी सामग्रीहरू दुनोट, केक उत्पादन गर्ने पीठोमा सिलेसा (सेतो किरा), झिँगा र अखाद्य रङ फेला परेपछि विभागले सो पसललाई बन्द गरेको छ ।

'राजधानीका झन्डै ५० भन्दा बढी पसलमा बेकरी सामग्री बिक्री गर्दै आएको सो होलसेल पसलले किरा परेका, झिँगा, र भुसुना भएका र फोहोर पानीले बनाइएका दुनोट, केकलगायतका सामग्री बिक्री गर्ने गरेको पाइएको छ,' मञ्चका अध्यक्ष तिमल्सिनाले भने, 'बेकरी सामग्री उत्पादन गर्नेको किचेन देख्दै घिन लाग्दोे थियो ।'

विभागका उपनिर्देशक भण्डारीले सो पसलले अनुज्ञापत्र पनि नलिईकन गैरकानुनी रूपमा पसल सञ्चालन गरेको बताए । उनका अनुसार पसलका सञ्चालकलाई अनुज्ञापत्र तुरुन्त लिन र आवश्यक कागजपत्र लिएर विभागमा पाँच दिनभित्र उपस्थित हुन भनिएको छ । यस्तै पसलबाट उत्पादित सामग्रीको परीक्षणपछि थप कारबाही अगाडि बढाइनेछ । पसलका सञ्चालक गणेशप्रसाद पाण्डेले गल्ती स्वीकार्दै अबदेखि यस्तो नगर्ने बताएका छन् ।

टोलीले कमलपोखरीस्थित राजन ग्यास डिपोमा पनि निरीक्षण गरेको छ । डिपोमा लुकाइएर राखिएका ७० वटा भरिएका ग्यास फेला परेको छ । यसैगरी डिपोमा व्यवसाय दर्ताको प्रमाणपत्र नभएको, अनुगमनमा गएको टोलीलाई झुटो बोलेको र नापतौलका प्रमाणपत्र नभएकाले तीन दिनभित्र प्रमाण लिएर स्पष्टीकरण दिन बोलाएको छ ।

बिएमसी मसला नक्कली उत्पादन

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बबरमहलमा रहेको एक घरमा बिएमसी नाम गरेको नक्कली मसला उत्पादन गरिरहेको फेला पारेको छ । भारतको बाबा मसला कम्पनीले उत्पादन गर्ने बिएमसी मसलाको प्याकेटमा नक्कली मसला उत्पादन गरिरहेको अवस्थामा विभागले फेला पारेको हो ।

विभागका प्रवक्ता प्रमोद कोइरालाले नक्कली मसला उत्पादन गरेको घरमा सिलबन्दी गरेको बताए । उनका अनुसार जिल्ला प्रशासन, प्रहरी र उपभोक्तावादी संघसंस्थाहरूको सहयोगमा गरिएको अनुगमनमा नक्कली मसला उत्पादन गरिरहेको फेला परेको हो । गोदाम नै बनाई नक्कली उत्पादन गरेको आरोपमा विभागले अनुगमन गरेको थियो ।

Saturday, September 3, 2011

परीवार नियोजनाका साधन प्रयोग गर्नेको संख्यामा ह्रास

सहश्राब्दि विकास लक्ष्य पुरा हुन कठिन
प्रवीण ढकाल
नयाँ पत्रिका
काठमाडौँ भदौ
नेपालमा परीवार नियोजनका साधनको प्रयोग गर्नेको संख्यामा ह्रास आएको छ । परीवार नियोजनका साधन प्रयोग गर्ने संख्यामा ह्रास आएकाले नेपालले सहश्राब्दि विकास लक्ष्य हासिल गर्न कठिनाई हुने भएको छ ।
सहश्राब्दि विकास लक्ष्यअनुसार सन २०१५ मा नेपालका ६७ प्रतिसत जनताले कुनै न कुनै प्रकारका परीवार नियोजनाका साधन प्रयोग गर्ने गरेको हुनु पर्ने छ । तर सरकारले मङ्गलवार सार्वजनिक गरेको जनसांख्यिक स्वास्थ्य सर्वेक्षणको प्रारम्भिक प्रतिवेदनले नेपालमा जम्मा ४३ दशमलव दुई प्रतिशतले मात्र परीवार नियोजनका साधन प्रयोग गर्ने गरेको देखाएको छ । यो पाँच वर्ष अघिको सर्वेक्षणको तुलनामा एक प्रतिशत कम हो । सन् २००६ मा नेपालका ४४ दशमलव दुई प्रतिसत जनताले कुनै न कुनै प्रकारका परीवार नियोजनाका साधान प्रयोग गर्ने गरेको थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक पाँच वर्षको अवधिमा जनसांख्यिक स्वस्थ्य सर्वेक्षण सार्वजनिक गर्ने गरेको छ ।
सर्वेक्षणको प्रारम्भिक नतिजा अनुसार सन २००६ को तुलनामा यस वर्ष कण्डम सुई र महिला बन्ध्याकरण गर्नेको संख्या घटेको छ । पुरुष बन्ध्याकरण पिल इमप्लान्स र आइयुडीको प्रयोगमा बृद्धि भएको देखिएपनि समग्रमा परीवार नियोजनाका साधन प्रयोग गर्नेको संख्या घटेको सर्वेक्षणले देखाएको छ ।
ुसन् २००६ को तुलनामा यो वर्ष परीवार नियोजनका साधन प्रयोग गर्नेको संख्या घटेको छु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा प्रवीण मिश्रले भने ुपाँच वर्षको यो अवधिमा यो संख्या धेरै बढ्नु पर्ने थियो तर झन घटेको छ । यसले गर्दा सहश्राब्दि विकास लक्ष्य पुरा गर्न हामीलाई थप चुनौति थपिएको छ ।ु उनले पाँच वर्षको अवधिमा घटेको यो संख्याले अब बाँकी रहेको चार वर्षमा लक्ष्य पुरा गर्न निकै कठिन हुने बताए ।
मन्त्रालयको जनसंख्या महाशाखाका सह सचिव पदमराज भट्टले परीवार नियोजनका साधनको प्रयोग गर्नेको संख्या घट्नुमा गर्भपतन र विदेशमा काम गर्न जाने पुरुषहरु को संख्यामा बृद्धि भएकाले हुन सक्ने बताए । उनले परीवार नियोजनका साधन प्रयोग गर्नेको संख्यामा आएको ह्रासले थप चुनौति थपिएको बताए । ुपाँच वर्षको अवधिमा यो संख्यामा उल्लेख्य वृद्धि हुनुपर्ने थियोु उनले भने ुतर यसमा त थप कमी आएको छ । त्यसकारण सन् २०१५ मा सहश्राब्दि विकास लक्ष्य पुरा गर्न कठिन हुने भएको छ ।ु
सर्वेक्षणले नेपालको कुल प्रजननदर घटेर २।६ मा आएको दक्ष स्वास्थ्यकर्मीवाट गर्भवति सेवा सुत्केरी सेवा र स्वास्थ्य संस्थामा जन्म गराउने संख्यामा वृद्धि भएको दक्ष स्वास्थ्यकर्मीवाट सुत्केरी गराउनेको संख्या ३६ प्रतिशतमात्र रहेकोमा सहश्राब्दि विकास लक्ष्य ६० प्रतिशत पुर् याउन धेरै प्रयास गर्नुपर्ने वालवालीकाको खोप सेवामा प्रगति भएको नेपालमा खोप लगाउने वालवालीका ९७ प्रतिसत पुगेको पाँच वर्षमुनिका वालवालिकाको मृत्युदरमा सहश्राब्दि विकास लक्ष्य पुरा भएको आयोडिनयुक्त नुनको प्रयोग गर्नेको संख्या ८० प्रतिशत रहेको वालवालिका तथा महिलामा रक्त अल्पता हुनेको संखयामा कमी आएपनि उल्लेख्य रुपमा कमी आउन नसकेको उमेर अनुरुप तौल नपुगेको वालवालिकाका संख्या २९ प्रीतसतमा आएर सहश्राब्दि विकास लक्ष्य पुरा भएको देखाएको छ । मन्त्रालयले युस एडको सहयोगमा पुर्व मेचि देखि पश्चिम महाकालीको हिमाल पहाड र तराईका गरी कुल ११ हजार तीन सय ५३ घरधुरीमा गएर सर्वेक्षण गरेको थियो ।

चिकित्सकसहितको टोली दोषि : प्रतिवेदन

प्रवीण ढकाल
नयाँ पत्रिका
काठमाडौँ ७ भदौ
चितवनको विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा गत २६ साउनमा चिकित्सकका लापरवाहिका कारण घाँटीको शल्यकि्रया गर्नुपर्ने बिरामीको पाठेघर फालिएको घटनामा शल्यकि्रयामा संलग्न चिकित्सकसहितको टोलीलाई दोषि ठहर गरीएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घटनाको विषयमा छनविन गर्न गठीत समितिलेले एक साता लामो अध्ययनपछि तयार पारेको प्रतिवेदनमा शल्यकि्रयामा संलग्न डा जितेन्द्र परियारको टीमलाई दोषि देखाइएको छ ।
समितिले बुधवार मन्त्री लोकेन्द्र विष्ट मगरलाई प्रतिवेदन बुझाएको छ । तर प्र्रतिवेदनमा भएको कुरा भने सार्वजनिक गरीएको छैन । मन्त्री निकटको स्रोतका अनुसार प्रतिवेदनले शल्यकि्रया गर्ने चिकित्सक सहित पि्र-आपरेसनमा संलग्न सवैलाई दोषि देखाएको छ ।
ुप्रतिवेदनले डाक्टर परियार लगाएत उपचारमा संलग्न टिमलाई नै दोषि देखाएको छु स्रोतले भन्यो ुतर दोषिलाई कारवाहिको लागि भने प्रतिवेदनले सिफारीस गरेको छैन ।ु स्रोतका अनुसार भरतपुर क्यान्सर अस्पताल स्वायत्त संस्था रहेको र सो अस्प्तालको आफ्नो छुट्टै ऐन नियम भएकाले समितिले कारवाहिको लागि सिफारीस नगरेको हो । मन्त्रालयले अस्पताललाई प्रतिवेदनका आधारमा छलफल गरेर कारवाहिको प्रकि्रया अगाडि बढाउन सक्ने स्रोतले जानकारी दियो ।
समितिको प्रतिवेदन बुझ्दै मन्त्री विष्ट मगरले प्रतिवेदनको विस्तृत अध्ययनपछि मात्र प्रतिवेदनमा भएको कुरा सार्वजनिक गर्ने बताए । ुभर्खर प्रतिवेदन प्राप्त भएको छु मन्त्री विष्टमगरले भने ुत्यसकारण यसको अध्ययन गरेर मात्र दोषिलाई के कारवाहि गर्ने र को को दोषि छन् भनेर सार्वजनिक गरीने छ ।ु उनले प्रतिवेदन अध्ययन गर्न पाँच दिन लाग्ने भएकाले पाँच दिन पछि मात्र घटनामा दोषि देखिएकाको विवरण सार्वजनिक गरेर आवश्यक कारवाहिको प्रकि्रया अगाडि बढाइने बताए । ुचितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्नुअघि तयार पारिएको फाइल नै परिवर्तन हुँदा घाँटीको थाइराइडको अप्रेसन गर्नुपर्नेमा पाठेघरकॊ शल्यकि्रया गरिएको छु मन्त्री निकट स्रोतले प्रतिवेदनमा भएको कुरा उल्लेख गर्दै भने ुत्यसकारण सो अप्रेसनमा संलग्न चिकित्सक तथा प्र-अप्रेसनमा संलग्न चिकित्सक देखि अन्य व्यक्तिहरु पनि दोषि छन् ।
मन्त्रालयले ३१ साउनमा मन्त्रालयका सह सचिव डा पदम बहादुर चन्दको संयोजकत्वमा सात सदस्यिय छानविन समिति गठन गरेको थियो । समितिमा तुलसी भट्टराई सदस्य सचिव थिए भने डा विरेन्द्रबहादुर िसंह डा शिला वर्मा डा यज्ञबहादुर भण्डारी इश्वरी देवी श्रेष्ठ र केहरिसंह खड्का सदस्य रहेका थिए ।
अस्पतालमा २६ साउनमा बुटवल शंकरनगर-३ घर भएकी ३२ वर्षीया छमकुमारी बोहोराको घाँटीको थाइराइडको अप्रेसन गर्नुपर्नेमा चिकित्सकहरुले पाठेघरको अप्रेसन गरेका थिए । अस्पतालले अर्की महिला केसमाया गुरुङको पाठेघरको शल्यकि्रया गर्नुपर्नेमा बोहोराको गरिएको प्रतिवेदनलमा उल्लेख गरीएको छ ।