Pages

Tuesday, January 18, 2011

१२ जिल्लाका २९ औषधि पसल बन्द हुने

विभागले एक सय चार औषधि पसललाई कारवाहि तथा १३ व्यवसायिको मान्यताप्राप्त प्रमाणपत्र निलम्बन गरेको छ


प्रवीण ढकाल
काठमाडौँ २६ पुस
गैरकानुनी रुपमा साचालनमा रहेका १२ वटा जिल्लाका २९ औषधि पसलहरुलाई सरकारले बन्द गर्ने भएको छ ।
औषधि व्यवस्था विभागले चालु आर्थिक वर्षको पहिलो चौमासीकमा १२ वटा जिल्लाका औषधि पसलहरुको निरीक्षणका क्रममा फेला पारेको २९ गैरकानुनी औषधि पसललाई बन्द गर्न लागेको हो । विभागका फार्मेसी निरीक्षक श्यामकुमार अधिकारीले निरीक्षणक क्रममा दर्ता नै नगरीकन साचालित औषधि पसलहरु साचालनमा रहेको पाइएकाले ति औषधि पसल बन्द गर्न लागिएको बताए । उनका अनुसार विभागले फेला पारेका ति गैरकानुनी पसलहरुलाई बन्द गर्नका लागि सम्बन्धित जिल्ला प्रसासन कार्यालयमा पत्र पठाउने तयारी गरीरहेको छ ।
विभागले चालु आर्थिक वर्षको पहिलो चौमासीकमा काठमाडौँ पाल्पा स्याङ्जा लमजुङ् दोलखा कास्की रामेछाप सिन्धुपाल्चोक काभ्रेपलााचोक धादिङ गोरखा र मकवानपुर जिल्लाका दुई सय ६० औषधि पसलको निरीक्षण गर्दा २९ वटा पसल विना दर्ता साचालन गरीरहेको पाएको थियो ।
ुनिरीक्षणका क्रममा सवैभन्दा बढी धादीङका पसलहरु विना दर्ता साचालनमा रहेको पाइएको छु निरीक्षक अधिकारीले भने ुधादिङमा मात्र नै वटा पसल गैरकानुनी रुपमा साचालनमा रहेका पाइएको थियो भने कास्कि मकवानपुर गोरखा । दोलखामा एक-एकवटा पसल गैरकानुनी रुपमा रहेको पाइएको छ ।
विभागले बन्द गर्नका लागि सम्बन्धित जिल्ला प्रसासनमा पठाउन लागेको औषधि पसलहरुमा श्वर्णीम मेडिकल हल गोंगवु-५ काठमाडौँ सामुदायिक सहकारी संस्था गोंगवु-५ काठमाडौँ भट्टराई हेल्थ क्लिनिक पोखरा-६ कास्की सरवनी पोली क्लिनिक थाक्रे-१ धादिङ राजमार्ग मेडिकल बैरेनी-१ धादिङ हाईवे वेलफेयर पोली क्लिनिक िपंडा-१ आदमघाट धादिङ अधिकारी मेडिकल हल गजुरी-२ मलेखु धादिङ सामुदायिक जनस्वास्थ्य सेवा घुसा-१ चरौदी धादिङ कामना मेडिकल हल जोगिमारा-१ धादिङ पवन आयुर्वेदिक फर्मा निलकण्ठ-५ धादिङ धादिङ पोली क्लिनिक निलकण्ठ-५ धादिङ गणेश मेडिकल हल निलकण्ठ-५ धादिङ सापकोटा मेडिकल हल लक्ष्मीबजार गोरखा गोपाली औषधि पसल दामन-४ मकवानपुर अधिकारी स्वास्थ्य क्लिनिक पाउदी बजार-९ लमजुङ पन्त क्लिनिक उदिपुर-४ लमजुङ चन्द्रिका मेडिकल हल गाँउसहर-३ लमजुङ राज मेडिकल प्रगती टोल-१ लमजुङ गाहा मेडिसिन होम पिपलडाँडा-५ पाल्पा श्रीनगर मेडिको कन्सर्न तानसेन-३ पाल्पा अरनिको फर्मा तातोपानी सिन्धुपाल्चोक सिन्धु सामुदायिक क्लिनिक तातोपानी सिन्धुपाल्चोक आयुश फार्मेसी बाह्रविसे सिन्धुपाल्चोक पराजुली औषधि पसल खाडिचौर सिन्धुपाल्चोक जिरेश्वरी मेडिकल हल जिरीवजार दोलखा त्रिवेणी स्वास्थ्य समाज केन्द्र दोलालघाट-२ काभ्रेपलााचोक बि एन्ड बि मेडिकल हल जिरो किलो काभ्रेपलााचोक सन्तोष मेडिकल हल अरनिको-२ काभ्रेपलााचोक र गौतम मार्फेसी तिनपिप्ले काभ्रेपलााचोक रहेका छन् ।
निरीक्षक अधिकारीका अनुसार विभागले निरीक्षणका क्रममा पसल दर्ता नगरीएका व्यवसायि मान्यता प्रमाण पत्र नभै पनी औषधि पसल साचालन गरेका पसलको नविकरण नगरीएका विभागले बारम्वार पत्र पठाउदा पनि व्यवास्था गरी अनुपस्थित रहेका आधीकारीक खरिद विल विनाका औषधि भेटिएका निशुल्क वितरण गर्नुपर्ने औषधि पसलमा राखेर विकि्र गरेका लागु औषधिको रेकर्ड नराखिएको तथा तोकिएको तापक्रममा भ्या_िक्सन संचय नगर्ने गरेको ति जिल्लाका एक सय चार औषधि पसललाई कारवाहि गरेको छ भने १३ जना व्यवसायिको मान्यता प्रमाणपत्र निलम्बन गरेको छ । उनले ती १२ जिल्लाका १३ वटा पसललाई निलम्बन गरीएको ५२ वटालाई सचेत गराइएको १० वटालाई चेतावनि सहीत नसिहत दिएको र २९ वटालाई बन्द गरेको बताए ।
विभागले निलम्बन गरेको १३ औषधि पसलहरुमा गोमा मेडिकल हल पोखरा कुवँर मेडिकल हल पोखरा सागर मेडिकल हल गजुरी धादिङ सुन्दर फर्मा गजुरी धादिङ प्रधान औषधि पसल दामन मकवानपुर पारस मेडिकल हल सुन्दरबजार लमजुङ बराल फार्मेसी वेशिसहर लमजुङ भण्डारी फार्मेसी गल्यांग बजार स्याङजा सरस्वती मेडीकल हल तानसेन पाल्पा िसंह आयुर्वेदीक औषधालय तानसेन पाल्पा सागर मेडिकल हल चरीकोट दोलखा सव साईड ड्रग डिष्ट्रिव्युटस्र चरीकोट दोलखा र साजीवनी इन्टरनेसनल हेल्थ ईन्ष्टीच्युट रहेका छन् । यसैगरी निलम्बनमा परेका व्यवसायीहरुमा सोही औषधि पसलका साचालकहरुमा क्रमस गोमा सुवेदी जगत बहादुर कुँवर जवारी लाल पाठक सुन्दर कुमार श्रेष्ठ द्धारीकानाथ प्रधान लक्ष्मण कुमार श्रेष्ठ तिर्थ सागर बराल गणेशप्रसाद भण्डारी चिन्ता मणि पाण्डे गजेन्द्रमान िसंह गंगा सागर श्रेष्ठ नगेन्द्र हमाल आचार्य र विज्ञान न्यौपाने रहेका छन् ।
यसैका साथै विभागले ५२ औषधि पसललाई एक पटकको लागि सचेत गराएको छ । निरीक्षक अधिकारीले एकपटकका लागि ति औषधि पसलहरुलाई सचेत गराइएको तर फेरी पनि तिनिहरुले गल्ती गरेको पाइएमा कानुन अनुसार बन्द समेत गर्न सकिने बताए । उनका अनुसार त्यस्ता औषधि पसलहरुमा व्यवसायि अनुपस्थित लागु तथा मनोद्विपक औषधिको विक्रीको रेकर्ड नराखिएको भ्याकिसन उचित तापक्रममा नराखिएको प्रमाणपत्र नविकरण नगरेका म्याद नाघेका औषघि काउण्टरमै पाइएको र कम्पनीले चिकित्सक स्यामपलको रुपमा पठाउने औषधि काउण्टरमै पाइएकाहरु लगाएत पाइएका थिए । विभागले गत आर्थिकवर्षमा देशभरका ३५ जिल्लाका नौ सय ६८ औषधि पसल निरीक्षण गरेकोमा पाँच सय औषधि पसललाई कारवाहि गरेको थियो भने २८ व्यवसायिको मान्यताप्राप्त प्रमाणपत्र निलम्बन गरेको थियो ।

लाज नमानौँ कन्डम प्रयोग गर्न


image

नेपाली समाजमा कन्डमका विषयमा अहिले पनि खुलेर कुरा हुने गरेको छैन । कन्डमको नाम सुन्नेबित्तिकै जिब्रो टोक्ने चलन अझै समाजमा व्याप्त रहेको छ । सहरी क्षेत्रमा भन्दा बढी ग्रामीण क्षेत्रमा कन्डमका विषयमा बोल्न, छुन र किन्नसमेत हिच्किचाउने प्रवृत्ति रहेको राष्ट्रिय एचआइभी तथा एड्स रोग नियन्त्रण्ा केन्द्रले जनाएको छ ।

समाजमा व्याप्त कन्डमप्रतिको नकारात्मक धारण्ाा एवं अन्धविश्वासका कारण्ा समाजले सहज रूपमा अपनाउन नसकिरहेको समयमा यौनजन्य रोगबाट बचाव र गर्भाधन रोक्ने कन्डमको प्रयोग सहरी क्षेत्रमा भने बढेको छ । केन्द्रका निर्देशक कृष्णकुमार राईका अनुसार दोहोरो भूमिकाका रूपमा प्रयोग हुने कन्डमले खास क्षेत्र तथा समूहमा सहज बन्न सकेको छैन । 'पहाडका विकट क्षेत्र र अविवाहित जोडीमा कन्डम सहज रूपमा पुग्न सकेको छैन,' उनले भने, 'कन्डमको फाइदाका बारेमा सबैलाई थाहा छ, तर उनीहरूले नै प्रयोग गर्न लजाउने तथा हिच्किचाउने गरेका छन् ।'

उनका अनुसार सहरी भागमा शिक्षित वर्गको बढी जमात रहेको तथा यौनकर्मीहरू रहेकाले कन्डमको प्रयोग बढी भएको देखिन्छ । तर, अझै पनि ग्रामीण तथा दूरदराजका क्षेत्रमा कन्डमको नामसमेत लिन लाज मान्नेहरू रहेको निर्देशक राईले भने ।

विश्वका अन्य देशको तुलनामा नेपालमा एचआइभी तथा एड्स रोग दिनहुँ बढ्दै गएको अवस्थामा यौन रोगबाट बचाउन तथा गर्भ रहनबाट बच्नका लागि कन्डम प्रयोगको आवश्यकता रहेको भन्दै नेपालमा हरेक वर्ष कन्डम दिवस मनाउने गरिएको छ । निर्देशक राईका अनुसार एचआइभी, यौन रोग तथा अनिच्छित गर्भ रहनबाट बच्नका लागि कन्डमसम्बन्धी जनचेतना बढाउने कन्डमको सहज उपलब्धता र पहुँच बढाउन ०५२ सालदेखि कन्डम दिवस मनाइँदै आएको छ । 'यो दिवसका दिन देशभरिका सवै वर्ग र क्षेत्रका व्यक्तिहरू, नागरिक समाज, सरकारी, गैरसरकारी तथा नीजि संघ-संस्थाहरू कन्डमको महत्त्वका विषयमा तथा कन्डमको सहज उपलब्धता र पहँुच बढाउने अभियानमा लाग्ने भएकाले पछिल्लो समयमा कन्डम प्रयोगकर्ता बढ्दै गएका छन्,' उनले भने, 'यद्यपि, दुर्गम गाउँमा केही समस्या रहेको छ । तर, त्यस क्षेत्रका सर्वसाधारण्ाको पहुँचमा कन्डम पुर्‍याउन र कन्डमको महत्त्वबारे जानकारी दिन हामीले कार्य सुरु गरेका छौँ ।'

सबै समूहमा पर्याप्त कन्डम पूर्ति गर्न नसके पनि यसको प्रयोगकर्ता वृद्धि हुँदै गएको बताउँदै नेपाल सिआरसी कम्पनीका प्रबन्ध निर्देशक केबी रायमाझी भन्छन्, 'नेपालमा हरेक वर्ष कन्डमको माग बढिरहेको छ । वाषिर्क ६ करोडको हाराहारीमा नेपालमा कन्डमको खपत हुँदै आइरहेको छ ।' उनका अनुसार विगत वर्षका तुलनामा बिस्तारै कन्डम प्रयोगकर्ताको संख्या बढिरहेको छ । केही वर्षअगाडि कन्डम प्रयोग गर्न पनि हिच्किचाउने, चाहे पनि उपलब्ध नहुने आदि कारण्ाले आशा गरिएअनुसार सफलता प्राप्त भएको थिएन ।

तथ्यांकअनुसार नेपालमा वाषिर्क साढे ५ करोड देखि ६ करोड थान कन्डम खपत हुन्छ । ४८ प्रतिशत नेपाली महिला या पुरुषले कुनै न कुनै परिवार नियोजनका साधन प्रयोग गर्छन्, जसमा झन्डै १५ प्रतिशतले मात्र कन्डमको प्रयोग गर्छन् भन्ने अनुमान गरिएको छ । सन् १९९६ मा कन्डम प्रयोग गर्नेमा जम्मा २ दशमलव १ प्रतिशत रहेका थिए भने २००६ मा ५ प्रतिशत पुगेका थिए । २००६ यता यसमा कुनै अध्ययन नभएकाले हाल १२ देखि १५ प्रतिशतले कन्डम प्रयोग गर्ने गरेको अनुमान गरिएको छ ।

विभिन्न स्वास्थ्य अनुसन्धानअनुसार हालसम्म विश्वभरिका ३ करोड बढी मानिस एचआइभी र एड्सबाट पीडित रहेका छन् । सन् २००९ सम्ममा नेपालमा करिब ६४ हजारमा यसको संक्रमण भएको अनुमान गरिएको छ । हालसम्मको तथ्यांकअनुसार नेपालमा करिब ७५ प्रतिशत एचआइभी संक्रमण कन्डमविना गरिने यौन सम्पर्कका कारण सरेको

पाइन्छ । नेपालको जनसंख्या वृद्धिदर २ दशमलव १७ प्रतिशत र जन्मदर ३ दशमलव १ प्रतिमहिला रहेको छ । हाल नेपालमा कन्डमलगायत परिवारनियोजनका अन्य साधन प्रयोग गर्ने करिब ४८ प्रतिशत मात्र छन् र प्रजनन उमेरका २५ प्रतिशत बढी महिलाको परिवारनियोजनको माग अपुग छ । तर, कन्डमलाई परिवारनियोजनको साधनका रूपमा स्वीकार गर्ने नयाँ व्यक्तिको संख्या बढ्दै गएको छ भने एचआइभी तथा यौन रोग सर्नसक्ने जोखिममा रहेका समुदाय जस्तै यौनकर्मी, उनीहरूका ग्राहक, पुरुष समलिंगी, सुइद्वारा लागूपदार्थ लिने व्यक्तिमा पनि कन्डमसम्बन्धी ज्ञान र प्रयोग गर्ने व्यवहार बढ्दै गएको छ ।

नेपालमा ०१६ सालमा नेपाल परिवारनियोजन संघको स्थापना भएपछि ०१७ सालदेखि नेपालमा कन्डमको प्रयोगको सुरु भएको हो । सन् १९८८ मा एचआइभी तथा एड्स नेपालमा पहिलोपटक भित्रिएपछि कन्डमको प्रयोग एचआइभी तथा यौन नियन्त्रण्ाका लागि समेत हुन थालको निर्देशक राईले बताए । उनका अनुसार एचआइभी भित्रिएलगत्तै नेपालले कन्डमको प्रचार-प्रसारमा समेत जोड दिन थालेको हो । नेपालमा परिवारनियोजनका रूपमा भन्दा अन्य प्रयोजनका लागि कन्डमको प्रयोग हुने गरेको देखिन्छ । नेपालमा जन्मान्तरका लागि कन्डम प्रयोगकर्ता ६ प्रतिशत छन् भने यसको प्रयोगमा जोड दिनेमा यौनकर्मी महिला बढी देखिएका छन् । सीमित क्षेत्रमा एचआइभी र यौन रोगसम्बन्धी पुरुषमा ज्ञान नभए पनि महिलाको तुलनामा अधिकांश पुरुष यस विषयमा सचेत बन्दै गएको उनको धारण्ाा छ ।

कन्डम के हो ?

गर्भाधारण रोक्ने प्रभावकारी साधनका रूपमा कन्डम विश्वमै लोकपि्रय बनिरहेको छ । यौन सम्पर्कका वेला पुरुष तथा महिलाले प्रयोग गर्ने पातलो लेटेक्स नामक रबरबाट बनेको खोल नै कन्डम हो । यसभित्र भएको चिल्लो पदार्थले पुरुषलाई यौन सम्पर्कका समयमा सहज बनाउँछ । यौन रोगबाट पनि बचाउने कन्डमजति प्रभावकारी साधन अरू छैन । यौन सम्पर्कका वेला कन्डमले खासगरी पुरुषको शुक्रकिट महिलाको अण्डसँग मेल हुनबाट रोक्छ । कन्डम पुरुषले प्रयोग गर्ने र महिलाले प्रयोग गर्ने दुईकिसिमको हुन्छ । प्रायः पुरुष कन्डम रबरबाट बनेको तन्किनेखालको हुन्छ भने महिला कन्डम प्लास्टिकबाट बनेको प्रायः नतन्किनेखालको हुन्छ । प्लास्टिकबाट बनेको पुरुष कन्डम प्रचलनमा छ ।

कत्तिको भरपर्दो हुन्छ ?

कन्डमको विश्वसनीयता यसको प्रयोग गर्ने तरिकामा भर पर्छ । कन्डम प्रयोगकर्ताले कत्तिको सावधानीपूर्वक यसको प्रयोग गरिएको छ, त्यसमा यसको विश्वसनीयता निर्धारण हुन्छ । सही तरिकाले लगाएमा पुरुष कन्डम ९९ दशमलव ९ प्रतिशत भरपर्दो हुन्छ । यसको मतलब कन्डम -पुरुष) प्रयोग गरेर यौन सम्पर्क गरेको १ सयमध्ये १ वर्षमा ० दशमलव १ महिला गर्भवती हुन सक्छन् । कन्डम लगाएर सहवास गर्दा पुरुषको लिंगबाट निस्कने वीर्य कन्डमको टुप्पामा जम्मा भई शुक्रकिट महिलाको पाठेघरमा पुग्न पाउँदैन, जसले गर्दा महिला गर्भवती हुँदिनन् । कन्डम एकपटक लगाइसकेपछि फेरि प्रयोग गर्नु हँुदैन । लगाइसकेको कन्डम खाडलमा गाड्ने वा जलाउने गर्नुपर्छ । महिला कन्डमको बन्द रहेको पट्टीको भागलाई योनीको तलसम्म पुर्‍याएर राखिन्छ ।

यसको दुवैतिर केही कडा रिङ रहेको हुन्छ । प्वाल भएपट्टकिो रिङ माथितिर पारी योनीद्वारको बाहिरपट्ट िराख्नुपर्छ । यौन सम्पर्क गरिसकेपछि प्वाल भएपट्टकिो भागलाई बटारेर प्वाल बन्द गरी सावधानीपूर्वक निकाल्नुपर्छ । यसरी निकाल्दा कन्डम भएको वीर्य बाहिर पोखिन दिनु हँुदैन । त्यसपछि उचित ठाउँमा यसको व्यवस्थापन गर्नुपर्छ ।

कन्डमका फाइदा

  • गर्भनिरोधका लागि यो धेरै प्रभावकारी छ ।
  • कन्डममा शरीरलाई असर गर्ने कुनै औषधि नहुने भएकाले शरीरमा कुनै किसिमको असर गर्दैन ।
  • पुरुष कन्डम जहाँ पनि सजिलै पाउन सकिन्छ ।
  • यौन सम्पर्क गर्दा मात्र प्रयोग गरे हुन्छ ।
  • एचआइभीलगायत यौन सम्पर्कका माध्यमबाट सर्ने रोगबाट बच्न सकिन्छ ।
  • पुरुष कन्डम धेरैप्रकारको आकार र रङमा पाइन्छ ।
  • महिला कन्डम यौन सम्पर्कको वेला जुनसुकै अवस्थामा पनि प्रयोग गर्न सकिन्छ ।

ध्यान पुर्‍याउ

  • पुरुष कन्डम राम्रोसँग नलगाएमा खुस्किन सक्छ ।
  • हरेकपटकको यौन सम्पर्कमा नयाँ कन्डमको प्रयोग गर्नुपर्छ ।
  • कन्डमलाई चर्को घाम वा तातो स्थानमा राख्नु हुँदैन ।
  • प्याकेटबाट कन्डम निकाल्दा नङ वा कुनै धारिलो चीजको प्रयोग गर्नु हँुदैन ।
  • महिला कन्डम प्रयोग गर्दा कहिलेकाहीँ लिंग कन्डम बाहिरबाट जान सक्छ ।
  • कसैकसैलाई रबरको कन्डमबाट एलर्जी पनि हुनसक्छ । तर, ज्यादै न्यून रुपमा मात्र पाइएको छ । अहिले प्लास्टिकको कन्डम पनि पाइन्छ । रबरको कन्डम प्रयोग गर्दा तेल, तैलीय बडी लोसन प्रयोग गर्नु हँुदैन ।

एचआइभी/एड्सको संक्रमणमा बच्चादेखि बूढासम्म


image

नेपालमा एचआइभी र एड्स भित्रिएपछि देशभरिका तीन हजारभन्दा बढीको मृत्यु भइसकेको र झन्डै ७० हजारको हाराहारीमा एचआइभी र एड्सबाट संक्रमित रहेको बताइएको छ

 

विश्वमै एचआइभी र एड्सका कारण काम गर्ने उमेरका अधिकांश युवायुवती पीडित भएका छन् । तीमध्ये पनि महिलामा यसको संक्रमण अत्यधिक रहेको छ । केही समयअगाडि मात्र अमेरिकाको न्युयोर्कमा युएनएडसले आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको यो धारणाले समग्र विश्वमै चिन्ता थपेको छ । दस दिनसम्म चलेको उक्त कार्यक्रममा एचआइभी र एड्सलाई महिलाको मृत्युको प्रमुख कारणतर्फ उन्मुख रोगका रूपमा प्रस्तुत गरिएको थियो ।

एचआइभी एड्सको नियन्त्रण तथा रोकथामका लागि कार्यक्रम बनाउनका लागि आयोजित सो कार्यक्रममा विभिन्न देशको तथ्यांक हेर्दा विश्वभरिमा ७० प्रतिशत महिला असुरक्षित यौनसम्पर्क गर्न बाध्य रहेको भयानक तस्बिर सार्वजनिक गरिएको थियो । विश्वभरिमा महिलाको एचआइभी र एड्सका कारण मर्ने संख्यामा वृद्धि हुन थालेपछि युनएड्सले लैंगिक मुद्दालाई समावेश गरी विश्वभरि सञ्चालन गरिने पाँचवर्षे कार्यक्रम बनाएर लागू गर्ने भएको छ ।

युनएड्सको एचआइभी तथा एड्स कार्यक्रमले विश्वमै पछिल्लो १० वर्षको तुलनामा एचआइभी संक्रमित र एड्सबाट मृत्यु हुनेको संख्या विस्तारै घट्दै गएको देखाएको छ । 'समग्र रूपमा हेर्दा विश्वमा एचआइभी संक्रमित र एड्सबाट मर्नेको संख्यामा कमी आएको छ । तर, विश्वमै यो रोगबाट महिला बढी पीडित देखिएका छन् भने बच्चादेखि बूढासम्मलाई पनि यसको संक्रमणले छाडेको छैन ।' युएनको पछिल्लो अध्ययन प्रतिवेदनमा भनिएको छ, 'एचआइभी र एड्सको महामारी सन् १९९९ को तुलनामा २० प्रतिशतले कमी आएको छ ।' प्रतिवेदनले संक्रमितको संख्यामा कमी आए पनि यसको महामारी जुनसुकै वेला जहाँ पनि देखा पर्न सक्ने भएकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।

नेपालमा पनि २२ वर्षअघि देखापरेको एचआइभी सहर हुँदै ग्रामीण्ा क्षेत्रमा बढ्दै गएर ठूलै समस्या सिर्जना गरिरहेको छ । सन् १९८८ मा पहिलोपटक नेपालमा चार यौनकर्मीमा फेलापरेको एचआइभीबाट अहिले दैनिक १५ बढी संक्रमणमा पर्ने गरेको यस क्षेत्रमा कार्यरत विज्ञहरूले बताएका छन् । नेपालमा एचआइभी र एड्स भित्रिएपछि देशभरिका तीन हजार बढीको मृत्यु भइसकेको भने झन्डै ७० हजारको हाराहारीमा एचआइभी र एड्सबाट संक्रमित रहेको बताइएको छ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले हालै गरेको अध्ययनअनुसार नेपालमा अहिले १४ वर्षभन्दा कम उमेरका ३५ सय ४४ बालबालिका, १५ देखि ४९ वर्षका ५२ हजार प्ााँच सय चार र ५० वर्षभन्दा माथिका सात हजार चार सय ८० गरी कुल ६३ हजार पाँच सय २८ एचआइभी संक्रमित रहेका छन् । केन्द्रको तथ्यांकले पनि नेपालमा बच्चादेखि बूढासम्मका मानिस एचआइभीको संक्रमणबाट ग्रसित रहेको देखाएको छ ।

केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत डिल्लीरमण अधिकारीले नेपालमा संक्रमितको संख्या ६३ हजार पाँच सय भए पनि जम्मा १६ हजार दुई सय ६२ को मात्र रगत परीक्षणबाट एचआइभी प्रमाणित भएको बताए । 'संक्रमितको संख्या धेरै छ, तर रगत परीक्षण गराउनेको संख्या ज्यादै कम छ,' उनले भने, 'बाँकी अरू संक्रमितले थाहै नपाई धेरै व्यक्तिलाई एचआइभी संक्रमण गराइरहेका हुन्छन् । त्यसकारण एचआइभी परीक्षणको सुविधा विस्तार गरी तथा संक्रमितलाई गरिने भेदभाव कमी ल्याएर सबै सम्भावित संक्रमितलाई परीक्षणको दायरामा ल्याउनुपर्छ ।'

एचआइभी र एड्स तथा यौनरोग नियन्त्रण बोर्डका उपाध्यक्ष डा. श्याम मिश्रले पछिल्ला वर्षमा एचआइभीको परीक्षण गराउनेको संख्यामा वृद्धि भइरहेको बताए । उनका अनुसार सन् २००७ देखि हालसम्म रगत परीक्षण गराउनेको संख्यामा वृद्धि भइरहेको छ । 'हामीकहाँ संक्रमित ६३ हजारभन्दा माथि छन् । तर, थोरैले मात्र रगत परीक्षण गराएकाले बीचमा ठूलो ग्याप देखिएको छ । त्यो ग्याप भर्नका लागि हामीले नयाँ कार्यक्रम ल्याउँदै छौँ,' उनले भने । उनका अनुसार सरकारले सन् २०११ देखि २०१६ सम्मका लागि तयार पारेको कार्यक्रममा परीक्षणमा नआएका संक्रमितका लागि लक्षित कार्यक्रम तयार पारिएको छ ।

नेपालमा एचआइभी संक्रमितलाई हेलाको दृष्टिकोणले हेर्ने, विभिन्न अवसरबाट वञ्चित गर्ने, परिवार तथा साथीहरूबाट पनि नराम्र्रो रूपमा हेर्ने जस्ता कारणले संक्रमित रगत परीक्षण गराउन आउन नसकेको डा. मिश्रले जनाए । उनका अनुसार संक्रमितको रगत परीक्षणपछि उसका सम्पूर्ण कुरा गोप्य राख्ने गरिन्छ, तर मानिसमा आफ्नो गोप्यता भंग हुन्छ र सबैले थाहा पाउँछ भन्ने भ्रम रहेकाले रगत परीक्षण गर्न आउँदैनन् । सार्वजनिक रूपमा आएपछि हेपिने डरले पनि रगत परीक्षण गराउन नआएको उनको ठम्याइ छ ।

केन्द्रका अधिकृत अधिकारीका अनुसार विगतमा यौनकर्मी र लागूऔषध सेवन गर्नेमा बढी देखिएको यो रोग अहिले रोजगारका लागि बिदेसिएर फर्किएका तथा उनीहरूका परिवारमा बढी देखिन थालेको छ । 'विशेषगरी रोजगारका लागि भारततिर गएका र तेस्रो मुलुकबाट फर्किएका ग्रामीण क्षेत्रका मानिसमा पनि यो रोगको संक्रमण देखापरेको छ,' उनले भने, 'केही वर्षअघिसम्म एचआइभीवाहकका रूपमा यौनकर्मीलाई मात्र लिने गरिन्थ्यो, तर अहिले लागूऔषध सेवन गर्ने, बिदेसिएर फर्किएका, पुरुषले पुरुषसँगै यौनसम्पर्क गर्ने, संक्रमित आमाबाट जन्मिएका बच्चा पनि यसका वाहक भएका छन् ।'

सन् १९८१ मा अपि|mकामा पहिलोपटक देखापरेको एचआइभी र एड्सले विश्वभरि साढे चार करोडभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष पिरोलेको छ । एसियाली मुलुकमध्ये सबैभन्दा ठूलो महामारी भोगिरहेको भारतमा ५० लाखभन्दा बढी व्यक्ति एचआइभी र एड्सबाट पीडित छन् । केही समयअगाडि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था फेमिली हेल्थ इन्टरनेसनल -एफएचआई)को एक प्रतिवदेनले काठमाडौँ उपत्यकाभित्र हाल करिब ३५ हजार यौनकर्मी र तीनका ग्राहक ६ लाख भएको जनाएको छ भने स्वास्थ्यका क्षेत्रमै काम गरेको एक संस्थाले सन् २००६ मा गरेको एक सर्वेक्षण्ामा पूर्व-पश्चिम राजमार्गछेउछाउका २२ जिल्लामा यौनकर्मीबीच ४ दशमलव ६ प्रतिशत महिला यौनकर्मीमा एचआइभी भएको देखाएको थियो जुन अहिले बढेको हुन सक्ने विज्ञहरूले बताएका छन् ।

केही समयअघिसम्म यौनकर्मी र तीनका ग्राहकमा संख्यात्मक रूपमा एचआइभी बढी देखिए पनि पछिल्ला वर्षमा बिदेसिएका व्यक्ति तथा तिनका परिवार र सुईबाट लागूऔषध लिनेहरूबीच पनि एचआइभी संक्रमण्ा बढ्दो छ । दुव्र्यसनीहरूको क्षेत्रमा कार्यरत विभिन्न संस्थाका अनुसार अधिराज्यभरि अहिले झन्डै एक लाख लागूपदार्थ प्रयोगकर्ता रहेका छन् । जसमध्ये आधाजसोले सुईबाट लागूपदार्थ लिने गरेका छन् । तीमध्ये अधिकांशलाई एचआइभीको संक्रमणले समातिसकेको हुन सक्ने विज्ञहरूको धारणा रहेको छ । नयाँ सिरिन्ज किन्ने पैसा नभएपछि धेरैले एउटै सिरिन्ज प्रयोग गर्ने हुनाले तिनीहरूमा एचआइभी संक्रमण देखापर्ने गर्छ ।

तथ्यांकमा एचआइभी संक्रमितको संख्या थोरै देखिए पनि नेपालमा संक्रमितको संख्या धेरै रहेको विज्ञहरूले बताएका छन् । 'सुरुमा एचआइभी संक्रमितलाई गरिने दुव्र्यवहार र उपेक्षाका कारण्ा रगत परीक्षण नगराई बस्ने गरेका थिए । तर, अहिले संक्रमितलाई माया गर्ने तथा प्रोत्साहन गर्ने कार्य बढेकाले बिस्तारै संक्रमितले रगत परीक्षण गराउन थालेका छन्,' उपाध्यक्ष डा. मिश्रले भने ।

उनका अनुसार पछिल्ला वर्षमा एचआइभीका औषधि आएको तथा एचआइभी संक्रमितलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएकाले संक्रमितहरू बिस्तारै सार्वजनिक हुन थालेका छन् । उनका अनुसार हाल एचआइभी संक्रमितलाई जीवन लम्ब्याउन एन्टिरेक्ट्रो भाइरल -एआरभी) उपचार कार्यक्रम सुरु गरिसकिएको छ भने अन्य उपचारका कार्यक्रम पनि ल्याइएको छ ।

केन्द्रका अधिकृत अधिकारीका अनुसार एचआइभी संक्रमित व्यक्तिका शरीरमा रोगप्रतिरोधात्मक क्षमता -अम ायगच) दुई सय ५० भन्दा कम भएका व्यक्तिलाई एआरभी सेवा निःशुल्क दिने गरिएको छ । नेपालमा ०६० माघदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट एआरभी सेवा सुरु भएको हो । अहिले अधिराज्यभरि २५ केन्द्र, १० उपककेन्द्र र दुई गैरसरकारी संस्थाका केन्द्रबाट एआरभी सेवा प्रदान गरिएको अधिकारीले जानकारी दिए ।

उनका अनुसार एआरभी सेवा लिएका १० प्रतिशतको मात्र मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार एचआइभी संक्रमितमध्ये १५ प्रतिशतलाई एआरभी औषधिको आवश्यकता पर्छ । नेपालमा भने चार हजार पाँच सय नौले मात्र यस्तो सेवा लिएका छन् । सरकारी तथ्यांकअनुसार यो सेवा देशभरिका १७ हजारभन्दा बढी संक्रमितलाई आवश्यक पर्ने अनुमान गरिए पनि १५ हजार चार सय ४३ मात्रै यसको दायरामा छन् ।

उपाध्यक्ष डा. मिश्रका अनुसार एचआइभी संक्रमितले सन्तुलित खाना खाने गरेमा लामो समयसम्म बाच्न सक्नेछन् । 'संक्रमितले नियमित रूपमा सन्तुलित खाना खाने र व्यायाम गर्ने हो भने लामो समयसम्म बाँच्न सक्छन्,' उनले भने, 'नियमित पोसिलो खाना खाने हो भने निरोगीसरह जीवन जिउन सक्छन् ।' उनका अनुसार एचआइभी र एड्सबाट संक्रमित भएकामा रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले पोसिलो खानेकुरामा ध्यान दिनुपर्छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत डिल्लीरमण अधिकारी पनि यो कुरामा सहमति जनाउँदै भन्छन्, 'संक्रमितले स्वस्थ र तन्दुरुस्त रहनका लागि नियमित रूपमा हल्का व्यायाम गर्ने, प्रशस्त मात्रामा आराम गर्ने, ध्यान गर्ने, तथा पोषण्ायुक्त खाना खाने साथै बिहानको स्वच्छ हावामा हिँडडुल गर्ने बानी गरेमा आयु लामो हुनेछ ।'

के हो एआरटी ?

एआरटी अर्थात् एन्टी रिट्रोलभाइरल थेरापीले एचआइभीका बिरामीलाई अत्यन्तै फाइदाजनक हुन्छ । यसले संक्रमित अरूलाई एचआइभिको संक्रमण कम गराउनुका साथै शरीरको रोग प्रतिरोधात्मक शक्ति तीव्र गतिमा कम हुने क्रमलाई पनि कम गराउने गर्छ । यो थेरापीबाट एचआइभी एड्सका रोगीले लामो समयसम्म स्वस्थ जीवन बिताउन सक्नेछन् । चिकित्सकहरूका अनुसार यो थेरापी लिएकामध्ये १० प्रतिशतको मृत्यु हुनेछ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार विश्वभर ६ करोड ५० लाख मानिसलाई एनटी रिट्रोभाइरल थेरापीको आवश्यकता रहेको छ ।

एचआइभी र एड्स के हो ?

अधिकांश मानिसमा एचआइभी तथा एड्सलाई एउटै रोग हो भन्ने भ्रम रहेको पाइन्छ । तर, एचआइभी र एड्स फरक कुरा हो । एचआइभी भनेको सुरुवाती अवस्था हो । यसलाई ह्युमन इम्युनो डिफिसियन्सी भाइरस अर्थात् शरीरको प्रतिरक्षा प्रण्ााली कमजोर बनाउने जीवाणुले आक्रमण गर्नु हो । एचआइभीको संक्रमण बिस्तारै बढ्दै जाँदा शरीरको प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । केही समयपछि यसले एड्स अर्थात् एक्वायर्ड इम्युन डिफिसियन्सी सिन्ड्रोमको रूप लिन्छ । यसलाई मानिसको आर्जित प्रतिरक्षा कमजोर भई विभिन्न रोगका लक्षण देखापर्ने रोग भनिन्छ । यस रोगका बारेमा छिट्टै थाहा हुँदैन, किनकि यसको कुनै विशेष लक्षण हुँदैन ।

तर, बिस्तारै यस रोगले गर्दा शरीरको प्रतिरोधात्मक क्षमता कम हुँदै गएपछि कुनै पनि रोग सन्चो नहुने हुन्छ । त्यतिवेला मात्र यो रोगका बारेमा थाहा हुन्छ । सामान्य रूपमा भन्नुपर्दा एड्स भनेको एउटा यस्तो अवस्था हो, जसमा एचआइभी संक्रमित व्यक्तिको प्रतिरक्षा शक्तिमा कमी भएर विभिन्न रोगले सजिलैसँग आक्रमण गर्छन् । फलस्वरूप संक्रमित व्यक्तिमा विभिन्न रोगका लक्षण देखापर्छन् ।

 

एचआइभी सर्ने माध्यम

  • असुरक्षित यौनसम्पर्कबाट
  • एचआइभी संक्रमित रगत, रगतबाट बनेका पदार्थ तथा अंगहरु लिँदा
  • सुई तथा सिरिन्जको साझा प्रयोगबाट
  • संक्रमित आमाबाट बच्चामा

यसरी सर्दैन

  • लामखुट्टेले टोकेर
  • एउटै भाँडामा खाना खाँदा
  • हाछ्यूँ गर्दा, खोक्दा
  • एउटै चर्पी प्रयोग गर्दा
  • एउटै लुगाफाटो प्रयोग गर्दा
  • चुम्बन गर्दा
  • सँगै पौडी खेल्दा
  • बिरामीको स्याहार-सुसार गर्दा
  • परिवारमा सँगै बस्दा

बच्ने उपाय

  • सुरक्षित यौन व्यवहार अपनाउने
  • सधैँ सही तरिकाले कन्डमको प्रयोग गरी यौनसम्पर्क राख्ने
  • सुई तथा छाला छेड्ने औजार नयाँ मात्र प्रयोग गर्ने वा निर्मलीकरण गरेर प्रयोग गर्ने
  • एचआइभी संक्रमित महिला गर्भवती नहुने
  • यौनरोगको लक्षण देखापरेमा तुरुन्त उपचार गर्ने
  • आफ्नो यौनसाथीलाई पनि उपचार गराउने
  • अंग प्रत्यारोपण गर्नुपरेमा सम्बन्धित व्यक्तिलाई संक्रमण भए/नभएको कुरामा विशेष ध्यान पुर्‍याउने
  • रगत दिँदा सो रगत संक्रमण भए/नभएको पक्का गर्ने

जाडोलाई शत्रु ठान्छन् दमरोगी


image

सानै उमेरदेखि दमको रोगबाट पीडित नुवाकोटका हरिकृष्ण तामाङ चिसो मौसम सुरु भएलगत्तै अत्यधिक खोकी लागेको र सास फेर्न गाह्रो भएको भन्दै उपचारका लागि राजधानीको वीर अस्पतालमा आए । चिकित्सकले उनको श्वासनली खुकुलो पार्ने औषधि ब्रोनकोडाइल र सास फेर्न गाह्रो भएपछि अक्सिजनको मात्रा बढाउन प्रयोग गरिने इन्हेलर्स प्रयोग गर्ने सुझाब दिएपछि उनी ती औषधि किनेर बुधबार घरतिर लागेका छन् ।

वीर अस्पतालमा औषधि किनिरहेको अवस्थामा फेलापरेका तामाङले भने, 'चिसोको एलर्जी र धेरै चुरोट पिएको कारण दम भएको रहेछ । डाक्टरले धुम्रपान नगर्न र चिसोबाट बच्न साथै औषधि खान सल्लाह दिनुभएको छ । डाक्टरले भनेअनुसार नै गर्छु ।'

उनका अनुसार झन्डै चार वर्षदेखि उनी यो रोगबाट बढी पीडित बनेका छन् । यो वर्ष विगतका वर्षभन्दा बढी खोकी लागेको र सास फेर्न धेरै गाह्रो भएपछि उनीले थप उपचारको लागि राजधानी आएको जानकारी दिए ।

चिसो मौसम सुरु भएलगत्तै अस्पतालमा दमको उपचारका लागि धेरै बिरामी आउन थालेको अस्पतालले जनाएको छ । अस्पतालको पछिल्लो दुई महिनाको तथ्यांकअनुसार दैनिक ३० देखि ४५ जनासम्म दमका रोगी उपचारका लागि आएका छन् ।

वरिष्ठ छातीरोग विशेषज्ञ तथा पूर्व स्वास्थ्य सचिव डा. दीर्घसिंह बमका अनुसार दम चिसोको एलर्जी, धुलो, धुवाँ तथा प्रदूषणको कारण हुने भएकाले जाडो मौसममा दमको समस्या बढी देखिने गरेको छ । 'चिसोका कारण हुने एलर्जीले गर्दा मानिसको श्वास नली खुम्चने गर्छ, जसका कारण मानिसलाई सास फेर्न अत्यधिक गाह्रो हुन्छ,' उनले भने, 'सो समयमा मानिसले तुरुन्त अक्सिजनको मात्रा बढाउने इन्हेलर्सको प्रयोग नगरेमा मृत्युसमेत हुन सक्छ ।' उनका अनुसार जाडो मौसममा अत्यधिक चिसो हुने तथा धुलो, धुवाँसमेत बढी हुने भएकाले दमका रोगी बढी देखिने गर्छन् ।

श्वासप्रश्वासमा बढी समस्या उत्पन्न हुने तथा खोकीले बढी सताउने भएकाले जाडो मौसमलाई दमका रोगीले शत्रुका रूपमा लिने गरेको चिकित्सकहरू बताउँछन् । 'यो मौसममा दमका रोगीले आफूलाई चिसोबाट बचाउन न्यानो लुगा लगाउने, तातो तथा तरल पदार्थ बढी खाने र धुलो धुवाँबाट बचाउने गर्नुपर्छ,' डा. बमले नयाँ पत्रिकासित भने । उनका अनुसार दम श्वासप्रश्वास प्रणालीमा हुने एउटा दीर्घ रोग हो । यो रोग लागेमा सास भित्र-बाहिर गर्ने नलीमा असर पर्छ र सास फेर्न अत्यधिक गाह्रो हुन्छ । धुलो, धुवाँ तथा चिसोको एलर्जीका कारण श्वास नली खुम्चने हुनाले दमका रोगी तथा अन्य साधारण मानिसले पनि यी कुराबाट जोगिनु पर्छ । 'एलर्जीका कारण श्वास नली बिस्तारै खुम्चँदै जान्छ,' बमले भने, 'जति बढी श्वास नली खुम्चने गर्छ, त्यति नै सास फेर्न गाह्रो हँुदै जान्छ र मानिसलाई खतरा हुन्छ ।'

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ३० करेाडभन्दा बढी मानिस दमबाट ग्रसित छन्, जसमा अधिकांश अविकसित र विकासोन्मुख राष्ट्रका छन् । दक्षिण एसियामा पछिल्लो समयमा मुटु रोगपछि मृत्यु हुने रोगमा दम नै पर्ने गरेको तथ्यांकले दोखाएको छ । नेपालमा पनि कुल जनसंख्याको ४० प्रतिशतभन्दा बढी मानिस श्वासप्रश्वास तथा फोक्सोको समस्याबाट ग्रसित छन् । जसमा २५ देखि ३० प्रतिशत मानिसमा दमको समस्या रहेको पाइन्छ ।

स्वास्थ्य सेवा विभागको वाषिर्क प्रतिवेदनअनुसार पनि नेपालको अस्पतालमा भर्ना भएका बिरामीमा दमका कारण मृत्यु हुने मानिसको संख्यामा अत्यधिक वृद्धि भएको छ । डा. बमका अनुसार पनि नेपालका अस्पतालमा उपचारका लागि आउनेमध्ये दमका रोगी धेरै नै रहने गरेका छन् ।

चिकित्सकका अनुसार कुनै पनि मानिसलाई एक वा दुईपटक खोकी लाग्यो तथा श्वासप्रश्वासमा केही समस्या देखियो भन्दैमा उसलाई दम नै भएको छ भन्न मिल्दैन । दम लागेको हो भनी प्रमाणित गर्न सर्वप्रथम रोगीलाई वर्षभरिमा दुईदेखि तीन महिनासम्म लगातार खकार निस्कने गरी खोकी लागेको हुनुपर्छ । रोगीलाई दुई वर्षसम्म लगातार खोकी र श्वासप्रश्वासको समस्या देखिइरहेको हुनुपर्छ । तर, लगातार खोकीको समस्या र सास फेर्न समस्या भइरहेको छ भने उसलाई दम लाग्न सुरु भइसकेको हुनसक्छ । डा. बमका अनुसार मानिसको फोक्सोभित्रका स-साना श्वास नली साँगुरिएर श्वासप्रश्वास कार्यमा असर गरी स्याँस्याँ हुने, राति सुत्न अफ्टेरो हुने, लगातार खोकी लागिरहने समस्या हुनु भनेको दम हुनु हो । 'श्वासनली खुम्चिँदा मानिसलाई चाहिने आवश्यक अक्सिजन शरीरभित्र जान सक्दैन,' उनले भने, 'जसका कारण शरीरलाई चाहिने मात्रामा अक्सिजन रगतमा पुग्न सक्दैन र लामो समयसम्म सो समस्या रहिरहेर उपचार नगराएमा त्यस्ता मानिसको मृत्यु हुने सम्भावना बढी हुने गर्छ ।'

दम रुघाखोकी, फोक्सोको रोग, औषधिको एलर्जी, भाइरस, ब्याक्टेरिया तथा विभिन्न जीवाणुको संक्रमणबाट हुने एलर्जी रोग हो । यसलाई श्वासनलीको कोमल मांशपेसीमा हुने एलर्जी रोगसमेत भन्ने गरिन्छ । यसको मुख्य कारण धुवाँ तथा अत्यधिक चिसो नै हो । 'लामो समयसम्म धुवाँ, धुलो तथा चिसोका सम्पर्कमा रहँदा त्यसले मानिसको श्वासनलीको कोमल मांशपेसीमा एलर्जी गराउँछ,' डा. बमले भने, 'एलर्जीका कारण ती कोमल मांशपेसी साँगुरो भई सास फेर्न निकै नै गाह्रो हुन्छ, जसले मानिसलाई अत्यधिक पीडा गराउने गर्छ ।' उनका अनुसार दम वंशानुगत पनि हुने गर्छ । परिवारको कुनै एक व्यक्तिमा यो रोग लागेको छ भने उसको छोराछोरी तथा आफन्तलाई यो रोग हुने सम्भावना बढी हुने गर्छ ।

दम के हो ?

मानिसको श्वासप्रश्वासमा देखिने समस्या अर्थात् सास फेर्दा स्याँस्याँ हुने तथा लगातार खोकी लाग्ने समस्या देखिने रोग नै दम हो । खासगरी दमको अवस्था देखिनको लागि पटकपटक वा लामो समयसम्म धुलो, धुवाँ वा चिसोको सम्पर्कमा आउनुपर्छ ।

नेपालमा उमेर ढल्किसकेका मानिसलाई र विशेषगरी महिलालाई बढी मात्रामा यो रोग लागेको पाइन्छ । खाना पकाउने काम गर्दा आउने दाउराको धुवाँको सम्पर्कमा बढी महिला आउने भएकाले महिलालाई यो रोगले छिटो समात्न सक्छ । यसका अलावा बिँडी, चुरोट, तमाखु आफैँ खानु वा परिवारमा कसैले खाने बानी भएमा यो रोग लाग्नु स्वाभाविकै हो ।

निको हुँदैन

एकपटक दमको रोगबाट ग्रसित मानिस सो रोगबाट जीवनभर मुक्त हुन सक्दैन । त्यसकारण पनि यसलाई दीर्घ रोग भन्ने गरेको डा. बमले जानकारी दिए । निको नहुने रोग भए पनि यसलाई औषधिको प्रयोगबाट नियन्त्रणमा ल्याउन तथा कम गर्न सकिन्छ ।

दमबाट ग्रसित मानिसको श्वासनली खुम्चिएको हुने भएकाले विभिन्न औषधिको माध्यमबाट सो नली फुलाउने गरिन्छ तर पहिलेको जस्तो अवस्थामा ल्याउन भने सकिन्न । औषधोपचारका माध्यमबाट रोगीलाई दमका कारण सास फेर्न अप्ठेरो भएकोमा सहज पार्न मात्र सकिन्छ ।

दमका १० तथ्य

  • विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरमा दमबाट ३० करोड मानिस ग्रसित छन् । दमका कारण नै बर्सेनी २५ लाख मानिसले ज्यान गुमाउनु परेको छ ।
  • तत्कालै दम नियन्त्रणका लागि कार्ययोजना बनाएर नलाग्ने हो भने आगामी १० वर्षमा यो रोगबाट मर्नेको संख्यामा अत्यधिक
  • वृद्धि हुनेछ ।
  • विकासको क्रमभन्दा बढी दमका रोगी हरेक देशमा बढिरहेका छन् । दमका कारण मृत्यु हुनेमा झन्डै ८० प्रतिशत गरिब तथा विकासोन्मुख राष्ट्रका छन् ।
  • दम श्वासनलीमा हुने दीर्घ रोग हो । यसले मानिसलाई श्वासनली साँघुरो बनाएर सास फेर्न नै आप्ठेरो पार्छ ।
  • दमको लक्षण एकै दिनमा धेरैपटक देखिने गर्छ । केही व्यक्तिलाई भने राति सुतेका वेलामा सास फेर्न अत्यधिक गाह्रो बनाउने तथा अत्यधिक खोकी लाग्ने गर्छ ।
  • दमको आवश्यक र पर्याप्त उपचार पुगेको स्थानमा यसका कारण हुने मृत्युमा कमी आएको छ ।
  • दम समान्यतया बच्चाहरुमा निकै नै बढी देखिने रोग हो ।
  • धुलो, धुवाँ र चिसोसँग बढी सम्पर्क हुने व्यक्तिलाई दम हुने गरेको छ ।
  • दम निको नहुने दीर्घ रोग हो । तर, उचित उपचार र औषधिको प्रयोगबाट यसलाई नियन्त्रण गर्न सकिन्छ ।
  • दमका रोगी गरिब र विकासोन्मुख राष्ट्रमा बढी भएकाले यसको नियन्त्रणका लागि ती राष्ट्रमा सहज र कम शुल्कमा औषधि तथा उपचारको व्यवस्था गरिनुपर्छ ।

दमका लक्षण

  • सास फेर्न असजिलो हुन्छ, सुक्खा खोकी लाग्छ र लगातार खकारसहितको खोकी लाग्छ
  • सुत्न अप्ठेरो भएर रातभरि बसिरहनुपर्ने हुन्छ
  • दमको सुरुवातमा रोगी छट्पटिन थाल्छ
  • रुघाखोकीको लक्षण देखिन सक्छ
  • मुटुको घड्कन बढेर जान्छ
  • छाती कस्सिएको महसुस हुन्छ र दुख्छ
  • सास लिनभन्दा बाहिर फाल्न अप्ठेरो हुन्छ
  • सास फेर्दा बाँसुरी बजेको जस्तो आवाज निस्कने तथा स्याँस्याँ हुने गर्छ
  • सुतेको वेलामा सास फेर्न गाह्रो हुन्छ
  • दम अत्यधिक भएको अवस्थामा हातखुट्टाको औंला तथा आँखामा निलो देखिन्छ

जसलाई पनि लाग्न सक्छ मुटुरोग

प्रवीण ढकाल

नसर्ने रोगमध्ये सबैभन्दा खतरा रोगका रूपमा लिइएको मुटु रोगका कारण बर्सेनि लाखौँ मानिसको मृत्यु भइरहेको छ । विश्वमै मुटु रोगीको संख्या हरेक वर्ष बढ्दै गएकाले विश्व मुटु महासंघले यसबारेमा चेतना जगाउन र मुटु बचाउन प्रत्येक वर्ष सेप्टेम्बरको अन्तिम आइतबार विश्व मुटु दिवस संसारभरि मनाउँदै आइरहेको छ । नेपालमा पनि मुटु बचाउन चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइन थालिएको छ । नेपाल हृदयरोग प्र्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार मानिसको खानपिन तथा जीवनशैलीमा आएको परिवर्तनका कारण पछिल्ला वर्षमा मुटु रोगीको संख्या नेपाललगायत विकासोन्मुख देशमा दिनानुदिन बढिरहेको छ । उनले विश्वमै मुटु रोगीको संख्यामा बढ्दै गएको अवस्थामा नेपालमा पनि मुटु बचाउन हरेक वर्ष मुटु रोग दिवसको अवसरमा साताव्यापी चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइने गरिएको तथा अन्य दिनमा चेतनामूलक अन्तर्त्रिmया गर्दै आइरहेको बताए ।
नेपाललगायतका विकासोन्मुख देशमा सहरीकरण्ा, खानपिन र जीवनशैलीमा आएको परिवर्तनका कारण्ा मुटु रोगीको संख्या दिनप्रतिदिन बढ्दै गएको विश्व मुटु महासंघले जनाएको छ । केही वर्ष अगाडिसम्म सम्पन्न र धनी देशका वृद्ध र पाको मानिसको रोगका रूपमा परिचित मुटुरोग हाल आएर विकासोन्मुख र गरिब देशका युवा तथा जवानको पनि रोगका रूपमा परिचय कमाउन थालेको छ । महासंघ र विश्व स्वास्थ्य संगठनले पछिल्ला वर्षमा गरिब तथा विकासोन्मुख देशका युवा तथा गरिब व्यक्ति धनी तथा सुविधासम्पन्न राष्ट्रका तुलनामा बढी मुटु रोगबाट संक्रमित भएका तथ्यांक सार्वजनिक गरेपछि नेपाललगायत देश बढी जोखिममा रहेको चिकित्सकहरूले बताउँदै आएका छन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. रेग्मीका अनुसार चार-पाँच वर्ष अघिसम्म करिअर र समाजमा एउटा स्थान बनाइसकेका व्यक्ति वा ४० वर्ष पार गरेका व्यक्तिलाई मात्र यो रोग लाग्ने गरेको थियो । तर, हिजोआज १७ वर्षदेखि माथिका युवा र समाजमा स्थान बनाइनसकेका गरिबमा पनि मुटु रोग बढेको छ । सहरीकरणसँगै फेरिँदो जीवनशैली र खानपानमा भएको अनियमितताले मानव शरीर दिनानुदिन अस्वस्थकर बन्दै गइरहेको छ ।
सुविधाजनक जीवनशैली र अस्वस्थकर खानपानले मानिसलाई कोलेस्ट्रोल र उच्च रक्तचापजस्ता मुटु रोगका कारणलाई जन्म दिइरहेकाले मुटु रोगले जसलाई पनि आक्रमण गर्न सक्ने डा. रेग्मीले बताए । उनी भन्छन्, ‘केही समय अगाडिसम्म मुटु रोगले समाजमा आफ्नो स्थान बनाएका र प्रभावशाली व्यक्तिलाई नै बढी आक्रमण्ा गर्ने गरेको पाइन्थ्यो । तर, हाम्रोजस्तो देशमा विकसित देशको सुविधाजनक जीवनशैली र खानपानको नक्कल गर्दा अस्वस्थकर खानपिन र बढी सुविधाभोगी बन्ने होडबाजीले मुटु रोगीको संख्या बढाइरहेको छ ।’
विश्व मुटु महासंघको पछिल्लो तथ्यांकअनुसार विश्वभरि बर्सेनि एक करोड ७५ लाख मानिस मुटु रोगबाट मर्ने गर्छन् । यीमध्ये विकासोन्मुख राष्ट्रमा यस रोगबाट मर्नेको संख्या ९० लाखभन्दा बढी रहेको छ । मटु रोगमा पनि हृदयाघातबाट मर्नेको संख्या विकासोन्मुख मुलुकमा बढी छ । सन् २०२० सम्ममा नेपाललगायत विकासोन्मुख राष्ट्रमा हृदयाघात भएर मर्नेको संख्या ३५ प्रतिशत पुग्ने अनुमान महासंघले गरेको छ । महासंघले गरेको अनुमानका कारण नेपालमा मुटु रोगका कारण भयावह स्थिति आउन सक्ने भन्दै चिकित्सकहरूले मुटु बचाउनका लागि विभिन्न कार्यक्रम गर्दै आएका छन् । चिकित्सकहरूका अनुसार नेपालमा देखिएका प्रमुख मुटु रोगमा जन्मजात मुटु रोगी, जन्मजात मुटुभित्रका प्वाल, बाथ मुटु रोग, उच्च रक्तचाप, हृदयाघात, हर्टफेल, मुटु सुन्निने तथा मुटुको धड्कन गडबड हुने रोग रहेका छन् ।
चिकित्सकहरूका अनुसार मुटुका धेरैजसो रोग जीवनशैलीसँग सम्बन्धित छन् । आजका मानिसको जीवनशैली निकै अव्यवस्थित हुन पुगेको छ । अव्यवस्थित जीवनशैलीको नतिजा नै मुटु रोगको कारक हो । डा. रेग्मी भन्छन्, ‘आधुनिक सभ्यता, व्यस्त जीवन, महत्त्वकांक्षा, भोज-भतेर, कम्प्युटर, टेलिभिजन, धूमपान, मद्यपान, अत्यधिक मानसिक तनाव, व्यायामको कमी र धेरै पैसा कमाउने दौडजस्ता कुरा नै मुख्य रूपमा मुटु रोग बढ्नाका कारण्ा हुन् ।’

महिलामा पनि बढ्यो मुटु रोग
पछिल्लो वर्षमा महिलामा पनि मुटु रोग बढ्न थालेपछि चिकित्सकहरू चिन्तित बनेका छन् । चिकित्सकहरूका अनुसार, पुरुषको दाँजोमा महिलालाई युवा अवस्थामा मुटु रोग लाग्ने सम्भावना कम हुन्छ । महिलाका शरीरमा मात्र पाइने ‘फिमेल हार्मोन’ले मुटु रोगको खतरा कम गर्छ । तर, केही वर्षयता महिलामा पनि धेरै मात्रामा मुटुका रोग देखिन थालेको छ । डा. रेग्मीका अनुसार महिलामा पनि तनाव, धूमपान, मद्यपानजस्ता लत बढेको र व्यायामको कमीले महिलामा पनि मुटुको समस्या बढिरहेको छ । चिकित्सकहरूले महिनावारी हुँदासम्म महिलामा उत्पन्न हुने त्यस हार्मोनले उनीहरूमा हृदयाघातको सम्भावना एकदमै न्यून हुने बताए पनि फेरिँदो जीवनशैली र आराम अभावमा समस्या बढ्दै गएको बताएका छन् ।
महिलामा पनि मुटु रोगको समस्या बढ्दै गएपछि विश्वभरि ‘गो रेड फर वुमन’ अर्थात् ‘महिलाका लागि रातो संकेत’ अभियान सञ्चालनमा आएको छ । नेपालले पनि गत वर्षबाट यस्तो अभियान सञ्चालन गर्दै आएको डा. रेग्मीले बताए । उनका अनुसार महिलालाई मुटु रोगप्रति सचेत रहन यस्तो अभियान थालिएको हो ।

मुटु रोग
आममानिसमा मुटु रोग भन्नेबित्तिकै हृदयाघात र हार्टफेल मात्र हो भन्ने भ्रम रहेको छ । तर, मुटका अन्य रोगमा पनि रहेका छन् । डा. रेग्मीले मुटु र रक्तनली सम्बन्धित भएकाले मुटुका सयभन्दा बढी रोग रहेको बताए । तर, तीमध्ये चिकित्सकहरूले मुटु रोगलाई जन्मजात मुटु रोग, बाथ मुटु रोग र जीवनशैलीसम्बन्धी मुटु रोग भनेर तीन भागमा बाँडेका छन् । जुन रोग यसप्रकार छन् ः
जन्मजात मुटु रोग ः कुनै केटाकेटीलाई जन्मजात नै मुटु रोग लागेको हुन सक्छ । डा. रेग्मीका अनुसार यो रोग थोरैलाई मात्र लाग्ने गर्छ । उनका अनुसार गर्भधारण्ा गरेको तीन महिनाभित्र रुबेला नामक एककिसिमको दादुराजस्तै प्रकृति भएको रोग लाग्यो भने यसले शिशुको निर्माण्ा भइरहेको मुटुमा विकृति गराउँछ, फलस्वरूप जन्मजात बालकमा मुटुको समस्या आउनेछ । उनी भन्छन्, ‘गर्भधारण्ा गरेको तीन महिने अवधिमा महिलाले गर्भका लागि असुरक्षति मानिएका औषधिको सेवन गरेमा, अत्यधिक धूमपान र मद्यपान गरेमा, शरीरमा एक्सरेको विकीरण्ा परेमा मुुटुको संरचनामा गडबडी भई बच्चामा विकृत मुटुको निर्माण्ा हुन जान्छ, जसकारण्ा बालकलाई जन्मजात मुटु रोग लाग्ने गर्छ ।’ चिकित्सकहरूका अनुसार भोजनमा भिटामिन र अन्य आवश्यक पोषण्ा तत्त्वको कमी भएमा पनि जन्मजात मुटु रोग लाग्ने सम्भावना रहन्छ । नवजात शिशुको जिब्रो, ओठ र औँलाका टुप्पा नीलो हुने, औँलाका टुप्पा बाक्ला र चाक्ला हुने, मुटु हल्लिने, दम बढ्ने, बारम्बार नवजात शिशुलाई रुघाखोकीले सताइराख्ने, शिशुको, उमेरअनुसार शारीरिक विकास नहुने र निधारमा पसिना आउने जन्मजात मुटु रोगका लक्षण्ा हुन् ।
बाथमुटु रोग ः यो बच्चा अवस्थामा घाँटीमा समस्या भइरहेका केटाकेटीलाई देखिने रोग हो । सामान्यतया तीनदेखि १५ वर्षका बालबालिकामा बराबर घाँटी दुख्ने, टन्सिल बढ्ने हुन सक्छ । यसरी बराबर घाँटी दुख्ने गरेका केटाकेटीलाई एककिसिमको ज्वरो आउन सक्छ, जुन वेला एकपछि अर्को गरी हातखुट्टाका ठूला जोर्नीहरू दुख्ने र सुन्निने हुन्छन् । यस ज्वरोलाई बाथ ज्वरो भनिन्छ । यसै ज्वरोका कारण्ा पछि गएर मुटुको भल्ब खराब हुने रोग लाग्छ । यसलाई बाथ मुटुको रोग भनिन्छ ।
जीवनशैलीसँग सम्बन्धित मुटु रोग ः मुटुका धेरैजसो रोग जीवनशैलीसँग सम्बन्धित छन् । जीवनशैलीसँग सम्बन्धित मुटु रोगमा हृदयाघात, उच्च रक्तचाप, मधुमेह, आदि पर्छन् । मुटु रोगमध्ये हृदयाघातलाई मानव मृत्युको नम्बर एक रोगका रूपमा लिइँदै आएको छ । मुटु मांसपेशीको डल्लो हो । यसले पम्पको काम गर्छ र शरीरभरि रक्त सञ्चालन गराउँछ । मुटुलाई यो काम गर्ने ऊर्जा मुटुका मांसपेशीको बाहिरी भागमा रहेका तीनवटा कोरोनरी रक्तनलीमा प्रवाहित हुने रगतमार्फत ग्लुकोज र अक्सिजनबाट प्राप्त हुन्छ । त्यसकारण मुटुलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन मुटुका कोरोनरी रक्तनली स्वस्थ हुनु जरुरी छ । तर, यी रक्तनलीभित्र विभिन्न कारण्ाबाट कोलेस्ट्रोल -बोसो) जमेर साँघुरो हुने गर्छ । जसकारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन । जसकारण बिस्तारै कोरोनरी रक्तनली पूरै बन्द हुने सम्भावना बढी हुन्छ । यदि रक्तनली पूरै बन्द भएको खण्डमा रगतको प्रवाह पनि पूरै बन्द हुन्छ र मुटमा ऊर्जाको आपूर्ति ठप्प हुन्छ । मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षतिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिँदै गएमा मांसपेशी मर्छ र यसले काम गर्न छाड्छ । यो अवस्थालाई हृदयाघात भएको भनिन्छ । हृदयाघात हुँदा छातीको बीचभागमा असह्य पीडा उत्पन्न हुन्छ । हृदयाघात भएका व्यक्तिले समयमै उपचार नपाए रोगीको तत्काल मृत्यु हुन सक्छ ।
त्यस्तै, मुटु रोगमध्येको उच्च रक्तचाप पनि एक खतरनाक रोग हो । हाम्रो मुटु खुम्चिने र फुलिने गर्दा रक्तनलीमा उत्पन्न हुने चापलाई रक्तचाप अर्थात् ‘ब्लड प्रेसर’ भनिन्छ । चिकित्सकहरूका अनुसार स्वस्थ मानिसमा रक्तचाप १२० र ८० मिमि मर्करी वा सोभन्दा कम हुनुपर्छ । रक्तचाप १४० र ९० भन्दा बढी भयो भने यसलाई उच्च रक्तचाप भनिन्छ । डा. रेग्मीका अनुसार रक्तचाप बढी भएमा रक्तनली बढी तन्किन गई फुट्न सक्छन् । उनी भन्छन्, ‘दिमागको नसा फुटे पक्षघात हुन्छ, आँखाको नसा फुटे अन्धोपन हुन्छ, मुटु वा मिर्गौलाका रक्तनलीमा असर परे हृदयाघात वा मिर्गौला फेल हुन्छ, त्यसकारण यो एक खतरनाक रोग हो ।’
हार्ट फेल पनि मुुटुको डरलाग्दो रोग हो । अधिकांश मानिस दम बढ्नेबित्तिकै फोक्सोमा खराबी आयो भन्ने सोच रहेको हुन्छ । डा. रेग्मीका अनुसार यो आंशिक रूपमा मात्र सत्य हो । दमको सम्बन्ध फोक्सोसँग मात्र नभई मुटुसँग पनि रहेको छ । उनी भन्छन्, ‘यदि शारीरिक श्रम गर्दा दम बढ्छ र आराम गरेपछि यो कम भएर जान्छ भने यो मुटु रोग हुन सक्छ । मुटु सुन्निएको, मुटुका मांसपेशी कमजोर भएको, मुटुको भल्ब बिगि्रएको अवस्थामा यस्तो प्रकृतिको दम उत्पन्न हुन्छ । यसलाई हार्ट फेल भएको भनिन्छ ।’ उनका अनुसार हार्ट अट्याक र हार्ट फेल फरक-फरक अवस्था हुन् । हार्ट अट्याक भएपछि मुटु कमजोर भई हार्ट फेल हुन्छ । मुटु कमजोर हुँदा मानिस सास नपुगेर निसासिन्छ । यसका साथै मुटु सुन्निने रोग तथा मुटुको धड्कनमा गडबडी आउने पनि जीवनशैलीमा आएको परिवर्तनका कारण मुटुमा देखिने समस्या हुन् ।

मुटु रोगका प्रमुख लक्षण्
मुटु रोगका लक्षण्ाबारे धेरैलाई जानकारी छैन । यसकारण्ा मानिस ढिलागरी उपचारका लागि अस्पताल वा उपचारका लागि चिकित्सककहाँ जान्छन् । छातीको बीच भागमा पीडा हुनु, कुनै काम वा परिश्रम गर्दा दम बढ्नु, खुट्टा सुन्निनु, मुटु बेतालले धड्किनु, चक्कर लाग्नु, घाँटीको रक्तनली फुल्नु वा चल्नु, बाल्यकालमा जोर्नीहरू दुख्नु र साथमा ज्वरो पनि आउनु, जिब्रो, औँलाका टुप्पा नीलो हुनु आदि सबै मुटु रोगका लक्षण्ा हुन सक्छन् । डा. रेग्मीका अनुसार मुटुका केही रोगजस्तै उच्च रक्तचाप, उच्च रक्त कोलेस्ट्रोल, मधुमेह आदिको कुनै लक्षण्ा नहुन पनि सक्छ । यी रोग परीक्षण्ा गरेपछि मात्र पत्ता लाग्छ । यसकारण्ा मुटु रोगको कुरा गर्दा नियमित स्वास्थ्य परीक्षण्ालाई धेरै महत्त्व दिइन्छ । मानिसको आकस्मिक मृत्यु धेरैजसो मुटु रोगकै कारण्ाबाट हुन्छ । मुटु रोग थोरै लक्षण्ा, तर धेरै खतरा भएको रोगमा पर्छ ।

नेपालमा मुटु रोगी
नेपाल हृदय रोग निवारण्ा प्रतिष्ठानका अनुसार नेपालमा मुटु रोगबाट पीडित जनता कुल जनसंख्याको १५ प्रतिशत अर्थात् ४५ लाख रहेका छन् । प्रतिष्ठानका अध्यक्ष डा. रेग्मीका अनुसार मुटु रोगबाट हुने मृत्युको संख्या कुल मृत्युको २५ प्रतिशत रहेको छ । १८ वर्षभन्दा माथिका उच्च रक्तचापद्वारा पीडित रोगीको संख्या २० प्रतिशत रहेको छ । मघुमेहद्वारा पीडित काठमाडौँका १८ वर्षमाथिका १० प्रतिशत रोगी रहेका छन् । धूमपान गर्ने जनसंख्या ४० प्रतिशत र बाथ मुटु रोगी १ दशमलव २ प्रतिशत रहेका छन् । जन्मजात मुटु रोगी पाँचदेखि १५ वर्षका बालबालिका १ दशमलव ० प्रतिशत रहेका छन् । मटु रोगको अस्पतालमा भर्ना भएकामध्ये कारोनरी मुटु रोगी ३९ प्रतिशत, उच्च रक्तचापपीडित ७, बाथ मुटु रोगी २० र जन्मजात मुटु रोगी ६ प्रतिशत रहेका छन् । प्रतिष्ठान तथा मुटु रोगसँग सम्बन्धित १९ संस्थाको सञ्जाल हार्ट नेपालका अनुसार नेपालमा मुटु रोग बढ्ने क्रममा छ । नेपालमा १० वर्षयता मुटु रोगीको संख्यामा पाँचगुण्ााले वृद्धि भएको छ ।

मुटु रोगबाट बच्ने उपाय
मुटुका सबै रोगलाई एउटै पद्धतिबाट रोकथाम गर्न सकिँदैन । मुटुलाई स्वस्थ राख्ने उपायहरू जस्तै धूमपान नगर्ने, मोटोपना घटाउने, नियमित व्यायाम गर्ने, सन्तुलित आहार खाने, मानसिक तनावबाट मुक्त रहने आदि सर्वसम्मत विषय हुन् । चिकित्सकहरूका अनुसार यिनीहरूलाई नै आधार बनाएर धेरै हदसम्म मुटु रोग रोकथाम गर्न सकिन्छ । धेरैजसो मुटु रोग अस्वस्थ खानपिन र विलासी जीवनशैलीका कारण हुने भएकाले यसबाट बच्न पनि हामीले खानपिन र जीवनशैलीमा सुधार ल्याउनुपर्छ । डा. रेग्मी भन्छन्, ‘मुटु रोगबाट बच्न हामीले मुटुलाई स्वस्थ राख्ने उपाय जस्तै धूमपान तथा मद्यपान नगर्ने, मोटोपना घटाउने, नियमित व्यायाम गर्ने, सन्तुलित आहार खाने, मानसिक तनावबाट मुक्त हुने गर्नुपर्छ ।’ उनका अनुसार प्रशस्त मात्रामा हरियो तरकारी र फलफूल खाने गरेमा तथा दैनिक, छिटोछिटो दौडिने र व्यायाम गर्ने बानीले मुटु रोगको जोखिम कम्तीमा ५५ प्रतिशत घटाउन सकिन्छ । डा. रेग्मीले मुटु रोगबाट बच्न धूमपान त्याग्ने, मोटापन घटाउने, नियमित व्यायाम गर्ने, सन्तुलित आहार लिने, रक्सीको सट्टा फलफूलको रस पिउने, मानसिक तनावबाट टाढा रहने, जीवनलाई सुखी बनाउने तथा नियमित स्वास्थ्य परीक्षण्ा गराउने सुझाब दिन्छन् । यसका साथै मानिसले आफूलाई भएका उच्च रक्तचाप, मधुमेह उच्च कोलस्ट्रोलजस्ता रोगको उपचार समयमै गराउनुपर्छ । यो स्वस्थ्य सामाग्री नयाँ पत्रिकाबाट लिइएको हो

वैदेशिक रोजगारीमा जानेका छोराछोरीलाई छात्रवृत्ति

प्रवीण ढकाल/काठमाडौं

वैदेशिक रोजगारमा गएका व्यक्तिका छोराछोरीलाई आगामी आर्थिक वर्षवाट छात्रवृत्ति प्रदान गरिने भएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले रोजगारका लागि विदेशिएका वा विदेशिएर फर्किएका व्यक्तिका छोराछोरी शिक्षा लिनबाट वन्चित हुनुनपरोस् भनेर यस्तो व्यवस्था गरेको हो ।

यसबाट आर्थिक अवस्था कमजोर भएर रोजगारीका लागि दुबई, कतार, मलेसियालगायतका खाडी मुलुकमा गएका व्यक्तिका छोराछोरीले अध्ययनका लागि छात्रवृत्ति पाउने भएका छन् । विदेशिएका व्यक्तिका छोराछोरीको अध्ययनमा सहयोग पुर्‍याउन गरिएको यो व्यवस्था पहिलो हो ।

बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाका अनुसार आगामी आर्थिक वर्षमा देशभरका नौ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । देवकोटाका अनुसार 'आर्थिक रूपले विपन्न भएका परिवारलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट रकम उपलब्ध गराएर छात्रवृत्ति दिइनेछ ।' उनले वैदेशिक रोजगारमा गएका व्यक्तिमध्ये पनि मृतक परिवार वा अंगभंग भएका परिवारका छोराछोरीलाई पहिलो प्राथमिकतामा राखेको बताए । विद्यार्थी छनोटको काम प्रत्येक जिल्लाका शिक्षा समितिले गर्नेछन् । बोर्डले समितिले सिफारिस गरेको विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गर्नेछ ।

सरकारी विद्यालयमा पढ्नेहरूलाई मात्र प्रदान गरिने यस्तो छात्रवृत्तिमा माध्यमिक तहका विद्यार्थीलाई वाषिर्क सात हजार, निम्न माध्यमिक तहकालाई चार हजार र प्राथमिक तहकालाई साढे दुई हजार रुपैयाँका दरले छात्रवृत्ति रकम वितरण गरिनेछ । बोर्डका निर्देशक मुकुन्द अधिकारीले यस्तो छात्रवृत्तिका लागि जिल्लाहरूमा कोटा निर्धारण कार्य भैरहेको बताए । उनका अनुसार सबैभन्दा बढी कामदार विदेशिएका जिल्लामा बढी कोटा र कम विदेशिएका जिल्लामा कम कोटा दिने तयारी गरिएको छ । निर्देशक अधिकारी भन्छन्-'सबै जिल्लामा छुट्टाछुट्टै कोटा निर्धारण गरिएको छ । एउटा जिल्लामा १६ देखि २२ वटासम्म कोटाको व्यवस्था गरिएको छ ।'


अझै अटेर

प्रवीण ढकाल
देशभरकिा आठ हजार निजी विद्यालयहरूलाई लक्षित गरी सरकारले गत आर्थिक वर्षमा जारी गरेको शिक्षा सेवा कर निर्देशिकाले यसपालि पनि हावा खाने भएको छ । पोहोरको तुलनामा केही प्रगतिजस्तो देखिए पनि अझै ९० प्रतिशतभन्दा बढी विद्यालयले सरकारी आदेशको अवज्ञा जारी राखेका छन् । प्रक्षेपण गरएि अनुसारको राशिमा कर नउठेपछि वञ्चित र पिछडिएका क्षेत्र र वर्गका विद्यार्थीका लागि भनी परकिल्पना गरएिको शिक्षा विकास कोषसमेत परकिल्पनामै सीमित हुने छाँट देखिएको छ ।

गत आर्थिक वर्षमा पाँच प्रतिशत तोकिएको शिक्षा सेवा करको चर्को विरोध गरेर निजी विद्यालयहरूले कर दाखिला नगरेपछि सरकारले यस वर्षबाट त्यसको दर घटाएर एक प्रतिशतमा झार्‍यो । पहिलो चौमासिकको कर तिर्ने म्याद गत पुस २५ गते सकिएको छ । तोकिएको म्यादभित्र देशभरकिा जम्मा छ सय विद्यालयले मात्र कर तिरेका आन्तरकि राजस्व विभागका निर्देशक लक्ष्मण अर्यालले जानकारी दिए । कर बुझाउन अटेर गर्नेहरूको संख्या ९० प्रतिशतभन्दा बढी छ । ठूला र कहलिएका निजी विद्यालयहरू कर नबुझाउनेहरूमध्ये अग्रपंक्तिमा छन् ।

गत वर्ष तोकिएको पाँच प्रतिशत करबाट ९८ लाख रुपियाँ मात्रै उठेको थियो । जबकि, सरकारले ५० करोडभन्दा धेरै रकम संकलन हुने अनुमान गरेको थियो । यस वर्ष अघिल्लो र चालू गरी ६ करोड १७ लाख रकम संकलन भएको छ । यसै आवबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूसित पनि एक प्रतिशत कर लगाउन थालिएको छ । संकलित ६ करोड १७ लाखमध्ये कति विद्यालयले तिरेका र कति विदेश जाने विद्यार्थीले भन्ने छुट्याउन गाह्रो छ किनभने कर कार्यालयमा शिक्षा सेवा कर बुभmने शाखाले ती दुवै कर उठाउने गरेको छ ।

शिक्षा सेवा कर तिर्न अटेर गरेपछि आन्तरकि राजस्व विभागले त्यस्ता विद्यालयहरूमाथि कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । विभागले पहिलो चरणमा कर तिर्न अटेर गरेका विद्यालयहरूमा स्वयंसेवकहरू पठाई छानबिन गरेर कर र ब्याज निर्धारण गर्न मातहतका कार्यालयलाई आदेश दिइसकेकोे छ ।

तोकिएको म्यादभित्र कर नतिर्ने विद्यालय बन्दसमेत गर्न सकिने व्यवस्था निर्देशिकामा रहेको छ । निर्देशिकामा 'म्याद नाघेको तीन महिनासम्म पनि बक्यौता शिक्षा सेवा कर नबुझाउने शिक्षण संस्थालाई आर्थिक ऐन २०६५ अनुसार बन्द गर्न नेपाल सरकारले आदेश दिन सक्नेछ' भनी उल्लेख गरएिको छ । राजस्व विभागका निर्देशक अर्याल भन्छन्, "सरकारले तोकेको करबाट कोही पनि भाग्न पाउँदैन । निजी विद्यालयले यसैगरी अटेर गर्दै जाने हो भने सरकारले बाध्य भएर विद्यालय बन्द गर्ने कदम चाल्न सक्छ ।"

उता निजी विद्यालयहरूले भने विगतमा सरकारले गरेको सहमतिविपरीत फेर िपनि करकै रूपमा रकम उठाउन थालिएकाले कर नतिर्ने निर्णयमा पुगेको बताएका छन् । सरकारले ०६५ चैत १२ गते निजी विद्यालयहरूसित करको सट्टा शिक्षा विकास सहयोग शुल्क लिने भनी सहमति गरेको थियो । त्यस्तो शुल्कको मापदण्डचाहिँ अझै बन्न सकेको छैन । विद्यालयहरूले सेवा शुल्क आफ्नो नाफाबाट नतिरी विद्यार्थीबाट शुल्कका रूपमा असुल गरेर तोकिएको राजस्व खातामा जम्मा गर्ने सहमति भएपछि निजी विद्यालयका सञ्चालकहरू सेवा शुल्क तिर्न तयार भएका थिए । तर, यसैबीच एकतर्फी ढंगले सरकारले एक प्रतिशत शिक्षा सेवा कर तोकेपछि भने विद्यालयहरू बिच्किन पुगेका छन् ।

निजी विद्यालयहरूले शिक्षा सेवा करको विरोध गर्नुको चुरो कुरा भने अर्कै रहेको छ । उनीहरूले विद्यार्थी र अभिभावकको थाप्लोमा दोहोरो कर लगाउनु हुँदैन भन्दै कर तिर्न अटेर गर्नुमा निर्देशिकामा व्यवस्था गरएि अनुसारको विवरण दिनुपर्दा सम्पूर्ण आयव्यय सार्वजनिक हुने डर कारण रहेको निर्देशक अर्यालको दाबी छ । शिक्षा सेवा कर निर्देशिकाले निजी शिक्षण संस्थाले बिलबिजकसहित सम्पूर्ण आर्थिक आयव्यय स्पष्ट पार्नुपर्ने व्यवस्था गरेको छ । बिलबिजकमा त्यस्ता शिक्षण संस्थाले करयोग्य शुल्क र कर छुटको शुल्क विवरणसहित देखाउनुपर्ने भएकाले हिसाबकिताब सार्वजनिक हुने डरले विद्यालयहरूले करको विरोध गररिहेको आन्तरकि राजस्व विभागका अधिकारीहरू बताउँछन् । तर, निजी शिक्षण संस्थाका सञ्चालकहरू भने यो कुरा मान्न तयार छैनन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल -प्याब्सन)का अध्यक्ष भोजबहादुर शाह भन्छन्, "निजी विद्यालयसम्बन्धी आयव्ययका सम्पूर्ण विवरणहरू जिल्ला शिक्षा कार्यालयमा अद्यावधिक रहने हुनाले राज्यले चाहेमा सजिलै हेर्न सक्छ ।" जिल्ला शिक्षा कार्यालयका अधिकारीहरू भने विद्यालयहरूले पेस गर्ने आयव्यय विवरण अवास्तविक हुने दाबीसमेत गर्छन् ।

सरकारले पनि करबाट उठेको रकम जम्मा गर्ने कोष खडा गर्न चासो दिएको छैन । निजी विद्यालयमा लगाइएको करबापत संकलित सम्पूर्ण रकम दुर्गम तथा कणर्ालीका विद्यार्थीको शिक्षाका लागि प्रयोग गर्ने सरकारी उद्देश्य रहेको छ । यति लामो समयसम्म पनि कोष खडा नभएपछि कर तिरेका विद्यालयहरूसमेत सेवा शुल्क सही ठाउँमा उपयोग हुने कुरामा सशंकित छन् । राज्यले यसबारेमा चाँडै नै जानकारी दिनुपर्छ भन्दै एक निजी विद्यालयका पि्रन्सिपलले भने, "हामीले बुझाएको शुल्क सही ठाउँमा खर्च भएको भनेर राज्यले देखाउन सक्नुपर्छ । त्यसभन्दा पहिला खर्च गर्ने आधारको स्पष्टता हुन आवश्यक छ ।"