प्रवीण ढकाल
काठमाडौं- केही दिनयता राजधानीलगायत देशैभरि तापक्रम वृद्धि हुँदै गएको छ। तापक्रममा आएको वृद्धिसँगै मानिसहरूलाई काम गर्न जाँगर नआउने, शरीर सुक्खा हुने, टाउको दुख्ने हातखुट्टा बाउडिने, मांसपेशी दुख्नेजस्ता समस्या देखिन थालेका छन्।

'तापक्रम वृद्धिका कारण मानिसको शरीरबाट पानीको मात्रा धेरै बाहिरिन्छ,' डा. बस्नेतले भने, 'शरीरमा आवश्यक मात्रामा पानी नहुँदा शरीरका कोष सुख्खा हुँदै जान्छन्, आँखा गाडिँदै जाने, जलवियोजन भएर मानिस बेहोस हुन सक्ने समस्या हुन्छ।' उनका अनुसार डिहाइड्रेसन तथा शरीरमा पानीको मात्रा कम हुँदा मानिसलाई पेट तथा पाचनप्रणाली सम्बन्धी धेरै समस्याले सताउने गर्छ। धेरैजसो मानिस शरीरलाई चाहिने पर्याप्त पानी पिउँदैनन् र यस्ता समस्यमा पर्ने गर्दछन्। श्वासप्रश्वास, काम गर्दा, हिँडडुल गर्दा, पसिना, पिसाबलगायत कारण मानिसको शरीरबाट पानी बाहिरिने गर्दछ।

'स्वस्थ रहन मानिसले प्रशस्त मात्रामा स्वस्थ पानी पिउनुपर्छ,' संगठनले आफ्नो अध्ययन प्रतिवेदनमा भनेको भनेको छ, ;दैनिक चार लिटर शुद्ध पानी पिउने बानी बसाल्न सके पाचनसम्बन्धी अधिकांश रोगबाट मुक्त हुन सकिन्छ भने शरीरका अन्य अंगहरूमा हुने समस्याबाट पनि बच्न सकिन्छ।'

शरीरबाट पानीको मात्रा धेरै बाहिरिने र थोरै मात्रामा पानी खाने गर्दा डिहाइड्रेसनले सताउने गरेको चिकित्सक बताउँछन्। डा. बस्नेतका अनुसार धेरै मानिसहरूमा प्रशस्त मात्रामा पानी पिउनुपर्छ भन्ने ज्ञान हुँदाहुँदै पनि हेलचक्रयाई गर्ने गरेका छन्। डा. बस्नेत भन्छन्, 'यसले मानिसमा जलवियोजन भई पेट, आन्द्रा, मिर्गौला तथा अन्य गम्भीर समस्या आउने गरेको छ।' उनका अनुसार डिहाइड्रेसनले मानिसलाई धेरै रोग निम्त्याउने भएकाले प्रशस्त मात्रामा पानी पिउनु नै उत्तम हुनेछ। यसका साथै पानी धेरै भएका फलफूलहरू काँक्रा, खरबुजा, भुइँकटहर, मुला खानु राम्रो हुनेछ।
अत्यधिक गर्मीमा बस्नेहरूले तिर्खा लागेपछि मात्र पानी पिउँला भनेर बस्नुहुँदैन। तिर्खा लाग्दासम्म त शरीरको पानी पूरै सिद्धिसकेको हुने भएकाले समय–समयमा पानी पिउँनु निकै फाइदाजनक हुने चिकित्सक बताउँछन्।
डिहाइड्रेसनबाट जोगिन
–पानी तथा झोलपदार्थ प्रशस्त पिउने
–शीतलबाट हिँड्ने र छाता ओढ्ने
–चिया, कफी र मदिरा सेवन नगर्ने
–सकेसम्म मौसमी फलफूल र तरकारीमात्र खाने
–घामबाट जोगिने
–बढी चिल्लो, पिरो र नुनिलो खाना नखाने
–बासी खाना नखाने
–चिसो पानीले नुहाउने
–समय–समयमा निधार र घाँटीमा चिसो कपडा राख्ने
–खाना खान रुचि नभए जबर्जस्ती नखाने
–पातलो, खुकुलो र हावा छिर्ने खालको कपडा लगाउने
–शरीर सुक्खा भयो भने चिकित्सककको सल्लाह लिने
–घरमा जीवनजल अनिवार्य रूपमा राख्ने
–बसमा उभिएर र कोच्चिएर यात्रा नगर्ने
- नागरिक
No comments:
Post a Comment