Pages

Friday, January 13, 2017

'राजीनामा नदिए बर्खास्त गर्नुपर्छ'

डा.गोविन्द केसी

वर्तमान सरकार गठन भएयता म दुईपटक आमरण अनशनमा बसिसकेको छु । एकपटक दसैंअघि र दोस्रोपटक अहिले। चिकित्सा शिक्षा सुधार र तीन करोड नेपालीको स्वास्थ्यका लागि म आमरण अनशनमा बसेको यो दसौंपटक हो। सरकारले पटकपटक सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने, बरु उल्टै थिति भत्काउने काम गरेका कारण म अनशनमा बस्न बाध्य भएको हुँ।

अहिले सरकार सतही रुपमा जनताप्रति एकदमै चिन्तित भएको, जवाफदेही, जिम्मेवार बनेको जस्तो गर्छ तर व्यवहारमा त्यस्तो देखाउँदैन। वास्तविक रुपमा यो सरकार पनि जनताको हितमा लागेको देखिँदैन। सरकार तथा सांसदहरुको कामगराइ हेर्दा उनीहरु जनताप्रति उत्तरदायी नभएको प्रस्ट देखिन्छ। यदि उनीहरु जनताप्रति उत्तरदायी हुन्थे र जनहितका लागि काम गर्थे भने चिकित्सा शिक्षामा देखिएको विकृति रोक्थे, खुलेआम एमबिबिएस भर्नामा भइरहेको लुट बन्द गर्नेथिए।

सरकार तथा नेताहरु जनताका आँखामा भ्रम छर्न चर्का नारा लाउने र सस्तो लोकप्रियताका लागि हावादारी कामको निर्देशनमा मात्र व्यस्त छ। साँच्चै जनताकै लागि काम गर्ने हो भने जनताका छोराछोरी एमबिबिएस पढ्दा लिइरहेको मनोमानी शुल्क नियन्त्रण गर्नुपर्ने हो। एक वर्षअघि सरकारले तोकेको ३५ लाख रुपैयाँ शुल्क अहिले ७० लाखभन्दा माथि पुगिसकेको छ। एक वर्षमै एमबिबिएसको शुल्क कसरी दुईगुणा बढी लिन थालियो? यस्तो लुटमा सरकार मौन छ। आयोग बनेर शुुल्क निर्धारण समितिले पुनरवलोकन नगरेसम्म पोहोरकै शुल्क कायम गर भनिएको हो । जनताप्रति उत्तरदायी भइहाल्नुपर्ने यी विषय सरकारले सुनेको नसुन्यै गरिरहेको छ।

यही मनपरीतन्त्र रोक्न चिकित्सा शिक्षा ऐन बनाउने माग सुरुदेखि नै गरिएको हो। स्वास्थ्य शिक्षालाई गुणस्तरीय बनाउन यो माग गरिएको हो। गुणस्तरीय शिक्षाले बनाएका डाक्टर गुणस्तरीय हुन्छन् र जनताले गुणस्तरीय सेवा पाउँछन्।  यसैगरी देशभरमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाको न्यायोचित वितरण हुने व्यवस्था ऐनमा गर्न पनि हामीले भनिरहेका छौं। यसका लागि सबै प्रदेशमा मेडिकल कलेज हुनुपर्छ जसका कारण देशभरका मानिसले गुणस्तरीय सेवा पाऊन् ।

चिकित्सा शिक्षा अध्ययनका लागि पैसा बाधक हुनुहुँदैन। शिक्षामा सबैको समान पहुँच हुनुपर्छ। पैसाका आधारमा मात्र पढ्न पाउने भए त जेहेन्दार, गरिब विद्यार्थी डाक्टर बन्नबाट वञ्चित हुनुपर्छ तर पैसा हुने जोकोही डाक्टर बन्न सक्छ अनि गुणस्तरहीन डाक्टर उत्पादन हुन्छ। त्यही भएर हामीले सरकारी मेडिकल कलेज सातवटा प्रदेशमा खोल्न र निःशुल्क पढाउन भनेका छौं। यस्तो हुँदा दक्षले डाक्टरी पढ्ने अवसर पाउँछन्। यो विषय पनि सरकारले सुनेको छैन। प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने विषयमा पहिले पनि सहमति भएको हो तर यहाँ त खालि निजीलाई मात्र सम्बन्धन दिने खेल भइरहेको छ । जनतामाथि अन्याय हुने यस्तो गम्भीर खेलमा पनि सरकार चुप छ ।

विभिन्न ठाउँमा सरकारी मेडिकल कलेज खुले त्यहाँ डाक्टरले मात्र होइन, नर्स, स्वास्थ्यकर्मी, ल्याबका विद्यार्थीले पनि पढ्न पाउँथे। उक्त स्थानका मानिसले गुणस्तरीय सेवा पाउँथे । सँगसँगै त्यहाँको विकास पनि हुन्थ्यो । यो माग विशुद्ध जनताका लागि थियो । तर खै त यो विषयमा नेता तथा सरकारले काम अगाडि बढाएको ?

सरकारी मेडिकल कलेज नेपालमा जम्मा तीनवटा छन् तर निजी मेडिकल कलेज झन्डै २० वटा छन्। यो त उल्टो भयो । सरकारी मेडिकल कलेज धेरै भएर निजी थोरै हुनुपर्ने हो। सरकारीमा एमबिबिएस शिक्षा सबै निःशुल्क बनाउन भनेको पनि मानेनन्। ५० प्रतिशत बनाउँछु भनेका थिए। त्यो पनि भएन। जनताका लागि हुने कुनै पनि काम गरेको छैन तर भाषण गर्ने बेला जनमुखी सेवा भएन, परिणाम आएन भन्ने गरिन्छ। परिणाम देखिने ठाउँमा काम नगर्ने अनि भाषण मात्र गर्ने प्रवृत्ति बढी भयो।

 मेडिकल माफियासँग मिलेर वरिष्ठता मिचेर नयाँ डिन बनाइदिए। वरिष्ठता आधारमा प्राध्यापक भएको हिसाबले हेर्दा डिन नियुक्त भएका डा. केपी सिंह चौथो नम्बरमा छन् भने सुरु नियुक्तिका आधारमा हेर्दा छैठौं। त्यसकारण वरिष्ठता मिचेर राजनीतिक आड र निजी मेडिकल कलेजको मिलेमतोमा नियुक्त भएका डिनले राजीनामा दिनुपर्छ। नभए उनलाई बर्खास्त गर्नुपर्छ।
नेताले आफ्ना भ्रष्ट कार्यकर्तालाई विश्वविद्यालय तथा शिक्षण संस्थामा भर्ती गरेका छन् । पदाधिकारी नियुक्त गरेर लुटतन्त्र चलाएका छन्। संस्था धराशयी बनाएका छन् । यो त जनताप्रति सरासर धोका हो । जनतालाई सेवा दिन्छु भन्ने अनि लुटतन्त्र मच्चाएर धोका दिने ?

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा वरिष्ठताका आधारमा डिन नियुक्त गर्ने पहिल्यै सहमति भएको हो। तर, मेडिकल माफियासँग मिलेर वरिष्ठता मिचेर नयाँ डिन बनाइदिए। वरिष्ठता आधारमा प्राध्यापक भएको हिसाबले हेर्दा डिन नियुक्त भएका डा. केपी सिंह चौथो नम्बरमा छन् भने सुरु नियुक्तिका आधारमा हेर्दा छैठौं। त्यसकारण वरिष्ठता मिचेर राजनीतिक आड र निजी मेडिकल कलेजको मिलेमतोमा नियुक्त भएका डिनले राजीनामा दिनुपर्छ। नभए उनलाई बर्खास्त गर्नुपर्छ। यससँगै त्रिवि उपकुलपति तीर्थ खनियाँलाई पनि बर्खास्त गर्नुपर्छ। हामीले यी सबै माग तीन करोड नेपालीको भलाइका लागि राखेर लडिरहेका हौँ। जनताका लागि हामी बारबार अनशन बस्नुपर्छ तर जनताका लागि राजनीति गरेका भन्नेहरु पैसाको लोभमा फसेका छन्।

यही सरकार गठन भएपछि म १२ दिन अनशन बसेँ। माग सबै अहिलेकै थिए तर सरकारले वार्ताटोलीसम्म गठन गरेन, पूरै बेवास्ता गर्‍यो। त्यहीबीच दसैंको समय आयो। दसैंमा अनशन नबस्न सबैले आग्रह गरे र दसैंभरको समय सरकारलाई दिन भनेपछि मैले अनशन रोकेँ तर यति लामो समयसम्म पनि सरकारले केही गरेन। यसभन्दा अगाडिका सरकारले कम्तिमा वार्ताटोली त बनाउँथे। सम्झौताको नाटक त गर्थे । दस दिनदेखि अनशनमा छु तर सरकारका तर्फबाट कसैले सम्पर्क पनि गरेका छैनन् भनेपछि जनताप्रति उनीहरु कति संवेदनशील, जिम्मेवार र जवाफदेही छन् भन्ने यसैले देखाउँछ। ढोंगी भएर हुँदैन, जनताका लागि गरेको छु भन्ने सबै सरकारको ढोंग हो। जनताका लागि लडिरहेको छु भन्नु सरकारको सस्तो लोकप्रियता हो ।

अहिले पनि ७६ प्रतिशत जनता आधारभूत स्वास्थ्य सेवाको पहुँचमा छैनन् । बिहान–बेलुका छाक टार्न गाह्रो हुने जनताको बाहुल्य नेपालमा अत्यधिक छ तर तिनै जनताले तिरेको करबाट जम्बो सांसदलाई दोब्बर तलबभत्ता चाहिएको छ । यो लुट होइन ? यसअघि अनशन बस्दा ६ सय १ मा तीन जना सांसद पनि लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने पक्षमा पाइएन । भ्रष्ट, अत्याचारी, संविधानभन्दा माथि रहेर समानान्तर सत्ता चलाएको लोकमानलाई कारबाही गर्न तीन जना सांसद नपाउने तर गरिब जनताका करबाट दोब्बर भत्ता खाने व्यवस्था रातारात पास गर्ने एकमत हुने ? यसले पनि देखाउँछ, नेता, सरकार  र सांसद जनताका लागि लडिरहेका छन् कि आफ्नालागि ?

संसद्मा चिकित्सा शिक्षा ऐनको विधेयक पुगेको लामो समय भइसकेको छ । माथेमा प्रतिवेदनका आधारमा बनाइएको उक्त ऐन पास गराउनेतर्फ नलागी त्यहाँ भएका राम्रा र जनतालाई फाइदा हुने व्यवस्था हटाउने खेल भइरहेको छ । नेताले जनताको हकहितका लागि नभई आफ्ना व्यापार चम्काउन संशोधन गर्ने खेल गरिरहेका छन् । ऐनको भ्रुण हत्या गर्न लागिरहेका छन् । लोकमानविरुद्ध महाभियोग प्रस्ताव दर्ता भयो तर त्यो पनि छलफल नगरी आफ्नै स्वार्थका विषयलाई मात्र छलफल गरेर निर्णय गरे । यसले पनि सरकार र सांसदको नियत प्रस्ट पारेको छ ।

चिकित्सा शिक्षा ऐन तुरुन्त पास गरेको भए जनताले राहत महसुस गर्थे । चिकित्सा शिक्षालाई राजनीतिक दल, नेता, प्रशासक, माफिया मिलेर आफ्नो मुनाफाको स्वार्थका लागि अमर्यादित बनाए । यसलाई व्यवस्थित गर्नुपर्छ । तीन करोड जनताको हितका लागि म शान्तिपूर्ण अनशनमा बसिरहेको छु तर उल्टै मलाई पटक–पटक अनशन बस्यो भन्छन् । सांसदहरु जनताको हितविपरीत कार्य गरिरहेका छन् । माफियाले देश लुटिरहेका छन्। के हामी टुलुटुलु हेरेर बस्न सक्छौं ?

तर तीन करोड नेपालीले गुणस्तरीय र सहज स्वास्थ्य सेवा पाऊन् भनेर आवाज उठाउँदा गुनासो गर्ने कसरी हुन्छन् जनप्रतिनिधि ? जनताका लागि म जतिपल्ट पनि अनशन बस्न तयार छु  । नागरिकको कर्तव्य निभाइरहेको छु । अहिले जति माग उठाएको छु, सबै पूरा हुनुपर्छ । सरकारको लुटतन्त्र अन्त्यका लागि नै अनशनमा बसेको हुँ । माग पूरा नभएसम्म मेरो लडाइँ जारी रहनेछ । यो लडाइँमा रहिरहेका बेला सरकारले स्वास्थ्य क्षेत्रमा बिनाअध्ययन हचुवाको भरमा एउटा बाध्यात्मक व्यवस्था ल्याएको छ । सरकारले उक्त निर्णय पर्याप्त गृहकार्य गरेर ल्याएको भए जनताले राहत पाउने थिए । गाउँगाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पुग्थ्यो । तर यहाँ कामभन्दा पनि सस्तो लोकप्रियता पाउने दौडमा सबै लागेका छन् । सरकारले अस्पतालदेखि स्वास्थ्यचौकीसम्म १० देखि ५ बजेसम्म बहिरंग सेवा (ओपिडी) चलाउनुपर्ने बाध्यात्मक व्यवस्था हालै गरेको छ। सामान्य दृष्टिकोणले हेर्दा यो निर्णय प्रशंसनीय छ । स्वास्थ्य सेवामा जनताको सहज पहुँचका लागि लडिरहेको अवस्थामा हाम्रा लागि उक्त निर्णय स्वागतयोग्य छ ।

सरकारमा रहेकाहरुले यो निर्णयबाट लोकप्रियता पनि हासिल गर्लान् । जुन उनीहरुको अपेक्षा हो तर यस क्षेत्रलाई नजिकबाट महसुस गरेकाहरुले यसलाई जनताको आँखामा भ्रम छर्ने निर्णयका रुपमा बुझ्न समय लाग्दैन । किनभने यो निर्णय कार्यान्वयन भए न जनताले सेवा पाउने हुन् ! कार्यान्वयनमा रहेका जटिलता नपन्छाई हचुवाका भरमा यो व्यवस्था ल्याइएको छ ।

यस्तो निर्णय गर्नुअघि कार्यान्वयनमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने चिकित्सकलाई बलियो बनाउनुपर्छ । उनीहरुलाई १० देखि ५ बजेसम्म बस्ने वातावरण तयार पार्नुपर्छ । अहिले दिइरहेको सेवाअनुुसार पनि सुविधा प्राप्त नभएको गुनासो गरिरहेका चिकित्सकलाई थप सेवा दिनुपर्छ भनेर सुविधामा आँखा चिम्लिँदा कार्यान्वयनमा समस्या आउने देखिन्छ ।

बिरामीको सेवाका क्रममा म देशका ७५ वटै जिल्ला पुगेको छु । जिल्ला अस्पतालदेखि स्वास्थ्यचौकीसम्म देखेको छु । त्यहाँका डाक्टरको खटाइ पनि महसुस गरेको छु । उनीहरुले खटाइअनुसार पाउनुपर्ने सेवा, सुविधा, भत्ता, तलब पाएका छैनन् । यो परिस्थितिमा सेवासुविधाको सुनिश्चितता नगरी काम मात्रै गर भन्दा झन् समस्या आउने देखिन्छ । सेवाअवधि बढाउनुअघि उनीहरुलाई थप सुविधा पाउने सुनिश्चितता गरेको भए यो निर्णय साँच्चिकै जनताका लागि लाभदायी हुन्थ्यो । जनमुखी हुन्थ्यो । गाउँगाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पुग्थ्यो ।

यसै पनि अहिले दुर्गम क्षेत्रमा चिकित्सक जान मान्दैनन् । यस्तो निर्णयले जिल्लास्तरमा डाक्टर नजाने समस्या बल्झाउने निश्चित छ । लोकप्रियताका लागि मात्र गरिएको निर्णय भएकाले यसको दीर्घकालीन असर देखिनेछ । जिल्लामा डाक्टर अभाव हुनेछ ।

अहिले तीन बजेसम्म ओपिडी चल्छ। त्यसपछि आएका बिरामी फर्कनुपर्दैनथ्यो । जिल्लामा त डाक्टर चौबिसै घन्टा  ड्युटीमा हुन्छन्। उनीहरुलाई रातबिहान भन्ने हुँदैन। खान खाइरहेको अवस्थामा पनि आकस्मिक अवस्थाका बिरामी आए जानुपर्ने हुन्छ । सुतिरहेको अवस्थामा उठेर जानुपर्ने हुन्छ । यसरी चौबिसै घन्टा खट्ने डाक्टरलाई अहिले पनि राम्रो सेवासुविधा छैन। अहिलेसम्म त्यसो हुँदा पनि उनीहरु खटिरहेका छन्। किनभने तीन बजेपछि पेइङ क्लिनिकमा काम गर्थे। त्यसबाट केही राहत मिल्थ्यो तर अब त्यो पनि नहुने हो भने उनीहरुको जीविकोपार्जनमा समस्या आउँछ। डाक्टर पनि मान्छे हो। उनीहरुका पनि समस्या हुन्छन् । घरपरिवारसँग जोडिएका हुन्छन् । यो निर्णय गर्नुअघि उनीहरुलाई ‘ननप्राक्टिस’ भत्ता दिने व्यवस्था मिलाएको भए हुन्थ्यो।

सेवा मात्रै १० देखि ५ भनेर उपचार सेवाबाट सर्वसाधरण लाभान्वित हुने होइनन् । यससँगै अस्पतालका उपकरण, पूर्वाधारलगायतमा पनि अपग्रेड गर्नुपर्छ। उपकरण र आवश्यक पूर्वाधारसहितको उपचार गर्ने वातावरण नभएपछि डाक्टर मात्रै खटेर केही हुँदैन। अहिले पनि स्रोतसाधन अभावमा उपचार गर्न नसक्दा डाक्टरमाथि दोष आउने गरेको छ। उनीहरुले गाली र धम्की सहनुपर्छ।

डाक्टरले सेवा गर्नुपर्छ । त्यसमा दुईमत छैन । तर, सेवाका नाममा शोषण हुनुहुँदैन । काम मात्र गराउनु, कामअनुसारको सुविधा नदिनु पनि अन्याय हो। यस विषयमा मैले नेपाल चिकित्सक संघलाई आवाज उठाउन भनेको थिएँ । किनभने डाक्टरलाई गुणस्तरीय सेवा प्रदान गराउन पनि उचित सेवासुविधा जरुरी पर्छ । मन्त्रालय, मन्त्री, प्रशासक, नेता तथा सरकारकालाई पनि यो कुरा भनेको थिएँ । तर कार्यान्वयन भएन । सस्तो लोकप्रियताका लागि कसैलाई मारमा पार्ने मानसिकता राम्रो होइन । हरेक कुरा व्यावहारिक दृष्टिकोणले हेर्नुपर्छ ।

(दस दिनदेखि टिचिङ अस्पतालमा आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक डा. केसीसँग नागरिककर्मी प्रवीण ढकालले गरेको कुराकानीको सम्पादित अंश) - बुधबार, ०८ मङि्सर २०७३
नागरिक

Friday, August 12, 2016

पूर्वराष्ट्रपति उपचारमा सरकारको दश लाख

प्रवीण ढकाल
काठमाडौं- पूर्वराष्ट्रपति डा. रामवरण यादव स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि एक सातादेखि भारतमा छन्। उनी अघिल्लो बिहीबार चण्डीगढस्थित पोस्ट ग्य्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च सेन्टरमा भर्ना भएका हुन्। यादवले उक्त अस्पतालमा  अध्ययन गरेका थिए।

त्रिवि शिक्षण अस्पतालमा परीक्षणक्रममा यादवको पिसाब नलीमा संक्रमणसाथै प्रोस्टेटसम्बन्धी समस्या देखिएको थियो।

यसैबीच सरकारले पूर्वराष्ट्रपतिको उपचारका लागि दस लाख रुपैयाँ दिने भएको छ। अघिल्लो शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वराष्ट्रपति यादवलाई उपचार गराउन बिल प्राप्त भएपछि हिसाब मिलाउने गरी पेस्कीस्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

पारिवारिक स्रोतका अनुसार यादवको प्रोस्टेटमा जटिल समस्या देखिएपछि उनलाई भारत लगिएको हो। उनका साथमा छोरा चन्द्रमोहन र छोरी अनिता छन्। 'टिचिङ अस्पतालमा परीक्षणका क्रममा बायप्सी गर्नुपर्ने भनिएको थियो,' स्रोतले भन्यो, 'समस्या जटिलझैं लागेपछि आफू अध्ययन गरेकै अस्पतालमा जानुभएको हो।' उनका अनुसार पूर्वराष्ट्रपति यादव २० गते छोराछोरीसहित बिहान ९ः ५० बजे जेट एयरको विमानबाट दिल्ली हुँदै चण्डीगढ पुगेका हुन्।

साउन दोस्रो साता जनकपुरमा रहेका बेलामा यादवको पिसाब नलीमा समस्या देखिएको थियो। अस्पताल स्रोतका अनुसार डा. यादवको प्रोस्टेट ग्रन्थी बढेको छ। प्रोस्टेट पुरुषको पिसाब नलीमा हुने एक ग्रन्थी हो जुन विभिन्न कारणले बढ्ने वा सुक्ने गर्छ।

वरिष्ठ युरोलोजिस्ट अर्जुनदेव भट्टका अनुसार प्रोस्टेट ग्रन्थी बढ्ने क्रममा एकनासले नभएर दाँया–बायाँ वा बीचको भागमा विशेष आकारले वृद्धि हुन सक्छ। ग्रन्थीको बीच भाग वृद्धि हँुदा बिरामीको मूत्र निष्कासनमा सबैभन्दा बढी समस्या हुनेगर्छ।

प्रोस्टेट ग्रन्थीका कारण छिटोछिटो पिसाब लाग्ने, तुरुन्त पिसाब नखुल्ने, पिसाब रोक्नै नसकी चुहिने, निखि्रएको अनुभूति नहुनेजस्ता लक्षण देखिने उनले जानकारी दिए।

'पिसाबमा रगत जाने, मूत्र संक्रमण भइरहने, पिसाब थैलीमा पत्थरी जम्ने, मिर्गाैलाको काम गर्ने क्षमतामा ह्रास आउनेजस्ता लक्षण पनि प्रोस्टेट ग्रन्थी संक्रमणको कारण हुन सक्छ,' उनले भने, 'प्रोस्टेट ग्रन्थी बढेका वा खुम्चिएको पुरुषको मूत्र प्रवाह जाँचेर हेरिन्छ र त्यसका आधारमा कस्ता बिरामीलाई शल्यक्रिया गर्ने वा औषधिले नै व्यवस्थापन गर्ने भन्ने निर्णय गरिन्छ।'

डा. यादवको आन्द्रामा समेत समस्या रहेको छ। तीन वर्षअघि उनी ठूलो आन्द्रामा देखिएको घाउ उपचारका लागि जापान पुगेका थिए।

-नागरिक

हचुवामा रोकियो 'न्यानो झोला' कार्यक्रम



काठमाडौं- सरकारले नवजात शिशुलाई मृत्युबाट जोगाउन सुरु गरेको न्यानो झोला ‘लुगा सेट' वितरण कार्यक्रम बन्द भएको छ । नेपाली स्वास्थ्य क्षेत्रको सुधारमा लामो समयदेखि बाधक बनिरहेको नवजात शिशुको मृत्युदर घटाउन स्वास्थ्य मन्त्रालयले विपन्न वर्गलाई लक्षित गर्दै ठूलो रकमका साथ आर्थिक वर्ष २०७०/७१ बाट सुरु गरेको न्यानो झोला वितरण कार्यक्रम यो वर्षदेखि बन्द भएको हो ।

मन्त्रालयअन्तर्गतको परिवार स्वास्थ्य महाशाखाबाट ७५ वटै जिल्लामा एकैपटक सञ्चालित उक्त कार्यक्रम नवजात शिशुको मृत्यु रोक्न प्रभावकारी बनिरहेका बेला अचानक बन्द गरिएपछि उक्त कार्यक्रमका निर्माता एवं विज्ञ सशंकित भएका छन् ।

स्रोतका अनुसार महाशाखाका कर्मचारीले प्रभावकारी भएको भन्दै यो वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिन गरेको प्रस्ताव महाशाखाका निर्देशक डा. आरपी विच्छाले एकाएक हटाइदिएका थिए ।

‘जिल्लामा कार्यक्रम प्रभाकारी बन्दै गएको र यसलाई निरन्तरता दिनुपर्ने सुझाव आइरहेका बेला अचानक निर्देशकले यो कार्यक्रम हटाउनुको रहस्य के हो ? हामीले बुझ्न सकेका छैनौं', स्रोतले अन्नपूर्णसँग भन्यो, ‘हटाउनु नै थियो भने कम्तीमा उहाँले पहिले यो कार्यक्रमको मूल्यांकन गर्नुपथ्र्यो । हचुवाका भरमा कार्यक्रम किन स्थगित गरियो ? नवजात शिशुको मृत्यु घटाउन चुनौती छ भन्दै भाषणबाजी गर्ने र त्यही समस्या समाधानका लागि सञ्चालन गरिएको कार्यक्रम बिनासुझबुझ हटाउनुमा के स्वार्थ छ ? '

नेपालमा अधिकांश नवजात शिशुको सिताङ (हाइपोथर्मिया) र विभिन्न संक्रमणका कारण मृत्यु हुने गरेको छ । जन्मेदेखि २८ दिनसम्मका शिशुलाई नवजात शिशुका रूपमा लिने गरिएको छ । सिताङ र संक्रमणबाट तत्काल हुने मृत्युलाई रोक्ने सरकारले न्यानो झोलामा नवजात शिशुका लागि कटनका दुईवटा टोपी, दुईवटा पेटे भोटो, दुई दौरा, एउटा र्‍यापर र एकातर्फ प्लास्टिक र अर्कोतर्फ फलाटिनको कपडा भएको एउटा बेबी म्याट र आमालाई म्याक्सी दिने गरेको थियो ।

रेफरल अस्पतालमा प्रसूति गराउनेको संख्या धेरै भएको तथा बर्थिङ सेन्टरमा प्रसूति गराउनेको संख्या कम भएका बेला उक्त कार्यक्रमले बर्थिङ सेन्टरमा प्रसूति गराउने महिलाको संख्यामा समेत वृद्धि भएको थियो । उक्त कार्यक्रम बर्थिङ सेन्टरदेखि जिल्ला अस्पतालसम्म लागू भएको थियो । कार्यक्रमको पहिलो वर्ष सरकारले १९ र दोस्रो वर्ष २१ करोड रुपैयाँ खर्चसमेत गरेको थियो । न्यानो झोलाका लागि हिमाली जिल्लामा एक हजार, पहाडी र तराई जिल्लामा नौ सयका दरले बजेट व्यवस्था गरिएको थियो ।

    कार्यक्रमको पहिलो वर्ष सरकारले १९ र दोस्रो वर्ष २९ करोड रुपैयाँ खर्चसमेत गरेको थियो । 

जिल्ला जनस्वास्थ्य कार्यालयले न्यानो झोला खरिद गरी बर्थिङ सेन्टरमा वितरण गर्नुपर्ने र सोही रकमबाट ढुवानीको समेत व्यवस्था मिलाउने जिम्मेवारी पाएका थिए । न्यानो झोला खरिदका लागि जिल्लामा सीधै पैसा पठाउनुपर्ने र केन्द्रमा कुनै चलखेल गर्न नपाइने देखिएपछि कार्यक्रम नै स्थगित गर्ने निर्णयमा निर्देशक पुगेको पनि हुनसक्ने कतिपय कर्मचारीको आरोप छ ।

महाशाखाका कार्यक्रम, बजेट र डेमोग्राफी शाखाका प्रमुख वरिष्ठ डेमोग्राफर एवं सूचना अधिकारी सदरकुमार शर्माले भने यो वर्ष पनि उक्त कार्यक्रम सञ्चालन गर्न प्रस्ताव पठाएको तर स्वीकृत नभएको बताए ।

निर्देशकले प्रस्ताव स्वीकृत नगरेको भन्नेमा भने उनले अनभिज्ञता प्रकट गरे । ‘जिल्लाबाट कार्यक्रम प्रभावकारी बनेको सूचना आइरहेको र त्यसैका आधारमा हामीले उक्त कार्यक्रमको निरन्तरताको प्रस्ताव पठाएका थियौं', उनले भने, ‘खै कहाँबाट उक्त कार्यक्रम हटाइयो, त्यो भने मेरो जानकारीमा छैन । प्रभावकारी बन्दै गरेको कार्यक्रम एकाएक हट्दा हामीलाई पनि राम्रो लागेको छैन ।'



डा. किरण रेग्मी महाशाखाको निर्देशक हुँदा सुरु गरिएको उक्त कार्यक्रमबाट विशेषगरी गरिब परिवारका नवजात शिशु र सुत्केरी आमा लाभान्वित भएका थिए । रेग्मीले कार्यक्रम हटेकोमा असन्तुष्टि व्यक्त गर्दै भनिन्, ‘नेपालमा सिताङका कारण भर्खरै जन्मेका धेरै बच्चाले ज्यान गुमाउँछन् । नवशिशुलाई न्यानो झोला दिँदा आर्थिक अवस्था कमजोर भएका परिवारलाई दुई महिनाभन्दा बढी राहत दिन्छ । साथै शिशुको ज्यान पनि जोखिन्छ । यस्तो राम्रो कार्यक्रम किन रोकियो म आफैं आश्चर्यमा छु ।'

नेपालमा नवजात शिशुलाई जोगाउन आमाले लगाइसकेको पुराना धोती च्यातेर बेर्ने चलन छ । त्यसबाट झनै नवजात शिशुमा संक्रमण फैलन सक्छ । रेग्मी नवजात शिशुलाई नयाँ, सफा र नरम कपडा वितरण गर्दा आमामा पनि चेतना फैलिने गरेको बताइन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले न्यानो झोलाको कार्यक्रम परिवार स्वास्थ्य महाशाखाबाटै काटिएर आएको बताए । ‘सम्बन्धित महाशाखाले जे पठाउँछ त्यही कार्यक्रमलाई मन्त्रालयले स्वीकृत गर्ने हो’, उनले भने, ‘सोही महाशाखालाई कार्यक्रम सञ्चालन, मूल्यांन गर्ने जिम्मेवारी हुन्छ ।'

नेपालमा प्रतिहजार जीवित जन्ममा ३३ जना नवजात शिशुको मृत्यु हुने गरेको छ । एक वर्षअघि नै त्यो संख्या १६ मा झार्ने लक्ष्य सरकारले लिए पनि सफल हुन सकेको छैन ।

Wednesday, July 27, 2016

डा केसीको आठौं अनशनः ४ बुँदे माग र ४ बुँदे सहमती

त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसी ।  तस्बिर: केशव थोकर/नागरिक
प्रवीण ढकाल
काठमाडौं–  चिकित्सा शिक्षा सुधारका माग राखेर १६ दिनदेखि अनशनरत डा गोविन्द केसीले साउन १० गते दिउसो २ बजे अनशन तोडेका छन् । डा. केसीलाई ५ वर्षको बालक सरोज नेपालीले  जुस पिलाएर अनशन तोडाएका हुन् । खुट्टा सुन्निएर उपचार गर्न अस्पताल आएका सिन्धुपाल्चोक गुम्बाका नेपाली दुई महिनादेखी त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए । ति बालकसहित डा. केसीलाई गोरखाका भिक्षु छेवाङ नुर्वु लामा र  सिराहाबाट छोराको उपचार गर्न आएकी अनिता यादवले पनि जुस पिलाएर अनशन तोडाएका हुन् ।
सरकारी वार्ता टोलीसँग ९ गते आइतबार राति ४ बुँदे सम्झौता भएपछि डा. केसी अनशन तोड्न राजी भएका हुन् । यसअघि उनी ७ पटक अनशन बसेका थिए । ८ औँ पटक अनशन बस्दा डा. केसीले ४ बुँदे माग राखेका थिए । तिनै मागलाई सम्बोधन गर्न सरकार तयार भएपछि डा. केसीले सहमती पत्रमा हस्ताक्षर गरेका हुन् ।

डा. केसीको ८ औँ अनशनका माग र सहमती यस्तो छ

 

डा. केसीसँग सरकारले गरेको ४ बुँदे सहमती 

 

देहाय बमोजिमका चिकित्सा शिक्षा सुधार सम्बन्धी कार्यहरु गर्नेः
(क) (१) नं मागको पहिलो बुँदाको सम्बन्धमा सरकारी शिक्षण संस्थाहरुमा चिकित्साशास्त्र विषयको अध्ययनका लािग कम्तीमा पचास प्रतिशत सीट संख्यामा निःशुल्क गर्ने विषयमा विधेयकमा समावेश रहेको र यसलाई पूर्व सम्झौता अनुसार क्रमशः वृद्धि गर्दै पचहत्तर प्रतिशतसम्म पु¥याइने ।
(ख) (१) नं मागको दोश्रो बुँदाका सम्बन्धमा, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पु¥याउने प्रावधान प्रस्तावित विधेयकमा समावेश गर्ने ।
(ग) (१) नं मागको तेश्रो बुँदाका सम्बन्धमा, विगतमा भएको सम्झौताको भावना अनुसार काठमाडौं उपत्यकाभित्र दश वर्षसम्म मेडिकल, डेण्टल र नर्सिङमा नयाँ सम्बन्धन नदिने र जारी भइसकेका मनाशयपत्र नविकरण सम्बन्धमा नेपाल सरकार र डा. गोविन्द के.सी.बीच मिति २०७२\५\१९ मा भएको सम्झौताको बुँदा नं. १ (ख) पालना गर्ने ।
(घ) (१) नं मागको चौथो बुँदाका सम्बन्धमा, चिकित्सा शिक्षाको शुल्क र सीट संख्या निर्धारणको आधार चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारभित्र राखी सो आयोगले निर्धारण गरे बमोजिम हुने गरी प्रस्तावित विधेयकमा उल्लेख भइसकेको । विगतमा भएको सम्झौताको भावना अनुसार शिक्षण शुल्क र सीट संख्या भने नियमावलीमा समावेश गर्ने ।
(ङ) (१) नं मागको पाँचौ बुँदाका सम्बन्धमा, आगामी शैक्षिक शत्रदेखि केन्द्रिय प्रवेश परीक्षा लिने व्यवस्था गर्नका लागि सबै विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा रहेको कानुनी व्यवस्थालाई सम्बोधन गरी केन्द्रिय प्रवेश परीक्षा लिने व्यवस्था सम्बन्धी विषय प्रस्तावित चिकित्सा शिक्षा विधेयकमा समावेश गरी विधेयक पारित भएपछि कार्यान्वयन गर्ने ।
(च) प्रस्तावित विधेयकमा उल्लेखित परीक्षा सञ्चालन निर्देशनालयको नियमावली तर्जुमा गर्दा हाल परीक्षा लिने सबै विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका विज्ञतालाई उपयोग गर्ने प्रावधान समावेश गर्ने ।
- See more at: http://swasthyakhabar.com/2016/07/55793.html#sthash.cuFNETi3.dpuf
सहमती नम्बर १ :   
देहाय बमोजिमका चिकित्सा शिक्षा सुधार सम्बन्धी कार्यहरु गर्नेः
(क) (१) नं मागको पहिलो बुँदाको सम्बन्धमा सरकारी शिक्षण संस्थाहरुमा चिकित्साशास्त्र विषयको अध्ययनका लािग कम्तीमा पचास प्रतिशत सीट संख्यामा निःशुल्क गर्ने विषयमा विधेयकमा समावेश रहेको र यसलाई पूर्व सम्झौता अनुसार क्रमशः वृद्धि गर्दै पचहत्तर प्रतिशतसम्म पु¥याइने ।

(ख) (१) नं मागको दोश्रो बुँदाका सम्बन्धमा, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पु¥याउने प्रावधान प्रस्तावित विधेयकमा समावेश गर्ने ।
(ग) (१) नं मागको तेश्रो बुँदाका सम्बन्धमा, विगतमा भएको सम्झौताको भावना अनुसार काठमाडौं उपत्यकाभित्र दश वर्षसम्म मेडिकल, डेण्टल र नर्सिङमा नयाँ सम्बन्धन नदिने र जारी भइसकेका मनाशयपत्र नविकरण सम्बन्धमा नेपाल सरकार र डा. गोविन्द के.सी.बीच मिति २०७२\५\१९ मा भएको सम्झौताको बुँदा नं. १ (ख) पालना गर्ने ।
(घ) (१) नं मागको चौथो बुँदाका सम्बन्धमा, चिकित्सा शिक्षाको शुल्क र सीट संख्या निर्धारणको आधार चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारभित्र राखी सो आयोगले निर्धारण गरे बमोजिम हुने गरी प्रस्तावित विधेयकमा उल्लेख भइसकेको । विगतमा भएको सम्झौताको भावना अनुसार शिक्षण शुल्क र सीट संख्या भने नियमावलीमा समावेश गर्ने ।
(ङ) (१) नं मागको पाँचौ बुँदाका सम्बन्धमा, आगामी शैक्षिक शत्रदेखि केन्द्रिय प्रवेश परीक्षा लिने व्यवस्था गर्नका लागि सबै विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा रहेको कानुनी व्यवस्थालाई सम्बोधन गरी केन्द्रिय प्रवेश परीक्षा लिने व्यवस्था सम्बन्धी विषय प्रस्तावित चिकित्सा शिक्षा विधेयकमा समावेश गरी विधेयक पारित भएपछि कार्यान्वयन गर्ने ।
(च) प्रस्तावित विधेयकमा उल्लेखित परीक्षा सञ्चालन निर्देशनालयको नियमावली तर्जुमा गर्दा हाल परीक्षा लिने सबै विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका विज्ञतालाई उपयोग गर्ने प्रावधान समावेश गर्ने ।


सहमती नम्बर २: 
(२) नं मागको सम्बन्धमा, यो विषय संसदको कार्यक्षेत्र भित्र पर्ने देखिएको र यो विषयले संसदमा प्रवेश पाइसकेको जानकारी हुन आएकोले केही गर्न नपर्ने ।
देहाय बमोजिमका चिकित्सा शिक्षा सुधार सम्बन्धी कार्यहरु गर्नेः
(क) (१) नं मागको पहिलो बुँदाको सम्बन्धमा सरकारी शिक्षण संस्थाहरुमा चिकित्साशास्त्र विषयको अध्ययनका लािग कम्तीमा पचास प्रतिशत सीट संख्यामा निःशुल्क गर्ने विषयमा विधेयकमा समावेश रहेको र यसलाई पूर्व सम्झौता अनुसार क्रमशः वृद्धि गर्दै पचहत्तर प्रतिशतसम्म पु¥याइने ।
(ख) (१) नं मागको दोश्रो बुँदाका सम्बन्धमा, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पु¥याउने प्रावधान प्रस्तावित विधेयकमा समावेश गर्ने ।
(ग) (१) नं मागको तेश्रो बुँदाका सम्बन्धमा, विगतमा भएको सम्झौताको भावना अनुसार काठमाडौं उपत्यकाभित्र दश वर्षसम्म मेडिकल, डेण्टल र नर्सिङमा नयाँ सम्बन्धन नदिने र जारी भइसकेका मनाशयपत्र नविकरण सम्बन्धमा नेपाल सरकार र डा. गोविन्द के.सी.बीच मिति २०७२\५\१९ मा भएको सम्झौताको बुँदा नं. १ (ख) पालना गर्ने ।
(घ) (१) नं मागको चौथो बुँदाका सम्बन्धमा, चिकित्सा शिक्षाको शुल्क र सीट संख्या निर्धारणको आधार चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारभित्र राखी सो आयोगले निर्धारण गरे बमोजिम हुने गरी प्रस्तावित विधेयकमा उल्लेख भइसकेको । विगतमा भएको सम्झौताको भावना अनुसार शिक्षण शुल्क र सीट संख्या भने नियमावलीमा समावेश गर्ने ।
(ङ) (१) नं मागको पाँचौ बुँदाका सम्बन्धमा, आगामी शैक्षिक शत्रदेखि केन्द्रिय प्रवेश परीक्षा लिने व्यवस्था गर्नका लागि सबै विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा रहेको कानुनी व्यवस्थालाई सम्बोधन गरी केन्द्रिय प्रवेश परीक्षा लिने व्यवस्था सम्बन्धी विषय प्रस्तावित चिकित्सा शिक्षा विधेयकमा समावेश गरी विधेयक पारित भएपछि कार्यान्वयन गर्ने ।
(च) प्रस्तावित विधेयकमा उल्लेखित परीक्षा सञ्चालन निर्देशनालयको नियमावली तर्जुमा गर्दा हाल परीक्षा लिने सबै विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका विज्ञतालाई उपयोग गर्ने प्रावधान समावेश गर्ने ।
- See more at: http://swasthyakhabar.com/2016/07/55793.html#sthash.cuFNETi3.dpuf

सहमती नम्बर ३:
(३) नं. मागको सम्बन्धमा, नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडद्धारा प्रस्तावित स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत स्वयम्भुस्थित अस्पताल भवन र दहचोकस्थित बेसिक साइन्स भवन स्व. मनमोहन अधिकारीका नाममा सञ्चालन हुने गरी विज्ञ टोलीको मुल्यांकनका आधारमा कानूनसम्मत तरिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले खरिद गर्ने । सो प्रयोजनका लागि आवश्यक रकम नेपाल सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई उपलब्ध गराउने ।


सहमती नम्बर ४:
विगतमा भएका सम्झौताको सम्बन्धमाः
(क) (४) नं मागको पहिलो बुँदाको सम्बन्धमा, त्रि.वि. चिकित्साशास्त्र अध्ययन संस्थानको डीन अविलम्ब नियुक्ती गर्नका लागि त्रिविका उपकुलपतिलाई सहकुलपतिबाट निर्देशन दिने ।

(ख) (४) नं मागको दोश्रो बुँदाका सम्बन्धमा, आगामी शैक्षिक सत्रदेखि मेरिटका आधारमा विद्यार्थी भर्ना गर्न र तोकिएको मापदण्ड अनुसारको शुल्क लिने व्यवस्था गर्न विगतमा भएको परिपत्रको स्मरण गराउँदै शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयले सम्बद्ध विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिने । यसको प्रगती समयसमयमा सम्बन्धित मन्त्रालयलाई उपलब्ध गराउने ।

(ग) (४) न. मागको तेश्रो बुँदाका सम्बन्धमा, सरकारी शिक्षण संस्थाहरुमा निःशुल्क स्नातकोत्तर गर्ने चिकित्सकहरुका लागि अध्ययनपछि अनिवार्य करारको अवधि सम्बन्धमा प्रस्तावित विधेयाकमा व्यवस्था भए बमोजिम हुने ।

(घ) (४) नं मागको पाँचौ बुँदाका सम्बन्धमा, यो विषयमा शिक्षा मन्त्रालयबाट आवश्यक कारवाहीका लागी सम्बन्धित निकायमा कारवाहीका लागि पठाइ सकिएको ।

डा. केसीले राखेका ४ बुँदे माग 

माग– १ :

- चिकित्सा शिक्षा ऐनको मस्यौदामा निम्न बुँदा लगायतका सुधार गरेर संसदको यही अधिवेशनबाट तुरुन्त सो ऐन पारित गरियोस् ।
– सबै सरकारी मेडिकल शिक्षण संस्थाहरूको आर्थिक भार सरकारले बेहोर्दै तिनमा सबै सिट निःशुल्क गरियोस् ।
– सबै प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज पु¥याइयोस् ।

– काठमाडौं उपत्यकामा आउँदो १० वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङमा नयाँ सम्बन्धन नदिने र मनसायपत्र पाएकाहरूको मनसायपत्र नवीकरण नगरियोस् ।

–    अधिकतम शुल्क र सिट यो वर्ष शिक्षा मन्त्रालय, विश्वविद्यालयहरू र मेडिकल काउन्सिलले निर्धारण गरेझैं हुने व्यवस्था गरियोस् ।
–    आगामी शैक्षिक सत्रदेखि केन्द्रीय प्रवेश परीक्षा लिने व्यवस्था र त्यसका लागि आयोगले हाल प्रवेश परीक्षा लिइरहेका निकायहरूसित समन्वय गरोस् ।

माग – २ :

अख्तियार अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र आयुक्तलाई महाअभियोग लगाउने प्रक्रिया बढाइयोस् ।  

माग–३:

माथेमा प्रतिवेदनको सुझाव विपरीत काठमाडौंमा खोल्ने भनेर प्रस्तावित प्रतिष्ठानसम्बन्धी हाल संसद्मा विचाराधीन विधेयक तत्काल फिर्ता गरियोस् । 

माग – ४ : 

- विगतमा भएका निम्न लिखित सम्झौतालगायत सबै सम्झौता अविलम्ब कार्यान्वयन गरियोस् ।
–    त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा तत्काल वरिष्ठताका आधारमा डिन नियुक्त गरियोस् ।
–अबको शैक्षिक सत्रदेखि मेरिटमा आधारित भर्ना, शुल्क र सिट सीमालगायत बुँदाहरू कडाइका साथ कार्यान्वयन हुने व्यवस्था गरियोस् ।
–    विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा राजनीतिक भागबन्डा अन्त गर्न शिक्षामन्त्रीको सट्टा दलीय सम्बद्धता नभएका विज्ञको नेतृत्वमा सर्च कमिटी बनाउने कानुनी व्यवस्था गरियोस् ।

–अनियमितता र भ्रष्टाचारमा मुछिएका आईओएम र त्रिविका पूर्वपदाधिकारीहरूमाथि तत्काल छानबिन र कारबाही गरियास् ।

यस्ता छन् अख्तियारले शक्ति दुरुपयोग गरेका घटनाहरु

काठमाडौं- आमरण अनशनमा रहेका डा. गोविन्द्र केसीले अघि सारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाभियोग माग सम्बोधन गर्न सरकार पछि हटिरहेको छ। सरकारी वार्ता टोलीदेखि राजनीतिक दलसम्म यो विषयमा प्रवेश गर्न हच्किरहेछन्।
यही मागका कारण अधिकांश सांसद र सरकारी कर्मचारी १२ दिनदेखि अनशनरत केसीसँग तर्किरहेका छन्। 'धेरैले मलाई यो राजनीतिक माग हो भनेर सुनाए,' उनले बिहीबार नागरिकसँग भने, 'यो पूर्ण चिकित्सा शिक्षासँग जोडिएको छ।'
केसीले अनशन थाल्नुअघिको पत्रकार सम्मेलनमा पनि प्रमुख आयुक्त कार्की र आयुक्त राजनारायण पाठकले संवैधानिक सीमा नाघेको बताएका थिए। चारबुँदे मागको दोस्रो नम्बरमा 'आफ्नो र आफन्तको निहित व्यापारिक स्वार्थका लागि चिकित्सा क्षेत्रको समग्र सुधार प्रक्रिया अवरुद्ध पारेका, भ्रष्टाचारमा लिप्त तथा कार्यक्षेत्र नाघेर प्रतिशोधपूर्वक काम गर्दै आएका अदुअआ प्रमुख लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकमाथि तत्काल संसद्ले महाभियोगको प्रक्रिया अघि बढाओस्' भनी उल्लेख छ।
केसीले आफूले उठाएका थुप्रै विषयमा प्रमुख आयुक्त र केही आयुक्तले प्रत्यक्ष हस्तक्षेप गरेको बताएका छन्। पछिल्लोपटक गत जेठ १५ गते अख्तियारले केयुलाई कब्जामा लिई प्रवेश परीक्षा गराएको विवाद सतहमा आएको छ। सुरुमै उक्त प्रसंगमा औपचारिक रूपमा उपस्थिति मात्रै जनाएको उल्लेख गरिसकेको अख्तियारले पछि कुनै संलग्नता नरहेको दाबी गरेको थियो।
पछि परीक्षाको जिम्मा काउन्सिल र केयुले आ–आफ्नो ढंगले लिँदै निर्णयमा हस्ताक्षर नभएको माइन्युट सार्वजनिक गरेका छन्। सुरुमा मौन बसेको केयुले सिनेट सदस्य केदारभक्त माथेमाको राजीनामापछि मात्र प्रतिक्रिया जनाएको थियो। स्रोतका अनुसार प्रश्नपत्रसमेत अख्तियार टोलीले नै निकालेर परीक्षा गराएको थियो। अख्तियार हस्तक्षेप मात्रै होइन, परीक्षा समिति सदस्य डा. भागवत नेपालका छोरा आफैं परीक्षार्थी भएको र उनैले 'टप' गरेको परिणाम बाहिरिएपछि विवाद चुलिएको  छ।
डा. केसी भने 'नेपाल मेडिकल काउन्सिल नै अख्तियारले सञ्चालन गरिरहेको' आरोप  लगाइरहेका छन्। 'अनुगमनमा अख्तियार जान्छ, सिट निर्धारणमा आफैं सहभागी हुन्छ,' उनले भने, 'काउन्सिल पदाधिकारी त हस्ताक्षर गरेर निर्देशन कार्यान्वयन गर्ने मात्रै हुन्।'
केसीका अनुसार अख्तियारले चिकित्सा शिक्षासम्बन्धी दर्जनभन्दा बढी विषयमा संवैधानिक दायरा नाघेको छ। काठमाडौं विश्वविद्यालयले विराट र देवदह मेडिकल कलेजलाई सम्बन्धन दिने, काउन्सिलबाट हुने सिटसंख्या निर्धारण तथा नियमित अनुगमनसम्बन्धी विभिन्न निर्णय, मनमोहन मेडिकल कलेजलाई सम्बन्धनका लागि त्रिविमार्फत आइओएमलाई आएको पत्र, आइओएम डिनको राजीनामा तथा नयाँ नियुक्ति प्रक्रियामा अख्तियारको प्रत्यक्ष र अप्रत्यक्ष हस्तक्षेपबारे विवाद उठ्ने गरेको छ।
सरकारले केसीकै अनशनपछि नयाँ नीति नबन्दासम्म सम्बन्धन बन्द गर्ने निर्णय लिएकोमा विस्तारित कार्यक्रमका नाममा विराट र देवदहको सम्बन्धन अख्तियारकै दबाबमा भएको केयु स्रोतले जनाएको छ।
तत्कालीन प्रधानमन्त्री एवम् कुलपति सुशील कोइराला क्यान्सर उपचारका लागि अमेरिकामा रहेका बेला बसेको सिनेटबाट यी दुई कलेजलाई विस्तारित कार्यक्रमका रूपमा अनुमति दिने निर्णय भएको थियो। स्रोतका अनुसार सम्बन्धनका लागि दबाब दिन प्रमुख आयुक्त कार्की आफैं केयु पुगेर उपकुलपति डा. रामकण्ठ माकजूसँग 'गोप्य' भेटघाट गरेका थिए।
त्यसलगत्तै अनशन बसेका केसीसँग सरकारले सम्बन्धन स्थगित र छानबिन गर्ने सम्झौता गरे पनि कार्यान्वयन भएन। उल्टै अख्तियारसँग सहमति लिएर नेपाल मेडिकल काउन्सिलले सिट निर्धारण गरिदिएको थियो। कार्कीका आफन्त डा. ज्ञानेन्द्रमानसिंह कार्की प्रमुख सञ्चालक रहेको विराटका सन्दर्भमा अख्तियारले काउन्सिलमा पटकपटक पत्राचार गरेर चासो राखेको थियो।
२०७१ साउन ३० गते अख्तियार अनुसन्धान अधिकृतले काउन्सिललाई पठाएको पत्रमा विराट र देवदह मेडिकल कलेजको एमबिबिएस कार्यक्रम सञ्चालन परीक्षण मान्यताका लागि पूर्ण कार्यकारिणी समिति तथा आवश्यक विशेषज्ञसमेत संलग्न गराई निरीक्षण गर्न सहमति दिएको उल्लेख छ। उक्त पत्रको प्रतिलिपि नागरिकसँग सुरक्षित छ।


अधिकारक्षेत्र उल्लंघन


केयु मात्रै होइन, त्रिविबाट हुने सम्बन्धनमा समेत अख्तियारले अधिकारक्षेत्रबाहिर गएर पत्र पठाएको आरोप डा. केसीको छ। २०७१ कात्तिक १३ गते त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमलाई पठाएको पत्रले त्यसको पुष्टि गर्छ। लामो समयदेखि त्रिविसँग सम्बन्धन प्रयास गरिरहेको मनमोहन मेमोरियल कलेज एन्ड टिचिङ हस्पिटलको प्रस्तावित एमबिबिएस कार्यक्रम सम्भाव्यता अध्ययन प्रतिवेदनबारेसमेत बाटो खोल्ने गरी अख्तियारले पत्र पठाएको पाइएको छ।
त्रिविले आइओएमलाई पठाएको पत्रमा आयोगले आवश्यक कारबाहीका लागि भन्दै घुमाउरो तरिकाले सम्बन्धनप्रति चासो दिएको थियो। अख्तियारलाई समेत बोधार्थ दिइएको पत्रमा त्रिविले नियामविपरीत चोरबाटो सम्बन्धन दिने गरी बढाएको प्रस्तावमा आवश्यक कारबाही प्रक्रियाअगाडि बढाउन अख्तियारले सहमति दिएको छ।
काउन्सिलसम्बन्धी ऐनले मेडिकल कलेजको एमबिबिएस तथा पिजीको अन्तिम सिटसंख्या तोक्ने र त्यसका लागि अनुगमन एवम् निरीक्षण गर्ने अधिकार काउन्सिललाई दिएको छ। तर, काउन्सिलले पत्र पठाएर सहमति माग्ने गरेको पाइएको छ। केसीले औंल्याएझैं काउन्सिलमा हुने हरेक निर्णयमा अख्तियारको सहमति लिने, निर्णयको जानकारी गराउने गरेको पाइएको छ। काउन्सिलका पूर्वसदस्य ज्योति बानियाँले यस्ता निर्णयको माइन्युटसमेत 'बाहिरै' हुने गरेको बताए। 'मैले राजीनामा दिने समयमा समेत काउन्सिलको अधिकारक्षेत्रविपरीत यसरी बारम्बार हस्तक्षेप हुने गरेको औंल्याएको थिएँ,' उनले भने।

आफ्नालाई सिट बढाउन दबाब


काउन्सिल स्रोतका अनुसार पछिल्लोपटक अख्तियार प्रमुख आयुक्त  र केही आयुक्तका आफन्त संलग्न विषयमा सबैभन्दा बढी हस्तक्षेप छ। २०७१ भदौमा कार्कीका भाइ डा. बालमानसिंह सञ्चालक रहेको किस्ट मेडिकल कलेजको सिट निर्धारणमा अस्वाभाविक निर्णय भएको छ। अघिल्लो वर्ष ७५ सिट मात्रै पाएको किस्टको एमबिबिएस सिट संख्या एकैपटक १ सय ३५ पुर्‍याइएको थियो। राम्रो मानिएका कलेजकै सिट घटाइएका बेला किस्टको बढेपछि स्वास्थ्य मन्त्रालयले अनुसन्धानसमेत गरेको थियो। किस्टले अहिले पनि १ सय २० सिट पाइरहेको छ।
उक्त सिट वृद्धिको निर्णय अख्तियारको दबाबमा गरिएको काउन्सिलका तत्कालीन सदस्य बताउँछन्। यो कुराको पुष्टि तत्कालीन अध्यक्षले मन्त्रालयलाई दिएको स्पष्टीकरणबाट पनि हुने उनको भनाइ छ। काउन्सिलमा अख्तियार प्रभाव र दबाब कतिसम्म छ भने २०७१ असोज २२ मा तत्कालीन काउन्सिल अध्यक्ष डा. दामोदर गजुरेलले स्वास्थ्य मन्त्रालयलाई दिएको स्पष्टीकरणको जानकारी अख्तियारलाई समेत गराएका थिए। उनले मन्त्रालयले मागेको स्पष्टीकरणको 'अवगतार्थ' अख्तियारलाई बुझाएका छन्। ऐनबाट बनेको र मन्त्रालयप्रति जवाफदेही निकायले अख्तियारलाई असम्बिन्धत भए बोधार्थ दिनुपर्ने कारण नभएको विज्ञ बताउँछन्।


म्यारिट कार्यान्वयनमा बाधा


त्यति मात्रै होइन, माथेमा प्रतिवेदनले सुझाएअनुसार म्यारिटका आधारमा भर्ना र अधिकतम शुल्क ३५ लाख रुपैयाँ तोक्ने गरी सातौं अनशनपछि भएको सम्झौता पनि अख्तियारकै कारण लागू हुन नसकेको केसीको आरोप छ। प्रमुख आयुक्तका भाइ बालमानसिंहको कलेज किस्टले अधिकतम शुल्क लागू गर्न सबैभन्दा अटेरी गरेको थियो।
आइओएमले सरकारी निर्णय कार्यान्वयनका लागि विद्यार्थीलाई भर्ना शुल्क राख्न बैंक खाता माग्दा किस्टले दिएन। म्यारिटमा परेर गएकासँग समेत बढी शुल्क मागेपछि विद्यार्थी भर्नाबाट वञ्चित हुन पुगे। किस्टले दलित कोटामा नाम निकालेका विद्यार्थीसँगसमेत बढी शुल्क मागेर भर्ना अड्काएको थियो।
म्यारिट भर्ना अटेरी गर्ने कलेजलाई कारबाही गर्न नसकेपछि तत्कालीन डिन डा. राकेश श्रीवास्तवले राजीनामा गरेका थिए। स्रोतका अनुसार म्यारिटमा जाँदा आयुक्त राजनारायण पाठकका आफन्तले भर्ना नपाउने अवस्था आएपछि निर्णय कार्यान्वयन गरे फसाइदिने भन्दै श्रीवास्तवलाई 'ब्ल्याकमेल' गरिएको थियो।
नयाँ डिन नियुक्तिमा समेत अख्तियारले 'मेडिकल माफियासँग साँठगाँठ गरेर विवादित व्यक्तिलाई ल्याउने खेल' खेलेको केसीको आरोप छ। डिन बन्ने क्रममा रहेकाहरूलाई विभिन्न मुद्दामा तानेर विवादितलाई सफाइ दिएको उनको भनाइ छ। अनशनको विरोधमा रहेका मध्ये डा.अरुण सायमी र अर्का चिकित्सक डा. शशी शर्मालाई पनि अख्तियारले हालै सफाइ दिएको थियो। यी दुवै अकुत सम्पत्तिको मुद्दामा तानिएका थिए।
शर्मा काउन्सिलका पूर्व उपाध्यक्षसमेत हुन्। काउन्सिलमा अनियमिततालगायत थुपै विषयमा दोषी पाइएका पूर्वरजिस्ट्रार डा. निर्मलमणि उपाध्यायलाई त अख्तियारले सल्लाहकार नै राखेको छ। 'भ्रष्टलाई संरक्षण, अरूलाई ब्ल्याकमेलिङ र आफन्तको स्वर्थपूर्तिमा लागेका छन्,' केसीले भने, 'यो विषयमा उन्मुक्ति दिने हो भने नेपालमा चिकित्सा शिक्षा सुधारले पूर्णता पाउँदैन।'

-नागरिक

शक्ति दुरुपयोग गरी अख्तियारले केयुको प्रवेश परीक्षा गरेको पुष्टि

काठमाडौं— काठमाडौं विश्वविद्यालय (केयु) को परीक्षामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संलग्नता पुष्टि भएको छ। संसदको सुशासन तथा अनुगमन समिति बैठकमा शुक्रबार उपस्थित भएका केयु पदाधिकारीहरुले सो कुरा स्वीकार्दै केयुले अख्तियारसँग मिलेर प्रश्नपत्र तयार, परीक्षा सञ्चालन, रिजल्ट प्रकाशन गरेको बताएका हुन्।
'प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन र रिजल्ट प्रकाशन तीनवटै कार्यमा अख्तियारले हस्तक्षेप गरेको छ', संसदीय समितिमा उपस्थित भएका केयुका रजिष्टार भोला थापा र डिन नरेन्द्र रानाले सांसदहरुलाई सुनाए, 'अख्तियारको रोहबरमा सञ्चालित परीक्षालाई केयुको विश्वविद्यालय परिषदले स्वीकार गरिसकेको छ।' अख्तियारले काठमाडौं विश्वविद्यालयसँग मिलेर गराएको एमडी एमएसको प्रवेश परीक्षाबारे शुक्रबार समिति बैठकमा छलफल भएको हो।
'अख्तियारले परीक्षा सञ्चालन गरिसकेपछि हामीसँग अर्को विकल्प थिएन। स्थगित गर्दा ढिला भइसकेको थियो। त्यही भएर त्यसलाई सकारिएको हो', उनीहरुले भने।
प्रतिभावान विद्यार्थीले मात्र पढ्न पाउने नियमलाई लत्याउने गरी अख्तियार र केयु मिलेमतोमा परीक्षा सञ्चालन भएको देखिएकाले यसमा लेनदेनको साँठगाँठ देखिएको उपस्थित सांसदहरुले बताए।
'अख्तियारको काम प्रश्नपत्र बनाउने हो कि भ्रष्ट्राचार नियन्त्रण गर्ने हो? यसमा लेनदेनको साँठगाँठ देखिन्छ', समितिमा उपस्थित एक सांसदले भने, 'यो विषयमा समितिले छानवीन गर्नुपर्छ। अख्तियार प्रमुखलाई उपस्थित गराएर सोधपुछ गर्नुपर्छ।'
अख्तियारको काम प्रश्नपत्र बनाउने हो कि भ्रष्ट्राचार नियन्त्रण गर्ने हो? यसमा लेनदेनको साँठगाँठ देखिन्छ। यो विषयमा समितिले छानवीन गर्नुपर्छ। अख्तियार प्रमुखलाई उपस्थित गराएर सोधपुछ गर्नुपर्छ।
सांसदहरुले मागपछि यो सहितका विषयमा जवाफ दिन अख्तियार प्रमुख लोकमान सिंह कार्की सहित सबै अायुक्तलाई अाइतबार उपस्थित हुन समितिले निर्देशन दिएको छ।
केयु सम्बन्धनका मेडकिल कलेजबाट एमडी गर्न विद्यार्थीले करिब १ करोड रुपैयाँसम्म तिर्नुपर्छ। प्रवेश परीक्षामा उत्कृष्ट भएकाहरुले मात्र पैसा तिरेर एमडी गर्न पाउँछन्। त्यस्तो महत्वपूर्ण परीक्षालाई अख्तियारले आफैँ सञ्चालन गर्नु शक्तिको दुरुपयोग भएको सांसदहरुको भनाइ थियो।
जेठ १५ मा भएको सो परीक्षामा मेडिकल साइन्सका १६ सय विद्यार्थी सहभागी थिए। केयु सम्बन्धन पाएका ८ वटा कलेजमा एमडी एमएसको पढाइ हुन्छ। एमडीका लागि सबै केयु सम्बन्धनका सबै मेडिकल कलेजमा  २५० भन्दा बढीको कोटा छ।
विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रताविपरित प्रश्नपत्र बनाउने, परीक्षा सञ्चालन गर्ने र परिणाम निकाल्ने कार्यमा अख्तियार संलग्न देखिएको भन्दै सांसदहरुले यसको संसदीय छानवीन हुनुपर्ने माग गरेका छन्।

पिता प्रश्नपत्र छनाैटकर्ता, पुत्र टपर!

अख्तियारले गराएको परीक्षामा केयुका तर्फबाट उपस्थित प्रा.डा. भागवत नेपाल प्रश्नपत्र छनोटलगायत प्रक्रियामा सहभागी थिए। सोही परीक्षामा सहभागी औषत पढाइ भएका उनका छोराले आश्चयर्जनक रुपमा ८१ प्रतिशत अंक सहित पहिलो स्थानमा नाम निकालेका थिए। अाैषत विद्यार्थी भागवत पुत्र शाहीदले एमबीबीएसमा ६५ प्रतिशत मात्र अंक ल्याएर उत्तीर्ण गरेका छन्। अख्तियारको परीक्षाबाट प्रतिभाशाली विद्यार्थी पाखा लागेर लद्दुहरु माथिल्लो स्थानमा परेपछि विद्यार्थीहरुले यो परीक्षा रद्द हुनुपर्ने माग गर्दै अाएका छन्।
१३ दिनदेखि चिकित्सा शिक्षा सुधारसम्बन्धी माग राखेर आमरण अनशन बसिरहेका डा. गोविन्द केसीले केयु परीक्षामा भएको हस्तक्षेपसहित विभिन्न कलेजका सिट संख्या निर्धारण, पदाधिकारीलाई ब्ल्याकमेलिङलगायत गम्भीर आरोप लगाउँदै आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाभियोग माग गर्दै आएका छन्। यही परिप्रेक्ष्यमा संसदको समितिले शुक्रबार विश्वविद्यालयका पदाधिकारीलाई छलफलमा बोलाएको थियो।

यसरी गराएको थियो अख्तियारले परीक्षा सञ्चालन

परीक्षा जेठ १५ गते शनिबारका लागि तोकिएको थियो। परीक्षा सञ्चालन गर्न बिहीबारै अख्यितारको सानो टोली धुलिखेलस्थित केयु पुगेको थियो। परीक्षाको दिन त सुरक्षाकर्मीसहित ५० जनाको अख्तियार टोली काठमाडौं युनिभर्सिटीको स्कुल अफ मेडिकल साइन्सेज पुगेको थियो। केही चिकित्सकसमेत रहेको टोलीले आफैं प्रश्नपत्र तयार गरेर परीक्षा लिई नतिजासमेत प्रकाशित गरेर फर्किएको थियो।
स्रोतका अनुसार सुरुमा केयुले सेट गरेको परीक्षाको 'फाइल' परीक्षा टोली सदस्य भागवत नेपाल र डिन नरेन्द्र राणाको कम्प्युटरमा फेला परेपछि टोलीले आफैं प्रश्नपत्र तयार पारेको थियो। 'अख्तियार टोलीले निकालेको प्रश्नपत्रमा समेत अधिकांश प्रश्न पुरानै प्रश्नपत्रका थिए,' स्रोतले भन्यो।
आयोगका प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्ले, उपसचिव (लेखा) गोरखबहादुर शाही र आयोगले पत्याएका विज्ञ डा. सुप्रभात श्रेष्ठ दिनभरि परीक्षा व्यवस्थापनमा संलग्न थिए। काठमाडौंबाट विज्ञ टोली र प्रश्नपत्रसमेत लिएर पुगेका अख्तियार प्रतिनिधिले तीन चरणमा परीक्षा लिएका थिए।
अख्तियार टोलीमा नेपाल मेडिकल काउन्सिलका शिक्षा समिति संयोजक डा. सुप्रभात श्रेष्ठ, पूर्व रजिस्ट्रार डा. नीलमणि उपाध्याय, प्रहरी अस्पतालका डा. सरोज श्रेष्ठ, किस्ट अस्पतालका डा. ऋषिकेशनारायण श्रेष्ठ, डा. शशी शर्मा, डा. सुबोध अधिकारी र केयु परीक्षा नियन्त्रण कार्यालयका राजन क्षत्री थिए।
अख्तियारले परीक्षा लिएको विषयमा जिम्मेवार मेडिकल काउन्सिल र केयु पदाधिकारी मौन बसेको भन्दै त्रिवि पूर्वउपकुलपति डा. केदारभक्त माथेमाले केयु सिनेट सदस्यबाटै राजीनामा दिएका थिए।
परीक्षामा हस्तक्षेपबारे सुरुका समाचार खण्डन नगरे पनि डा. केसीले महाभियोगको आरोप लगाएपछि भने अख्तियारले आफूले परीक्षामा हस्तक्षेप नगरेको भन्दै विज्ञप्ति निकालेको थियो। केयु र मेडिकल काउन्सिलका पदाधिकारीले सुरुमा सुरुमा अख्तियारले परीक्षा गराएको बताउँदै आएका थिए।

-नागरिक 

Monday, August 10, 2015

एम्बुलेन्समा अपराधी


बिरामी बोक्ने एम्बुलेन्समा अवैध रक्तचन्दन, ब्राउन सुगर, गाँजा, मदिरा, भन्सार छुटका सामग्री, निजी गाडीसरह व्यक्तिगत प्रयोजनलगायत दुरुपयोग 

प्रवीण ढकाल
काठमाडौं, साउन २३-   हुइँहुइँहुइँ... हुइँहुइँहुइँइँइँइँ ...!
बा६च ८७८९ नम्बरको एम्बुलेन्स रातको १ बजे सुनसान सडकमा तीव्र गतिमा हुइँकिइरहेको थियो। साइरन सुन्नासाथ सडकमा रहेका एकाध सवारीले बाटो छाडिदिए।

एम्बुलेन्स गति नियन्त्रण नगरी गन्तव्यतिर लम्कियो।

काठमाडौंबाट भक्तपुर हुँदै काभ्रेतिर गइरहेको उक्त एम्बुलेन्स महानगरीय प्रहरी प्रभागको जाँच चौकी, भक्तपुर, जगातीमा घ्याच्च रोकियो। चौकीमा रहेका प्रहरीले एम्बुलेन्सभित्र सरसर्ती हेरे।

'कता जान लागेको?'

'बिरामीलाई अस्पतालबाट डिस्चार्ज गरेर घर लैजान लागेको,' चालकले प्रहरीलाई हत्तपत्त जवाफ दिए।

डिस्चार्ज भएका बिरामी आकस्मिक अवस्थामा नरहने अनुमान गर्दै प्रहरीले एम्बुलेन्समा शंकालु नजर दौडाए।

एम्बुलेन्सभित्रको बेड बिरामी सुताउने खालको थिएन। प्रभागका प्रमुख इन्स्पेक्टर केशव थेवेसहितको टोलीले बेड राम्ररी हेरे। बेडभित्र बाकसमा त प्रतिबन्धित दुर्लभ वनस्पति ४९ किलो रक्तचन्दन फेला पर्योत।

सिन्धुपाल्चोकको भैरवकुण्ड युवाक्लबले सञ्चालन गरेको उक्त एम्बुलेन्सले काठको बक्साजस्तो बेडभित्र प्रतिबन्धित रक्तचन्दन राखेर तस्करी गर्न लागेको भेटिएपछि थेवेले भक्तपुरका एसपी नारायणसिंह खड्कालाई खबर गरे। एसपी खड्का र प्रभावको टोलीले थप जाँचपडताल गर्दा एम्बुलेन्समा सुताइएको बिरामीसमेत नक्कली रहेको पत्ता लाग्यो। प्रहरीले एम्बुलेन्स, चालक सिन्धुपाल्चोक लिस्टी–४ का २३ वर्षीय साबु शेर्पा र नक्कली बिरामी लिस्टी–३ का स्याङ्बुलाई जिल्ला वन कार्यालयको जिम्मा लगायो। कार्यालयले वन ऐनअनुसार उनीहरुमाथि कारबाही अघि बढायो।

... ... ...

नेपाल–भारत मैत्री संघ, तुलसीपुरको रा१च २९० नम्बरको एम्बुलेन्स साइरनसहित नेपालगन्जबाट दाङ, तुल्सीपुर आउँदै थियो। इलाका प्रहरी कार्यालय, तुल्सीपुरले एम्बुलेन्सभित्र कोही बिरामी नदेखेपछि शंका लागेर सोधपुछ गर्योा। बिरामी नबोक्दा किन साइरन बजाएको भन्दै प्रहरीले सोधपुछ गर्न थालेपछि चालकछेउ रहेका राजन पुरी हडबडाए। शंका बढेपछि प्रहरीले थप जाँचपडताल गर्दा एम्बुलेन्समा २ सय ग्राम खैरो हेरोइन, फेला पर्यो । प्रहरीले पुरीसहित चालक र छवि केसीलाई पक्राउ गरी हिरासतमा लियो। लागुऔषध कारोबारमा मुद्दा चलायो।

०००

मोरङ, जोगबनीबाट विराटनगर आउँदै गरेको को१च ४९३२ नम्बरको एम्बुलेन्समा भन्सार छलेर ल्याउँदै गरेको लाखौं मूल्यका सामान प्रहरीले बरामद गर्यो । विराटनगरस्थित नोबल मेडिकल कलेजको एम्बुलेन्समा भन्सर छलेर भित्याइएका विभिन्न महँगा उपकरण, सर्जिकल सामानसहित अन्य उपकरण फेला परेको थियो। प्रहरीले चालक र एम्बुलेन्सलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया बढायो।

... ... ...

बिरामी बोक्ने एम्बुलेन्स आपराधिक क्रियाकलापमा प्रयोग भएको फेला पर्नेमा माथिका तीन घटनामध्ये नोबलको घटना केही महिनाअघिको मात्र हो। भक्तपुर र दाङको घटना भने तीन वर्षअघिको। चोरी, भन्सार छलीजस्ता साना अपराधमा एम्बुलेन्स दुरुप्रयोग भएका घटनामा भक्तपुरको रक्तचन्दन र दाङको ब्राउनसुगरका घटना प्रहरीकै लागि नौलो थियो। भन्सार छुटमा ल्याइएका बिरामी बोक्ने एम्बुलेन्स सामान्यदेखि ठूला अपराधमा प्रयोग हुन थालेपछि प्रहरी एम्बुलेन्सको जाँचपडतालमा कडाइ गरिरहेको छ।

अझै पनि देशका विभिन्न स्थानबाट तस्करी तथा आपराधिक गतिविधिमा एम्बुलेन्स प्रयोग गर्ने गरिएका घटना प्रहरीले फेला पारिरहेको छ। नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमका अनुसार पछिल्ला समयमा बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग बढ्दो क्रममा देखिन्छ।

'साइरनसहित आएका एम्बुलेन्समा गम्भीर अवस्थाका बिरामी मात्र होलान् भन्ने लाग्थ्यो,' उनले भने, 'तर देशका विभिन्न स्थानमा आपराधिक घटनामा एम्बुलेन्स प्रयोग भएको घटना आउन थालेपछि हामी पनि आश्चार्यमा परिरहेका छौं।' एम्बुलेन्समा बेइमानी हुन थालेपछि प्रहरीले एम्बुलेन्समा समेत जाँचपडताल बढाइएको उनले बताए।

उनका अनुसार केही समयअघि मात्र झापामा दुइटा गम्भीर प्रकृतिका आपराधिक घटनामा एम्बुलेन्स प्रयोग भएको थियो। बिर्तामोडका अलैंची व्यवसायी सुनीलकुमार बिन्दलको अपहरणमा अपहरणकारीले एम्बुलेन्सको प्रयोग गरेका थिए। बिन्दल अपहरणमा नेपाल रेडक्रस सोसाइटी मेचीनगर उपशाखाको मे१च १२३४ नम्बरका एम्बुलेन्स प्रयोग भएको हो। काँकरभिट्टाबाट अपहरणमा परेका व्यवसायी बिन्दललाई एम्बुलेन्समा हालेर झापाको धरमपुर पुर्या४इएको थियो।

झापाकै बिर्तामोडमा ल्यापटप चोरीमा एम्बुलेन्स प्रयोग भएको उनले जानकारी दिए। युवा स्वर्णतारा, क्लब खैरनी चितवनको ना२च ४०५२ नम्बरको एम्बुलेन्स ३० हजार रुपैयाँ भाडामा लिएर चोरीका ४१ वटा ल्यापटप ओसारेको फेला परेको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आएका उजुरी तथा मन्त्रालयले नै गरेको अध्ययनले समेत देशका विभिन्न स्थानमा एम्बुलेन्स दुरुपयोग भएको देखाएको छ। मन्त्रालयमा आएका सूचना र अनुसन्धानले बिरामी बोक्ने एम्बुलेन्समा अवैध रक्तचन्दन, ब्राउन सुगर, गाँजा, मदिरा, भन्सार छुटका सामग्री, निजी गाडीसरह व्यक्तिगत प्रयोजनलगायत दुरुपयोग गरेको पाइएको छ।

एम्बुलेन्स सेवा सञ्चालन नीति– ०६० मा एम्बुलेन्सको प्रयोग बिरामीलाई बिरामी परेको ठाउँ, घटनास्थलबाट अस्पताल वा उपचारस्थलसम्म र चिकित्सकले सिफारिस गरेबमोजिम स्थानमा पुर्याोउन मात्र हुनेछ भन्ने स्पष्ट लेखिएको छ। त्यसबाहेक अन्य प्रयोजनमा एम्बुलेन्स प्रयोगलाई गैरकानुनी मानिन्छ।

मन्त्रालयले 'भन्सार छुट दिइएका एम्बुलेन्सहरुको प्रभावकारिता' अध्ययन क्रममा निजी तथा संघसंस्थाले चलाएका एम्बुलेन्समा मात्र नभई सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाका एम्बुलेन्सले समेत धेरै मात्रामा दुरुपयोग भइरहेको फेला परेको छ। अनुसन्धान क्रममा रौतहटको पिपरिया गाविसस्थित प्राथमिक स्वास्थ्य केन्›को ना१झ ९६७ नम्बरको सरकारी एम्बुलेन्सले बिरामीभन्दा बढी अवैध मदिरा ओसारपसार गर्ने गरेको पाइएको थियो। एम्बुलेन्समा घरेलु मदिरा बोक्ने गरेको गुनासोका आधारमा शिवनगर इलाकामा प्रहरी टोलीले ३० लिटर अवैध मदिरासहित चालक नवलकिशोर यादवलाई नियन्त्रणमा लिएको मन्त्रालयको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

मदिरा ओसारपसारमै प्राथमिक स्वास्थ्य केन्›, देउलेक बझाङको सरकारी एम्बुलेन्ससमेत समातिएको थियो। बिरामी धनगढी पुर्यााएर फर्कने क्रममा केन्द्रको एम्बुलेन्सले भारी मात्रामा मदिरा, तरकारी र यात्रु बोकेको पाइएको थियो। दुरुपयोग गर्ने चालकलाई प्रहरीले नियनत्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ।

एम्बुलेन्स दुरुपयोग गर्नेमा सञ्चालक तथा चालक मात्र नभई विभिन्न राजनीतिक दलका नेतासमेत भेटिएका छन्। मन्त्रालयमा आएको उजुरीअनुसार ०७० सालमा भएको संविधानसभाको चुनावमा चन्›निगाहपुरका दलित जनजाति पार्टीका समानुपातिक उम्मेदवार विश्वेन्› पासवानले एम्बुलेन्सलाई घोषणापत्र ओसार्ने साधन बनाएका थिए। सर्लाहीको लालबन्दीस्थित पिपुल्स हेल्पफुल सेवा समाजका नाममा रहेको ज१च ८४२ नम्बरको एम्बुलेन्समा पासवानले पार्टीको घोषणापत्र राखेर प्रचारप्रसारमा निस्केका थिए।

एम्बुलेन्स प्रयोग गरेर अवैध धन्दा चलिरहँदा पनि सरकारले चालकबाहेक एम्बुलेन्स सञ्चालकलाई कारबाही गर्न सकेको छैन न अहिलेसम्म त्यस्ता एम्बुलेन्सका अनुमति नै खारेज गरिएको छ।

एम्बुलेन्स दुरुपयोग गर्ने संस्थालाई किन कारबाही हुन्न त? मन्त्रालयका उपसचिव राजिव पोखरेल भन्छन्, 'चालकलाई उसले गरेको अपराधका आधारमा प्रहरीले कारबाही गरिरहेको हुन्छ तर सञ्चालक तथा एम्बुलेन्सको स्वीकृति खारेज गर्ने अधिकार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको एम्बुलेन्स सेवा सञ्चालन समितिलाई हुन्छ।'

उनले समितिले अनुगमन गर्ने र कारबाही गर्ने काम प्रभावकारी रुपमा नहुँदा चालकबाहेक कसैलाई कारबाही नगरिएको स्विकारे। उनका अनुसार मन्त्रालयले अहिलेसम्म अपराधमा संलग्न कुनै पनि एम्बुलेन्स सञ्चालन स्वीकृति खारेज गर्न सकेको छैन।

'समितिले भन्सार छुटका लागि सिफारिस गर्नेबाहेक अन्य कुनै पनि काम गर्न नसक्दा विकृति बढेको हो,' उनले भने।

समिति निष्क्रिय


एम्बुलेन्स सेवा प्रभावकारी र व्यवस्थित ढंगबाट सञ्चालन गर्न प्रत्येक जिल्लामा एम्बुलेन्स सेवा सञ्चालन समिति हुन्छ। जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला प्रहरी प्रमुख, अञ्चल अस्पताल भएका जिल्लाको हकमा उक्त अस्पतालका प्रमुख, रेडक्रसको स्थानीय शाखाका सदस्यसचिव, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रहेको एम्बुलेन्स सेवा सञ्चालन समितिको व्यवस्था छ तर उक्त समिति निष्त्रि्कय छ।

समितिले सक्रिय रुपमा काम गर्न नसकेको स्विकार्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याल भन्छन्, 'एम्बुलेन्सको अनुगमन र मूल्यांकन तथा शुल्क निर्धारणको काम गर्ने जिम्मेवारी यो समितीमा छ तर हामीले त्यो काम पूरा गर्न सकेका छैनौं।' उनले एम्बुलेन्स मापदण्ड बाहिर रहेका र दुरुपयोग भएको उजुरी आए नियमअनुसार कारबाही गरिने जानकारी दिए।

नियमानुसार दर्ता भएका कुनै संस्थाको विधानमा एम्बुलेन्स सेवा सञ्चालन गर्ने भन्ने उद्देश्य उल्लिखित भए तिनले समितिमा निवेदन दिन सक्ने र समितिले मन्त्रालयलाई सिफारिस गर्ने प्रावधान छ। यही समितिले जिल्ला तहमा अनुगमन तथा मूल्यांकन गर्ने व्यवस्था पनि छ तर यो समिति कुनै पनि जिल्लामा सक्रिय छैन।

समितिको काम शून्यप्राय हुँदा नै भन्सार छुटका एम्बुलेन्सलाई लुटको छुट मिलेको प्रहरी बताउँछन्। प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार एम्बुलेन्स दुरुपयोग बढीजसो भारतसँग सिमाना जोडिएका जिल्लामा रहेको छ। धेरैजसो एम्बुलेन्सले साइरन बजाउँदै भन्सर छलेका सामान भित्याउने गरेको प्रहरीले हालसम्म पक्राउ गरेको एम्बुलेन्सको तथ्यांकले देखाएको छ।

एम्बुलेन्समा गाँजा तथा अन्य लागुऔषधसमेत तस्करी गरिएको भेटिने गरेका छन्। प्रहरीले नागरिकलाई उपलब्ध गराएको विवरणअनुसार बारा, सिमराबाट ना२च६७८० नम्बरको एम्बुलेन्सबाट १ सय ८० केजी गाँजा फेला परेको छ। यस्तै, गत साउनमा हेटौंडामै बा५च ५१९१ नम्बरको एम्बुलेन्समा १ सय ५३ केजी गाँजा फेला परेको थियो। काठमाडौंको चुच्चेपाटीस्थित ग्रेस अस्पतालको नाममा दर्ता रहेको उक्त एम्बुलेन्सले गाँजा व्यापारीसँग मिलेमतोमा वीरगन्जतर्फ गाँजा लैजाने गरेको फेला परेको प्रहरी विवरणमा उल्लेख छ।

कारबाही गर्ने अख्तियारी पाएको समितिले प्रभावकारी काम नगर्दा एम्बुलेन्सलाई जिल्लामा वनभोज तथा पिकनिकमा जाने साधनका रुपमा समेत प्रयोग गरिएको पाइन्छ। स्वास्थ्य मन्त्रालयको अध्ययनले पनि सन् २०१४ को पहिलो दिन सिरहाको बडहरामाल–३, बन्दीपुरमा रहेको कमलामाई पोलिक्लिनिकको स१च ७४२ नम्बरको एम्बुलेन्सले वनभोज जाने मानिस ओसारेको पाएको छ। 'क्लिनिकले दिनभरि बिरामी ओसार्नेभन्दा पनि क्लिनिकमा काम गर्ने स्वास्थ्यकर्मी लाई वनभोजस्थल ओसार्न प्रयोग गरिएको देखियो,' अध्ययन प्रतिवेदनमा भनिएको छ।

अधिकांश एम्बुलेन्स मापदण्डविपरीत


देशभर सञ्चालनमा रहेकामध्ये अधिकांश एम्बुलेन्सले तोकिएको मापदण्ड पूरा गरेका छैनन्। मन्त्रालयले आठ जिल्लामा नमुनाका रुपमा गरेको अनुसन्धानमा धेरैजसो एम्बुलेन्सले सरकारले तोकेको मापदण्ड पूरा नगरी सेवा सञ्चालन गरिरहेको भेटिएको छ।

काठमाडांै, भक्तपुर, ललितपुर, काभ्रे, झापा, नवलपरासी, रुपन्देही र चितवन जिल्लामा गरिएको अनुसन्धानमा अधिकांश एम्बुलेन्स 'ग' वर्गमा रहेका र केही मात्र 'ख' वर्गका रुपमा सञ्चालनमा रहेका थिए। ती एम्बुलेन्समा सरकारले तोकेअनुसारको जीवनरक्षा प्रणाली अर्थात् 'कमन लाइफ सपोर्ट (सिएलएस)' का लागि अत्यावश्यक औषधि तथा उपकरण अभाव रहेको पाइएको थियो। न्यूनतम मापदण्डअनुसार सुविधा नरहे पनि यस्ता एम्बुलेन्सले सेवाबापत शुल्क भने पूरै लिने गरेको अध्ययनले औंल्याएको छ।

मन्त्रालयका उपसचिव राजिव पोखरेलले अनुसन्धानबाट धेरै एम्बुलेन्स मापदण्डबिनै सञ्चालनमा देखिएकाले सम्बन्धित निकायलाई निर्देशन दिइएको बताए।

'हाम्रो अनुसन्धानले एम्बुलेन्समा हुनुपर्ने न्यूनतम मापदण्ड पनि पूरा नगरी सञ्चालनमा रहेका धेरै एम्बुलेन्स भेटेका छौं,' उनले भने, 'हामीले भेटेकाजतिलाई तत्काल आफ्नो वर्गअनुसार मापदण्ड पूरा गर्न निर्देशन दिइसकेका छौं भने अरू एम्बुलेन्समा पनि समस्या हुन सक्ने भएकाले सबैलाई वर्गअनुसार तोकिएका मापदण्ड पूरा गर्न भनेका छौं।'

मन्त्रालयको तथ्यांकअनुसार अहिले देशभर १ हजार २ सय ४ वटा एम्बुलेन्स सञ्चालनमा छन्। जसमध्ये 'क' वर्गका मुस्किलले पाँचवटा मात्र छन्। त्यस्तै, 'ख' वर्गको एम्बुलेन्स १० प्रतिशत हाराहारी रहेको र बाँकी सबै 'ग' वर्गका रहेको मन्त्रालयको तथ्यांक छ। यीमध्ये झन्डै ७५ प्रतिशत एम्बुलेन्समा सरकारले तोकेको मापदण्ड पूरा नभएको अध्ययनले देखाएको छ।

सरकारी विभाजनअनुसार जीवनरक्षाका अत्यावश्यक सेवासुविधा भएका एम्बुलेन्सलाई 'क', आधारभूत सुविधा भएकालाई 'ख' र सामान्य सुविधा भएकालाई एम्बुलेन्स 'ग' वर्गमा मानिन्छन्। सञ्चालकहरूले एम्बुलेन्स भित्याउनुअघि वर्ग छनोट गर्नुपर्ने नियम छ।

'क' वर्गको एम्बुलेन्स खासगरी मुटुका रोगी र जोखिममा रहेका बिरामीका लागि आवश्यक हुन्छ। 'ख' वर्गको मध्यम रूपमा जोखिममा रहेका बिरामीका लागि चाहिन्छ भने कम जोखिममा रहेका बिरामीका लागि 'ग' वर्गको एम्बुलेन्स प्रयोग गर्न सकिन्छ।

एम्बुलेन्स सञ्चालन नीति– २०६० अनुसार 'क' वर्गको एम्बुलेन्समा अत्यावश्यक उपकरण र औषधि मात्रै नभई चिकित्सकसमेत उपलब्ध हुनुपर्छ। त्यसमा औषधि र उपकरणसहित एडभान्स लाइफ सपोर्टका लागि इसिजी, कार्डियाक मोनिटर, डेफिब्रिलेटर, इन्क्युवेसन साधन, भेन्टिलेटर, नेबुलाइजर, हेड इमोबिलाइजेसन सुविधा, क्याथटेरिजेसन सेट, लेन्स (वाइड वेज्ड चेस्ट फर पेडियाटि्रक), पल्स अक्स मिटर, रेडियो कम्युनिकेसन सिस्टम, डाक्टर वा तालिमप्राप्त प्यारामेडिक एक जना हुनुपर्छ।

'ख' वर्गका एम्बुलेन्समा औषधि तथा उपकरणसहित बेसिक लाइफ सपोर्टका लागि प्राथमिक उपचार तथा लाइफ सेभिङ ड्रग्स, अक्सिजन मास्क, फ्लोमिटर, आइभी इन्जेक्सन दिने साधन, सक्सन भेसिल, फ्याक्चर स्लिपन्ट, कामिर्कल कोलार, स्पाइन सपोर्ट, एयर वे, पेसन्ट टेस्टेरन्ट स्टेप र तालिमप्राप्त प्यारामेडिक एक जना।

त्यस्तै, 'ग' वर्गका लागि कमन लाइफ सपोर्टसहित, प्राथमिक उपचारका औषधि तथा उपकरण, अक्सिजन सिलिन्डर, फ्लोमिटर र मास्क, आइभी इन्जेक्सन दिन सकिने व्यवस्था, स्टेथेस्कोप, बिपी एपाराटुस, टर्चलाइट र स्ट्रेचर अनिवार्य हुनुपर्छ।

मन्त्रालयको अध्ययनले भने अधिकांश एम्बुलेन्समा सबै सामग्री भएका एम्बुलेन्स नगण्य पाइएका थिए।

उपसचिव पोखरेलका अनुसार कतिपय एम्बुलेन्समा त ट्याक्सीमा जति पनि सुविधा पाइएन। अध्ययनमा स्ट्रेचर मात्र रहेका एम्बुलेन्ससमेत सञ्चालनमा भेटिएको उनले जनाए।

एम्बुलेन्स सञ्चालन नीति, २०६० ले हरेक एम्बुलेन्समा वर्गअनुसार जीवन रक्षाका लागि अत्यावश्यक औषधि, उपकरण, डाक्टर वा तालिमप्राप्त स्वास्थ्यकर्मी हुनैपर्ने बाध्यकारी व्यवस्था गरेको भए पनि धेरैजसो एम्बुलेन्सले नीतिको पालना नगरेका मन्त्रालयको अनुसन्धानले देखाएको छ।

'सामान्य प्रकृतिका बिरामी बोक्ने एम्बुलेन्सले पनि गम्भीर प्रवृत्तिका बिरामी उठाउने गरेका कारण पनि धेरैजसो जोखिम उत्पन्न हुने गरेको छ' अनुसन्धानमा भनिएको छ 'देशभर सञ्चालनमा आएका हरेक एम्बुलेन्समा कम्तीमा जीवनरक्षाका लागि आधारभूत सुविधा हुनैपर्छ तर अधिकांशमा त्यस्तो व्यवस्था छैन।'

गम्भीर प्रकृतिका धेरै जसो बिरामीको बाटैमा मृत्यु हुनुलाई एम्बुलेन्ससमेत दोषी रहेको चिकित्सक औंल्याउँछन्।

तत्काल अस्पतालमा पुर्यासउनुपर्ने बिरामी खासगरी दुर्घटनामा परेका, हृदयघात भएका, विषादी सेवन गरेका र अन्य यस्तै गम्भीर प्रकृतिका बिरामीको मृत्यु अस्पताल पुर्यादउँदा हुने ढिलाइ र लापरबाहीका कारण बढी हुने गरेको चिकित्सकको भनाइ छ। उनीहरुका अनुसार यस्ता बिरामीलाई अस्पतालमा नपुर्याुएसम्म वर्गअनुसार एम्बुलेन्सभित्रै उपचार हुनुपर्छ तर कुनै पनि एम्बुलेन्समा वर्गअनुसारकै सुविधा नहुने हुँदा उनीहरुको अस्पताल नपुर्यालउँदै मृत्यु हुने गर्छ।

मनपरी शुल्क


मन्त्रालयका उपसचिव पोखरेलका अनुसार एम्बुलेन्सले वर्गअनुसार के कति शुल्क लिन पाउने भनेर जिल्लाको समितिले शुल्क निर्धारण गर्ने व्यवस्था छ। तर, काठमाडौंलगायत देशका प्रायः सबै जिल्लामा एम्बुलेन्स सञ्चालक आफैंले शुल्क तोकेर बिरामीबाट असुल्ने गरेको पाइएको छ। उनका अनुसार कतिपय एम्बुलेन्सले प्रतिकिलोमिटर दरमा शुल्क तोकेका छन् भने कतिपयले एकमुष्ठ न्यूनतम शुल्क लिने गरेका छन्। कसैले बिरामी पर्या्उने दुरी हेरेर रकम तोक्ने गरेका छन्।

'कतिपय जिल्लामा त एम्बुलेन्सले बिरामी पुर्यालएर एम्बुलेन्स फर्कंदा भाडामा यात्रुसमेत ओसार्ने गरेको पाइन्छ,' उनले भने, 'नियमविपरीत पैसाको लोभमा यस्ता घटना विशेषगरी ग्रामीण क्षेत्रमा बढी हुन्छन्।'

एम्बुलेन्स शुल्क निर्धारण, अनुगमन तथा मूल्यांकन गर्न जिल्लामा बनाइएका समितिले यस्ता कुरामा अनुगमन गरेर कारबाही गर्नुपर्छ।

चिकित्सकका अनुसार सरकारले वर्गअनुसार एम्बुलेन्सको शुल्क निर्धारण नगर्दा 'ग' वर्गका एम्बुलेन्सले फाइदा उठाइरहेका छन्। ती एम्बुलेन्सले 'ग' वर्गको सुविधा नदिएरै 'क' वर्गको शुल्क असुल गरिरहेका छन्।

बिरामीको व्यापार


कमजोर अनुगमनको फाइदा उठाउँदै कतिपय एम्बुलेन्स चालकले बिरामीको व्यापारसमेत गर्दै आएका छन्। आकस्मिक अवस्थामा रहेका बिरामीलाई चालकले केही निजी अस्पतालको कमिसन लोभमा आफ्ना छनोटमा रहेका अस्पतालमा लैजाने गरेका छन्। मन्त्रालयले गरेको अध्ययनले पनि सरकारी अस्पतालका एम्बुलेन्सले निजी अस्पतालले दिने कमिसनका आधारमा बिरामीलाई उपचारका लागि लैजाने गरेको देखाएको छ।

दुर्घटनामा परेका बिरामीलाई त झन् राजमार्ग छेउछाउका अस्पतालले आफूतर्फ तान्न एम्बुलेन्स चालकलाई बिरामीको उपचारबापत लागेको खर्चको केही प्रतिशत कमिसनसमेत दिने गरेको पाइन्छ। मन्त्रालयका उपसचिव यस्ता विकृतिबारे गुनासा आइरहेकाले नीति परिवर्तन गरेर व्यवस्थित गर्न लागिएको बताउँछन्।

'एम्बुलेन्सका विषयमा धेरै गुनासा आइरहेका छन्,' उनले भने, 'त्यसकारण हामीले यसलाई व्यवस्थित गर्न नयाँ नीति बनाइरहेका छौं।' उनले नयाँ नीतिले एम्बुलेन्स दुरुपयोगलाई धेरै हदसम्म हटाउन मद्यत गर्ने बताए।

राजस्व छुटको प्लेट राख्दैनन्


सरकारले राजस्व छुट दिई सञ्चालनमा आउने एम्बुलेन्सले अनिवार्य रुपमा सबैले देख्ने गरी 'सरकारी राजस्व छुट प्राप्त' भनी लेख्नुपर्ने व्यवस्था गरेको छ। तर अधिकांश एम्बुलेन्समा त्यस्तो लेखिएको देखिएको छैन। सरकारले चार वर्षअघि यस्तो व्यवस्था गरेको हो।

सरकारी नियमअनुसार एम्बुलेन्स सेवा सञ्चालन गर्न चाहने व्यक्ति वा संस्थालाई एक प्रतिशत भन्सार शुल्कमा एम्बुलेन्स बनाइने गाडी आयात गर्न छुट दिएको छ। साथै, सवारी कर र पार्किङ शुल्क पनि मिनाहा गरिएको छ। एम्बुलेन्स व्यक्तिले नभई मुनाफाको उद्देश्य नभएका सामाजिक संस्थाले मात्र आयात गर्न पाउँछन्।