Pages

Friday, July 15, 2011

निशुल्क स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्न सकेन

प्रवीण ढकाल/नयाँ पत्रिका
काठमाडौँ २९ असार

सरकारले तीन वर्षअघि देखि शुरु गरेको निशुल्क स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्न नसकेको एक अध्ययनले देखाएको छ । सरकार मातहतकै नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अध्ययनले निशुल्क कार्यक्रम प्रभावकारी बन्न नसकेको देखाएको हो ।
आम नागरिकको स्वस्थ हुने अधिकार सुनिश्चित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय निशुल्क स्वास्थ्य सेवा कार्यक्रम लागु गरेको भएपनि धेरैजसो स्थानमा प्यारासिटामोल र आइरन चक्की जस्ता सामान्य औाषधि पनि स्वास्थ्य संस्थामा नियमित रुपमा पाइने नगरेको अध्ययनले देखाएको छ । नेपालको अन्तरिम संविधान २०६३ ले व्यवस्था गरे अनुरुप २०६३ साल मंसीर २९ गतेको मन्त्रीपरिषद्को बैठकले यस्तो कार्यक्रम लागु गर्ने निर्णय गरेको थियो । मन्त्रीपरिषद्को यो निर्णय अनुसार २०६४ माघ १ गतेदेखि उपस्वास्थ्य चौकी तथा स्वास्थ्य चौकीमा २०६५ मंसीर १ गतेदेखि प्राथमिक स्वास्थ्य केन्द्रमा र २०६५ कै माघ १ गतेदेखि जिल्ला अस्पतालहरुमा आम नागरिकलाई निशुल्क उपचार र तोकिएको औषधी सित्तैमा वितरण गर्ने व्यवस्था गरिएको हो ।
सरकारले स्वास्थ्य संरचना अन्तगर्तका सम्पुर्ण निकायहरुमा तोकिएका औषधि बाह्रै महिना उपलब्ध गराउने भनेपनि सबै स्वास्थ्य संस्थामा सबै औषधि उपलब्ध हुननसकेको अध्ययनले देखाएको छ । निशुल्क कार्यक्रम अन्र्तगत उपस्वास्थ्य चौकीमा २२ स्वास्थ्य चौकीमा ३२ र प्रथामिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा ४० थरी औषधि निशुल्क वितरण गर्दै आएको छ । तर परिषदले गरेको अध्ययनले औषतमा उपस्वास्थ्यमा न्यनतम १५ र स्वास्थ्य चौकीमा १८ थरी मात्रै औषधि भेटिएका थिए ।
परिषद्ले तराईका सिराह कैलाली पहाडी जिल्लामा रामेछाप अर्घाखाँची र हिमाली क्षेत्रको जुम्लामा एक वर्षसम्म निशुल्क स्वास्थ्यका विषयमा अध्ययन गरेको थियो । परिषदका अनुसार निशुल्क स्वास्थ्य कार्यन्वयनका विषयमा सिराहको गोलबजार हेल्थपोष्ट नारायण हेल्थपोष्ट आश्युर बल्काहा उपस्वास्थ्यचौकी अयोध्यानगर उपस्वास्थ्य चौकीमा अध्ययन भएको थियो । यसैगरी रामेछाप काठजोर हेल्थपोष्ट वेतली हेल्थपोष्ट भटौली उपस्वास्थ्यचौकी ओखरेनी उपस्वास्थ्य चौकी अर्घाखाँचीको अर्घाहेल्थपोष्ट खान हेल्थपोष्ट पाली उपस्वास्थ्य ढिकुरा उपस्वास्थ्य अध्ययनमा परेका थिए । त्यसैगरी जुम्लाको दिपालगाँउ महत हेल्थपोष्ट कार्तिकेस्वामी उपस्वास्थ्य चौकी र लामा उपस्वास्थ्य चौकी कैलालीको बहेडा स्वास्थ्य चौकी पहलमानपुर स्वास्थ्यचौकी मसुरिया र गिता उपस्वस्थ्यचौकीमा अध्ययन गरिएको थियो ।
परिषदका अध्यक्ष डा। चोपलाल भुषालका अनुसार अध्ययनका क्रमम विभिन्न स्थानमा निशुल्क औषधि पनि किनेर खानुपर्ने अवस्था रहेको पाइएको थियो । ुनिशुल्क कार्यक्रम लागु भएपछि स्वास्थ्य संस्थामा आउने विरामीको संख्या बढेको पाइएको छु उतले भने ुविरामी आउछन् तर औषधि छिटोछिटो अभाव हुने गरेको देखिन्छ । जसका कारण अन्य विरामीले औषधि किनेर खानुपर्ने अवस्था रहेको छ ।ु उनका अनुसार पि्रु हेल्थ भनेपनि ग्रामिण क्षेत्रका मानिसहरुले सामान्य औषधि पनि किनेर खानुपर्ने अवस्था रहेको छ ।
ुसरकारले औषधि खरिदमा मात्रै वार्षिक डेढ अर्वभन्दा बढी खर्च गर्छ । तर स्वस्थ्य संस्थामा औषधिको सधै जसो अभाव हुने गरेको पाइएको छु अध्ययन प्रतिवेदनमा भनिएको छ ुस्वस्थ्य संस्थाहरुमा औषधिको स्टक निकै कम हुनेगर्दा धेरै विरामीहरु उपचारवाट बिाचत हुनुपरीरहेको छ ।ु अध्ययनका क्रममा स्वास्थ्य संस्थाहरुमा राखिएका रजिष्ट्रेसन हेर्दा धेरै विरामीको नामका पछाडी औषधि नभएको पाइएको थियो । ुसिटामोल र आइरन चक्की समेत किन्न पर्ने अवस्था थियो अध्ययनका क्रममा त्यस्तो औषधि अभाव महिनौसम्म समेत रहने गरेको देखिएको छु अध्ययन प्रतिवेदनमा उल्लेख छ । यसका साथै धेरै रोगमा प्रयोग हुने र महङ्गो मुल्य पर्ने एन्टिवायोटिकलागयतका औषधि आएको छोटो समयमै सकिने गरेको र स्वास्थ्य संस्थासम्म आउन महिनौसम्म लाग्ने गरेको अध्ययनले देखाएको छ ।
सरकारले गत वर्ष निशुल्कका लागि छुट्याइएको रकमको ३० प्रतिशत आपुर्ति महाशाखाले र ७० प्रतिशत औषधि जिल्लाहरु आफैले खरिद गरेका थिए । स्वास्थ्य सरकोकारवालाहरुले औषधि खरिदमा धेरै कमिसन आउने अनावश्यक औषधि बढी किनेर थोपर्ने र अत्यवश्यक पर्ने र महङ्गा औषधिको सधै अभाव हुने गरेको भन्दै निशुल्क कार्यक्रममा अनुगमनको आवश्यकता औल्याउँदै आइरहेका छन् । निशुल्क स्वास्थ्य कार्यक्रममा औषधि वाहेक सरकारले विरामीको संख्याको आधारमा स्वास्थ्य संस्थाहरुलाई उपस्वास्थ्य चौकीमा प्रतिविरामी ५ स्वास्थ्य चौकीमा १० र प्राथमिक स्वास्थ्य केन्द्रमा १५ रुपैयाँ अनुदान दिने गरेको छ । तर अनुसन्धानले उपचारका लागि आएका विरामीहरुले केही स्वास्थ्य चौकी तथा उपस्वाथ्य चौकीमा शुल्क तिर्नुपर्ने अवस्था रहेको देखाएको छ ।
ुसरकारले अत्यवश्याकीय तोकेका मध्ये एमो_िक्सलिन आर एल इजेक्सन प्रुसे नाइट कोटि्रम सिरप हाइब्रो लगायतका महत्वपूर्ण औषधी सधै अभाव हुने गरेको छु अध्यक्ष भुषलले भने ुनिशुल्क भनेपछि त जनताले ति औषधि जुनसुकै समयमा पनि पाउनु पर् यो नि ।ु उनका अनुसार स्वास्थ्य संस्थाका पोष्टरमा सबै औषधि हुने तर स्टोरमा नहुने अवस्था भएकाले निशुल्क कार्यक्रम अव्यवस्थि भैरहेको छ ।
यसका साथै सरकारले निःशुल्क स्वास्थ्यको लागि पठाएको अत्यावश्क औषधिहरु बजारमा छ्याप छ्याप्ती रुपमा बिकि्रका लागि भेटिएका छन् । गरिव जनतालाई निःशुल्क उपलब्ध गराउन सरकारी अस्पताल तथा प्राथमिक स्वास्थ्य संस्थाहरुमा पठाइएका ती औषधिहरु निर्वाध विक्री भइरहेका पाइएको छ । औषधि व्यवस्था विभागले चालु आथिृक वर्षको पहिलो र दोस्रो चौमासिकमा गरेको अध्ययनले निशुल्क औषधि बजारमा बिकि्रका लागि राखिएको पाएको हो । निःशुल्क औषधि जिल्ला सदरमुकाम देखि दुर्गम गाँउका पसलमा समेत विक्री भइरहेका विभागले जनाएको छ । विभागका औषधि निरिक्षक श्यामकुमार अधिकारीका अनुसार सरकारले वितरण गर्ने औषधिको स्टिकरको बाहिरपट्टी नै निशुल्क वितरणका लागि भनि लेखेर पाठाएका औषधि पनि बिकि्र गरीरहेको पाइएको छ । ुगत वर्षको तुलनामा यो वर्ष निशुल्क औषधि बेच्ने पसलमा केही कमी आएको छ तर रोकीएको छैनु उनले भने । विभाग स्रोतका अनुसार निशुल्क औषधि विकि्र गर्नेमा स्वास्थ्य संस्थाका कर्मचारीहरु नै रहेका छन् । ुस्वास्थ्य संस्थामा नै काम गर्नेहरुको औषधि पसलमा निशुल्क औषधि बिकि्रका लागि राखिएको भेटिन्छु स्रोतले भन्यो ।
सरकारको निशुल्क स्वास्थ्य प्रभावकारी हुन नसकेको केही समयअगाडि प्राथमिक स्वाथ्य स्रोत केन्द्रले गरेको अध्ययनले पनि देखाएको थियो । केन्द्रले गरेको अध्ययनले पनि निशुल्क औषधि बिकि्रका लागि राखिएको निशुल्क प्रसुति सेवामा पनि शुल्क लिएको सुत्केरी भत्ता नदिएको औषधि अभाव रहेको देखाएको थियो । केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीका अनुसार सरकारकै निरिक्षण र अनुगमनको कमीका कारण निशुल्क कार्यक्रम अव्यवस्थित बन्न पुगेको हो । ुऔषधिमा करोडौ खर्च हुने सामान्य औषधि पनि सधै अभाव हुने गर्दा र विरामीको संख्या पनि बढाएर देखाइने गर्नाले निशुल्क कार्यक्रम नै वेथिति भएको देखाउँछु उनले भने ुनिशुल्क भन्दै लोकपि्रय कार्यक्रम चलाउँने तर सुविधा दिन नसक्ने हो भने यसको कुनै अर्थ छैन ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा यशोवद्र्धन प्रधान केही जिल्लामा भएको समस्यालाई हेरेर समग्र कार्यक्रम असफल भयो भन्न नमिल्ने बताउछन् । ुविभागले सवैतिर अनुगमन गर्न नसक्दा केहि स्थानमा समस्या देखिएका छन्ु उनले भने ुत्यसैका आधारमा कार्यक्रम प्रभावकारी भएन भन्न मिल्दैन ।ु उनका अनुसार केही स्थानमा भएको दुरुपयोगलाई विभागले अनुगमन गरेर कारवाहि गर्ने तयारी गरीरहेको छ । उनले निशुल्क औषधि बिकि्र गरेको विषयमा पनि मन्त्रालयले अनुगमन गरीरहेको बताए ।

रोगको महामारी फैलन नदिन आठ जिल्लामा विशेष अभियान


प्रवीण ढकाल/नयाँ पत्रिका
काठमाडौँ २१ असार
सरकारले वर्षतको शुरुवातसँगै शरुवा रोगको महामारी फैलन नदिन देशभरका आठ जिल्लामा एकिकृत बिशेष जनस्वास्थ्य अभियान साचालनमा ल्याएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनव विकास सुचकाङ्क निम्न रहेका तथा जुनसुकै वेलामा पनि विभिन्न रोगहरुको महामारी फैलन सक्ने देशभरका आठ जिल्लामा विशेष अभियान साचालनमा ल्याएको हो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा यशोवद्र्धन प्रधानका अनुसार दुर्गम जिल्ला तथा महामारीको सम्भवना बढी रहेका जाजरकोट रुकुम मुगु बाजुरा ताप्लेजुङ रौतहट सिरहा र कपिलबस्तु जिल्लामा एकिकृत विशेष जनस्वास्थ्य अभियान साचालनमा ल्याइएको छ ।
ुअभियान साचालन भएका प्रत्येक जिल्लामा दश दश हजारका दरले पानि शुद्ध गर्ने औषधि पियुष हात धुने सावुन र जिवन जल पठाइएको छु महानिर्देशक प्रधानले भने ुअभियानको पहिलो चरण्ँमा सरुवा रोगको प्रकोप फैलन नदिन विशेÈज्ञ स्वास्थ्य शिविर संचालन गरिने छ ।ु उनका अनुसार एकिकृत जनस्वास्थ्य अभियान मार्फत जनताको घर आँगनमै चिकीत्सा सेवा दिइने छ ।
महामारीको उच्च जोखिममा रहेको ति जिल्लामा यो अभियान अब देखि निरन्तर चल्ने महानिर्देशक प्रधानले बताए । ुयो अभियान जनस्वास्थ्यको क्षेत्रमा एक किसिमको आन्दोलन नै होु उनले भने ुसरकारले बर्षौ देखि चलाइरहेका जनस्वास्थ्यका कार्यक्रमहरु प्रभावकारी रुपमा जनता माझ पुग्न नसकेपछि यस्तो अभियान ल्याउनु परेको हो ।ु उनका अनुसार आगामि वर्ष प्रकोपको जोखिम बढी रहेका देशका थप दश जिल्लामा यस्तो अभियान साचालनमा ल्याउने कार्यक्रम बनाइएको छ । मन्त्रालयले स्वास्थ्यको सुचक र मानव विकास सुचकका आधारमा थप अभियान चलाउने जिल्लाको छनोट कार्य गरीरहेको प्रधानले जानकारी दिए ।
जनताको मौलिक अधिकारका रुपमा रहेको स्वास्थ्यमा जनताको पहुँच बढाउन मन्त्रालयले यस्तो सकि्रयता देखाएको मन्त्रालयका प्रवक्ता बालकृष्ण सुवेदिले बताए । ुआधारभूत स्वास्थ्य सेवाबाट समेत बिाचत रहन पुगेका दुर्गम गाउँका बासिन्दालाई विशेÈ सुविधा दिन अभियान ल्याइएको छु उनले भने ुअभियान चलेका जिल्लाभर विभिन्न जनचेतनामूलक कार्यक्रम साचालन गरिने तथा स्वास्थ्य चौकीमा निःशुल्क औÈधीको आपूति र झाडापखालाजस्ता महामारी नियन्त्रण्ँ गर्न विशेÈ सतर्कता अपनाइने छ ।ु उनका अनुसार अभियान चलेका जिल्लामा गरीने स्वास्थ्य तथा उपचार सिविरहरुमा सामान्य उपचार आँखा कान नाक घाँटी स्त्रीरोग स्थायी बन्ध्याकरण्ँ भिडियो एक्सरे प्रयोगशाला सेवा तथा इसिजी सेवा र अप्रेसन सेवा उपलब्ध गराइने छ ।
महानिर्देशक प्रधानका अनुसार अभियानका क्रममा जिल्ला अस्पतालका शैयाहरु बिस्तार गर्ने स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीमा औषधि लगाएतका आवश्यक सामग्रीहरु पर्याप्त मात्रामा व्यवस्था गरीने तथा कर्मचारी नभएका स्थानमा काजमा भएपनि कर्मचारीको व्यवस्था गरीने छ ।
मौसम परीवर्तन तथा वर्षात वढ्दै गएकाले झाडापखलाको खतारा बढेकाले मन्त्रालयले ति जिल्लाका मात्र नभै देशभरका सम्पुर्ण स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरुलाई सर्तक गराइसकीएको छ । महानिर्देशक प्रधान भन्छन ुवर्षात शुरु भएलगत्तै अस्पतालहरुमा झडापखालाका तथा अन्य शरुवा रोगका बिरामी आउने क्रम बढ्दै गएकाले स्वास्थ्यका सम्पुर्ण कर्मचारीलाई उच्च सतर्क गराउदै विदा नबस्न तथा जुनसुकै अवस्थामा पनि उपचार सेवा पुर् याउन तयार रहनुभन्ने निर्देशन दिइसकिएको छ ।ु उनका अनुसार दुईवर्ष अगाडिको जाजरकोट लगाएतका जिल्लामा फैलिएको झाडाको महामारी जस्तै महामारी फैलन सक्ने सम्भावना रहेकाले अभियान चलाइएका आठ जिल्ला सहित अन्य जिल्लाहरुमा रहेका र् यापिड रेस्पोन्स टिमलाई सकि्रय बनाइएको छ ।
ुयो झाडापखालाको जोखिमको संवेदनशिल अवस्था होु महानिर्देशक प्रधानले भने ुत्यसकारण यो समयमा सवैले खानपान तथा सफासुग्घरमा विशेष ध्यान दिनुपर्छ ।ु उनका अनुसार देशभरमै उच्च सर्तकता उपनाउदै देशभरका हरेक गाविसमा रहेका स्वास्थ्य स्वयमसेवकहरुको झेलामा १० वटा जिवनजल केही पियुष र जिङ्क चक्कि अनिवार्य रुपमा निर्देशन दिइसकिएको छ ।
सरकारले वैशाख सुरुदेखि असोज महिनाको अन्तिमसम्मलाई झाडापखालाको खतराको महिनाको सुचिमा राखेको छ । यो समयमा खानेपानी खानेकुरा तथा जताततै फोहोर हुने भएकाले झाडापखालाका रोगि बढ्ने गरेको पाइन्छ । ुवर्षातको समयमा पानीका मुहान फोहोर हुने तथा गर्मीका कारण दुग्ध र दुग्धपदार्थ अण्डा तथा अन्य खानेकुराहरु चाँडे बिग्रने भएकाले यो समयामा झाडापखालाका रोगि बढि देखिन्छन्ु महानिर्देश डा प्रधानले भने ुत्यसकारण सधै पानी पिउदा उमालेको वा सुद्धिकरण गरेको पानि पिउने तथा घरबाहिरको खानेकुरा जथाभावि खानुहुदैन ।ु उनका अनुसार सामान्य औÈधि र सरसफाइबाट नियन्त्रण्ँ गर्न सकिने ´ाडापखाला मानिसहरुकै लापरवाहिका कारण फैलिने गरेको छ । उनले वर्षातको समयमा सडकमा बेच्ने खाद्य पदार्थ र रेस्टुरेन्टमा खाने बानी केही दिनका लागि त्याग्न र पानी उमालेर खानेगरेमा रोगबाट धेरैहदसम्म बच्न सकिने बताए ।

गैरकानुनि रुपमा साचालित २९ औषधि पसल बन्द हुने


प्रवीण ढकाल/नयाँ पत्रिका काठमाडौँ ४ असार
सरकारले गैरकानुनी रुपमा साचालनमा रहेका २९ औषधि पसललाई बन्द गर्ने भएको छ ।
औषधि व्यवस्था विभागले चालु आर्थिक वर्षको दस्रो चौमासिकमा देशका १३ जिल्लामा रहेका औषधि पसलको निरीक्षणका क्रममा नियमविपरीत साचालनमा रहेका २९ औषधि पसललाई बन्द गर्न लागेको हो ।
ुपसलहरुको निरीक्षणका क्रममा सरकारी नियमविपरीत दर्ता नभएका नविकरण नगरीएका पसलहरु साचालनमा रहेका पाइएको थियोु विभागका फार्मेसी निरिक्षक श्यामकुमार अधिकारीले भने ुनिरीक्षणका क्रममा फेला परेका सबै औषधि पसललाई बन्द गराउन लागिएको छ ।ु उनका अनुसार विभागले फेला पारेका ति गैरकानुनी पसलहरुलाई बन्द गर्नका लागि सम्बन्धित जिल्ला प्रसासन कार्यालयमा पत्र पठाइसकेको छ ।
विभागले चालु आर्थिक वर्षको दास्रो चौमासीकमा काठमाडौँ ललितपुर भक्तपुर पाल्पा कास्की बाग्लुङ पर्वत गुल्मि अर्घाखाँचि रुपन्देहि कपिलबस्तु नवलपरासी र चितवन जिल्लाका तीन सय ७३ औषधि पसलको निरीक्षण गरेको थियो । निरिक्षण गरीएका औषधि पसलहरुमध्येमा पसल दर्ता नगरेका व्यवसायि मान्यता प्रमाण पत्र नभै पनी औषधि पसल साचालन गरेका पसलको नविकरण नगरीएका विभागले बारम्वार पत्र पठाउदा पनि व्यवास्था गरी अनुपस्थित रहेका आधीकारीक खरिद विल विनाका औषधि भेटिएका निशुल्क वितरण गर्नुपर्ने औषधि पसलमा राखेर विकि्र गरेका लागु औषधिको रेकर्ड नराखिएको तथा तोकिएको तापक्रममा भ्या_िक्सन संचय नगर्ने गरेको पाइएको थियो ।
विभागले निरिक्षणका क्रममा सवैभन्दा बढी काठमाडौमा बिना दर्ताका र नविकरण नगरीएका पसलहरु साचालनमा रहेको पाएको छ । निरीक्षक अधिकारीका अनुसार बन्द गर्न लगीएका २९ औषधि पसलहरुमध्ये काठमाडौका मात्र ८ वटा सहेका छन् । काठमाडौँपछि अर्घाखाचिका सात कास्किका चार पर्वत गुल्मि रुपन्देही र बाग्लुङका दुई-दुई वटा र भक्तपुर र पाल्पाका एक÷एक वटा औषधि पसलहरु रहेका छन् ।
गैरकानिनि ढङ्गले साचालनमा रहेर बन्द गर्न लागिएका पसलहरुमा काठमाडौका कर्णाली स्वास्थ्य सेवा प्रा ली कोहिनुर मेडिकल हल सन्तोष फार्मेसी घुम्ति औषधि पसल प्रेस फार्मेसी सुन्तखान मेडिकल हल सङ्करापुर पोलिक्लिनिक र मेडिश्री फार्मेसी औषधि पसल रहेका छन् । यस्तै अर्घाखाँचिका इन्द्रलोक हेल्थ केयर सेन्टर बिमला मेडिकल हल पन्थि एग्रोभेट जनसेवा एग्रोभेट कसुम कस्मेटिक एन्ड पसु औषधि पसल अमृत मेडिकल र नविन मेडिकल हल कास्किका सम्भु होमियोफर्मा सिद्धकालि मेडिकल हल दिपेन्द्र मेडिकल हल र उपकार मेडिकल हल पर्वतका अन्नपुर्ण मेडिकल सर्भिस र अधिकारी भेटेरिनरी सेन्टर गल्मिका जीवन मेडिकल हल र रिद्धि एग्रोभेट रुपन्देहिका खुसी इन्टरनेसलन डाग्नोस्टिक एन्ड पोलिक्लिनिक र सन्जिभ मेडिकल हल बाग्लुङका पन्त भेटेरीनरी ड्रग हाउस र विजय आयुर्वेद फर्मा भक्तपुरको सुशिल फर्मा पाल्पाको न्यु सृष्टि भेट सेन्टर रहेका छन् ।
यसैगरी विभागले निरीक्षणका क्रममा ९ वटा पसललाई निलम्वन १४ वटालाई चेतावनि सहित नसिहत दिएको एक सय १५ वटालाई सचेत गराएको र ९ जना व्यवसायिको प्रमाणपत्र निलम्बन गरेको छ । अधिकारीका अनुसार त्यस्ता औषधि पसलहरुमा व्यवसायि अनुपस्थित लागु तथा मनोद्विपक औषधिको विक्रीको रेकर्ड नराखिएको भ्याकिसन उचित तापक्रममा नराखिएको प्रमाणपत्र नविकरण नगरेका म्याद नाघेका औषघि काउण्टरमै पाइएको र कम्पनीले चिकित्सक स्यामपलको रुपमा पठाउने औषधि काउण्टरमै पाइएका लगाएतका समस्या पाइएका थिए । विभागले पहिलो चौमासिकमा पनि देशभरका १२ जिल्लाको अनुगमनका क्रममा गैरकानुनि रुपमा पाइएका २९ वटै औषधि पसल बन्द गराएको थियो । पहिलो चौमासिकमा विभागले काठमाडौँ पाल्पा स्याङ्जा लमजुङ् दोलखा कास्की रामेछाप सिन्धुपाल्चोक काभ्रेपलााचोक धादिङ गोरखा र मकवानपुर जिल्लाका दुई सय ६० औषधि पसलको निरीक्षण गर्दा २९ वटा पसल विना दर्ता साचालन गरीरहेको पाएको थियो ।

Saturday, June 25, 2011

फेसनेबल प्लस टु जेनेरेसन

प्रवीण ढकाल
image

'कलेजले एउटा साइज भनेको हुन्थ्यो, तर केटीहरूले भने त्योभन्दा पनि छोटो बनाएर आउने गर्दथे'

'हे त्यो कलेजमा त के पढ्ने स्कर्ट नै लगाउन पाइँदैन रे ! कलेज पढ्दा पनिस्कुलको जस्तो घुँडाभन्दा तलसम्म ड्रेस लगाउनुपर्ने कलेजमा के पढ्नु ? अब त टिमिक्क परेको मिनिस्कर्ट लगाउन पाइने कलेजमा पढ्नुपर्छ ।' भर्खरै एसएलसी उत्तीर्ण गरेकी सुष्मा प्रधानले सँगैकी साथी सुमिना केसीलाई कलेजको खोजी गर्ने सिलसिलामा कलेजको पहिलो विशेषताबारे भनिन् । सुमिनाले पनि बोलिहालिन्, 'अनि त्यस्तो कुन कलेज छ त जहाँ हामीले मिनिस्कर्ट, टाइट सर्ट लगाएर जान सक्ने ?' सुमिनाको जिज्ञासालाई समाधान गर्दै सुष्माले भनिन्, 'यति धेरै कलेजहरूमा त्यस्ता कलेज त भेटिहालिन्छ नि । पल्लो घरमा पढ्ने दिदीका अनुसार अहिले त राजधानीमा यस्ता कलेज धेरै छन् रे । चार-पाँचवटा कलेजमा गएर हेरौँ जुनमा छोटो स्कर्ट लाउन पाइन्छ त्यसमा नै गएर पढौँ हुन्न ।' सुष्माको कुरामा सहमति जनाउँदै सुमिनाले कलेजको खोजी गर्ने सहमति जनाइहलिन् ।

राजधानीको नयाँ बानेश्वरमा कुराकानी गरिरहेका यी दुई छात्राको कुराकानीबाट पनि प्रस्ट हुन्छ कि पछिल्ला समयमा विद्यार्थीको कलेज रोजाइ गुणस्तरीय शिक्षा, पठनपाठनको शैलीभन्दा पनि कलेजमा राखिएका ड्रेस तथा त्यहा फेसनेबल भएर जान पाइन्छ वा पाइँदैन भन्नेमा केन्दि्रत देखिन्छ । वर्षेनी बढेका प्लस टुसँगै कलेजहरूमा बढेको फेसनको शैलीले पनि पछिल्ला पुस्ताका विद्यार्थीलाई पढाइभन्दा पनि फेसनतिर आकषिर्त गर्ने गरेको प्रस्ट देखिन थालेको छ । राजधानीमा च्याउसरी उम्रेका प्लस टु र उमाविहरूमा यतिखेर शिक्षामा भन्दा पनि फेसनमा प्रतिस्पर्धा हुने गरेको समाजशास्त्रीहरूको भनाइ छ ।

'कलेज जाँदा छोटो मिनिस्कर्ट, फिटिङ सर्ट अनि टाई, जुत्ता पनि स्टाइलिस र कपालको स्टाइल पनि समयअनुसार परिवर्तन गर्दै स्मार्ट बनेर हिँड्दा त सान नै बेग्लै हुन्थ्यो नि,' भर्खरै १२ कक्षाको परीक्षा सकेर बसेकी जोरपाटीकी एन्जिला श्रेष्ठले भनिन्, 'झन् केटाहरूले हेर्दै जिब्रो पट्काउँदा त निकै खुसी लाग्थ्यो ।' उनका अनुसार प्लस टुमा अध्ययन गर्ने अधिकांश केटीहरूले हलिउड र बलिउडका हिरोइनहरू तथा त्यहा चलेको फेसन र स्टाइललाई कपी गर्दै आउने गर्दथे ।

प्लस टुमा अध्ययन गर्दा अधिकांश केटी साथीहरू छोटो स्कर्ट र टाइट सर्टमा अध्ययन गर्न आएको अनुभव सुनाउँछिन् पि्रमियर कलेजबाट प्लस टु सकेकी समता नेपाल । उनका अनुसार केटीहरूले कलेजले तोकिएको स्कर्टको साइजभन्दा दुई इन्च छोटोसम्म स्कर्ट लगाएर आउने गर्दथे । 'कलेजले एउटा साइज भनेको हुन्थ्यो, तर केटीहरूले भने त्योभन्दा पनि छोटो बनाएर आउने गर्दथे,' उनले भनिन्, 'स्कर्ट नलगाउने तर पाइन्ट लगाउनेहरू पनि त्यस्तै फेसेनेबल बनेर आउँदथे । पाइन्ट लगाउनेहरूले पाइन्टलाई एकदम टाइट र चुज बनाएर लगाउँथे कि पाइन्ट हो कि स्टकिङ हो छुट्याउन मुस्किल हुन्थ्यो ।'

समताका अनुसार केटीहरू ड्रेसमा मात्र होइन मेकअपमा पनि त्यस्तै फेसेनेबल हुन्थे । 'आफ्नो रोजाइका कलाकारले जस्तो हेयर स्टाइल बनायो कलेजमा त्यस्तै बनाएर आउँथे,' उनले भनिन्, 'मेकअपको त झन् कुरै नगरौँ । डिस्कोमा जानेवेलाको जस्तो लाउड मेकअप हुन्थ्यो ।'

छात्राहरू मात्र होइन पछिल्ला समयमा छात्रहरू पनि रफ एन्ड टप भएर कलेजमा जाने गरेको दृश्यहरू देख्न सकिन्छ । हेर्दामा जिकज्याक अनि रफ एन्ड टफ भएर तीव्र गतिमा मोटरसाइकल हुइक्याउँदै कलेज गइरहेका केटा देख्दा प्लस टुमा फेसनको प्रदर्शनी हुने गरेकोजस्तो भान हुने अभिभावकहरूको गुनासो छ । 'केटाहरूको कपालको स्टाइल हेनुपर्छ कसैको ठडाइएको, कसैको तेर्साएको, कसैको लामो बनाएको अनि कसैको रंगाएको,' चाबहिलका एक अभिभावक रुद्र भण्डारीले भने, 'पाइन्ट लगाएको हेर्दा त कसैको पाइन्ट खस्छ कि जस्तो लाग्छ, कसैले पाइन्टलाई चुज बनाएर सुरुवालजस्तो बनाएका हुन्छन् ।' केटीहरू त हेर्दै लाज मर्नेगरी कलेज जाने गरेकोमा केटाहरू पनि उत्ताउला हुँदै गएको उनले सुनाए । उनका अनुसार प्लस टु पढ्ने विद्यार्थीको बोक्ने झोलादेखि, सर्ट, पाइन्ट, जुत्ता, कपाल, नङदेखि लिएर टाईसम्म फेसनको छाँट देखिने गरेको छ ।

'कलेज आइसकेपछि पनि स्कुलको जस्तो सोझो अनि झुम्रे बनेर भएन नि,' सेन्ट लरेन्स कलेजमा कक्षा १२ मा अध्ययनरत हरि गौतमले भने, 'समयअनुसारको ड्रेसअप अनि गेटअप त दिनै पर्‍यो नि ।' उनका अनुसार केटाहरू कपाललाई महिना-महिनामा स्टाइल चेन्ज गरेर अरूभन्दा फरक देखिने गर्छन् भने पाइन्ट तथा सर्टलाई जीउसुहाउँदो बनाएर स्मार्ट बनेर आउने गर्छन् । 'कलेजका ७० प्रतिशतभन्दा बढी केटाहरू त हातको नङमा विभिन्न रङका पोलिस लगाएर आउने गरेका हुन्छन्,' उनले सुनाए, 'झोलामा अनेकथरीका ब्याच टाँस्ने, चित्र कोर्ने, अनि लेख्ने त सबैले गर्छन् ।' उनका अनुसार अहिले त झन् केटाहरूमा कसको बाइकको सक बढी उठाइएको र कसले बढी कुदाउने होडबाजी नै चल्ने गरेको छ ।

काठमाडौंका ट्राफिक प्रहरीका अनुसार बाइक कुदाउने मामलामा केटाहरूसँगै केटीहरू पनि पर्न थालेका छन् । केटाहरूले त डरलाग्ने गरी हुइँकाउँछन्-हुइँकाउँछन् केटीहरू पनि स्कुटीलाई तीव्र गतिमा कुदाउन थालेका छन् । प्लस टुमा अध्ययनरत विद्यार्थीहरूको मोटरसाइकल र स्कुटीको कुदाइका कारण धेरै दुर्घटना बढ्न थालेको भन्दै केही कलेजले विद्यार्थीलाई मोटरसाइकल र स्कुटी ल्याउन बन्देजसमेत गर्ने तयारी गरिरहेका छन् । केही कलेजले भने पूरै बन्देज नै गरिसकेका छन् ।

कलेजमा पढ्ने विद्यार्थीको रोजाइमा मुजा नराखिएका फिटिङ स्कर्ट, दोहोरो मुजा पारिएका डबल बक्स स्कर्ट, साँघुरो मुजा पारिएका स्कर्ट, मुजा नपारिएको टाइट स्कर्ट, कट्टुजस्तो देखिने स्कर्टदेखि र्‍यापर स्कर्ट छात्राहरूबीच निकै लोकपि्रय डिजाइन हुन् । पाइन्टमा क्रिज नराखिएको चुज, चौडाइ कम भएको स्ट्रेट र चौडाइ बढी भएको बेलीबटन, तलदेखि माथिसम्म एउटै चौडाइ भएका, सुरुवाल आकारका तथा असाध्यै टाइट बनाएर स्टकिङजस्तो देखिने खालका पाइन्ट चल्तीमा छन् । सर्टमा पनि साना-साना खल्ती भएका, अगाडि क्रिज नराखिएका, टिसर्टजस्तो गोलो कटाइ भएका र छेउमा चिरेका, हाफ, फुल अनि फोल्ड गरेका डिजाइनको माग बढ्न थालेको युनिर्फम डिजाइनरहरू बताउँछन् ।

कलेजमा छात्राले स्कर्ट लगाउनु राम्रो ठान्छन् सेन्ट लरेन्स कलेजका पि्रन्सिपल कृष्णप्रसाद डोटेल । अनका अनुसार विद्यार्थीले कलेजले तोकिएको साइजमा स्कर्टसहित अन्य ड्रेस लगाउनुपर्छ । 'हामीले ०६४ मा एउटा सर्भे गरेका थियौँ, स्कर्टलाई कति रुचाउँदा रहेछन् छात्राहरूले भन्ने,' उनले भने, 'सुरुका वर्षमा ९० प्रतिशत केटीहरूले स्कर्ट लगाए । १६ इन्चको लगाउनुपर्ने नियम बनाएका थियौँ । केहीले १४ इन्चको छोटो लगाए । हामीले त्यसलाई लम्ब्याइदियौँ ।' उनका अनुसार स्कर्ट आफैँमा नराम्रो होइन । कलेजमा लाउनै नपाउने भन्ने पनि हुँदैन । विद्यार्थीले घुँडासम्म आउनेगरी लगाउनुपर्छ । राम्रो तरिकाले लगाउँदा फरक नपर्ने उनको भनाइ छ । 'छोटो लुगा लगाउने विद्यार्थीलाई धम्क्याउने, गाली गर्नेभन्दा पनि सम्झाउनुपर्छ,' उनले भने, 'हाम्रो पहिलो प्राथमिकता भनेको पढाइ हो । उनीहरूको सोचाइमा परिवर्तन ल्याउन खोज्नुपर्छ ।'

कलेजले नै विद्यार्थीलाई फेसेनेबल बनाउन अनेकथरीका ड्रेस तथा स्कर्टको व्यवस्था गर्न थालेको जेभिएर इन्टरनेसल कलेजका प्रमुख कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले बताए । उनका अनुसार विद्यार्थीलाई स्कर्ट तथा जथाभावी ड्रेस लगाउन छुट दिँदा विकृति बढ्ने गरेको छ । '११ र १२ कक्षामा पढ्ने विद्यार्थीलाई पढाइमा नै बढी जोड दिने गर्नुपर्छ,' उनले भने, 'कलेज उच्च शिक्षा अध्ययन गर्ने थलो हो । कलेजबाट नै व्यक्तिको क्यारियर निर्धारण हुने गर्दछ । तर, पछिल्ला वर्षमा कलेजमा बढेको फेसन शैलीले विभिन्न विकृति मौलाएकाले हामीले यसमा कडाइ गरेका छौँ ।' उनका अनुसार ड्रेसका नाममा केही कलेजले विद्यार्थीलाई बढी नै छुट दिने गर्दा प्लस टु कलेज आजकाल फेसन गर्ने स्थानका रूपमा नयाँ परिचय बनाउँदै छन् ।

स्कर्ट लगाउन छुट दिँदा विकृति बढेकै कारण नयाँ बानेश्वरस्थित केएन्डके कलेजले गत वर्षदेखि स्कर्ट लगाउन नपाइने नियम बनाएको छ । कलेजका कोअर्डिनेटर खेम भण्डारीका अनुसार विद्यार्थीको रुचि पढाइमा भन्दा बढी फेसनतिर हुन थालेपछि नियम परिवर्तन गरिएको हो ।

ड्रेस तथा अनेकथरीका फेसनशैलीका कारण कलेजहरूमा विकृति बढेको गुनासो बढेपछि उच्च माध्यमिक शिक्षा परिषद्ले प्लस टुहरूको ड्रेसमा एकरूपता ल्याउन कलेजहरूमा स्कर्ट बन्द गर्ने निर्णय गरेको थियो । तर, हालसम्म पनि सो निर्णय कार्यान्वयनमा आउन सकेको छैन । कतिपय कलेजले आफ्नै स्वइच्छाले स्कर्ट बन्द गरिसकेका छन् भने कतिपयमा पाइन्ट र स्कर्ट दुवै लगाउन पाउने व्यवस्था छ । फेसनको मामलामा कलेजहरू स्कुलहरूभन्दा उदार भए पनि अनुशासन र बजारमा आफ्नो राम्रो छविका लागि कलेजहरूले केही न केही नियन्त्रण भने गरिरहेका अभिभावकहरूको ठम्याइ छ । राजधानीका कतिपय कलेजले केटीहरूलाई स्कर्टको सट्टा पाइन्ट अनिवार्य गर्ने, केटाहरूलाई कपाल पाल्न, रंगाउन र मुन्द्रा लगाउन नदिने, पाइन्टको मोटाको चौडाइ र स्कर्ट भएकाहरूमा पनि लम्बाइ तोकिदिने, कलेजमा मोबाइल बोक्न नदिने, बाइक ल्याउन नदिनेजस्ता निर्णयहरू गरिरहेका जेभिएर इन्टरनेसलका कार्यकारी अधिकृत भण्डारीले बताए ।

Wednesday, June 15, 2011

चिसोमा बाथको समस्या बढी

-प्रवीण ढकाल
सिन्धुपाल्चोक गिरौनचौरका २४ वर्षिया शैलेन्द्र तिवारीको ४ वर्ष अगाडि लागेको बाथको उपचार नगर्दा अहिले दुवै खुट्टाको घुँडाबाट बाङ्गिएर हिड्न पनि अफ्टेरो पर्ने भैसकेको छ । समयमानै बाथको उपचारमा ध्यन नदिदा अहिले तिवारी बाङ्गा खुट्टा लिएर हिड्न बाध्य भएका हुन् ।
शुरुमा खुट्टाका जार्नीबाट दुख्ने तर करकरी खान शुरु गरेको तिवारीलाई विस्तारै गोलिगाँठा र घुडामा दुख्ने र सुन्निने समस्या भएको थियो । ुधेरै जसो चिसो मौसममा मात्र यो समस्या देखिने भएकाले उपचारमा ध्यान दिइएन तर अहिले चारवर्षपछि खुट्टानै बाङ्एिर आयोु राजधानिमा उपचारका लागि आएका तिवारीले भने ुत्यसकारण शरिरका कुनैपनि जोर्नीमा दुख्ने तथा सुन्निने समस्या देखिएका सबैलाई समयमानै उपचार गर्न सल्लाह दिन्छु ।
नुवाकोटकी ४५ वर्षिया सानुमाया तमाङलाई पनि गत वर्ष देखि हात गोडाका औला तथा शरीरका जोर्नीहरुमा अत्याधिक दुख्ने र सुन्निने समस्या शुरु भएको थियो । गतवर्षको जाडोमा उनका शरिरका जार्नीहरुमा अत्याधिक दुख्ने तथा करकर खाने समस्या भए पनि उपचारका लागि आइनन । तर यो वर्षको जाडो शुरु भएलगत्तै उनका जोर्निहरुमा अत्याधिक पिडा हुन थालेपछि उपचारका लागि राजधानि आएकी छिन । उनका अनुसार चिसो मौसम सुरु भएलगत्तै हात गोडका औला तथा जोर्निहरु करकर खाने तथा सहिनसक्ने गरी पिडा हुन थालेको छ । ुहात खुट्टाका औला नाडि गोलिगाँठा घुँडा पैताला काधको जोर्निहरुमा चिसो लाग्नेवित्तिकै सहनै नसक्ने गरी पिडा भएपछि उपचारका लागि यहाँ आएको डाक्टरले बाथ रोग लागेको छ भनेर औषधि दिनु भएको छु उनले भनिन । उनका अनुसार जाडो मासौम त यो रोग लागेकाहरुका लागि सत्रु नै हो ।
तिवारी र तामाङ् मात्र होइन जाडोको मौसम शुरु भएपछि बाथका रोगिहरुलाई शत्रुनै आएजस्तो भएको छ । गत वर्षको विश्व बाथ दिवसको सन्दर्भमा सार्वजनिक भएको तथ्याङकअनुसार नेपालमा १५ देखि २० लाखसम्म बाथरोगी रहेका थिए । तिनिहरु सबैले अहिले कहिलॆ चिसो मौसम हट्ला र बाथको पिडाबाट राहत पाइएला भनेर बसिरहेका छन् ।
नर्भिक अस्पतालका बरिष्ठ वाथरोग विशेषज्ञ डा। अरुण कुमार गुप्ताले चिसो मौसममा बाथका लक्षणहरु बढी देखिने भएकाले यो रोगबाट पिडितहरुलाई जाडो मौसमलाई सत्रुका रुपमा लिने गरेको र जाडो मौसमनै नआए हुने भन्ने धारणा राख्ने गरेको बताए । उनका अनुसार बाथ रोग जुनसुकै मौसममा पनि हुने गर्दछ तर चिसो मौसममा बाथ रोगका लक्षणहरु जस्तै जोर्निहरु दुख्ने हातगोडाका औलाहरु दुख्ने तथा सुन्निने समस्या बढी देखिन्छ । ुहिजोआज चिसो मौसम सुरु भैसकेको छ चिसो वातावरण्ँमा त बाथ रोगीहरु अ´ बढी पिडित हुने भएकाले यो मौसममा बाथका विरामीहरुले चिसोबाट टाढा रहेमात्रै धेरै पिडा कम गर्न सक्दछन्ु डा। गुप्ताले भने ुत्यसकारण चिसोबाट जोगिन उनिहरुले बाक्लो लुगा लगाउने हातमा पाजा तथा खुट्टामा मोजा लगाएर शरिरलाई न्यानो पारेर राख्नु पर्दछ ।ु उनका अनुसार अरु मौसममा बिहानपख केही बेरसम्म मात्रै कक्रक्क हुने हातगोडाका जार्नीहरु जाडोमा भने घाम लागेको धेरै बेरसम्म पनि कक्रक्किएर अररो भइरहने र दुखिरहने गर्दछ । ुबाथका बिरामीमा हातगोडाका रक्त नलीहरु साँगुरिने समस्या पनि हुन्छ । यसरी रगतका नलीहरु साँगुरिने क्रम जाडोमा बढी हुन्छ जसले गर्दा चिसो पानी वा चिसो वस्तु छुँदा हातगोडाका औलाहरुको रंग परिवर्तन भई सेतो निलो र रातो हुन्छु डा गुप्ताले भने । उनले यस्ता मानिसले लामो समयसम्म चिसो पानीमा काम गर्दा रक्तनलि साँगुरिएर औँलाका टुप्पामा घाउ हुने तथा कहिलेकाहीँ रगतका नशाहरु अत्यन्तै साँगुरिएका रहेछन् भने रक्तसाचार पुर्णरुपमा बन्द हुन गई औँलै कालो हुने तथा मृत्यु समेत हुनसक्ने बताए ।
सामान्य अर्थ र परिभाÈामा बाथ रोग लागेपछि बिरामीको हात खुट्टाको बुढीऔँला गोलीगाँठा घुँडा र शरीरका अन्य जोर्नीहरु टन्केर दुख्ने बताइन्छ । यो बाथरोगको प्रारम्भिक लÔण्ँ पनि हो तर चिकित्सकहरुका अनुसार बाथरोगको समयमा नै उपचार नगरिए मुटु कलेजो आँखा छाला तथा नशामा पनि असर गर्न सक्दछ । डा गुप्ताका अनुसार बाथ रोगका सय भन्दा बढी प्रकार रहेका छन् । त्यसकारण बाथ विभिन्न कारणले लाग्न सक्दछ । ुकुनै बाथ वशाणुगत हुन्छन भने कुनै विभिन्न रोगका इन्फेक्सनबाट हुने गर्दछ साथै बाथ मानव शरिरको रोगसँग लड्ने क्षमतामा असर गर्दा पनि देखिने गर्दछु उनले भने ुबाथका धेरै प्रकार हुने भएकाले हामिले बिरामीलाई लक्षण अनुसार उपचार गर्ने गरेका छौँ ।ु उनले नेपालमा बाथलाई मुख्य चारभागमा बढेर बुझ्ने गरेको बताए । जस्मा हड्डि खाने बाथ मुटु खाने बाथ मासु खाने बाथ र नसा खाने बाथ पर्दछन । बाथ रोगको मुख्य समस्या भनेको नै जोर्नी सुन्निने वा दुख्ने हो । त्यसैले यसलाई जोर्नी दुख्ने वा जोर्नी सुन्निने रोग पनि भनिन्छ ।
चिकित्सकहरुका अनुसार धेरैजसो बाथरोगले जोर्नीको ि´ल्लीमा असर गर्छ । बाथरोग जोर्नीको हाडजोड्ने कनेक्टिभ टिस्यु मा लाग्छ । बाथरोगका बारेमा पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्समा एमविविएस अध्ययन गरीरहेका किरण आचार्यका अनुसार हालसम्म बाथरोग हुने निश्चित कारण्ँ पत्ता लागेको छैन । तर यो रोग १५ देखि २० प्रतिशत वंशाण्ँुगत कारण्ँ हुने गर्दछ । परिवारको सदस्यमा यो रोग भएमा पछिल्लो पीाडीहरुलाई हुने संभवना हुन्छ । घाटी पेट तथा ढाडमा हुने संक्रमण्ँले पनि बाथरोगको शुरुवात् हुन्छ । ुसामान्यतया बाथ रोगले शरीरका जोर्नीहरुमा प्रत्यÔ असर गर्दछ । जोर्नीहरु सुन्निने दुख्ने र चलाउन नसकिने बाथका प्रमुख लÔण्ँहरु हुन्ु उनले भने ुमांसपेसी लगायत शरीरका भित्रि अंगहरुलाई पनि बाथ रोगले सताउछ र मुटु कलेजो फोक्सो मृगौलालाई काम गर्नै नसक्ने अवस्थामा पुर् याउछ ।ु

नर्भिक अस्पतालका डा गुप्ताका अनुसार बाथ रोग जुनसुकै उमेरमा लाग्न सक्छ समयमानै यो रोगको उपचार नगरे कजिएर पिडादायी जीवन बिताउनु पर्ने बाध्यता हुन्छ । बाथ रोग जति पुरानो हुदै जान्छ त्यति नै यसले सताउछ र जोर्नी बिग्रने बाङ्गिने तथा अङगहरु कामै नलाग्ने हुन्छ । उनले बाथरोगका प्रकार धेरै हुने भएपनि धेरै जसोमा र् युमेट्वाइड बाथ देखिने गरेको जनाए । यो बाथले धेरैजसो चिसो र सेपिलो ठाउँमा बस्नेहरुलाई बढी आक्रमण्ँ गदर्छ । यो रोग औंला लगायतका साना साना हाडमा देखिने समस्या हो । यो वंशाण्ँुगत पनि हुन्छ । डा। गुप्ताका अनुसार र् युमेट्वाइड बाथ हुदा हात खुट्टा औंलाका जोर्नी नाडी पैताला गोलीगाँठा काँधका जोर्नी क्रमशः सुन्निदै जान्छन् । ज्वरो आउने खान मन नलाग्ने मांशपेशी दुख्ने तौल घट्ने रोगीलाई थकाई महशुस हुने र हातका औंलाहरु बाङगीएर ब्यक्ति कुरुप हुनसक्छ । यसका साथै विहान उठ्दा शरिका जोर्नी तथा हात गोडका औँला अररो हुन्छ । रोग बढ्दै जाँदा रक्तसाचार श्वासप्रश्वास स्नायु प्रणुलीमा असर गर्दै जान्छ । यसको रोकथाम तथा नियन्त्रण्ँका चिसोबाट बच्ने तथा सन्तुलित भोजन खाने गर्नुपर्दछ भने रोगीले उचित शारीरिक ब्यायाम गर्नुपर्छ । यसका अलाव जोर्नीमा भएको पिडा कम गर्न तथा थप जोर्नीमा असर नगरोस भनेर तातोले जोर्नी सेक्नुपर्ने डा। गुप्ताले बताए ।
बाथका जति धेरै प्रकार भएपनि सामान्यतया बाथका रोगिहरुमा जोर्नी सुन्निने दुख्ने बिहानको समयमा हात अररो हुने मुठ्ी बाँध्न गार् ह्रो हुने ढाड दुख्ने हीप दुख्ने सुतेको समयमा कोल्टे फेर्दा ढाड दुख्ने आँखा बारम्बार रातो हुने जस्ता लक्षण देखिन्छ । यसैगरी बाथरोगमा रक्तश्राव हनुे शरीरमा निलडाम देखा पर्ने छालामा निको नहुने डाबर आउने तथा महिलाहरुलाई मुखभित्र घाउ आउने तथा कपाल झर्ने जस्ता समस्या पनि देखिनसक्छ । डा। गुप्ताका अनुसार शरीरमा निलो डाबर देखिएमा तत्काल जाचाउनुपर्छ । ुबाथरोगबाट छुटकारा पाउन बाथरोगकै औÈधि खानुपर्छ दुखाई कम हुने अन्य कुनै पनि औÈधि सेवन गर्नुहुँदैनु उनले भने ुयस्ता औÈधिले दुःखाई कम गरे पनि २÷३ वÈ्रपछि अंगहरु खराब हुने औंला बांगिनेजस्ता समस्याहरु देखिन्छन् ।

ध्यान दिनुपर्ने कुराहरु
-जाडोमा चिसोबाट बच्न रोगिले न्यानो लुगा बाक्लो पाजा मोजा लगाएर शरिरलाई न्यानो पार्नुपछ ।्र
-प्रशस्त मात्रामा तातो झोल पदार्थ खाने गर्नुपर्छ ।
-जाडोको मौसमभरि बिहान बेलुकी मनतातो पानीमा नुन राखि पाँचदेखि १० मिनेटसम्म हातगोडाका औँलाहरु डुबाउने गरेमा औलाका जार्नीको दुखाई सुन्निने र अररोपनमा कमी आउनेछ ।
-सकेसम्म चिसो पानिमा हात गोडा पार्नुहुदैन । चिसो पानिमा छुदा हातगोडका औलाका रंगमा परिवर्तन हुने दुख्ने तथा झमझम भएर झन बढी पिडा थप्न सक्दछ ।
-शरिरका जोर्नीहरु कुहिना कुम गर्दन ढाड फिला घुँडा आदि भागमा तातो पानीको ब्यागले सेक्ने गरेमा फाइदा हुने गर्दछ ।
-रक्तश्राव भएमा शरिरमा निलडाम देखिएमा मुखमा घाउ आएमा छालामा डाबरहरु देखिएमा तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ ।

जाडोलाई शत्रु ठान्छन् दमरोगी

image

सानै उमेरदेखि दमको रोगबाट पीडित नुवाकोटका हरिकृष्ण तामाङ चिसो मौसम सुरु भएलगत्तै अत्यधिक खोकी लागेको र सास फेर्न गाह्रो भएको भन्दै उपचारका लागि राजधानीको वीर अस्पतालमा आए । चिकित्सकले उनको श्वासनली खुकुलो पार्ने औषधि ब्रोनकोडाइल र सास फेर्न गाह्रो भएपछि अक्सिजनको मात्रा बढाउन प्रयोग गरिने इन्हेलर्स प्रयोग गर्ने सुझाब दिएपछि उनी ती औषधि किनेर बुधबार घरतिर लागेका छन् ।

वीर अस्पतालमा औषधि किनिरहेको अवस्थामा फेलापरेका तामाङले भने, 'चिसोको एलर्जी र धेरै चुरोट पिएको कारण दम भएको रहेछ । डाक्टरले धुम्रपान नगर्न र चिसोबाट बच्न साथै औषधि खान सल्लाह दिनुभएको छ । डाक्टरले भनेअनुसार नै गर्छु ।'

उनका अनुसार झन्डै चार वर्षदेखि उनी यो रोगबाट बढी पीडित बनेका छन् । यो वर्ष विगतका वर्षभन्दा बढी खोकी लागेको र सास फेर्न धेरै गाह्रो भएपछि उनीले थप उपचारको लागि राजधानी आएको जानकारी दिए ।

चिसो मौसम सुरु भएलगत्तै अस्पतालमा दमको उपचारका लागि धेरै बिरामी आउन थालेको अस्पतालले जनाएको छ । अस्पतालको पछिल्लो दुई महिनाको तथ्यांकअनुसार दैनिक ३० देखि ४५ जनासम्म दमका रोगी उपचारका लागि आएका छन् ।

वरिष्ठ छातीरोग विशेषज्ञ तथा पूर्व स्वास्थ्य सचिव डा. दीर्घसिंह बमका अनुसार दम चिसोको एलर्जी, धुलो, धुवाँ तथा प्रदूषणको कारण हुने भएकाले जाडो मौसममा दमको समस्या बढी देखिने गरेको छ । 'चिसोका कारण हुने एलर्जीले गर्दा मानिसको श्वास नली खुम्चने गर्छ, जसका कारण मानिसलाई सास फेर्न अत्यधिक गाह्रो हुन्छ,' उनले भने, 'सो समयमा मानिसले तुरुन्त अक्सिजनको मात्रा बढाउने इन्हेलर्सको प्रयोग नगरेमा मृत्युसमेत हुन सक्छ ।' उनका अनुसार जाडो मौसममा अत्यधिक चिसो हुने तथा धुलो, धुवाँसमेत बढी हुने भएकाले दमका रोगी बढी देखिने गर्छन् ।

श्वासप्रश्वासमा बढी समस्या उत्पन्न हुने तथा खोकीले बढी सताउने भएकाले जाडो मौसमलाई दमका रोगीले शत्रुका रूपमा लिने गरेको चिकित्सकहरू बताउँछन् । 'यो मौसममा दमका रोगीले आफूलाई चिसोबाट बचाउन न्यानो लुगा लगाउने, तातो तथा तरल पदार्थ बढी खाने र धुलो धुवाँबाट बचाउने गर्नुपर्छ,' डा. बमले नयाँ पत्रिकासित भने । उनका अनुसार दम श्वासप्रश्वास प्रणालीमा हुने एउटा दीर्घ रोग हो । यो रोग लागेमा सास भित्र-बाहिर गर्ने नलीमा असर पर्छ र सास फेर्न अत्यधिक गाह्रो हुन्छ । धुलो, धुवाँ तथा चिसोको एलर्जीका कारण श्वास नली खुम्चने हुनाले दमका रोगी तथा अन्य साधारण मानिसले पनि यी कुराबाट जोगिनु पर्छ । 'एलर्जीका कारण श्वास नली बिस्तारै खुम्चँदै जान्छ,' बमले भने, 'जति बढी श्वास नली खुम्चने गर्छ, त्यति नै सास फेर्न गाह्रो हँुदै जान्छ र मानिसलाई खतरा हुन्छ ।'

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ३० करेाडभन्दा बढी मानिस दमबाट ग्रसित छन्, जसमा अधिकांश अविकसित र विकासोन्मुख राष्ट्रका छन् । दक्षिण एसियामा पछिल्लो समयमा मुटु रोगपछि मृत्यु हुने रोगमा दम नै पर्ने गरेको तथ्यांकले दोखाएको छ । नेपालमा पनि कुल जनसंख्याको ४० प्रतिशतभन्दा बढी मानिस श्वासप्रश्वास तथा फोक्सोको समस्याबाट ग्रसित छन् । जसमा २५ देखि ३० प्रतिशत मानिसमा दमको समस्या रहेको पाइन्छ ।

स्वास्थ्य सेवा विभागको वाषिर्क प्रतिवेदनअनुसार पनि नेपालको अस्पतालमा भर्ना भएका बिरामीमा दमका कारण मृत्यु हुने मानिसको संख्यामा अत्यधिक वृद्धि भएको छ । डा. बमका अनुसार पनि नेपालका अस्पतालमा उपचारका लागि आउनेमध्ये दमका रोगी धेरै नै रहने गरेका छन् ।

चिकित्सकका अनुसार कुनै पनि मानिसलाई एक वा दुईपटक खोकी लाग्यो तथा श्वासप्रश्वासमा केही समस्या देखियो भन्दैमा उसलाई दम नै भएको छ भन्न मिल्दैन । दम लागेको हो भनी प्रमाणित गर्न सर्वप्रथम रोगीलाई वर्षभरिमा दुईदेखि तीन महिनासम्म लगातार खकार निस्कने गरी खोकी लागेको हुनुपर्छ । रोगीलाई दुई वर्षसम्म लगातार खोकी र श्वासप्रश्वासको समस्या देखिइरहेको हुनुपर्छ । तर, लगातार खोकीको समस्या र सास फेर्न समस्या भइरहेको छ भने उसलाई दम लाग्न सुरु भइसकेको हुनसक्छ । डा. बमका अनुसार मानिसको फोक्सोभित्रका स-साना श्वास नली साँगुरिएर श्वासप्रश्वास कार्यमा असर गरी स्याँस्याँ हुने, राति सुत्न अफ्टेरो हुने, लगातार खोकी लागिरहने समस्या हुनु भनेको दम हुनु हो । 'श्वासनली खुम्चिँदा मानिसलाई चाहिने आवश्यक अक्सिजन शरीरभित्र जान सक्दैन,' उनले भने, 'जसका कारण शरीरलाई चाहिने मात्रामा अक्सिजन रगतमा पुग्न सक्दैन र लामो समयसम्म सो समस्या रहिरहेर उपचार नगराएमा त्यस्ता मानिसको मृत्यु हुने सम्भावना बढी हुने गर्छ ।'

दम रुघाखोकी, फोक्सोको रोग, औषधिको एलर्जी, भाइरस, ब्याक्टेरिया तथा विभिन्न जीवाणुको संक्रमणबाट हुने एलर्जी रोग हो । यसलाई श्वासनलीको कोमल मांशपेसीमा हुने एलर्जी रोगसमेत भन्ने गरिन्छ । यसको मुख्य कारण धुवाँ तथा अत्यधिक चिसो नै हो । 'लामो समयसम्म धुवाँ, धुलो तथा चिसोका सम्पर्कमा रहँदा त्यसले मानिसको श्वासनलीको कोमल मांशपेसीमा एलर्जी गराउँछ,' डा. बमले भने, 'एलर्जीका कारण ती कोमल मांशपेसी साँगुरो भई सास फेर्न निकै नै गाह्रो हुन्छ, जसले मानिसलाई अत्यधिक पीडा गराउने गर्छ ।' उनका अनुसार दम वंशानुगत पनि हुने गर्छ । परिवारको कुनै एक व्यक्तिमा यो रोग लागेको छ भने उसको छोराछोरी तथा आफन्तलाई यो रोग हुने सम्भावना बढी हुने गर्छ ।

दम के हो ?

मानिसको श्वासप्रश्वासमा देखिने समस्या अर्थात् सास फेर्दा स्याँस्याँ हुने तथा लगातार खोकी लाग्ने समस्या देखिने रोग नै दम हो । खासगरी दमको अवस्था देखिनको लागि पटकपटक वा लामो समयसम्म धुलो, धुवाँ वा चिसोको सम्पर्कमा आउनुपर्छ ।

नेपालमा उमेर ढल्किसकेका मानिसलाई र विशेषगरी महिलालाई बढी मात्रामा यो रोग लागेको पाइन्छ । खाना पकाउने काम गर्दा आउने दाउराको धुवाँको सम्पर्कमा बढी महिला आउने भएकाले महिलालाई यो रोगले छिटो समात्न सक्छ । यसका अलावा बिँडी, चुरोट, तमाखु आफैँ खानु वा परिवारमा कसैले खाने बानी भएमा यो रोग लाग्नु स्वाभाविकै हो ।

निको हुँदैन

एकपटक दमको रोगबाट ग्रसित मानिस सो रोगबाट जीवनभर मुक्त हुन सक्दैन । त्यसकारण पनि यसलाई दीर्घ रोग भन्ने गरेको डा. बमले जानकारी दिए । निको नहुने रोग भए पनि यसलाई औषधिको प्रयोगबाट नियन्त्रणमा ल्याउन तथा कम गर्न सकिन्छ ।

दमबाट ग्रसित मानिसको श्वासनली खुम्चिएको हुने भएकाले विभिन्न औषधिको माध्यमबाट सो नली फुलाउने गरिन्छ तर पहिलेको जस्तो अवस्थामा ल्याउन भने सकिन्न । औषधोपचारका माध्यमबाट रोगीलाई दमका कारण सास फेर्न अप्ठेरो भएकोमा सहज पार्न मात्र सकिन्छ ।

दमका १० तथ्य

  • विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरमा दमबाट ३० करोड मानिस ग्रसित छन् । दमका कारण नै बर्सेनी २५ लाख मानिसले ज्यान गुमाउनु परेको छ ।
  • तत्कालै दम नियन्त्रणका लागि कार्ययोजना बनाएर नलाग्ने हो भने आगामी १० वर्षमा यो रोगबाट मर्नेको संख्यामा अत्यधिक
  • वृद्धि हुनेछ ।
  • विकासको क्रमभन्दा बढी दमका रोगी हरेक देशमा बढिरहेका छन् । दमका कारण मृत्यु हुनेमा झन्डै ८० प्रतिशत गरिब तथा विकासोन्मुख राष्ट्रका छन् ।
  • दम श्वासनलीमा हुने दीर्घ रोग हो । यसले मानिसलाई श्वासनली साँघुरो बनाएर सास फेर्न नै आप्ठेरो पार्छ ।
  • दमको लक्षण एकै दिनमा धेरैपटक देखिने गर्छ । केही व्यक्तिलाई भने राति सुतेका वेलामा सास फेर्न अत्यधिक गाह्रो बनाउने तथा अत्यधिक खोकी लाग्ने गर्छ ।
  • दमको आवश्यक र पर्याप्त उपचार पुगेको स्थानमा यसका कारण हुने मृत्युमा कमी आएको छ ।
  • दम समान्यतया बच्चाहरुमा निकै नै बढी देखिने रोग हो ।
  • धुलो, धुवाँ र चिसोसँग बढी सम्पर्क हुने व्यक्तिलाई दम हुने गरेको छ ।
  • दम निको नहुने दीर्घ रोग हो । तर, उचित उपचार र औषधिको प्रयोगबाट यसलाई नियन्त्रण गर्न सकिन्छ ।
  • दमका रोगी गरिब र विकासोन्मुख राष्ट्रमा बढी भएकाले यसको नियन्त्रणका लागि ती राष्ट्रमा सहज र कम शुल्कमा औषधि तथा उपचारको व्यवस्था गरिनुपर्छ ।

दमका लक्षण

  • सास फेर्न असजिलो हुन्छ, सुक्खा खोकी लाग्छ र लगातार खकारसहितको खोकी लाग्छ
  • सुत्न अप्ठेरो भएर रातभरि बसिरहनुपर्ने हुन्छ
  • दमको सुरुवातमा रोगी छट्पटिन थाल्छ
  • रुघाखोकीको लक्षण देखिन सक्छ
  • मुटुको घड्कन बढेर जान्छ
  • छाती कस्सिएको महसुस हुन्छ र दुख्छ
  • सास लिनभन्दा बाहिर फाल्न अप्ठेरो हुन्छ
  • सास फेर्दा बाँसुरी बजेको जस्तो आवाज निस्कने तथा स्याँस्याँ हुने गर्छ
  • सुतेको वेलामा सास फेर्न गाह्रो हुन्छ
  • दम अत्यधिक भएको अवस्थामा हातखुट्टाको औंला तथा आँखामा निलो देखिन्छ

हानिकारक हुन सक्छ खुट्टा बाउँडिने समस्या

image

पिँडुला बाउँडिनसाथ भुइँमा सुतेर खुट्टालाई माथितिर फर्काई पैतालामा थिच्ने गर्नुपर्छ । खुट्टालाई तन्काएर पैताला थिच्यो भने तुरुन्त आराम मिल्छ । त्यसपछि उक्त मांसपेशीवरिपरि बिस्तारै मसाज गर्नुपर्छ । पिँडुला तथा तिघ्रामा डोरी तथा कपडाले बाँध्नु सट्टा रबरको ब्यान्ड अर्थात् ब्यान्डेजले हल्का बाँध्नु उत्तम हुन्छ ।

चाबहिलको हेल्पिङ हेन्ड्स अस्पतालमा गत साता खुट्टाको पिँडुला फर्किने -खुट्टा बाउँडिने) समस्याको उपचार गर्न आएका सिन्धुपाल्चोकका श्यामकृष्ण आचार्य चिकित्सकले पिडुला फर्किएपछि बेस्सरी कसेर बाँध्न नहुने बताएपछि एकपटक झस्के । आचार्यले सधैँ पिडुला फर्किएपछि डोरी तथा कपडाले बेस्सरी पिडुलामा बाँधेर सुत्ने गरेका थिए । चिकित्सकले पिँडुला बाउँडिएपछि खुट्टा कसेर बाँध्नु भनेको झन् खतरा बढाउनु हो भनेपछि उनले अबदेखि कहिल्यै खुट्टा बाउँडिएपछि कसेर नबाँध्ने बताएका छन् । दिनभरि घर तथा खेतको काममा व्यस्त हुने आचार्यको पिँडुला सुत्नेवेला दुख्ने, कटकटी खाने तथा हप्तामा दुईपटक पिँडुलाको मांसपेशी फर्किएर पीडा हुन गरेपछि उनी उपचारका लागि अस्पताल आएका थिए । 'सुत्ने वेला पिँडुला कटकटी दुख्न थालेपछि डोरीले बाँध्दा दुखाइ कम हुने, नबाँध्दा त सुत्नै सकिँदैनथ्यो, तर पिँडुला बाँध्दा खुट्टाको रक्तसञ्चारमा अवरोध भएर अरू समस्या पो देखिने रहेछ,' उपचार गरी फर्किंदै गरेका आचार्यले भने, 'अबदेखि खुट्टा बाउँडियो भने माथितिर पैताला फर्काएर मालिस गर्न लगाउँछु, तर डोरीले कसेर बाँध्दिन ।'

अस्पतालका चिकित्सकहरूका अनुसार दिनभरिको व्यस्तता र आराम अभावमा खुट्टा बाउँडिने समस्याबाट पीडितको संख्या बढ्दै गइरहेको छ । अधिकांश व्यक्तिमा यो रोग राति देखापर्ने भएकाले यसलाई राति उत्पन्न पीडादायी रोग पनि भन्ने गरिन्छ । अस्पतालका अर्थोपेडिक सर्जन डा. हेम लिम्बूका अनुसार खुट्टा बाउँडिँदा पिँडुलाको मासु फर्किएर अगाडि आउँछ र पिँडुलाको मांसपेशी भित्र सिल्का हानेजस्तो हुने र कटकटी दुख्ने गर्छ । 'खुट्टाको पिँडुला बाउँडियो वा दुख्यो भने धेरैले दुखाइ कम गर्न डोरी वा कपडाले बाँध्ने गर्छन्,' डा. लिम्बू भन्छन्, 'यसो गर्दा उनीहरूलाई पीडा कम हुने र निदाउन सहज हुने भए पनि डोरी वा कपडाले बाँध्दा खुट्टाको औँलासम्म रगत प्रवाह हुन नपाई नीलो हुन सक्ने र खुट्टा काम नलाग्ने हुन सक्छ ।'

उनका अनुसार यस्तो समस्या भएकाले सावधानी नपुर्‍याउँदा खुट्टै काम नलाग्ने भई काट्नुपर्ने अवस्था पनि आउन सक्छ । त्यसैले पिँडुला बाउँडिने तथा फर्किने वा दुखेको वेला हल्का ढंगले पिँडुलामा मसाज गर्नु लाभदायी हुन्छ । मसाज गर्दा दुखाइमा कमी आउनुसाथै आराम महसुस हुने भएकाले बिस्तारै मसाज गर्ने वा दुखेको भागलाई पानीमा भिजाउने आदि गर्नुपर्छ ।

खुट्टा बाउँडिने समस्या अकस्मात हुने गर्छ । यो समस्या दिनभरि काममा व्यस्त हुने, मांसपेशीको बढी प्रयोग, रगतको पर्याप्त प्रवाह नहुने वा नसामा समस्यालगायत कारणले हुने गरेको डा. लिम्बूले बताए । उनी भन्छन्, 'मांसपेशीको बढी व्यस्त हुने व्यक्ति जस्तै खेलाडी, हिमाल आरोही, दौडने व्यक्तिमा यस्तो समस्या देखिने गर्छ ।' उनका अनुसार मानिसको शरीरमा क्याल्सियम तथा इलेक्ट्रोलाइटसको मात्रा कम भएर तथा अन्य रोगका कारण पनि यो समस्या हुने गरेको छ ।

पिँडुला फकिर्ंदा तथा बाउँडिँदा अत्यधिक पीडा हुन्छ, तर त्यो केही क्षणका लागि मात्र हुन्छ । केही व्यक्तिमा एक वा दुई मिनेटसम्म हुन्छ भने केहीमा १० मिनेटसम्म हुने गर्छ । बाहिरबाट झट्ट हेर्दा केही नदेखिने, तर पीडितलाई भित्रभित्रै पीडा दिएर कमजोर तुल्याउने यो रोग उपचारका लागि हत्तपत्त अस्पताल जाने गरेको पाइँदैन । डा. लिम्बू भन्छन्, 'यस रोगको दुखाइ कसैलाई केही मिनेट हुने र बिस्तारै घट्दै जाने हुन्छ, तर कसैलाई भने लामो समयसम्मै सिल्का हानेजस्तो पिँडुला कटकटी दुख्ने हुन्छ । यसकिसिमको पीडाले विशेषगरी राति सुत्ने वेला सताउने र बिहान फेरि ठीक भएजस्तो महसुस हुने भएकाले बिरामी उपचार गर्न हेलचेक्य्राइँ गर्छन् ।' उनले दिनभरिको व्यस्ततापछि राति सुत्ने वेला खुट्टाको पिँडुला कटकटी दुखेको महसुस हुन्छ अथवा हातका तिघ्रा, औँला र पाखुरामा पनि दुखाइसँगै निद्रा बिथोलिन्छ भने हेलचेक्य्राइँ नगर्न सुझाव दिएका छन् । भन्छन्, 'यस्तो समस्या छ भने समयमै उपचार गर्नु आवश्यक छ अन्यथा यो समस्याले झन् जटिल रूप लिन सक्छ ।'

दुखाइका कारण

खुट्टाको पिँडुला फर्किएपछि अर्थात् बाउँडिएपछि त्यस क्षेत्रका मांशपेसी च्यातिन्छ । जसकारण्ा हात-खुट्टा दुख्नेलगायत विभिन्न समस्या देखापर्छन् । डा. लिम्बूका अनुसार काममा व्यस्त हुँदा शरीरलाई पर्याप्त पानी साथै अन्य खनिज पदार्थको कमी हुन पुग्छ । फलस्वरूप हात-खुट्टा कटकटी दुख्ने समस्या देखापर्ने गर्छ । यसकिसिमको दुखाइ अचानक हुन सक्छ । डा. लिम्बू भन्छन्, 'मांसपेशी आवश्यकताभन्दा बढी प्रयोग गर्ने व्यक्ति पीडित हुन्छन् ।' हात-खुट्टासँगै शरीरलाई पर्याप्त आरामको जरुरत पर्छ ।

सन्तुलित भोजनसँगै शरीरलाई क्याल्सियम, म्याग्नेसियम, पोटासियम आदिको आवश्यकता पर्छ । तर, काममा व्यस्त भइरहने व्यक्तिले स्वास्थ्यप्रति ध्यान दिन नपाउने भएकाले पनि यी विभिन्न समस्या देखापर्ने डा. लिम्बूले बताए । त्यस्तै, रगत प्रवाह हुने धमनीमा रोकावट आयो भने तथा ढाडको नसा च्यापियो भने पनि पिँडुला दुख्न सक्छ । खुट्टा झुन्ड्याएर वा खुम्च्याएर बस्दा तथा काम गर्दा रगत सुचारू रूपले प्रवाह हुन नपाई पिँडुला तथा तिघ्रा दुख्न सक्छ । यस्तो दुखाइ केही मिनेटपछि बिस्तारै कम हुँदै जान्छ । डा. लिम्बूले उच्च रक्तचाप भएका बिरामीले खाने औषधिले शरीरमा भएको पोटासियम मात्रामा कमी ल्याउने भएकाले यसकिसिमका बिरामीले पनि पिँडुला दुख्ने समस्या बेहोर्नुपरेको तथा मधुमेह, एनिमिया, थाइराइडबाट पीडितलाई पिँडुला दुखाइले सताउने गरेको बताए ।

गर्भवतीलाई बढी खतरा

पिँडुला कटकटी दुख्ने तथा फर्किने समस्याबाट गर्भवती महिला बढी पीडित भएको पाइएको छ । चिकित्सकहरूका अनुसार गर्भवती महिलामा हर्मोन उत्पादन बढी भइरहेको हुन्छ । जसले गर्दा शरीरमा थकान गराउने तथा मांसपेशीलाई तन्काउने गरेको हुन्छ । डा. लिम्बू भन्छन्, 'गर्भवती महिलामा प्रोजेस्टेरोन हर्मोन बढी उत्पन्न भइरहेको हुन्छ, त्यसले महिलाको मासंपेशी तन्काउने तथा कमजोर बनाउने भएकाले पिँडुला फर्किन सक्छ ।' उनले यस्तो वेला महिलाले मांसपेशीको मसाज गर्नुपर्ने सुझाव दिए । त्यस्तै, खुट्टा तुर्लुंग झुन्ड्याएर बस्ने वा उभिएर काम गर्ने व्यक्ति पिँडुला दुखाइबाट बढी पीडित हुने उनले बताए । उनका अनुसार यीबाहेक पिँडुला कटकटी दुख्ने, हातको पाखुरा-औँला दुख्ने आदि समस्याबाट पीडित र स्वास्थ्यको ख्याल नगरी काममा व्यस्त हुने व्यक्ति यो समस्याबाट पीडित छन् । बिहानदेखि साँझसम्म काममा व्यस्त हुने गृहिण्ाी र खेलाडी बढी हिँडडुल गर्नुपर्ने व्यक्ति पिँडुला दुख्ने समस्याबाट बढी पीडित छन् ।

यसो गर्दा राम्रो

पिँडुला तथा तिघ्राको मांसपेशी बाउँडिएर फर्किनासाथ डोरी तथा कपडाले बाँध्नु हँुदैन । यस्तो समस्या हुनासाथ भुइँमा सुतेर खुट्टालाई माथितिर फर्काएर पैतालामा थिच्ने गर्नुपर्छ । खुट्टालाई तन्काएर पैतालामा थिच्यो भने तुरुन्त आराम मिल्छ । त्यसपछि उक्त मांसपेशीवरिपरि बिस्तारै मसाज गर्नुपर्छ । पिँडुला तथा तिघ्रामा डोरी तथा कपडाले कसेर बाँध्नु सट्टा रबरको ब्यन्ड अर्थात् ब्यान्डेजले हल्का बाँध्नु उत्तम हुने डा. लिम्बूले बताए । यसैगरी, कहिलेकाहीँ मात्र दुख्ने पिँडुला तथा तिघ्राको पनि के उपचार गर्न जानु भनी यत्तिकै बस्नु हुँदैन । यसकिसिमको समस्याबाट पीडितले वेलैमा सम्बन्धित चिकित्सकसँग उपचार गराएर सावधानी अपनाउनु आवश्यक छ । यसका साथै दैनिक प्रशस्त पानी पिउने, मांसपेशीलाई आराम दिने, भिटामिन खाने, जुस तथा खनिज पदार्थको सेवन गर्दा पनि यो समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

अनिवार्य फिजियोथेरापी गरौँ

खुट्टाको मांसपेशी दुखेर बाउँडिनु तथा फर्किनु भनेको त्यस आसपासका मांसपेशी च्यातिनु हो । एकपटक समस्या भएपछि बारम्बार समस्या देखिने तथा च्यातिएको मांसपेशीका कारण थप जटिल समस्या आउने भएकाले चिकित्सकहरूले यस्तो समस्याबाट पीडितलाई अनिवार्य रूपमा फिजियोथेरापी गर्न भनेका छन् । डा. लिम्बूका अनुसार पिँडुला बाउँडिएर र्फकनु भनेकै त्यस आसपासका मांसपेशी तन्किएको तथा च्यातिएको अवस्थामा हुनु भएकाले तुरुन्त फिजियोथेरापी गर्न आवश्यक छ । उनले एकपटक फर्किएको पिँडुलाको मांसपेशी कमजोर अवस्थामा रहिरहने भएकाले सचेत रहन सुझाव दिएका छन् ।