Pages

Tuesday, April 3, 2012

१५ औषधि पसल कारबाहीमा

-प्रवीण ढकाल

काठमाडौं, २० चैत । आङ्खनो नाममा औषधि पसल दर्ता गरी अन्य व्यक्तिलाई सञ्चालन गर्न दिएको भन्दै सरकारले काठमाडौं शान्तिनगरको एउटा औषधि पसल बन्द गराएको छ भने अन्य १४ औषधि पसलविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएको छ । औषधि व्यवस्था विभागले अनुगमनका क्रममा अनधिकृत व्यक्तिले औषधि पसल सञ्चालन गरेको फेला पारेपछि शान्तिनगरमा रहेको अम्बिका मेडिकल हललाई बन्द गराएको हो ।
अम्बिकाकुमारी मण्डलको नाममा दर्ता भएको सो पसल अन्य व्यक्तिले गैरकानुनी रूपमा सञ्चालन गरेको पाएपछि पसलको दर्ता खारेज गरी बन्द गराइएको विभागका फार्मेसी निरीक्षक श्याम अधिकारीले बताए । सरकारी नियमअनुसार औषधि पसल फार्मेसीमा प्रमाणपत्र तह उत्तीर्ण गरेको र औषधि व्यवस्था विभागले सञ्चालन गरेको अभिमुखीकरण तालिम प्राप्त गरेको व्यक्तिले मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था छ । तर, विभागले अनुगमनका क्रममा फार्मेसी पढेका र तालिम लिएकाले आङ्खनो नाममा पसल दर्ता गराएर अन्य व्यक्तिलाई सञ्चालन गर्न दिएको फेला पारेपछि कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
विभागले अन्य व्यक्तिलाई पसल सञ्चालन गर्न दिएका व्यावसायीहरूलाई पहिलोपटकका लागि स्पष्ट जवाफसहित विभागमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ । ‘गैरकानुनी रूपमा अन्यलाई पसल चलाउन दिएका व्यावसायीलाई विभागमा स्पष्टीकरणका लागि बोलाएका छौं,’ निरीक्षक अधिकारीले भने, ‘स्पष्टीकरणमा नआएमा वा स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नभएमा व्यापारीको दर्ता खारेज गर्ने र पसल बन्द गर्नेछौं ।’
विभागले अनुगमनका क्रममा पोखराका प्रशुनकुमार सुन्दरको नाममा रहेको पालुङटार फार्मेसी, पोखराकै जमुना चापागार्इंको नाममा रहेको जमुना मेडिकल हल, तनहुको सचिता बस्नेतको दाहाल हेल्थ कयर एन्ड रिसर्च सेन्टर प्रालि काठमाडौंका मिरा पौडेलको संघर्ष मेडिकल हल अनधिकृत व्यक्तिले चलाएको पाएको थियो ।
यस्तै शान्तिनगरका पाइलट थापाको युगज्योति फार्मेसी, शान्तिनगरकै धिरेन्द्रबहादुर भाटको दीप फार्मेसी, पेप्सिकोलाका वासुदेव खत्रीको क्यु प्लस फार्मेसी, बानियाटार, दोलखाका सुदीप खत्रीको मैनापोखरी मेडिसिन सेन्टर, सिन्धुपाल्चोककी अजिता ढकालको अजिता फार्मेसी, लामोसाघुकी मनिषा श्रेष्ठको कमल फमार्, तातोपानीकी सिर्जना कार्कीको सुनिल फर्मा इर्खु, सुनिता अर्यालको निलम फर्मा चौतारा, पर्वतको तोयानाथ पौडेलको अन्नपूर्ण मेडिसिन सर्भिस तिलाहार र कपिलवस्तुको माधव भण्डारीको भण्डारी फार्मेसी तौलिहवा गैरकानुनी रूपमा सञ्चालनमा रहेको फेला पारेको हो ।

अटिज्मसुस्त मनस्थिति होइन, बौद्धिक अपांगता

-प्रवीण ढकाल

तपाईंका बच्चाहरू परिवार वा अन्य व्यक्तिसग घुलमिल हुन रुचाइरहेका छैनन् ? एक्लै बस्ने, निर्जीव वस्तुहरूसग बढी खेल्न मन पराउने, आङ्खनै पाराले बोलिरहने अनि टोलाउने गरिरहेका पो छन् कि ? तपाईंमा सोचाइ आउन सक्छ– पक्कै मेरो बच्चा सुस्त मनस्थितिको भयो । तर, यस्तो सोच्नुभयो भने तपाईं गलत हुनुहुनेछ । सिर्जनशील र जिज्ञासु हुनुपर्ने उमेरमा बालबालिकाहरू विनाकारण्ँ हास्ने, रुने, चिन्तित हुने, ढिपी कस्ने र अन्य व्यक्तिबाट टाढा रहने गर्न थाले भने उनीहरूलाई बौद्धिक अपांगता भएको हुन सक्छ, सुस्त मनस्थिति होइन । चिकित्सकहरूका अनुसार यस्तो अपांगतालाई अटिज्म भनिन्छ ।
चितवन मेडिकल कलेजका मनोरोग विशेषज्ञ डा. सिपी सेढाई नेपालमा अटिज्मका बारेमा धेरैलाई जानकारी नहुदा बच्चामा यस्ता समस्या देखियो कि ठूलै मानसिक रोग लाग्यो वा सुस्त मनस्थिति भयो भन्ने भ्रम रहेको बताउछन् । अटिज्मले गाजेका ग्रामीण्ँ भेगका बालबालिकालाई अभिभावकले दाम्लोले बाध्ने, थुन्ने तथा झरफुकसमेत गर्ने गरेको उनले देखेका रहेछन् । उनका अनुसार ‘अटिज्म’ दिमागको विशेÈ किसिमको अवस्था हो ।
नेपालमा पनि चिकित्सकहरू अब विस्तारै यो मानसिक समस्याबारे जनचेतना बढाउन लागिपरेका छन् । यसबारे धेरैलाई जानकारी नभएकाले चेतना पैmलाउने उद्देश्यले हरेक वर्ष विश्वभरि नै अप्रिल २ का दिन ‘अटिज्म दिवस’का रूपमा मनाउने गरिएको छ । नेपालमा विगत दुई वर्षदेखि यो दिवस मनाउने गरिएको डा. सेढाईले बताए । अटिज्म के कारणले हुन्छ भन्नेबारे चिकित्सकहरूले पनि आजसम्म निश्चित कारण पत्ता लगाउन सकेका छैनन् । हालसम्म बिरामीको अवस्थाका आधारमा यो वंशानुगत कारणले हुने र कहिलेकाही वातावरणीय र मनोवैज्ञानिक कारण पनि हुन सक्ने पक्ष औल्याइएको छ । ‘मुख्यतः आनुवंशिक र जैविक कारणहरू जस्तै– हाडनातामा, मस्तिष्कका रोगहरू, छारेरोग, जन्मजात विकृत आदिमा यो समस्या बढी देखिन्छ’ –डा. सेढाईले भने ।
चिकित्सकका अनुसार यस्ता बालक अति चकचक गर्ने वा निष्क्रिय रहने, सोचेर–बुझेर खेल्न नसक्ने, अभिभावक र शिक्षकको आखामा आखा जुधाएर कुरा नगर्ने, अरू केटाकेटीस“ग नखेल्ने वा एक्लै खेल्ने, बोलाउदा कान नसुनेजस्तो गरिदिने, असुहाउदो तरिकाले हास्ने, मन परेको वस्तु वा खेलौना माग्न नसक्ने, शब्द वा वाक्य दोहोर्‍

याइरहने, कुनै वस्तु घुमाइरहने, चोटपटकप्रति वास्ता नगर्ने, सामान्य शिक्षण्ँविधिबाट नसिक्ने, अरूले छदा वा अगालो हाल्दा मन नपराउने, कुनै स्थानमा उभिएका बेला हल्लिइरहने, हात–खुट्टा नचाइरहने स्वभावका हुन्छन् । ‘यस्ता बच्चाको विकासकाल अर्थात् जीवनको सुरुका पाच वर्षमा मनोवैज्ञानिक क्षमतामा गडबडी देखा पर्छ’, डा. सेढाईले भने– ‘यस्ता बालकमा सामाजिक सम्बन्धको प्रभाव र बोली अति कम हुन्छ भने बालिकामा बोली र शरीरको चालमा विशेष गडबडी हुने गर्छ ।’ उनका अनुसार यो समस्या केटीका तुलनामा केटामा बढी देखिन्छ । केटीहरूमा दुई वर्षको उमेरपछि देखापरेमा धेरैमा काम्ने, मूच्र्छा पर्नेजस्ता गम्भीर लक्षण पनि उत्पन्न हुन्छन् ।
बच्चाले आफन्त र अरू जोसुकै भए पनि सम्बन्ध छुट्याउन गाह्रो भई प्रतिक्रिया नजनाउने, बोलीको विकास कम वा हुदै नहुनाले अरू मानिसस“ग कुराकानी गर्न नसक्ने, एउटै शब्द बारम्बार दोहोर्‍

याउने, आफूलाई ‘तिमी’ र अरूलाई ‘म’ भनेर सम्बोधन गर्नेजस्ता लक्षण धेरै मात्रामा देखाउने चिकित्सकको भनाइ छ । बच्चाको व्यवहार र बोली एउटै र दोहोरिने खालको हुन्छ । एकै किसिमले हात चलाउने, एउटै खालको कपडा, खाना वा व्यवहार मात्र मन पराउछन्, नया कुरा सहजै स्विकार्दैनन् । कहिलेकाही“ एउटै चक्करमा घुमिरहने, एक तमास हात हल्लाइरहने, टाउको चलाइरहने वा आफैलाई टोकेर, टाउको ठोकेर हानिसमेत गर्न सक्छन् ।
डा. सेढार्इं लक्षण्ँ देखिनेबित्तिकै प्रशिक्षण्ँ दिए बालबालिकालाई पुरानै अवस्थामा ल्याउन सकिने बताउछन् । ‘अटिज्मले गाजेका व्यक्तिलाई परामर्शदाता, मनोविज्ञ, मनोचिकित्सकले सामूहिक तरिकाले अन्तर्वार्ता–अध्ययनलगायत विभिन्न विधि अपनाई सुधार्न सकिन्छ,’ डा. सेढाईले भने । यस्ता बालबालिकालाई दाम्लोमा बा“ध्ने तथा थुन्ने गर्दा पछि झन् ठूलो समस्या आउने उनी बताउछन् । ‘ठूलो भएपछि अलि फरक हुने, सामाजिक व्यवहार गर्न नरुचाउने तथा एकलकाटे खालको हुने भएकाले समयमा नै तालिम दिएर व्यवहारमा सुधार ल्याउनुपर्छ,’ उनी सुझाउछन्– अहिले बजारमा औषधि पनि आएकाले चिकित्सकको परामर्शअनुसार अवस्था हेरेर सेवन गर्न सकिन्छ ।’

Tuesday, March 27, 2012

आयो गर्मी फैलियो डिहाइड्रेसन

-प्रवीण ढकाल

केही सातायता राजधानीलगायत देशैभरि तापक्रम वृद्धि हुदै गएको छ । यससगै मानिसलाई काम गर्न जागर नआउने, शरीर सुख्खा हुने, टाउको दुख्ने, हातखुट्टा बाउडिने, मांसपेशी दुख्नेजस्ता समस्या देखिन थालेको छ । गर्मीको सुरुआतसगै अस्पताल तथा स्वास्थ्यसंस्थामा यस्ता समस्या लिएर आउनेको सङ्ख्या पनि वृद्धि भइरहेको चिकित्सकहरू बताउछन् ।
गर्मीसगै शरीरमा पानीको मात्रा कम हुदै जानुलाई डिहाइड्रेसन भनिने चिकित्सकहरू बताउ छन् । अहिले यो समस्या बढ्दै गएको वीर अस्पतालका वरिष्ठ चिकित्सक डा. भूपेन्द्र बस्नेतले बताए । उनका अनुसार यसका कारण खान मन नलाग्ने, टाउको दुख्ने, वाकवाक लाग्ने, बेहोस हुने, कमजोर हुने, अचानक रिगटा लाग्ने, मांसपेशी, हातखुट्टा बाउडिनेजस्ता समस्या आउछन् । ‘तापक्रमका कारण मानिसको शरीरबाट पानीको मात्रा धेरै बाहिरिन्छ’, डा. बस्नेतले भने, ‘आवश्यक पानीको मात्रा नहुदा शरीरका कोष सुख्खा हुदै जान्छन्, आखा गाडिदै जाने, जलवियोजन भएर मानिस बेहोस हुने पनि हुन सक्छ । मानिसलाई पेट तथा पाचनप्रणालीसम्बन्धी समस्याले पनि अत्यधिक सताउन सक्ने उनले बताए ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार गर्मीको तातोसगै धेरैमा डिहाइड्रेसन समस्या सुरु हुन्छ । यस्तो अवस्थामा स्वास्थ्यको बिशेष ख्याल राख्नु जरुरी छ । सङ्गठनले डिहाइड्रेसनबाट बच्न प्रशस्त मात्रामा पानी पिउन सुझाएको छ । ‘स्वस्थ रहन मानिसले प्रशस्त मात्रामा स्वच्छ पानी पिउनुपर्छ’, सङ्गठनले आङ्खनो अध्ययन प्रतिवेदनमा भनेको छ– ‘दैनिक चार लिटर शुद्ध पानी पिउने बानी बसाल्न सके पाचनसम्बन्धी अधिकांश रोगबाट मुक्त हुन सकिन्छ भने शरीरका अन्य अङ्गमा हुने समस्याबाट पनि बच्न सकिन्छ ।’ चिकित्सकहरूका अनुसार आवश्यक मात्रामा पानी नपिउदा मस्तिष्क खुम्चिन थाल्छ र शरीरमा समस्या उत्पन्न हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले गरेको अनुसन्धानले पनि शरीरमा पानीको कमी हुदा मस्तिष्कको कामकाजमा असर गर्ने पत्ता लगाएको छ । ‘पानीको कमीका कारण्ँ मस्तिष्कले सूचना बुझ्न र त्यसअनुसारको प्रतिक्रिया दिनसमेत बढी समय लगाउछ र समस्या उत्पन्न गराउछ’ सङ्गठनले गरेको अनुसन्धानमा उल्लेख छ ।
धेरैजसो मानिस शरीरलाई चाहिने पर्याप्त पानी पिउदैनन् र यस्ता समस्यामा पर्ने गर्छन् । श्वासप्रश्वास, काम गर्दा, हिडडुल गर्दा, पसिना, पिसाबलगायत माध्यमले मानिसको शरीरबाट पानी बाहिरिने गर्छ । डा. बस्नेतका अनुसार पानी पिइरहनुपर्छ भन्ने ज्ञान भएकाहरूले पनि हेलचेक्र्याइ“ गर्ने गरेका छन् । ‘दिनभरि कार्यालय वा घरमा काम गर्दा अधिकांश मानिस प्यास नलाग्दासम्म पानी नै पिउ“दैनन् । खाना खाने बेला मात्र पानी पिउने पनि धेरै छन्’, डा. बस्नेतले भने– ‘यसले मानिसमा जलवियोजन भई पेट, आन्द्रा, मिर्गौलासम्बन्धी तथा अन्य गम्भीर समस्या आउने गरेका छन् ।’ उनका अनुसार डिहाइड्रेसनले मानिसमा धेरै रोग निम्त्याउने भएकाले प्रशस्त मात्रामा पानी पिउनु नै उत्तम छ । पानी धेरै भएका फलफूल काक्रा, खरबुजा, भुइकटहर, मुला खानु राम्रो हुन्छ । ‘गर्मीमा आउटडोर एक्टिभिटिज धेरै हुन्छ,’ डा. बस्नेतले भने, ‘जसका कारण पानी बाहिरिदा मान्छेमा पखाला लाग्ने तथा उल्टी हुने समस्या पनि बढी देखिन्छ ।’
चिकित्सकहरूका अनुसार अत्यधिक गर्मीमा बस्नेले तिर्खा लागेपछि मात्र पानी पिउला भनेर बस्नुहुदैन । तिर्खा लाग्दासम्म शरीरको पानी पूरै सिद्धिसकेको हुने भएकाले समय–समयमा पानी पिइराख्नुपर्छ । गर्मीमा जुसलगायत तरल पदार्थ प्रशस्त मात्रामा पिउनु पनि उत्तम हुने चिकित्सकहरू सुझाउ छन् ।
डिहाइड्रेसनबाट बच्न
– घामबाट जोगिने
– शीतलबाट हिड्ने र छाता ओढ्ने
– पानी तथा झोल पदार्थ प्रशस्त पिउने
– चिया, कफी र अल्कोहल नखाने
– सकेसम्म मौसमी फलफूल र तरकारी मात्र खाने
– बढी चिल्लो, पिरो र नुनिलो खाना नखाने
– बासी खाना नखाने
– चिसोपानीले नुहाउने
– समय–समयमा निधार र घाटीमा चिसो कपडा राख्ने
– खाना खान रुचि नभए जबरजस्ती नखाने
– यातायातमा उभिएर र कोचिएर यात्रा नगर्ने
– शरीर सुख्खा भयो भने चिकित्सककको सल्लाह लिने
– घरमा जीवनजल अनिवार्य रूपमा राख्ने
– पातलो, खुकुलो र हावा छिर्ने खालको कपडा लगाउने

Monday, March 26, 2012

धुलो र गर्मी, जोखिममा आँखा

-प्रवीण ढकाल

गर्मी मौसम सुरु भइसकेको छ । काठमाडौँका सडकहरू धुलाम्मे छन् । हावाहुरीका कारण धुवाँ अनि धुलो आँखाभित्र छिरेर तिरीखिरी खेलाउँछन् । यही मौसममा तपाईं कतै आँखाको समस्याबाट पीडित हुनुभएको त छैन ? डिल सुन्निने, चिलाउने र चिप्रा लाग्ने तथा आँखा रातो हुने समस्या यो मौसममा देखिन सक्छन् । चैत महिनामा चल्ने हावाहुरीले बढाउने प्रदूषण र तापक्रममा आएको वृद्धिले आँखा पाक्ने समस्या निम्त्याइरहेको चिकित्सकले बताएका छन् ।
बिपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्र, शिक्षण अस्पतालका चिकित्सक डा आनन्दकुमार शर्माका अनुसार यति बेला एलर्जिक कन्जन्टिवाइटिसका बिरामी निकै बढिरहेका छन् । एलर्जिक कन्जन्टिवाइटिस भनेको आँखाको सबैभन्दा बाहिरी पत्र सुन्निनु र बिस्तारै पाक्दै जानु हो । आँखा पाक्ने समस्या भाइरस, ब्याक्टेरिया वा एलर्जीको कारणले हुन्छ । कन्जन्टिवाइटिसचाहिँ सौन्दर्य प्रसाधन, अत्तर, औषधि, धुलो, धुवाँ र प्रदूषणले गर्दा हुन सक्छ ।
‘उपत्यकामा उसै त प्रदूषण छ, झन् अहिले सडक फराकिलो बनाउँदा भत्काइएका बाटो पुनर्निर्माण नहुँदा अत्यधिक धुलो उड्ने गरेको छ’, डा.शर्माले भने, ‘धुलोमा आँखालाई असर गर्ने कण हुने भएकाले बिरामीको सङ्ख्या बढिरहेको छ ।’ उनका अनुसार धेरैजसो मोटरसाइकल चालक यसबाट पीडित छन् ।
त्यसो त आँखा पाक्ने रोग जुनसुकै समयमा पनि लाग्न सक्छ तर हावाहुरी चल्ने समयमा यो जोखिम झनै बढ्छ । डा.शर्माले गर्मी महिनामा पानीको माध्यमबाट भाइरस तथा ब्याक्टेरियाको सङ्क्रमण जताततै बढ्ने सम्भावना रहेकाले बढी सतर्कता अपनाउनुपर्ने बताए । भने– ‘महिला तथा बालबालिका र मोटरसाइकल चढ्ने मानिसलाई सङ्क्रमणको सम्भावना तीव्र रहेकाले यो वर्गले खास सतर्कता अपनाउनुपर्छ ।’
रोग लाग्नुभन्दा पहिला आँखा चिलाउने, आँसु आइरहने र आँखा रातो हुने लक्षण देखापर्छ । लक्षण देखिनासाथ उपचार गरे थप समस्याबाट बच्न सकिन्छ । ‘औषधि पसलमा गएर जथाभाबी औषधिचाहिँ हाल्न हुँदैन’, डा. शर्माले सचेत गराए । रातो हुने, दुख्ने तथा चिप्रा लाग्दैमा मात्रै आँखा पाकेको भन्न नमिल्ने उनले बताए । ‘अरू कारणले पनि यस्तो लक्षण देखिएको हुन सक्छ । विभिन्न कारणले पाक्ने भएकाले सबै अवस्थामा एकै खालको औषधि काम लाग्दैन’, उनले भने– ‘ब्याक्टेरिया, भाइरस, एलर्जी तथा फङ्गसका कारणले पाकेको आँखाको उपचारमा छुट्टै औषधि चाहिन्छ, जुन औषधि पसलेलाई थाहा हुँदैन ।’ औषधि पसलेले सबैलाई एकैखालको औषधि दिने गरेका कारण आँखामा झन् ठूलो समस्या निम्तिने उनले देखेका छन् । ‘लामो समयसम्म कडा खालको औषधि प्रयोग भइरहेको छ र वास्तविक उपचार गरिएको रहेनछ भने आँखाको ज्योतिसमेत गुम्न सक्ने खतरा हुन्छ’ –उनले भने
कारण
चिकित्सकका अनुसार आँखा विभिन्न कारणले पाक्छ । बढीजसो चाहिँ धुलो, धुवाँ, प्रदूषण, दूषित पानी तथा सरसफाइको कमी, भाइरस, ब्याक्टेरिया र फङ्गसका कारणले नै हो । यसबाहेक गलत औषधिको प्रयोग, रासायनिक पदार्थसँगको संसर्ग, विषालु कीराको टोकाइ तथा सौन्दर्य प्रसाधन, अत्तर र अन्य औषधिको साइड इफेक्ट पनि अन्य कारण हुन सक्छन् । डा शर्माका अनुसार भाइरस वा ब्याक्टेरियाबाट हुने यो रोग एकजनालाई हुनासाथ पूरा परिवारमा फैलिने जोखिम अत्यधिक हुन्छ । त्यसैले यस्ता बिरामीले सार्वजनिक स्थल, भिडभाड, विद्यालय, कलेज तथा मानिसको जमघटमा नजानु राम्रो हुन्छ । एलर्जीबाट हुने सङ्क्रमणमा भने यो सम्भावना कम हुन्छ ।
सतर्कता
सरसफाइको कमी तथा प्रदूषण र दूषित पानीका कारण आँखा पाक्ने भएकाले व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ । धुलो, धुवाँबाट आउनासाथ सफा पानीले आँखा पखाल्नुपर्छ । आँखा बिझाउने, रातो हुने, आँसु आउने, कचेरा निस्किने, आँखाको कोस सुन्निने, उज्यालोमा हेर्न अप्ठ्यारो हुने र सामान्य ज्वरोसमेत आउने लक्षण देख्नासाथ चिकित्सककामा गइहाल्नुपर्छ ।
पाकेका बेला चिलायो भन्दैमा आँखा माड्न हुँदैन । यस बेला सफा रुमालको प्रयोग गर्नुपर्ने, कालो चस्मा लगाउनुपर्ने डा. शर्माले बताए । ‘यो मौसममा विशेष गरी मोटरसाइकल चढ्नेले भाइजर चस्मा अनिवार्य लगाउनुपर्छ, सकेसम्म धुलो–धुवाँ हुने ठाउँमा जानु हुँदैन । जानै परे आँखा जोगाउने उपाय गरेर मात्र जानुपर्छ’ –उनले भने ।

Thursday, March 22, 2012

उपत्यकामा फेरि बर्ड फ्लु

-प्रवीण ढकाल

काठमाडौ, ८ चैत । उपत्यकामा फेरि बर्ड फ्लु देखिएको छ । ललितपुरको सैंबु गाविसमा रहेको धीरेन गुरुङको कुखुरा फर्ममा बर्ड फ्लु देखिएको हो ।
गुरुङको कुखुरा फर्ममा रहेका कुखुराको प्रारम्भिक परीक्षणले बर्ड फ्लु पुष्टि भएपछि बुधबार नै विशेषज्ञ चिकित्सकसहितको टोलीले फर्ममा रहेका कुखुरा र अन्डा नष्ट गरेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले भैसेपाटीलाई बर्ड ङ्खलु सङ्क्रमितक्षेत्र घोषणा गरी गुरुङको फर्ममा रहेका तीन सय ८० कुखुरा र एक हजार ६ सय ३० अन्डा नष्ट गरेको हो ।
फर्ममा रहेका कुखुरा चार दिनदेखि झोक्राउने, दाना नखाने तथा मर्नेलगायत समस्या आएपछि गुरुङले कुखुराको प्रारम्भिक परीक्षण गराएका थिए । परीक्षणले बर्ड फ्लु पुष्टि गर्दासम्म फर्ममा रहेका ६ हजार कुखुरामध्ये तीन सय ८० वटा मात्र जीवित थिए । बुधबार पशु स्वास्थ्य निर्देशनालयबाट गएको टोलीले जीवित सबै र पहिले नै मरिसकेका कुखुरालाई वैज्ञानिक तवरले नष्ट गरेको छ ।
निर्देशनालयका वरिष्ठ पशु चिकित्सक डा. नारायण घिमिरेका अनुसार सङ्क्रमित क्षेत्रमा चौबिस घन्टासम्म निगरानी गरिनेछ । ‘सबै कुखुरा तथा अन्डा विषादीको माध्यमबाट मारेर खाडल खनी पुर्दै नष्ट गरेकाछौं,’ उनले भने ।
बर्ड ङ्खलु रोग नियन्त्रण आदेश ०६४ अनुसार जीवाणु देखिएको १० किलोमिटर वरपरको क्षेत्रलाई निगरानीमा राखिन्छ भने तीन किलोमिटर वरपरको क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गरिन्छ । यसका लागि कुखुरा मार्न ‘र्‍यापिड रेस्पोन्स टिम’लाई तयारी अवस्थामा राखिन्छ । बुधबार सोही टिमले कुखुरा र अन्डा नष्ट गरेको हो ।
सरकारले नेपाललाई बर्ड फ्लु(एच५एन१) मुक्त राष्ट्र घोषणा गरेको पाच महिना नपुग्दै गत मङ्सिरमा उपत्यकामा पहिलोपटक बर्ड फ्लु देखिएको थियो । सरकारले गत २९ असारमा नेपाललाई बर्ड ङ्खलुमुक्त राष्ट्र घोषणा गरेको थियो । तर, त्यसयता उपत्यकामा लगातार तीनपटक बर्ड फ्लु देखिएको छ । काठमाडौ उपत्यकामा पहिलोपटक लोकन्थलीस्थित मनोहरा खोलानजिकको सुकुम्बासी बस्तीमा चन्द्रबहादुर तामाङले पालेको कुखुरा र हासमा बर्ड फ्लु भेटिएको थियो । त्यसपछि फर्पिङ र डल्लुमा तथा कागमा समेत बर्ड फ्लु देखिएको छ ।
स्वास्थ्य सेवा विभाग, पशु स्वास्थ्य निर्देशनालय, एभियन एन्फ्लुएन्जा नियन्त्रण महाशाखाका अनुसार उपत्यकामा बर्ड फ्लु पटक–पटक देखिनुमा बसाइ–सराइ गरी आउने चरालाई शङ्का गरिएको छ । महाशाखाका एक कर्मचारीका अनुसार बर्डफ्लु मुक्त राष्ट्र घोषणा गरे पनि बसाइ सरेर आउने चरा तथा भारतसितको खुला सिमानाका कारण नेपालमा पटक–पटक बर्डफ्लुको समस्या आएको हो ।
सन् १९९७ मा हङकङमा यो रोग पंक्षीबाट मानिसमा सरेको प्रमाणित भएको थियो । यो रोग युरोप हुदै विश्वव्यापी बनेको छ । नेपालमा भने पहिलोपटक सन् २००९ मा बर्ड ङ्खलु भेटिएपछि १० हजारभन्दा बढी कुखुरा तथा हास मारिएका थिए ।
बर्ड ङ्खलुका कारण मारिएका कुखुराका धनीलाई राज्यले क्षतिपूर्ति दिने व्यवस्था छ । लेयर्स जातका कुखुराका निम्ति प्रतिकुखुरा पाच सय रुपैया, बोइलर्सलाई दुई सय ५० र अन्य जातकालाई सय रुपिया क्षतिपूर्ति दिने नियन्त्रण आदेशमा उल्लेख छ ।

स्वास्थ्य राज्यमन्त्रीको गफ “एक महिनादेखि पिएकै छैन”

प्रधानमन्त्रीले थर्काए, राज्यमन्त्री काँपे

-प्रवीण ढकाल, रामहरि पाण्डे

स्वास्थ्य राज्यमन्त्री सरोजकुमार यादव

मदिरा पिएर किन अस्पताल जानुभो ?
मैले हिजो मदिरा पिएकै थिइनँ । यो मिडियाले गरेको अनावश्यक प्रचारबाजी मात्र हो । सासूको ब्रेन ह्याम्ब्रेज भएकाले वीरगन्जबाट उपचारका लागि वीर अस्पताल ल्याइएको थियो । तर, डाक्टरले राम्रो उपचार नगरेको थाहा पाएपछि त्यसबारे बुझ्न वीरमा गएको हुँ । बिरामीको उपचार गरेको नपाएपछि ड्युटीमा रहेका डाक्टरहरूसँग नम्र भएरै कुरा गरिरहेको थिएँ । त्यत्तिकैमा मिडियाका मान्छे आएर अनावश्यक प्रश्न गर्न थाले । मलाई रिस उठ्यो । यद्यपि, मैले मिडियाका मान्छेलाई ‘तपार्इंहरूको यहाँ काम छैन जानुस्’ भनेर रामै्र मुखले भनेको थिएँ ।
जाड नखाएको भन्नुहुन्छ तर तपाईंको बोली लर्बराएको र सास गन्हाएको सबैले थाहा पाए नि ?
होइन, मेरो बोली नै त्यस्तै हो । एउटा मन्त्रीजस्तो मान्छे अस्पतालजस्तो संवेदनशील ठाउँमा रक्सी खाएर जान्छ ?
तपाईंले पत्रकारलाई पनि अपशब्द बोल्दै आक्रमण गर्नुभएको होइन र ?
कहाँ हुनु, मैले कसैलाई कुटेको छैन । अस्पतालमा आफन्तलाई भेट्न गएको मान्छेले कतै सञ्चारकर्मीलाई कुट्दै हिँड्छ ? मैले त त्यहाँ आएका पत्रकारले मेरो फोटो खिच्न लागेकाले फोटो नखिच भन्दै रोकेको मात्र हुँ ।

मैले कसैलाई कुटेको छैन र अपशब्द बोलेको पनि छैन ।
तपार्इंले सञ्चारकर्मीलाई कुट्दा हामी त्यही थियौ, एकजनालई गतिलो झापड हान्नुभएको होइन ?
त्यो झापड होइन, रिसको झोकमा क्यामेरा तान्न जाँदा हल्का लागेको हुन सक्छ ।
प्रधानमन्त्रीले तपाईंसित स्पष्टीकरण पनि लिनुभयो नि ?
हो, मलाई प्रधानमन्त्रीले बोलाएर म बालुवाटार गएको थिएँ । तर, उहाँ सिंहदरबार निस्किसकेकाले सिंहदरबारमै गएर घटनाबारे सबै जानकारी गराएँ । उहाँले घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्छु भन्नुभएको छ ।
उहाले त तपाईंलाई नै दोषी देखाउनुभएको छक्यारे नि ?
यो छानबिनका क्रममा पत्ता लाग्ने कुरा हो, को दोषी छ भनेर ।
प्रधानमन्त्रीले तपाईंसग के–के सोध्नुभयो ?
धेरै कुरा सोध्नुभएको थियो, त्यो सबै कुरा किन तपाईंलाई भन्ने !
तपार्इं मदिरा नपिई बोल्नै सक्नुहुन्न भन्ने पनि सुनिन्छ, के हो ?
यो सरासर गलत हो । म मदिरा नपिउँदा पनि राम्रोसँग बोल्छु । मैले मदिरा छाडेकै एक महिनाभन्दा बढी भइसक्यो । गत शिवरात्रिमा ब्लड प्रेसर चेक गर्दा बढी पाएकाले खान छाडेको हुँ । तर, एक महिनाअघि ट्रमा सेन्टरको बैठकमा सहभागी हुँदा दुई पेग पिएको थिएँ, त्यसयता खाएको छैन ।
तपाईंमाथि वीरका कर्मचारीले उजुरी हाल्दै छन् रे नि ?
उजुरी त वीरका कर्मचारी र डाक्टरलाई हाल्नुपर्छ । उनीहरूले त्यहाँ राम्रो सेवा नै दिएका छैनन् ।

कारबाहीको माग चर्कियो

काठमाडौँ । वीर अस्पतालका कर्मचारीले स्वास्थ्य राज्यमन्त्री सरोज यादवले आकस्मिक कक्षमा आएर माफी नमागे कडा अन्दोलन गर्ने चेतावनी दिएका छन् । मन्त्री यादवले आइतबार राति रक्सीले मातेर वीर अस्पताल पसी स्वाथ्यकर्मी–कर्मचारीलाई तथानाम गाली गर्नुका साथै पत्रकारमाथि हातपातसमेत गरेका थिए ।
अस्पतालमा कार्यरत १५ सङ्घ÷सङ्गठनले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै २४ घन्टाभित्र राज्यमन्त्रीलाई कारबाही गर्न सरकारलाई अल्टिमेटम दिएका छन् । सोमबार बसेको १५ वटै युनियनको संयुक्त बैठकले मङ्गलबारदेखि हातमा कालोपट्टी बाँधेर काम गर्ने र २४ घन्टाभित्र कारबाही नभए कडा आन्दोलन गर्ने निर्णय लिएको कर्मचारी युनियनका सचिव दीपक मुडभरीले बताए ।
‘राज्यमन्त्रीजस्तो पदमा बसेका व्यक्तिले मदिरा सेवन गरी अस्पतालको आकस्मिक कक्षमा आई हुलहुज्जत र हातपात गरेर सार्वजनिक अपराध गरेका छन्,’ सचिव मुडभरीले भने, ‘उनलाई आकस्मिक कक्षमा ल्याएर माफी मगाउनुपर्छ ।’ सरकारले राज्यमन्त्रीलाई कारबाही नगरे अस्पतालका कर्मचारी सङ्घ÷सङ्गठनले राज्यमन्त्रीविरुद्ध सार्वजनिक अपराधको उजुरी दिने तयारी गरेको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी खुवराज आचार्यले जानकारी दिए ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीलाई कारबाही गर्न अन्य विभिन्न सङ्घ÷सङ्गठनले पनि माग गरेका छन् । चिकित्सकहरूको छाता सङ्गठन नेपाल चिकित्सक सङ्घले राज्यमन्त्री यादवले वीर अस्पतालमा आइतबार राति देखाएको अभद्र व्यवहारप्रति खेद व्यक्त गर्दै सत्यतथ्य छानबिनको माग गरेको छ ।
‘यस प्रकारका घटनाले अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवा प्रभावित हुन सक्ने तथा आमनागरिकको स्वास्थ्य सेवा उपयोग गर्ने नैसर्गिक अधिकारसमेत हनन हुने हुँदा यथार्थ छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषीउपर कारबाही गर्न सङ्घ जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । (सौस)
नेपाल पत्रकार महासङ्घले राज्यमन्त्री यादवले मादकपदार्थ सेवन गरी पत्रकारलाई दुव्र्यवहार गरेकोमा खेद व्यक्त गरेको छ । राज्यमन्त्रीको दुव्र्यवहारबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने निर्णय पनि महासङ्घको छ । फोटो पत्रकारहरूको समूह पिजे क्लबले पनि सौर्य दैनिकका फोटो पत्रकार ज्ञानेन्द्र कार्कीमाथि राज्यमन्त्रीले गरेको दुव्र्यवहार तथा हातपातको भत्र्सना गरेको छ ।
यसैगरी, नेपाल स्वास्थ्यकर्मी सङ्घ, राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपाल, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठन र नेपाल स्वास्थ्य प्राविधिक सङ्घले पनि सोमबार विज्ञप्ति जारी गरी यादवले गरेको अमर्यादित घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न प्रधानमन्त्रीसमक्ष माग गरेका छन् । वीर अस्पताल व्यवस्थापन समितिले पनि राज्यमन्त्री यादवले अस्पतालको आकस्मिक कक्षमा गरेको आपत्तिजनक व्यवहारको भत्र्सना गरेको छ ।
प्रधानमन्त्रीले थर्काए, राज्यमन्त्री काँपे

काठमाडौँ, ६ चैत । ‘हिजो बेलुका मदिरा पिएर वीर अस्पताल पुगी वितण्डा मञ्चाउने व्यक्ति तपार्इं नै होइन त ?’ प्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वास्थ्य राज्यमन्त्री सरोजकुमार यादवलाई सोधे । उनले राज्यमन्त्री यादवलाई स्पष्टीकरणका लागि सोमबार आफ्नै कार्यकक्ष सिंहदरबारमा बोलाएका थिए ।
राज्यमन्त्रीले जवाफ दिन नपाई प्रधानमन्त्री कड्किए, ‘तपार्इंको के तरिका हो यो ? राज्यमन्त्रीजस्तो जिम्मेवार मान्छेले जाँड खाएर अस्पतालजस्तो ठाउँमा जथाभावी गर्न मिल्छ ? यस्तो अक्षम्य गल्तीलाई म माफ गर्न सक्दिनँ ।’
प्रधानमन्त्रीको एकोहोरो खप्की खाएर राज्यमन्त्री यादव निकै अत्तालिएका थिए । उनले नम्र हुँदै झुट बोले, ‘प्रधानमन्त्रीज्यू, मैले हिजो (आइतबार) जाँड खाएकै थिइनँ, यो मिडियावालाले गरेका अनावश्यक हल्ला मात्र हो । मैले वीर अस्पतालमा कसैमाथि पनि अभद्र व्यवहार गरेको छैन । तपार्इं मेरो विश्वास गर्नुस् ।’
प्रधानमन्त्रीलाई आश्वस्त पार्न यादवले थपे, ‘मेरो सासूको ब्रेन ह्याम्ब्रेज भएकाले उपचारका लागि वीरगन्जबाट वीर अस्पताल ल्याइएको थियो, तर त्यहाँ
(वीर)का डाक्टरले राम्रो उपचार नगरेको जानकारी पाएपछि त्यसबारे बुझ्न मात्र अस्पताल गएको हुँ ।’
राज्यमन्त्रीको जवाफले प्रधानमन्त्रीको आक्रोश शान्त भएन । उनले भने, ‘आइतबार बेलुका भएको घटनाबारे मैले सबै जानकारी पाइसकेको छु, ढाँटिरहनुपर्दैन । मैले भिडियो रेकर्ड नै हेरेको छु । त्यसैले यस घटनाबारे म आफँै छानबिन गर्छु र त्यसबाट निस्केको निष्कर्षका आधारमा निर्णय लिन्छु ।’ स्रोतका अनुसार प्रधानमन्त्रीले सोमबार बिहानै वीर अस्पतालका पदाधिकारीसँग घटनाको सम्पूर्ण विवरण मगाएर अध्ययन गरेका थिए ।
प्रधानमन्त्रीले घटनाको छानबिन गर्ने भनेपछि राज्यमन्त्रीको तनाब बढ्यो । उनले एकपटकलाई माफ गर्न आग्रह गरे, प्रधानमन्त्रीसित । ‘मैले कुनै गल्ती गरेजस्तो लाग्दैन, यदि साँच्चै मबाट कमजोरी भएको रहेछ भने एकपटकलाई माफ गरिदिनुस्, आगामी दिनमा यस्तो कमजोरी हुँदैन,’ राज्यमन्त्री यादवको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । त्यसपछि राज्यमन्त्री यादवले वीर अस्पतालका कर्मचारीले कामै नगरी पैसा खाएको आरोप प्रधानमन्त्रीसमक्ष लगाए । ‘वीरका कर्मचारी तथा डाक्टरले राम्रो काम गरेको भए हिजो यो लफडा नै आउने थिएन,’ उनले भने ।
राज्यमन्त्रीले वीर अस्पतालका चिकित्सक तथा कर्मचारी र मिडियालाई दोष लगाएर पन्छिन खोजेपछि प्रधानमन्त्री भट्टराईले ‘काम गर्ने भए राम्रोसँग गर्नुहोस्, होइन भने राजीनामा दिएर जानुहोस्’सम्म भने । ‘तपार्इंहरूकै कारण मेरो निकै बदनाम भयो, अब म सहन सक्दिनँ,’ प्रधानमन्त्रीले यादवलाई भने, ‘मन्त्रीले आफ्नो गति छाडेपछि मुलुकको के हविगत हुन्छ ?’
प्रधानमन्त्री भट्टराईले राज्यमन्त्री यादवसँग आइतबार राति नै फोन सम्पर्क गरी घटनाबारे जानकारी लिन खोजेका थिए । प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले भने, ‘राति फोन सम्पर्क हुन नसकेपछि बिहानै पुनः फोन गरी यादवलाई निवासमै बोलाइएको हो ।’ तर, राज्यमन्त्री यादवलाई निवासमा १० बजे बोलाएर प्रधानमन्त्री भट्टराई त्यसअघि नै सिंहदरबार गएका थिए । स्पष्टीकरण दिन बालुवाटार पुगेका राज्यमन्त्री यादव प्रधानमन्त्री सिंहदरबार गइसकेको जानकारी पाएपछि हतार–हतार सिंहदरबारतिरै हानिए ।
प्रधानमन्त्री कार्यालयका कर्मचारीका अनुसार बिहान पौने ११ बजे सिंहदरबार पुगेका राज्यन्त्री यादवलाई प्रधानमन्त्रीले आफ्नो कार्यकक्षमा आधा घन्टा कुराएका थिए । वेटिङ कक्षमा आधा घन्टा कुराएपछि मात्र प्रधानमन्त्रीले आफ्नो कक्षमा बोलाएर आक्रोशित हँुदै प्रश्नको झटारो तेस्र्याएका थिए ।
प्रधानमन्त्रीका स्वकीय सचिव फणिन्द्र देवकोटाका अनुसार भट्टराईले राज्यमन्त्री यादवसँग २० मिनेट लामो स्पष्टीकरण लिए । ‘वीरको घटनाबारे जानकारी लिन बोलाउनुभएको हो,’ स्वकीय सचिव देवकोटाले भने, ‘राज्यमन्त्री निकै राता भएर फर्किएका थिए ।’
स्रोतका अनुसार प्रधानमन्त्रीले सोधेको प्रश्नको जवाफ दिँदा राज्यमन्त्री काँपिरहेका थिए भने अनुहार निकै रातो थियो ।
प्रधानमन्त्रीले सोमबार नै श्रममन्त्री सरिता गिरी र भूमिसुधार राज्यमन्त्री ज्वाला शाहसित पनि स्पष्टीकरण सोधेका थिए । गिरीले श्रम विभागका महानिर्देशक सरुवा गरेको र शाहले विभागीय मन्त्रीविरुद्ध अभिव्यक्ति दिएको विषयमा स्पष्टीकरण सोधेका हुन् ।

जाँड धोकेका मन्त्रीले पत्रकार कुटे

सौर्य सहकर्मीमाथि हातपात

-प्रवीण ढकाल

काठमाडौँ, ५ चैत । रक्सीले मातेका स्वास्थ्य राज्यमन्त्री सरोज यादवले आइतबार राति वीर अस्पतालभित्र वितण्डा मच्चाएका छन् । उनले उपचारमा संलग्न स्वास्थ्यकर्मी, बिरामी तथा बिरामीका आफन्तलाई गालीगलौज र दुव्र्यवहार गरे भने समाचार सङ्कलनका लागि पुगेका पत्रकारलाई हातपात नै गरे ।
रक्सीले टिल्ल भएका राज्यमन्त्री यादव राति साढे आठ बजे दलबलसहित उपचाररत आफ्नी सासूलाई भेट्न भन्दै अस्पताल पुगेका थिए । आकस्मिक कक्षको गेटमा खटिएका सुरक्षा गार्डलाई गालीगलौज गर्दै भित्र छिरेका उनले करिब ४५ मिनेट वितण्डा मच्चाए । ‘आकस्मिक कक्षमा प्रवेश गर्नेबित्तिकै मन्त्रीले तथानाम गाली गर्न थाले,’ ड्युटीमा रहेकी डा. विनिता जोशीले भनिन् ।
डा. जोशीले ‘अहिले यहाँ हेर्ने मै हुँ’ भनेर जवाफ दिएपछि राज्यमन्त्री यादव थप कड्किए । उनले १५ मिनेटभित्र उपकुलपति, रजिस्ट्रार, निर्देशक सबैलाई उपस्थित नगराए जागिर खानेसम्मको धम्की दिए । ‘यहाँका उपकुलपति, रजिस्ट्रार, निर्देशकलगायत सिनियर कर्मचारीलाई फोन गर, १५ मिनेटभित्र उपस्थित नभए सबैलाई लात हानेर निकालिदिन्छु भनेर धम्क्याए,’ डा. जोशीले भनिन् । विभागीय मन्त्रीको धम्कीबाट तर्सिएका कर्मचारीले तुरुन्तै अस्पतालका पदाधिकारीलाई फोन गरे । तर, फोन लागेन । अस्पतालबाट फोन नलागेपछि यादवले आफ्ना सहयोगीलाई फोन गर्न अह्राए । उनीहरूले गरेको फोन पनि नलागेको प्रत्यक्षदर्शी कर्मचारीले बताए । त्यसपछि राज्यमन्त्री यादव अस्पतालको कर्मचारी सङ्गठनका पदाधिकारीमाथि जाइलागे । ‘तिमीहरूलाई पनि लात हानेर अस्पतालबाट निकाल्छु, सबै बिगार्ने यस्ता युनियनको काम छैन,’ राज्यमन्त्री यादवको भनाइ उद्धृत गर्दै कर्मचारी युनियनका सचिव दीपक मुडभरीले भने ।
युनियनका सहसचिव नवराज धितालका अनुसार राज्यमन्त्री र उनका सहयोगीले चिकित्सक, कर्मचारी, बिरामी र बिरामीका कुरुवालाई पनि आमाचकारी गाली गरे । ‘मन्त्रीजस्तो व्यक्तिले अस्पतालको आकस्मिक कक्षमा आएर तथानाम गाली गर्नु लाजमर्दो कुरा हो,’ धितालले भने ।
न्युरोसम्बन्धी समस्या भएकी ५५ वर्षीया राजकुमारी देवीलाई राज्यमन्त्री यादवले आफ्नी सासू बताइरहेका थिए । आकस्मिक कक्षमा बेड खाली नभएपछि वैकल्पिक बेडमा सुताइएकी राजकुमारीलाई ‘राम्रो उपचार गर’ भन्दै उनले ड्युटीमा रहेका कर्मचारीलाई गाली गरिरहेका थिए ।
रक्सीले टिल्ल भएका राज्यमन्त्रीले वितण्डा मच्चाइरहेको थाहा पाएपछि केही पत्रकार समाचार सङ्कलनका लागि अस्पताल पुगेका थिए । तर, यादव पत्रकारमाथि समेत जाइलागे । पत्रकारको सङ्ख्या बढ्दै गएपछि राज्यमन्त्री यादव पछाडिको ढोकाबाट कुलेलम ठोके ।
राज्यमन्त्री यादवले दुव्र्यवहार गरेको घटनाप्रति अस्पताल कर्मचारी युनियनले आपत्ति जनाएको छ । यसअघि हात भाँचिएको छोराको उपचार गर्न आउँदा र आफन्त बिरामी भएर ल्याउँदा पनि यादवले डाक्टर, नर्स, स्वास्थ्यकर्मी र कर्मचारीमाथि दुव्र्यवहार गरेको युनियनले जनाएको छ । युनियनले राज्यमन्त्री यादवलाई बर्खास्त गर्न माग गरेको छ । ‘राज्यमन्त्री यादवले अहिलेसम्म तीनपटक यस्तै व्यवहार प्रदर्शन गरिसकेका छन्,’ युनियनका सचिव मुडभरीले सौर्यसँग भने । यादवलाई सरकारले कारबाही नगरे कडा आन्दोलन गर्ने उनले बताए ।
यता, राज्यमन्त्री यादवको दुव्र्यवहारविरुद्ध बोलेका एक बिरामीका आफन्तलाई उल्टै प्रहरीले भ्यानमा कोचेको थियो । उपचाररत हजुरबालाई कुर्न बसेका यादव जिसीलाई प्रहरीले राज्यमन्त्रीविरुद्ध बोलेको भन्दै भ्यानमा लगेर कोचेको हो । पछि अस्पतालका कर्मचारी र चिकित्सकले जँड्याहा र रक्सीले मातिएका मन्त्रीविरुद्ध बोल्नेलाई किन भ्यानमा हालेको भनेर प्रतिरोध गरेपछि प्रहरीले उनलाई छाडेको थियो । ‘जँड्याहा मन्त्रीलाई केही गर्नु छैन, उल्टै कुरुवालाई लगेर भ्यानमा हालेका थिए,’ आकस्मिक कक्षमा कार्यरत खुवराज आचार्यले भने ।

सौर्य सहकर्मीमाथि हातपात
राज्यमन्त्री यादवले समाचार संकलन गर्न गएका पत्रकारहरूमाथि पनि दुब्र्यवहार गरेका छन् । अस्पतालको इमरजेन्सीमा डाक्टर, नर्स र कर्मचारीलाई गाली गरिरहेका यादवको फोटो खिच्न खोज्दा उनले सौर्य सहकर्मी ज्ञानेन्द्र कार्कीमाथि हातपात नै गरे ।
राज्यमन्त्रीले वितण्डा मच्चाएको सूचना पाएपछि पत्रकार समाचार संकलनका लागि वीर अस्पताल पुगेका थिए । तर, इमरजेन्सी गेटमा रहेका पाले र प्रहरीलाई मन्त्री यादवले गाली गर्दै पत्रकारलाई भित्र पस्न नदिन निर्देशन दिए । ठेलमठेल गर्दै पत्रकार भित्र पसेका थिए ।
अस्पतालका कर्मचारीलाई गाली गर्दै धम्क्याइरहेका राज्यमन्त्री यादवले पत्रकारलाई भित्र देखेपछि थप जंगिए । ‘ओई यी मा….. हरूलाई बाहिर पठा’ भन्दै कर्मचारीलाई गाली गरे । फोटो खिचिरहेका सौर्य सहकर्मी कार्कीमाथि त उनी आफँै झम्टिए । मन्त्री यादवले कार्कीलाई तीन झापड हिर्काउनुका साथै क्यामेरा खोसेर फाल्ने प्रयास गरे ।
आफूहरू पत्रकार भएको र समाचार संकलन गर्न आएकाले हातपात नगर्न पटक–पटक आग्रह गर्दासमेत उनी पत्रकारमाथि पनि खनिइरहे । राज्यमन्त्री यादव र उनका सहयोगीले कार्कीसँगै सौर्य सहकर्मी प्रवीण ढकाल, एभिन्युज टेलिभिजनका श्रीहरि थापा र राम तामाङलाई गाली गर्नुका साथै हातपात गर्ने प्रयास गरे ।