Pages

Monday, August 10, 2015

एम्बुलेन्समा अपराधी


बिरामी बोक्ने एम्बुलेन्समा अवैध रक्तचन्दन, ब्राउन सुगर, गाँजा, मदिरा, भन्सार छुटका सामग्री, निजी गाडीसरह व्यक्तिगत प्रयोजनलगायत दुरुपयोग 

प्रवीण ढकाल
काठमाडौं, साउन २३-   हुइँहुइँहुइँ... हुइँहुइँहुइँइँइँइँ ...!
बा६च ८७८९ नम्बरको एम्बुलेन्स रातको १ बजे सुनसान सडकमा तीव्र गतिमा हुइँकिइरहेको थियो। साइरन सुन्नासाथ सडकमा रहेका एकाध सवारीले बाटो छाडिदिए।

एम्बुलेन्स गति नियन्त्रण नगरी गन्तव्यतिर लम्कियो।

काठमाडौंबाट भक्तपुर हुँदै काभ्रेतिर गइरहेको उक्त एम्बुलेन्स महानगरीय प्रहरी प्रभागको जाँच चौकी, भक्तपुर, जगातीमा घ्याच्च रोकियो। चौकीमा रहेका प्रहरीले एम्बुलेन्सभित्र सरसर्ती हेरे।

'कता जान लागेको?'

'बिरामीलाई अस्पतालबाट डिस्चार्ज गरेर घर लैजान लागेको,' चालकले प्रहरीलाई हत्तपत्त जवाफ दिए।

डिस्चार्ज भएका बिरामी आकस्मिक अवस्थामा नरहने अनुमान गर्दै प्रहरीले एम्बुलेन्समा शंकालु नजर दौडाए।

एम्बुलेन्सभित्रको बेड बिरामी सुताउने खालको थिएन। प्रभागका प्रमुख इन्स्पेक्टर केशव थेवेसहितको टोलीले बेड राम्ररी हेरे। बेडभित्र बाकसमा त प्रतिबन्धित दुर्लभ वनस्पति ४९ किलो रक्तचन्दन फेला पर्योत।

सिन्धुपाल्चोकको भैरवकुण्ड युवाक्लबले सञ्चालन गरेको उक्त एम्बुलेन्सले काठको बक्साजस्तो बेडभित्र प्रतिबन्धित रक्तचन्दन राखेर तस्करी गर्न लागेको भेटिएपछि थेवेले भक्तपुरका एसपी नारायणसिंह खड्कालाई खबर गरे। एसपी खड्का र प्रभावको टोलीले थप जाँचपडताल गर्दा एम्बुलेन्समा सुताइएको बिरामीसमेत नक्कली रहेको पत्ता लाग्यो। प्रहरीले एम्बुलेन्स, चालक सिन्धुपाल्चोक लिस्टी–४ का २३ वर्षीय साबु शेर्पा र नक्कली बिरामी लिस्टी–३ का स्याङ्बुलाई जिल्ला वन कार्यालयको जिम्मा लगायो। कार्यालयले वन ऐनअनुसार उनीहरुमाथि कारबाही अघि बढायो।

... ... ...

नेपाल–भारत मैत्री संघ, तुलसीपुरको रा१च २९० नम्बरको एम्बुलेन्स साइरनसहित नेपालगन्जबाट दाङ, तुल्सीपुर आउँदै थियो। इलाका प्रहरी कार्यालय, तुल्सीपुरले एम्बुलेन्सभित्र कोही बिरामी नदेखेपछि शंका लागेर सोधपुछ गर्योा। बिरामी नबोक्दा किन साइरन बजाएको भन्दै प्रहरीले सोधपुछ गर्न थालेपछि चालकछेउ रहेका राजन पुरी हडबडाए। शंका बढेपछि प्रहरीले थप जाँचपडताल गर्दा एम्बुलेन्समा २ सय ग्राम खैरो हेरोइन, फेला पर्यो । प्रहरीले पुरीसहित चालक र छवि केसीलाई पक्राउ गरी हिरासतमा लियो। लागुऔषध कारोबारमा मुद्दा चलायो।

०००

मोरङ, जोगबनीबाट विराटनगर आउँदै गरेको को१च ४९३२ नम्बरको एम्बुलेन्समा भन्सार छलेर ल्याउँदै गरेको लाखौं मूल्यका सामान प्रहरीले बरामद गर्यो । विराटनगरस्थित नोबल मेडिकल कलेजको एम्बुलेन्समा भन्सर छलेर भित्याइएका विभिन्न महँगा उपकरण, सर्जिकल सामानसहित अन्य उपकरण फेला परेको थियो। प्रहरीले चालक र एम्बुलेन्सलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया बढायो।

... ... ...

बिरामी बोक्ने एम्बुलेन्स आपराधिक क्रियाकलापमा प्रयोग भएको फेला पर्नेमा माथिका तीन घटनामध्ये नोबलको घटना केही महिनाअघिको मात्र हो। भक्तपुर र दाङको घटना भने तीन वर्षअघिको। चोरी, भन्सार छलीजस्ता साना अपराधमा एम्बुलेन्स दुरुप्रयोग भएका घटनामा भक्तपुरको रक्तचन्दन र दाङको ब्राउनसुगरका घटना प्रहरीकै लागि नौलो थियो। भन्सार छुटमा ल्याइएका बिरामी बोक्ने एम्बुलेन्स सामान्यदेखि ठूला अपराधमा प्रयोग हुन थालेपछि प्रहरी एम्बुलेन्सको जाँचपडतालमा कडाइ गरिरहेको छ।

अझै पनि देशका विभिन्न स्थानबाट तस्करी तथा आपराधिक गतिविधिमा एम्बुलेन्स प्रयोग गर्ने गरिएका घटना प्रहरीले फेला पारिरहेको छ। नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमका अनुसार पछिल्ला समयमा बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग बढ्दो क्रममा देखिन्छ।

'साइरनसहित आएका एम्बुलेन्समा गम्भीर अवस्थाका बिरामी मात्र होलान् भन्ने लाग्थ्यो,' उनले भने, 'तर देशका विभिन्न स्थानमा आपराधिक घटनामा एम्बुलेन्स प्रयोग भएको घटना आउन थालेपछि हामी पनि आश्चार्यमा परिरहेका छौं।' एम्बुलेन्समा बेइमानी हुन थालेपछि प्रहरीले एम्बुलेन्समा समेत जाँचपडताल बढाइएको उनले बताए।

उनका अनुसार केही समयअघि मात्र झापामा दुइटा गम्भीर प्रकृतिका आपराधिक घटनामा एम्बुलेन्स प्रयोग भएको थियो। बिर्तामोडका अलैंची व्यवसायी सुनीलकुमार बिन्दलको अपहरणमा अपहरणकारीले एम्बुलेन्सको प्रयोग गरेका थिए। बिन्दल अपहरणमा नेपाल रेडक्रस सोसाइटी मेचीनगर उपशाखाको मे१च १२३४ नम्बरका एम्बुलेन्स प्रयोग भएको हो। काँकरभिट्टाबाट अपहरणमा परेका व्यवसायी बिन्दललाई एम्बुलेन्समा हालेर झापाको धरमपुर पुर्या४इएको थियो।

झापाकै बिर्तामोडमा ल्यापटप चोरीमा एम्बुलेन्स प्रयोग भएको उनले जानकारी दिए। युवा स्वर्णतारा, क्लब खैरनी चितवनको ना२च ४०५२ नम्बरको एम्बुलेन्स ३० हजार रुपैयाँ भाडामा लिएर चोरीका ४१ वटा ल्यापटप ओसारेको फेला परेको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आएका उजुरी तथा मन्त्रालयले नै गरेको अध्ययनले समेत देशका विभिन्न स्थानमा एम्बुलेन्स दुरुपयोग भएको देखाएको छ। मन्त्रालयमा आएका सूचना र अनुसन्धानले बिरामी बोक्ने एम्बुलेन्समा अवैध रक्तचन्दन, ब्राउन सुगर, गाँजा, मदिरा, भन्सार छुटका सामग्री, निजी गाडीसरह व्यक्तिगत प्रयोजनलगायत दुरुपयोग गरेको पाइएको छ।

एम्बुलेन्स सेवा सञ्चालन नीति– ०६० मा एम्बुलेन्सको प्रयोग बिरामीलाई बिरामी परेको ठाउँ, घटनास्थलबाट अस्पताल वा उपचारस्थलसम्म र चिकित्सकले सिफारिस गरेबमोजिम स्थानमा पुर्याोउन मात्र हुनेछ भन्ने स्पष्ट लेखिएको छ। त्यसबाहेक अन्य प्रयोजनमा एम्बुलेन्स प्रयोगलाई गैरकानुनी मानिन्छ।

मन्त्रालयले 'भन्सार छुट दिइएका एम्बुलेन्सहरुको प्रभावकारिता' अध्ययन क्रममा निजी तथा संघसंस्थाले चलाएका एम्बुलेन्समा मात्र नभई सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाका एम्बुलेन्सले समेत धेरै मात्रामा दुरुपयोग भइरहेको फेला परेको छ। अनुसन्धान क्रममा रौतहटको पिपरिया गाविसस्थित प्राथमिक स्वास्थ्य केन्›को ना१झ ९६७ नम्बरको सरकारी एम्बुलेन्सले बिरामीभन्दा बढी अवैध मदिरा ओसारपसार गर्ने गरेको पाइएको थियो। एम्बुलेन्समा घरेलु मदिरा बोक्ने गरेको गुनासोका आधारमा शिवनगर इलाकामा प्रहरी टोलीले ३० लिटर अवैध मदिरासहित चालक नवलकिशोर यादवलाई नियन्त्रणमा लिएको मन्त्रालयको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

मदिरा ओसारपसारमै प्राथमिक स्वास्थ्य केन्›, देउलेक बझाङको सरकारी एम्बुलेन्ससमेत समातिएको थियो। बिरामी धनगढी पुर्यााएर फर्कने क्रममा केन्द्रको एम्बुलेन्सले भारी मात्रामा मदिरा, तरकारी र यात्रु बोकेको पाइएको थियो। दुरुपयोग गर्ने चालकलाई प्रहरीले नियनत्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ।

एम्बुलेन्स दुरुपयोग गर्नेमा सञ्चालक तथा चालक मात्र नभई विभिन्न राजनीतिक दलका नेतासमेत भेटिएका छन्। मन्त्रालयमा आएको उजुरीअनुसार ०७० सालमा भएको संविधानसभाको चुनावमा चन्›निगाहपुरका दलित जनजाति पार्टीका समानुपातिक उम्मेदवार विश्वेन्› पासवानले एम्बुलेन्सलाई घोषणापत्र ओसार्ने साधन बनाएका थिए। सर्लाहीको लालबन्दीस्थित पिपुल्स हेल्पफुल सेवा समाजका नाममा रहेको ज१च ८४२ नम्बरको एम्बुलेन्समा पासवानले पार्टीको घोषणापत्र राखेर प्रचारप्रसारमा निस्केका थिए।

एम्बुलेन्स प्रयोग गरेर अवैध धन्दा चलिरहँदा पनि सरकारले चालकबाहेक एम्बुलेन्स सञ्चालकलाई कारबाही गर्न सकेको छैन न अहिलेसम्म त्यस्ता एम्बुलेन्सका अनुमति नै खारेज गरिएको छ।

एम्बुलेन्स दुरुपयोग गर्ने संस्थालाई किन कारबाही हुन्न त? मन्त्रालयका उपसचिव राजिव पोखरेल भन्छन्, 'चालकलाई उसले गरेको अपराधका आधारमा प्रहरीले कारबाही गरिरहेको हुन्छ तर सञ्चालक तथा एम्बुलेन्सको स्वीकृति खारेज गर्ने अधिकार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको एम्बुलेन्स सेवा सञ्चालन समितिलाई हुन्छ।'

उनले समितिले अनुगमन गर्ने र कारबाही गर्ने काम प्रभावकारी रुपमा नहुँदा चालकबाहेक कसैलाई कारबाही नगरिएको स्विकारे। उनका अनुसार मन्त्रालयले अहिलेसम्म अपराधमा संलग्न कुनै पनि एम्बुलेन्स सञ्चालन स्वीकृति खारेज गर्न सकेको छैन।

'समितिले भन्सार छुटका लागि सिफारिस गर्नेबाहेक अन्य कुनै पनि काम गर्न नसक्दा विकृति बढेको हो,' उनले भने।

समिति निष्क्रिय


एम्बुलेन्स सेवा प्रभावकारी र व्यवस्थित ढंगबाट सञ्चालन गर्न प्रत्येक जिल्लामा एम्बुलेन्स सेवा सञ्चालन समिति हुन्छ। जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला प्रहरी प्रमुख, अञ्चल अस्पताल भएका जिल्लाको हकमा उक्त अस्पतालका प्रमुख, रेडक्रसको स्थानीय शाखाका सदस्यसचिव, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रहेको एम्बुलेन्स सेवा सञ्चालन समितिको व्यवस्था छ तर उक्त समिति निष्त्रि्कय छ।

समितिले सक्रिय रुपमा काम गर्न नसकेको स्विकार्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याल भन्छन्, 'एम्बुलेन्सको अनुगमन र मूल्यांकन तथा शुल्क निर्धारणको काम गर्ने जिम्मेवारी यो समितीमा छ तर हामीले त्यो काम पूरा गर्न सकेका छैनौं।' उनले एम्बुलेन्स मापदण्ड बाहिर रहेका र दुरुपयोग भएको उजुरी आए नियमअनुसार कारबाही गरिने जानकारी दिए।

नियमानुसार दर्ता भएका कुनै संस्थाको विधानमा एम्बुलेन्स सेवा सञ्चालन गर्ने भन्ने उद्देश्य उल्लिखित भए तिनले समितिमा निवेदन दिन सक्ने र समितिले मन्त्रालयलाई सिफारिस गर्ने प्रावधान छ। यही समितिले जिल्ला तहमा अनुगमन तथा मूल्यांकन गर्ने व्यवस्था पनि छ तर यो समिति कुनै पनि जिल्लामा सक्रिय छैन।

समितिको काम शून्यप्राय हुँदा नै भन्सार छुटका एम्बुलेन्सलाई लुटको छुट मिलेको प्रहरी बताउँछन्। प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार एम्बुलेन्स दुरुपयोग बढीजसो भारतसँग सिमाना जोडिएका जिल्लामा रहेको छ। धेरैजसो एम्बुलेन्सले साइरन बजाउँदै भन्सर छलेका सामान भित्याउने गरेको प्रहरीले हालसम्म पक्राउ गरेको एम्बुलेन्सको तथ्यांकले देखाएको छ।

एम्बुलेन्समा गाँजा तथा अन्य लागुऔषधसमेत तस्करी गरिएको भेटिने गरेका छन्। प्रहरीले नागरिकलाई उपलब्ध गराएको विवरणअनुसार बारा, सिमराबाट ना२च६७८० नम्बरको एम्बुलेन्सबाट १ सय ८० केजी गाँजा फेला परेको छ। यस्तै, गत साउनमा हेटौंडामै बा५च ५१९१ नम्बरको एम्बुलेन्समा १ सय ५३ केजी गाँजा फेला परेको थियो। काठमाडौंको चुच्चेपाटीस्थित ग्रेस अस्पतालको नाममा दर्ता रहेको उक्त एम्बुलेन्सले गाँजा व्यापारीसँग मिलेमतोमा वीरगन्जतर्फ गाँजा लैजाने गरेको फेला परेको प्रहरी विवरणमा उल्लेख छ।

कारबाही गर्ने अख्तियारी पाएको समितिले प्रभावकारी काम नगर्दा एम्बुलेन्सलाई जिल्लामा वनभोज तथा पिकनिकमा जाने साधनका रुपमा समेत प्रयोग गरिएको पाइन्छ। स्वास्थ्य मन्त्रालयको अध्ययनले पनि सन् २०१४ को पहिलो दिन सिरहाको बडहरामाल–३, बन्दीपुरमा रहेको कमलामाई पोलिक्लिनिकको स१च ७४२ नम्बरको एम्बुलेन्सले वनभोज जाने मानिस ओसारेको पाएको छ। 'क्लिनिकले दिनभरि बिरामी ओसार्नेभन्दा पनि क्लिनिकमा काम गर्ने स्वास्थ्यकर्मी लाई वनभोजस्थल ओसार्न प्रयोग गरिएको देखियो,' अध्ययन प्रतिवेदनमा भनिएको छ।

अधिकांश एम्बुलेन्स मापदण्डविपरीत


देशभर सञ्चालनमा रहेकामध्ये अधिकांश एम्बुलेन्सले तोकिएको मापदण्ड पूरा गरेका छैनन्। मन्त्रालयले आठ जिल्लामा नमुनाका रुपमा गरेको अनुसन्धानमा धेरैजसो एम्बुलेन्सले सरकारले तोकेको मापदण्ड पूरा नगरी सेवा सञ्चालन गरिरहेको भेटिएको छ।

काठमाडांै, भक्तपुर, ललितपुर, काभ्रे, झापा, नवलपरासी, रुपन्देही र चितवन जिल्लामा गरिएको अनुसन्धानमा अधिकांश एम्बुलेन्स 'ग' वर्गमा रहेका र केही मात्र 'ख' वर्गका रुपमा सञ्चालनमा रहेका थिए। ती एम्बुलेन्समा सरकारले तोकेअनुसारको जीवनरक्षा प्रणाली अर्थात् 'कमन लाइफ सपोर्ट (सिएलएस)' का लागि अत्यावश्यक औषधि तथा उपकरण अभाव रहेको पाइएको थियो। न्यूनतम मापदण्डअनुसार सुविधा नरहे पनि यस्ता एम्बुलेन्सले सेवाबापत शुल्क भने पूरै लिने गरेको अध्ययनले औंल्याएको छ।

मन्त्रालयका उपसचिव राजिव पोखरेलले अनुसन्धानबाट धेरै एम्बुलेन्स मापदण्डबिनै सञ्चालनमा देखिएकाले सम्बन्धित निकायलाई निर्देशन दिइएको बताए।

'हाम्रो अनुसन्धानले एम्बुलेन्समा हुनुपर्ने न्यूनतम मापदण्ड पनि पूरा नगरी सञ्चालनमा रहेका धेरै एम्बुलेन्स भेटेका छौं,' उनले भने, 'हामीले भेटेकाजतिलाई तत्काल आफ्नो वर्गअनुसार मापदण्ड पूरा गर्न निर्देशन दिइसकेका छौं भने अरू एम्बुलेन्समा पनि समस्या हुन सक्ने भएकाले सबैलाई वर्गअनुसार तोकिएका मापदण्ड पूरा गर्न भनेका छौं।'

मन्त्रालयको तथ्यांकअनुसार अहिले देशभर १ हजार २ सय ४ वटा एम्बुलेन्स सञ्चालनमा छन्। जसमध्ये 'क' वर्गका मुस्किलले पाँचवटा मात्र छन्। त्यस्तै, 'ख' वर्गको एम्बुलेन्स १० प्रतिशत हाराहारी रहेको र बाँकी सबै 'ग' वर्गका रहेको मन्त्रालयको तथ्यांक छ। यीमध्ये झन्डै ७५ प्रतिशत एम्बुलेन्समा सरकारले तोकेको मापदण्ड पूरा नभएको अध्ययनले देखाएको छ।

सरकारी विभाजनअनुसार जीवनरक्षाका अत्यावश्यक सेवासुविधा भएका एम्बुलेन्सलाई 'क', आधारभूत सुविधा भएकालाई 'ख' र सामान्य सुविधा भएकालाई एम्बुलेन्स 'ग' वर्गमा मानिन्छन्। सञ्चालकहरूले एम्बुलेन्स भित्याउनुअघि वर्ग छनोट गर्नुपर्ने नियम छ।

'क' वर्गको एम्बुलेन्स खासगरी मुटुका रोगी र जोखिममा रहेका बिरामीका लागि आवश्यक हुन्छ। 'ख' वर्गको मध्यम रूपमा जोखिममा रहेका बिरामीका लागि चाहिन्छ भने कम जोखिममा रहेका बिरामीका लागि 'ग' वर्गको एम्बुलेन्स प्रयोग गर्न सकिन्छ।

एम्बुलेन्स सञ्चालन नीति– २०६० अनुसार 'क' वर्गको एम्बुलेन्समा अत्यावश्यक उपकरण र औषधि मात्रै नभई चिकित्सकसमेत उपलब्ध हुनुपर्छ। त्यसमा औषधि र उपकरणसहित एडभान्स लाइफ सपोर्टका लागि इसिजी, कार्डियाक मोनिटर, डेफिब्रिलेटर, इन्क्युवेसन साधन, भेन्टिलेटर, नेबुलाइजर, हेड इमोबिलाइजेसन सुविधा, क्याथटेरिजेसन सेट, लेन्स (वाइड वेज्ड चेस्ट फर पेडियाटि्रक), पल्स अक्स मिटर, रेडियो कम्युनिकेसन सिस्टम, डाक्टर वा तालिमप्राप्त प्यारामेडिक एक जना हुनुपर्छ।

'ख' वर्गका एम्बुलेन्समा औषधि तथा उपकरणसहित बेसिक लाइफ सपोर्टका लागि प्राथमिक उपचार तथा लाइफ सेभिङ ड्रग्स, अक्सिजन मास्क, फ्लोमिटर, आइभी इन्जेक्सन दिने साधन, सक्सन भेसिल, फ्याक्चर स्लिपन्ट, कामिर्कल कोलार, स्पाइन सपोर्ट, एयर वे, पेसन्ट टेस्टेरन्ट स्टेप र तालिमप्राप्त प्यारामेडिक एक जना।

त्यस्तै, 'ग' वर्गका लागि कमन लाइफ सपोर्टसहित, प्राथमिक उपचारका औषधि तथा उपकरण, अक्सिजन सिलिन्डर, फ्लोमिटर र मास्क, आइभी इन्जेक्सन दिन सकिने व्यवस्था, स्टेथेस्कोप, बिपी एपाराटुस, टर्चलाइट र स्ट्रेचर अनिवार्य हुनुपर्छ।

मन्त्रालयको अध्ययनले भने अधिकांश एम्बुलेन्समा सबै सामग्री भएका एम्बुलेन्स नगण्य पाइएका थिए।

उपसचिव पोखरेलका अनुसार कतिपय एम्बुलेन्समा त ट्याक्सीमा जति पनि सुविधा पाइएन। अध्ययनमा स्ट्रेचर मात्र रहेका एम्बुलेन्ससमेत सञ्चालनमा भेटिएको उनले जनाए।

एम्बुलेन्स सञ्चालन नीति, २०६० ले हरेक एम्बुलेन्समा वर्गअनुसार जीवन रक्षाका लागि अत्यावश्यक औषधि, उपकरण, डाक्टर वा तालिमप्राप्त स्वास्थ्यकर्मी हुनैपर्ने बाध्यकारी व्यवस्था गरेको भए पनि धेरैजसो एम्बुलेन्सले नीतिको पालना नगरेका मन्त्रालयको अनुसन्धानले देखाएको छ।

'सामान्य प्रकृतिका बिरामी बोक्ने एम्बुलेन्सले पनि गम्भीर प्रवृत्तिका बिरामी उठाउने गरेका कारण पनि धेरैजसो जोखिम उत्पन्न हुने गरेको छ' अनुसन्धानमा भनिएको छ 'देशभर सञ्चालनमा आएका हरेक एम्बुलेन्समा कम्तीमा जीवनरक्षाका लागि आधारभूत सुविधा हुनैपर्छ तर अधिकांशमा त्यस्तो व्यवस्था छैन।'

गम्भीर प्रकृतिका धेरै जसो बिरामीको बाटैमा मृत्यु हुनुलाई एम्बुलेन्ससमेत दोषी रहेको चिकित्सक औंल्याउँछन्।

तत्काल अस्पतालमा पुर्यासउनुपर्ने बिरामी खासगरी दुर्घटनामा परेका, हृदयघात भएका, विषादी सेवन गरेका र अन्य यस्तै गम्भीर प्रकृतिका बिरामीको मृत्यु अस्पताल पुर्यादउँदा हुने ढिलाइ र लापरबाहीका कारण बढी हुने गरेको चिकित्सकको भनाइ छ। उनीहरुका अनुसार यस्ता बिरामीलाई अस्पतालमा नपुर्याुएसम्म वर्गअनुसार एम्बुलेन्सभित्रै उपचार हुनुपर्छ तर कुनै पनि एम्बुलेन्समा वर्गअनुसारकै सुविधा नहुने हुँदा उनीहरुको अस्पताल नपुर्यालउँदै मृत्यु हुने गर्छ।

मनपरी शुल्क


मन्त्रालयका उपसचिव पोखरेलका अनुसार एम्बुलेन्सले वर्गअनुसार के कति शुल्क लिन पाउने भनेर जिल्लाको समितिले शुल्क निर्धारण गर्ने व्यवस्था छ। तर, काठमाडौंलगायत देशका प्रायः सबै जिल्लामा एम्बुलेन्स सञ्चालक आफैंले शुल्क तोकेर बिरामीबाट असुल्ने गरेको पाइएको छ। उनका अनुसार कतिपय एम्बुलेन्सले प्रतिकिलोमिटर दरमा शुल्क तोकेका छन् भने कतिपयले एकमुष्ठ न्यूनतम शुल्क लिने गरेका छन्। कसैले बिरामी पर्या्उने दुरी हेरेर रकम तोक्ने गरेका छन्।

'कतिपय जिल्लामा त एम्बुलेन्सले बिरामी पुर्यालएर एम्बुलेन्स फर्कंदा भाडामा यात्रुसमेत ओसार्ने गरेको पाइन्छ,' उनले भने, 'नियमविपरीत पैसाको लोभमा यस्ता घटना विशेषगरी ग्रामीण क्षेत्रमा बढी हुन्छन्।'

एम्बुलेन्स शुल्क निर्धारण, अनुगमन तथा मूल्यांकन गर्न जिल्लामा बनाइएका समितिले यस्ता कुरामा अनुगमन गरेर कारबाही गर्नुपर्छ।

चिकित्सकका अनुसार सरकारले वर्गअनुसार एम्बुलेन्सको शुल्क निर्धारण नगर्दा 'ग' वर्गका एम्बुलेन्सले फाइदा उठाइरहेका छन्। ती एम्बुलेन्सले 'ग' वर्गको सुविधा नदिएरै 'क' वर्गको शुल्क असुल गरिरहेका छन्।

बिरामीको व्यापार


कमजोर अनुगमनको फाइदा उठाउँदै कतिपय एम्बुलेन्स चालकले बिरामीको व्यापारसमेत गर्दै आएका छन्। आकस्मिक अवस्थामा रहेका बिरामीलाई चालकले केही निजी अस्पतालको कमिसन लोभमा आफ्ना छनोटमा रहेका अस्पतालमा लैजाने गरेका छन्। मन्त्रालयले गरेको अध्ययनले पनि सरकारी अस्पतालका एम्बुलेन्सले निजी अस्पतालले दिने कमिसनका आधारमा बिरामीलाई उपचारका लागि लैजाने गरेको देखाएको छ।

दुर्घटनामा परेका बिरामीलाई त झन् राजमार्ग छेउछाउका अस्पतालले आफूतर्फ तान्न एम्बुलेन्स चालकलाई बिरामीको उपचारबापत लागेको खर्चको केही प्रतिशत कमिसनसमेत दिने गरेको पाइन्छ। मन्त्रालयका उपसचिव यस्ता विकृतिबारे गुनासा आइरहेकाले नीति परिवर्तन गरेर व्यवस्थित गर्न लागिएको बताउँछन्।

'एम्बुलेन्सका विषयमा धेरै गुनासा आइरहेका छन्,' उनले भने, 'त्यसकारण हामीले यसलाई व्यवस्थित गर्न नयाँ नीति बनाइरहेका छौं।' उनले नयाँ नीतिले एम्बुलेन्स दुरुपयोगलाई धेरै हदसम्म हटाउन मद्यत गर्ने बताए।

राजस्व छुटको प्लेट राख्दैनन्


सरकारले राजस्व छुट दिई सञ्चालनमा आउने एम्बुलेन्सले अनिवार्य रुपमा सबैले देख्ने गरी 'सरकारी राजस्व छुट प्राप्त' भनी लेख्नुपर्ने व्यवस्था गरेको छ। तर अधिकांश एम्बुलेन्समा त्यस्तो लेखिएको देखिएको छैन। सरकारले चार वर्षअघि यस्तो व्यवस्था गरेको हो।

सरकारी नियमअनुसार एम्बुलेन्स सेवा सञ्चालन गर्न चाहने व्यक्ति वा संस्थालाई एक प्रतिशत भन्सार शुल्कमा एम्बुलेन्स बनाइने गाडी आयात गर्न छुट दिएको छ। साथै, सवारी कर र पार्किङ शुल्क पनि मिनाहा गरिएको छ। एम्बुलेन्स व्यक्तिले नभई मुनाफाको उद्देश्य नभएका सामाजिक संस्थाले मात्र आयात गर्न पाउँछन्।

भरपर्दो साथीबाटै धोका हुने डर

प्रवीण ढकाल
काठमाडौं, ८ जेष्ठ - अनिच्छित गर्भ रोक्न पिल्स सेवन गरिरहनुभएको छ? सावधान! भरपर्दो साथीबाटै धोका पाउनुहोला।
सरकारले निःशुल्क वितरण गर्दै आएको परिवार नियोजनको अस्थायी साधन पिल्स मापदण्डविपरीत, गुणस्तरहीन र कम मात्राको पाइएको छ। सरकारी स्वास्थ्य संस्थामा महिलाका लागि निःशुल्क उपलब्ध हुने पिल्स (खाने चक्की) सेवन गरेकाले गर्भ रहँदैन भनेर ढुक्क हुन नसकिने सरकारी प्रयोगशालाकै अध्ययनले पुष्टि गरेको हो।
औषधिको गुणस्तर परीक्षण गर्ने सरकारी निकाय औषधि व्यवस्था विभागको प्रयोगशाला परीक्षणमा सरकारले देशभर वितरण गरेको ‘पिल्स' मापदण्डविपरीत र कमसल फेला परेको छ। विभागले देशभर वितरित औषधिको नमुना संकलन गरेर परीक्षण गरेको थियो। तिनै औषधि अहिले पनि देशभरका स्वास्थ्य संस्थामा वितरण भइरहेका छन्।
विभागले सन् २०१६ सम्म प्रयोग मिति भएका ब्याच नम्बर पिएलएन ११००१, पिएलएन ११००३, पिएलएन ११००४, पिएलएन ११००५, पिएलएन ११००७, पिएलएन ११००९ पिएलएन ११०१० का औषधि निम्न गुणस्तरका र मापदण्डविपरीत रहेको जनाएको छ।

पिल्सलाई परिवार नियोजनको एक भरपर्दो अस्थायी साधन मानिन्छ। छोटो गर्भान्तर चाहने महिलालाई यो निकै उपयोगी छ। यो चक्की हरेक दिन नबिराई खाने गरे गर्भ रह“दैन। तर यो चक्की खान छाडे महिलाले तुरुन्तै गर्भधारण गर्न सक्छन्।
चिकित्सकका अनुसार कम डोजका औषधिले पर्याप्त मात्रामा काम नगर्ने भएकाले यस्ता औषधि सेवन गर्ने धेरैमा गर्भ रहने सम्भावना अत्यधिक हुन्छ। मापदण्डविपरीत र कम डोजका औषधिले पूर्ण रूपमा काम नगर्ने भएकाले यस्ता औषधिमा भर पर्न नहुने चिकित्सकको भनाइ छ।
विभागले विभिन्न सातवटा ब्याचका औषधिको नमुना परीक्षण गरेको थियो। मापदण्डअनुसार औषधि नपाएपछि विभागले तुरुन्त त्यस्ता औषधि फिर्ता ल्याउन स्वास्थ्य सेवा विभागलाई पत्राचार गरिसकेको छ।
विभागका महानिर्देशक गजेन्द्रप्रसाद भुजूका अनुसार स्वास्थ्य संस्थामा वितरित औषधिका धेरै ब्याचमा खराबी पाइएको छ। ‘हामीले नमुना परीक्षण गर्दा औषधि गुणस्तरीय पाइएन,' उनले भने, ‘मापदण्ड नै पूरा नभएका यस्ता औषधि वितरण गर्नुहुँदैन भनेर स्वास्थ्य विभागलाई पत्राचार गरेका हौं।' 
विश्व स्वास्थ्य संगठनले औषधिमा हुनुपर्ने गुण र मात्राको मापदण्ड तोकेको छ। परीक्षित औषधिमा हुनुपर्ने डोज (मात्रा) पनि नरहेको पाइएको छ। कतिपय चक्कीमा त लेभलसमेत औषधिअनुसार भेटिएन। 
विभागले सन् २०१६ सम्म प्रयोग मिति भएका ब्याच नम्बर पिएलएन ११००१, पिएलएन ११००३, पिएलएन ११००४, पिएलएन ११००५, पिएलएन ११००७, पिएलएन ११००९ पिएलएन ११०१० का औषधि निम्न गुणस्तरका र मापदण्डविपरीत रहेको जनाएको छ।
सन् २०११ उत्पादन मिति रहेका ती औषधि भारतस्थित फार्म एसिया लिमिटेडद्वारा उत्पादित हुन् जसमा ब्रान्डसमेत उल्लेख छैन। कम्पनीले ‘ओरल कन्ट्रासेप्टिभ पिल्स' नाम राखेरै सरकारलाई यस्तो औषधि उपलब्ध गराउँदै आएको छ। औषधि उत्पादक कम्पनीले नै कम गुणस्तरका औषधि नेपाल पठाएको विभागका कर्मचारी बताउँछन्। 
‘भारतबाट आएका औषधिको मात्रा यहाँ घटाउन मिल्दैन,' विभागका कर्मचारी भन्छन्, ‘ल्याब परीक्षणका क्रममा औषधि कम डोजका पाइनु र चक्कीहरूको मात्रा पनि फरक–फरक हुनुमा कम्पनीले नै बद्मासी गरेको स्पष्ट हुन्छ।' विभागले अन्य ब्याचका औषधिमा समेत मापदण्ड नपुगेको आशंकामा परीक्षण गरिरहेको जनाएको छ।
पिल्स एक साइकल (एक पुरिया) जम्मा २८ चक्की हुन्छन्। २८ चक्कीमध्ये २१ वटा सेतो र ७ वटा खैरो रंगको हुन्छ। तीमध्ये सातवटा खेरो चक्की आइरन हो भने बाँकी हर्मोनल। खैरो चक्की महिलाले महिनावारी भएको दिनदेखि सात दिनसम्म खानुपर्छ भने बाँकी २१ वटा सेतो चक्की अन्य दिन। महिलालाई गर्भ राख्न मन लागे औषधि खान छाडे पुनः उनको प्रजनन् शक्ति फर्किने वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल बताउँछन्।

उक्त औषधि विभागअन्तर्गतको आपूर्ति व्यवस्था महाशाखाले भारतबाट खरिद गरी ल्याएको हो। परिवार स्वास्थ्य महाशाखाले यसलाई देशभर वितरण व्यवस्था मिलाउँछ। परीक्षणमा खराब देखिएका औषधि ल्याउँदा आपूर्ति महाशाखामा मिङ्मार ग्याल्जेन शेर्पा निर्देशक थिए। शेर्पा हाल भ्रष्टाचार आरोपमा अख्तियार हिरासतमा छन्। उनले केही महिनाअघि मात्र स्वास्थ्य सेवाबाट अवकास लिएका थिए। सुत्केरी गराउँदा प्रयोग हुने मिसोप्रोस्टल खरिदमा अनियमितता देखिएपछि शेर्पालाई अख्तियारले हिरासतमा लिई अनुसन्धान गरिरहेको छ। मिसोप्रोस्टल ४० जिल्लामा निःशुल्क वितरण गरिँदै आएको छ।
शेर्पाले १३ करोड २२ लाख ६४ हजार रुपैयाँ (भन्सार शुल्क, करलगायत शुल्कबाहेक) बराबरको औषधि खरिद गर्न उक्त कम्पनीसँग तीनवर्षे खरिद सम्झौता गरेका थिए। सन् २०११ जनवरी २३ मा भएको उक्त सम्झौतामा तीन वर्षभित्र कम्पनीले ७२ लाख साइकल (पुरिया) औषधि नेपाल पठाउनुपर्छ। सम्झौताअनुसार नै कम्पनीले प्रत्येक वर्ष २४ लाखका दरले औषधि पठाइसकेको छ। पहिलो र दोस्रो वर्षका अधिकांश औषधि महिलाले सेवन गरीसकेका छन् भने तेस्रो वर्ष नेपाल भित्त्याइएको औषधि भने धमाधम वितरण भइरहेको छ। 
औषधिको नेपाल डिस्ट्रिब्युटर हस्पिटेक इन्टरप्राइजेज हो। इन्टरप्राइजेजले औषधिमा समस्या देखिएको जानकारी पाएलगत्तै साट्न तयार भएको पत्र विभागमा पठाइसकेको छ। 
पिल्स एक साइकल (एक पुरिया) जम्मा २८ चक्की हुन्छन्। २८ चक्कीमध्ये २१ वटा सेतो र ७ वटा खैरो रंगको हुन्छ। तीमध्ये सातवटा खेरो चक्की आइरन हो भने बाँकी हर्मोनल। खैरो चक्की महिलाले महिनावारी भएको दिनदेखि सात दिनसम्म खानुपर्छ भने बाँकी २१ वटा सेतो चक्की अन्य दिन। महिलालाई गर्भ राख्न मन लागे औषधि खान छाडे पुनः उनको प्रजनन् शक्ति फर्किने वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल बताउँछन्।

-बिहीबार ८ जेष्ठ, २०७१


यस्ता बन्दैछन् जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी भवन


प्रवीण ढकाल
काठमाडौं, साउन २२ - सरकारले देशभरका सरकारी जिल्ला अस्पताल तथा स्वास्थ्य संस्थाको भवन एउटै मापदण्ड अनुसारका बनाउन नयाँ डिजाइन तयार पारेको छ। स्वास्थ्य सेवा विभागले अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको भवन टाढैबाट सजिलै चिन्न सकिने र आधुनिक बनाउन नयाँ डिजाइन तयार पारेको हो।

अस्पताल तथा स्वास्थ्य संस्थाको भवन अरु भन्दा भिन्न, सुरक्षित र बिरामीमैत्री बनाउने उद्देश्यले आधुनिक डिजाइन तयार पारिएको विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा. भिम आचार्यले जानकारी दिए।



'देशभर निर्माण हुने सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी भवनको मापदण्ड एउटै ढंगको बनाइएको छ,' उनले भने, 'तर भवनका संरचना भने भौगोलिक क्षेत्र अनुसार केही फरक हुने छन्।'
डा. आचार्यका अनुसार नयाँ बन्ने सबै अस्पताल तथा स्वास्थ्य संरचना अस्पताल इन्जिनियरिङका आधारमा भूकम्पप्रतिरोधी बनाउन र भवनमा एकरुपता ल्याउन भूगोल अनुसार नयाँ डिजाइन तयार पारिएको हो। उनले जिल्ला अस्पतालदेखि स्वास्थ्य चौकीसम्म सबै भवन नयाँ डिजाइनका आधारमा बन्ने जानकारी दिए।



भूकम्प प्रभावित १४ जिल्लामा तत्काल उपचार सेवा दिने प्रिफ्याब संरचना भने नयाँ डिजाइन अनुसार हुने छैनन्। तर, दिर्घकालका लागि बनाइने भवन भने नयाँ डिजाइन अनुसार नै हुने छन्। 'भूकम्प प्रभावित जिल्लामा बिरामीको ज्यान जोगाउन तत्कालै उपचार सेवा प्रदान गर्नुपर्ने अवस्था रहेकोले तुरुन्तै निर्माण गर्न सकिने प्रविधिमार्फत संरचना बनाउनु पर्ने हुन्छ,' उनले भने, 'प्रिफ्याब संरचना तत्काल समस्या समाधानका लागि मात्र हो। ती जिल्लामा पनि पक्की भवन भने नयाँ डिजाइन अनुसार नै बनाइने छ।'

विगतमा सरकार, स्थानीय सहयोगी र दाताले आफूखुसी डिजाइनमा अस्पताल भवनहरू बनाउँदै आएका थिए। भवन निर्माण विभागको स्वीकृतिमा फरक–फरक डिजाइनमा बनाउँदा अस्पताल तथा स्वास्थ्य संस्थाको भवनको स्वरुप एकै ठाँउमा पनि फरक देखिन्थे। तर, अब अस्पतालको स्तर, शऒ्ढया संख्या र अन्य पूर्वाधार सबैमा एकरुपता आउने भएको छ।



भवनको बाहिरी र भित्री संरचनासँगै नयाँ डिजाइमा भवनका लागि आवश्यक जमिनलगायत अन्य पूर्वाधारबारे पनि स्पष्ट मापदण्ड पालना गर्नुपर्ने व्यवस्था गरिने भएको छ। नयाँ डिजाइन अनुसार बनाइने सबै जिल्ला अस्पताल र स्वास्थ्य चौकी अपांगमैत्री हुने, बिरामी ओहोरदोहोर सहजता पार्न र्यािम्पको निर्माण गरिनुपर्ने, प्रयोगशाला तथा कर्मचारी कक्षलगायत कुरुवाका लागि समेत पर्याप्त ठाउँ हुने छ।

डा. आचार्यका अनुसार नयाँ डिजाइन अनुसार निर्माण हुने संरचनाको गुणस्तरको अनुगमन पनि हुने छ। विभागले जिल्ला अस्पतालको शऒ्ढया संख्या हिमाल, पहाड र तराइको फरक हुने भएकाले शऒ्ढया संख्याकै आधारमा अस्पताल भवनको डिजाइन तयार पारेको छ।

हिमाली क्षेत्रका लागि ३१ देखि ५० शऒ्ढयाको डिजाइन बनाएको छ भने पहाड र तराइमा ५१ देखि ७० शऒ्ढयाको डिजाइन गरेको छ। यसैगरी, १५ शऒ्ढयासम्मको अस्पतालका लागि पनि छुट्टै डिजाइन बनाइएको छ। १५ शऒ्ढयाका अस्पतालको डिजाइन अंग्रेजी अक्षर एल आकारको हुने छ।



पहाड र तराइमा बनाइने जिल्ला अस्पतालको डिजाइन हाल त्रिवि शिक्षण अस्पतालको मूल भवनको जस्तै छ। यस्ता क्षेत्रमा बनाइने अस्पताल भुईं तलासहित दुई तला अग्ला र चौडा हुने छ। हिमाली क्षेत्रका अस्पताल भने अंग्रेजी अक्षर टी आकारको एकातिर चौडा र अर्को तर्फ लामो हुने छ। अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रको डिजाइन हिमाल र पहाडमा एउटै छ भने स्वास्थ्य चौकीको डिजाइन हिमाल, पहाड र तराइमा फरक छ।

प्राथमिक स्वास्थ्य केन्द्रहरूको डिजाइन भौगोलिक क्षेत्र अनुसार फरक फरक रहेको छ। हिमाल र पहाडमा १० शऒ्ढयासम्मका यस्ता केन्द्रका भवनको डिजाइन एउटै हुने छ भने र तराइमा फरक डिजाइनको हुने छ। हिमाल र पहाडमा बढी चौडा भवन बनाउन जग्गा उपलब्ध हुने सम्भावना कम हुने भएकाले थोरै चौडा तर लम्बाइ बढी भएको डिजाइन तयार गरिएको छ। तराइमा भने १५ शऒ्ढयाको भवन हुने छ।


यस्तै, स्वास्थ्य चौकीको डिजाइन पनि हिमाल पहाड र तराइ अनुसार फरक छ। अस्पताल र स्वास्थ्य केन्द्रभन्दा चौकी सानो हुने छ।

डा. आचार्यका अनुसार भूकम्पमा क्षतिग्रस्त जिल्लामा क्षति र आवश्यकताका आधारमा नयाँ संरचना निर्माण अघि बढ्ने छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वैशाख १२ र २९ गतेको शक्तिशाली भूकम्पले विभिन्न जिल्लाका गरी कुल १ हजार ३८ स्वास्थ्य संस्था क्षतिग्रस्त भएका छन्। तीमध्ये ३ सय ५८ संस्था ध्वस्त छन् भने ६ सय ८० मा आंशिक क्षति भएको छ। भूकम्पबाट सर्वाधिक प्रभावित १४ जिल्लाका मात्र ३ सय २ वटा स्वास्थ्य संस्था ध्वस्त छन् भने ३ सय ७६ वटा क्षतिग्रस्त। क्षतिग्रस्त स्वास्थ्य संस्था पनि काम नलाग्ने गरी चर्किएका छन्।




माथेमा प्रतिवेदन पन्छाउन तीन अर्बको खेल

-तुफान न्यौपाने
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का पूर्व उपकुलपति केदारभक्त माथेमा अध्यक्ष रहेको ‘चिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदल’ ले ६ महीना लगाएर तयार पारेको प्रतिवेदन १४ असार २०७२ मा प्रधानमन्त्री सुशील कोइरालालाई बुझायो ।
तत्काल सार्वजनिक गरेर कार्यान्वयनमा लैजानुको साटो प्रतिवेदन ३७ दिनसम्म मन्त्रिपरिषद्को सामाजिक समितिमा थन्क्याइयो । त्यसपछि अध्ययनका लागि भन्दै २० साउनमा ३० दिन समय दिएर राष्ट्रिय योजना आयोगका शिक्षा तथा स्वास्थ्य क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ, स्वास्थ्य र शिक्षा सचिव रहेको उपसमिति बनाएर प्रतिवेदन जिम्मा लगाइएको छ । विना कारण एक महीना थन्क्याएर फेरि अर्को उपसमितिमा पन्छाउनुको एक मात्र उद्देश्य यो शैक्षिक सत्रमा प्रतिवेदन कार्यान्वयन नगर्नु रहेको देखिन्छ । 
चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि तथा काठमाडौं विश्वविद्यालय (केयू) का आंगिक तथा सम्बन्धनमा एमबीबीएस अध्ययन गराइरहेका १६ कलेजमध्ये केहीले प्रवेश परीक्षा (इन्ट्रान्स) शुरू गरिसकेका छन् । ढिलोमा दशैंसम्ममा सबै कलेजमा अध्ययन शुरू भइसक्छ । पुरानै कोटा र शुल्कमा नयाँ शैक्षिक सत्र थाल्दा कलेजहरूले विद्यार्थीबाट तीन अर्ब रुपैयाँभन्दा बढी असुल्न पाउँछन् । “अनेक बहाना गर्दै प्रतिवेदन पन्छाउनुमा यो बाहेक अरू कारण देखिएन”, कार्यदलका एक सदस्य भन्छन् । 

मेडिकल कलेजहरूको छटपटी 

एमबीबीएस संचालन गरेका १६ वटा मेडिकल कलेजमा २०७१ सालमा १९८१ विद्यार्थी थिए । यीमध्ये एक वर्षमा १०० भन्दा बढी विद्यार्थी भर्ना गर्ने कलेज ११ वटा छन् । अध्ययन शुल्क कलेजैपिच्छे फरक छ । उनीहरूले प्रति विद्यार्थी न्यूनतम रु.४० लाखदेखि अधिकतम रु.५५ लाखसम्म असुल्दै आएका छन् । कार्यदलको प्रतिवेदन लागू भए एउटा कलेजले बढीमा १०० विद्यार्थी र बढीमा रु.३५ लाख मात्र शुल्क लिनुपर्ने हुन्छ । त्यो अवस्थामा सयभन्दा बढी विद्यार्थी भर्ना गर्दै आएका ११ कलेजले ४९५ विद्यार्थी पनि गुमाउने छन् । 
अहिले असुलिरहेको न्यूनतम शुल्क रु.४० लाखकै दरमा हिसाब गर्दा पनि ४९५ विद्यार्थीबाट आउने रु.१ अर्ब ९८ करोड गुम्नेछ । बाँकी १४८६ विद्यार्थीलाई बढीमा रु.३५ लाखमा पढाउनुपर्दा थप रु.७४ करोड ३० लाख गुम्नेछ । दुवै रकम जोड्दा रु.२ अर्ब ७२ करोड ३० लाख हुन आउँछ । त्यसबाहेक, कलेजहरूले भर्ना, परीक्षा, काउन्सिल, पुस्तकालय, प्रयोगशाला आदिका नाममा असुल्दै आएको लाखौं रकम पनि विद्यार्थीले बुझउनुपर्ने छैन ।
“यो प्रतिवेदनलाई सधैंका लागि पन्छाउन त कसैले नसक्ला”, कार्यदलका एक सदस्य भन्छन्, “विभिन्न बहानामा एकाध महीना ढिलो गरेर दुई हजार विद्यार्थीलाई दुहुनो बनाउन चाहिं सक्ने देखियो ।” काठमाडौंमा मेडिकल कलेज सञ्चालन गर्न ठिक्क परेकाहरूको हितको लागि पनि प्रतिवेदन पन्छाउने चलखेल बढेको छ । 

काठमाडौंमा चार मेडिकल कलेज (मनमोहन मेमोरियल, नेपाल प्रहरी, पिपल्स डेन्टल र काठमाडौं नेशनल कलेज) सञ्चालनका लागि सम्बन्धनको पर्खाइमा छन् । उता, कार्यदलले अबको १० वर्षसम्म काठमाडौं, ललितपुर र भक्तपुरमा नयाँ मेडिकल कलेज नखोल्न र एलओआई लिएकाहरू जिल्ला जान प्रोत्साहन गर्न लिजमा जग्गा वा कर छूट गरिदिनुपर्ने भनेको छ । त्यो नचाहनेलाई सरकारले उचित मुआब्जा दिएर तयार भएको पूर्वाधार किनिदिनुपर्ने सिफारिश गरेको छ । तर, कुनै पनि हालतमा काठमाडौं बाहिर जान नचाहने यी चार कलेज तत्काल सञ्चालन अनुमति लिने दौडमा छन् । यीमध्ये मनमोहन मेडिकल कलेजमा नेकपा एमालेका राजेन्द्र पाण्डेसहित अधिकांश केन्द्रीय नेताको सेयर छ । 
“मनमोहनलाई अनुमतिको बाटो खोलिदिएको भए यतिवेला प्रतिवेदन कार्यान्वयनको चरणमा पुग्थ्यो”, कार्यदलका एक सदस्य भन्छन्, “तर, कसैलाई फरक व्यवस्था नगर्दा प्रतिवेदन पन्छाउने दबाब बढेको देखिन्छ ।” 


सस्तोमा गुणस्तरीय शिक्षा 


‘विद्यार्थी भर्नामा शुल्क बुझउन सक्नेहरूका लागि योग्यताक्रम निर्धारण नहुँदै सीट सुरक्षित गरी राख्ने प्रवृत्तिका कारण क्षमतावान् र जेहेन्दार विद्यार्थी भर्नाबाट वञ्चित हुनुपर्ने अवस्था छ । सरकारले उपलब्ध गराएको सीमित सीटमा बाहेक महँगो शुल्क तिर्न असमर्थ बहुसंख्यक योग्य विद्यार्थीको लागि चिकित्सा शिक्षा दूरको विषय बन्दै गएको छ ।’
माथेमा प्रतिवेदनमा परेको यो वाक्यले पैसा हुनेहरू क्षमताविनै डाक्टर बन्न सक्ने मेडिकल शिक्षाको सबभन्दा खतरनाक विकृतिबारे बोलेको छ । गुणस्तरीय मेडिकल शिक्षाको प्रमुख बाधकको रूपमा औंल्याइएको यस्तो प्रवृत्ति रोक्न शुल्क र विद्यार्थी कोटा तोकिएको कार्यदल संयोजक डा. माथेमा बताउँछन् । उनका अनुसार, गुणस्तर कायम गर्न र मेडिकल शिक्षालाई सर्वसाधारणको पहुँचमा राख्न कार्यदलले तीन विधि सुझएको छ– साझ राष्ट्रिय प्रवेश परीक्षा, एक कलेजमा एक व्याचमा अधिकतम १०० विद्यार्थी र अधिकतम रु.३५ लाख शुल्क । एमबीबीएस र डेन्टल स्नातक तहको प्रवेश परीक्षाका लागि प्रस्तावित चिकित्सा शिक्षा आयोगले साझ प्रवेश परीक्षा सञ्चालन गर्नेछ । परीक्षाको उत्तीर्णाङ्क प्रतिशत ६० तोकिएको छ । 
स्वास्थ्य मन्त्रालयको छात्रवृत्तिलाई निरन्तरता दिंदै सार्वजनिक मेडिकल कलेजले ५० प्रतिशत विद्यार्थीलाई निःशुल्क पढाउनुपर्ने व्यवस्थाले गरीब तर जेहेन्दार विद्यार्थीलाई वर्षेनि चिकित्साशास्त्र पढ्न अवसर दिनेछ । प्रवेश परीक्षा पास हुनेवित्तिकै एकमुष्ट रकम बुझउन सक्नेलाई भर्ना लिने तर राम्रो अंक ल्याए पनि एकमुष्ट रकम बुझाउन नसक्नेहरूको सीटमा अन्यले भर्ना पाइरहेको वेला अध्ययन अवधिभरमा अधिकतम रु.३५ लाख शुल्क तिर्न पाउने व्यवस्थाले पनि ठूलो राहत पुग्नेछ । कलेजहरूले मनपरी शुल्क असुल्दा विश्वविद्यालय र सीटीईभीटी जस्ता निकायले नियमन गर्न नसक्नुलाई कार्यदलले ‘गुणस्तरीय र समतामूलक चिकित्सा शिक्षाका लागि अत्यन्त महत्वपूर्ण मानिने शुल्कको विषयमा हालसम्म औचित्यपूर्ण व्यवस्था गर्न नसकेको दुर्भाग्यपूर्ण अवस्था’ भनेको छ । 
प्रतिवेदनले न्यून आय भएका योग्य विद्यार्थीलाई चिकित्सा शिक्षामा अध्ययनको अवसर जुराउन विना धितो ब्यांक मार्फत सहुलियतपूर्ण ऋण दिन शैक्षिक कोष स्थापनाको सुझाव पनि दिएको छ । डेन्टल कलेजमा पनि बढीमा ५० जना विद्यार्थी भर्ना गर्नुपर्ने सिफारिशले गुणस्तर कायम गर्ने विश्वास गरिएको छ । मेडिकल कलेजहरू भने कार्यदलको सिफारिश कार्यान्वयन भए धेरै विद्यार्थी र थुप्रै रकम विदेशिने दाबी गर्दै आएका छन् । तर, प्रतिवेदन लागू भए विदेशिने विद्यार्थी बढ्ने होइन, घट्ने देखिन्छ ।
प्रतिवेदनले नेपालमै लिइने साझ प्रवेश परीक्षामा ६० प्रतिशत अंक अनिवार्य गरेको छ, विदेश पढ्न जानेका लागि पनि । “जान पनि यति कडा परीक्षा पास गर्नै पर्नेछ”, नाम उल्लेख गर्न नचाहने कार्यदलका ती सदस्य भन्छन्, “स्वदेशमै सस्तोमा गुणस्तरीय शिक्षा पाउने भएपछि विदेशिने कुरा पनि आउँदैन ।” 

निजीको जिम्मामा हुँदैन 

प्रतिवेदनले औंल्याएको गुदी कुरा हो– मेडिकल शिक्षा निजी क्षेत्रको मात्रै भरमा छाड्नुहुँदैन । कार्यदलले प्रतिवेदनको दर्जनौं ठाउँमा मेडिकल शिक्षामा सरकारी दायित्व स्मरण गराएको छ । जस्तो, ‘राज्यले उदार बजारमुखी अर्थतन्त्र अवलम्बन गरेदेखि स्वास्थ्य शिक्षण संस्थाहरूको संख्या र उत्पादनमा वृद्धि भए पनि आवश्यक नियन्त्रणको अभावमा चिकित्सा शिक्षाको गुणस्तरमा ह्रास आउने क्रम जारी छ ।’ प्रतिवेदनको अर्को एक ठाउँमा भनिएको छ– ‘चिकित्सा शिक्षामा निजी क्षेत्रको सहभागिताबारे थुप्रै अस्पष्टता र अन्योल छन्, यसमा निजी क्षेत्रको लगानी प्रोत्साहित गर्दा त्यसको मार विद्यार्थी र गरीब बिरामीहरूलाई नै परेको छ ।’ 
कार्यदलमा सदस्य रहेका डा. भगवान कोइराला स्वास्थ्य शिक्षामा निजी क्षेत्रको भूमिकालाई नजरअन्दाज नगरी सरकारी योजना, संयोजन र अनुगमनको आवश्यकता औंल्याएको बताउँछन् । उनको बुझइमा, स्वास्थ्य सेवा र शिक्षाको योजनामा सरकारकै भूमिका अहम् हुनुपर्छ । चिकित्सा शिक्षामा सरकारले आफ्नो दायित्व स्पष्ट नगरेकोले पनि यो बढी आवश्यक भएको छ । पछिल्लो दशकमा यस क्षेत्रमा सरकारी लगानी र पहल दुवै घटेको छ । सरकार सञ्चालित मेडिकल कलेजहरूले पनि आफ्नो खर्च धान्न विद्यार्थीबाट असुल्ने शुल्कमै निर्भर हुँदै चर्को शुल्क तिर्न सक्नेका लागि सीट बढाउँदै ल्याएका छन् । 
कार्यदलले सरकारी शिक्षण संस्था विद्यार्थीको शुल्कबाटै आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्छ भन्ने अवधारणालाई ‘प्रकारान्तरले सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने संवैधानिक व्यवस्था विपरीत र घातक’ भनेको छ । कार्यदल संयोजक माथेमा चिकित्सा शिक्षाको ड्राइभिङ सीटमा सरकार नै हुनुपर्ने बताउँछन् । “यो क्षेत्रमा निजी क्षेत्रको योगदानलाई कदर गर्नुपर्छ”, उनी भन्छन्, “तर, उनीहरूलाई साइड सीटमै बसाउनुपर्छ, हामीकहाँ भने उल्टो भइरहेको छ ।”
नेपालमा मेडिकल कलेज सञ्चालनका लागि सबै पूर्वाधार विकास र अन्य खर्च गरी औसतमा करीब रु.१.५ अर्ब लगानी भएको हुन्छ । सञ्चालकहरूले बढीमा रु.५० करोड आफ्नै लगानी र बाँकी ब्यांकबाट ऋण लिन्छन् । वर्षमा १५० विद्यार्थी पढाएर ५० लाखका दरले शुल्क असुल्दा पाँच वर्षमा ३.५ अर्ब उठाउँछन् । यसरी नेपालका मेडिकल कलेज संचालकहरू व्यापार गरिरहेको कार्यदलका एक सदस्य बताउँछन् । उनका अनुसार रु.३५ लाख शुल्कमा वर्षमा १०० विद्यार्थी पढाउँदा पनि १० वर्षमा लगानी उठ्छ । यसबारे पनि कार्यदल बोलेको छ । उसको प्रतिवेदन भन्छ– ‘लगानीकर्ताहरूले सानो रकमबाट व्यवसाय शुरू गरी विद्यार्थीकै पैसाबाट छिटो र धेरै नाफा कमाउने उद्देश्य राख्यो भने त्यो कलेजले कहिल्यै गुणस्तर दिन सक्दैन ।’ 

२० हजार डाक्टरलाई के गर्ने ?

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार, एक हजार जनसंख्यालाई एक चिकित्सक भए पुग्छ । अहिले नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ छ भने वृद्धिदर वार्षिक १.५ प्रतिशत । यस हिसाबले नेपालको जनसंख्या सन् २०३१ सम्ममा तीन करोड ५५ लाख ३८ हजार २५२ पुग्छ । त्यो जनसंख्याका लागि ३५ हजार ५३८ चिकित्सक चाहिन्छन् । जुलाई २०१५ सम्ममा नेपाल मेडिकल काउन्सिलमा १५ हजार ६६६ चिकित्सक दर्ता छन् । वार्षिक दुई हजार चिकित्सक देशभित्रै उत्पादन भइरहेको हिसाबले आगामी १६ वर्षमा थप ३२ हजार चिकित्सक बन्नेछन् । 
नयाँ मेडिकल कलेजहरूबाट थप ८ हजार र विदेश अध्ययन गरेर १० हजार चिकित्सक आउने अनुमान छ । त्यसबीचमा करीब एक हजार सेवा निवृत्त, १० हजार जना विदेश पलायन हुने अनुमान गर्दा पनि नेपालमा ५४ हजार ६६६ चिकित्सक हुनेछन् । आवश्यकता भने ३५ हजार ५३८ जनाको मात्र । त्यो वेला बाँकी करीब २० हजारलाई के गर्ने ? “आगामी १५—१६ वर्षमा लाखौं लगानी गरेर डाक्टर बनेका हजारौंलाई बेरोजगार राख्नुभन्दा अहिलेदेखि नै गुणस्तरीय डाक्टर उत्पादन गर्नु बुद्धिमानी हुन्छ”, कार्यदल सदस्य कोइराला भन्छन् ।


Tuesday, August 4, 2015

चिकित्सा शिक्षासम्बन्धी माथेमा प्रतिवेदन सार्वजनिक (पूर्ण प्रतिवेदनसहित)

प्रवीण ढकाल
काठमाडौं, साउन १९- सरकारले प्राध्यापक केदारभक्त माथेमाको संयोजकत्वमा गठित ‘चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन’
सार्वजनिक गरेको छ। मंगलबार बसेको सामाजिक समितिको वैठकले प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो ।
माथेमा आयोगले डेढ महिना अघि आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको थियो। प्रतिवेदनमा औल्याइएका सुझावहरुबारे राष्ट्रिय योजना आयोगका स्वास्थ्य र शिक्षा हेर्ने सदस्यको संयोजकत्वमा अर्थ, शिक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरु समेत रहेको उपसमितिले अध्यान गरेर एक महिना भित्र नीति सम्वन्धि कार्ययोजना समितिमा पेश गर्न निर्देशन दिएको छ। 
ु३० दिनभित्र अध्ययन, विश्लेषण तथा सम्बन्धित सरोकारवालासँग छलफलसमेत गरी,ु समितिको मंगलबारको निर्णयमा उक्त समितिलाई कार्यादेश तोक्दै भनिएको छ, ुआवश्यकता, सम्भाव्यता र प्राथमिकताका आधारमा कार्ययोजना तयार गरी समितिसमक्ष पेस गर्ने।ु समितिले प्रतिवेदन भने सार्वजनिक गरिसकेको छ। प्रतिवेदनले दिएका सुझावमध्ये प्रमुख शुल्क ३५ लाख तोक्ने र सिट संख्या सयभन्दा बढाउन नदिने निर्णयप्रति असहमत कलेज सञ्चालकले प्रतिवेदनै तुहाउने खेलमा सक्रिय छन्। उनीहरु भदौसम्म कार्यान्वयन रोकेर यो वर्षको भर्ना पुरानै शुल्क र सिटमा कायम गराउने प्रपञ्चमा छन्। 
सरकारले गत चैतमा वरिष्ठ चिकित्सक डा। गोविन्द केसीको पाँचौँ अनशन क्रममा भएको प्रतिवेदन लागू गर्ने सहमतिअनुसार माथेमा प्रतिवेदन बुझेर समितिमा छलफल र निर्णयका लागि पठाएको थियो। माथेमा कार्यदलले गत असार १४ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो। प्रधानमन्त्रीले प्रतिवेदन बुझेकै दिनदेखि कार्यान्वयन रोक्न उत्रिएका कलेज सञ्चालकले ुराजनीतिक लबिङु थालेका थिए। मन्त्रीहरुबाटै प्रतिवेदन कार्यान्वयन हुन नदिन समितिमा अड्काइएको भन्दै प्रधानमन्त्रीको समेत दबाबमा मंगलबार सामाजिक समिति बैठक बोलाइएको थियो। 
चिकित्सा शिक्षा क्षेत्रको विकृतिविरुद्ध पाँचपटक अनशन बसिसकेका डा। केसीको तेस्रो अनशनकै समयमा सरकारले यस्तो नीति बनाउने सहमति गरेको थियो। सरकारले त्यतिबेला नीति नबन्दासम्म सम्बन्धन बन्द गर्ने सहमतिसमेत गरेको थियो। बीचैमा सम्बन्धन खोलेपछि पुनः डा। केसी अनशन बसेका थिए। पाँचाँै अनशन टुंग्याउने क्रममा गत चैत १९ गते सरकारले माथेमा प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता गर्दै त्यहीअनुसारको कानुन नबन्दासम्म सम्बन्धन रोक्ने सहमति गरेको थियो। प्रतिवेदन कार्यान्वयन माग राख्दै डा। केसीले अघिल्लो शुक्रबार दुई साताको अल्टिमेटमसमेत दिइसकेका छन्। अल्टिमेटम २२ गते सकिँदैछ।


Saturday, July 18, 2015

‘एक गाउँ एक डाक्टर’ सहित स्वास्थ्यमा महत्वाकांक्षी कार्यक्रम (स्वास्थ्यमा बजेट)

नागरिक
काठमाडौं, असार ३० - सरकारले आधारभूत एवं गुणस्तरीय स्वास्थ्य सेवामा विपन्न समुदायको पहुँच वृद्धि गर्ने सोचका साथ ‘एक गाउँ एक डाक्टर’ सहित थुप्रै महत्वाकांक्षी कार्यक्रम घोषणा गरेको छ।
सरकारी संरचनामा हाल प्रत्येक निर्वाचन क्षेत्रमा हुने प्राथमिक स्वास्थ्य केन्द्रमा समेत चिकित्सक उपलब्ध गराउन नसकेको अवस्थामा प्रत्येक गाविसमा चिकित्सक पुर्याहउनेसहित आइसियु र एनआइसियु स्थापना गर्नेसम्मका कार्यक्रम घोषणा गरेको छ।
अर्थमन्त्री रामशरण महतले मंगलबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले स्वास्थ्य क्षेत्रका लागि ४१ अर्ब ३२ करोड बजेट विनियोजन गरेको छ, जुन कुल बजेटको ५ प्रतिशत हो। अघिल्लो वर्ष स्वास्थ्यका लागि ३१ अर्ब २६ करोड विनियोजन गरिएको थियो, जुन कुल बजेटको ५.५ प्रतिशत थियो। प्रतिशतका हिसाबले बजेट घटे पनि यसपालि बजेटको आयतन भने बढेको छ।
क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्नुपर्ने अवस्थामा यो बजेट निराशाजनक भएको टिप्पणी विज्ञहरूले गरेका छन्। स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले विपत्तिपछिको अवस्थामा पनि स्वास्थ्य प्राथमिकता परेको बताए। उनले स्वास्थ्य क्षेत्रमा लिएका विभिन्न लक्ष्य पूरा गर्ने गरी पुराना कार्यक्रमलाई निरन्तरता दिँदै केही नयाँ कार्यक्रम थपिएको बताए।

    हाल सरकारी स्वास्थ्य सेवामा करिब १ हजार मात्रै चिकित्सक दरबन्दी छ। यो आधारमा चिकित्सक पुर्यारउन थप ३ हजारभन्दा बढी चिकित्सक चाहिन्छ। आइसियु सेवा विस्तार कार्यक्रम पनि मिठो सपना मात्रै भएको प्रतिक्रिया दिए।
    आइसियु चलाउन एनेस्थेसियोलोजिस्टसँगै कार्डियोलोजिस्टजस्ता विशेषज्ञ जनशक्ति चाहिने भए पनि त्यस्ता जनशक्ति अत्यन्तै न्यून भएकाले पूरा हुन कठिन रहेको

पछिल्लो समय भूकम्प प्रभावित ११ जिल्लाका सबै गाविसमा चिकित्सक पुर्यादउने कार्यक्रमसमेत लागू हुन सकेको छैन। मन्त्रालयले गत वर्ष जारी गरेको २० वर्षे स्वास्थ्य नीतिमा यस्तो घोषणा गरेको थियो। ‘नीतिमा राखिसकेको अवस्थामा कार्यक्रम लागू गर्दै जाने घोषणा भएको छ, त्यो सकारात्मक हो,’ स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. यशोवर्द्धन प्रधानले भने, ‘यो सपना साकार हुन कम्तीमा २० वर्ष लाग्छ।’
हाल सरकारी स्वास्थ्य सेवामा करिब १ हजार मात्रै चिकित्सक दरबन्दी छ। यो आधारमा चिकित्सक पुर्यारउन थप ३ हजारभन्दा बढी चिकित्सक चाहिन्छ।
डा. प्रधानले यो कार्यक्रम कार्यान्वयन सुरु हुँदा उपत्यका वरपरका जिल्लाका गाविसमा चिकित्सक पुगे पनि मनाङ, मुस्ताङका गाउँमा चिकित्सक पुर्यायउन सजिलो नभएको बताए। उनले सरकारले घोषणा गरेको आइसियु सेवा विस्तार कार्यक्रम पनि मिठो सपना मात्रै भएको प्रतिक्रिया दिए।
आइसियु चलाउन एनेस्थेसियोलोजिस्टसँगै कार्डियोलोजिस्टजस्ता विशेषज्ञ जनशक्ति चाहिने भए पनि त्यस्ता जनशक्ति अत्यन्तै न्यून भएकाले पूरा हुन कठिन रहेको उनले बताए। ‘एनेस्थेसियोलोजिस्टको माग देशभर छ,’ उनले भने, ‘एमबिबिएस चिकित्सकलाई त सरकारले आकर्षित गर्न नसकेको अवस्थामा कसरी विशेषज्ञ ल्याउला?’ उनले एनआइसियुका लागि भने नर्सलाई तालिम दिए तथा एमबिबिएस चिकित्सक भए पनि पुग्ने भएकाले इच्छाशक्ति भए कार्यान्वयन हुन सक्ने बताए।
सरकारले कानुनी रूपमा गर्भपतन गराउँदा स्वास्थ्य संस्थामा शुल्क नलाग्ने, २८ दिनसम्मको शिशुको स्वास्थ्य सेवामा निःशुल्क गर्ने, मिर्गौला र पाठेघरको वर्षमा एकपल्ट निःशुल्क जाँच गर्ने नयाँ कार्यक्रम घोषणा गरेको छ। स्वास्थ्य बिमा १० जिल्लामा विस्तार गरिने भएको छ। डा. प्रधानले स्वास्थ्य बिमा सरकारले गरेर नहुने भन्दै यसलाई पूरा नहुने अभियानको संज्ञा दिए।

खर्च गर्न कठिन

विज्ञहरूले महŒवाकांक्षी कार्यक्रम पूरा गर्न स्वास्थ्य मन्त्रालयको खर्च गर्न सक्ने क्षमता र बजेट प्रतिशत दुवै नबढेसम्म उपलब्धि हुन नसक्ने बताए। गत वर्ष पनि स्वास्थ्यमा २६ अर्ब ६१ करोड मात्रै खर्च भएको थियो। सचिव श्रेष्ठले दाताको पैसा खर्च गर्न कठिन भएकाले कम खर्च देखिएको भन्दै आगामी दिनमा यसमा सुधार हुने बताए।

सरकारले बजेटमा सबै सरकारी अस्पताल तथा स्वास्थ्य चौकीमा औषधि र उपकरणसहितको पूर्वाधार र आवश्यकताअनुसार स्वास्थ्यकर्मी व्यवस्था गर्न, नवगठित नगरपालिकामा कम्तीमा १५ शैयाका अस्पताल स्थापना गर्न आगामी वर्षमा २७ करोड छुट्ट्याएको छ। सरकारी स्वास्थ्य शिक्षण संस्थाबाट स्नातकोत्तर तहको पढाइ सञ्चालन गर्न २७ करोड विनियोजन गरिएको छ।

निजी अस्पतालको अनुगमन बढाउने र सरकारी अस्पतालको अवस्था सुधार्ने बजेटमा उल्लेख छ। बजेटमा सामुदायिक तथा निजी अस्पतालको भौतिक पूर्वाधार, यन्त्र उपकरण, जनशक्ति सेवा औषधिबारे प्रभावकारी अनुगमन गरिने, मापदण्ड पालना नगर्ने र सरकारी निर्णय अवज्ञा गर्ने अस्पताललाई कानुनबमोजिम कडा कारबाही गरिने उल्लेख छ।
यस्तै, सामुदायिक अस्पताललाई दिइने अनुदान स्पष्ट मापदण्डका आधारमा पारदर्शी, औचित्यपूर्ण र आवश्यकता आधारित बनाइने सरकारी कार्यक्रम छ ।

सरकारी अस्पताल र स्वास्थ्य संस्थाबाट नियमित प्रदान गरिने निःशुल्क औषधिको गुणस्तरीय आपूर्तिमा ध्यान दिन, औषधिको नमुना परीक्षण, गुणस्तर एवं मूल्य अनुगमन प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालासहित औषधि व्यवस्था विभागको पुनःसंरचना गर्ने प्रतिबद्धता गरेको छ।

सरकारले काठमाडौं उपत्यकाका ठूला अस्पतालमा बिरामीको चाप कम गर्न र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न उपत्यकाका केही स्थानबाट स्याटेलाइट सेवा उपलब्ध गराउन सुरु गर्ने, क्षेत्रीय स्तरमा रहेका स्वास्थ्य प्रयोगशालाका क्षमता अभिवृद्धि तथा परीक्षणका लागि आवश्यक उपकरण, जनशक्ति र पूर्वाधार पुर्यासइने जनाएको छ। विपत तथा दुर्घटनामा घाइतेको तत्काल उपचार व्यवस्था गर्न भरतपुर अस्पताल चितवनमा र धौलागिरी अञ्चल अस्पतालमा हरि खड्का ट्रमा सेन्टर बाग्लुङमा स्थापना गरिने भएको छ।

पश्चिमाञ्चलमा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती उपक्षेत्रीय अस्पताल मेडिकल कलेज

त्यसैगरी, पश्चिमाञ्चल विकास क्षेत्रमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना र राप्ती उपक्षेत्रीय अस्पतालमा मेडिकल कलेजका रूपमा विकास गर्न प्रारम्भिक कार्य सुरु र भेरी अञ्चल अस्पताललाई स्तरोन्नति गरी हृदयरोग निवारण केन्द्र स्थापना गर्ने सरकारी प्रतिबद्धता छ।
सरकारी स्तरमा न्युरोलोजी केन्द्र स्थापना गर्न प्रारम्भिक कार्य गर्ने, सर्पदंशका बिरामीका लागि एन्टिभेनम भ्याक्सिन उत्पादन सुरु गर्ने जनाएको छ। यसबाहेक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरोन्नतिका लागि २५ करोड बजेट विनियोजन गरिएको छ।
मातृ तथा बालस्वास्थ्य सुधार ल्याउन काम गर्ने महिला स्वास्थ्य स्वयंसेविकालाई दिइने पोसाक भत्ता १ हजारबाट बढाएर ६ हजार पुर्यााइएको छ। यसबाहेक विपन्न समुदायका विशेष र आम नागरिकका लागि आधारभूत स्वास्थ्यका पुराना कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ।

कहाँ हराए भन्सार छुटका औषधि ?

सुरेन्द्र पौडेल
काठमाडौं, असार २७ - भूकम्पबाट घाइतेको उपचारका लागि विभिन्न देशबाट भन्सार छुटमा भित्र्याइएका करोडौँ मूल्यबराबरका औषधि कहाँ र कसरी प्रयोग भयो भन्ने विवरण सरकारलाई अझै उपलब्ध हुन सकेको छैन।

भूकम्पपछि विभिन्न सरकारी निकाय, संघसंस्था तथा व्यक्तिले घाइतेको उपचारनिम्ति राहतका रूपमा भन्सार छुट गराएर औषधि भित्र्याएका थिए। तर, कसैले पनि औषधि वितरणको विवरण सरकारी निकायलाई बुझाएका छैनन्। औषधि भित्र्याएको एक महिनाभित्र राहत वितरणको पत्र जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित गराई भन्सारमा बुझाउनुपर्ने सरकारी नियम छ।

‘भूकम्प गएपछि सुरुका केही दिन स्थिति भद्रगोल नै रह्यो। कसले, कति औषधि भन्सार छुटमा भित्र्यायो, कहाँ लग्यो, कसैलाई थाहा छैन। स्वास्थ्य विभागलाई प्राप्त औषधिको आँकडा हामीसँग छ। संघसंस्था र व्यक्तिले लगेका औषधिको विवरण हामीसँग छैन। यस्ता संघसंस्था तथा व्यक्तिले लगेको औषधि बढी भयो भनेर फिर्ता गरेका पनि छैनन्,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गुणराज लोहनीले नागरिकसँग भने।

सरकारी निकाय, संघसंस्था तथा व्यक्तिले केजी, बाकस, कार्टुन, पत्ता उल्लेख गरी औषधि भित्र्याएका छन्, जसअनुसार ३ लाख २४ हजार १ सय ४५ केजी, ३ लाख ७८ हजार ७ सय ८० पत्ता, ५३ हजार ७६ कार्टुन र १ हजार ९६ बाकस औषधि भूकम्पका घाइतेका लागि राहत भन्दै भन्सार छुटमा नेपाल भित्रिएको छ। यस बाहेक थप २ गाडी औषधि पनि भूकम्पका घाइतेको नाममा भन्सार छुटमा नेपाल भित्रिएको छ।


वैशाख १२ गतेको भूकम्पपछि जेठ २० गतेसम्म विभिन्न भन्सार नाकाबाट भन्सार छुटमा औषधि भित्रिएको हो। सरकारले जेठ २० भित्र भित्रिने राहत सामग्रीमा भन्सार छुट दिने निर्णय गरेको थियो।

नागरिकलाई प्राप्त १३ वटा भन्सार नाकाबाट पूर्ण भन्सार छुटमा भित्रिएका राहत सामग्रीको सूचीमा औषधिको परिमाण निकै ठूलो छ। सरकारी निकाय, संघसंस्था तथा व्यक्तिले केजी, बाकस, कार्टुन, पत्ता उल्लेख गरी औषधि भित्र्याएका छन्, जसअनुसार ३ लाख २४ हजार १ सय ४५ केजी, ३ लाख ७८ हजार ७ सय ८० पत्ता, ५३ हजार ७६ कार्टुन र १ हजार ९६ बाकस औषधि भूकम्पका घाइतेका लागि राहत भन्दै भन्सार छुटमा नेपाल भित्रिएको छ। यस बाहेक थप २ गाडी औषधि पनि भूकम्पका घाइतेको नाममा भन्सार छुटमा नेपाल भित्रिएको छ।

यी औषधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए), मेची, विराटनगर, जलेश्वर, सर्लाही, गौर, वीरगन्ज, सुक्खा बन्दरगाह भन्सार, भैरहवा, कृष्णनगर, नेपालगन्ज, कैलाली र कञ्चनपुर भन्सार कार्यालयबाट भित्रिएका हुन्। ‘धेरैले भूकम्प गएको मौका छोपी सुरुका दिनमा भन्सार छुटमा औषधि भित्र्याएका छन्। पछिल्ला दिनमा हामीले कडाइ गरेपछि यो क्रम रोकियो,’ प्रवक्ता लोहनीले भने।

भूकम्पका घाइतेको उपचार निःशुल्क गर्ने घोषणा सरकारले गरेको थियो। सोही बमोजिम सरकारले केन्द्रीय दैवीप्रकोप उद्धार कोषबाट तत्कालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निजी तथा सामुदायिक अस्पतालमा भएका मेजर अपरेसनका लागि एकमुष्ट २ करोड ५० लाख रुपैयाँ र अति आवश्यक औषधि तथा औषधिजन्य उपकरण जिल्ला तथा केन्द्रीय स्तरमा खरिद गरी आवश्यक स्थानमा परिचालन गर्न ३ करोड रुपैयाँ निकासा गरेको थियो। यसका अलावा कोषले नेपाली सेना र प्रहरीका लागि पनि औषधिको लागि भन्दै छुट्टै बजेट निकासा गरेको थियो।

खोज, उद्धार तथा भग्नावशेष हटाउने कार्यमा परिचालित हँुदा लाग्ने सञ्चार, सवारी र हवाई इन्धन, औषधि खरिदका लागि भनी कोषले सेनालाई १० करोड, नेपाल प्रहरीलाई १३ करोड र सशस्त्र प्रहरी बललाई १० करोड रुपैयाँ भूकम्प गएलगत्तै निकासा गरिएको थियो। भन्सार विभागको सूचीमा चढेका औषधि सरकारी बजेटभित्र पर्दैनन्।

विदेशबाट आउने सम्पूण राहत सामग्री के कति आयो र कहाँ वितरण गरियो भन्ने तथ्यांक राख्ने जिम्मेवारी गृह मन्त्रालयले पाएको छ। तर, गृहसँग भूकम्पका घाइतेका नाममा कति औषधि भित्रियो भन्ने तथ्यांक छैन। गृहको राहतसम्बन्धी मासिक प्रतिवेदनमा उसले ३ सय ९५ बाकस र १ सय ३ कार्टुन औषधि वितरण भएको मात्र उल्लेख गरेको छ। बाँकी औषधिका सम्बन्धमा गृहको प्रतिवेदन मौन छ, जबकि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालमा भूकम्प पीडितको उपचार निःशुल्क गरेको थियो।

गृहको प्रतिवेदनमा उल्लेख भएअनुसार ३५ बाकस र १९ कार्टुन औषधि झापाबाट काठमाडौं पठाइएको छ। २० कार्टुन औषधि रुपन्देहीबाट ललितपुर पठाइएको थियो। यस्तै, १५ बाकस औषधि झापाबाट काभ्रेपलाञ्चोक र पर्साबाट ५५ कार्टुन औषधि काठमाडौं पठाइएको थियो। रौतहटबाट सिन्धुपाल्चोक १ काटुर्न औषधि पठाएको देखिन्छ। पर्साबाट केन्द्रीय दैवीप्रकोप उद्धार समितिमा १ हजार ११ बाकस र काठमाडौंका लागि भनेर २ सय ३४ बाकस औषधि पठाइएको छ।

औषधि व्यवसायी संघका महासचिव दीपक दाहालका अनुसार संघले मात्रै भूकम्पका घाइतेको उपचारमा भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विभिन्न संघसंस्था र व्यक्तिलाई नेपालभित्र उत्पादन भएको ६८ लाख रुपैयाँ बराबरको औषधि खुद्रा मूल्यमा उपलब्ध गराएको थियो। नेपालभित्रै उत्पादन भएको औषधि त्यति ठूलो मात्रामा भूकम्प प्रभावित क्षेत्रमा पुगेको अवस्थामा विदेशबाट करोडौंको औषधि भित्रिएकोप्रति उनले आश्चर्य प्रकट गरे।
‘विदेशबाट भित्रिएको औषधिको परिमाण निकै ठूलो हो। यति धेरै त नआउनुपर्ने। कहीँ न कहीँ गडबड देखिन्छ। हामी खोज्छौं,’ महासचिव दाहालले भने।    
गृहको तथ्यांकअनुसार वैशाख १२ गतेको भूकम्प र त्यसपछिका अनुकम्पनबाट नेपालभर २१ हजार ९ सय ५२ जना मानिस घाइते भएका थिए। गृहको सूचीमा रहेका घाइतेलाई विदेशबाट आएको औषधि समानुपातिक हिसाबले बाँड्ने हो भने एउटा घाइतेको भागमा १४.७६ केजी, १२.२५ पत्ता, २.४१ कार्टुन र ०.०४ बाकस पर्छ। यसमा दुई गाडी औषधि जोडिएको छैन। भारतबाट भित्र्याइएका २ गाडीमा कति औषधि थियो, खुलाइएको छैन।

सरकारले भूकम्पपीडितका लागि राहत सामग्री ल्याउँदा भन्सार कार्यालयमा कहाँबाट आएको, कसले बुझ्ने, कहाँ वितरण गर्ने खुलाएपछि मात्र भन्सार छुट दिने प्रावधान बनाएको थियो। तर, विदेशबाट औषधि झिकाउनेमध्ये आधाजसोले मात्र औषधिको मूल्य र वितरण गर्ने स्थान खुलाएका छन्। राहत सामग्री वितरण गरेको पत्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्रमाणीकरण गरी एक महिनाभित्र भन्सार नाकामा नपठाए भन्सार शुल्क बुझाउनुपर्ने सरकारी नियम छ। भूकम्पका घाइतेको उपचारपश्चात बाँकी रहेको औषधि सरकारलाई बुझाउनुपर्छ। अहिलेसम्म सरकारलाई कसैले पनि औषधि बुझाएको छैन।

भन्सार विभागको तथ्यांकमा विभिन्न संघसंस्था तथा व्यक्तिले औषधिमा मात्रा धेरै देखाए पनि त्यसको रकम भने निकै कम उल्लेख छ। सरकारी निकायले त्यति नै मात्रामा औषधि भित्र्याउँदा औषधिको मूल्य निकै बढी रहेको भन्सारको रेकर्डमा उल्लेख छ।

वैशाख १३ देखि जेठ २० गतेसम्म नेपाल भित्रिएका औषधिको कुल मूल्य भन्सारमा करिब २ करोड रुपैयाँ उल्लेख छ। यो रकम नेपाल भित्रिएकोमध्ये आधा औषधिको मात्र हो। बाँकीको भन्सारमा मूल्य नै उल्लेख छैन। टिपिएको मूल्य विवरण ठिक हो कि होइन कसैलाई थाहा छैन।

ह्याममोक हेलिकप्टर सेल्स एन्ड सर्भिस, मलेसियाले पठाएको १ सय ७४ केजी औषधि नेपालमा द ब्रिटिस नेपाल मेडिकलले बुझेको छ। उसले त्यसको मूल्य १ सय मात्र उल्लेख गरेको छ जसअनुसार एक केजी औषधिको मूल्य १ रुपैयाँ पनि देखिँदैन।

यस्तै, मेडसेयर इन्टरनेसनल, अमेरिकाले पठाएको २ हजार ५ सय ६ केजी औषधि नेपाल अर्थोपेडिक हस्पिटलले बुझेको छ, जसको मूल्य भन्सारमा २ हजार रुपैयाँ मात्र उल्लेख छ। नेपाल उद्योग वाणिज्य महासंघले पनि भारतको ट्याब्लेट्स इन्डिया लिमिटेडले पठाएको ५० केजी औषधि बुझेको छ, जसको मूल्य भन्सारमा ८ लाख ३० हजार ६ सय ४५ उल्लेख छ। नेपाल चेम्बर अफ कमर्सले पनि भूकम्प पीडितका लागि भनी १ हजार ५ सय रुपैयाँमा ३० हजार ‘एक्वा ट्याब’ भित्र्याएको छ। एक संस्थाले भारतबाट भूकम्पको घाइतेको लागि भन्दै ५० हजार पत्ता पेनकिलर र १ लाख ५० हजार पत्ता पसिएम भित्र्याएको देखिन्छ।

वैशाख १३ देखि जेठ २० गतेसम्म नेपाल भित्रिएका औषधिको कुल मूल्य भन्सारमा करिब २ करोड रुपैयाँ उल्लेख छ। यो रकम नेपाल भित्रिएकोमध्ये आधा औषधिको मात्र हो। बाँकीको भन्सारमा मूल्य नै उल्लेख छैन। टिपिएको मूल्य विवरण ठिक हो कि होइन कसैलाई थाहा छैन।

चेक रिपब्लिक सरकारले पठाएको ११ हजार ८ सय १२ केजी, थाइल्यान्ड सरकारले पठाएको १८ हजार ९ सय केजी र स्विडेन सरकारले पठाएको ११ हजार ७ सय ७० केजी औषधि नेपालको भन्सारबाट प्रवेश गरेको रेकर्ड छ, तर कसले बुझ्यो र कहाँ लग्यो भन्ने रेकर्ड भन्सार विभागमा पनि भेटिँदैन। यस्तै, राजीव पोखरेल नाम गरेका व्यक्तिले २ सय ३२ केजी औषधि बुझे पनि औषधिको मूल्य र वितरण गर्ने ठाउँ भन्सारमा खुलाएका छैनन्। मेडिसिन स्यानफ्रन्टियर्स, ललितपुरले पनि मूल्य र वितरण गर्ने स्थान उल्लेख नगरी ४ हजार ८ सय ५३ केजी औषधि बुझेको छ।

काठमाडौं, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोर्खा र दोलखाका लागि भन्दै सुष्मा कोइराला मेमोरियल ट्रस्टले ७३ बाकस औषधिजन्य सामग्री बुझेको छ। ट्रस्टले बंगलादेशबाट आएको सामग्री बुझेको हो। भन्सारमा ट्रस्टलेे मूल्य खुलाएको छैन।

भूकम्प पीडितको नाममा एकैचोटि यति ठूलो मात्रामा औषधि भित्रँदा पछाडि समस्या आउने जनसंख्या मन्त्रालयका प्रवक्ता लोहनी बताउँछन्। औषधिको ‘एक्स्पायर डेट’ धेरै लामो नहुने भएकाले यस्ता औषधि बजारमा गए समस्या निम्तिने उनले बताए।

यस्तै, भन्सारमा मूल्य नखुलाई एसिया फ्रेन्डसिप नेटवर्कले ४ सय केजी औषधि बुझेको छ। सिप्रदियन सहायत संस्थाले भारतबाट आएको ८ हजार केजी औषधि बुझेको छ। संस्थाले औषधिको मूल्य ६ लाख ८७ हजार ९ सय ३८ रुपैयाँ उल्लेख गरे पनि ती औषधि लाने ठाउँ खुलाएको छैन। एड इटी एक्सन नेपाल नामक संस्थाले लमजुङको विचौर, दूधपोखरी क्षेत्रमा वितरण गर्ने भन्दै १० हजार थान औषधि बुझेको देखिन्छ।

ग्रिन सोल्जर्सले बेलायतबाट आएको ६ हजार ४ सय २४ केजी औषधि बुझेको छ। काठमाडौं र ललितपुर क्षेत्रका लागि भन्दै उक्त संस्थाले ल्याएको औषधिको मूल्य ६ हजार रुपैयाँ उल्लेख छ। टेक नेपालले ३१ कार्टुन औषधि बुझेको छ जसको मूल्य भन्सारमा ८ लाख ८ हजार १ सय ४७ उल्लेख छ। गायत्री सिद्ध पिठले पनि काठमाडौंको लागि भनी भारतबाट आएको १ हजार केजी औषधि बुझेको छ, जसको मूल्य खुलाइएको छैन। भारतीय दूतावासले पनि १ सय ७६ कार्टुन औषधि मूल्य नखुलाई बुझेको छ। सिद्धार्थ होटल एसोसिएसन, भैरहवाले समेत सिन्धुपाल्चोकका लागि भनी भारतबाट आएको ३० कार्टुन औषधि बुझेको छ, जसको मूल्य उल्लेख छैन।

भूकम्प पीडितको नाममा एकैचोटि यति ठूलो मात्रामा औषधि भित्रँदा पछाडि समस्या आउने जनसंख्या मन्त्रालयका प्रवक्ता लोहनी बताउँछन्। औषधिको ‘एक्स्पायर डेट’ धेरै लामो नहुने भएकाले यस्ता औषधि बजारमा गए समस्या निम्तिने उनले बताए। ‘एक वर्षभित्र म्याद सकिएका औषधि बजारमा थुप्रै देखिन सक्छ। यो सरकारका लागि पनि ठूलो समस्या हो,’ उनले भने।

नागरिक

सेक्सअघि के नखाने?


गेडागुडी
गेडागुडी चाँडै पच्दैन। गेडागुडी खानाले ग्यास बनाउँछ। सेक्सको मजालाई ग्यासले कम गरिदिने भएकाले सेक्सअघि भरसक गेडागुडी खानु हुँदैन। साथै गेडागुडीमा पाइने सुगर पच्न समय लाग्छ। अपच पेट सेक्सका लागि अनुकूल हुँदैन।


ब्रोकाउली
ब्रोकाउली र काउलीमा पनि गेडागुडीमा जस्तै सुगर पाइन्छ। जुन पच्न समय लाग्छ। अमेरिकाको जोन हप्किन्स अस्पतालले गरेको एउटा अनुसन्धानअनुसार यस्तो सुगर पचाउन शरीरले मिथेन रिलिज गर्नेगर्छ। सेक्सका क्रममा उपयोगी हुने मिथेन ग्यास निस्कासन हुनु राम्रो होइन।

लसुन र प्याज
सेक्समा लीन हुनअघि लसुन खानु हुँदैन। यसले मुख र श्वासलाई दुर्गन्धित बनाउँछ, साथै पेट पनि फुलाउँछ। फुलेको पेट र दुर्गन्धित श्वासले सेक्सलाई आनन्ददायक बनाउन सक्दैन।

पनिर
पनिर धेरैजनाको मनपर्ने खान्कीमा पर्छ। तर, सेक्सअघि यो पनि भरसक खानु हुँदैन। पनिरको स्वाद र गन्ध मुखमा लामो समयसम्म रहन्छ। यसले यौन उत्तेजनालाई शान्त गर्छ। त्यसैले सेक्सअघि पनिर खानु त्यति राम्रो मानि"दैन।

रातो मासु
रातो मासु हेभी डाइट हो। रातो मासु खाएपछि पच्न लामो समय लाग्छ। रेड मिट खाएपछि निन्द्रा लाग्छ, शरीर आलस्य हुन्छ। यस्तो अवस्थामा सेक्स गर्नु त्यति आनन्ददायक हुँदैन।

चिज
चिज पनि पच्न समय लाग्छ। यसले ग्यास बनाउने र पेट ढुस्स बनाउने गर्छ। यस्तो पेट सेक्समा लिन हुन उपयोगी हुँदैन।

चुइङ्गम
चुइङ्गम खानाले मुख फ्रेस हुन्छ र यसले चुम्बनलाई भव्य बनाउन सहयोग गर्छ। तर, सेक्सका लागि चुइङ्गम चपाउनु राम्रो मानिँदैन। मायो क्लिनिकले गरेको एउटा अध्ययनले चुइङ्गम चपाउँदा निलिने हावाले ग्यास फर्मेसन गराउने र यसबाट सेक्सको मुड कम हुने तथ्य पत्ता लगाएको थियो।

तारेको आलु
तारेको आलुमा फ्याट बढी हुन्छ। यसले शरीरको रक्तसञ्चारलाई सुस्त बनाउँछ। तर, सेक्समा रक्तसञ्चार तीव्र हुनु राम्रो हुन्छ। साथै तारेको आलुमा नुनको मात्रा कम हुने भएकाले यसले उत्तेजना घटाउने र शरीरलाई अल्छी महसुस गराउने गर्छ।

पुदिना
पुदिनाले मुखलाई वासनादार बनाए पनि यसले उत्तेजना घटाउने काम गर्छ। पुदिना खानाले शरीरमा टेस्टोस्टोरोन हर्मोनको मात्रा घट्छ। टेस्टोस्टोरोन पुरुषको यौन हर्मोन भएकाले यसको मात्रा घटनाले दुवैले यौनको चरम आनन्द प्राप्त गर्नबाट वञ्चित हुन्छन्।

नागरिक

चिकित्साशास्त्रमा निःशुल्क अध्ययन रोक्न चलखेल

नागरिक
काठमाडौं, असार १४ - सरकारी मेडिकल कलेजमा चिकित्साशास्त्रतर्फ पोस्ट ग्य्राजुएट र सोभन्दा माथिको अध्ययन निःशुल्क गर्ने अन्तिम तयारी भइरहँदा निःशुल्क हुन नदिन ठूलो चलखेल सुरु भएको भन्दै चिकित्सा शिक्षाका विद्यार्थी तथा चिकित्सक संघले आपत्ति जनाएका छन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम), विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपीकेआइएचएस) धरानमा अध्ययनरत विद्यार्थीहरूले आइतबार स्वास्थ्य मन्त्रालयमा धर्ना दिएका छन्। उनीहरूले चिकित्सा सेवा महाशाखा प्रमुख डा. गुणराज लोहनीलगायत पदाधिकारीसँग भेटेर कार्यविधि रोकिनुको कारण माग गरेका थिए। सो क्रममा डा. लोहनीले केही दिनअघि नै समितिले प्रतिवेदन पेश गरिसकेको जानकारी दिएका थिए।

धर्नामा सहभागी चिकित्सक डा. विश्वबन्धु बगालेले चिकित्साशास्त्रतर्फ पिजी तहमा निःशुल्क अध्यापन नगराउन चलखेल सुरु भएको सार्वजनिक भएपछि यसबारे जानकारी माग्न आएको बताए। उनले कार्यविधि मन्त्रिपरिषद्मा नपठाएसम्म मन्त्रालयमा यस्ता दबाबमूलक कार्यक्रम जारी राखिने बताए।

सरकारले गत माघमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको अनशनका क्रममा सरकारी प्रतिष्ठान/संस्थानमा पिजी यही शैक्षिक वर्षदेखि निःशुल्क अध्यापन गराउने सम्झौता गरेको थियो।

सम्झौताअनुसार सरकारले प्रक्रिया सुरु नगर्दै बिपिकेआइएचएस धरानले गत जेठ अन्तिम सातामा नै महंगो शुल्क लिने गरी भर्ना खोलेपछि त्यहाँका आवासीय चिकित्सक डा.गोविन्द केसीसँग भएको सम्झौता कार्यान्वयन माग गर्दै आन्दोलनमा उत्रेका थिए।

आन्दोलनलगत्तै सरकारले यसै शैक्षिक सत्रदेखि अध्ययन निःशुल्क गर्न गत जेठ २४ गते कार्यविधि बनाउन विशेषज्ञ समिति बनाएको थियो। समितिले प्रतिवेदन तयार पारिसके पनि कार्यान्वयन हुन नदिन चलखेल भइरहेको समितिका अधिकारीले नै बताउँदै आएका छन्।

यसअघि समितिको प्रतिवेदन तयारी अन्तिम अवस्थामा रहेकै बेला विशेष गरी बिपीकेआइएचएस, धरान सार्वजनिक रुपमै सरकारी निर्णयप्रति आपत्ति जनाउँदै निःशुल्क पिजी अध्ययनविरुद्ध उभिएको थियो। अहिले संस्थाले पिजी अध्यापनबाट गर्ने आम्दानी रकम बराबर सरकारले अनुदान दिने गरी कार्यविधि बनाउने स्पष्ट पार्दा पनि बिपीकेआइएचएस, धरानले पिजीअध्ययन निःशुल्क गरे अस्पतालका चिकित्सक र कर्मचारीलाई तलबसमेत खुवाउन नसक्ने भन्दै असन्तुष्टि जनाएको थियो।

कार्यविधि निर्माण समितिका अनुसार हाल तीन वटै संस्थाले पिजी अध्यापन गराइरहेका ३ सय ५० विद्यार्थीबाट लिइरहेको शुल्कका आधारमा अनुदान दिँदा यस वर्ष नै ३३ करोड रुपैयाँ आवश्यक पर्छ। समितिले तीन वटै संस्थाको शुल्कको औसत निकालेर विद्यार्थी कोटाका आधारमा अनुदान दिन सुझाएको थियो। तर सो प्रतिवेदन करिब डेढ सातादेखि स्वास्थ्य मन्त्रालयमा अड्किएको छ।

त्यसैगरी नेपाल चिकित्सक संघले समेत आइतबार विज्ञप्ति जारी गरी डा. गोविन्द केसीसँग भएको पिजी अध्यापन निःशुल्क गर्ने सम्झौता अक्षरशः पालना गर्न ध्यानाकर्षण गराएको छ। संघले चैत १९ गते संघ, नेपाल सरकार र डा. केसीबीच सम्पन्न सम्झौताको बुँदा ८ बमोजिन सरकारी संस्थामा पिजी र सोभन्दा माथिल्लो तहको अध्ययन निःशुल्क गर्न ध्यानाकर्षण गराएको हो।

पिजीमा महंगो शुल्क लिँदा गुणस्तरहीन चिकित्सक उत्पादन हुने र चिकित्सा सेवासमेत महंगो भएको भन्दै डा. केसीले पिजी अध्ययन निःशुल्क गर्नुपर्ने माग गरेका थिए। सरकारले डा. केसीसँग सरकारी शिक्षण संस्थामा एमडी, एमएस, एमडिएस, डिएम र एमसिएच तहमा आगामी शैक्षिक सत्रदेखि अध्ययन निःशुल्क गर्ने र निजी मेडिकल कलेजका हकमा डा. केदारभक्त माथेमाको चिकित्सा शिक्षा नीति तर्जुमा समितिले सिफारिस गर्ने सम्झौता गरेको थियो।

ब्रा खोलेर सुत्दाका फाइदै फाइदा


रक्तसञ्चार कम गर्छ
सुत्दाखेरि ब्रा लगाउनाले रक्तसञ्चारमा कमी आउँछ। अझ टाइट ब्रा लगाएर सुत्ने गर्नुभयो भने यसले रक्तसञ्चारलाई अझ नियन्त्रित गर्छ, जुन दीर्घकालीन स्वास्थ्यका लागि राम्रो मानिँदैन।

रातो दाग बस्छ
ब्रा लगाएर सुत्ने गर्नाले ब्राको इलास्टिक लाग्ने ठाउँको छाला रातो हुन्छ। गर्भवती अथवा स्तनपान गराउने महिलाले भने खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ।

राम्रो निद्रा लाग्दैन
शरीर पूरै 'रिल्याक्स्ड' भयो भने मात्र गहिरोसँग निदाउन सक्छ। यसका लागि शरीरले खुकुलो महसुस गर्नुपर्छ, ताकि श्वासप्रश्वास र रक्तसञ्चार दुवै निर्वाध रूपमा सञ्चालन होस्। टाइट ब्रा लगाएर सुतेमा मीठो निद्रा पर्दैन। राम्रोसँग निदाउन चाहनेले भरिसक्के सुत्दा ब्रा फुकाल्ने अथवा लगाएमा पनि कटनको लगाउने गर्नुपर्छ। पोलिस्टरको ब्रा सकेसम्म लगाउनु हुँदैन।

थकान महसुस हुन्छ
सुत्दाखेरि ब्रा लगाउनाले रक्तसञ्चार र श्वासप्रश्वासमा अवरोध सिर्जना हुन्छ। यसो हुँदा शरीरका कोषहरूमा पर्याप्त मात्रामा अक्सिजन र न्युटि्रएन्ट्स पुग्न पाउँदैन, जसले गर्दा शरीर गल्न पुग्छ।

सुनिन सक्छ
टाइट ब्रा लगाएर सुत्नाले स्तन सुनिने अथवा स्तनमा पानी जम्नेजस्ता गम्भीर समस्यासमेत उत्पन्न हुन सक्ने विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन्।

पसिना आउँछ
गर्मीमा टाइट ब्रा लगाएर सुत्ने युवतीको शरीरमा पसिना बढी आउँछ। त्यही भएर गर्मीमा ब्रा लगाएर सुत्नैपर्दा पनि खुकुलो कटनको ब्रा लगाउनुपर्छ।

क्यान्सर हुन सक्छ
टाइट ब्रा लगाएर सुत्दाखेरि हुने सबैभन्दा खराब नतिजा भनेको क्यान्सर हो। टाइट ब्रा लगाएर सुत्ने युवतीलाई स्तनको क्यान्सर हुने जोखिम बढी हुने गरेको विभिन्न अनुसन्धानले देखाइसकेका छन्। किनकि, टाइट ब्राले छातीको भागमा रक्तसञ्चारलाई अवरुद्ध गर्छ, जसले गर्दा व्यक्ति क्यान्सरजस्तो रोगको शिकार हुने जोखिम बढ्छ। वर्षौंसम्म टाइट ब्रा लगाएर सुत्ने युवतीको स्तनमा गाँठा देखापर्ने सम्भावना पनि बढी हुन्छ।





जानकी मेडिकललाई कारबाही गर्न निर्देशन


नागरिक
काठमाडौं, असार २८   व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले विद्यार्थीसँग पैसा उठाएर पठनपाठन अवरुद्ध गर्ने जनकपुरको जानकी मेडिकल कलेजका सञ्चालकमाथि कारबाही प्रक्रिया तत्काल थाल्न निर्देशन दिएको छ। समितिले पीडित विद्यार्थीलाई समुचित क्षतिपूर्तिको व्यवस्था मिलाउनसमेत शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ।
विद्यार्थीबाट पैसा उठाएपछि दुई वर्षभन्दा लामो समयदेखि पढाइ र अस्पताल सञ्चालन रोकेर नियमनकारी निकाय र विद्यार्थी ढाँट्दै हिँडेको भन्दै समितिले सञ्चालकमाथि कारबाहीको निर्देशन दिएको हो।

कलेज सञ्चालकलाई कारबाही तथा आफ्नो पठनपाठन सुनिश्चितताको माग गर्दै विद्यार्थीहरूले आन्दोलन जारी राखे पनि सञ्चालकहरूलाई संरक्षण गरेर कारबाहीबाट जोगाएको शिक्षामन्त्री चित्रलेखा यादवमाथि आरोप लाग्दै आएको छ। समितिले सबै पक्षसँगको छलफलपछि कलेज सञ्चालकलाई कारबाही गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ।

समितिका सभापति सुनीलकुमार श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बैठकले कलेजका ३ सय १७ विद्यार्थीको भविष्य अन्योलग्रस्त बन्न पुगेको भन्दै सञ्चालनमा देखिएको समस्या समाधान गर्न समेत शिक्षा मन्त्रालय र इन्स्टिच्युट अफ मेडिसिन (आइओएम) र मेडिकल काउन्सिललाई निर्देशन दिएको छ। समितिले सो समस्या समाधान गरेर पीडित विद्यार्थीको अध्ययन प्रक्रिया अघि बढाई १० दिनभित्र समितिलाई जानकारी दिन पनि निर्देशन दिएको छ।

समितिले देशका सम्पूर्ण मेडिकल कलेजको सम्बन्धन र सञ्चालन प्रक्रियामा देखिएका समस्या अध्ययन गरी सुझावसहित प्रतिवेदन पेस गर्न ५ सदस्यीय कार्यदलसमेत गठन गरेको जनाएको छ।

लामो समयदेखि समस्या जारी रहेपछि आइओएमले कलेजमा पढाइ सञ्चालन हुन नसक्ने निष्कर्षसहित विद्यार्थी व्यवस्थापन प्रक्रिया सुरु गरे पनि शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिल बाधक बन्दै आएका छन्। आइओएमले जेठ अन्तिम साता नै त्यहाँका इन्टर्न विद्यार्थीलाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालमा सारेर अन्य विद्यार्थीको पनि मातहतका कलेजमा स्थानान्तरण प्रक्रिया सुरु गरेको थियो। तर, नेपाल मेडिकल काउन्सिलले सुरुमै सम्बन्धन खारेज नगरी विद्यार्थी व्यवस्थापनमा सहमति नदिने अडान राख्दै आएको छ।

समस्या समाधानका नाममा शिक्षा मन्त्रालयले सूचना जारी गरेर पठनपाठन सञ्चालन गर्न निर्देशन दिए पनि पालना नगरेका सञ्चालकमाथि कुनै कारबाही थालेको छैन। उल्टै शिक्षामन्त्री यादवले गत २१ गते मन्त्रालयमा सबै निकायका पदाधिकारीलाई डाकेर कलेजको सम्बन्धन खारेजी र विद्यार्थी स्थानान्तरणसमेत नगर्न निर्देशन दिएपछि प्रक्रिया अवरुद्ध छ। राजधानीमा विभिन्न निकायमा धर्ना दिँदै आएका विद्यार्थीले आइतबारदेखि जानकपुरमा समेत सडक अवरुद्ध पारेर आन्दोलन थालेका छन्।