
जलवायु परीवर्तन र विश्वतापमानमा भएको वृद्धिको असर हरेक क्षेत्रमा परीरहेको छ । यस्का कारण नेपालको भित्री मधेश र तर्राईको रोगका रुपमा परिचय वनाएको औलौ रोग मलेरिया अहिले पहाडको माथिल्लो भाग हुदै केहि हिमालि जिल्ला तिर पनि देखा पर्न थालेको छ । त्यस्तै तापक्रम बढ्दै गएकाले यो रोग अहिले असोजको महिनाको अन्तिमसम्म पनि देखिदै खतरा बढाउदै गैरहेको छ । विगतका वर्षहरुमा चैत देखि भदौ महिनासम्म धेरै मात्रामा देखिने यो रोग पछिल्लो समयमा असोज महिनासम्म देखिन थालेको छ ।
स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका कार्यक्रम अधिकृत अर्जुन कुमार भट्टराईका अनुसार औलो रोग विषेश गरी वैशाख देखि भदौ महिनामा वढि देखिन्छ । उनका अनुसार समुद्र सतहबाट १५ सय मिटरमाथिका दस जिल्लाबाहेक नेपालका ६५ वटा जिल्लामा औलोको संक्रमण रहेको छ । उनि भन्छन्-ुजम्मा १० वटा जिल्लामा मात्र औलोको संक्रमण छैन । तर अहिले ति जिल्लाका केहि स्थानमा समेत लामखुट्टे देखिन थालेका छन् । यद्धपि त्यहा हालसम्म औलोको प्यारासाइट भने भेटिएको छैन ।ु उनले यसैगरी तापक्रम वृद्धि हुदै जाने हो भने छिट्टै नै हिमाली जिल्लाहरुमा पनि औलोको संक्रमण देख्न सक्ने बताए ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओ का अनुसार सन् २००८ मा विश्वव्यापी रुपमा २४ करोड ७० लाख औलो रोगी देखिएकामा १० लाखको मृत्यु भएको थियो । पछिल्लो समयमा नेपालमा लामखुट्टेको

सरकारले भारतीय सिमानासँग जोडिएका तराईका १३ जिल्लालाई औलोको उच्च जोखिममा राखेको छ । ति जिल्लाहरुमा ´ापा इलाम मोरङ महोत्तरी धनकुटा सिन्धुली काभ्रे नवलपरासी बदिर्या कैलाली कन्चनपुर डडेलधुरा र बाँके रहेका छन् । त्यस्तै हालसम्म औलोको संक्रमण देखा नपरेका १० वटा जिल्लाहरुमा हुम्ला मुगु डोल्पा मुस्ताङ् मनाङ बाजुरा रसुवा सोलुखुम्बु भक्तपुर र काठमाडौ रहेका छन् । तर वढ्दो तपक्रम वृद्धिका कारण भक्तपुर र काठमाडौमा केहि रोगि देखिसकेका छन् भने वाकि रहेका ८ हिमाली जिल्लाका पनि तल्लो भेगहरुमा फाट्टफुट्ट रोगका संक्रमितहरु देखिन थालेको महाशाखाले जनाएको छ ।
यसरी लाग्छ औलो
औलो एक प्रकारको ज्वरो हो । बोलचालको भाÈामा यसलाई कामज्वरो समेत भनिन्छ । यो रोग पोथी एनोफिलिस जातको लामखुट्टेको टोकाईका कारण हुने गर्दछ । अधिकृत भट्टराईका अनुसार औलोको जीवनचक्रमा दुईवटा प्रवाह हुन्छन् । त्यहि जिवनचक्र पुरा गर्ने क्रममा नै यो रोग तीव्र गतिले फैलन्छ । पहिलो चक्रमा यो रोग संक्रमित लामखुट्टेले स्वस्थ व्यक्तिमा सर्ने गरेको छ । जब संक्रमित पोथी एनोफिलिस जातको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्छ लामखुट्टेले आफनो र् यालसँगै व्यक्तिको रगतमा औलो परजीवीलाई पुर् याइदिन्छ । संक्रमित लामखुट्टेले टोकेको १० देखि १२ दिनपछि उक्त व्यक्तिमा औलो रोगको लÔण्ँ देखा पर्दछ । दोश्रो चक्र भनेको औलो रोगीबाट असंक्रमित पोथी एनोफिलिस लामखुट्टे भएर स्वस्थ व्यक्तिमा औलो सर्नु हो । औलो रोगीलाई टोकेपछि असंक्रमित पोथी एनोफिलिस लामखुट्टेले बिरामीको रगतसँगै औलोको परजीवीलाई समेत चुस्ने गर्छ । जस्को १२ देख १४ दिनपछि यो लामखुट्टे संक्रमित भएर औलो फैलाउन सÔम हुन्छ र त्यसले जति पनि स्वस्थ व्यक्तिलाई टोक्छ उनीहरुलाई औलो रोग सार्दै जान्छ । औलो रोगीलाई दिनहँु वा एक दिन छाडेर ज्वरो आउने गरेको छ ।
औलोका चार किसिमका परजीवीमध्ये नेपालमा प्लाज्मोडियम भाइभेक्स र

औलोको लÔण्ँ
औलो लागेपछि मानिसहरुलाई एक्कासि कामज्वरो आउने अगाडि टाउको दुख्ने हातखुट्टा तथा जोर्नी दुख्ने अल्छी लाग्ने मांसपेशी दुख्ने ओठमा फोका देखिने भोक नलाग्ने जाडो भएर कम्प हुने र नरम वा मन्द ज्वरो आउने गर्दछ । टाउको असाध्यै दुख्ने जाडो लागेर कम्प हुने शरीरका हाडजोर्नीहरु दुख्ने दिन बिराएर ज्व्ारो आउने वाकवाकी लाग्ने बान्ता हुने खानामा अरुचि हुने पसिना आएर ज्वरो कम हँुदा शरीर हिउँ जस्तै चिसो हुने रक्तअल्पताका कारण्ँ अनुहार फुस्रो देखिने कब्जियत हुने फियो र कलेजो सुन्निने ठूलो हुने र थिच्दा दुख्ने गर्दछ । निश्चित समयसम्म जाडो हुने गर्मी हुने खलखल्ती पसिना आउने र एकैछिनपछि केही कमजोर अनुभव भए पनि पूण्र्ँ आराम भएको अनुभव हुनेगर्दछ । औलोको ज्वरोले एक्कासि आक्रमण्ँ गर्दछ । कम्पको अवस्था ज्वरोको अवस्था पसिनाको अवस्था र सामान्य अवस्था गरी चार चरण्ँ आठदेखि १२ घण्टामा पूरा हुन्छ ।
गर्भवती र बालबालिकालाई खतरा औलो भयो भने सामान्यतया एक दिन बिराएर ज्वरो आउने गर्छ । बालबालिका र गर्भवती महिलालाई औलोरोग लागेमा अवस्था जटिल भई मृत्यु हुने सम्भावना बढी हुन्छ । उनीहरुको रोग प्रतिरोधात्मक Ôमता अन्य उमेरका व्यक्तिमा भन्दा कम हुने भएकाले मृत्युको सम्भावना बढी भएको हो । औलो लागेका बालबालिका र गर्भवती महिलालाई विशेÈ उपचार र सेवाको आवश्यकता पर्ने हुँदा तत्काल नजिकैको स्वास्थ्यसंस्थामा लैजानुपर्ने हुन्छ ।
उपचार तथा रोकथाम
औलो लामखुट्टेको टोकाइबाट मात्र सर्दछ । औलो फैलिन तथा परजीवीको विकास र जीवनचक्र पूरा हुन लामखुट्टे र मानिस नभई हुँदैन । तसर्थ औलोको रोकथामका उपाय भन्नासाथ लामखुट्टेको विकास र जीवनचक्र नाश गर्नुनै सवैभन्दा उत्तम उपाय हो । जीवनचक्र पूरा हुन नदिन लामखुट्टेको टोकाइबाट मानिस पनि जोगिने गर्नुपर्दछ । औलो सम्भावित ठाउँमा ´ुलको नियमित उपयोग र लामखुट्टेबाट बच्ने प्रयास गर्दा यसको संक्रमण्ँबाट हदैसम्म बच्न सकिने भट्टराई बताउँछन् । यस्तै शरीरका खुल्ला अंगहरुमा लामखुट्टेबाट बच्न सकिने मलम लगाउनुसमेत फाइदाकारी हुन्छ । लामखुट्टेविरुध प्रयोग गरिने स्प्रे लिक्विड म्याट आदि समेत प्रभावकारी मानिन्छ ।
यदि मानिसलाई दिन विराएर ज्वरो आएको छ भने त्यो औलो हुन सक्ने भएकाले तुरन्त रगत परीÔण्ँ गराउनुपर्छ । रगतको परीÔण्ँले नै ज्वरो औलो हो र होइन भन्ने थाहा पाइन्छ । औलो हँुदा अन्य रगत परीÔण्ँसमेत आवश्यक पर्न सक्छ । रक्त अल्पताका लागि हेमोग्लोबिनको स्तर कलेजोको Ô

औलोको प्राथमिक निदानका लागि भने आजकल एन्टिजेन डिपस्टिक उपलब्ध छ । यसमा एक थोपा रगतले परीÔण्ँ गरिन्छ । प्रत्येक ज्वरोको रोगीको परीÔण्ँका लागि रगत लिएपछि औलोको सम्भावित रोगी मानेर उपचार गरिन्छ । एक वÈ्रभन्दा कम उमेरका बच्चाहरुलाइ आधा चक्की अर्थात् ७५ मिलिग्रामको क्लोरोक्विन चक्की खुवाइन्छ । यस्तै एकदेखि चार वÈ्रमा एउटा गोली अर्थात् एक सय ५० मिलिग्राम ५ देखि ८ वÈ्रमा दुई चक्की ९ देखि १४ वÈ्रमा ३ चक्की र १५ वÈ्रमाथि ४ चक्की क्लोरोक्विन उपचारका लागि दिइन्छ ।
No comments:
Post a Comment