Pages

Wednesday, January 26, 2011

बिरामीको क्याबिनमा वीरका डाक्टरको डेरा

प्रवीण ढकाल
काठमाडौं १२ माघ

आवासिय चिकित्सकले बिरामीका लागि बनाइएको १२ वटा क्याबिनमा डेरा जमाएर बस्नाले अस्पतालले मासिक लाख ३४ हजार रुपिया गुमाइरहेको भने उपचारका लागि आएका विरामीलाई अन्यत्र पठाउने गरीरहेको

वेड छैन भनेर वीर अस्पतालले बिरामी फर्काउँछ तर अस्पतालका १२ वटा क्याबिनमा डाक्टरले डेरा जमाएका छन् । अस्पतालले हटाउन खोज्दा पनि आन्दोलनको धम्की दिएर डाक्टरहरु क्याबिनमा बस्दै आएका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स का डाक्टरहरुले क्याबिनलाई डेरा बनाएका हुन् । १२ वटा क्याबिनमा डाक्टर बस्नाले अस्पतालले मासिक दुई लाख ३४ हजार रुपैयाँ गुमाइरहेको छ । उता उपचारका लागि टाढाटाढाबाट आउने सर्वसाधारण वीरमा बेड नपाएपछि महँगा अस्पताल जान बाध्य छन् ।
अस्पतालमा ३६ वटा क्याबिन रहे पनि २४ वटामा मात्र बिरामी राखिएको छ । अस्पतालका एक कर्मचारीले भने ु१२ वटामा आवासीय चिकित्सकले जबर्जस्ती रुपमा आन्दोलन गरेर तथा थर्काएर प्रयोग गरिरहेका छन् ।ु उनका अनुसार अस्पतालले छुट्टै घर भाडामा लिएर ती चिकित्सकको बस्ने व्यवस्था गर्ने हो भने अस्पताललाई आर्थिक रुपमा र बिरामीलाई उपचारमा सहयोग हुनेछ ।
अस्पतालका निर्देशक डा। बुलन्द थापाका अनुसार १२ वटा क्याबिनमा बिरामीलाई राख्ने हो भने अस्पतालले मासिक रुपमा दुई लाख ३४ हजार रुपैयाँ आम्दानी गर्न सक्छ । ुअस्पतालमा एउटा क्याबिनको दैनिक ६ सय ५० रुपैयाँ लिने गरिएको छु उनले भने ुत्यो हिसाबले १२ वटा क्याबिनको एक महिनामा दुई लाख ३४ हजार रुपैयाँ आम्दानी हुन सक्छ । तर आवासीय चिकित्सकहरु बस्नाले त्यो रकम गुमेको छ भने बिरामीलाई बाध्य भएर बाहिर पठाउनु परिरहेको छ ।
दुई वर्ष पहिले आवासीय चिकित्सकहरुले अस्पताल नै बन्द गरेर क्याबिनमा बस्न थालेका हुन् । क्याबिनबाट आवासीय चिकित्सकहरुलाई हटाउने कोसिस गरे पनि अस्पताल प्रशासन असफल भएको । निर्देशक थापाले विरोधमा उत्रिएर चिकित्सकहरुले अस्पताल नै बन्द गरेपछि हटाउन नसकिएको बताए । ुजतिपटक हटाउन खोज्यौँ उल्टै उनीहरु आन्दोलन गरी अस्पतालको सेवा नै बन्द गर्न लागिपर्छन् । अस्पतालको सेवा ठप्प बनाई यत्रा बिरामीको जीवनमा खेलवाड गर्नु त भएन निु उनले भने । उनका अनुसार अस्पतालले त्यस्ता चिकित्सकका लागि अस्पतालनजिकैको कुनै एक घर भाडामा लिएर उनीहरुको बस्ने व्यवस्था मिलाउने तयारी गरिरहेको छ ।
अस्पतालका निर्देशक थापाले यो विषयमा न्याम्सका उपकुलपति दामोदर पोखरेलसँग कुरा भइरहेको बताए । ुवैकल्पिक व्यवस्था नगरी अहिले नै उनीहरुलाई क्याबिनबाट हटाउने हो भने भोलिदेखि नै अस्पताल ठप्प हुनेछ । आवासीय चिकित्सक भनेको न्याम्समा अध्ययन गरिरहेका चिकित्सकहरु हुन्ु उनले भने ुअहिलेको यो समयमा विद्यार्थीलाई कसले छुन सक्छ र । त्यसकारण वैकल्पिक व्यवस्थाको खोजी गरेका हौँ ।
अस्पतालका अनुसार वीरमा दैनिक करिब एक हजार तीन सय बिरामी उपचारका लागि आउने गर्छन् । तीमध्ये २५ प्रतिशत बिरामी भर्ना भएर उपचार गराउनुपर्ने अवस्थाका हुन्छन् । भर्ना गराउनुपर्ने अवस्थाका बिरामीलाई बेड पुर् याउन नसकेपछि अन्य अस्पतालमा रिफर गर्नुपर्ने अवस्था छ ।

No comments:

Post a Comment