Pages

Wednesday, April 18, 2012

एचआइभी एड्सको सहयोग

चार अर्ब गुम्ने खतरा

-प्रवीण ढकाल

काठमाडौ, ५ वैशाख । सरकारले राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा कम अनुभवीलाई निर्देशक बनाउने तयारी गरेको छ । ग्लोबल फन्डले केन्द्रको नेतृत्व कमजोर भएको भन्दै अनुभवीलाई जिम्मेवारी दिन चेतावनी दिए पनि स्वास्थ्य मन्त्रालयले कम अनुभवीलाई निर्देशक बनाउन लागेको हो ।
मन्त्रालयको यो निर्णयसगै फन्डले एचआइभीका लागि दिने भनेको चार अर्ब सहयोग रोकिने सम्भावना बढेको छ । फन्ड सचिवालयको टोलीले गत महिना एक साता नेपाल बसेर एचआइभी एड्ससम्बन्धी कार्यक्रम अनुगमन गरेको थियो । टोलीले केन्द्रमा संस्थागत क्षमता अभिवृद्धि गरी काम नगर्दा एचआइभीका क्षेत्रमा प्रगति हुन नसकेको भन्दै तत्काल दक्ष नेतृत्व राख्न चेतावनी दिएको थियो । मन्त्रालयले भने चेतावनीको बेवास्ता गर्दै कम अनुभवी राजेन्द्र पन्तलाई निर्देशक बनाउन लागेको छ । पन्त यसअघि सिन्धुपाल्चोक जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख थिए । केन्द्रको निमित्त प्रमुख भइसकेका पन्तले कार्यकालमा प्रभावकारी काम गर्न नसकेपछि हटाइएको स्रोत बताउछ ।
मन्त्रालय स्रोतका अनुसार राजनीतिक दबाबमा उनलाई बुधबार निर्देशकको जिम्मेवारीपत्र दिइदै छ । स्वास्थ्यसचिव डा. प्रवीण मिश्रलाई नेपाली कांग्रेसका एक सभासद्ले पन्तलाई निर्देशक बनाउन दबाब दिएको स्रोतको दाबी छ । ‘सभासद्की श्रीमती अनिता शाहले पन्त निर्देशक भए एचआइभी कोअर्डिनेटर भएर काम गर्ने तयारी छ,’ स्रोतले भन्यो । सचिव मिश्रले भने दबाबको कुरा गलत भएको भन्दै पन्तलाई अहिलेसम्म जिम्मेवारी नदिइएको बताए ।
फन्ड टोलीले केन्द्रको नेतृत्व कमजोर भएको औल्याएलगत्तै मन्त्रालयले तत्कालीन निर्देशक डा. रमेश खरेललाई रसुवा जिल्लामा सरुवा गरेको थियो । अब नेतृत्वमा आउन लागेका व्यक्ति पनि कमजोर देखिएपछि मन्त्रालय र केन्द्रका कर्मचारीले राजनीतिक दबाबका कारण अर्बौं रकम गुम्ने सम्भावना बढेको गुनासो गरेका छन् ।
फन्ड एचआइभी, क्षयरोग र औलो नियन्त्रणमा गरिब मुलुकलाई सघाउन धनी आठ मुलुकले खडा गरेको कोष हो । फन्डको केन्द्रीय सचिवालयले मन्त्रालय, केन्द्र, नेपालस्थित कन्ट्री कोअर्डिनेसन मेकानिज्मलगायत सरोकारवाला निकायलाई प्रतिवेदनमार्फत यस्तै अवस्थामा सहयोगलाई निरन्तरता दिन नसकिने स्पष्ट पारिसकेको छ । सहयोग रकम खर्चका लागि दिइएको १३ पूर्वसर्तमध्ये केन्द्रले ११ वटा पूरा नगरेको प्रतिवेदनमा उल्लेख छ । एक वरिष्ठ अधिकारीलाई ‘फोकल पर्सन’ तोक्ने र सहयोग रकम रातो किताबमा उल्लेख गर्ने सर्तमात्र पूरा भएको भन्दै टोलीले तीन महिनाभित्र सबै सर्त पूरा नगरे सहयोग रोक्ने बताएको थियो ।
संस्थागत क्षमता अभिवृद्धिसगै सर्त पूरा गरी पैसा खर्चन नसके फन्डले रकम रोक्ने चेतावनी दिएको स्विकार्दै स्वास्थ्यमन्त्री राजेन्द्र महतोले विभिन्न दबाब, केन्द्रमा ११ औ“ तहका कर्मचारी राख्नुपर्ने र पन्तबाहेक अन्य व्यक्ति नभएकाले उनैलाई नियुक्ति दिन लागिएको बताए । ‘पैसा गुम्ने भन्नेमा हामी चिन्तित छौ“ तर अब जिम्मेवारी पाउने व्यक्तिले राम्ररी काम गर्नुपर्छ,’ मन्त्री महतोले भने ।
फन्डले यसअघि दोस्रो चरणअन्तर्गत नेपाललाई दिएको सहयोग रकममा अनियमितता भएको भन्दै बाकी रकम फिर्ता लगेको थियो । गत वर्ष नवा चरणमा फन्डले एनजिओको भर परेको, स्वास्थ्य सेवा प्रणालीमा एचआइभी कार्यक्रमलाई जोड्न नसकेको भन्दै नेपालको प्रस्ताव अस्वीकार गरेको थियो । फन्डले १० आ चरणअन्तर्गत १६ महिनाअघि नेपाललाई सन् २०१५ सम्मका लागि चार अर्ब दिने प्रतिबद्धता गरेको थियो । उसले तीन तीन महिनामा प्रतिवेदनका आधारमा रकम दिदै आएको छ ।

Monday, April 16, 2012

उत्पादनको बाटो बन्द

-प्रवीण ढकाल

काठमाडौं, ३० चैत । सरकारी स्वामित्व रहेको नेपाल औषधि लिमिटेडले थप म्यादमा पनि विश्व स्वास्थ्य संगठनद्वारा निर्धारित मापदण्ड ‘जिएमपी’ पूरा नगरेपछि उत्पादनको बाटो बन्द भएको छ । यससगै कम्पनीको भविष्यसमेत समाप्त हुने देखिएको छ ।
औषधि व्यवस्था विभागले औषधि उत्पादक कम्पनीलाई जिएमपी मापदण्ड पूरा गर्न चैतसम्मको म्याद तोकेको थियो । उक्त अवधिमा सरकारी औषधि कम्पनीले नै जिएमपीमा जाने प्रक्रिया नथालेकाले कम्पनी बन्द हुने स्थितिमा पुगेको हो ।
मापदण्ड पूरा नगरी औषधि उत्पादन गर्न नपाउने नियम विभागबाट जारी भएलगत्तै चार वर्षदेखि उत्पादन ठप्प रहेको कम्पनीले ३० चैतसम्ममा मापदण्ड पूरा गर्नुपर्ने थियो । मापदण्ड पूरा गर्नुपर्ने म्याद सकिएपछि उत्पादनको बाटो बन्द भएकाले कम्पनीको भविष्य पनि लगभग समाप्त भएको विभागका कर्मचारी बताउछन् ।
विभागका निर्देशक राधारमणप्रसाद शाहले जिएमपी मापदण्ड पूरा गर्न दिएको म्याद सकिएकाले पुराना कम्पनीले हालको व्यवस्थाअनुसार उत्पादन गर्न नपाउने बताए । उनले मापदण्ड पूरा नगरेका कम्पनीलाई खारेज गर्ने व्यवस्था नरहेकाले उत्पादनमा मात्र रोक लगाउन सकिने जानकारी दिए । ‘औषधि लिमिटेडको उत्पादन त पहिलेदेखि नै ठप्प थियो,’ उनले भने, ‘समयसीमामा जिएमपी मापदण्ड पूरा नगरेकाले आगामी दिनका लागि उत्पादनको बाटो बन्द भयो ।’ उनले सरकारले मापदण्ड पूरा गरी कम्पनी सञ्चालनसम्बन्धी निर्णय गरे आगामी दिनमा उत्पादनको बाटो खुला हुने बताए ।
औषधि लिमिटेडका महाप्रबन्धक नवीनकुमार झाले भने समयमा जिएमपी पूरा गर्न नसक्नुमा सरकार नै दोषी रहेको बताए । ‘हामीले लिमिटेडलाई जोगाउन र जिएमपीमा जानका लागि ५३ करोड रुपिया चाहिन्छ भनेका थियौ,’ उनले भने, ‘सरकारले रकम दिन आलटाल गरेकाले कम्पनीको भविष्य अन्धकार बनेको हो ।’ उनले पनि कम्पनी खारेजको व्यवस्था नरहेकाले सरकारले रकम दिएर मापदण्ड पूरा गर्ने प्रतिबद्धता जनाए कम्पनीले पुनर्जीवन पाउने बताए ।
उनका अनुसार सरकारले आवश्यक रकम उपलब्ध गराए आगामी ६ महिनाभित्र मापदण्ड पूरा गर्न सकिन्छ । सरकारले अहिले कम्पनीलाई पाच करोड मात्र उपलब्ध गराएको छ । त्यसमध्ये दुई करोड तलब–भत्ता र बाकी रकम भवनलाई मापदण्डअनुसार बनाउन खर्च गर्ने योजना छ ।
विभागका निर्देशक शाहले पनि सरकारी कम्पनी भएकाले सरकारले निश्चित समय लिएर मापदण्ड पूरा गर्ने प्रतिबद्धता जनाए अन्तिम मौका दिन सकिने बताए ।
०२९ सालमा स्थापना भएको उक्त कम्पनीले एक सय २५ भन्दा बढी थरीका औषधि उत्पादन गर्दै आएको थियो । तर, उत्पादित औषधि जिएमपी मापदण्डअनुरूप नभएको भन्दै अस्पतालमात्र होइन स्वास्थ्य मन्त्रालयले नै किन्न छाडेपछि कम्पनी धराशयी बनेको हो । विश्व स्वास्थ्य संगठनले औÈधि कम्पनीका लागि जिएमपी अनिवार्य गरे पनि नेपालमा पूर्णरूपमा लागू हुन नसकेपछि विभागले औषधि उत्पादकलाई चैतसम्ममा मापदण्ड पूरा गर्न म्याद तोकेको थियो । विभागले पहिलोपटक ०५९ मा र दोस्रोपटक ०६४ सालमा पाच वर्षभित्र मापदण्ड पूरा गर्न म्याद तोकेको थियो । उक्त अवधिमा २२ कम्पनीले मापदण्ड पूरा गरेको विभागले जनाएको छ ।

गंगालालमा मुटुको भल्भ फेर्नेको लर्को

नयाँ बिरामीले दस महिना कुर्नुपर्ने

-प्रवीण ढकाल

काठमाडौं, २८ चैत । सामान्यतः अस्पतालले कति दिनमा शल्यक्रिया गर्ला ? एक साता वा बढीमा एक महिना । अझ जटिल रोगकै हो भने त चाँडै शल्यक्रिया होला तर सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको भल्भ फेर्न १० महिना कुर्नुपर्ने भएको छ ।
अन्य रोगको तुलनामा मुटुसम्बन्धी रोगलाई जटिल मानिन्छ तर मुटुकै भल्भ फेर्न आज केन्द्र जानुभयो भने तपाईंको पालो २०६९ सालको माघतिर मात्र आउँछ । अस्पतालका अनुसार बिरामीले मुटुको भल्भ फेर्नका लागि अहिले नै आगामी पुससम्मको ‘डेट’ लिइसकेका छन् ।
‘नयाँ बिरामीको मुटुको भल्भ फेर्ने पालो झन्डै १० महिनापछि मात्र आउनेछ,’ कार्डियाक सर्जरी विभागका प्रमुख डा. ज्योतीन्द्र शर्माले भने, ‘अहिले पनि हामीले गत साउन/भदौमा डेट लिएकाहरूको शल्यक्रिया गरिरहेका छौँ ।’ उनका अनुसार बिरामीको चाप बढी र जनशक्ति तथा शल्यकक्षको अभावमा मुटुको भल्भ फेर्न लामो समय कुनुपर्ने अवस्था आएको हो ।
अस्पतालले बिरामीको अवस्थाका आधारमा कुराउने गरेको छ । बिरामीको अवस्थालाई अस्पतालले तीन तहमा वर्गीकरण गरेर उपचार गरिरहेको छ । डा. शर्माले बिरामीको चाप बढी भएकाले रोगको गम्भीरताका आधारमा तत्काल -अर्जेन्ट), मध्यम -सेमिअर्जेन्ट) र पछि गर्ने गरी -इलेक्टिभ) गरी तीन तहमा बिरामीको अवस्थाको वर्गीकरण गरिएको बताए । ‘बिरामीको अवस्था गम्भीर छ भने हामीले उसको मुटुको भल्भ तत्काल फेरिदिन्छौँ,’ उनले भने, ‘बिरामीलाई औषधि खुवाएर पछि शल्यक्रिया गरे पनि हुने रहेछ भने उनीहरूलाई भने कुराउँछौँ ।’ उनका अनुसार इलेक्टिभ समूहका बिरामीले १० महिनासम्म शल्यक्रियाका लागि कुर्नुपर्छ । पालो पर्खाएका बिरामीलाई अस्पतालले औषधिको व्यवस्था गरेको छ ।
अस्पतालमा तीन कार्डियाक शल्यक्रिया युनिट छन् । युनिट ‘ए’ मा डा. भगवान कोइरालाले शल्यक्रिया गर्छन् । शल्यक्रियाका लागि बढी चाप उनकै युनिटमा छ । युनिट ‘बी’ र ‘सी’ मा शल्यक्रिया गर्ने हो भने बिरामीले बढीमा ६/७ महिनामात्र कुर्नुपर्छ तर बिरामी युनिट ‘ए’ मै शल्यक्रिया गराउन चाहने भएकाले पालो कुराइ १० महिनासम्म पुगेको एक चिकित्सकले बताए । युनिट ‘ए’ मा बालबालिकाको मुटुको शल्यक्रिया हुने भएकाले पनि चाप बढी हुने गर्छ ।
अस्पतालका निर्देशक डा. मनबहादुर केसीका अनुसार अस्पतालमा शल्यक्रियाका लागि सरकारले १५ वर्षमुनिका र ७५ वर्षमाथिका बिरामीका लागि छुट्याएको कोटाका कारण पनि शल्यक्रिया गर्न लामो समय कुर्नुपरेको हो । १५ वर्षमुनिका र ७५ वर्षमाथिका गरी वाषिर्क दुई सयजनालाई निःशुल्क भल्भ तथा शल्यक्रिया सेवा दिने सरकारी घोषणापछि देशभरबाट उपचारका लागि आउने बिरामीको संख्या बढेको निर्देशक शर्माले जानकारी दिए । अस्पतालले विभिन्न भागमा क्याम्प सञ्चालन गरी मुटुरोग र उपचारबारे चेतनामूलक कार्यक्रम गरेकाले पनि बिरामी उपचार गर्न आउने क्रम बढेको उनी बताउँछन् । ‘जनशक्ति, उपकरण तथा अन्य पूर्वाधार अभावका कारण बिरामीले शल्यक्रियाका लागि लामो समय कुर्नुपर्ने अवस्था छ,’ निर्देशक डा. केसीले भने ‘हामीले त्यसलाई कम गर्न जनशक्ति थप्ने तथा अन्य पूर्वाधार विकासको तयारी गरिरहेका छौँ ।’
उनका अनुसार अस्पतालले मुटुको भल्भ फेर्नका लागि ५५ हजार रुपियाँ लिने गरेको छ । निजी अस्पतालले डेढदेखि तीन लाखसम्म लिन्छन् ।
चिकित्सकका अनुसार मुटुमा चार भल्भ हुन्छन् । ती भल्भले रगतको प्रवाहलाई नियन्त्रणमा लिई सही दिशातर्फ आउजाउ गर्न सहयोग गर्छ । कुनै एक भल्भले राम्रोसँग काम गर्न नसक्दा श्वासप्रश्वासमा असर गर्ने, थकाइ बढी लाग्ने, छाती दुख्नेजस्ता लक्षण देखापर्ने चिकित्सकको भनाइ छ ।

Monday, April 9, 2012

अस्पतालमा चोरको बिगबिगी

-प्रवीण ढकाल

काठमाडौ, २४ चैत । अस्पतालमा मानिसहरू किन जान्छन् ? उत्तर सहजै आउछ उपचारका लागि । तर, राजधानीका अस्पतालमा भने मानिस अस्पतालमा सामान र पैसा चोरी गर्न पनि आउछन् ।
धेरै बिरामी जाने र भिडभाड बढी हुने राजधानीका ठूला अस्पतालमा सधैजसो हुने गरेको चोरीको घटनाले अस्पतालका कर्मचारीदेखि बिरामी र बिरामीका आफन्तसमेत हैरान बनेका छन् । चोरहरूले अस्पतालकै कर्मचारी बनेर, सुटेडबुटेड भएर, भलाद्मी बनेर तथा लठ्याउने औषधि खुवाएर बिरामी तथा बिरामीका आफन्तका पैसा तथा सामग्री चोर्ने गरेको अस्पतालका कर्मचारीको भनाइ छ ।
पाटन अस्पतालका निर्देशक पारस आचार्यका अनुसार अस्पतालमा चोरको बिगबिगी नै छ । ‘अस्पतालमा सामान र पैसा चोरी भएको घटना बढेपछि सिसी क्यामेराको व्यवस्थासमेत गर्‍यौ,’ डा. आचार्यले भने, ‘तर पनि चोरी रोकिन सकेको छैन । अझै पनि अस्पताल प्राङ्गणबाट धेरैको पैसा र सामग्री चोरी भएको गुनासा आइरहेका छन् ।’ उनले चोरीको घटना बढेपछि अस्पतालका सुरक्षा गार्डलाई सक्रिय बनाइएको बताए ।
दैनिक चोरीका घटना बढेपछि अस्पतालले विभिन्न स्थानमा चोरीबाट जोगिन सूचना नै टास गरेको छ । ‘धेरै भिडभाड हुने भएकाले चोर पत्ता लगाउन समस्या पर्छ, त्यसैले सार्वजनिक रूपमै सूचना टासेर सबैलाई सतर्क गराउने प्रयास गरेका छौ,’ निर्देशक डा. आचार्यले सौर्यसग भने, ‘यति गर्दा पनि चोरीको घटना शून्यमा झार्न सकिएको छैन ।’
चोरीको समस्याबाट सबैभन्दा बढी पीडित हुनेमा देशकै ठूलो अस्पताल वीरका चिकित्सक तथा स्वास्थ्यकर्मी र उपचारका लागि आउने बिरामी छन् । अस्पतालमा केही समयअगाडि मात्र इन्टर्नसिपमा आएका केही नर्सको ह्यान्ड ब्याग चोरी भएको थियो । नर्सहरूको ब्यागमा रहेको मोबाइल र पैसा मात्र होइन, चोरहरूले अस्पतालका सामग्री समेत टप्काउने गरेको कर्मचारी बताउछन् ।
अस्पतालका निर्देशक डा. बुलन्द थापाका अनुसार विगतको तुलनामा पछिल्लो समयमा चोरीको घटनामा केही कमी आएको छ । ‘पहिला–पहिला त अस्पतालमा रहेका धाराका टुटी, चिम, ट्युबलाइट, कम्प्युटर समेत चोरी हुने गथ्र्यो,’ निर्देशक डा. थापाले भने, ‘अहिले हामीले धाराका सबै टुटी प्लास्टिकका राखेका छौ भने चिम तथा ट्युबलाइट पनि मानिसको हातमा नपुग्ने गरी राखेका छौ । सुरक्षाको व्यवस्था पनि कडा बनाइएकाले चोरीका घटनामा कमी आएको छ ।’ उनका अनुसार अस्पतालमा केही समयअगाडि एकजना चिकित्सकको ल्यापटप हराएको थियो ।
गत ७ पुसमा अस्पतालको एक्सरे केमिकल चोरी गरेर लैजाने क्रममा मोहम्मद इस्लाम नाम गरेका व्यक्ति रंगेहात समातिएका थिए । उनलाई अस्पतालका सुरक्षागार्डले समाती महानगरीय प्रहरी प्रभाग जनसेवाका प्रहरीलाई बुझाएका थिए । अस्पतालमा धेरैजसो बिरामी कुरुवाको पर्स, ब्याग, मोबाइल तथा लत्ताकपडा चोरी हुने गरेको गुनासा आइरहेको निर्देशक थापाले बताए । ‘कतिपय चोरलाई त समातेर कारबाही गरिएको छ,’ उनले भने, ‘तर धेरैजसो चोरलाई समात्न सकिएको छैन ।’ उनले चोरीका घटना भएको धेरै समयपछि मात्र चोरिएका व्यक्तिले खबर गर्ने भएकाले चोरलाई समात्न समस्या परेको बताए ।
चोरहरूले अनेक बहाना गरेर बिरामी र आफन्तलाई ठग्ने गरेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जका निर्देशक डा. केपी सिंह बताउछन् । उनका अनुसार चोरले बिरामीका आफन्तलाई अस्पतालका कर्मचारी बनेर, लठ्याउने औषधि खुवाएर तथा सुटेटबुटेड भएर र भलाद्मी बनेर समेत लुटेका छन् । ‘केही समयअघि यहा एउटा चोरले बिरामीको आफन्तलाई जुसमा लठ्याउने औषधि खुवाएर उनीसग भएका सबै रकम चोरेर हि“डेछ,’ डा. सिंहले भने ‘लठ्याउने औषधि नै खुवाएर एकपटक एकजना महिलाको ब्यागमा भएको ठूलै रकम र गरगहनासमेत चोरिएको थियो ।’
सिंहका अनुसार अस्पतालमा धेरैजसो बिरामीका आफन्त विशेष गरी महिलाको गरगहना र पर्सको चोरी बढेपछि अस्पतालले सिसी क्यामेरा जडान गरेको छ । ‘अस्पतालभित्र सिसी क्यामेरा जडान भएपछि चोरीमा केही कमी त आएको छ,’ डा. सिंहले भने, ‘तर चोरहरूले बाहिरराखेका मोटरसाइकल नै चोर्न समेत थालेछन् ।’ उनका अनुसार मोटरसाइकलसमेत चोरी हुन थालेपछि अस्पतालमा यतिबेला सादा पोसाकका सुरक्षाकर्मी घुमिरहेका छन् ।
विभिन्न बहानामा भित्र पसेका व्यक्तिले बिरामीका सुन तथा पैसा र मोटरसाइकलसमेत चोरी गर्ने समस्या बढेकाले चोरी नियन्त्रण् गर्न सहिद गंगालाल अस्पतालले अस्पतालमा ठूला–ठूला अक्षरमा चोर तथा फटाहा र ठगबाट जोगिने सन्देश लेखेरै राखेको छ । अस्पतालका निर्देशक डा. मनबहादुर केसीले मुटुको उपचारका लागि बिरामीका आफन्तले बोकेर ल्याएको ठूलो रकम ठगहरूले अनेकौ बहाना बनाएर हत्याउन थालेपछि सबैलाई सतर्क बनाउन सूचना नै टा“स्नुपरेको बताए ।
उनले अस्पतालमा सुरक्षा गार्डलाई चौबिसै घन्टा अलर्ट बनाएर राखिएकाले अहिले चोरीका घटनामा केही कमी आएको जानकारी दिए । उनका अनुसार अझै पनि अस्पतालको पार्किङबाट मोटरसाइकल तथा साइकल भने विभिन्न समयमा चोरी भइरहेका छन् ।
चोरको समस्याबाट थापाथलीस्थित प्रसूति गृह पनि अछुतो छैन । अन्य अस्पतालमा जस्तै यस अस्पतालमा पनि भिडभाडका समयमा पैसा तथा अन्य सामग्री चोरी हुने गरेको अस्पतालका निर्देशक डा. शिला बर्माले बताइन् । ‘चोरीका गुनासा बढेपछि हामीले सुरक्षामा कडाइ गरेकाले अस्पतालभित्रबाटै हुने चोरीका घटनामा कमी आएको छ’ उनले भनिन् ‘तर अझै पनि ओपिडीका लागि लाइनमा बसेका बेलामा चोरहरू आएर पैसा चोरेर जाने घटनामा भने कमी आउन सकेको छैन ।’
सुरक्षा व्यवस्था कडा बनाउनेदेखि सूचना नै टास गर्दा पनि चोरीको घटनामा कमी नआएको अस्पतालकै कर्मचारी बताउछन् । बिरामी वा कुरुवाका सरसामान हराएमा अस्पताल जिम्मेवार नरहने भनी अहिले हरेक अस्पतालले सूचनामा उल्लेख गरेका छन् । चोरीको घटनामा कमी नआउनामा बिरामी र बिरामीका आफन्तले नै हेलचेक्र्याइ गर्दा हुने गरेको वीर अस्पतालका निर्देशक थापाले बताए । उनका अनुसार अस्पतालमा चौबिसै घन्टा मानिसको आवतजावत हुने भएकाले बिरामी र आफन्तले आआफैचनाखो भएर सामानको सुरक्षा गर्नुपर्छ ।

गर्मीमा नाथ्री फुट्ने जोखिम

-डा.चोपलाल भुसाल नाक, कान, घाँटी रोग विशेषज्ञ


गर्मीको आगमनसगै मौसमी तापक्रम वृद्धि हुदै छ । यससगै धुवा–धुलो तथा प्रदूषणले पनि गाजिरहेछ । गर्मी अनि धुलो–धुवाका कारण फागुनदेखि जेठ महिनासम्म मानिसमा नाकबाट रगत बग्ने समस्या देखापर्छ । यसलाई नाथ्री फुटेको भन्छन् प्रायः मानिस । जुनसुकै मौसममा नाथ्री फुट्नु समस्याजनक हुन सक्छ । देख्दा समान्य लागे पनि यसले गम्भीर रोगको लक्षण देखाउन सक्छ । सामान्य कारणले नाकबाट रक्तस्राव भएमा त्यसको मात्रा कम हुन्छ । असामान्य कारणबाट देखिने रक्तस्रावमा रगतको मात्रा बढी हुन्छ ।
फागुनदेखि जेठसम्मको अवधिमा हावामा आद्र्रता कम हुन्छ र धुलो तथा प्रदूषण बढी नै फैलन्छ । जुन अवस्थालाई नाकले ‘कन्डिसनिङ’ गर्न सक्दैन । यो बेलामा चाहि नाथ्री फुट्ने र त्यत्तिकै पनि नाकबाट रगत बग्ने समस्या अरू बेलाभन्दा बढी हुन सक्छ । रगत बगिरहदा ज्यानै जान सक्ने पनि हुन्छ । रगत आउ“छ र बिस्तारै नाक बन्द भएको महसुस हुन्छ भने गम्भीरतासाथ लिनुपर्छ । नाथ्री फुट्ने समस्या धेरै कारणले हुन सक्छ । चोटपटकका कारण पनि नाकबाट रगत आउने हुन्छ । नाकमा ट्युमर भएर, नाकको हड्डी बांगिएर वा क्यान्सर भएर, नाकभित्र अन्य बाहिरी वस्तु छिरेर, नाकमा संक्रमण भएर पनि रगत आएको हुन सक्छ ।
अहिलेको मौसममा चाहि नाकमा धुलो, धुवा वा गर्मीको संक्रमणका कारण रगत बग्ने हुन सक्छ । व्यक्तिहरू उत्तानो परेर नाकबाट रगत बग्न नदिने उपाय गर्छन् तर यो बिल्कुल गलत हो । नाक छोपेर माथितिर हेर्दा वा उत्तानो पर्दा रगत घाटीबाट श्वासनली हुदै फोक्सोमा पुग्न सक्छ । फलस्वरूप श्वासप्रश्वासमा कठिनाइ भई मानिसको ज्यानै जान सक्छ । टाउको तल निहुर्‍याएर नाकलाई औलाले थिचेर राख्ने, नाथ्री फुटेका बेलामा गरिने सबैभन्दा राम्रो प्राथमिक उपचार नै यही हो । त्यसपछि रगत बग्न रोकिए वा नरोकिए पनि चिकित्सककहा भने जानैपर्छ ।
गर्मी मौसममा यो समस्याबाट बच्न बढी तापक्रममा नजाने, चिसो पेय पदार्थ तथा पर्याप्त पानी पिउने गर्नुपर्छ । नाकको उचित हेरचाह र सरसफाइ गरिरहनुपर्छ । जथाभाबी कोट्याउदा, फोहोर जम्दा वा पानी पर्दा पनि नाकमा संक्रमण् हुन सक्छ । नाकको रोगले कान, मस्तिष्कसम्म असर गर्छ । मेनेन्जाइटिस हुनाको प्रमुख कारण् यसैलाई मानिन्छ । नाकका नलीहरू कानसग जोडिएका हुन्छन् । यही कारणले गर्दा रुघा लाग्दा बच्चाहरूको कान पाकिरहेको पाइन्छ कहिलेकाही । सिगानसगै रगत पनि आयो भने उपचार कार्यमा ढिलाइ गर्नु हुदैन ।
नाकको हड्डी बांगो हुनु पनि रगत आउनाको अर्को कारण हो । चिकित्सकको सल्लाहअनुसार यसको पनि उपचार गरिहाल्नु राम्रो हुन्छ । बच्चामा नाक गन्हाएको वा रगत बगिरहेको छ भने उसको नाकभित्र कुनै बाहिरी वस्तु छिरेको बुझ्नुपर्छ । त्यस्तै ५५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई यस्तो भएको छ भने उनीहरूको नाकमा ट्युमर पलाएको हुन सक्छ । उपचारका लागि नाक, कान, घाटी विशेषज्ञकहा जानुपर्छ । सुक्खा नाकलाई मुलायम बनाउन विभिन्नथरी मल्हम पनि आएका छन् तर यी पनि चिकित्सकको सल्लाहबाटै प्रयोग गर्नुपर्छ, नत्र झन् समस्या निम्तिन बेर लाग्दैन ।
प्रस्तुतिः प्रवीण ढकाल

Tuesday, April 3, 2012

१५ औषधि पसल कारबाहीमा

-प्रवीण ढकाल

काठमाडौं, २० चैत । आङ्खनो नाममा औषधि पसल दर्ता गरी अन्य व्यक्तिलाई सञ्चालन गर्न दिएको भन्दै सरकारले काठमाडौं शान्तिनगरको एउटा औषधि पसल बन्द गराएको छ भने अन्य १४ औषधि पसलविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएको छ । औषधि व्यवस्था विभागले अनुगमनका क्रममा अनधिकृत व्यक्तिले औषधि पसल सञ्चालन गरेको फेला पारेपछि शान्तिनगरमा रहेको अम्बिका मेडिकल हललाई बन्द गराएको हो ।
अम्बिकाकुमारी मण्डलको नाममा दर्ता भएको सो पसल अन्य व्यक्तिले गैरकानुनी रूपमा सञ्चालन गरेको पाएपछि पसलको दर्ता खारेज गरी बन्द गराइएको विभागका फार्मेसी निरीक्षक श्याम अधिकारीले बताए । सरकारी नियमअनुसार औषधि पसल फार्मेसीमा प्रमाणपत्र तह उत्तीर्ण गरेको र औषधि व्यवस्था विभागले सञ्चालन गरेको अभिमुखीकरण तालिम प्राप्त गरेको व्यक्तिले मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था छ । तर, विभागले अनुगमनका क्रममा फार्मेसी पढेका र तालिम लिएकाले आङ्खनो नाममा पसल दर्ता गराएर अन्य व्यक्तिलाई सञ्चालन गर्न दिएको फेला पारेपछि कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
विभागले अन्य व्यक्तिलाई पसल सञ्चालन गर्न दिएका व्यावसायीहरूलाई पहिलोपटकका लागि स्पष्ट जवाफसहित विभागमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ । ‘गैरकानुनी रूपमा अन्यलाई पसल चलाउन दिएका व्यावसायीलाई विभागमा स्पष्टीकरणका लागि बोलाएका छौं,’ निरीक्षक अधिकारीले भने, ‘स्पष्टीकरणमा नआएमा वा स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नभएमा व्यापारीको दर्ता खारेज गर्ने र पसल बन्द गर्नेछौं ।’
विभागले अनुगमनका क्रममा पोखराका प्रशुनकुमार सुन्दरको नाममा रहेको पालुङटार फार्मेसी, पोखराकै जमुना चापागार्इंको नाममा रहेको जमुना मेडिकल हल, तनहुको सचिता बस्नेतको दाहाल हेल्थ कयर एन्ड रिसर्च सेन्टर प्रालि काठमाडौंका मिरा पौडेलको संघर्ष मेडिकल हल अनधिकृत व्यक्तिले चलाएको पाएको थियो ।
यस्तै शान्तिनगरका पाइलट थापाको युगज्योति फार्मेसी, शान्तिनगरकै धिरेन्द्रबहादुर भाटको दीप फार्मेसी, पेप्सिकोलाका वासुदेव खत्रीको क्यु प्लस फार्मेसी, बानियाटार, दोलखाका सुदीप खत्रीको मैनापोखरी मेडिसिन सेन्टर, सिन्धुपाल्चोककी अजिता ढकालको अजिता फार्मेसी, लामोसाघुकी मनिषा श्रेष्ठको कमल फमार्, तातोपानीकी सिर्जना कार्कीको सुनिल फर्मा इर्खु, सुनिता अर्यालको निलम फर्मा चौतारा, पर्वतको तोयानाथ पौडेलको अन्नपूर्ण मेडिसिन सर्भिस तिलाहार र कपिलवस्तुको माधव भण्डारीको भण्डारी फार्मेसी तौलिहवा गैरकानुनी रूपमा सञ्चालनमा रहेको फेला पारेको हो ।

अटिज्मसुस्त मनस्थिति होइन, बौद्धिक अपांगता

-प्रवीण ढकाल

तपाईंका बच्चाहरू परिवार वा अन्य व्यक्तिसग घुलमिल हुन रुचाइरहेका छैनन् ? एक्लै बस्ने, निर्जीव वस्तुहरूसग बढी खेल्न मन पराउने, आङ्खनै पाराले बोलिरहने अनि टोलाउने गरिरहेका पो छन् कि ? तपाईंमा सोचाइ आउन सक्छ– पक्कै मेरो बच्चा सुस्त मनस्थितिको भयो । तर, यस्तो सोच्नुभयो भने तपाईं गलत हुनुहुनेछ । सिर्जनशील र जिज्ञासु हुनुपर्ने उमेरमा बालबालिकाहरू विनाकारण्ँ हास्ने, रुने, चिन्तित हुने, ढिपी कस्ने र अन्य व्यक्तिबाट टाढा रहने गर्न थाले भने उनीहरूलाई बौद्धिक अपांगता भएको हुन सक्छ, सुस्त मनस्थिति होइन । चिकित्सकहरूका अनुसार यस्तो अपांगतालाई अटिज्म भनिन्छ ।
चितवन मेडिकल कलेजका मनोरोग विशेषज्ञ डा. सिपी सेढाई नेपालमा अटिज्मका बारेमा धेरैलाई जानकारी नहुदा बच्चामा यस्ता समस्या देखियो कि ठूलै मानसिक रोग लाग्यो वा सुस्त मनस्थिति भयो भन्ने भ्रम रहेको बताउछन् । अटिज्मले गाजेका ग्रामीण्ँ भेगका बालबालिकालाई अभिभावकले दाम्लोले बाध्ने, थुन्ने तथा झरफुकसमेत गर्ने गरेको उनले देखेका रहेछन् । उनका अनुसार ‘अटिज्म’ दिमागको विशेÈ किसिमको अवस्था हो ।
नेपालमा पनि चिकित्सकहरू अब विस्तारै यो मानसिक समस्याबारे जनचेतना बढाउन लागिपरेका छन् । यसबारे धेरैलाई जानकारी नभएकाले चेतना पैmलाउने उद्देश्यले हरेक वर्ष विश्वभरि नै अप्रिल २ का दिन ‘अटिज्म दिवस’का रूपमा मनाउने गरिएको छ । नेपालमा विगत दुई वर्षदेखि यो दिवस मनाउने गरिएको डा. सेढाईले बताए । अटिज्म के कारणले हुन्छ भन्नेबारे चिकित्सकहरूले पनि आजसम्म निश्चित कारण पत्ता लगाउन सकेका छैनन् । हालसम्म बिरामीको अवस्थाका आधारमा यो वंशानुगत कारणले हुने र कहिलेकाही वातावरणीय र मनोवैज्ञानिक कारण पनि हुन सक्ने पक्ष औल्याइएको छ । ‘मुख्यतः आनुवंशिक र जैविक कारणहरू जस्तै– हाडनातामा, मस्तिष्कका रोगहरू, छारेरोग, जन्मजात विकृत आदिमा यो समस्या बढी देखिन्छ’ –डा. सेढाईले भने ।
चिकित्सकका अनुसार यस्ता बालक अति चकचक गर्ने वा निष्क्रिय रहने, सोचेर–बुझेर खेल्न नसक्ने, अभिभावक र शिक्षकको आखामा आखा जुधाएर कुरा नगर्ने, अरू केटाकेटीस“ग नखेल्ने वा एक्लै खेल्ने, बोलाउदा कान नसुनेजस्तो गरिदिने, असुहाउदो तरिकाले हास्ने, मन परेको वस्तु वा खेलौना माग्न नसक्ने, शब्द वा वाक्य दोहोर्‍

याइरहने, कुनै वस्तु घुमाइरहने, चोटपटकप्रति वास्ता नगर्ने, सामान्य शिक्षण्ँविधिबाट नसिक्ने, अरूले छदा वा अगालो हाल्दा मन नपराउने, कुनै स्थानमा उभिएका बेला हल्लिइरहने, हात–खुट्टा नचाइरहने स्वभावका हुन्छन् । ‘यस्ता बच्चाको विकासकाल अर्थात् जीवनको सुरुका पाच वर्षमा मनोवैज्ञानिक क्षमतामा गडबडी देखा पर्छ’, डा. सेढाईले भने– ‘यस्ता बालकमा सामाजिक सम्बन्धको प्रभाव र बोली अति कम हुन्छ भने बालिकामा बोली र शरीरको चालमा विशेष गडबडी हुने गर्छ ।’ उनका अनुसार यो समस्या केटीका तुलनामा केटामा बढी देखिन्छ । केटीहरूमा दुई वर्षको उमेरपछि देखापरेमा धेरैमा काम्ने, मूच्र्छा पर्नेजस्ता गम्भीर लक्षण पनि उत्पन्न हुन्छन् ।
बच्चाले आफन्त र अरू जोसुकै भए पनि सम्बन्ध छुट्याउन गाह्रो भई प्रतिक्रिया नजनाउने, बोलीको विकास कम वा हुदै नहुनाले अरू मानिसस“ग कुराकानी गर्न नसक्ने, एउटै शब्द बारम्बार दोहोर्‍

याउने, आफूलाई ‘तिमी’ र अरूलाई ‘म’ भनेर सम्बोधन गर्नेजस्ता लक्षण धेरै मात्रामा देखाउने चिकित्सकको भनाइ छ । बच्चाको व्यवहार र बोली एउटै र दोहोरिने खालको हुन्छ । एकै किसिमले हात चलाउने, एउटै खालको कपडा, खाना वा व्यवहार मात्र मन पराउछन्, नया कुरा सहजै स्विकार्दैनन् । कहिलेकाही“ एउटै चक्करमा घुमिरहने, एक तमास हात हल्लाइरहने, टाउको चलाइरहने वा आफैलाई टोकेर, टाउको ठोकेर हानिसमेत गर्न सक्छन् ।
डा. सेढार्इं लक्षण्ँ देखिनेबित्तिकै प्रशिक्षण्ँ दिए बालबालिकालाई पुरानै अवस्थामा ल्याउन सकिने बताउछन् । ‘अटिज्मले गाजेका व्यक्तिलाई परामर्शदाता, मनोविज्ञ, मनोचिकित्सकले सामूहिक तरिकाले अन्तर्वार्ता–अध्ययनलगायत विभिन्न विधि अपनाई सुधार्न सकिन्छ,’ डा. सेढाईले भने । यस्ता बालबालिकालाई दाम्लोमा बा“ध्ने तथा थुन्ने गर्दा पछि झन् ठूलो समस्या आउने उनी बताउछन् । ‘ठूलो भएपछि अलि फरक हुने, सामाजिक व्यवहार गर्न नरुचाउने तथा एकलकाटे खालको हुने भएकाले समयमा नै तालिम दिएर व्यवहारमा सुधार ल्याउनुपर्छ,’ उनी सुझाउछन्– अहिले बजारमा औषधि पनि आएकाले चिकित्सकको परामर्शअनुसार अवस्था हेरेर सेवन गर्न सकिन्छ ।’