प्रवीण ढकाल
काठमाडौँ, २७ असोज
पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद (जिपी) कोइरालाको नाममा स्थापना गर्न लागिएको श्वासप्रश्वास अस्पताल जग्गा विवादका कारण काठमाडौँमा नबन्ने भएको छ ।
सरकारले काठमाडौं चुनिखेलमा जिपी कोइराला श्वासप्रस्वास अस्पताल बनाउन प्रस्ताव गरेको थियो । तर चुनिखेलको प्रस्तावित जग्गामा विवाद भएपछि सरकारले विकल्पको रूपमा तनहुँको खैरेनीटारमा अस्पताल बनाउने भएको छ । दूरीका आधारमा पोखरा नजिकै पर्ने तनहुँको खैरेनीटारमा अस्पताल निर्माणको प्रक्रिया सुरू गरेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । श्वास–प्रश्वाससम्बन्धी रोग क्रोनिक अब्टक्टिभ् पल्मोनरी डिजिज् (सीओपीडी) बाट मृत्यु भएका कोइरालाको सम्मानमा उनको नाममा राष्ट्रिय आवश्यकता समेत हेरेर सरकारले यस्तो अस्पताल बनाउने निर्णय गरेको हो ।
अस्पताल गठनसम्बन्धी सुझाब समितिले श्वासप्रश्वास अस्पताल वारपर अरू विशेषज्ञ अस्पतालसमेत चाहिने भन्दै काठमाडौंमै अस्पताल खोल्न सुझाब दिएको थियो । तर चुनिखेल, गाच्चा भन्ने ठाउमा दुई वर्षदेखिको विवाद सल्टिने सम्भावना नदेखेपछि खैरेनी सामुदायिक अस्पताल रहेको क्षेत्रमा अस्पताल निर्माण सुरू गर्न लागिएको हो ।

जिपी कोइराला श्वासप्रश्वास अस्पताल निर्माण समितिका संयोजक डा.लक्ष्मीराज पाठकले तनहु“को खैरेनी सामुदायिक अस्पतालले जग्गा दिने प्रतिवद्धता गरेको र ठूला अस्पताल रहेका प्रमुख स्थानसमेत पायक पर्ने भएकाले काठमाडौ“को विकल्पका रुपमा तनहु“ रोजिएको बताए । खैरेनीको सो सामुदायिक अस्पतालसग भएको २ सय १० रोपनी जग्गाको भोगाधिकार लिने प्रक्रिया सुरूवात भइसकेको समेत उनले जानकारी दिए ।
समितिका अनुसार अस्पताल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन र सहरी विकास विभागको विज्ञ टोली गएर अरू संभाब्यता अध्ययान समेत गरीसकेका छन् । डा.पाठकले काठमाडौमा भन्दा राम्रो ठाउ भएकाले र महत्वपूर्ण सेवाविकेन्द्रीत पनि हुने भएकाले समितिले सो स्थानमा काम अगाडि बढाएको बताए । उनका अनुसार अस्पतालका लागि भवन निर्माण पक्रिया समेत अगाडि बढेको छ । अस्पताल निर्माण तत्कालै प्रारम्भ गर्न भन्दै सरकारले बजेटमार्फत् गत र चालु आर्थिक वर्षमा समेत बजेट विनियोजन गरेपनि जग्गा विवाद लम्बिदै गएपछि विकल्प खोज्नु परेको पाठकले बताए ।
तनहु“मा अस्पताल निर्माण प्रक्रिया शुरु गर्नु अघि काठमाडौ“का स्थानीय भद्रकाली सामुदायिक बनको ३ सय ४२ रोपनी पर्ती जग्गामध्ये अस्पताल निर्माणका लागि १ सय ६० रोपनी जग्गा माग गरिएको थियो । त्यो मध्ये कम्तिमा ७÷८ रोपनी जग्गा गुठीबाट सञ्चालित जीवनज्योति विद्यालयले पाउनुपर्ने माग स्थानीयले गरेका थिए । जिल्ला वन कार्यलयले पहिलो प्राथमिकतामा परेको योजनालाई मात्रै जग्गा दिन मिल्ने भन्दै विद्यालयलाई जग्गा दिन नमिल्ने जनाएपछि काठमाडौ“मा निर्माण गर्ने प्रक्रिया रोकिएको हो । अस्पतालको कुरा आउ“नु अगावै गाविस सचिव, इलाका बनकार्यलयले समेत विद्यालयलाई जग्गा दिने मौखिक सहमति गरेको विद्यालयले जनाएको छ । मौखिक सहमतिका भरमा विद्यालयले कोरियाली दाताको सहयोगमा करिव २५ लाख खर्च गरेर भिरालो जमिन सम्याएको छ । ती दाताले करिव १ करोड खर्च गरेर कम्तिमा प्लस टु चलाउने पुग्नेगरी भवन बनाइदिने प्रतिवद्धता गरेको विद्यालयको भनाई छ । भोगाधिकारै नलिई सम्याउन डोजर लगाएपछि जिल्ला बन कार्यलयमा उनीहरू विरुद्ध वन अतिक्रमणको मुद्दा परेको छ । सोही मुद्धा र विवादका कारण काठमाडौ“मा बनाउन लागिएको अस्पताल निर्माण रोकिन गएको डा. पाठकले बताए ।
तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको समयमा सरकारले कोइरालाको सम्मानमा सय शैयाको अस्पताल बनाउने निर्णय ०६७ फागुनमा गरेको थियो । अस्पताल स्थापनासहित उपयूक्त स्थानको खोजी, जग्गा प्राप्ति र अस्पतालका सम्पूर्ण स्वरूपमाबारेमा सुझाब दिन स्वास्थ्य मन्त्रालयले गत ०६८ असार १५ गते स्वर्गीय कोइरालाका चिकित्सक समेत रहेका वरिष्ठ न्यूरोफिजिसिन डा.जगदिशप्रसाद अग्रवालको संयोजकत्वमा समिति बनाएको थियो । समितिले ६ महिनापछि चुनिखेल भद्रकालीमा अस्पताल सहितको राष्ट्रिय श्वास–प्रश्वास प्रतिष्ठान बनाउन सुझाब दिएको थियो । समितिको प्रतिवेदनमा अस्पतालको क्लिनिकल र प्रशासनीक गरी १२ विभागका लागि ३ सयभन्दा बढी जनशक्ति र १ अर्वभन्दा बढी रकम आवश्यक पर्ने उल्लेख छ । पछिल्ला दिनमा श्वास–प्रश्वाससम्बन्धी रोगको दर पनि बढ्दै गएको अवस्थामा सोसम्बन्धी जनशक्तिको पनि कमी रहेको प्रतिष्ठानको स्वरूपमा लगेर श्वास–प्रश्वास रोगसम्बन्धी पढाई समेत गर्न सुझाब दिइएको समितिका संयोजक डा.अग्रवालले बताए ।
‘प्रतिष्ठानको स्वरूपमा लगिएपछि दक्ष जनशक्ति तयार हुन्छ र त्यसले गर्दा काठमाडौ बाहिर पनि सेवा विस्तार गर्न सकिन्छ ।’ डा.अग्रवालले भने । समितिले दिएको सुझाबका आधारमा तत्काल अफिस स्थापनागरी अर्थ स्वायत्त निकाय बनाउन गठन आदेश प्रक्रिया पूरा गर्न ०६८ पुषमा स्वास्थ्य मन्त्रालयले १३ सदस्यीय समिति समेत बनाएको थियो । समितिको अध्यक्षमा स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. पाठकको उपाध्यक्षमा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा.चोपलाल भुसाल छन् । कोइरालाकै चिकित्सक डा.हरी लम्साल सदस्य सचिव रहेको समितिका सदस्याहरूमा पूर्वमन्त्री मानबहादुर विश्वकर्मा, काग्रेस नेता शेखर कोइराला, सभसद्हरू दिवाकर गोल्छा, राजेन्द्र खेतान र भुटानीदेवी खवास छन् । त्यसैगरी डा.भगवान कोइराला, डा.मनवहादुर केसी, प्रा.डा.रामप्रसाद चौधरी, अधिवक्ता शेरबहादुर केसी र दिब्यमणी राजभण्डारी समेत छन् ।

No comments:
Post a Comment