Wednesday, June 15, 2011
चिसोमा बाथको समस्या बढी
सिन्धुपाल्चोक गिरौनचौरका २४ वर्षिया शैलेन्द्र तिवारीको ४ वर्ष अगाडि लागेको बाथको उपचार नगर्दा अहिले दुवै खुट्टाको घुँडाबाट बाङ्गिएर हिड्न पनि अफ्टेरो पर्ने भैसकेको छ । समयमानै बाथको उपचारमा ध्यन नदिदा अहिले तिवारी बाङ्गा खुट्टा लिएर हिड्न बाध्य भएका हुन् ।
शुरुमा खुट्टाका जार्नीबाट दुख्ने तर करकरी खान शुरु गरेको तिवारीलाई विस्तारै गोलिगाँठा र घुडामा दुख्ने र सुन्निने समस्या भएको थियो । ुधेरै जसो चिसो मौसममा मात्र यो समस्या देखिने भएकाले उपचारमा ध्यान दिइएन तर अहिले चारवर्षपछि खुट्टानै बाङ्एिर आयोु राजधानिमा उपचारका लागि आएका तिवारीले भने ुत्यसकारण शरिरका कुनैपनि जोर्नीमा दुख्ने तथा सुन्निने समस्या देखिएका सबैलाई समयमानै उपचार गर्न सल्लाह दिन्छु ।
नुवाकोटकी ४५ वर्षिया सानुमाया तमाङलाई पनि गत वर्ष देखि हात गोडाका औला तथा शरीरका जोर्नीहरुमा अत्याधिक दुख्ने र सुन्निने समस्या शुरु भएको थियो । गतवर्षको जाडोमा उनका शरिरका जार्नीहरुमा अत्याधिक दुख्ने तथा करकर खाने समस्या भए पनि उपचारका लागि आइनन । तर यो वर्षको जाडो शुरु भएलगत्तै उनका जोर्निहरुमा अत्याधिक पिडा हुन थालेपछि उपचारका लागि राजधानि आएकी छिन । उनका अनुसार चिसो मौसम सुरु भएलगत्तै हात गोडका औला तथा जोर्निहरु करकर खाने तथा सहिनसक्ने गरी पिडा हुन थालेको छ । ुहात खुट्टाका औला नाडि गोलिगाँठा घुँडा पैताला काधको जोर्निहरुमा चिसो लाग्नेवित्तिकै सहनै नसक्ने गरी पिडा भएपछि उपचारका लागि यहाँ आएको डाक्टरले बाथ रोग लागेको छ भनेर औषधि दिनु भएको छु उनले भनिन । उनका अनुसार जाडो मासौम त यो रोग लागेकाहरुका लागि सत्रु नै हो ।
तिवारी र तामाङ् मात्र होइन जाडोको मौसम शुरु भएपछि बाथका रोगिहरुलाई शत्रुनै आएजस्तो भएको छ । गत वर्षको विश्व बाथ दिवसको सन्दर्भमा सार्वजनिक भएको तथ्याङकअनुसार नेपालमा १५ देखि २० लाखसम्म बाथरोगी रहेका थिए । तिनिहरु सबैले अहिले कहिलॆ चिसो मौसम हट्ला र बाथको पिडाबाट राहत पाइएला भनेर बसिरहेका छन् ।
नर्भिक अस्पतालका बरिष्ठ वाथरोग विशेषज्ञ डा। अरुण कुमार गुप्ताले चिसो मौसममा बाथका लक्षणहरु बढी देखिने भएकाले यो रोगबाट पिडितहरुलाई जाडो मौसमलाई सत्रुका रुपमा लिने गरेको र जाडो मौसमनै नआए हुने भन्ने धारणा राख्ने गरेको बताए । उनका अनुसार बाथ रोग जुनसुकै मौसममा पनि हुने गर्दछ तर चिसो मौसममा बाथ रोगका लक्षणहरु जस्तै जोर्निहरु दुख्ने हातगोडाका औलाहरु दुख्ने तथा सुन्निने समस्या बढी देखिन्छ । ुहिजोआज चिसो मौसम सुरु भैसकेको छ चिसो वातावरण्ँमा त बाथ रोगीहरु अ´ बढी पिडित हुने भएकाले यो मौसममा बाथका विरामीहरुले चिसोबाट टाढा रहेमात्रै धेरै पिडा कम गर्न सक्दछन्ु डा। गुप्ताले भने ुत्यसकारण चिसोबाट जोगिन उनिहरुले बाक्लो लुगा लगाउने हातमा पाजा तथा खुट्टामा मोजा लगाएर शरिरलाई न्यानो पारेर राख्नु पर्दछ ।ु उनका अनुसार अरु मौसममा बिहानपख केही बेरसम्म मात्रै कक्रक्क हुने हातगोडाका जार्नीहरु जाडोमा भने घाम लागेको धेरै बेरसम्म पनि कक्रक्किएर अररो भइरहने र दुखिरहने गर्दछ । ुबाथका बिरामीमा हातगोडाका रक्त नलीहरु साँगुरिने समस्या पनि हुन्छ । यसरी रगतका नलीहरु साँगुरिने क्रम जाडोमा बढी हुन्छ जसले गर्दा चिसो पानी वा चिसो वस्तु छुँदा हातगोडाका औलाहरुको रंग परिवर्तन भई सेतो निलो र रातो हुन्छु डा गुप्ताले भने । उनले यस्ता मानिसले लामो समयसम्म चिसो पानीमा काम गर्दा रक्तनलि साँगुरिएर औँलाका टुप्पामा घाउ हुने तथा कहिलेकाहीँ रगतका नशाहरु अत्यन्तै साँगुरिएका रहेछन् भने रक्तसाचार पुर्णरुपमा बन्द हुन गई औँलै कालो हुने तथा मृत्यु समेत हुनसक्ने बताए ।
सामान्य अर्थ र परिभाÈामा बाथ रोग लागेपछि बिरामीको हात खुट्टाको बुढीऔँला गोलीगाँठा घुँडा र शरीरका अन्य जोर्नीहरु टन्केर दुख्ने बताइन्छ । यो बाथरोगको प्रारम्भिक लÔण्ँ पनि हो तर चिकित्सकहरुका अनुसार बाथरोगको समयमा नै उपचार नगरिए मुटु कलेजो आँखा छाला तथा नशामा पनि असर गर्न सक्दछ । डा गुप्ताका अनुसार बाथ रोगका सय भन्दा बढी प्रकार रहेका छन् । त्यसकारण बाथ विभिन्न कारणले लाग्न सक्दछ । ुकुनै बाथ वशाणुगत हुन्छन भने कुनै विभिन्न रोगका इन्फेक्सनबाट हुने गर्दछ साथै बाथ मानव शरिरको रोगसँग लड्ने क्षमतामा असर गर्दा पनि देखिने गर्दछु उनले भने ुबाथका धेरै प्रकार हुने भएकाले हामिले बिरामीलाई लक्षण अनुसार उपचार गर्ने गरेका छौँ ।ु उनले नेपालमा बाथलाई मुख्य चारभागमा बढेर बुझ्ने गरेको बताए । जस्मा हड्डि खाने बाथ मुटु खाने बाथ मासु खाने बाथ र नसा खाने बाथ पर्दछन । बाथ रोगको मुख्य समस्या भनेको नै जोर्नी सुन्निने वा दुख्ने हो । त्यसैले यसलाई जोर्नी दुख्ने वा जोर्नी सुन्निने रोग पनि भनिन्छ ।
चिकित्सकहरुका अनुसार धेरैजसो बाथरोगले जोर्नीको ि´ल्लीमा असर गर्छ । बाथरोग जोर्नीको हाडजोड्ने कनेक्टिभ टिस्यु मा लाग्छ । बाथरोगका बारेमा पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्समा एमविविएस अध्ययन गरीरहेका किरण आचार्यका अनुसार हालसम्म बाथरोग हुने निश्चित कारण्ँ पत्ता लागेको छैन । तर यो रोग १५ देखि २० प्रतिशत वंशाण्ँुगत कारण्ँ हुने गर्दछ । परिवारको सदस्यमा यो रोग भएमा पछिल्लो पीाडीहरुलाई हुने संभवना हुन्छ । घाटी पेट तथा ढाडमा हुने संक्रमण्ँले पनि बाथरोगको शुरुवात् हुन्छ । ुसामान्यतया बाथ रोगले शरीरका जोर्नीहरुमा प्रत्यÔ असर गर्दछ । जोर्नीहरु सुन्निने दुख्ने र चलाउन नसकिने बाथका प्रमुख लÔण्ँहरु हुन्ु उनले भने ुमांसपेसी लगायत शरीरका भित्रि अंगहरुलाई पनि बाथ रोगले सताउछ र मुटु कलेजो फोक्सो मृगौलालाई काम गर्नै नसक्ने अवस्थामा पुर् याउछ ।ु
नर्भिक अस्पतालका डा गुप्ताका अनुसार बाथ रोग जुनसुकै उमेरमा लाग्न सक्छ समयमानै यो रोगको उपचार नगरे कजिएर पिडादायी जीवन बिताउनु पर्ने बाध्यता हुन्छ । बाथ रोग जति पुरानो हुदै जान्छ त्यति नै यसले सताउछ र जोर्नी बिग्रने बाङ्गिने तथा अङगहरु कामै नलाग्ने हुन्छ । उनले बाथरोगका प्रकार धेरै हुने भएपनि धेरै जसोमा र् युमेट्वाइड बाथ देखिने गरेको जनाए । यो बाथले धेरैजसो चिसो र सेपिलो ठाउँमा बस्नेहरुलाई बढी आक्रमण्ँ गदर्छ । यो रोग औंला लगायतका साना साना हाडमा देखिने समस्या हो । यो वंशाण्ँुगत पनि हुन्छ । डा। गुप्ताका अनुसार र् युमेट्वाइड बाथ हुदा हात खुट्टा औंलाका जोर्नी नाडी पैताला गोलीगाँठा काँधका जोर्नी क्रमशः सुन्निदै जान्छन् । ज्वरो आउने खान मन नलाग्ने मांशपेशी दुख्ने तौल घट्ने रोगीलाई थकाई महशुस हुने र हातका औंलाहरु बाङगीएर ब्यक्ति कुरुप हुनसक्छ । यसका साथै विहान उठ्दा शरिका जोर्नी तथा हात गोडका औँला अररो हुन्छ । रोग बढ्दै जाँदा रक्तसाचार श्वासप्रश्वास स्नायु प्रणुलीमा असर गर्दै जान्छ । यसको रोकथाम तथा नियन्त्रण्ँका चिसोबाट बच्ने तथा सन्तुलित भोजन खाने गर्नुपर्दछ भने रोगीले उचित शारीरिक ब्यायाम गर्नुपर्छ । यसका अलाव जोर्नीमा भएको पिडा कम गर्न तथा थप जोर्नीमा असर नगरोस भनेर तातोले जोर्नी सेक्नुपर्ने डा। गुप्ताले बताए ।
बाथका जति धेरै प्रकार भएपनि सामान्यतया बाथका रोगिहरुमा जोर्नी सुन्निने दुख्ने बिहानको समयमा हात अररो हुने मुठ्ी बाँध्न गार् ह्रो हुने ढाड दुख्ने हीप दुख्ने सुतेको समयमा कोल्टे फेर्दा ढाड दुख्ने आँखा बारम्बार रातो हुने जस्ता लक्षण देखिन्छ । यसैगरी बाथरोगमा रक्तश्राव हनुे शरीरमा निलडाम देखा पर्ने छालामा निको नहुने डाबर आउने तथा महिलाहरुलाई मुखभित्र घाउ आउने तथा कपाल झर्ने जस्ता समस्या पनि देखिनसक्छ । डा। गुप्ताका अनुसार शरीरमा निलो डाबर देखिएमा तत्काल जाचाउनुपर्छ । ुबाथरोगबाट छुटकारा पाउन बाथरोगकै औÈधि खानुपर्छ दुखाई कम हुने अन्य कुनै पनि औÈधि सेवन गर्नुहुँदैनु उनले भने ुयस्ता औÈधिले दुःखाई कम गरे पनि २÷३ वÈ्रपछि अंगहरु खराब हुने औंला बांगिनेजस्ता समस्याहरु देखिन्छन् ।
ध्यान दिनुपर्ने कुराहरु
-जाडोमा चिसोबाट बच्न रोगिले न्यानो लुगा बाक्लो पाजा मोजा लगाएर शरिरलाई न्यानो पार्नुपछ ।्र
-प्रशस्त मात्रामा तातो झोल पदार्थ खाने गर्नुपर्छ ।
-जाडोको मौसमभरि बिहान बेलुकी मनतातो पानीमा नुन राखि पाँचदेखि १० मिनेटसम्म हातगोडाका औँलाहरु डुबाउने गरेमा औलाका जार्नीको दुखाई सुन्निने र अररोपनमा कमी आउनेछ ।
-सकेसम्म चिसो पानिमा हात गोडा पार्नुहुदैन । चिसो पानिमा छुदा हातगोडका औलाका रंगमा परिवर्तन हुने दुख्ने तथा झमझम भएर झन बढी पिडा थप्न सक्दछ ।
-शरिरका जोर्नीहरु कुहिना कुम गर्दन ढाड फिला घुँडा आदि भागमा तातो पानीको ब्यागले सेक्ने गरेमा फाइदा हुने गर्दछ ।
-रक्तश्राव भएमा शरिरमा निलडाम देखिएमा मुखमा घाउ आएमा छालामा डाबरहरु देखिएमा तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ ।
जाडोलाई शत्रु ठान्छन् दमरोगी
सानै उमेरदेखि दमको रोगबाट पीडित नुवाकोटका हरिकृष्ण तामाङ चिसो मौसम सुरु भएलगत्तै अत्यधिक खोकी लागेको र सास फेर्न गाह्रो भएको भन्दै उपचारका लागि राजधानीको वीर अस्पतालमा आए । चिकित्सकले उनको श्वासनली खुकुलो पार्ने औषधि ब्रोनकोडाइल र सास फेर्न गाह्रो भएपछि अक्सिजनको मात्रा बढाउन प्रयोग गरिने इन्हेलर्स प्रयोग गर्ने सुझाब दिएपछि उनी ती औषधि किनेर बुधबार घरतिर लागेका छन् । वीर अस्पतालमा औषधि किनिरहेको अवस्थामा फेलापरेका तामाङले भने, 'चिसोको एलर्जी र धेरै चुरोट पिएको कारण दम भएको रहेछ । डाक्टरले धुम्रपान नगर्न र चिसोबाट बच्न साथै औषधि खान सल्लाह दिनुभएको छ । डाक्टरले भनेअनुसार नै गर्छु ।' उनका अनुसार झन्डै चार वर्षदेखि उनी यो रोगबाट बढी पीडित बनेका छन् । यो वर्ष विगतका वर्षभन्दा बढी खोकी लागेको र सास फेर्न धेरै गाह्रो भएपछि उनीले थप उपचारको लागि राजधानी आएको जानकारी दिए । चिसो मौसम सुरु भएलगत्तै अस्पतालमा दमको उपचारका लागि धेरै बिरामी आउन थालेको अस्पतालले जनाएको छ । अस्पतालको पछिल्लो दुई महिनाको तथ्यांकअनुसार दैनिक ३० देखि ४५ जनासम्म दमका रोगी उपचारका लागि आएका छन् । वरिष्ठ छातीरोग विशेषज्ञ तथा पूर्व स्वास्थ्य सचिव डा. दीर्घसिंह बमका अनुसार दम चिसोको एलर्जी, धुलो, धुवाँ तथा प्रदूषणको कारण हुने भएकाले जाडो मौसममा दमको समस्या बढी देखिने गरेको छ । 'चिसोका कारण हुने एलर्जीले गर्दा मानिसको श्वास नली खुम्चने गर्छ, जसका कारण मानिसलाई सास फेर्न अत्यधिक गाह्रो हुन्छ,' उनले भने, 'सो समयमा मानिसले तुरुन्त अक्सिजनको मात्रा बढाउने इन्हेलर्सको प्रयोग नगरेमा मृत्युसमेत हुन सक्छ ।' उनका अनुसार जाडो मौसममा अत्यधिक चिसो हुने तथा धुलो, धुवाँसमेत बढी हुने भएकाले दमका रोगी बढी देखिने गर्छन् । श्वासप्रश्वासमा बढी समस्या उत्पन्न हुने तथा खोकीले बढी सताउने भएकाले जाडो मौसमलाई दमका रोगीले शत्रुका रूपमा लिने गरेको चिकित्सकहरू बताउँछन् । 'यो मौसममा दमका रोगीले आफूलाई चिसोबाट बचाउन न्यानो लुगा लगाउने, तातो तथा तरल पदार्थ बढी खाने र धुलो धुवाँबाट बचाउने गर्नुपर्छ,' डा. बमले नयाँ पत्रिकासित भने । उनका अनुसार दम श्वासप्रश्वास प्रणालीमा हुने एउटा दीर्घ रोग हो । यो रोग लागेमा सास भित्र-बाहिर गर्ने नलीमा असर पर्छ र सास फेर्न अत्यधिक गाह्रो हुन्छ । धुलो, धुवाँ तथा चिसोको एलर्जीका कारण श्वास नली खुम्चने हुनाले दमका रोगी तथा अन्य साधारण मानिसले पनि यी कुराबाट जोगिनु पर्छ । 'एलर्जीका कारण श्वास नली बिस्तारै खुम्चँदै जान्छ,' बमले भने, 'जति बढी श्वास नली खुम्चने गर्छ, त्यति नै सास फेर्न गाह्रो हँुदै जान्छ र मानिसलाई खतरा हुन्छ ।' विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ३० करेाडभन्दा बढी मानिस दमबाट ग्रसित छन्, जसमा अधिकांश अविकसित र विकासोन्मुख राष्ट्रका छन् । दक्षिण एसियामा पछिल्लो समयमा मुटु रोगपछि मृत्यु हुने रोगमा दम नै पर्ने गरेको तथ्यांकले दोखाएको छ । नेपालमा पनि कुल जनसंख्याको ४० प्रतिशतभन्दा बढी मानिस श्वासप्रश्वास तथा फोक्सोको समस्याबाट ग्रसित छन् । जसमा २५ देखि ३० प्रतिशत मानिसमा दमको समस्या रहेको पाइन्छ । स्वास्थ्य सेवा विभागको वाषिर्क प्रतिवेदनअनुसार पनि नेपालको अस्पतालमा भर्ना भएका बिरामीमा दमका कारण मृत्यु हुने मानिसको संख्यामा अत्यधिक वृद्धि भएको छ । डा. बमका अनुसार पनि नेपालका अस्पतालमा उपचारका लागि आउनेमध्ये दमका रोगी धेरै नै रहने गरेका छन् । चिकित्सकका अनुसार कुनै पनि मानिसलाई एक वा दुईपटक खोकी लाग्यो तथा श्वासप्रश्वासमा केही समस्या देखियो भन्दैमा उसलाई दम नै भएको छ भन्न मिल्दैन । दम लागेको हो भनी प्रमाणित गर्न सर्वप्रथम रोगीलाई वर्षभरिमा दुईदेखि तीन महिनासम्म लगातार खकार निस्कने गरी खोकी लागेको हुनुपर्छ । रोगीलाई दुई वर्षसम्म लगातार खोकी र श्वासप्रश्वासको समस्या देखिइरहेको हुनुपर्छ । तर, लगातार खोकीको समस्या र सास फेर्न समस्या भइरहेको छ भने उसलाई दम लाग्न सुरु भइसकेको हुनसक्छ । डा. बमका अनुसार मानिसको फोक्सोभित्रका स-साना श्वास नली साँगुरिएर श्वासप्रश्वास कार्यमा असर गरी स्याँस्याँ हुने, राति सुत्न अफ्टेरो हुने, लगातार खोकी लागिरहने समस्या हुनु भनेको दम हुनु हो । 'श्वासनली खुम्चिँदा मानिसलाई चाहिने आवश्यक अक्सिजन शरीरभित्र जान सक्दैन,' उनले भने, 'जसका कारण शरीरलाई चाहिने मात्रामा अक्सिजन रगतमा पुग्न सक्दैन र लामो समयसम्म सो समस्या रहिरहेर उपचार नगराएमा त्यस्ता मानिसको मृत्यु हुने सम्भावना बढी हुने गर्छ ।' दम रुघाखोकी, फोक्सोको रोग, औषधिको एलर्जी, भाइरस, ब्याक्टेरिया तथा विभिन्न जीवाणुको संक्रमणबाट हुने एलर्जी रोग हो । यसलाई श्वासनलीको कोमल मांशपेसीमा हुने एलर्जी रोगसमेत भन्ने गरिन्छ । यसको मुख्य कारण धुवाँ तथा अत्यधिक चिसो नै हो । 'लामो समयसम्म धुवाँ, धुलो तथा चिसोका सम्पर्कमा रहँदा त्यसले मानिसको श्वासनलीको कोमल मांशपेसीमा एलर्जी गराउँछ,' डा. बमले भने, 'एलर्जीका कारण ती कोमल मांशपेसी साँगुरो भई सास फेर्न निकै नै गाह्रो हुन्छ, जसले मानिसलाई अत्यधिक पीडा गराउने गर्छ ।' उनका अनुसार दम वंशानुगत पनि हुने गर्छ । परिवारको कुनै एक व्यक्तिमा यो रोग लागेको छ भने उसको छोराछोरी तथा आफन्तलाई यो रोग हुने सम्भावना बढी हुने गर्छ । दम के हो ? मानिसको श्वासप्रश्वासमा देखिने समस्या अर्थात् सास फेर्दा स्याँस्याँ हुने तथा लगातार खोकी लाग्ने समस्या देखिने रोग नै दम हो । खासगरी दमको अवस्था देखिनको लागि पटकपटक वा लामो समयसम्म धुलो, धुवाँ वा चिसोको सम्पर्कमा आउनुपर्छ । नेपालमा उमेर ढल्किसकेका मानिसलाई र विशेषगरी महिलालाई बढी मात्रामा यो रोग लागेको पाइन्छ । खाना पकाउने काम गर्दा आउने दाउराको धुवाँको सम्पर्कमा बढी महिला आउने भएकाले महिलालाई यो रोगले छिटो समात्न सक्छ । यसका अलावा बिँडी, चुरोट, तमाखु आफैँ खानु वा परिवारमा कसैले खाने बानी भएमा यो रोग लाग्नु स्वाभाविकै हो । निको हुँदैन एकपटक दमको रोगबाट ग्रसित मानिस सो रोगबाट जीवनभर मुक्त हुन सक्दैन । त्यसकारण पनि यसलाई दीर्घ रोग भन्ने गरेको डा. बमले जानकारी दिए । निको नहुने रोग भए पनि यसलाई औषधिको प्रयोगबाट नियन्त्रणमा ल्याउन तथा कम गर्न सकिन्छ । दमबाट ग्रसित मानिसको श्वासनली खुम्चिएको हुने भएकाले विभिन्न औषधिको माध्यमबाट सो नली फुलाउने गरिन्छ तर पहिलेको जस्तो अवस्थामा ल्याउन भने सकिन्न । औषधोपचारका माध्यमबाट रोगीलाई दमका कारण सास फेर्न अप्ठेरो भएकोमा सहज पार्न मात्र सकिन्छ । दमका १० तथ्य दमका लक्षण
हानिकारक हुन सक्छ खुट्टा बाउँडिने समस्या
पिँडुला बाउँडिनसाथ भुइँमा सुतेर खुट्टालाई माथितिर फर्काई पैतालामा थिच्ने गर्नुपर्छ । खुट्टालाई तन्काएर पैताला थिच्यो भने तुरुन्त आराम मिल्छ । त्यसपछि उक्त मांसपेशीवरिपरि बिस्तारै मसाज गर्नुपर्छ । पिँडुला तथा तिघ्रामा डोरी तथा कपडाले बाँध्नु सट्टा रबरको ब्यान्ड अर्थात् ब्यान्डेजले हल्का बाँध्नु उत्तम हुन्छ । चाबहिलको हेल्पिङ हेन्ड्स अस्पतालमा गत साता खुट्टाको पिँडुला फर्किने -खुट्टा बाउँडिने) समस्याको उपचार गर्न आएका सिन्धुपाल्चोकका श्यामकृष्ण आचार्य चिकित्सकले पिडुला फर्किएपछि बेस्सरी कसेर बाँध्न नहुने बताएपछि एकपटक झस्के । आचार्यले सधैँ पिडुला फर्किएपछि डोरी तथा कपडाले बेस्सरी पिडुलामा बाँधेर सुत्ने गरेका थिए । चिकित्सकले पिँडुला बाउँडिएपछि खुट्टा कसेर बाँध्नु भनेको झन् खतरा बढाउनु हो भनेपछि उनले अबदेखि कहिल्यै खुट्टा बाउँडिएपछि कसेर नबाँध्ने बताएका छन् । दिनभरि घर तथा खेतको काममा व्यस्त हुने आचार्यको पिँडुला सुत्नेवेला दुख्ने, कटकटी खाने तथा हप्तामा दुईपटक पिँडुलाको मांसपेशी फर्किएर पीडा हुन गरेपछि उनी उपचारका लागि अस्पताल आएका थिए । 'सुत्ने वेला पिँडुला कटकटी दुख्न थालेपछि डोरीले बाँध्दा दुखाइ कम हुने, नबाँध्दा त सुत्नै सकिँदैनथ्यो, तर पिँडुला बाँध्दा खुट्टाको रक्तसञ्चारमा अवरोध भएर अरू समस्या पो देखिने रहेछ,' उपचार गरी फर्किंदै गरेका आचार्यले भने, 'अबदेखि खुट्टा बाउँडियो भने माथितिर पैताला फर्काएर मालिस गर्न लगाउँछु, तर डोरीले कसेर बाँध्दिन ।' अस्पतालका चिकित्सकहरूका अनुसार दिनभरिको व्यस्तता र आराम अभावमा खुट्टा बाउँडिने समस्याबाट पीडितको संख्या बढ्दै गइरहेको छ । अधिकांश व्यक्तिमा यो रोग राति देखापर्ने भएकाले यसलाई राति उत्पन्न पीडादायी रोग पनि भन्ने गरिन्छ । अस्पतालका अर्थोपेडिक सर्जन डा. हेम लिम्बूका अनुसार खुट्टा बाउँडिँदा पिँडुलाको मासु फर्किएर अगाडि आउँछ र पिँडुलाको मांसपेशी भित्र सिल्का हानेजस्तो हुने र कटकटी दुख्ने गर्छ । 'खुट्टाको पिँडुला बाउँडियो वा दुख्यो भने धेरैले दुखाइ कम गर्न डोरी वा कपडाले बाँध्ने गर्छन्,' डा. लिम्बू भन्छन्, 'यसो गर्दा उनीहरूलाई पीडा कम हुने र निदाउन सहज हुने भए पनि डोरी वा कपडाले बाँध्दा खुट्टाको औँलासम्म रगत प्रवाह हुन नपाई नीलो हुन सक्ने र खुट्टा काम नलाग्ने हुन सक्छ ।' उनका अनुसार यस्तो समस्या भएकाले सावधानी नपुर्याउँदा खुट्टै काम नलाग्ने भई काट्नुपर्ने अवस्था पनि आउन सक्छ । त्यसैले पिँडुला बाउँडिने तथा फर्किने वा दुखेको वेला हल्का ढंगले पिँडुलामा मसाज गर्नु लाभदायी हुन्छ । मसाज गर्दा दुखाइमा कमी आउनुसाथै आराम महसुस हुने भएकाले बिस्तारै मसाज गर्ने वा दुखेको भागलाई पानीमा भिजाउने आदि गर्नुपर्छ । खुट्टा बाउँडिने समस्या अकस्मात हुने गर्छ । यो समस्या दिनभरि काममा व्यस्त हुने, मांसपेशीको बढी प्रयोग, रगतको पर्याप्त प्रवाह नहुने वा नसामा समस्यालगायत कारणले हुने गरेको डा. लिम्बूले बताए । उनी भन्छन्, 'मांसपेशीको बढी व्यस्त हुने व्यक्ति जस्तै खेलाडी, हिमाल आरोही, दौडने व्यक्तिमा यस्तो समस्या देखिने गर्छ ।' उनका अनुसार मानिसको शरीरमा क्याल्सियम तथा इलेक्ट्रोलाइटसको मात्रा कम भएर तथा अन्य रोगका कारण पनि यो समस्या हुने गरेको छ । पिँडुला फकिर्ंदा तथा बाउँडिँदा अत्यधिक पीडा हुन्छ, तर त्यो केही क्षणका लागि मात्र हुन्छ । केही व्यक्तिमा एक वा दुई मिनेटसम्म हुन्छ भने केहीमा १० मिनेटसम्म हुने गर्छ । बाहिरबाट झट्ट हेर्दा केही नदेखिने, तर पीडितलाई भित्रभित्रै पीडा दिएर कमजोर तुल्याउने यो रोग उपचारका लागि हत्तपत्त अस्पताल जाने गरेको पाइँदैन । डा. लिम्बू भन्छन्, 'यस रोगको दुखाइ कसैलाई केही मिनेट हुने र बिस्तारै घट्दै जाने हुन्छ, तर कसैलाई भने लामो समयसम्मै सिल्का हानेजस्तो पिँडुला कटकटी दुख्ने हुन्छ । यसकिसिमको पीडाले विशेषगरी राति सुत्ने वेला सताउने र बिहान फेरि ठीक भएजस्तो महसुस हुने भएकाले बिरामी उपचार गर्न हेलचेक्य्राइँ गर्छन् ।' उनले दिनभरिको व्यस्ततापछि राति सुत्ने वेला खुट्टाको पिँडुला कटकटी दुखेको महसुस हुन्छ अथवा हातका तिघ्रा, औँला र पाखुरामा पनि दुखाइसँगै निद्रा बिथोलिन्छ भने हेलचेक्य्राइँ नगर्न सुझाव दिएका छन् । भन्छन्, 'यस्तो समस्या छ भने समयमै उपचार गर्नु आवश्यक छ अन्यथा यो समस्याले झन् जटिल रूप लिन सक्छ ।' दुखाइका कारण खुट्टाको पिँडुला फर्किएपछि अर्थात् बाउँडिएपछि त्यस क्षेत्रका मांशपेसी च्यातिन्छ । जसकारण्ा हात-खुट्टा दुख्नेलगायत विभिन्न समस्या देखापर्छन् । डा. लिम्बूका अनुसार काममा व्यस्त हुँदा शरीरलाई पर्याप्त पानी साथै अन्य खनिज पदार्थको कमी हुन पुग्छ । फलस्वरूप हात-खुट्टा कटकटी दुख्ने समस्या देखापर्ने गर्छ । यसकिसिमको दुखाइ अचानक हुन सक्छ । डा. लिम्बू भन्छन्, 'मांसपेशी आवश्यकताभन्दा बढी प्रयोग गर्ने व्यक्ति पीडित हुन्छन् ।' हात-खुट्टासँगै शरीरलाई पर्याप्त आरामको जरुरत पर्छ । सन्तुलित भोजनसँगै शरीरलाई क्याल्सियम, म्याग्नेसियम, पोटासियम आदिको आवश्यकता पर्छ । तर, काममा व्यस्त भइरहने व्यक्तिले स्वास्थ्यप्रति ध्यान दिन नपाउने भएकाले पनि यी विभिन्न समस्या देखापर्ने डा. लिम्बूले बताए । त्यस्तै, रगत प्रवाह हुने धमनीमा रोकावट आयो भने तथा ढाडको नसा च्यापियो भने पनि पिँडुला दुख्न सक्छ । खुट्टा झुन्ड्याएर वा खुम्च्याएर बस्दा तथा काम गर्दा रगत सुचारू रूपले प्रवाह हुन नपाई पिँडुला तथा तिघ्रा दुख्न सक्छ । यस्तो दुखाइ केही मिनेटपछि बिस्तारै कम हुँदै जान्छ । डा. लिम्बूले उच्च रक्तचाप भएका बिरामीले खाने औषधिले शरीरमा भएको पोटासियम मात्रामा कमी ल्याउने भएकाले यसकिसिमका बिरामीले पनि पिँडुला दुख्ने समस्या बेहोर्नुपरेको तथा मधुमेह, एनिमिया, थाइराइडबाट पीडितलाई पिँडुला दुखाइले सताउने गरेको बताए । गर्भवतीलाई बढी खतरा पिँडुला कटकटी दुख्ने तथा फर्किने समस्याबाट गर्भवती महिला बढी पीडित भएको पाइएको छ । चिकित्सकहरूका अनुसार गर्भवती महिलामा हर्मोन उत्पादन बढी भइरहेको हुन्छ । जसले गर्दा शरीरमा थकान गराउने तथा मांसपेशीलाई तन्काउने गरेको हुन्छ । डा. लिम्बू भन्छन्, 'गर्भवती महिलामा प्रोजेस्टेरोन हर्मोन बढी उत्पन्न भइरहेको हुन्छ, त्यसले महिलाको मासंपेशी तन्काउने तथा कमजोर बनाउने भएकाले पिँडुला फर्किन सक्छ ।' उनले यस्तो वेला महिलाले मांसपेशीको मसाज गर्नुपर्ने सुझाव दिए । त्यस्तै, खुट्टा तुर्लुंग झुन्ड्याएर बस्ने वा उभिएर काम गर्ने व्यक्ति पिँडुला दुखाइबाट बढी पीडित हुने उनले बताए । उनका अनुसार यीबाहेक पिँडुला कटकटी दुख्ने, हातको पाखुरा-औँला दुख्ने आदि समस्याबाट पीडित र स्वास्थ्यको ख्याल नगरी काममा व्यस्त हुने व्यक्ति यो समस्याबाट पीडित छन् । बिहानदेखि साँझसम्म काममा व्यस्त हुने गृहिण्ाी र खेलाडी बढी हिँडडुल गर्नुपर्ने व्यक्ति पिँडुला दुख्ने समस्याबाट बढी पीडित छन् । यसो गर्दा राम्रो पिँडुला तथा तिघ्राको मांसपेशी बाउँडिएर फर्किनासाथ डोरी तथा कपडाले बाँध्नु हँुदैन । यस्तो समस्या हुनासाथ भुइँमा सुतेर खुट्टालाई माथितिर फर्काएर पैतालामा थिच्ने गर्नुपर्छ । खुट्टालाई तन्काएर पैतालामा थिच्यो भने तुरुन्त आराम मिल्छ । त्यसपछि उक्त मांसपेशीवरिपरि बिस्तारै मसाज गर्नुपर्छ । पिँडुला तथा तिघ्रामा डोरी तथा कपडाले कसेर बाँध्नु सट्टा रबरको ब्यन्ड अर्थात् ब्यान्डेजले हल्का बाँध्नु उत्तम हुने डा. लिम्बूले बताए । यसैगरी, कहिलेकाहीँ मात्र दुख्ने पिँडुला तथा तिघ्राको पनि के उपचार गर्न जानु भनी यत्तिकै बस्नु हुँदैन । यसकिसिमको समस्याबाट पीडितले वेलैमा सम्बन्धित चिकित्सकसँग उपचार गराएर सावधानी अपनाउनु आवश्यक छ । यसका साथै दैनिक प्रशस्त पानी पिउने, मांसपेशीलाई आराम दिने, भिटामिन खाने, जुस तथा खनिज पदार्थको सेवन गर्दा पनि यो समस्याबाट छुट्कारा पाउन सकिन्छ । अनिवार्य फिजियोथेरापी गरौँ खुट्टाको मांसपेशी दुखेर बाउँडिनु तथा फर्किनु भनेको त्यस आसपासका मांसपेशी च्यातिनु हो । एकपटक समस्या भएपछि बारम्बार समस्या देखिने तथा च्यातिएको मांसपेशीका कारण थप जटिल समस्या आउने भएकाले चिकित्सकहरूले यस्तो समस्याबाट पीडितलाई अनिवार्य रूपमा फिजियोथेरापी गर्न भनेका छन् । डा. लिम्बूका अनुसार पिँडुला बाउँडिएर र्फकनु भनेकै त्यस आसपासका मांसपेशी तन्किएको तथा च्यातिएको अवस्थामा हुनु भएकाले तुरुन्त फिजियोथेरापी गर्न आवश्यक छ । उनले एकपटक फर्किएको पिँडुलाको मांसपेशी कमजोर अवस्थामा रहिरहने भएकाले सचेत रहन सुझाव दिएका छन् ।
पीडादायी रोग युरिक एसिड
के तपाईंको हातखुट्टाका जोर्नी एकाएक नीलो भएर दुख्न थालेको छ ? अथवा खुट्टाको बूढीऔँला झमझम गर्दै दुख्नुसाथै सुन्निन थालेको त छैन ? खुट्टाको बूढीआँैलाबाट दुख्न सुरु भएको छ र शरीरका अन्य अंगमा हात, ढाड तथा जोर्नीमा पनि दुख्न थालेको छ भने रगत जँचाएर सावधानी अपनाउनु होला । होइन भने जीवनभरि युरिक एसिड रोगले सताइरहन पनि सक्छ । वीर अस्पतालका फिजिसियन डा. भूपेन्द्रकुमार बस्नेतका अनुसार युरिक एसिड हुनु भनेको जीवनभरि पीडा लिएर बस्नु हो । भन्छन्, ँएकपटक युरिक एसिड भएकाहरूमा पुनः दोहोरिने सम्भावना भइरहन्छ भने समय-समयमा थपघट पनि भइनै रहन्छ ।’ युरिक एसिडले धेरैजसो गोडाको बूढीआँैला, गोलीगाँठो र यसवरपरका जोर्नीमा टन्किएर दुख्ने र सुन्निने गराउँछ । डा. बस्नेतका अनुसार यो रोग छिप्पिँदै गएपछि भने घुँडा तथा हातका अरू जोर्नीमा पनि असर पर्न सक्छ । युरिक एसिडको आक्रमण्ा प्रायः उच्च प्रोटिनयुक्त खाना खानेहरूमा बढी हुने गरेको छ । ँमानिसको रगतमा युरिक एसिड बढी भएमा मिर्गौलालाई असर गर्छ । मिर्गौला खराब भएमा रक्तचाप बढ्नुसाथै अन्य रोगले पनि सताउने गर्छ,’ डा. बस्नेत भन्छन्, ँत्यसकारण खुट्टाको औँलामा पीडा सुरु हुन थाल्नेबित्तिकै युरिक एसिड जँचाइहाल्नुपर्छ । यदि रगतमा युरिक एसिड बढेको देखिएमा यसको उपचारतर्फ लाग्नुपर्छ ।’ उनका अनुसार यो रोग प्रायः अधबैँसे तथा बढ्दो उमेरका पुरुषलाई हुन्छ, महिलामा भने यो रोग प्रायः महिनावारी बन्द भएपछि मात्र सुरु हुन्छ । महिलामा हुने सेक्स हर्मोनले युरिक एसिडलाई पिसाबमा विसर्जन गर्न मद्दत गर्ने हुनाले यसको समस्या महिनावारी रोक्किनुअघि नहुने चिकित्सकहरूको भनाइ छ । कुनै समयमा उच्च युरिक एसिड मांसाहारी खाना, मद्यपान तथा बढी प्रटोनियुक्त खाना खाने परिवारका व्यक्तिलाई मात्र लाग्ने भएकाले यसलाई धनीमानीको रोगका रूपमा लिइन्थ्यो । तर, हिजोआज सहरी खानपानको प्रभावले सामान्य मानिसमा पनि यो समस्या देखापर्न थालेको छ । डा. बस्नेतका अनुसार यो रोग प्रोटिनको मात्रा बढी भएर मोटा भएका व्यक्ति, डाइबेटिजका रोगी, प्रेसर भएका तथा केहीमा वंशानुगत कारणले पनि यो रोग लाग्ने गर्छ । युरिक एसिड के हो ? युरिक एसिड हाम्रो शरीरमा उत्पन्न हुने एक विकारयुक्त पदार्थ हो । शरीरमा प्रोटिन मेटाबोलिजम भएर निस्कने तत्त्वलाई नै युरिक एसिड भनिन्छ । डा. बस्नेतका अनुसार प्रोटिनयुक्त खानामा पाइने प्युरिन नामक एककिसिमको रसायन तथा शरीरको पुरानो र नष्ट हुन थालेका कोषमा रहेको न्युक्लिक एसिडबाट युरिक एसिड बन्छ । हाम्रो शरीरमा युरिक एसिड उत्पादन भइरहेको हुन्छ । सामान्य अवस्थामा उत्पादित युरिक एसिड पिसाबबाट बाहिर निस्किरहेका हुन्छन् । डा. बस्नेत भन्छन्, 'शरीरमा युरिक एसिड उत्पादन बढी भएमा वा मिर्गाैलाबाट यसलाई विसर्जन गर्ने कार्यमा कमीकमजोरी भएमा अथावा दुवै कारण्ाले गर्दा रगतमा युरिक एसिडको मात्रा बढ्न जान्छ ।' उनका अनुसार सामान्यतया प्रतिसय मिलिलिटर रगतमा यसको मात्रा सात मिलिग्रामभन्दा बढी भएमा उच्च युरिक एसिड भएको मानिन्छ । सामान्य हिसाबमा भन्नुपर्दा युरिक एसिड बढी हुनु भनेको जोर्नी तथा हातगोडको औँला सुन्निएर सहनै नसकिनेगरी पीडा हुनु हो । जुन रातको समयमा बढ्ने गर्छ । चिकित्सकहरूका अनुसार राजा-महाराजाको रोग पनि भनिने यो रोग जोर्नी दुखाई हुने सबैभन्दा पीडादायक रोग हो । दीर्घकालीन असर युरिक एसिड भएपछि तत्काल खुट्टा तथा हातको औँलामा तथा जोर्नी दुख्ने समस्या देखापर्छ, तर यो रोगका कारण लामो समयसम्म विभिन्न असर देखाइनै रहन्छ । डा. बस्नेतका अनुसार लामो समयसम्म रगतमा युरिक एसिडको मात्रा बढी भइरहे जोर्नी बिग्रने र बांगिने भई पछि काम नलाग्ने हुन सक्छ । यो रोगको असर सामान्यतया एकपटकमा एक हप्ताजति रहन्छ । तर, केही समय तथा महिनापछि त्यही वा अर्को जोर्नीमा बल्भिmने सम्भावना भने रहिरहन्छ । त्यस्तै, शरीरका विभिन्न भागमा युरिक एसिड जमेर सेता गिर्खाहरू देखिन्छन्, जसले ती अंगलाई बिगार्न सक्छ । यसका साथै रगतमा धेरै मात्रामा युरिक एसिड उत्पन्न हुन थालेपछि तथा पिसाबबाट निस्कन बन्द भएपछि मिर्गौलामा युरिक एसिड जम्न गई पथ्थरी हुने र धेरै वर्षपछि मिर्गौलाले कामै नगर्नेसमेत हुन सक्ने डा. बस्नेतले बताए । रोकथाम तथा उपचार उच्च प्रोटिनयुक्त खानाका कारण हुने भएकाले यो रोग लागेकाले उच्च प्रोटिनयुक्त खानेकुरा कम मात्रमा खानुपर्छ । उच्च प्रोटिनयुक्त खानेकुरा जस्तै माछा-मासु, गेडागुडी तथा बढी मादक पदार्थ सेवन गर्नेहरूमा यो रोग लाग्ने सम्भावना बढी हुन्छ । एकपटक यो रोगले च्यापेका मानिसलाई बढी प्रोटिनयुक्त खाना तथा मादक पदार्थ सेवन गरेको केही घन्टापछि एक्कासि मध्यरातमा जोर्नी तथा बूढीआँैलामा दुखाइ सुरु हुन्छ । त्यसकारण चिकित्सकहरूले यो रोग लागिसकेकालाई कम प्रोटिनयुक्त खाना र मादक पदार्थ सेवन गर्न सुझाव दिने गरेका छन् । डा. बस्नेत भन्छन्, 'यो रोगबाट बच्न भोज, बियर, मादक पदार्थ, रातो मासु, प्रशस्त गेडागुडी खाँदा ध्यान दिन आवश्यक छ ।' उनका अनुसार यस्ता प्रोटिन बढी भएका खानेकुराले रगतमा युरिक एसिड बढाउन सक्ने भएकाले उच्च युरिक एसिड भएका बिरामीले ती खानामा नियन्त्रण्ा गर्नु जरुरी छ । विशेषगरी रातोमासु, कलेजो, मिर्गाैला, कुखुरा मासु, घिउ, अन्डा, मदिरा आदिमा नियन्त्रण्ा गर्नुपर्छ । खुट्टा तथा हातका औँला, कान तथा जोर्नीमा युरिक एसिड जमी पीडा भएमा वा नीलो भएर सुन्निएमा तुरुन्त उपचार गराइहाल्नुपर्छ । यस्तो अवस्थामा दुखाई र सुन्निने कम गर्न गर्ने औषधि कोल्चिसियन तथा एन्टी इन्लामेटोरी जस्ता औषधि प्रयोग गर्नुपर्ने डा. बस्नेतले बताए । उनका अनुसार यस्तो अवस्थामा कहिलेकाहीँ जोर्नीमै सुई दिएर पनि यसको उपचार गरिन्छ । घरेलु तथा प्राकृतिक उपचार पद्धति १. उच्च प्रोटिनयुक्त खानेकुरामा कमी ल्याउनुहोस् । यस्ता खानामा प्युरिनको मात्रा धेरै हुने भएकाले युरिक एसिडको खतरा बढ्ने गर्छ । विशेषगरी मासुका परिकार मिर्गाैला, कलेजो, जिब्रोलगायत कुनै पनि प्रकारका रातो मासु खान नियन्त्रण्ा गर्नुहोस् । चना, केराउ, भटमास, बोडी तथा च्याउमा प्युरिनको मात्रा धेरै हुन्छ, र जसबाट तपाईं टाढै बस्नुपर्ने हुन्छ । २. माछा खाँदै नखानुहोस् । कुनै पनि प्रकारको माछा तपाईंका निम्ति हानिकार हुने गर्छ । ३. मादक पदार्थबाट टाढै बस्नुहोस् । अझ विशेष ध्यान बियरको सेवनमा दिने गर्नुहोस् । यो निकै नै हानिकारक हुन्छ । यदि तपाईंलाई पहिले नै यो रोग लागिसकेको छ भने मादक पदार्थ छुँदै नछुनुहोस् । ४. व्यस्त रहनुहोस् । मांसपेशी सकेसम्म व्यस्त राख्नुहोस् । दैनिक बिहान व्यायाम गर्ने गर्नुहोस् । ५. प्रशस्त पानी पिउनुहोस् । दिनको कम्तीमा पाँच लिटरसम्म पानी पिउने गर्नुहोस् । अझ सम्भव भए यसका निम्ति पिएच भ्यालु सातभन्दा बढी भएको अल्कालाइन पानी बनाएर पिउनु उत्तम हुनेछ । ६ भिटामिन ँसी’ को सेवन गर्नुहोस् । भिटामिन ँसी’ भएका विभिन्न सागसब्जी तथा फलफूल खानु राम्रो मानिन्छ ।
हस्तमैथुन पुरुषले मात्रै गर्दैनन्
काठमाडौं बालाजुकी २६ वषर्ीया सोफिया शर्माको -नाम परिवर्तन) श्रीमान् डेढ वर्षअगाडि कामका लागि विदेश गएका छन् । श्रीमान् विदेश गएपछि सोफियाले आफ्नो यौनचाहना पूरा गर्न हस्तमैथुन गर्दै आएकी छिन् । श्रीमान् बिदेसिएको ६ महिनासम्म यौनचाहना तीव्र भए पनि हस्तमैथुन नगरेकी सोफियाले त्यसपछि भन्ने आफ्नो यौनचाहना पूरा गर्न हस्तमैथुनको सहरा लिइन् । सोफियाले हस्तमैथुनका विषयमा नयाँ पत्रिकामा पठाएको जिज्ञासाअनुसार उनले साताको तीनपटकसम्म हस्तमैथुन गर्दै आएकी छिन् । सोफियाको पत्रमा हस्तमैथुन गर्दा के असर गर्छ ?, वैवाहिक जीवनमा कुनै असर गर्छ कि ?, हस्तमैथुनले सन्तानप्राप्तिमा कुनै असर गर्छ ?, हस्तमैथुन कसरी गर्नुपर्ला ? लगायतका जिज्ञासा राखिएको छ । त्यस्तै, काठमाडांै कोटेश्वरकी १९ वषर्ीया प्रीति उपाध्यायले केही महिनाअगाडि न्युरोडको कन्डम हाउसबाट कृत्रिम पुरुष लिंग किनेर आफ्नो यौन चाहना पूरा गर्ने गरेको जनाएकी छिन् । प्रीतिले पठाएको जिज्ञासामा 'यौनचाहना तीव्र हुँदा कुनै पुरुषसँग यौनसम्पर्क राखौँ कि जस्तो लाग्छ । तर, मैले त्यसो नगरी पुरुषलिंग आकारको वस्तु किनेर आफ्नो यौन चाहना पूरा गरिरहेकी छु । म हरेक दिन उक्त साधनबाट र कहिलेकाहीँ आफ्नै औँला योनिमा पसाएर यौनसन्तुष्टि लिइरहेको छु । तर, मलाई अहिले डर लागिरहेको छ । यस्तो गर्दा केही हानि गर्छ कि ? विवाहपछिको यौनसम्पर्कमा फरक पार्ला ? मेरो योनिको प्वाल पनि केही ठूलो भएको छ । के हस्तमैथुन गर्दा योनिको प्वाल ठूलो हुन्छ ? सोफिया र प्रीति मात्र होइन, उनीहरूजस्ता अधिकांश महिलामा यस्तो समस्या रहने गरेको र हस्तमैथुनबारे दैनिक महिलाले जिज्ञासा राख्ने गरेको पुतलीसडकमा रहेको माता मनकामना आरोग्य योगकेन्द्रका जनरल फिजिसियन डा. समन रूपाखेतीले बताए । उनका अनुसार, पुरुषको तुलनामा महिलाले कम हस्तमैथुन गर्छन् । पुरुषको तुलनामा महिलाले कम हस्तमैथुन गर्ने गरेका चिकित्सकले बताए पनि हालसम्म यस विषयमा कुनै अध्ययन भने हुन सकेको छैन । बेलायतमा हालै गरिएको एक अध्ययनले पुरुषको तुलनामा महिलाले बढी हस्तमैथुन गर्ने गरेको तथ्यांक सार्वजनिक गरेको छ । युकेको इन्डिपेन्डेन्ट कम्पनी फर लिंगेरीले गरेको अध्ययनअनुसार, युकेका ९२ प्रतिशत महिलाले हस्तमैथुन गर्ने गरेका छन् भने पुरुषले भने ८९ प्रतिशतले मात्र हस्तमैथुन गर्ने गरेको देखाएको छ । अध्ययनमा सहभागी महिलामध्ये ६६ प्रतिशतले आफैँले हस्तमैथुन गर्ने गरेको बताएका छन् भने बाँकी २६ प्रतिशतले हात तथा अन्य साधन प्रयोग गर्ने गरेको तथा ८ प्रतिशतले भने हस्तमैथुन गर्ने नगरेको बताएका छन् । युकेमा जस्तो नेपालमा कति महिलाले हस्तमैथुन गर्छन् भन्ने जिज्ञासामा डा. रूपाखेती भन्छन्, 'नेपालमा कति महिलाले हस्तमैथुन गर्छन् भन्ने यकिन तथ्यांक सार्वजनिक भएको छैन । तर, हाम्रो विभिन्न अध्ययन-अनुसन्धानअनुसार ३५ देखि ४० प्रतिशत नेपाली महिलाले हस्तमैथुन गर्छन् ।' उनका अनुसार, नेपालमा पुरुषको तुलनामा महिलाले कम हस्तमैथुन गर्छन् । उनले केन्द्रमा हाल दैनिकजसो महिलाले हस्तमैथुनबारे जिज्ञासा राख्ने गरेको र तीमध्ये अधिकांश महिलाका श्रीमान् कामका लागि बिदेसिएका र बढी व्यस्त हुने श्रीमान्का श्रीमती रहेका बताए । टिनएज तथा विवाह नभएका थोरै महिलाले मात्र हस्तमैथुनका विषयमा जिज्ञासा राख्ने गरेका छन् । हस्तमैथुन के हो ? यौनसन्तुष्टिका लागि आफ्नो यौनांगलाई आफैँले उत्तेजित पारी यौन आनन्द लिने कार्यलाई हस्तमैथुन भनिन्छ । डा. रूपाखेती यसलाई प्राकृतिक नियम मान्छन् । भन्छन्, 'यौन चाहना पूरा गर्न महिला तथा पुरुषले यौनसाथी नभएको अवस्थामा आफ्नै हातको प्रयोगले यौनचाहना पूरा गर्नु नै हस्तमैथुन हो ।' चिकित्सकले हस्तमैथुनलाई एकल यौनसन्तुष्टि पनि भन्ने गरेका छन् । चिकित्सकले सजिलो भाषामा आप\mनो यौनांग आफँैले चलाएर यौनसन्तुष्टि लिने एक किसिमको यौन क्रियाकलाप नै हस्तमैथुन हो भनेर परिभाषित गरेका छन् । डा. रूपाखेतीका अनुसार, नेपाली संस्कृति तथा संस्कारका कारण धेरै महिलाले हस्तमैथुन गर्दैनन् भन्ने मान्छन्, तर यथार्थ त्यस्तो छैन । महिलाले पनि यौनसन्तुष्टि पूरा गर्न हस्तमैथुनको सहारा लिएका हुन्छन् । डा. रूपाखेती भन्छन्, 'समाजमा भएका परिवर्तनले युवाको विवाह हुने उमेरलाई पछाडितिर धकेलेको छ भने अर्कातिर कामविशेषले विवाहित भए पनि जोडी छुट्टएिर बस्नुपरेको स्थिति छ । यौनसम्पर्क गर्न पाउने बाटो नभएपछि मानिसले वैकल्पिक बाटोका रूपमा हस्तमैथुनलाई लिने गरेका छन् ।' यौनआनन्द लिने उपायमध्ये यौनांगको घर्षण्ा नै प्रमुख हो । मानिसले आप\mनो यौनांगको घर्षण्ा अरू कसैको यौनांगमा गराएर मात्र यौनआनन्द लिन्छ भन्ने छैन । यौनसाथी नभएको अवस्थामा मानिसले आफ्ना यौनांगलाई आफँै घर्षण गराएर पनि आनन्द लिने गर्छन् । डा. रूपाखेतीका अनुसार, हस्तमैथुन एउटा यस्तो उपाय हो, जसबाट मानिसले आप\mनो यौनांगको घर्षण्ा गराएर यौनआनन्द तथा यौन चरमसुख प्राप्त गर्छ । महिलाले कसरी हस्तमैथुन गर्छन् ? हाम्रो समाजमा महिलाले हस्तमैथुन गर्दैनन् भन्ने धेरैलाई लाग्ने गरेको छ । तर, पुरुषको जस्तै महिलाले पनि विभिन्न उपाय अपनाएर हस्तमैथुन गर्ने गरेका छन् । डा. रूपाखेतीका अनुसार, महिलाको हस्तमैथुनबारे पहिलेको तुलनामा केही बढी चर्चा हुने गरेको छ र उनीहरूले हस्तमैथुन गर्ने कुराको स्वीकारोक्ति मात्र व्यक्त गरेका छैनन्, बरु यसबारे खोजीनीति गर्न थालेका छन् । उनी भन्छन्, 'महिलाले विभिन्न किसिमले हस्तमैथुन गर्न सक्छन् । महिलाले आफूलाई कसो गर्दा सन्तुष्टि मिल्छ, त्यहीअनुसार हस्तमैथुन गर्छन् । तर, सबै महिलाले आफ्नो भगांकुर चलाउने योनिमा केही पसाउनुदेखि यौन संवेदनशील अंगलाई सुमसुमाएर वा मर्दन गरेर चरमसुख प्राप्त गर्ने गरेका छन् ।' महिलाले विभिन्न यौनांगलाई प्रयोगमा ल्याई हस्तमैथुन गर्ने गरेको पाइएको छ । महिलाले योनिमा आंैला पसाउनेदेखि आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउने पनि गर्छन् । महिलाले योनिलाई वा अन्य यौनांगलाई यसरी नै चलाउनुपर्छ वा घर्षण्ा गर्छन् भन्ने स्पष्ट वा कुनै ठीक तरिका भने छैन । उनीहरूले आफूलाई मन पर्ने कुनै पनि तरिकाले आफ्ना यौनांलाई चलाएर हस्तमैथुन गर्ने गरेका छन् । डा. रूपाखेतीका अनुसार, चलाउने वा घर्षण्ा गर्नेदेखि बाहेक दबाब दिने, विस्तारै हल्लाउने, जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्नेजस्ता अनेक उपायबाट पनि महिलाले यौनआनन्द लिने गरेका छन् । यीबाहेक महिलाले आफ्नो योनि, स्तन, नाइटो, ओठ, घाँटीको छाला, तिघ्रालगायतका शरीरका अन्य अंगको स्पर्श, मर्दन वा सुमसुम्याएर पनि यौनआनन्द लिने गरेका छन् । तर, अचेल बजारमा आएका विभिन्न कृत्रिम यौनसाधन तथा वस्तुको प्रयोग गरेर पनि महिलाले हस्तमैथुन गर्ने गरेको पाइएको छ भने कतिपय महिलाले पानीको फोहोराको प्रयोग गरेर पनि यौन चाहना पूरा गर्ने गरेका छन् । हस्तमैथुनको फाइदा हाम्रो समाजमा हस्तमैथुनलाई नकारात्मक रूपमा हेर्ने गरिन्छ । तर, हस्तमैथुनले मानिसलाई फाइदै गर्छ । हालसम्म हस्तमैथुनको नकारात्मक असर देखिएको छैन । सर्वप्रथम त हस्तमैथुनले यौनेच्छाको दमनबाट हुने तनाबबाट मानिसलाई मुक्ति दिलाउँछ । हरेक मानिसमा यौन चाहना हुने गर्छ । पुरुषले हस्तमैथुनका विषयमा खुलेर कुरा गर्छन्, तर महिलाले भने यसलाई लुकाउने गरेका छन् । डा. रूपाखेतीका अनुसार, यौनचाहना स्वाभाविक कुरा हो र यसलाई शान्त पार्न यौनसम्पर्क नै गर्नुपर्छ भन्ने धेरैको धारण्ाा छ । तर, यौनसम्पर्क गर्न नपाइएको स्थितिमा हस्तमैथुन एक राम्रो विकल्प हो । खुलारूपमा भने पनि, नभने पनि धेरैजसोले हस्तमैथुन गर्ने गर्छन् र यो स्वाभाविक कुरा पनि हो । हस्तमैथुन गरेमा मुखमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, विवाहपछि आप\mनो यौनसाथीलाई सन्तुष्टि दिन नसक्नेलगायतका अनेकौँ भ्रम म्ानिसमा रहने गरेको छ । तर, हस्तमैथुनले यस्ता स्वास्थ्यसम्बन्धी कुनै हानि गर्दैन । हस्तमैथुन आफैँले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले भने समस्या उत्पन्न गराउन सक्छ । मानिसले हस्तमैथुन गरिसकेपछि आफ्नो मनमा विभिन्न डर तथा भय राखेर समस्या उत्पन्न गर्ने गरेका छन् । डा रूपाखेती भन्छन्, 'हस्तमैथुनले शरीरमा कुनै हानि गर्दैन, त्यसकारण हस्तमैथुनबाट हानि हुन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ ।' हस्तमैथुनले मानिसमा रहेको यौनचाहना शान्त पार्न मद्दत पुर्याउने भएकाले यसले यौनअपराधलाई कम गर्न सहयोग पुग्छ भन्ने पनि थुप्रै छन् । यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण्ा, अन्य व्यक्तिसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एचआइभी र एड्स वा अन्य यौनरोग लाग्नबाट पनि बचावट हुने भयो । यसका अलावा हस्तमैथुनले मानिसलाई आफ्ना यौनअंगलाई राम्ररी नियालेर हेर्ने, अंग-प्रत्यंगलाई जान्ने अवसर दिनुका साथै आफैँलाई आनन्द दिने कार्यमा सहयोग पुर्याउने गर्छ । बढी हस्तमैथुन गर्नु हानिकारक हस्तमैथुनले मानिसलाई फाइदा गर्ने भए पनि बढी मात्रामा हस्तमैथुन गर्नु शरीरका लागि हानि पुर्याउनु हो । डा. रूपाखेतीले हस्तमैथुन एक स्वाभाविक यौन अभिव्यक्ति भएकाले यसलाई निश्चित सीमासम्म सुरक्षित तवरले गर्दा कुनै हानि नगर्ने बताए । उनका अनुसार, सातामा दुईदेखि तीनपटकसम्म हस्तमैथुन गर्नु राम्रो हुन्छ । तर, त्योभन्दा बढी गर्दा नकारात्मक असर पर्न सक्छ । महिलाले हस्तमैथुन गर्दा योनिमा केही पसाएर आनन्द लिने गरेकाले योनिमा कुनै वस्तु पसाउनुअघि ध्यान दिनुपर्छ । महिलाले योनिमा आंैला पसाउनेदेखि बाहेक लिंग आकारको वस्तु पसाउने गर्छन् । अहिले यौन प्रसाधनका रूपमा लिंगको स्वरूपजस्तो वस्तु बजारमा पाइने भएकाले त्यही वस्तुको प्रयोगबाट बढी यौनआनन्द लिने गर्दा भोलि आफ्नो यौनसाथीसित सम्पर्क गर्दा आनन्द नपाइन सक्छ । त्यसकारण महिलाले लत लाग्नेगरी तथा आवश्यकभन्दा बढी हस्तमैथुन गर्नु हानिकारक मानिन्छ । यसका साथै योनिमा प्रवेश गराइने वस्तु सफा-सुग्घर हुन आवश्यक छ । यदि ती वस्तु सफा छैनन् भने यौनांगमा विभिन्न संक्रमण देखा पर्न सक्छ । त्यसकारण योनिमा कुनै कुरा पसाएर हस्तमैथुन गर्दा केही ध्यान दिनु आवश्यक रहेको डा. रूपाखेतीले बताए । उनका अनुसार, बजारमा पाइने त्यस्ता साधनका कारण महिलालाई लत लाग्न सक्छ र वैवाहिक जीवनमा चरम यौनसन्तुष्टि प्राप्तिका लागि पुनः हस्तमैथुनकै सहरा लिनुपर्ने हुन सक्छ । योनिको आकारमा परिवर्तन हुँदैन महिलामा योनिमा कुनै वस्तु छिराएपछि योनिको आकार ठूलो हुन्छ भन्ने भ्रम छ । तर, योनिमा त्यस्ता वस्तु प्रवेश गराउँदा योनिको आकारमा परिवर्तन आउँदैन । तर, योनिमा वस्तु तथा औंला छिराउँदा योनिको हार्माेन, झल्िली भने च्यातिने गर्छ । हार्मोन, झल्िली च्यातिनु भनेको हाम्रो समाजमा कुमारीत्व गुमाउनु भन्ने बुझन्िछ । डा. रूपाखेतीका अनुसार, अहिलेको समयमा महिला खेलकुद, व्यायाम तथा अन्य शारीरिक अभ्यासमा रहने भएकाले महिलाको त्यो झल्िली च्यातिने सम्भावना पहिले नै रहेको हुन्छ । चिकित्सकका अनुसार, योनिको सालाखाला लम्बाइ यस्तै ३ इन्चको हुन्छ । यौन उत्तेजनाको वेलामा यसको लम्बाइ बढेर ४ इन्चसम्म पनि पुग्न सक्छ र योनिद्वार पनि केही खुल्न जान्छ । सामान्य अवस्थाको कुरा गर्दा यसको भित्ता एक-अर्कासँग टाँसिएका हुन्छन् । योनि मांशपेसीले बनेको नली आकारको एक विशेष अंग हो र यस अंगमा निकै नै तन्कन र खुम्चन सक्ने गुण्ा हुन्छ । तन्कन र खुम्चन सक्ने गुण्ा भएकै कारण्ा विभिन नापको लिंग योनिमा प्रवेश गर्दा मिल्ने स्थिति रहन्छ । योनिमा कुनै कुरा औंला होस् वा लिंग वा अरू कुनै वस्तु प्रवेश गराइएमा वरिपरिबाट योनिको भित्ता सो वस्तुमा टाँसिएको अवस्थामै हुन्छ । वस्तुअनुसार नै यसको गोलाइमा परिवर्तन हुन्छ । डा. रूपाखेती भन्छन्, 'हस्तमैथुनले कतै योनि खुकुलो हुन्छ कि भन्ने चासो पनि कतिपय युवतीमा भएको पाइन्छ, तर योनि एक विशेष किसिमले बनेको मांशपेसीको नली आकारको अंग हो । सामान्य अवस्थामा यसका भित्ता एक-अर्कासँग टाँसिएका हुन्छन् र कुनै वस्तु योनिमा पसेपछि त्यसैअनुरूप त्यसलाई ठाउँ दिन्छ । हस्तमैथुन गर्दा मात्र होइन, लिंगको प्रवेश नै हुँदा पनि योनिमा खास संरचनागत परिवर्तन आउँदैन ।' उनका अनुसार, योनिमार्गबाट बच्चा जन्मिसकेपछि भने केही परिवर्तन देखिन्छ, जुन कुरा लिंगले थाहा पाउँछ भन्ने पनि छैन । तर, उनले धेरै मात्रामा योनिमा बजारमा पाइने कृत्रिम यौनांगको प्रायोगले योनिमा भने केही परिवर्तन देखाउने बताए ।
यसरी बचौँ आँखा पाक्ने रोगबाट
प्रवीण ढकाल
के तपाइर्ंको आँखामा डिल सुनिने, चिलाउने र चिप्रा लाग्ने तथा आँखा रातो हुन समस्या देखिन थालेको छ ? त्यसो हो भने चिकित्सकलाई देखाइहाल्नुहोस् । राजधानीमा बढ्दो प्रदूषण र वषर्ात्का कारण अहिले आँखा पाक्ने रोगबाट धेरै मानिस संक्रमित भइरहेका छन् । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका निर्देशक डा. मोहनराज बज्राचार्यका अनुसार वषर्ायाम सुरु भएलगत्तै अस्पतालमा आँखा पाक्ने रोगका बिरामीको संख्यामा वृद्धि भइरहेको छ । उनले अस्पतालमा दैनिक ३० देखि ४० जनासम्म आँखा पाक्ने समस्याको उपचारका लागि आइरहेको बताए । 'आँखा पाक्ने रोग जुनसुकै समयमा पनि हुन सक्छ, तर वषर्ात्को वेला र धुलो बढी हुने समयामा यो रोग धेरैलाई लाग्न सक्छ,' निर्देशक बज्राचार्यले भने 'भाइरस, ब्याक्टेरिया तथा एलर्जीका कारण हुने भएकाले यसको संक्रमण महामारीका रूपमा कुनै पनि समयमा फैलन सक्छ । त्यसकारण हामी १२ महिना सतर्क रहेर बसेका हुन्छौँ ।' वर्षात्को मौसमसँगै दाङ तथा रसुवामा यो रोगको संक्रमण फैलिए लगत्तै राजधानीमा यसका लागि उच्च सतर्कता फैलाइएको बिपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्र, शिक्षण्ा अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. डिएन साहले बताए । उनका अनुसार वषर्ात्को समयमा तापक्रम बढी हुने र पानीको माध्यमबाट भाइरस तथा ब्याक्टेरियाको संक्रमण जताततै बढ्ने सम्भावना रहेकाले यो समयमा बढी सतर्कता अपनाउनुपर्छ । 'वषर्ात्को समयमा ब्याक्टेरिया तथा भाइरस बढी सक्रिय हुन्छन्, जसका कारण यो रोगले महामारीकै रूप पनि लिन सक्छ,' निर्देशक शाहले भने । असारको दोस्रो सातामा फाट्टफुट्ट बिरामी आउने गरेकोमा भदौको तेस्रो सातासम्म बिरामीको चाप अत्यधिक बढेको आँखा अस्पतालका निर्देशक बज्राचार्यले बताए । उनका अनुसार अस्पतालमा साउनदेखि असोजसम्म बढी मात्रामा यो रोगको उपचारका लागि चाप बढ्ने गरेको छ । यो रोग अधिकांश बालबालिका तथा महिला र मोटरसाइकल चढ्नेमा देखिएको छ । वर्षात्को समयमा फोहोर पानी र भाइरल जीवाण्ाु तथा धुलो, धुवाँका कारण आँखा पाक्ने रोग संक्रमण्ा बढेको चिकित्सकहरूले बताएका छन् । आँखा पाक्ने रोग लाग्नुभन्दा पहिला आँखा चिलाउन थाल्ने, आँसु आइरहने र आँखा रातो हुने लक्षण्ा देखापर्ने भएकाले यस्तो लक्षण देखापर्नेबित्तिकै उपचार गरेमा एक सातामा निको हुने निर्देशक बज्राचार्यले बताए । उनले आँखामा यस्ता समस्या आउनेबित्तिकै औषधि पसलमा गएर जथाभाबी औषधि हाल्न नहुने जानकारी दिए । 'आँखा रातो हुने, दुख्ने तथा चिप्रा लाग्ने गरेको छ भन्दैमा आँखा पाकेको भन्न मिल्दैन । आँखामा विभिन्न समस्या भएर पनि यस्तो समस्या आउन सक्छ । यसका साथै आँखा विभिन्न कारणले पाक्ने भएकाले सबैमा एकैखालको औषधि काम नलाग्न सक्छ,' निर्देशक बज्राचार्य भन्छन्, 'ब्याक्टेरिया, भाइरस, एलर्जी तथा फङ्गसका कारणले आँखा पाक्ने हुँदा यिनीहरूको उपचारका लागि पनि छुट्टै औषधि चाहिन्छ, जुन औषधि पसलम बस्नेलाई थाहा हुन्न र उनीहरूले सबैलाई एकैखालको औषधि दिने गर्छन् । जसका कारण आँखामा अझ ठूलो समस्या देखापर्न सक्छ । लामो समयसम्म कडाखालको औषधि लगाइरहेको छ वा उपचार नै गरेको छैन भने आँखाको ज्योतिसम्म गुम्न सक्छ ।' आँखा पाक्ने कारण आँखा पाक्ने समस्याका अनेक कारण छन् । यही कारणले आँखा पाक्छ भन्ने छैन । तर पनि धुलो, धुवाँ, प्रदूषण, दूषित पानी तथा सरसफाइ कमीका कारण आँखा पाक्ने समस्या उत्पन्न भइरहेको चिकित्सकहरूले बताउँदै आएका छन् । वर्षायाम सुरु भएलगत्तै आँखा पाक्ने रोगको संक्रमण्ा बढी मात्रामा देखापर्ने गर्छ । आँखा पाक्नु भनेको आँखाको सबैभन्दा बाहिरी पत्र सुन्निनु, चिप्रा लागिरहनु, आँखा रातो हुनु हो । चिकित्सकहरूका अनुसार यो रोग भाइरस, ब्याक्टेरिया, फङ्गस, एलर्जीका कारणले लाग्ने गर्छ । यीबाहेक अरू कारण्ा जस्तै आँखामा गलत औषधि प्रयोग, रासायनिक पदार्थसँगको संसर्ग, विषालु कीराको टोकाइ तथा सौन्दर्य प्रशाधन, अत्तर अन्य औषधिको साइड इफेक्टका कारण पनि आँखा पाक्ने समस्या हुने डा. बज्राचार्यले बताए । उनका अनुसार भाइरस वा ब्याक्टेरियाबाट हुने यो रोग एकजनालाई हुनासाथ पूरा परिवारमा फैलिने सम्भावना अत्यधिक रहेको हुन्छ । त्यसकारण आँखा पाक्ने रोगबाट पीडित बिरामीले सार्वजनिक स्थल, भीडभाड, विद्यालय, कलेज तथा मानिसको जमघट भएको स्थानमा नजानु नै राम्रो हुन्छ । तर, एलर्जीबाट हुने संक्रमण भने एकबाट अर्कोमा सर्ने सम्भावना निकै कम रहेको हुन्छ । सामान्यतया नेपालमा हरपास, एडि्रनो र हरपोसजोस्टर भाइरसका कारण आँखा पाक्ने बिरामी बढी रहेको डा. बज्राचार्याले बताए । उनका अनुसार ब्याक्टेरियाबाट हुने संक्रमणभन्दा भाइरसबाट हुने संक्रमण बढी खतरनाक हुने गर्छ । ब्याक्टेरियाका कारण हुने संक्रमणमा परेला धेरै सुन्निने, सुत्दा परेला टाँसिन्छ, आँखाबाट कचेरा वा पानी बढी आउने, आँखा रातो हुनेलगायत समस्या देखापर्छ भने भाइरसबाट हुने संक्रमणमा ज्वरो आउने, रुघाखोकी लाग्ने, ज्यादै पोल्ने, काँडाले खोचेजस्तै हुने, टाउको दुख्ने, प्रकाश सहन नसक्ने र आँखाको नानीमा सुजन हुने भएकाले तत्काल उपचार गराइहाल्नुपर्छ । उनी भन्छन्, 'समयमै उपचार भएन भने नानीमा घाउ हुने तथा आँसु आइरहने र लामो समयसम्म पनि औषधि नगरेमा आँखाको ज्योति नै गुम्न सक्छ ।' उपचार तथा बच्ने उपाय आँखा पाक्ने रोग सरसफाइको कमी तथा प्रदूषण र दूषित पानीका कारण हुने भएकाले सबैले सरसफाइमा ध्यान दिन आवश्यक छ । विशेषगरी व्यक्तिगत सरसफाइमा बढी ध्यान दिने गरेमा पनि यो रोगबाट बच्न सकिन्छ । तर, वषर्ात्को समयमा तथा गर्मी मौसममा वातावरण बढी प्रदूषित हुने र पिउने पानी दूषित हुने भएकाले यो समयमा स्वास्थ्यको बढी ख्याल गर्नुपर्छ । यो मौसममा यो रोग लाग्ने सम्भावना बढी हुने भएकाले बढीभन्दा बढी सफा पानीले मुख धुने गर्नुपर्छ । 'अरू समयमा बिहान-बेलुका सफा पानीले मुख धुने गरे पनि वषर्ात्को मौसममा बारम्बार सफा पानीले मुख धुने गर्नुपर्छ,' डा. बज्राचार्यले भने । यो रोग लाग्नुभन्दा पहिल्यै सुरुसुरुमा आँखा बिझाउने त्यसपछि रातो हुन थाल्ने लक्षण देखापर्छन् भने कतिपयलाई आँसु आउने, कचेरा निस्किने, आँखाको कोस सुन्निने, उज्यालोमा हेर्न अप्ठ्यारो हुने र सामान्य ज्वरोसमेत आउने गर्छ । डा. बज्राचार्यले यस्तो लक्षण्ा देखा पर्नासाथ चिकित्सकलाई देखाएर उपचार गरिहाल्नुपर्ने बताए । चिकित्सकहरूका अनुसार आँखा पाक्ने रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ । यो धेरै संक्रमित हुने भएकाले निकै छोटो समयमा एकबाट अर्कोमा सर्छ । त्यसकारण यो रोगबाट संक्रमित भएका व्यक्ति सार्वजनिकस्थलमा नजानु नै राम्रो हुने डा. बज्राचार्यले बताए । उनले आँखा पाकेको वेला सफा रुमाल प्रयोग गर्ने, कालो चस्मा लगाउने र आँखा मिच्नु नहुने सुझाब दिए । यस्तै, संक्रमित व्यक्तिबाट अन्यमा रोग सर्न नदिन पटक-पटक साबुन-पानीले हात मुख धुनुपर्ने तथा संक्रमित व्यक्तिले उपयोग गर्ने सामानलगायत उसको सम्पर्कमा नआउनु नै बचाउको मुख्य उपाय भएको डा. बज्राचार्यले जानकारी दिए । आँखा पाक्ने रोगको उपचार रोगअनुसार फरक-फरक हुने गरेको चिकित्सकहरूले बताएका छन् । यदि एलर्जीका कारण्ा यो रोग लागेको छ भने आँखालाई चिसो पुर्याउने वा नक्कली आँसु दिन सकिन्छ । बढी गम्भीर स्थितिमा भने 'नन स्टेराइड एन्टिइन्फलेमेन्ट्री' औषधि दिइन्छ । डा. बज्राचार्यले लामो समयसम्म एलर्जीका कारण यो संक्रमण भएमा 'टापिकल स्टेराइड ड्रप्स'समेत दिने गरेको बताए । उनका अनुसार ब्याक्टेरियल संक्रमणमा एन्टिबायोटिक आइड्रप वा मलम दिइन्छ भने भाइरल संक्रमणमा रोगको अवस्थाअनुसार उपचार गर्ने गरिन्छ । कुनै समयमा यसको संक्रमण कडा हुने भएकाले कसैकसैलाई अप्रेसनसमेत गर्नुपर्ने हुन्छ ।