Wednesday, January 26, 2011
बिरामीको क्याबिनमा वीरका डाक्टरको डेरा
काठमाडौं १२ माघ
आवासिय चिकित्सकले बिरामीका लागि बनाइएको १२ वटा क्याबिनमा डेरा जमाएर बस्नाले अस्पतालले मासिक २ लाख ३४ हजार रुपिया गुमाइरहेको छ भने उपचारका लागि आएका विरामीलाई अन्यत्र पठाउने गरीरहेको छ
वेड छैन भनेर वीर अस्पतालले बिरामी फर्काउँछ तर अस्पतालका १२ वटा क्याबिनमा डाक्टरले डेरा जमाएका छन् । अस्पतालले हटाउन खोज्दा पनि आन्दोलनको धम्की दिएर डाक्टरहरु क्याबिनमा बस्दै आएका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स का डाक्टरहरुले क्याबिनलाई डेरा बनाएका हुन् । १२ वटा क्याबिनमा डाक्टर बस्नाले अस्पतालले मासिक दुई लाख ३४ हजार रुपैयाँ गुमाइरहेको छ । उता उपचारका लागि टाढाटाढाबाट आउने सर्वसाधारण वीरमा बेड नपाएपछि महँगा अस्पताल जान बाध्य छन् ।
अस्पतालमा ३६ वटा क्याबिन रहे पनि २४ वटामा मात्र बिरामी राखिएको छ । अस्पतालका एक कर्मचारीले भने ु१२ वटामा आवासीय चिकित्सकले जबर्जस्ती रुपमा आन्दोलन गरेर तथा थर्काएर प्रयोग गरिरहेका छन् ।ु उनका अनुसार अस्पतालले छुट्टै घर भाडामा लिएर ती चिकित्सकको बस्ने व्यवस्था गर्ने हो भने अस्पताललाई आर्थिक रुपमा र बिरामीलाई उपचारमा सहयोग हुनेछ ।
अस्पतालका निर्देशक डा। बुलन्द थापाका अनुसार १२ वटा क्याबिनमा बिरामीलाई राख्ने हो भने अस्पतालले मासिक रुपमा दुई लाख ३४ हजार रुपैयाँ आम्दानी गर्न सक्छ । ुअस्पतालमा एउटा क्याबिनको दैनिक ६ सय ५० रुपैयाँ लिने गरिएको छु उनले भने ुत्यो हिसाबले १२ वटा क्याबिनको एक महिनामा दुई लाख ३४ हजार रुपैयाँ आम्दानी हुन सक्छ । तर आवासीय चिकित्सकहरु बस्नाले त्यो रकम गुमेको छ भने बिरामीलाई बाध्य भएर बाहिर पठाउनु परिरहेको छ ।
दुई वर्ष पहिले आवासीय चिकित्सकहरुले अस्पताल नै बन्द गरेर क्याबिनमा बस्न थालेका हुन् । क्याबिनबाट आवासीय चिकित्सकहरुलाई हटाउने कोसिस गरे पनि अस्पताल प्रशासन असफल भएको छ । निर्देशक थापाले विरोधमा उत्रिएर चिकित्सकहरुले अस्पताल नै बन्द गरेपछि हटाउन नसकिएको बताए । ुजतिपटक हटाउन खोज्यौँ उल्टै उनीहरु आन्दोलन गरी अस्पतालको सेवा नै बन्द गर्न लागिपर्छन् । अस्पतालको सेवा ठप्प बनाई यत्रा बिरामीको जीवनमा खेलवाड गर्नु त भएन निु उनले भने । उनका अनुसार अस्पतालले त्यस्ता चिकित्सकका लागि अस्पतालनजिकैको कुनै एक घर भाडामा लिएर उनीहरुको बस्ने व्यवस्था मिलाउने तयारी गरिरहेको छ ।
अस्पतालका निर्देशक थापाले यो विषयमा न्याम्सका उपकुलपति दामोदर पोखरेलसँग कुरा भइरहेको बताए । ुवैकल्पिक व्यवस्था नगरी अहिले नै उनीहरुलाई क्याबिनबाट हटाउने हो भने भोलिदेखि नै अस्पताल ठप्प हुनेछ । आवासीय चिकित्सक भनेको न्याम्समा अध्ययन गरिरहेका चिकित्सकहरु हुन्ु उनले भने ुअहिलेको यो समयमा विद्यार्थीलाई कसले छुन सक्छ र । त्यसकारण वैकल्पिक व्यवस्थाको खोजी गरेका हौँ ।
अस्पतालका अनुसार वीरमा दैनिक करिब एक हजार तीन सय बिरामी उपचारका लागि आउने गर्छन् । तीमध्ये २५ प्रतिशत बिरामी भर्ना भएर उपचार गराउनुपर्ने अवस्थाका हुन्छन् । भर्ना गराउनुपर्ने अवस्थाका बिरामीलाई बेड पुर् याउन नसकेपछि अन्य अस्पतालमा रिफर गर्नुपर्ने अवस्था छ ।
काठमाडौ उपत्यकाको पानी पिउनै नहुने
हाल वितरण गरिएको भूमिगत पानीले शरीरमा निला दाग देखापर्ने, छालाजन्य रोग, दाँत कालो बनाउने, मिर्गौलामा, कब्जियत गराउने, पाइप विगार्ने जस्ता असर देखापरिहेको चिकित्सकहरूले बताएका छन्। उपत्यकामा अधिकांश रूपमा आपुर्ति गरिएको भूमिगत पानीलाई प्रशोधन गर्ने केही केन्द्र बाहेक संस्थानको प्रशोधन प्रणालीले पानीमा भएका खतरनाक खालका तत्वहरू छान्न सक्दैनन्। पाइपबाट वितरण गरिने पानीको नेपालका लागि तोकिएको मापदण्ड ४३२/०५९ ले खानेपानीको मापदण्ड तय गरेको थियो। 'भूमिगत रूपमा निकालिएर काठमाडौ उपत्यकाभित्र वितरण गरिएको पानी यूरोप अमेरिकामा भएर खान त के कुरा छुनपनि योग्य मानिदैन् थियो।' खानेपानी संस्थानका पूर्व उत्पादन प्रमुख एवं इन्जिनियर विनोदशंकर पालिखेले भने।
जाइकाले गरेको अध्ययनले भूमिगत पानीमा एमोनिया, आइरन, म्याग्नेट, अर्गानिक पदार्थ र कडापन बढी छ। भूमीगत पानीमा विशाक्त पदार्थ एमोनियाको मात्रा अधिक छ। मापदण्डअनुसार एमोनियाको मात्रा १ दशमलब ५ मिलिग्राम प्रतिलिटर भएको पानी खान योग्य हो। तर, जाइकाले गरेको अध्ययनले काठमाडौ उपत्यका खानेपानी बोर्डले बितरण गरेको पानीमा यसको मात्रा प्रतिलिटर १ सय २० देखि १ सय ३० मिलिग्रामसम्म छ। आइरनको मात्रा शुन्य दशमलब ३ मिलिग्राम प्रतिलिटर हुनुपर्नेमा आहिले आठदेखि २० मिलिग्रामसम्म छ। भूमिगत पानीको रंग सामान्यत ५ देखि १० एनटियू हुनुपर्नेमा काठमाडौमा ३८ एनटियू छ। काठमाडौकै भूमीगत पानीमा केही प्रतिशत आर्सेनिक समेत छ। पानीविज्ञहरूकाअनुसार अन्य ब्याक्टेरिया तताएर नष्ट गरिएपनि पानीमा हुने प्रकृतिक तत्व मध्ये एमोनिया तताउँदा पनि हड्दैन्। त्यसैगरी पानीमा आइरन म्याग्निज, एकोलाइनामक हैजाको किटाणुपनि अधिक भएको अध्ययनले देखाएको छ।
'पानी प्रदुषण तताएर सुद्धिकरण गरेर हटाउँन सकिन्छ, तर पानीमा पाइने तत्वकै मात्रा बढी भएको अवस्था पनि छ त्यसले लामो समयपछि प्रभाव देखाउँछ।' इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.जिडी ठाकूरले भने। 'यसैपनि सिजनमा पानीजन्य रोगका विरामी छन्, पानीमा हुने तत्व खराव भए त्यसको असर लामोसमयदेखि देखिन्छ।'
विना प्रशोधन डिपो बोरिङ्गमार्फत् उपत्यकामा वितरण गरिएको पिउँने पानीका कारण गम्भीर प्रकृतिका स्वास्थ्य समस्या निम्तिने चिकित्सकहरूको भनाई छ। सामान्यतयः पिउँने पानीमा एमोनियाको मात्रा १ दशमलब ५ मिलिग्राम प्रतिलिटर हुनुपर्नेमा हाल रहेका टि्रटमेन्ट प्लानले नबिग्रिएको अवस्थामा पनि आइरनसम्म हटाउँछ। सरूवा रोग विशेषज्ञ डा.बासुदेब पाण्डेले एमोनिया बढी भएको पानी छान्दा र्मिगौलालाई प्रेसर हुने भएकोले किड्नीको रोगसमेत बढी हुन्छ। पाण्डेले यस्तो पानी पिउँने आमाको पेटमा रहेको बच्चा र दुध चुसाउँदा पनि गम्भीर असर गर्ने बताए। 'खाना शरीरमा राम्रोसँग मोविलाइज् गर्न नसक्ने र श्वास प्रश्वास, ब्रेनमा समेत असर गर्छ।' डा.पाण्डेले भने। ८० प्रतिशत रोगको कारण पानी हो।
काठमाडौमा शहर सुरूमा ताल रहेकोले तालमा रहदाको समयमा रहेका पात पतिङ्गगर, मरेका जिवजन्तु माटोमा पुरिएर सो सतह भन्दा तल जानेर त्यही नै एमोनियमको रूपमा परिणत भएको पालिखेले बताए । 'भूमीगत पानी लाखौ वर्ष पूरानो हो यसमा एमोनियाको मात्रा बढी भएको हो ।' यो पानीमा भेटिने एमोनिया भनेको त्यही कुहिएका बस्तुको झोल हो।
पानीविज्ञ इन्जिर्नियर पालिखेकाअनुसार एमोनिया अक्सिजनको सम्पर्कमा आउँने वित्तिकै नाइट्रोजन मोनोअक्साइड बन्छ। नाइट्रोजन मोनोअक्साइड भएको पानीले रगतमा अक्सिजनको मात्रा कम गर्छ। जसका कारण बच्चामा मृत्युसम्मको खतरा रहन्छ भने, ठूला मानिसमा मान्छेमा निला निला दागहरू देखापर्छ। पानीमा भएको कडापनले इलेक्टिकल हिटर जलाउँछ, पाइप विगार्छ ट्याङकीमा समेत पहेलो दाग बन्छ। एमोनिया भनेको ब्याक्टिेरियाको खाना भएकोले यस्तो पानी खाँदा शरीरमा भएको ब्याक्टेरियाको मात्रा बढ्छ। उपत्यकाभित्रका अधिकांश डिपार्टमेन्टल स्टोर, हाउजिङ्गदेखि अस्पतालहरू एवं होटलहरूले प्रयोग गर्ने पानी भूमिगत पानी हो। अहिले उनीहरू आइरन हटाउँन सक्ने फिल्टर मात्रै प्रयोग गरेका छन्।
उपत्यकाको भूमिगत पानीमा अम्लिएपनको मापक (पिएच) पनि कम छ। यसले एसिडिटी बढाउँछ। पिसाबमा सबै भन्दा बढी मात्रा एमोनियाको हुन्छ। उपत्यकको भूमिगत पानीमा अर्गानिक म्याटर पनि बढी छ । अर्गानिक म्याटर बढी भएको पानीले कपाल झर्ने, छाला चिलाउँने, फुस्रो हुने समस्या हुने छाला रोग विशेषज्ञ डा.महेश शाहले बताए। सरकारले यो पानी थोरै मात्रै सही ढंगले प्रशोधन गरेर वितरण गरिरहेको छ। हाल उपत्यका १४ वटा पानी प्रशोधन केन्द्र मध्ये ४ वटाले मात्रै एमोनिया हटाउन सक्छ। जापान सहयोग नियोग जाइकाले निर्माण गरिदिएको भक्तपुरको बोडे, बाँसबारी महांकालमा अवस्थित तीनवटा प्लान्ट मात्रै पानी सही रूपमा सुद्धिकरण गर्न सक्नेछन्। महांकालमा रहेको प्रशोधन केन्द्रले दैनिक २ करोढ,बोडेकोले १ करोड र बाँसबारीकोले १ करोड ८० लाख लिटर पानी प्रशोधन गर्न सक्छ। 'सरकारले भने जस्तो अन्य प्रशोधन केन्द्रले आइरनको मात्रै हटाउँन सक्छ, एमोनिया हटाउँन सक्दैन्।' पानीबिज्ञ पालिखेले भने। संस्थानले दैनिक वितरण गर्ने १५ करोड लिटर मध्ये आधा भन्दा बढी पानी भूमिगत पानी हो। अहिले संस्थानले आइरन छान्ने र फिल्टर गरेर धमिलोपन हटाएर पानी वितरण गर्दै आएको छ। 'संस्थानका अन्य १० वटा प्रशोधन केन्द्रले भने आइरन मात्रै छान्न सक्छ' पालिखेले भने, 'पानीलाई प्रकृतिक प्रशोधन चाहिन्छ।' मिनरल कम्पनिले पानीलाई सुद्ध बनाएपनि सबै तत्व हटाएर शरीरका लागि आवाश्यक नहुने उनको भनाई छ। –नागरिक न्यूजबाट
Tuesday, January 25, 2011
बिनाअपरेसन हृदयघातको उपचार नेपालमै
काठमाडौं, २८ पुस - हृदयघात भएका तर अन्य रोगका कारण शल्यक्रिया गर्न नमिल्ने बिरामीले अब आत्तिनु पर्दैन। यस्तो अवस्थाका बिरामीलाई मुटुको नशा खोलेर उपचार गर्ने इन्ह्यान्स एक्ट्रनल काउन्टरपल्सेसन (इइसिपी) विशेषज्ञ सेवा नेपालमै सुरु भएको छ।
गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले पहिलोपटक सुरु गरेको यस उपचार सेवामा चिरफार गर्नुपर्दैन। अस्पताल भर्ना पनि हुनुपर्दैन। अस्पतालले दिएको समयमा प्रत्येक दिन गएर बिरामीले प्रत्येक दिन यो उपचार गराउन सक्छन्।दीपक दाहाल, काठमाडौं, पुस २८- हृदयघात भएका तर अन्य रोगका कारण शल्यक्रिया गर्न नमिल्ने बिरामीले अब आत्तिनु पर्दैन। यस्तो अवस्थाका बिरामीलाई मुटुको नशा खोलेर उपचार गर्ने इन्ह्यान्स एक्ट्रनल काउन्टरपल्सेसन (इइसिपी) विशेषज्ञ सेवा नेपालमै सुरु भएको छ।
गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले पहिलोपटक सुरु गरेको यस उपचार सेवामा चिरफार गर्नुपर्दैन। अस्पताल भर्ना पनि हुनुपर्दैन। अस्पतालले दिएको समयमा प्रत्येक दिन गएर बिरामीले प्रत्येक दिन यो उपचार गराउन सक्छन्।
मुटुको नशा खोल्न गरिने शल्यक्रिया एन्जियोप्लास्टी र बाइपास गर्न नमिल्ने बिरामीको मुटुमा मसिना नशा विकास गरी दुखाइ कम गर्न र हिँडडुल सहज पार्न यो पद्धति प्रभावकारी हुने अस्पतालका निर्देशक डा अरूण मास्केले बताए।
शल्यक्रिया गरिएका कतिपयमा दुखाइ कम नभएको अवस्थामा पनि यो उपचार पद्धति प्रभावकारी हुने उनले जनाए। मास्केका अनुसार बढी उमेरका, फोक्सो, मिर्गौला, कलेजोसम्बन्धी रोग भएका मानिसमा हृदयघात भए पनि यो पद्धतिबाट शल्यक्रिया सम्भव हुन्छ।हृदयघात भएका मध्ये १० प्रतिशत बिरामीमा यस्तो समस्या हुने मास्केले बताए।
थियो। तालिमबाट फर्केपछि अधिकारीले गंगालालमा पाँचजनालाई यस्तो उपचार गरिसकेका छन्।
यो सेवा उपचार गरिएका अधिकांशमा प्रभावकारी देखिएको अधिकारीले बताए। 'न चिरफार, न नकारात्मक असर,' उनले भने, 'औषधी खाएरै बिरामीको दैनिकी सहज बनाउने यो आधुनिक उपचार पद्धति हो।'
मुटुको नशामा बोसो जमेर बन्द हुँदा शल्यक्रिया गर्न मिल्दैन र औषधीले दुखाइ कम गर्न पनि सकिन्न। अधिकांश बिरामी हिँड्न पनि सक्दैनन्। गंगालालमा ७५ वर्ष माथिको उपचार हुने भएकाले पनि बढी उमेरका बिरामी बढी आउँछन्। यसको माग बढेमा थप मेसिन ल्याउने र सेवाको दायरा बढाउन जनशक्तिसमेत तयार गरिने निर्देशक मास्केले बताए।
शल्यक्रिया गर्न नसकिने बिरामीको उपचारमा प्रयोग हुने यो पद्धति संसारकै नवीनतममध्ये पर्छ। यो सेवा लिन एक साइकल ९३५ दिन० को गंगालालमा १६ हजार रुपैयाँ लाग्छ। यसका लागि भारतमा १ लाख भारु र अमेरिकामा ७ हजार डलर तिर्नुपर्छ। अमेरिकी सरकारले सन् १९९५ मा स्वीकृति दिँदा हृदयघात भएकामा प्रयोग गर्न हुने-नहुनेबारे विवाद भएको थियो। तर त्यसपछि भएका अध्ययनले इइसिपीले बिरामीको दैनिकी सहज बनेको पुष्टि भएपछि संसारभर यसको प्रयोग बढ्दै गएको हो।
के हो इइसिपी
मुटुका तीन नशामध्ये बोसो भरिएर एकभन्दा बढी थुनिएमा हृदयघात हुन्छ। बन्द नशा सुचारु गर्न स्टेन्ट हालेर गरिने एन्जियोप्लास्टी र थुनिएको ठाउँ छाडेर नयाँ राख्ने प्रविधि बाइपास प्रमुख उपचार हो। अन्य रोगका कारण शल्यक्रिया गर्न नसकिने बिरामीलाई ३५ दिनसम्म दैनिक एक घन्टा मेसिनमा राखेर मुटुमा रगतको चाप सिर्जना गरिन्छ। जसले मुटुमा सानातिना नशा ९कोल्याटर्स० विकास हुन्छ। एकपटक यो थेरापी लिएपछि विकास भएका नशाले दैनिकी सहज भएमा समय-समयमा दोहोर्याउन पनि सकिन्छ।
यो प्रविधिमा बिरामीको कम्मर, तिघ्रा र पिँडौलामा कफ बाँधेर मेसिन खोलेपछि मसिना नशाहरू बिस्तारै बढ्दै गएको अनुगमन मोनिटरमा देखिन्छ। मोनिटरमा मसिना नयाँ नशा क्रमशः बढ्दै गएको हेर्न सकिन्छ। यो उपचार सुरु भएको केही दिनमै मुटुको दुखाइ कम भई हिँडडुल सहज भएको सेवा लिइरहेकी सकमिनी पियाले बताइन्।
मेसिनमा राखेपछि बिरामीको मुटुको गतिमा शरीर पूरै हल्लिन्छ। यो पद्धतिमा खुट्टाबाट एक प्रकारको ब्लडप्रेसर सिर्जना गरेर मुटुतिर बढाइन्छ। यसरी उत्पन्न चापले बोसो भरिएर नशा थुनिएको ठाउँबाट मसिना नयाँ नशा विकास हुन्छन् र नथुनिएको नशाले थुनिएर अक्सिजन प्रवाह हुन नसकेको ठाउँमा पुर्याउँछ जसले मुटुमा रगत र अक्सिजनको आवागमन भई दैनिक गतिविधि सहज बन्छ।गंगालालले यो सेवा दिन ३४ लाख मूल्य पर्ने मेसिन ल्याउने भएपछि चिकित्सक चन्द्रमणि अधिकारीलाई तालिमका लागि चीन पठाएकोनयाँ नर्सिङ कलेज नखोल्न सुझाव
काठमाडौं, १० माघ
काठमाडौंलगायत सहरी क्षेत्रमा नयाँ नर्सिङ र सामान्य चिकित्सा कलेज स्थापना रोक्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।
संसद्को महिला, बालबालिका तथा समाजकल्याण समितिले यस्ता अधिकांश कलेज सहरकेन्द्रित भएको निष्कर्ष निकाल्दै नयाँलाई रोक्न आइतबार निर्देशन दिएको हो। समितिले यस्ता संस्था सञ्चालन अनुमतिको जिम्मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिभिटी) लाई नदिई वैकल्पिक उपाय खोज्नसमेत निर्देशन दिएको छ।
नाफाका लागि सहरी क्षेत्रमा मात्रै केन्द्रित अधिकांश कलेजमा पर्याप्त पूर्वाधार र मापदण्डअनुरूप नभएकाले उत्पादित जनशक्तिसमेत कमजोर पाइएको समितिले जनाएको छ। परिषद्बाट सम्बन्धन पाएका ८८ नर्सिङ कलेजमध्ये ७ वटामात्रै पहाडी जिल्लामा छन् भने आधाभन्दा बढी काठमाडौंमै छन्। सामान्य चिकित्सा पढाइ हुने ४७ मध्ये पनि आधाभन्दा बढी संस्था काठमाडौंमै छन्। त्रिविअन्तर्गत पाटन, वीरगन्ज, शिक्षण अस्पताल, नेपालगन्ज, पोखरा र विराटनगर गरी छवटा नर्सिङ कलेज सञ्चालनमा छन्। त्यसबाहेक चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धुलिखेल अस्पतालका पनि आफ्नै नर्सिङ कलेज छन्।
कर्णाली अञ्चलमा एउटै नर्सिङ र सामान्य चिकित्सा कलेज छैन। राप्तीमा पनि सामान्य चिकित्सा पढाइ हुने एउटै संस्था छैन। स्वीकृति क्रममा रहेका नर्सिङका ४१ र सामान्य चिकित्साका २४ कलेजमध्ये पनि एउटै यी क्षेत्रका लागि छैनन्।
नर्सिङ र सामान्य चिकित्सा विषयका कार्यक्रम सञ्चालन गर्ने कलेज खोल्ने मापदण्डसम्बन्धी अध्ययन गर्न भदौमा गठित उपसमितिले दिएको प्रतिवेदनका आधारमा समितिले निर्देशन दिएको हो। स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनसम्बन्धी नीति बनाएर आवश्यकता हेरेरमात्रै सहरी क्षेत्रमा अनुमति खुला गर्न समितिले सुझाव दिएको उपसंयोजक गिरिराजमणि पोखरेलले बताए।
समितिले कलेज खोल्न प्रोत्साहन गर्न दुर्गम क्षेत्रका सरकारी अस्पताललाई सुधार गरेर मापदन्ड पुर्याई पठनपाठन गर्न चाहे १० वर्षसम्मका लागि १० जनामात्रै पढाउने अनुमति दिन सकिने सुझाव दिएको छ। १० वर्षपछि उपलब्धिका आधारमा मात्रै नवीकरण गर्न सुझाव दिएको छ।
हाल त्रिवि शिक्षणमा ६० र अन्य सबै मेडिकल कलेजमा ४० नर्सिङ विद्यार्थी पढाइन्छ। समितिले गुणस्तरीय स्वास्थ्य सेवाका लागि कम्तिमा जिल्ला अस्पताललाई ५० शय्याको बनाउन र न्यूनतम प्रत्येक क्षेत्रीय अस्पतालमातहत रहनेगरी सरकारलाई नै यस्ता कलेज खोल्न निर्देशन दिएको छ।
गैरनाफामूलक रूपमा स्थानीय निकायले र ती निकायसँग मिलेर निजी क्षेत्रले समेत दुर्गममा नयाँ कलेज खोल्न पाउँछन्। कलेजको प्रयोगात्मक अभ्यासका लागि एक विद्यार्थीबराबर तीन बिरामी हुनुपर्ने अन्तर्राष्ट्रिय मापदन्डमा कुनै सम्झौता गर्न नहुने र त्यसअनुरूप बिरामी नभएका कलेजले समुदायस्तरमा स्वास्थ्य कार्यक्रम चलाउनसक्ने विकल्प समितिले सुझाएको छ।
अति दुर्गम क्षेत्रमा सञ्चालितबाहेक प्रयोगात्मक अभ्यासका लागि सरकारी स्वास्थ्य संस्थाले निजीलाई सम्बन्धन र सहमति नदिन समितिले निर्देशन दिएको छ। हाल ५० शय्यासमेत नरहेका अस्पतालले एकभन्दा धेरै कलेजलाई प्रयोगात्मक अभ्यास गराएकाले त्यसलाई रोक्नसमेत निर्देशन दिएको छ।
सञ्चालन मान्यता पाएका कलेजहरूले ५० शय्याको आफ्नै अस्पताल बनाउनुपर्नेछ। अस्पताल बन्नुअघि शय्या पुगेका अस्पतालसँग प्रयोगात्मक अभ्यासको सम्झौता गरेर कक्षा चलाउनसमेत समितिले निर्देशन दिएको छ।
अधिकांश कलेज मापदन्डविपरीत ठहर गर्दै समितिले यस्ता कलेजको स्वीकृति र आफ्नै अस्पताल नभएका कलेजलाई पनि कक्षा सञ्चालन अनुमति दिने सिटिइभिटीका पदाधिकारीलाई कारबाही गर्न प्रधानमन्त्रीमार्फत सरकारलाई निर्देशन दिएको पोखरेलले बताए। उपसमितिका सदस्यमा शेखर कोइराला, सुप्रभा घिमिरे, मंगल विक, मीना पुन, अब्दुल कलाम आजाद, नवराज कोइराला, बबिना मोक्तान लावती र पुरनसिंह दयाल छन्।
बैँकमा वीर्य
-जापानमै व्यस्त दिनचर्या बिताइरहेका जापानी नागरकि ईभाईकी श्रीमती हुन्, नीरु गुरुङ। पाँच वर्ष जापान बसेर आएकी नीरु बच्चा पाएर एक वर्षपछि नेपालबाट फर्किन्। उनले नेपालमा जन्माएको बच्चा ईभाईकै हो। तर, नीरुले प्राकृतिक सहवासबाट बच्चा जन्माएकी होइनन्। वीर्य बैँकमा भण्डारण गरेर राखिएको आफ्नो श्रीमान्को वीर्य प्रयोग गरेर नीरुले सन्तान जन्माएकी हुन्।
-भक्तपुर स्िथत एक निजी बैँकमा काम गनर्ेे सुशीला बगाले -नाम परविर्तन)ले वषै सम्म सन्तान जन्माउन सकिनन्। पछि परीक्षण गर्दा उनका श्रीम्ाान्को वीर्य सन्तान उत्पादनका लागि योग्य नभएको पाइन्। केही नलागेपछि श्रीमान्को सहमतिमा आफ्ना एक जना स्कुले साथीको वीर्य सापटी मागेर उनले बच्चा जन्माइन्। कहिलेकाहीँ चारवर्षे छोराको स्वभाव आफ्नो साथीसँग मिलेको देख्दा सुशीलालाई अनौठो लाग्छ। त्यसैले बच्चा जन्मेपछि उनले वीर्यदाता साथीलाई भेट्ने कोसिस गरेकी छैनन्। भन्छिन्, "सकेसम्म नभेटौँ भन्ने छ।"
-बिहे गरेको लामो समयसम्म सन्तान नपाएको सृष्टि केसी र विदुर -नाम परविर्तन)को दम्पतीले परीक्षणपछि मात्रै विदुरको वीर्य सन्तान उत्पादनका निम्ति योग्य छैन भन्ने थाहा पायो। डाक्टरको परामर्शमा यस दम्पतीले अन्य पुरुषको वीर्यबाट सन्तान जन्माउने तयारी थाल्दैछ। जसका लागि अस्पतालले नै वीर्यदाताको खोजी गरििदएको हो। तर, वीर्यदाताको विषयमा दम्पती जानकार छैन। पेटमा हुकर्ंदै गरेको सन्तान देखेर यी दम्पतीको अनुहारमा खुसी पोतिएको छ। सँगसँगै बच्चामा कस्तो आनुवंशिक चरत्रि देखिने हो भनेर उनीहरू डराएका पनि छन्।माथिका तीन फरक उदाहरणले गर्भाधान र प्रसूतिको क्षेत्रमा प्रविधिको विकाससँगै परविर्तन भइरहेको सामाजिक व्यवहारकोे चित्र प्रस्तुत गर्छन्। अहिले आएर प्रविधि र स्रोतसाधनको उपलब्धताले सन्तान उत्पादनको परम्परागत मान्यता मात्रै फेरएिको छैन, सुशीला र सृष्टिजस्ता महिलाहरूले जीवनभर भोग्नुपर्ने कुण्ठाबाट मुक्ति पाउने उपाय पनि भेट्टाएका छन्।
श्रीमान्को वीर्य स्वस्थ नभएको खण्डमा अन्य पुरुषको वीर्य उपयोग गरेर सन्तान जन्माउन सकिने भएपछि धेरै निःसन्तान दम्पतीको सन्तान प्राप्तिको चाहना पूरा हुनसक्ने अवस्था बनेको छ, नेपालमा पनि। त्यसमाथि निजी अस्पतालहरूले वीर्य बैँकको सुविधा सुरु गरेपछि वीर्यको खोजीमा दम्पतीहरूले भौँतारनिुपर्ने अवस्थाको पनि अन्त्य भएको छ। अझ पछिल्ला वर्षहरूमा त खाडी मुलुक जाने विवाहित नेपालीहरूले वीर्य बैँकमा आफ्नो वीर्य भण्डार गरेर जाने चलन सुरु भएको छ। जसले गर्दा दम्पतीहरूले अनुकूलता हेरेर सन्तान जन्माउन सक्ने भएका छन्।
पछिल्ला वर्षहरूमा उच्च तापीय क्षेत्र र खाडीमा काम गर्ने नेपाली पुरुषहरूले आफ्नो वीर्य सुरक्षित गर्न वीर्य बैँकहरूको सहयोग लिन थालेका छन्। ओम अस्पताल परसिरमा भेटिएका पोखराका मानसिंह लामा -नाम परविर्तन) तिनैमध्येका एक हुन्। जो साउदी अरबमा सवारी चालकको काम गर्न जाँदैछन्। उच्च तापक्रममा काम गर्दा वीर्य उत्पादन क्षमतामा ह्रास आउने सम्भावनाबाट बच्न लामाले आफ्नो वीर्य भण्डारण गर्न खोजेका हुन्। दुईवर्षे प्रवेशाज्ञामा विदेश उड्न आँटेकै साता उनी आफ्नो वीर्य भण्डारणका लागि अस्पताल पुगेका हुन्। लामा बिहे गरेको पहिलो वर्षमै बच्चा जन्माउने योजनामा छैनन्। भन्छन्, "भोलि समयमा र्फकन सकिएन भने पनि श्रीमतीले मेरै वीर्य प्रयोग गरेर बच्चा जन्माउन सक्छिन्।"
लामाको भनाइले सन्तान उत्पादनको परम्परागत तरकिामा आधुनिकताको झलक मात्रै देखाउँदैन, उदार सामाजिक परम्पराको पनि संकेत गर्छ। ओम अस्पतालका निर्देशक डा भोला रजिालका अनुसार, लामो समय खानीमा काम गर्ने मजदुरहरूको प्रजनन क्षमता कमजोर हुने सम्भावना प्रबल हुन्छ। भन्छन्, "यस्ता ठाउँमा काम गर्न जाने मजदुरहरूले घर छोड्नुअगावै वीर्य भण्डारण गरेर सुरक्षित राख्न सक्छन्।" परम्परागत सामाजिक संरचनाका कारण अझै पनि नेपालमा वीर्य सुरक्षित राख्ने दम्पतीहरूको संख्या सानो छ। डा रजिाल भन्छन्, "श्रीमान् विदेश भएका बेला यहाँ श्रीमतीले कसरी बच्चा जन्माई भनेर कुरा काट्नेहरू समाजमा रहेसम्म यसको संख्या बढ्न सजिलो छैन।"
वीर्यलाई कृत्रिम तरकिाले पाठेघरमा राख्ने प्रविधि -आईभीएफ) र डिम्ब र शुक्रकिट बाहिरै निसेचन गरी पाठेघरमा राख्ने प्रविधि-टेस्टट्युब) सेवा प्रदान गर्ने काठमाडौँका अधिकांश अस्पतालमा वीर्य भण्डारण गर्न सक्ने प्रविधि छ। तर, सबैमा वीर्य बैँक भने छैन। निःसन्तान केन्द्रले श्रीमान्को वीर्य काम नलाग्ने दम्पतीका लागि दुवै जनाको स्वीकृतिमा दाताको वीर्य उपयोग गरेर सन्तान उत्पादनमा सहयोग गर्छ। तर, सबै दाताको वीर्य सबै दम्पतीमा उपयोग गर्न भने मिल्दैन। त्यसका लागि दाता र दम्पतीबीच केही सामाजिक समानता हुन जरुरी छ।
निःसन्तानको क्षेत्रमा १८ वर्षदेखि काम गर्दै आएकी निःसन्तान केन्द्रकी प्रमुख डा उमा श्रीवास्तव दाताको वीर्य उपयोग गरेर सन्तान जन्माउने प्रचलन नेपालमा सामान्य बन्दै जान थालेको बताउँछिन्। उनका अनुसार, निःसन्तान केन्द्रले तीनदेखी छ महिनासम्म वीर्यलाई सुरक्षित भण्डारण गरेर राख्न सक्छ। निःसन्तान केन्द्रसँग मात्रै नियमित वीर्यदान गर्ने १० जनाभन्दा धेरै दाताहरू छन्। दाताको वीर्य उपयोग गरेबापत केन्द्रले सामान्यतया दुईदेखि तीन हजारसम्म शुल्क तिनर्ेे गर्छ। केन्द्रको सम्पर्कमा रहेका अधिकांश दाताहरू विवाहित पुरुष हुन्। वीर्यदाताको एचआईभी, हेपाटाइटिस र यौनरोग -भीडीआरएल) जाँच गरेर स्वस्थ प्रमाणित भए मात्रै निसेचनका लागि वीर्य उपयोग गरन्िछ।
वीर्य उपयोग गर्ने बेलामा दातासँग कागजी सम्झौता गरन्िछ। वीर्य ग्रहण गर्ने दम्पती र दाताबीच अप्रत्यक्ष सम्पर्क वा चिनजानसमेत नहुने वातावरण बनाइदिएको हुन्छ अस्पतालले। दाताको वीर्य उपयोग गरेर जन्मिने बच्चाको डीएनए परीक्षण गर्दा दाताकै जैविक गुण भेटिन्छन्। दाताहरूको संख्या न्यून भएकाले वीर्य पाउन सजिलो भने छैन। पुरुषको वीर्यजस्तै महिलाको डिम्ब पनि सुरक्षित राख्न सकिन्छ तर नेपालमा डिम्ब दाता भने भेट्न झनै मुस्िकल छ।
श्रीमान्को वीर्य जैविक रूपमा योग्य नभएका अधिकांश घटनामा दाताकै वीर्य उपयोग गर्ने प्रचलन सामान्यजस्तै भइसकेको छ। त्यसका निम्ति अधिकांश अस्पतालले नै वीर्यदाता र दम्पतीबीच सहजीकरणको भूमिका निर्वाह गरििदन्छन्। तर, महिलाको डिम्ब नै काम नलाग्ने भए डिम्बदाताहरू भेट्न भने सजिलो छैन। यस्तो अवस्थामा अधिकांश दम्पतीले आफ्नै दिदी, बहिनी वा महिला साथीको डिम्ब उपयोग गर्छन्।
ग्वार्कोस्िथत ग्लोबल हस्िपटलको सम्पर्कमा पाँच-छ जना मात्रै वीर्यदाता छन्। अस्पतालकी डा सानुमैयाँ श्रेष्ठका अनुसार, अस्पतालले पटकपटक वीर्यदाताको अभाव बेहोर्नुपर्छ। श्रेष्ठका अनुसार, वीर्यदान पनि रक्तदानजस्तै हो। तर, रुढीग्रस्त सामाजिक मूल्य र मान्यताका कारण हत्पती वीर्य दान गर्नेहरू भेटिँदैनन्। अस्पतालले वीर्यदातालाई पाँचदेखि छ सय रुपियाँसम्म दिने गर्छ। डा श्रेष्ठ भन्छिन्, "वीर्य दान गर्नु एउटा सामान्य प्रक्रिया हो।" केही समयपहिले डिम्ब दान गर्न तयार रहेको बताउँदै एक किशोरी आएको घटना सम्भ“दै उनी भन्छिन्, "वीर्यदाता मात्रै होइन, डिम्बदाताको पनि समस्या छ।"
आनुवंशिकी गुणहरूमा फरकपनका कारण विदेशबाट आयात गरिएको वीर्य नेपाली दम्पतीमा उपयोग गर्न मिल्दैन। न्यून मात्रामा रहेका वीर्यदाताहरू र वीर्य बैँकले अझै कानुनी मान्यता नपाइसकेका कारण पनि वीर्यको खोजीमा रहेका दम्पतीहरूले सास्ती खेप्नुपरेको छ। स्त्रीरोग विशेषज्ञ डा सुशीला श्रेष्ठ सामाजिक मान्यतामा परविर्तन नआएसम्म र यसको कानुनी व्याख्या नभएसम्म जटिलता नतोडिने बताउँछिन्।
ओम अस्पताल स्रोतका अनुसार, लोग्ने विदेश भएर पनि नेपालमा बच्चा जन्माउने महिलाको संख्या तीन सयभन्दा बढी छ। सन् २००४ देखि ओम अस्पतालले यो प्रविधि सुरु गरेको हो। अस्पताल स्रोतका अनुसार, वीर्यदान गरेर सुरक्षित भण्डारण गर्नका लागि दुई हजार रुपियाँ लाग्छ। एकपटक दान गरेको वीर्य वषार्ंैसम्म सुरक्षित राख्न सकिन्छ। अस्पताल स्रोतका अनुसार, पाठेघरमा वीर्य पुर्याउन पाँच हजार रुपियाँ खर्च गर्नुपर्छ।
जोखिमको क्षेत्रमा काम गर्ने पुरुषले आप्नो वीर्य बैँकमा सुरक्षित राख्ने विश्वव्यापी प्रचलन नै बनिसकेको छ। उच्च तापीय क्षेत्र, विकिरणजन्य क्षेत्र र खानी मजदुरहरूले वीर्य सुरक्षित राख्ने प्रचलन छ। त्यस्तै, क्यान्सरजन्य रोगको उपचारमा जानुअगाडि पनि वीर्य भण्डारण गर्ने प्रचलन छ। क्यान्सर उपचारका दुई पद्धति केमियोथेरापी र रेडियोथेरापी तथा विभिन्न प्रकारका शल्यक्रिया गर्दा उपचारपछि वीर्यमा सन्तान जन्माउने क्षमता ह्रास हुन सक्ने भएकाले वीर्य भण्डारण गर्ने प्रचलन बढेको हो। भारतको गुजरातमा वीर्य दान गर्ने केन्द्रहरू नै छन्। इच्छुक पुरुषले स्वास्थ्य परीक्षणपश्चात् वीर्य दान गर्न सक्छन्। भारतकै मुम्बई र चेन्नईका कतिपय कलेजका विद्यार्थीले त वीर्य दान गरेर नै खर्च जुटाउने गर्छन्। उनीहरूले एकपटकमा वीर्य दान गरेको सामान्यतया एक हजार रुपियाँ लिने गर्छन्।
वीर्य बँैकका विषयमा नेपालको कानुन भने मौन छ। अधिवक्ता सपना प्रधान मल्ल कानुनी मौनताले समस्या खडा गरििदएको बताउँछिन्। अविवाहित महिलाले पनि दानमा प्राप्त गरेको वीर्य प्रयोग गरेर जन्माएको सन्तानको आधिकारकिता के हुने भन्ने प्रश्नमा पनि कानुन मौन रहेको छ। अभिवक्ता मल्ल एउटी महिलाले दाताको वीर्यबाट ज्ान्माएको बच्चाको जन्मदर्तामा कानुनी समस्या खडा भएको घटना स्मरण गर्दै भन्छिन्, "हामीले बच्चाको बाबुको नाम थाहा नभएको बेहोरा पेस गरेर बच्चाको जन्मदर्ता गर्यौँ।" ठूलै संघर्षपछि बच्चाको जन्मदर्ता हुन सकेको उनको अनुभव छ।
अधिवक्ता मीरा ढुंगानाका अनुसार, एकल वा अविवाहित महिलाले दाताको वीर्य प्रयोग गरी चिकित्सकीय प्रविधि अर्थात् आईभीएफ पद्धतिद्वारा जन्माएको बच्चाले नागरकिता पाउने सम्भावना छैन। गृह मन्त्रालय स्रोतका अनुसार, बाबुको पहिचान नभएका तर नागरकिताको हकदाबी गरेका दुई सयभन्दा बढी निवदेन अझै मन्त्रालयमा थन्किएका छन्। डा रजिालका अनुसार, कानुनी मौनताका कारण वीर्य भण्डार र वीर्य दानको परम्परा नेपाली समाजमा स्थापित हुन सकेको छैन। सर्वोच्च अदालतले अन्नपूर्ण राणाको मुद्दाको फैसलामा भने बिहे नगरी बच्चा जन्माउन सक्ने ढोका खोलिदिएको छ। अधिवक्ता ढुंगानाका अनुसार, यसरी जन्माएको बच्चाको वैधानिक हैसियत निर्माण गर्ने सवालमा भने कानुनी जटिलताहरू कायमै छन्।
वीर्य बैँक प्रविधिको चमत्कार नै हो। परम्परागत समाजहरूको सोचमा समेत क्रान्ति ल्याउन सक्ने यस प्रविधिको उपयोगले समाज व्यवस्थालाई झन् सुदृढ पार्ने देखिन्छ। सन्तानहीनताको पीडामा बाँच्न बाध्य कतिपय दम्पतीका लागि मात्रै होइन, नियोजनको अभियानका लागिसमेत यो वरदान सावित हुने निश्चित छ।
कसरी सुरक्षित राखिन्छ वीर्य ?
लोग्नेमानिसको वीर्यलाई झिकेर सिसा र प्लास्िटक मिश्रति भाँडोमा राखिन्छ-हेर्नूस्, चित्र १) । सुरुमा वीर्य बाक्लो हुने भएकाले यसलाई तरल बनाउन करबि ४५ मिनेट लाग्ने गर्छ। चिकित्सकहरूका अनुसार, ४५ मिनेटको प्रक्रियापछि माइनस १९७ डिग्री सेल्सियसको तरल नाइट्रोजनमा राखिन्छ -हेर्नूस्, चित्र २)। यसरी राखिएको वीर्य कसको हो भनेर थाहा पाउनका लागि विशेष संकेतहरू राखिएका हुन्छन्।
यस्तो पनि...
प्रख्यात पप गायक माइकल ज्याक्सनको निधन भएको वर्षदिनपछि उनका पूर्वअंगरक्षकले ज्याक्सनको कान्छो छोराको जैविक बाबु आफू भएको खुलासा गरे । अंगरक्षक म्याट फिड्सले ज्याक्सनकै अनुरोधमा आफूले वीर्यदान गरेकाले उक्त बच्चा आफ्नो भएको बताएका थिए । उनले ज्याक्सनले वीर्य दानबापत पाँच लाख डलर दिने प्रस्ताव गरे पनि आफूले निःशुल्क वीर्य दिएको दाबी गरेका छन् ।
साभार नेपाल
बाइबाइ अनमिन !!
- अब अनुगमनको जिम्मा विशेष समितिलाई
- ६४ सदस्यीय संयुक्त अनुगमन टोली गठन
_ अनमिन मुख्यालयमा विशेष समिति बस्ने
काठमाडौं, ३० पुस
चार वर्षअघि सुरु भएको नेपालको शान्तिप्रक्रियाको अन्तर्राष्ट्रिय सहयोगी अनमिनले शान्तिप्रक्रिया अधुरै रहँदा र्फकने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको अनमिनको झन्डा शुक्रबार साँझ नै निकालिएको छ ।
सरकार र विद्रोही माओवादीको निमन्त्रणामा सन् २००७ जनवरी २३ मा स्थापित अनमिनले माओवादी लडाकुहरूको समायोजन र पुनस्र्थापनको अनुगमन गर्दै आएको थियो । तर, प्रक्रिया टुंगो लाग्न बाँकी रहँदै फिर्ता भएको छ । अनमिनले म्यान्डेटअनुसार संविधानसभा चुनावको अनुगमन, लडाकुहरूको दर्ता-प्रक्रिया तथा अयोग्य लडाकुहरूको बिदाइ प्रक्रियामा भने सहयोगी भूमिका पूरा गरेको छ ।
शुक्रबार दिउँसोसम्म पनि अनमिनलाई नेपालमा राख्ने र नराख्नेबारे सरकार र माओवादीबीच विवाद थियो । तर, सरकार र माओवादीले प्रधानमन्त्री संयोजक रहने गरी गठित विशेष समितिलाई नै अनमिनले गर्दै आएको भूमिका निर्वाह गर्न दिने सहमति भएपछि अनमिनले आफ्नो कार्यावधि समाप्त भएको घोषणा गरेको छ । सरकार र माओवादीबीचको सहमतिअनुसार अनमिनले विगतमा गर्दै आएको अनुगमनका सबै काम विशेष समितिले लिनेछ ।
विशेष समितिको शुक्रबार साँझ बसेको बैठकले शिविरहरूमा शनिबार मध्यरातदेखि अनुगमनको सबै काम जिम्मा लिन ६४ सदस्यीय संयुक्त अनुगमन टोली गठन गरेको छ । अनुगमन टोली सेनाको छाउनी ब्यारेक तथा माओवादी लडाकुहरूको सातवटा मुख्यालयमा शनिबारै पठाइने निर्णय भएको माओवादी नेता वर्षमान पुन अनन्तले नयाँ पत्रिकालाई बताए ।
नयाँ बानेश्वरस्थित अनमिन मुख्यालयमा फहराइएको राष्ट्रसंघीय झन्डा शुक्रबार निकालेर अनमिन बिदाइको घोषणा गरिएको छ । सरकार, माओवादी, राजनीतिक दलका प्रतिनिधि र सेनासहितका सुरक्षा निकायका प्रतिनिधि सहभागी समारोहमा अनमिनप्रमुख करिन ल्यानग्रेनले म्यान्डेटअनुसारका आफ्ना सबै कार्य निस्पक्ष रूपमा सम्पन्न गरेको दाबी गरिन् । ल्यानग्रेनले जेएमसिसीको एक सय ३५ वटा बैठक बसेको र त्यसक्रममा एक सयभन्दा बढी सम्झौता
उल्लंघनका घटनाबारे छलफल भएको जानकारी दिइन् । छलफल सौहार्दपूर्ण वातावरणमा भएको उनको भनाइ थियो । उनले सरकार, माओवादीसहित नामै तोकेर प्रधानसेनापति छत्रमानसिंह गुरुङ र माओवादी लडाकुका प्रमुख नन्दकिशोर पुन पासाङलाई धन्यवाद दिइन् ।
अनमिनको म्याद समाप्त भए पनि राष्ट्रसंघले शान्तिप्रक्रियामा आफ्नो संलग्नता जारी राख्ने जनाएको छ । राष्ट्रसंघीय महासचिव बान कि मुनले शुक्रबार विज्ञप्तिमार्फत नेपालस्थित राष्ट्रसंघीय टोली र राजनीतिक मामिला विभागमार्फत राष्ट्रसंघले नेपालको शान्तिप्रक्रियामा आफ्नो संलग्नता जारी राख्ने जनाएका छन् । 'पक्षहरूले यो प्रक्रिया सम्पन्न गर्न आवश्यक उपाय पत्ता लगाउने प्रतिबद्धता तथा नेपाली जनताको आकांक्षालाई साकार पार्नेछन् भन्ने कुरामा म आशावादी तथा विश्वस्त छु,' मुनको विज्ञप्तिमा उल्लेख छ ।
नयाँ बानेश्वरस्थित अनमिन मुख्यालयमा अपराह्न आयोजित समारोहमा झन्डा डाउन गरेर अनमिन बिदा भएको घोषणा गरिएको थियो । समारोहमा शान्तिमन्त्री रकम चेम्जोड, संस्कृतिमन्त्री डा. मीनेन्द्र रिजाल, माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव सिपी गजुरेल र नेता कृष्णबहादुर महरा, प्रधानसेनापति छत्रमानसिंह गुरुङ र उपरथी गौरवशमशेर राणा, माओवादी सेना प्रमुख नन्दकिशोर पुन र सहकमान्डर चन्द्रप्रकाश खनाललगायत सहभागी थिए ।
संयन्त्र र अनुगमन टोली गठन गरिने अनमिनको बिदाइसँगै विशेष समितिले शनिबार माओवादी सेनाका सात मुख्य शिविर र नेपाली सेनाको छाउनीस्थित ब्यारेकमा अनुगमनका लागि सुरक्षा निकाय र लडाकु सम्मिलित ६४ जनाको संयुक्त अनुगमन टोली पठाउने निर्णय गरेको छ । सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र माओवादी सेनाबाट आठजनाको प्रतिनिधि अनुगमनका लागि खटाउने निर्णय गरिएको विशेष समिति सदस्य तथा माओवादी सैन्य इन्चार्ज वर्षमान पुन अनन्तले नयाँ पत्रिकालाई बताए ।
'अब माओवादी सेनाका क्यान्टोनमेन्ट र नेपाली सेनाको ब्यारेकमा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र माओवादी सेनाका दुई-दुईजना वहालवाला प्रतिनिधि गरी आठजनाले अनुगमन गर्नेछन्,' अनन्तले नयाँ पत्रिकासँग भने ।
अनन्तका अनुसार अनुगमनका लागि आवश्यक परेमा भूतपूर्व सुरक्षाकर्मीहरूलाई समेत सहमतिका आधारमा लैजान सकिने सहमति विशेष समिति बैठकमा भएको छ । त्यसबारे विशेष समितिअन्तर्गतको सचिवालय बैठक बसेर शनिबार टुंगो लगाउने सहमति भएको नेता अनन्तले बताए । यसैगरी सरकार र माओवादीबीच भएको सहमतिअनुसार नयाँ बानेश्वरमा रहेको अनमिन मुख्यालयलाई विशेष समितिको कार्यालय बनाइनेछ तर केन्द्रीय अनुगमन संयन्त्रको संयोजक र सदस्यहरूको टुंगो लागिनसकेको अनन्तले बताए ।
सरकार र माओवादीबीच होटल र्याडिसनमा बिहीबार दुईपटकसम्म भएको वार्तामा ६ सदस्यीय अनुगमन संयन्त्र गठन गर्ने लिखित सहमति भएको थियो । अनमिनका एक अधिकृतका अनुसार अब अनमिनले अनुगमनका उपकरण तथा सामग्रीहरू विशेष समितिअन्तर्गत रहेको संयन्त्रलाई 'ऋण'मा दिने भएको छ ।
अनमिनले गर्दै आएको अनुगमनको जिम्मा विशेष समिति मातहतमा रहने गरी संयन्त्र गठन गर्न र अनुगमन उपकरण तथा सामग्री सरकारलाई हस्तान्तरणका लागि राष्ट्रसंघलाई आग्रह गर्न सरकार र माओवादी सहमत भएका थिए । संयन्त्रमा विशेष समितिका तीनजना र त्यसअन्तर्गत रहेका सचिवालयका तीनजना गरी ६ सदस्यीय अनुगमन संयन्त्र गठन गर्ने सहमति भएको हो । त्यससम्बन्धी तीनबुँदे सहमतिपत्रमा प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच
हस्ताक्षर भएको छ ।
सहमतिपत्रको पहिलो बुँदामा शान्तिप्रक्रियाप्रति विगतमा भएका सबै सम्झौताप्रति प्रतिबद्धता व्यक्त गरिएको छ भने दोस्रो बुँदामा अनमिनले गर्दै आएको हतियार तथा सेनाको अनुगमनलगायतका सबै काम अब विशेष समितिले गर्ने उल्लेख गरिएको छ । सहमतिमा उल्लेख छ, 'विशेष समितिबाट आवश्यक जनशक्तिसहितको एउटा संयुक्त टोली गठन गरी हतियार तथा सेनाको व्यवस्थापनसम्बन्धी अनुगमनका लागि तुरुन्तै खटाइनेछ ।' यसअघि भएका अनमिनबारे भएका सम्झौता र सहमतिहरू विशेष समितिलाई दिइने जिम्मेवारीअनुरूप संशोधन र परिमार्जित भएको मानिने पनि सम्झौतामा उल्लेख छ ।
बुँदा नम्बर ३ मा सरकार र माओवादीले अनमिनलाई धन्यवादसहित अनुगमन उपकरणहरू माग्नका लागि अनुरोध गर्ने सहमति भएको छ । बिहीबार विशेष समिति बैठकमा प्रधानमन्त्रीको धन्यवाद प्रस्ताव अस्वीकृत भएकोमा शुक्रबार भएको सहमतिमा उल्लेख छ, 'सेना तथा हतियार व्यवस्थापनको अनुगमनका लागि अनमिनले गरेको कामका लागि धन्यवाद दिँदै त्यसले प्रयोग गरिआएका सबै साधन एवं सरसामग्रीहरू शान्तिप्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउने कार्यमा प्रयोग गर्न विशेष समितिको मातहतमा रहने गरी नेपाल सरकारलाई हस्तान्तरण गर्न आग्रह गर्ने ।'
माओवादी लडाकु विशेष समितिमा
योग्यता र क्षमताका आधारमा समायोजनः प्रधानमन्त्री | अझै पनि एक राज्य दुई सेना कायमैः माओवादी अध्यक्ष
नयाँ पत्रिका
शक्तिखोर (चितवन), ८ माघ
माओवादी लडाकु शुक्रबारदेखि औपचारिक रूपमा विशेष समिति मातहत भएको घोषणा गरिएको छ । चितवनको शक्तिखोरमा प्रधानमन्त्री र माओवादी अध्यक्षले शुक्रबार आयोजित विशेष समारोहमा संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिलाई समेत साक्षी राखेर यस्तो घोषणा गरेका हुन् ।
अन्तरिम संविधान ०६३ अनुसार माओवादी लडाकुलाई विशेष समारोहमा ल्याइएको व्यहोरामा प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष प्रचण्डबीच शुक्रबार ३:३० मा हस्ताक्षर भएको थियो । सो व्यहोराको सम्झौतापत्र सेना समायोजन विशेष समिति सचिवालयका संयोजक बालानन्द शर्माले पढेर सुनाएका थिए ।
अन्तरिम संविधानअनुसार गठित विशेष समितिमा सम्पूर्ण लडाकु ल्याइएको हस्ताक्षरित व्यहोरामा उल्लेख छ । हस्ताक्षरसँगै लडाकु र माओवादीबीचको औपचारिक सम्बन्ध शुक्रबारबाट तोडिएको छ । ७ मंसिर ०६३ मा विस्तृत शान्ति सम्झौता भएपछि जारी शान्तिप्रक्रियाका लागि महत्त्वपूर्ण अवसर हो ।
मौसमी प्रतिकूलताका कारण घोषणा गरिएभन्दा झन्डै तीन घन्टा ढिलो सुरु भएको समारोहमा प्रधानमन्त्री, उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार, सुजाता कोइराला तथा सुरक्षा निकायका चारै प्रमुख सहभागी थिए । सभामुख सुवासचन्द्र नेम्वाङ, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, एमाले नेताहरू वामदेव गौतम र केपी ओली पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा, मधेसी जनअधिकार फोरम अध्यक्ष उपेन्द्र यादव, माओवादी उपाध्यक्षद्वय डा. बाबुराम भट्टराई र मोहन वैद्य किरणलगायतका नेता पनि मध्यान्हपछि शक्तिखोर आइपुगेका थिए ।
बिहान ११ बजे सुरु हुने कार्यक्रमका लागि बिहान ९ बजे काठमाडौंबाट हिँडेका प्रधानमन्त्रीसहित शीर्ष नेताहरू कुहिरोका कारण हेलिकोप्टर अवतरण गर्न नसकेपछि २ बजे मात्रै शक्तिखोर आइपुगेका थिए । नेताहरूले शक्तिखोरको शिविरमै खाना खाएका थिए ।
सशस्त्र प्रहरी प्रमुख सनत बस्नेत, नेपाल प्रहरीका महानिरीक्षक रमेश चन्द र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अशोकदेव भट्ट बिहीबारै चितवन आएका थिए भने प्रधानसेनापति छत्रमानसिंह गुरुङ सेनाको सुरक्षा घेरामा शुक्रबार दिउँसो शक्तिखोर आइपुगेका थिए । सहभागी अतिथिलगायत चारै सुरक्षा निकायका प्रमुखलाई माओवादी लडाकुले सलाम गरेका थिए ।
हस्ताक्षरबाहेक प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेका थिए भने प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डले संयुक्त रूपमा बेलुन उडाएर प्रतिकात्मक रूपमा लडाकु विशेष समिति मातहत आएको घोषणा गरेका थिए । नेपालमा रहेका संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय निर्देशक स्यामुयल ताम्राटसहित सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रलगायत अन्य मुलुकका नेपालस्थित राजदूत पनि शक्तिखोरमा आएका थिए ।
लडाकुलाई विशेष समारोहमा ल्याउने घोषणा भइरहेका वेला प्रधानमन्त्री नेपाल र कांग्रेस सभापति कोइरालालगायतका नेता र राजदूतले उत्साहपूर्वक तस्बिर लिइरहेका थिए । लडाकुले देखाएको परेडसमेत राजदूतले चासोपूर्वक हेरिरहेका देखिन्थे ।
समारोहमा सहभागी हुन छिमेकी मुलुक भारतका राजदूत राकेश सुद खैरो ज्याकेटसहितको अनौपचारिक पोसाकमा र फोटोग्राफरको शैलीमा आइपुगेका थिए । शिविरहरूमा गएर तस्बिर खिचिरहेका सुदले व्यक्तिगत प्रयोजनका लागि तस्बिर खिचेको सञ्चारकर्मीलाई बताए । तर, उत्तरी छिमेकी मुलुक चीनका राजदूत क्यु गोहाङ् भने समारोहमा सहभागी थिएनन् । अमेरिकाका राजदूत स्कट एच डेलेसीसमेत समारोहमा आएनन् ।
'माओवादी सेनाका लडाकु विशेष समिति मातहत आएको घोषणा समारोह'मा माओवादी सेनाका लडाकुले प्रधानमन्त्री नेपालसहितका शीर्ष नेतालाई दुईपटक राष्ट्रिय गान बजाएर सलामी दिएका थिए । माओवादी नेता वर्षमान पुन अनन्तले उद्घोषणका क्रममा लडाकुबाट 'सम्माननीय प्रधानमन्त्रीलगायतलाई सलामी अर्पण कार्यक्रम' भनेका थिए । लडाकुले परेड देखाएका थिए भने 'यो नेपाली शिर उचाली', 'पश्चिम कोही पूर्व घर'लगायतका राष्ट्रिय गीत गाएर सहभागीलाई स्वागत गरेका थिए । उनीहरूले कराँतेलगायतका खेल पनि देखाएका थिए । समारोहको रिपोर्टिंगका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिको बाक्लो उपस्थिति शिविरमा थियो ।
माओवादी सेनाको रेखदेख, नियन्त्रण र व्यवस्थापनका लागि मन्त्रिपरिषद्ले विशेष समिति गठन गर्ने तथा त्यसअन्तर्गत लडाकु ल्याइने सहमति विगतमा भए पनि चार वर्षपछि कार्यान्वयन भएको छ । राजनीतिक गतिरोधका कारण विशेष समितिमा लडाकु ल्याउन ढिलो भएको बताएका प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले कसैप्रति पनि गालीगलौज गरेनन् ।
सरकार र माओवादीबीच अनमिनको विदाइ हुनु अघिल्लो दिन ३० पुसमा लडाकुलाई विशेष समिति मातहत ल्याउने सहमति भएको थियो भने १ माघमा बसेको अर्को बैठकले एक साताभित्र औपचारिक समारोहमार्फत माओवादी लडाकु र हतियार विशेष समिति मातहत ल्याउने निर्णय गरेको थियो । सरकार र माओवादीबीच तीन दिन भएको वार्तामा गृहमन्त्रीको संयोजकत्वमा लडाकुलाई विशेष समिति मातहत ल्याउन ८ पुसमा समारोह आयोजना गरिने सहमति भएको थियो ।
अनमिनको विदाइपछि माओवादी लडाकु शिविरमा सेना समायोजन विशेष समिति मातहतको ६४ सदस्यीय अनुगमन टोली हतियार रेखदेख गर्न गत पुस ३० गते चितवनलगायत सातै शिविरमा पुगिसकेको छ भने केन्द्रीय अनुगमनका लागि समेत ६ सदस्यीय अनुगमन संयन्त्र गठन भइसकेको छ । तर, लडाकुको कमान्ड कन्ट्रोल भने विशेष समितिअन्तर्गतको सचिवालयले गर्नेछ । शिविरबाट दैनिक गतिविधि संकलन गरी विशेष समितिमा पेस गर्नका लागि सिचुएसन सेन्टर बनाउनेबारे गृहकार्य भइरहेको सचिवालय सदस्य दीपकप्रकाश भट्टले नयाँ पत्रिकालाई बताए ।
एक राज्य दुई सेनाः प्रचण्ड
माओवादी अध्यक्ष प्रचण्डले अहिले पनि मुलुकमा एक राज्य र दुई सेना रहेको बताउँदै लडाकुको समायोजन र पुनस्र्थापनपछि सबल राष्ट्रिय सुरक्षा निर्माण हुने विश्वास व्यक्त गरे । 'सबल राष्ट्रिय सुरक्षा राष्ट्रको आजको आवश्यकता हो,' प्रचण्डले भने, 'त्यही आवश्यकता पूरा गर्नका लागि हामीले सेना समायोजन तथा पुनस्र्थापनको कार्यलाई अघि बढाइरहेका छौँ ।'
प्रचण्डले आफू प्रधानमन्त्री रहेका वेला १ फागुन ०६५ मा लडाकुको नवौँ वाषिर्कोत्सव कार्यक्रममा नवलपरासीको हात्तीखोरमा आयोजित कार्यक्रममा लडाकुलाई विशेष समितिमा ल्याउने घोषणा गरेको स्मरण गर्दै भने, 'त्यतिवेलै विशेष समिति मातहत ल्याइएको सैद्धान्तिक घोषणा भएको थियो, अहिले व्यवहारमा कार्यान्वयन भएको छ ।'
१ माघमा अनमिनको विदाइ भएपछि माओवादीकै प्रयासमा सरकारसँग लडाकुलाई विशेष समिति मातहत ल्याउने सहमति गरिएको प्रचण्डले जिकिर गरे । 'अनमिन फर्केपछि शान्तिप्रक्रियाको निरन्तरताबारे आशंका जन्मेका र समस्या देखिएका थिए, तथापि हाम्रो पार्टी आफ्नो तर्फबाट शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनका लागि प्रतिबद्ध रहेकै कारण सरकारसँग नयाँ सहमतिसहित आज समारोहसम्म आइपुगेका छौँ,' प्रचण्डले भने । प्रचण्डले माओवादी लडाकुलाई जनमुक्ति सेना भनेर सम्बोधन गरेका थिए । 'हामी जनमुक्ति सेनालाई विशेष समिति मातहतमा ल्याउन प्रतिबद्ध थियौँ,' प्रचण्डले भने ।
प्रधानमन्त्रीद्वारा लडाकुको प्रशंसा
प्रधानमन्त्री माधवकुमार नेपालले 'माओवादी सेनाका लडाकु साथीहरू' भन्ोर सम्बोधन गर्दै व्यक्तिगत योग्यता, रुचि, क्षमता र आपसी सहमतिका आधारमा लडाकुको उचित व्यवस्थापन गर्न राज्यका तर्फबाट कुनै पनि कसर बाँकी नराख्न्ो प्रतिबद्धता व्यक्त गरे । चार पृष्ठ लामो लिखित भाषणमा प्रधानमन्त्रीले शुक्रबारदेखि लडाकु विशेष समितिमा आएका कारण अबको भूमिका पनि बदलिएको बताउँदै विशेष समितिले गर्ने निर्णय र निर्देशन अक्षरशः पालनाका लागि आग्रह गरे । उनले परिवर्तनका लागि लडाकुले पनि भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे ।
'लडाकुको समायोजन र पुनस्र्थापन अब कुनै एक दल वा पक्षको मात्रै जिम्मेवारी होइन, सबै दल र राज्यको जिम्मेवारी हो,' प्रधानमन्त्रीले भने । माओवादी लडाकुले परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथा सुरक्षा अंगले पनि परिवर्तनलाई आत्मसात गरेको प्रधानमन्त्रीले बताए । 'विगतमा हाम्रा सुरक्षा अंगले परिवर्तनलाई आत्मसात गर्ने र त्यसलाई संस्थागत गर्ने क्रममा दिएको सकारात्मक योगदानलाई हामी भुल्न सक्दैनौँ,' प्रधानमन्त्रीले भने ।
नेपाल दक्षिण एसियाको अत्यन्तै संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको चर्चा गर्दै प्रधानमन्त्रीले हरक्षणको अधिकतम सदुपयोग गर्नुपर्ने बताए । अनमिनको फिर्तीसँगै शान्तिप्रक्रियाको निरन्तरताका लागि माओवादीसँग भएको सहमतिले उपलब्धिको दिशातर्फ उन्मुख गराएको भन्दै प्रधानमन्त्रील्ो यसका लागि सकारात्मक भूमिका निर्वाह गरेको भन्दै प्रचण्डको प्रशंसा गरे । विगतमा भएका सहमतिलाई इमान्दारीपूर्वक कार्यान्व्ायन नभएमा शान्तिप्रक्रिया सफल नहुने प्रधानमन्त्रीको भनाइ थियो ।
लडाकुको समायोजन र पुनस्र्थापन यथाशीघ्र सम्पन्न होस् भन्ने सरकारको चाहना रहेको बताउँदै उनले भने, 'आम जनताको चाहना र देशको आवश्यकता पनि यही हो, शिविरमा रहेका माओवादी सेनाका लडाकु स्वयम् पनि अनिश्चित भविष्यको पर्खाइमा लामो समयसम्म रहन चाहँदैनन् भन्ने मलाई लाग्छ,' परधानमन्त्रीले भने ।
शान्तिप्रक्रियामा सहयोग पुर्याएकोमा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघीय महासचिव वान कि मुनलगायत अनमिनलाई सार्वजनिक रूपमा धन्यवाद दिँदै लडाकुको पुनस्र्थापनमा पनि सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे । लडाकुको सलामी र सम्मान पाएका प्रधानमन्त्रीले कार्यक्रमभर तस्बिर खिचिरहेका थिए ।
माओवादी सेनाका प्रमुख नन्दकिशोर पुन पासाङले विशेष समिति मातहतमा लडाकु आए पनि चेन अफ कमान्ड आफ्नै रहने तथा अन्य सुरक्षा निकायसँग हातेमालो गरेर राष्ट्रनिर्माणका लागि अघि बढ्ने बताए । 'राष्ट्र र जनताका लागि समान व्यवहार होस्, जनमुक्ति सेनाको स्वार्थ पनि राष्ट्र र जनताको भन्दा फरक हुनेछैन,' कम्ब्याक्ट पोसाकमा सजिएका पासाङले मन्तव्यमा भने ।
खुसी छन् लडाकु
विशेष समितिको मातहतमा ल्याउने निर्णय भएलगत्तै पूर्वलडाकुले खुसी व्यक्त गरेका छन् । विशेष समितिमा आउने घोषणापछि गम्भीर मुद्रामा देखिएका लडाकुमध्ये अधिकांशले सञ्चारकर्मीसँग प्रतिक्रिया दिन अस्वीकार गरे भने प्रतिक्रिया दिन तयार भएकाहरूले आफूहरू खुसी भएको प्रतिक्रिया दिएका थिए । सुरक्षा निकायको पहिलोपटक बाक्लो उपस्थिति रहेको शिविरभित्र सरकारले दिएको जिम्मेवारी पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको उनीहरूले बताए । चितवनस्थित लडाकु शिविरका डिभिजन सहकमान्डर उदयबहादुर चलाउने दीपकले नयाँ पत्रिकासँग भने, 'विशेष समिति मातहत आउँदा हामी खुसी छौँ । दलहरूले समझदारी गरेर सम्मानपूर्ण समायोजन र पुनस्र्थापन प्रक्रिया अघि बढाऊन् भन्ने हामी चाहन्छौँ ।' माओवादीप्रति आफूहरू नैतिक रूपमा मात्रै प्रतिबद्ध रहने बताउँदै दीपकले भने, राज्यको नियम-कानुन पालना गर्न हामी विगतदेखि नै प्रतिबद्ध थियौँ, अहिले पनि छौँ । राज्यले अह्राएको जेसुकै काम गर्न पनि तयार छौँ ।'
शक्तिखोरका बि्रगेड कमान्डर गुराँसले तीन वर्षअघि नै विशेष समिति मातहतमा लडाकु आउनुपर्नेमा यतिवेला आउनु ढिलो भएको बताए । 'अब शान्तिप्रक्रिया सहज रूपमा अघि जाला भन्ने लागेको छ, विशेष समितिले त्यसका लागि उचित काम गर्नेछ भन्नेमा हामी आशावादी छौँ,' गुराँसले भने । माओवादी सेनाका सदस्य सर्जन विक आमोदले लडाकुको भावना समेटेर समायोजन र पुनस्र्थापनको काम अघि बढ्नुपर्ने बताए । 'विशेष समिति र सरकारले जसरी हाम्रो व्यवस्थापन गर्छन्, स्वीकार गर्न तयार छौँ,' उनले भने ।
शक्तिखोर शिविरमै रहेकी कम्पनी भाइस कमान्डर मुगा शाहीले पनि विशेष समितिमा लडाकु ल्याउने निर्णयले आफू खुसी भएको बताइन् । 'हिजोसम्म हामी माओवादी पार्टीका सेना थियौँ, आजबाट राज्यका भयौँ,' उनले भनिन्, 'हाम्रो भविष्य अब राज्यको हातमा छ, हामी विश्वस्त छौँ कि उचित व्यवस्थापन हुनेछ ।'
एकता र क्षमताको आधारमा समायोजनः प्रधानमन्त्री
आज हामीहरू शान्तिप्रक्रियाको अत्यन्त नयाँ र महत्वपूर्ण चरणमा प्रवेश गरिरहेका छौँ । हाम्रो शान्तिप्रक्रिया विश्वकै लागि नितान्त नौलो र आफ्नै किसिमको छ । हामीले आफ्नै प्रयत्न र पहलमा मौलिक रूपमा शान्तिप्रक्रिया आरम्भ गरेका थियौँ र यसलाई यस्तै मौलिक रूपमा हामी सार्थक निष्कर्षमा पुर्याउन चाहन्छौँ । त्यसका लागि सम्बद्ध सबै पक्षको उत्तिकै इमानदारी, धैर्यता, तत्परता र सक्षमता चाहिन्छ । अहिलेसम्म हामीले छोटो अवधिमा सम्पन्न गरेका युगीन कामहरूका आधारमा हामी दावीका साथ भन्न सक्छौँ- हामीसँग त्यो क्षमता छ । मुलुकलाई कता लैजाने- दीगो शान्तिको दिशामा वा पुनः अशान्तितिर ? स्थायित्वतर्फ वा पुनः अस्थिरतातर्फ ? समृद्धितर्फ वा अधोगतितर्फ ? दुनियाँले हाम्रो परीक्षा लिइरहेको छ, जनताले हामीमाथि निगरानी राखिरहेका छन् । यस गुरुत्तर दायित्वलाई इमानका साथ लक्ष्यमा पुर्याउनका लागि हामी समर्थ हुनेछौँ ।
लडाकु मित्रहरू, तपाईंहरूले पनि यस परिवर्तनका लागि योगदान दिनुभएको छ । विस्तृत शान्तिसम्झौता र दलहरूका बीचमा विभिन्न समयमा भएका समझदारी र सहमतिहरूका बारेमा तपाईंहरू पनि जानकार हुनुहुन्छ । अहिले भर्खरसम्म तपाईं एकीकृत नेकपा (माओवादी) का कार्यकर्ताका रूपमा हुनुहुन्थ्यो । तर, अब तपाईंहरू नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम गठित विशेष समितिको मातहतमा आउनुभएको छ । स्वाभाविक रूपमा अब तपाईंहरूको भूमिका पनि बदलिएको छ । जो भोलि पुनःस्थापनामा जानुहुनेछ, तपाइंहरूका लागि राजनीति गर्ने विकल्प खुल्ला छ । तर, जो समायोजन भएर विभिन्न सुरक्षा अङ्गमा जानुहुनेछ, तपाइंहरू कुनै दलको सदस्य हुन पाउनुहुने छैन । सरकारी सुरक्षा निकायको गैरराजनीतिक, व्यवसायिक र तटस्थ चरित्र अनुसार तपाईंहरू त्यसै संस्थाको एक कर्मठ सदस्य हुनुहुनेछ । यी शिविरहरूमा बसुञ्जेलसम्म माओवादी सेनाका लडाकुहरूको रेखदेख, नियन्त्रण, निर्देशन प्रक्रिया र आचारसंहितासम्बन्धी निर्देशिका- २०६७ र विशेष समितिले गर्ने निर्णय र निर्देशन तपाईंहरूबाट अक्षरशः पालना हुनेछ भन्ने मलाई विश्वास छ । मैले बारम्बार भन्दै आएको छु र आज पनि जोड दिन चाहन्छु- लडाकुहरूको समायोजन र पुनःस्थापना अब कुनै एक दल वा पक्षको मात्र जिम्मेवारी होइन, यो त सबै दल र राज्यको सामूहिक जिम्मेवारी हो । व्यक्तिगत रुचि, योग्यता, क्षमता र आपसी सहमतिका आधारमा तपाईंहरूको उचित व्यवस्थापन गर्नका लागि राज्यका तर्फबाट कुनै कसर बाँकी नरहने विश्वास तपाईंहरूलाई दिलाउन चाहन्छु ।
विगतबाट पाठ सिक्नुपर्दछ । हामीले हिजो एक-अर्कालाई लगाएका आरोप-प्रत्यारोप वा दुर्वचनहरूलाई हामीले सधैँका लागि भुल्ने प्रयत्न गर्नुपर्दछ । राजनीति हो, कहिलेकाहीँ अलि-अलि तल-माथि पनि हुन्छ । तर, त्यसै आधारमा हामी हाम्रो मूल लक्ष्यबाट विचलित हुन मिल्दैन । विगतमा हाम्रा सुरक्षा अंगहरूले परिवर्तनलाई आत्मसात गर्ने र त्यसलाई संस्थागत गर्ने क्रममा दिएको सकारात्मक योगदानलाई हामी भुल्न सक्दैनौँ । सबैका सकारात्मक योगदानलाई आत्मसात गर्दै र नकारात्मक पक्षहरूबाट पाठ सिक्दै अगाडि बढ्नु नै इतिहासको गतिलाई सही रूपमा पक्रिनु हो, समयको मागलाई सम्बोधन गर्नु हो ।
विश्वका सामु स्थापित नेपालीहरूको शान्तिपि्रय छविलाई हामी पुनःस्थापित गर्न चाहन्छौँ । आज यहाँ हाम्रा विदेशी मित्रहरू पनि हाम्रा सामु हुनुहुन्छ । मैले माथि पनि चर्चा गरेँ- हामीलाई सारा विश्वले हेरिरहेको छ । जनताको शान्तिको आकांक्षालाई साकार पार्न र हाम्रा मित्रहरूको शुभेच्छालाई कायम राख्न हामीले छिटोभन्दा छिटो शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउनैपर्दछ । यस अवसरमा म यस कुरामा विशेष जोड दिन चाहन्छु ।
मित्रहरू, शान्ति प्रक्रिया सम्पन्न गर्दै तीतो-पिरो विगतलाई इतिहासका पानामा सीमित गर्नका लागि हामीले सहमति गरेका सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता पारिएकाहरूको खोजी गर्ने सम्बन्धी आयोग जस्ता कतिपय संयन्त्रहरू अझैँ बन्न सकेका छैनन् । द्वन्द्वका घाउहरूमा पूर्ण रूपमा मलहम पट्टी लगाउन अझै बाँकी छ । खाटा बसिसकेका घाउहरूमा कुनै थप चोटपटक नलागोस् भन्नेतर्फ हामी सबै सजग हुन जरुरी छ । यही कुरालाई ध्यानमा राखेर हामीले बारम्बार शान्तिप्रक्रियाको शीघ्र पूर्णतामा जोड दिँदै आएका छौँ । यस महत्वपूर्ण काममा राष्ट्रिय एकता र सहमति कायम गर्दै गन्तव्यतर्फ अग्रसर होऔँ भन्ने हाम्रो आग्रह छ । हालै एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको सहमति तथा विशेष समितिमा भएका निर्णयहरूले शान्तिप्रक्रियालाई उपलब्धिको दिशातर्फ उन्मुख गराएको छ भन्ने मलाई विश्वास छ । यस प्रक्रियामा खेलेको सकारात्मक भूमिकाका लागि म एकीकृत नेकपा (माओवादी) का अध्यक्ष कमरेड प्रचण्ड र अन्य माओवादी नेताहरूलाई धन्यवाद दिन चाहन्छु ।
हामीले अझै लामो बाटो हिँड्नु छ । चुनौतीहरूको सामना गर्दै विगतका सम्झौता र सहमतिलाई इमानदारीका साथ कार्यान्वयन गर्न सक्यौँ भने हामी निश्चय नै छिट्टै शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन सफल हुनेछौँ । हामी त्रासदीपूर्ण विगत दोहोर्याउन चाहँदैनौँ । हामी चाहन्छौँ- कुनै पनि कारणले मुलुक पुनः द्वन्द्वमा नफर्कियोस्, जनताले शान्तिको सास फेर्न पाऊन्, राजनीतिक स्थायित्व होस् र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्न सकियोस् । यस अभियानका हामी प्रत्येक उत्तिकै सक्रिय सदस्य हौँ, हामी सबैको उत्तिकै जिम्मेवारी छ ।
नेपाली जनताले लोकतन्त्र, मानवअधिकार, बहुदलीय शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीति, कानुनी शासन जस्ता राजनीतिक आदर्शका लागि गरेको त्याग र बलिदानलाई उच्च मूल्याङ्कन गर्दै तिनको संरक्षण एवम् सम्बर्द्धनका लागि आ-आपनो ठाउँबाट योगदान गर्नुपर्ने आवश्यकता छ ।
हाम्रो देश र यहाँका जनता अब द्वन्द्व तथा कुनै पनि किसिमको हिंसात्मक क्रियाकलापलाई थेग्नसक्ने अवस्थामा छैनन् । त्यसकारण हामी सबैले विवादको वार्ताद्वारा समाधान खोज्ने र शान्तिपूर्ण विधिसम्मत प्रतिस्पर्धाद्वारा राजनीतिमा आपनो स्थान कायम गर्ने मान्यतालाई आत्मसात् गरेका छौँ । आजको सभ्य विश्वले अवलम्बन गरेको बाटो पनि त्यही हो ।
नेपाल सरकार माओवादी सेनाका लडाकुहरूको समायोजन र पुनःस्थापनाको कार्य यथाशीघ्र सम्पन्न होस् भन्ने चाहन्छ । आमजनताको चाहना र देशको आवश्यकता पनि यही हो । शिविरमा रहेका माओवादी सेनाका लडाकुहरू स्वयम् पनि अनिश्चित भविष्यको पर्खाइमा लामो समयसम्म रहन चाहँदैनन् भन्ने मलाई लाग्दछ । उनीहरूका लागि पनि सुनिश्चित भविष्यका साथ आफ्नो श्रम र सीप देश, जनता र लोकतन्त्रका लागि समर्पित गर्न सुखद् हुन्छ होला भन्ने कुरा सहजै बुझ्न सकिन्छ । हामी नेपालको अन्तरिम सँविधान, २०६३ को धारा १४६ र १४७ तथा हालै विशेष समितिमा सहमतिका साथ पारित भएको माओवादी सेनाका लडाकुहरूको रेखदेख, नियन्त्रण र निर्देशन प्रक्रिया र आचारसँहितासम्बन्धी निर्देशिका अनुरूप आवश्यक कार्य अगाडि बढाइरहेका छौँ । अनुगमनका लागि आवश्यक कर्मचारीहरूको व्यवस्था गर्ने तथा समायोजन र पुनःस्थापनाका सम्बन्धमा उठेका प्रश्नहरूको लोकतन्त्र र राष्ट्रिय हितका मूल्य-मान्यतालाई ध्यानमा राखी निराकरण गर्नुपर्छ भन्ने मेरो धारणा छ । समायोजन र पुनःस्थापनाको काममा सम्बन्धित सबैको सुझबुझपूर्ण सहयोग तथा सकारात्मक भूमिका अपरिहार्य छ भन्ने कुरामा म विशेष जोड दिन चाहन्छु । अत्यन्त कठीन र चुनौतीपूर्ण घडीमा पनि धैर्यका साथ शान्ति प्रक्रियालाई जोगाउने र अघि बढाउने कार्यमा योगदान पुर्याउने सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु ।
अब उप्रान्त माओवादी सेनाका लडाकुहरू विधिवत् रूपमा विशेष समितिको मातहतमा आउनुभएको छ । तपाईंहरूको रेखदेख, नियन्त्रण र निर्देशनलगायतका आवश्यक काम विशेष समितिले गर्नेछ । यस प्रयोजनका लागि विशेष समिति अन्तर्गत सचिवालयको गठन भइसकेको छ । अब सम्पूर्ण सुपरिवेक्षण, समायोजन र पुनःस्थापनाका कार्यलाई सहमतिका साथ गठन गरिएका वा गरिने संयन्त्र वा टोलीहरू जिम्मेवारीका साथ पूरा गर्ने काममा लाग्नेछन् । संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) ले गर्दै आएको काम समेत विशेष समितिले गर्ने गरी सबै व्यवस्था भइसकेको छ ।
हाम्रा आगामी प्रयत्नहरू शान्तिप्रक्रियाका बाँकी कामहरू सम्पन्न गर्दै संविधान लेखन र देशको आर्थिक समृद्धिका लागि केन्दि्रत हुनेछन् । हामीले दिगो शान्ति, राजनीतिक स्थायित्व र सामाजिक-आर्थिक रूपान्तरणका निम्ति इमानदारीका साथ हातेमालो गर्दै अघि बढ्नुपर्दछ । नेपाल राष्ट्र र नेपाली जनताको हितका लागि यसरी अघि बढ्नुबाहेक हामीसँग अरु कुनै उपाय छैन । यस कार्यमा दत्तचित्त भएर सकारात्मक योगदान पुर्याउन सबैलाई हार्दिक आग्रह गर्दै शिविरहरूमा रहनुभएका माओवादी सेनाका लडाकुहरू विशेष समितिको मातहतमा आएकोमा सबैप्रति शुभकामना व्यक्त गर्दछु ।
एक राज्यमा दुई सेनाः प्रचण्ड
आज हाम्रो देश एउटा गम्भीर राजनीतिक मोडबाट गुजि्ररहेको छ । नेपाली जनताले आमूल परिवर्तनको माध्यमबाट नयाँ नेपालको निर्माण हुने आशा एवम् विश्वासका साथ दस वर्षको महान् जनयुद्ध एवं १९ दिनको ऐतिहासिक संयुक्त जनआन्दोलनमा सक्रिय सहभागी भएका थिए । जनताको त्यो त्याग र बलिदानको फलस्वरूप नेपालको २ सय ४० वर्षदेखि शासन गर्दै आएको राजतन्त्र समाप्त भएर गणतन्त्रको स्थापना भएको छ । यस अवसरमा म आफ्नो प्राणको आहूती दिने ती महान् सहिदहरूप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता पारिएका योद्धा घाइते अपांगहरूप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु ।
आज नेपाली जनताले निरंकुश राजतन्त्रबाट जुन मुक्ति प्राप्त गरेका छन् त्यो प्राप्त गर्नमा तपाईंहरूको अत्यन्त ठूलो भूमिका रहेको छ । क्रान्तिकारी आन्दोलनमा जसरी तपाईंहरूले महत्त्वपूर्ण भूमिका निभाउनुभयो, विगत चार वर्षदेखि जारी शान्तिप्रक्रियामा पनि तपाईहरू त्यतिकै धैर्य, साहस र अनुशासनका साथ आफ्नो जिम्मेवारी निभाइरहनुभएको छ ।
हाम्रो देश यतिखेर संक्रमणकालीन राजनीतिक अवस्थाको अन्तिम चरणमा आइपुगेको छ । शान्तिसम्झौता र अन्तरिम संविधानको व्यवस्थाअनुसार समायोजन र पुनस्र्थापना नहुँदासम्म यहाँ वस्तुतः एक राज्य दुई सेनाको स्थिति रहेको छ । हामी समायोजन र पुनस्र्थापना गरी एउटा सबल राष्ट्रिय सुरक्षा शक्ति निर्माण गर्न चाहन्छौँ । यो राष्ट्रको ऐतिहासिक आवश्यकता हो । यो उद्देश्यलाई पूरा गर्नका लागि हामी यतिखेर सेना समायोजन र पुनस्र्थापनाको कामलाई अघि बढाइरहेका छौँ । यो प्रक्रियालाई अन्तर्राष्ट्रिय समर्थनसहित सहज रूपमा अघि बढाइ शान्तिप्रक्रियालाई समेत सार्थक निष्कर्षमा पुर्याउने उद्देश्यका लागि हामीले सहमतिद्वारा पाँचबुँदे संयुक्तपत्र पठाइ संयुक्त राष्ट्रसंघलाई त्यस्तो शान्ति मिसन पठाई सहयोग गर्न अनुरोध गर्यौँ । तर, जुन कार्यभार पूरा गर्नका लागि अनमिनलाई हामीले आमन्त्रित गरेका थियौँ, सो पूरा नहुँदै केही दिनअघि मात्र अनमिन र्फकने स्थिति बन्यो । यसले निश्चित रूपमा केही आशंकाहरू जन्मेका र समस्याहरू देखिएका थिए । तथापि हाम्रो पार्टी आफ्नोतर्फबाट समग्र शान्तिप्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेकै कारण सरकारसँग नयाँ सहमतिसहित आज यो समारोहसम्म आइपुगेका छौँ ।
शान्तिप्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउने, सबल राष्ट्रिय सुरक्षाका लागि सेना समायोजन र पुनस्र्थापनालाई सही ढंगले अघि बढाउने, संविधानसभाबाट जनआकांक्षाअनुसार नयाँ संविधान बनाई नयाँ नेपालको निर्माण गर्ने चाहना पूरा हुने होइनन् कि भन्ने आशंका पनि जनतामा छ । नेपालको इतिहासको पछिल्लो चरणमा संविधानसभाको आयोजनाको निमित्त हाम्रो धेरै रगत, पसिना बगेको छ । जनसंविधान बनाउनकै लागि हामीले संविधानसभाका लागि यति धेरै त्याग र बलिदान गरेका थियौँ । संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने हाम्रो प्रतिबद्धताप्रति हामी दृढ छौँ ।
यसप्रकार, शान्ति र संविधान निर्माणका साथै स्वाधीनताको रक्षाको अर्को चुनौती पनि हाम्रो अगाडि उपस्थित छन् । आम नेपाली जनता, सच्चा देशभक्त र गणतन्त्रवादी शक्तिहरूको एकताबाट यी सबै चुनौतीको सामना गर्न सकिने कुरामा हामी विश्वस्त छौँ ।
नेपालको अन्तरिम संविधान २०६३ को धारा १४६ र १४७, विस्तृत शान्तिसम्झौता २०६३ र हतियार र सेना व्यवस्थापनको अनुगमन सम्झौता २०६३ प्रति प्रतिबद्ध रही हामी जनमुक्ति सेनालाई विशेष समितिअन्तर्गत राख्न तयार रही आएको कुरा स्पष्ट नै छ । हामै्र नेतृत्वमा गणतन्त्र नेपालको पहिलो निर्वाचित सरकार बनेकै समयमा सामान्यतः यो घोषणा भएको थियो । परिवर्तित परिस्थितिमा त्यसलाई व्यावहारिक रूप दिनका लागि आज यो विशेष समारोहको आयोजना गरिएको छ । सेना समायोजन र पुनस्र्थापनाका थुप्रै कामहरू सम्पन्न गर्न अझ बाँकी नै छन् । नेपालका सम्पूर्ण राजनीतिक दलहरू, आम नेपाली जनता, जनमुक्ति सेना, नेपाली सेनालगायत समग्र सुरक्षा निकायहरू, सबैको प्रयासबाट उपरोक्त जिम्मेवारी पूरा गर्न सकिने कुरामा हामी विश्वस्त छौँ ।
नेपालको शान्तिप्रक्रिया र संविधान निर्माण प्रक्रियामा सहयोग पुर्याउने सबै राजनीतिक दलहरू, संघसंस्थाहरू, संयुक्त राष्ट्रसंघ, अनमिन, मित्र राष्ट्रहरू सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु । शान्ति, संविधान र संमृद्ध नयाँ नेपाल निर्माणको हामी सबैको चाहना पूरा होस् भन्ने शुभकामनासहित आफ्नो मन्तव्य अन्त्य गर्दछु । धन्यवाद ।