केही सातायता राजधानीलगायत देशैभरि तापक्रम वृद्धि हुदै गएको छ । यससगै मानिसलाई काम गर्न जागर नआउने, शरीर सुख्खा हुने, टाउको दुख्ने, हातखुट्टा बाउडिने, मांसपेशी दुख्नेजस्ता समस्या देखिन थालेको छ । गर्मीको सुरुआतसगै अस्पताल तथा स्वास्थ्यसंस्थामा यस्ता समस्या लिएर आउनेको सङ्ख्या पनि वृद्धि भइरहेको चिकित्सकहरू बताउछन् ।
गर्मीसगै शरीरमा पानीको मात्रा कम हुदै जानुलाई डिहाइड्रेसन भनिने चिकित्सकहरू बताउ छन् । अहिले यो समस्या बढ्दै गएको वीर अस्पतालका वरिष्ठ चिकित्सक डा. भूपेन्द्र बस्नेतले बताए । उनका अनुसार यसका कारण खान मन नलाग्ने, टाउको दुख्ने, वाकवाक लाग्ने, बेहोस हुने, कमजोर हुने, अचानक रिगटा लाग्ने, मांसपेशी, हातखुट्टा बाउडिनेजस्ता समस्या आउछन् । ‘तापक्रमका कारण मानिसको शरीरबाट पानीको मात्रा धेरै बाहिरिन्छ’, डा. बस्नेतले भने, ‘आवश्यक पानीको मात्रा नहुदा शरीरका कोष सुख्खा हुदै जान्छन्, आखा गाडिदै जाने, जलवियोजन भएर मानिस बेहोस हुने पनि हुन सक्छ । मानिसलाई पेट तथा पाचनप्रणालीसम्बन्धी समस्याले पनि अत्यधिक सताउन सक्ने उनले बताए ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार गर्मीको तातोसगै धेरैमा डिहाइड्रेसन समस्या सुरु हुन्छ । यस्तो अवस्थामा स्वास्थ्यको बिशेष ख्याल राख्नु जरुरी छ । सङ्गठनले डिहाइड्रेसनबाट बच्न प्रशस्त मात्रामा पानी पिउन सुझाएको छ । ‘स्वस्थ रहन मानिसले प्रशस्त मात्रामा स्वच्छ पानी पिउनुपर्छ’, सङ्गठनले आङ्खनो अध्ययन प्रतिवेदनमा भनेको छ– ‘दैनिक चार लिटर शुद्ध पानी पिउने बानी बसाल्न सके पाचनसम्बन्धी अधिकांश रोगबाट मुक्त हुन सकिन्छ भने शरीरका अन्य अङ्गमा हुने समस्याबाट पनि बच्न सकिन्छ ।’ चिकित्सकहरूका अनुसार आवश्यक मात्रामा पानी नपिउदा मस्तिष्क खुम्चिन थाल्छ र शरीरमा समस्या उत्पन्न हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले गरेको अनुसन्धानले पनि शरीरमा पानीको कमी हुदा मस्तिष्कको कामकाजमा असर गर्ने पत्ता लगाएको छ । ‘पानीको कमीका कारण्ँ मस्तिष्कले सूचना बुझ्न र त्यसअनुसारको प्रतिक्रिया दिनसमेत बढी समय लगाउछ र समस्या उत्पन्न गराउछ’ सङ्गठनले गरेको अनुसन्धानमा उल्लेख छ ।
धेरैजसो मानिस शरीरलाई चाहिने पर्याप्त पानी पिउदैनन् र यस्ता समस्यामा पर्ने गर्छन् । श्वासप्रश्वास, काम गर्दा, हिडडुल गर्दा, पसिना, पिसाबलगायत माध्यमले मानिसको शरीरबाट पानी बाहिरिने गर्छ । डा. बस्नेतका अनुसार पानी पिइरहनुपर्छ भन्ने ज्ञान भएकाहरूले पनि हेलचेक्र्याइ“ गर्ने गरेका छन् । ‘दिनभरि कार्यालय वा घरमा काम गर्दा अधिकांश मानिस प्यास नलाग्दासम्म पानी नै पिउ“दैनन् । खाना खाने बेला मात्र पानी पिउने पनि धेरै छन्’, डा. बस्नेतले भने– ‘यसले मानिसमा जलवियोजन भई पेट, आन्द्रा, मिर्गौलासम्बन्धी तथा अन्य गम्भीर समस्या आउने गरेका छन् ।’ उनका अनुसार डिहाइड्रेसनले मानिसमा धेरै रोग निम्त्याउने भएकाले प्रशस्त मात्रामा पानी पिउनु नै उत्तम छ । पानी धेरै भएका फलफूल काक्रा, खरबुजा, भुइकटहर, मुला खानु राम्रो हुन्छ । ‘गर्मीमा आउटडोर एक्टिभिटिज धेरै हुन्छ,’ डा. बस्नेतले भने, ‘जसका कारण पानी बाहिरिदा मान्छेमा पखाला लाग्ने तथा उल्टी हुने समस्या पनि बढी देखिन्छ ।’
चिकित्सकहरूका अनुसार अत्यधिक गर्मीमा बस्नेले तिर्खा लागेपछि मात्र पानी पिउला भनेर बस्नुहुदैन । तिर्खा लाग्दासम्म शरीरको पानी पूरै सिद्धिसकेको हुने भएकाले समय–समयमा पानी पिइराख्नुपर्छ । गर्मीमा जुसलगायत तरल पदार्थ प्रशस्त मात्रामा पिउनु पनि उत्तम हुने चिकित्सकहरू सुझाउ छन् ।
डिहाइड्रेसनबाट बच्न
– घामबाट जोगिने
– शीतलबाट हिड्ने र छाता ओढ्ने
– पानी तथा झोल पदार्थ प्रशस्त पिउने
– चिया, कफी र अल्कोहल नखाने
– सकेसम्म मौसमी फलफूल र तरकारी मात्र खाने
– बढी चिल्लो, पिरो र नुनिलो खाना नखाने
– बासी खाना नखाने
– चिसोपानीले नुहाउने
– समय–समयमा निधार र घाटीमा चिसो कपडा राख्ने
– खाना खान रुचि नभए जबरजस्ती नखाने
– यातायातमा उभिएर र कोचिएर यात्रा नगर्ने
– शरीर सुख्खा भयो भने चिकित्सककको सल्लाह लिने
– घरमा जीवनजल अनिवार्य रूपमा राख्ने
– पातलो, खुकुलो र हावा छिर्ने खालको कपडा लगाउने
Tuesday, March 27, 2012
आयो गर्मी फैलियो डिहाइड्रेसन
Monday, March 26, 2012
धुलो र गर्मी, जोखिममा आँखा
गर्मी मौसम सुरु भइसकेको छ । काठमाडौँका सडकहरू धुलाम्मे छन् । हावाहुरीका कारण धुवाँ अनि धुलो आँखाभित्र छिरेर तिरीखिरी खेलाउँछन् । यही मौसममा तपाईं कतै आँखाको समस्याबाट पीडित हुनुभएको त छैन ? डिल सुन्निने, चिलाउने र चिप्रा लाग्ने तथा आँखा रातो हुने समस्या यो मौसममा देखिन सक्छन् । चैत महिनामा चल्ने हावाहुरीले बढाउने प्रदूषण र तापक्रममा आएको वृद्धिले आँखा पाक्ने समस्या निम्त्याइरहेको चिकित्सकले बताएका छन् ।
बिपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्र, शिक्षण अस्पतालका चिकित्सक डा आनन्दकुमार शर्माका अनुसार यति बेला एलर्जिक कन्जन्टिवाइटिसका बिरामी निकै बढिरहेका छन् । एलर्जिक कन्जन्टिवाइटिस भनेको आँखाको सबैभन्दा बाहिरी पत्र सुन्निनु र बिस्तारै पाक्दै जानु हो । आँखा पाक्ने समस्या भाइरस, ब्याक्टेरिया वा एलर्जीको कारणले हुन्छ । कन्जन्टिवाइटिसचाहिँ सौन्दर्य प्रसाधन, अत्तर, औषधि, धुलो, धुवाँ र प्रदूषणले गर्दा हुन सक्छ ।
‘उपत्यकामा उसै त प्रदूषण छ, झन् अहिले सडक फराकिलो बनाउँदा भत्काइएका बाटो पुनर्निर्माण नहुँदा अत्यधिक धुलो उड्ने गरेको छ’, डा.शर्माले भने, ‘धुलोमा आँखालाई असर गर्ने कण हुने भएकाले बिरामीको सङ्ख्या बढिरहेको छ ।’ उनका अनुसार धेरैजसो मोटरसाइकल चालक यसबाट पीडित छन् ।
त्यसो त आँखा पाक्ने रोग जुनसुकै समयमा पनि लाग्न सक्छ तर हावाहुरी चल्ने समयमा यो जोखिम झनै बढ्छ । डा.शर्माले गर्मी महिनामा पानीको माध्यमबाट भाइरस तथा ब्याक्टेरियाको सङ्क्रमण जताततै बढ्ने सम्भावना रहेकाले बढी सतर्कता अपनाउनुपर्ने बताए । भने– ‘महिला तथा बालबालिका र मोटरसाइकल चढ्ने मानिसलाई सङ्क्रमणको सम्भावना तीव्र रहेकाले यो वर्गले खास सतर्कता अपनाउनुपर्छ ।’
रोग लाग्नुभन्दा पहिला आँखा चिलाउने, आँसु आइरहने र आँखा रातो हुने लक्षण देखापर्छ । लक्षण देखिनासाथ उपचार गरे थप समस्याबाट बच्न सकिन्छ । ‘औषधि पसलमा गएर जथाभाबी औषधिचाहिँ हाल्न हुँदैन’, डा. शर्माले सचेत गराए । रातो हुने, दुख्ने तथा चिप्रा लाग्दैमा मात्रै आँखा पाकेको भन्न नमिल्ने उनले बताए । ‘अरू कारणले पनि यस्तो लक्षण देखिएको हुन सक्छ । विभिन्न कारणले पाक्ने भएकाले सबै अवस्थामा एकै खालको औषधि काम लाग्दैन’, उनले भने– ‘ब्याक्टेरिया, भाइरस, एलर्जी तथा फङ्गसका कारणले पाकेको आँखाको उपचारमा छुट्टै औषधि चाहिन्छ, जुन औषधि पसलेलाई थाहा हुँदैन ।’ औषधि पसलेले सबैलाई एकैखालको औषधि दिने गरेका कारण आँखामा झन् ठूलो समस्या निम्तिने उनले देखेका छन् । ‘लामो समयसम्म कडा खालको औषधि प्रयोग भइरहेको छ र वास्तविक उपचार गरिएको रहेनछ भने आँखाको ज्योतिसमेत गुम्न सक्ने खतरा हुन्छ’ –उनले भने
कारण
चिकित्सकका अनुसार आँखा विभिन्न कारणले पाक्छ । बढीजसो चाहिँ धुलो, धुवाँ, प्रदूषण, दूषित पानी तथा सरसफाइको कमी, भाइरस, ब्याक्टेरिया र फङ्गसका कारणले नै हो । यसबाहेक गलत औषधिको प्रयोग, रासायनिक पदार्थसँगको संसर्ग, विषालु कीराको टोकाइ तथा सौन्दर्य प्रसाधन, अत्तर र अन्य औषधिको साइड इफेक्ट पनि अन्य कारण हुन सक्छन् । डा शर्माका अनुसार भाइरस वा ब्याक्टेरियाबाट हुने यो रोग एकजनालाई हुनासाथ पूरा परिवारमा फैलिने जोखिम अत्यधिक हुन्छ । त्यसैले यस्ता बिरामीले सार्वजनिक स्थल, भिडभाड, विद्यालय, कलेज तथा मानिसको जमघटमा नजानु राम्रो हुन्छ । एलर्जीबाट हुने सङ्क्रमणमा भने यो सम्भावना कम हुन्छ ।
सतर्कता
सरसफाइको कमी तथा प्रदूषण र दूषित पानीका कारण आँखा पाक्ने भएकाले व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ । धुलो, धुवाँबाट आउनासाथ सफा पानीले आँखा पखाल्नुपर्छ । आँखा बिझाउने, रातो हुने, आँसु आउने, कचेरा निस्किने, आँखाको कोस सुन्निने, उज्यालोमा हेर्न अप्ठ्यारो हुने र सामान्य ज्वरोसमेत आउने लक्षण देख्नासाथ चिकित्सककामा गइहाल्नुपर्छ ।
पाकेका बेला चिलायो भन्दैमा आँखा माड्न हुँदैन । यस बेला सफा रुमालको प्रयोग गर्नुपर्ने, कालो चस्मा लगाउनुपर्ने डा. शर्माले बताए । ‘यो मौसममा विशेष गरी मोटरसाइकल चढ्नेले भाइजर चस्मा अनिवार्य लगाउनुपर्छ, सकेसम्म धुलो–धुवाँ हुने ठाउँमा जानु हुँदैन । जानै परे आँखा जोगाउने उपाय गरेर मात्र जानुपर्छ’ –उनले भने ।