Pages

Wednesday, February 15, 2012

विदेशमा एमबिबीएस पढ्न नेपालको प्रवेश परीक्षा पास गर्नैपर्ने

साउन ४ -विदेशमा एमबिबिएस अध्ययन गर्न चाहने विद्यार्थीले अब नेपालका विश्वविद्यालय वा शिक्षामन्त्रालयले लिएको प्रवेश परीक्षा अनिवार्य पास गर्नुपर्ने भएको छ। निजी खर्चमा विदेशबाट एमबिबिएस गरेर फर्केका अधिकांश विद्यार्थी नेपाल मेडिकल काउन्सिलले लिने 'लाइसेन्सिङ' (अभ्यास अनुमति पत्र) परीक्षामा अत्यधिक फेल हुन थालेपछि सरकारले यो नियम लागू गरेको हो। काउन्सिलले लिने परीक्षामा फेल भएकामध्ये ९५ प्रतिशत विदेशमा एमबिबिएस पढेर आएका छन्। विदेश पढेर आएकामध्ये ८० प्रतिशत डाक्टर काउन्सिलको लाइसेन्सिङ परीक्षामा एकभन्दा बढी पटक फेल भएका छन्। काउन्सिलले गत वर्ष सार्वजनिक गरेको तथ्यांकअनुसार ७ सयभन्दा बढी विद्यार्थी मेडिसिन अध्ययनका लागि विदेश जान्छन्। काउन्सिलका अनुसार पछिल्लोपटक सरकारले विदेशमा मेडिसिन पढ्न जान चाहने विद्यार्थीहरुका लागि 'प्लस टु' विज्ञानमा कम्तीमा ५० प्रतिशत ल्याए हुने प्रावधान बनाएको छ। त्यस्ता विद्यार्थीलाई नेपाल मेडिकल काउन्सिलले योग्य भएको प्रमाणपत्र र त्यसैका आधारमा शिक्षा मन्त्रालयले 'नो अब्जेक्सन' पत्र दिँदै आएको छ। मेडिकल कलेजबारे अध्ययन गर्न गत वर्ष गठित समितिलाई नेपाल मेडिकल काउन्सिलले दिएको सुझावको आधारमा मन्त्रिपरिषद्ले विदेशमा पढ्न जान चाहने विद्यार्थीले नेपालमा प्रवेश परीक्षा पास गर्नैपर्ने नियम पारित गर्ने तयारी गरेको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ। नयाँ नियम लागू भएपछि विदेश पढ्न जान त्रिभुवन वा काठमाडौ विश्वविद्यालय, शिक्षा मन्त्रालयले लिएको एमबिबिएस प्रवेश परीक्षा पास हुनैपर्छ। अहिले त्रिवि, केयु, बिपी स्वास्थ्य विज्ञान धरान र पाटन अस्पतालमा एमबिबिएस अध्ययन गर्न सम्बन्धित कलेजकै प्रवेश परीक्षा पास गर्नुपर्छ। नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. दामोदर गजुरेलले विदेशमा पढेर आउने डाक्टरहरू अझै दक्ष हुन् भन्न यस्तो व्यवस्था गर्न लागेको बताए। उनले भने, 'यसअघिका प्रावधानले गुणस्तरको न्यूनतम मापदण्ड कायम गर्न सकेन, काउन्सिलको लाइसेन्सिङ परीक्षाको परिणामले पनि यसको पुष्टि गरेको छ।' गत चैतमा काउन्सिलले लिएको लाइसेन्सिङ परीक्षामा १ हजार ३६ जना सहभागीमध्ये ४ सय १४ फेल भएका थिए, जसमध्ये ३ सय ९५ विदेश पढेका तथा १९ जना मात्र नेपालका मेडिकल कलेज पढेका थिए। बाहिरबाट पढेर आएका चिकित्सकको गुणस्तर मापन गर्ने एक मात्र आधार लाइसेन्सिङ परीक्षा हो। चिकित्साशास्त्रको पाठ्यक्रममा ७० प्रतिशत सैद्धान्तिक ज्ञान विश्वभर एउटै भए पनि ३० प्रतिशत चाहिँ देशअनुसार फरक-फरक हुन्छ। विदेशमा पढेर आएका नेपाली विद्यार्थीले यहाँको स्वास्थ्य अवस्था, आर्थिक, समाजिक र वातावरणीय पक्षबारे जानकारी नराख्ने हुनाले बढी फेल हुने गरेको काउन्सिल अधिकारीहरूको भनाइ छ। काउन्सिलका पूर्व अध्यक्ष डा. सोमनाथ अर्यालले पछिल्ला दिनमा नेपालका मेडिकल कलेजको तुलनामा विदेशमा पढेर आएका डाक्टर निकै कमजोर देखिएकाले गुणस्तर ध्यान दिनुपर्ने अवस्था आएको बताए। उनले भने, 'विदेशमा भाषाका कारण बिरामीसँग दोहोरो संवाद हुन नपाउने भएकाले विद्यार्थी प्रयोगात्मक सिकाइबाट वञ्चित हुने गरेका छन्।' विदेशको भाषा सिकी त्यहीँका मानिससँग घुलमिल गरेर अध्ययन गरेका विदेशी चिकित्सक भने दक्ष रहेका जानकारहरुको भनाइ छ। पछिल्लो समयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी छात्रवृत्ति वा शुल्क तिरेर नेपालमै पढ्ने गरेका छन्। नेपालमा एमबिबीएस पढ्न नपाएका विद्यार्थी शुल्क तिरेर एमबिबीएस अध्ययनका लागि चीन, बंगलादेश, भारतलगायत मुलुक जाने गरेका छन्। तीन वर्षअघि काउन्सिलले विदेशमा मेडिकल पढ्न जाने विद्यार्थीका लागि योग्यता प्रमाणपत्र दिने नियम बनाएको थियो। नेपालमा अहिले एमबिबिएसको १ हजार ८ सय ६६ तथा बिडिएसको करिब २ सय सिट छ। ३ सय १८ जना नेपाली विद्यार्थीले एमबिबिएसमा छात्रवृत्ति पाउँछन्। २०६७ चैतमा भएको लाइसेन्सिङ परीक्षाको नतिजा देश सहभागी विद्यार्थी उत्तीर्ण अनुत्तीर्ण अर्मेनिया १० ७ ३ बंगलादेश १५ ७ ८ बेलारुस २ १ १ चीन ५९१ २५२ ३३९ भारत १४ १२ २ कजाकिस्तान १ १ ० किग्रिज रिपब्लिक ६ २ ४ मोल्डोभान २ ० २ पाकिस्तान १२ १० २ फिलिपिन्स ८ ३ ५ रसिया २७ १२ १५
स्रोतः नेपाल मेडिकल काउन्सिल

'अस्वस्थ परिवर्तनले मधुमेह'


image

डा. ज्योति भट्टराईमधुमेह तथा हर्मोन रोग विशेषज्ञ
मानव शरीरको रगतमा आवश्यकताभन्दा बढी चिनी अथवा ग्लुकोज जम्मा हुँदा देखापर्ने रोगलाई मधुमेह भनिन्छ । यसलाई चिनीरोग पनि भनिन्छ । यो रोगबारे धेरैले सुनेका छन् तर थोरैले मात्र बुझेका छन् । 'मधुमेहका लागि आजै काम थालौँ' भन्ने नाराका साथ सोमबार नेपाललगायत विश्वभरि मधुमेह दिवस मनाइएको छ । मधुमेह रोगबारे मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा. ज्योति भट्टराईको विश्लेषण उनकै शब्दमा :\


मानव शरीरको रगतमा आवश्यकताभन्दा बढी चिनी अथवा ग्लुकोज जम्मा हुँदा देखापर्ने रोगलाई मधुमेह भनिन्छ । यसलाई चिनीरोग पनि भन्ने गरिन्छ । यो रोगबारे धेरैले सुनेका छन् तर थोरैले मात्र बुझेका छन् । मानव शरीरभित्र चिनी पचाएर ऊर्जामा बदल्ने काम इन्सुलिनले गर्छ । इन्सुलिनको अभाव भएर शरीरमा चिनी नपच्ने र पिसाबबाट चिनी बाहिर निस्कने रोग चिनीरोग वा मधुमेहको नामबाट परिचित हुन पुगेको छ ।

मधुमेह शरीर गल्ने दीर्घरोग हो । एकपटक लागेपछि यो रोगबाट छुटकारा पाउन असाध्यै गाह्रो छ । यद्यपि यसप्रति सचेत हुनसके सामान्य जीवन बिताउन सकिन्छ । हामीले खाएको धेरैजसो खाना ग्लुकोजमा परिवर्तन भएर शरीरलाई शक्ति दिने काम गर्छ । इन्सुलिनले हामीले खाएका कुराबाट प्राप्त ग्लुकोजलाई कोशमा प्रवेश गराउन चाबीको काम गर्छ, तर ग्लुकोज कोशमा प्रवेश गर्न नपाए शरीरमा समस्या हुन्छ । त्यसबाट देखापर्ने समस्यालाई मधुमेह भनिन्छ ।
चिकित्साशास्त्रमा डाइबिटिजलाई दुई भागमा वर्गीकरण्ा गरिएको छ । शरीरमा इन्सुलिनको उत्पादन नै नहुने 'टाइप वान डाइबिटिज' हो । यस्तो समस्या बालबालिकामा हुने गर्छ । त्यस्तै, उत्पादित इन्सुलिनले काम नगर्ने समस्यालाई 'टाइप टु डाइबिटिज' भनिन्छ । डाइबिटिज भएपछि जिन्दगीभरि इन्सुलिन लगाउनुपर्ने हुन्छ । इन्सुलिनसँगै खाना पनि दिनुपर्ने र खाना नखाइदिए बच्चा बेहोस हुनेलगायतका समस्या हुन्छन् । बिरामीलाई इन्सुलिन नियमित नदिए बिरामीको मृत्यु हुन सक्छ । त्यसैले टाइप वान डाइबिटिज भएका बालबालिकालाई हरेक दिन दुईपटक इन्जेक्सनमार्फत इन्सुलिन दिनुपर्छ । डाइबिटिज भएपछि जीवनभरि औषधि प्रयोग गर्नुपर्छ । र, त्यो पनि मुखबाट खाने होइन, इन्जेक्सनमार्फत लगाउनुपर्छ । लामो समय डाइबिटिज हुँदा आँखा, किड्नी र नसामा असर गर्न सक्छ । खुट्टाको नसामा असर गरेर खुट्टै काट्नुपर्ने अवस्थासमेत आउन सक्ने हुन्छ । त्यसैले डाइबिटिजका बिरामीले पिसाबबाट प्रोटिन लिक भएको छ कि छैन परीक्षण्ा गराउँदै गर्नुपर्छ । पिसाबबाट प्रोटिन लिक भए कालान्तरमा किड्नीले काम नै नगर्ने हुन्छ । विश्वमै किड्नी फेल हुने मुख्य कारण्ा डाइबिटिज हो । पश्चिमा मुलुकमा कमाउने, खाने उमेरमै मान्छे अन्धो हुने मुख्य कारण्ा पनि डाइबिटिज हो । डाइबिटिजले रगतको नसामा असर गर्छ, आँखामा पनि असर गर्छ ।

डाइबिटिज भएको मान्छेको रगतमा कोलेस्ट्रोल जम्छ, जसका कारण्ा नसाबाट रगत बग्न सक्दैन, खुट्टामा रगत सञ्चार नभएपछि सामान्य चोटपटक लागे पनि घाउ बढ्दै गएर निको नहुने र खुट्टा नै काट्नुपर्ने अवस्थासमेत आउँछ ।

डाइबिटिजले स्नायुप्रण्ाालीमा समेत असर गर्छ । डाइबिटिजले निम्त्याउने समस्याको मूल्य चर्को हुने हुँदा रोग लाग्नुअघि नै सचेत हुन आवश्यक छ । डाइबिटिज भइसकेको भए चिकित्सकको सल्लाहअनुसार औषधि सेवन नियमित गर्नु, पिसाबबाट प्रोटिन लिक भएको छ कि छैन परीक्षण्ा गराउनु र रगतमा चिनी तथा कोलेस्ट्रोलको मात्रा नियमित जाँच्नुपर्छ । आँखाको नियमित परीक्षण्ा गराउनुपर्छ ।

खानपानमा ध्यान पुर्‍याउन सके, नियमित व्यायाम गर्ने, चुरोट, रक्सी नखाने, धेरै चिल्लो, रेस्टुरेन्टको खाना तथा तारेको खाना नखाए डाइबिटिजबाट धेरै हदसम्म बच्न सकिन्छ । मधुमेह भएकाको शरीरमा पहिल्यै चिनी हुने हुँदा थप गुलियो खाँदा समस्या बढ्छ । त्यसैले चिकित्सकको सल्लाहमा नियन्त्रित मात्रामा मात्र गुलियो खानुपर्छ । केही वर्ष अघिसम्म बूढाबूढी तथा धनीको रोगका रूपमा चिनिएको मधुमेह रोग अहिले बालबालिका तथा युवा-युवतीमा पनि देखापर्न थालेको छ । भर्खर जन्मिएका बच्चादेखि बूढाबूढी सबैलाई यो रोगले समाउन थालेको छ । आधुनिक सभ्यता, औद्योगीकरण्ा, व्यापारिक प्रतिस्पर्धा, उच्च आकांक्षा आदिका कारण्ा आजका मानिसको जीवनशैलीमा ठूलो परिवर्तन आएको छ । मानिसको जीवनशैलीमा आएको यस्तो अस्वस्थकर परिवर्तनले गर्दा अहिले मधुमेह रोगले विश्वका हरेक मानिसमा चिन्ता थपेको छ ।

मोटोपना, शारीरिक निष्त्रिmयता, असन्तुलित खानपान, मानसिक तनावलगायतका कारणले अहिले मानिसमा मधुमेहको संक्रमण धमाधम देखापर्न थालेको छ । अन्तर्राष्ट्रिय मधुमेह महासंघका अनुसार अहिले विश्वभर करिब २५ करोडभन्दा बढी मधुमेहका रोगी छन् । यो संख्या सन् २०२५ सम्ममा बढ्दै गएर ३८ करोड पुग्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष विश्वमा करिब ७० लाख नयाँ मधुमेहका रोगी थपिँदै गइरहेका छन् भने ३० लाख मानिस प्रतिवर्ष मधुमेहसम्बद्ध रोगका कारण्ा मर्ने गरेका छन् । नेपालमा पनि कुल जनसंख्याको झन्डै २५ प्रतिशतमा मधुमेह रोग रहेको तथ्यांक आइरहेको छ ।

मानिसको बढ्दो व्यस्तता र जीवनशैलीमा आएको परिवर्तनका कारण नेपालका सहरबजारमा यो रोग अत्यधिक मात्रामा रहेको र यसको वृद्धिदर पनि दैनिक रूपमा बढिरहेको छ । त्यसकारण सरकारले अब तत्काल यो रोगको नियन्त्रणका लागि आवश्यक कदम चाल्नुपर्छ । नसर्ने रोगहरूमा यो रोगका लागि छुट्टै कार्यक्रम बनाएर नियन्त्रणतर्फ जानुपर्छ । विकसित राष्ट्रहरूको खानपिनमा आएको परिवर्तनका कारण पाको मानिसका रूपमा परिचित मधुमेह बिस्तारै युवा वर्गमा सर्दै जानु भनेको ठूलो समस्या आउनु हो । हाम्रोजस्ता विकासोन्मुख देशहरूमा यो रोग महामारीका रूपमा फैलँदै छ । अहिले नै यो रोगबारे सचेत नहुने हो भने भोलिका दिनमा हरेक घरमा यो रोगका बिरामी फेलापर्ने छन् । यो रोग अहिले स-साना बालबालिकामा पनि धेरै मात्रामा देखिन थालेको छ ।

बढी पिसाब लाग्नु, छाला सुक्खा हुनु, पिसाबमा कमिला लाग्नु, खाना धेरै रुच्नु, दुब्लाउँदै जानु, श्वास फेर्न गाह्रो हुनु डाइबिटिजका लक्षण्ा हुन् । बच्चा त कहिलेकाहीँ बेहोसै पनि हुन सक्छन् । डाइबिटिज वंशाण्ाुगत कारण्ाले पनि हुने गर्छ । परिवारमा कसैलाई छ भने उनीहरूको बच्चामा डाइबिटिज हुने वा दाजुदिदीमा समस्या भए अन्य दाजुभाइ तथा दिदीबहिनीमा हुने सम्भावना उच्च हुन्छ । पेटमा बोसो जम्मा भएको मान्छेलाई डाइबिटिज हुने सम्भावना बढी हुन्छ । मुख सुक्ने, भोक लाग्ने, पिसाब बढी लाग्ने, पिसाबमा कमिला आउने, हातगोडा पोल्ने, झमझम गर्ने निदाउने, रगतमा सुगर बढी भए आँखा धमिलो देख्न थाल्छ, छाला सुक्खा हुने टाढाको कुरा नचिन्ने सुगर बढी भएको लक्षण्ा हुन् । त्यस्तै, शरीरमा पानीको मात्रा कम भएर मान्छे लर्बराउन पनि थाल्छ । बेसुरमा कुरा गर्न थाल्छ । तनावले पनि डाइबिटिज बढाउँछ । तर, तनावले डाइबिटिज निम्त्याउने नभई भएको डाइबिटिज बढाउने हो ।


मधुमेहका लक्षण
अत्यधिक भोक लाग्नु, पिसाब लाग्नु, हातखुट्टा झमझमाउनु, पोल्नु, तिर्खा लाग्नु, मुख सुक्नु, शरीरमा रगत कम हुनु, मुख फुल्नु, आँखावरिपरि फुल्नु, आँखाको ज्योतिमा कमी आउनु, छाला धेरै सुक्खा हुनु, कहिलेकाहीँ एक्कासि केहीबेरका लागि आँखा नदेख्नु, रक्तनलीहरू साँघुरिनु, हातखुट्टाका औंला बाउँडिनु, पिँडौला धेरै दुख्नु, लामो समय थकाइ अथवा कमजोरी महसुस हुनु, घाउहरू अथवा रोगहरू चाँडै निको नुहुनु, विनाकारण्ा दुब्लाउँदै जानु, यौनक्षमता घट्नु आदि डाइबिटिजका लक्षण्ा हुन् ।

यी खाना नखाऊँ
मधुमेह लागेकाहरूले चिनी, मिठाई, आँप, अंगुर, भुइँकटहर, आइसक्रिम, केक खानुहुँदैन । त्यस्तै कोक, फ्यान्टा, प|mुट जुसजस्ता गुलिया पेयपदार्थ खान हुँदैन । तेलघ्यूमा तारेको पुरी, पुलाउ, समोसा, आलुचप आदि पनि खान हुँदैन ।

थोरै मात्रामा खाँदा हु पदार्थहरू
चामल, गहुँ, मकै, चिउराजस्ता अन्नहरू थोरै मात्रामा खान हुने पदार्थहरू हुन् । त्यस्तै चिनी नभएको पाउरोटी, बिस्कुट, चाउचाउ, तेल, घ्यू, आलु, पिँडालु, मधुमेह रोगीका लागि भनी बनाइएका 'डाइट' खाद्यपदार्थहरू पनि थोरै मात्रामा खाए हुन्छ । यसैगरी चना, रहर, केराउ, भटमास, मुगी, मासजस्ता गेडागुडीहरू, दूध र यसबाट बनेका पदार्थहरू, मेवा, मौसम, स्याउजस्ता फलफूलहरू, मासु, माछा, अण्डा आदि साधारण्ा मात्रामा खान हुन्छ ।

धेरै खानुपर्ने पदार्थहरू
हरियो तरकारी र सागसब्जी तथा काँक्रो, गोलभेंडा, गाँजर, मूला आदिको सलाद अन्य खानाको तुलनामा धेरै खानुपर्छ ।

प्रस्तुतिः प्रवीण ढकाल
dhakalprabin@gmail.com

स्वास्थ्यमन्त्रीले फाइल अड्काए

image

सुर्तीजन्य पदार्थको बट्टामा चेतावनीमूलक चित्र राख्ने निर्देशिका तयार

निर्देशिकामा चुरोट, बिँडी, खैनी, सुर्ती, गुट्खालगायतका सुर्तीजन्य पदार्थको बट्टाको विभिन्न भागमा ७५ प्रतिशतले फोक्सो, मुख र घाँटीका क्यान्सर भएका र मृत बच्चाको चित्र राख्नुपर्ने व्यवस्था

प्रवीण ढकाल

नयाँ पत्रिका

काठमाडौं, २ कात्तिक

चुरोट तथा सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी, पार्सल र प्याकेजिङको ७५ प्रतिशत भागमा यसको सेवनबाट हुने घातक असरको चेतावनीमूलक रंगिन चित्रसहितको सन्देश राख्ने निर्देशिकाको मस्यौदा तयार भएको छ । तर, १८ कात्तिकदेखि लागू हुनुपर्ने निर्देशिकाको फाइल स्वास्थ्यमन्त्रीले अड्काएर राखेका छन् ।

मन्त्री महतोले विभिन्न चुरोट तथा सुर्ती उत्पादकसितको मिलेमतोमा निर्देशिकालाई निष्प्रभावी बनाउन फाइल अड्काएर राखेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले बतायो । 'निर्देशिकामा चित्र र सन्देश छनोट गरी पठाइएसकिएको छ,' स्रोतले भन्यो, 'तर निर्देशिका लागू हुने दिन नजिकिसक्दा पनि मन्त्रीले फाइललाई क्याबिनेटमा पठाएका छैनन् ।'

निर्देशिकामा भएको व्यवस्थाका आधारमा सुर्ती तथा चुरोट उत्पादक कम्पनीले बट्टा तथा र्‍यापर्समा चेतावनीमूलक चित्रसहितको सन्देश राख्नुपर्ने हुन्छ । मन्त्रीले फाइल अड्काउँदा १८ गतेबाट सो व्यवस्था लागू हुने सम्भावना न्यून बनेको छ । मन्त्रीनिकटका व्यक्तिले भने महतोकोमा निर्देशिकाको फाइल नआएको दाबी गरेका छन् ।

सुर्तीजन्य पदार्थ -नियन्त्रण र नियमन गर्ने) ऐन ०६८ अनुसार चुरोट तथा सुर्तीजन्य पदार्थको बट्टा तथा प्याकेटमा राख्ने चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका मस्यौदा तयार पारिएको हो । ऐनले चेतावनीका चित्रसहितको सन्देश नभएका चुरोट तथा सुर्तीजन्य वस्तुको बिक्री गर्न नपाइने व्यवस्था गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बालकृष्ण सुवेदीले बताए ।

'कसैले पनि ऐनको दफा ९ को उपदफा -१) बमोजिमको चेेतावनीमूलक सन्देश र चित्र नभएका सुर्तीजन्य पदार्थ कात्तिक १८ गतेदेखि उत्पादन, बिक्री, वितरण र खरिद गर्न पाउने छैन,' प्रवक्ता सुवेदीले भने, 'ऐनविपरीत गरेको पाइएमा त्यस्ता उत्पादक वा व्यक्तिलाई कारबाही हुनेछ ।' उनका अनुसार १८ कात्तिकपछि चेतावनीमूलक सन्देश र चित्र नभएका चुरोट तथा सुर्तीजन्य पदार्थ बजारमा पाइए जफत गरिनेछ ।

२२ साउनदेखि नै लागू भएको सार्वजनिक स्थलमा धूम्रपान गर्न नपाउने व्यवस्थासमेत कार्यान्वयनमा आएको छैन । यसको कार्यान्वयनका लागि निरीक्षकको व्यवस्था गर्न तयार पारिएको नियमावली पनि स्वास्थ्यमन्त्री महतोले अड्काएर राखेको मन्त्रालय स्रोतले जनाएको छ । 'नियमावलीले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुखको अध्यक्षतामा निरीक्षण टोली बनाउने व्यवस्था गरेको छ । तर, नियमावली नै मन्त्रीले अगाडि नबढाउँदा ऐन लागू लामो समयसम्म पनि कसैलाई सजाय भएको छैन,' स्रोतले बतायो ।

के छ मस्यौदा निर्देशिकामा ?

ऐनले व्यवस्था गरेअनुसार मस्यौदा निर्देशिकामा चुरोट तथा बिडीका बट्टा, प्याकेट र र्‍यापर्सको अगाडि र पछाडिको मुख्य भाग, माथिल्लो मुख्य भागमा क्रमशः फोक्सोको क्यान्सर भएको, मृत बच्चा भएको चित्र ७५ प्रतिशत राख्नुपर्ने उल्लेख छ । खैनी, सुर्ती, गुट्खाजस्ता सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट र र्‍यापर्सको अगाडि र पछाडिको ७५ प्रतिशत माथिल्लो मुख्य भागमा मुख र घाँटीको क्यान्सर भएको चित्र राख्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ ।

मन्त्रालयले तयार पारेको मस्यौदाअनुसार उत्पादकले चुरोटको बट्टा, प्याकेट र र्‍यापर्सको अगाडि र पछाडिको मुख्य माथिल्लो भागमा 'धूम्रपान तथा सुर्ती सेवनले फोक्सोको क्यान्सर हुन्छ भन्ने लेख्नुपर्नेछ । सहायक माथिल्लो भागमा 'सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, धूम्रपानले ज्यान लिन्छ' भन्ने सन्देश, सहायक दायाँ भागमा 'धूम्रपानमा नाइट्रोसोमाइन र बेन्जोपाइरिनजस्ता क्यान्सरको कारक तत्वहरू हुन्छन्, धूम्रपान गर्न छाडौँ' भन्ने सन्देश लेख्नुपर्नेछ । सहायक बायाँ भागमा 'धूम्रपानमा हुने निकोटिन, टार, कार्बनमोनोक्साइडले मुटु र फोक्सोको रोग लाग्छ, धूम्रपान गर्न छाडौँ' भन्ने सन्देश राख्नुपर्ने निर्देशिका मन्त्रालयले तयार गरेको छ ।

निर्देशिकाअनुसार सबै सन्देश देवनागरी पि्रती फन्टमा २० प्वाइन्टको आकारमा र सहायक सन्देशहरू १२ प्वाइन्टको आकारमा हुनुपर्नेछ । 'सन्देश लेखिने अक्षरको रंग सेतो हुनेछ,' निर्देशिकामा भनिएको छ, 'त्यस्तै सन्देश लेखिने पृष्ठभूमिको रंग रातो हुनेछ ।'

निर्देशिकामा बिडीको बट्टा, प्याकेट र र्‍यापर्समा पनि रातो पृष्ठभूमिमा सेतो अक्षरमा चेतावनीमूलक सन्देश लेख्नुपर्ने व्यवस्था गरिएको छ । निर्देशिकाअनुसार आयातकार बिडीको बट्टा, प्याकेट र र्‍यापर्सको अगाडि र पछाडिको मुख्य माथिल्लो भागमा 'तपाईंले गरेको धूम्रपान तथा सुर्तीसेवनले कम तौल भएको, अपांग वा मरेको बच्चा जन्मन सक्छ' भन्ने सन्देश लेख्नुपर्ने छ । सहायक माथिल्लो भागमा 'सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, धूम्रपानले ज्यान लिन्छ' सहायक दायाँ भागमा 'धूम्रपानमा हुने निकोटिन, टार, कार्बनमोनोक्साइडले मुटु र फोक्सोको रोग लाग्छ, धूम्रपान गर्न छाडौँ' भन्ने सन्देश छाप्नुपर्ने निर्देशिकामा जनाइएको छ ।

यसैगरी, सोली आकारको बिडीको बट्टा, प्याकेट र र्‍यापर्सको अगाडि र पछाडिको मुख्य माथिल्लो भागमा 'तपाईंले गरेको धूम्रपान तथा सुर्तीसेवनले कम तौल भएको, अपांग वा मरेको बच्चा जन्मन सक्छ' तल्लोे भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, धूम्रपानले ज्यान लिन्छ' भन्ने सन्देश छाप्नुपर्नेछ । निर्देशिकाले सन्देशको अक्षर अगाडि र पछाडिको मुख्य माथिल्लो भागमा १४ प्वाइन्ट र सहायक भागमा १२ प्वाइन्टको आकार हुनुपर्ने व्यवस्था गरेको छ ।

निर्देशिकामा खैनी, सुर्ती, गुट्खाजस्ता सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट र र्‍यापर्सको अगाडि र पछाडिको चेतावनीमूलक चित्रको मुख्य माथिल्लो भागमा 'सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, सुर्तीजन्य पदार्थ सेवनलेे ज्यान लिन्छ' र अगाडि र पछाडिको चेतावनीमूलक चित्रको मुख्य तल्लो भागमा 'सुर्तीजन्य पदार्थ सेवनले मुख तथा घाँटीको क्यान्सर हुन्छ, खैनी सुर्तीसेवन गर्न छाडौँ' भन्ने सन्देश छाप्नुपर्नेछ । गोलाकार खैनी, सुर्ती, गुट्खाजस्ता सुर्तीजन्य पदार्थको बट्टाको बिर्कोकोे मुख्य माथिल्लो बाहिरी भागमा 'सुर्तीजन्य पदार्थ सेवनले मुख तथा घाँटीको क्यान्सर हुन्छ, खैनी सुर्तीसेवन गर्न छाडौँ' भन्ने सन्देश छाप्नुपर्नेछ । बट्टाको अगाडि र पछाडिको मुख्य माथिल्लो भागमा 'सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, सुर्तीजन्य पदार्थ सेवनलेे ज्यान लिन्छ' भन्ने सन्देश र बट्टाकोे अगाडि र पछाडिको चेतावनीमूलक चित्रको मुख्य तल्लो भागमा 'सुर्तीजन्य पदार्थ सेवनले मुख तथा घाँटीको क्यान्सर हुन्छ, खैनी सुर्तीसेवन गर्न छाडौँ' भन्ने सन्देश छाप्नुपर्नेछ । 'सन्देश लेखिने अक्षरको नाम देवनागरी पि्रती फन्ट हुनेछ,' निर्देशिकामा भनिएको छ, 'सन्देश लेखिने अक्षरको आकार अगाडि र पछाडिको मुख्य माथिल्लो भागमा १८ प्वाइन्ट, तल्लो भागमा १२ प्वाइन्ट आकारमा सेतो रंगमा रातो पृष्ठभूमिमा हुनेछ ।'

निर्देशिकाले सुर्तीजन्य पदार्थको प्याकेजिङ, पेटी र पार्सलको अगाडि र पछाडिको मुख्य माथिल्लो भागमा 'धूम्रपान तथा सुर्तीसेवनले फोक्सोको क्यान्सर हुन्छ' भन्ने सन्देश, सहायक माथिल्लो भागमा 'सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, धूम्रपानले ज्यान लिन्छ' भन्ने सन्देश छाप्नुपर्ने पनि व्यवस्था गरेको छ । सहायक दायाँ भागमा 'धूम्रपानमा नाइट्रोसोमाइन र बेन्जोपाइरिनजस्ता क्यान्सरको कारक तत्वहरू हुन्छन्, धूम्रपान गर्न छाडौँ' र सहायक बायाँ भागमा 'धूम्रपानमा हुने निकोटिन, टार, कार्बनमोनोक्साइडले मुटु र फोक्सोको रोग लाग्छ, धूम्रपान गर्न छाडौँ' भन्ने सन्देश छाप्नुपर्ने व्यवस्थासमेत गरिएको छ । निर्देशिकाले यसमा लेखिने अक्षरको आकार अगाडि र पछाडिको मुख्य माथिल्लो भागमा ४० प्वाइन्ट र सहायक भागमा ३० प्वाइन्ट रातो पृष्ठभूमिमा सेतो अक्षरमा हुनुपर्ने व्यवस्था गरेको छ ।

नोटः चुरोट तथा सुर्तीका बट्टामा राखिने चित्र र सन्देशको फोटोहरू छन् ।

क्षयरोगीका लागि आवासीय सुविधासहितको उपचार केन्द्र

पाँचै विकास क्षेत्रमा स्थापना गरिने दुई/दुईवटा केन्द्रमा उपचार गर्ने बिरामीहरूलाई निःशुल्क रूपमा खानेबस्ने सुविधासमेत दिने व्यवस्था सरकारले गर्नेछ
प्रवीण ढकाल काठमाडौं, २२ चैत
सरकारले क्षयरोगका बिरामीको प्रतिरोधी उपचारका लागि देशका १० स्थानमा आवासीय सेवासहित सुरक्षित उपचार केन्द्र सञ्चालनमा ल्याउने भएको छ । क्षयरोगको बहुऔषधि सेवन गरीरहेका जीर्णखालका क्षयरोगीहरूलाई राष्ट्रिय क्षयरोग केन्द्रले ग्लोबल फन्डको आर्थिक सहयोगमा आवासीय उपचार केन्द्रमा राखेर विशेष उपचार सुविधा दिन लागिएको हो ।
त्यस्ता केन्द्रमा उपचार गर्ने बिरामीहरूलाई निःशुल्क रूपमा खानेबस्ने सुविधासमेत दिने व्यवस्था सरकारले गर्नेछ । राष्ट्रिय क्षयरोग केन्द्र तथा सार्क क्षयरोग एवं एचआइभी एड्स केन्द्रका निर्देशक डा. काशीकान्त झाले बहुऔषधि सेवन गर्ने तिरस्कृतहरूको सुरक्षा र हितका लागि देशका १० स्थानमा आवासीय उपचार केन्द्र सञ्चालनमा ल्याउन लागिएको बताए ।
'बहुऔषधि सेवन गरिरहेकाहरूलाई छरछिमेक तथा स्वयं घरमा समेत नराम्रो व्यवहार गर्ने तथा तिरस्कार गर्ने गरेको पाइएको छ,' उनले भने, 'त्यस्ता बिरामीहरूका लागि आवासीय व्यवस्थासहित सुरक्षित उपचार गर्न यस्तो व्यवस्था गर्न लागिएको हो ।'
क्षयरोगको जटिल उपचार गराइरहेका त्यस्ता बिरामीहरूको सुविधाका लागि सरकारले हरेक विकास क्षेत्रमा दुई/दुई वटा आवास गृह स्थापना गर्न लागेको निर्देशक झाले बताए । 'केन्द्रले हरेक क्षेत्रीय कार्यालयलाई दुईवटा आवासीय गृह बनाएर उपचार गर्ने व्यवस्था मिलाउन आवश्यक सहयोग गर्नेछ' उनले नयाँ पत्रिकासित भने 'क्षेत्रले बिरामीको चाप बढी भएको क्षेत्रमा वा औषधिलगायतका उपचार सेवा पुर्‍याउन सहज हुने स्थानमा आवसीय सेवासहितको केन्द्र स्थापना हुनेछ ।' उनका अनुसार बहुऔषधि लिइरहेका क्षयरोगीको संख्या बढी भएको नेपालगन्जमा इन्टरनेसलन नेपाल फेलोसिप नामक संस्थाले आवासीय सेवासहितको उपचार केन्द्र खोलिसकेको छ ।
सन् २०१५ सम्ममा नेपालबाट क्षयरोग उन्मूलन गर्ने विश्व स्वास्थ्य संगठन र सरकारको घोषित नीतिअनुरूप क्षयरोग उपचार पद्धतिलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनका लागि सरकारले यस्तो व्यवस्था गरेको केन्द्रले जनाएको छ । चिकित्सकहरूका अनुसार बहुऔषधि लिनुपर्ने अवस्थाका क्षयरोगी जटिल अवस्थामा हुन्छन् । पहिला सामन्य क्षयरोग लाग्दा समयमा औषधि नलिदा, अन्य गलत औषधि खाँदा, खाइरहेको औषधिलाई बीचमै छाड्दा वा कमजोर गुणस्तरको औषधि खाँदा समस्या जटिल हुने गर्दछ । 'बहुऔषधि लिनुपर्ने बिरामीहरूलाई स्वास्थ्यकर्मी वा चिकित्सकहरूको निगरानिमा समय मिलाएर औषधि दिनुपर्ने हुन्छ' निर्देशक झाले भने 'त्यस्ता बिरामीलाई घरपरिवारमा समेत हेला गर्ने भएकाले आवासीय केन्द्रमा चिकित्सक तथा स्वास्थ्यकर्मीको निगरानिमा उपचार गर्न सरकारले नयाँ व्यवस्था गरेको हो ।'
सरकारी तथ्यांकअनुसार देशभरका ७५ जिल्लाका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य तथा उप-स्वास्थ्य चौकीमा डट्स क्लिनिक सञ्चालनमा ल्याई निःशुल्क औषधि वितरण भइरहेको छ । मुलुकका ४ हजार २ सय २० स्वास्थ्य संस्थामा १ हजार १ सय २२ डट्स उपचार केन्द्र तथा ३ हजार ९८ उपकेन्द्रमा क्षयरोगको औषधि पुगिरहेको छ । ति सम्पूर्ण केन्द्रहरूमा उपचार गर्न आइरहेका बिरामीहरूमध्ये झन्डै तीन प्रतिशतमा जीर्णखालको क्षयरोग देखिएको छ । साथै १५ हजार ४ सय ६८ जनाको खकारमा क्षयरोगको सर्ने खालको किटाणु देखिएको तथ्यांकले देखाएको छ ।

'विस्तारै जीर्णखालका नयाँ क्षयरोगीको संख्यामा वृद्धि भइरहेको छ,' निर्देशक झाले भने 'यदि उनीहरूलाई समयमा नै समुदायबाट छुट्टै स्थानमा लगेर उपचार गरिएन भने थप समस्या उत्पन्न हुनसक्ने भएकाले आवासीय केन्द्रको आवश्यकता परेको हो ।' उनका अनुसार यदि देशभरमा रहेका सम्पूर्ण त्यस्ता बिरामीलाई ति केन्द्रमा ल्याएर उपचार गर्न सक्ने हो भने सन २०१५ सम्ममा नेपालबाट पूर्णरूपमा क्षयरोग उन्मूलन हुनेछ । उनले देशभरमा लगभग दुई सयको हाराहारीमा यस्ता बिरामी रहेको बताए ।

सडक दुर्घटनामा वाषिर्क ६० करोड क्षति

image


प्रवीण ढकाल/नयाँ पत्रिका
काठमाडौं, २ माघ
सडक दुर्घटनाका कारण नेपालमा वाषिर्क ६० करोडभन्दा बढी आर्थिक क्षति हुने गरेको एक अध्ययनले देखाएको छ । सडक दुर्घटनाबाट हुने आर्थिक क्षतिसहित मानवीय क्षति पनि हरेक वर्ष बढ्दै गएको छ ।
स्वास्थ्य मन्त्रालयको अध्ययनअनुसार आर्थिक क्षति मानिसको मृत्युबाहेकको हो । वाषिर्क हुने आर्थिक क्षतिमा दुर्घटनामा घाइते भएकाको उपचार र यातायातका साधनको खर्चसमेत समावेश गरिएको छ । सडक दुर्घटनाका कारण विश्वभर १८ करोड डलर अर्थात् करिब १३ अर्ब ५० करोड रुपैयाँ आर्थिक क्षति हुने गरेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हरेक वर्ष सडक दुर्घटनामा नौ सयले ज्यान गुमाउने र १२ हजार घाइते हुने गरेको प्रहरीको तथ्यांक छ । औसतमा सडक दुर्घटनामा दैनिक तीनजनाको मृत्यु र १० जना घाइते हुने गरेका छन् । सडक दुर्घटनामा मृत्युदर वाषिर्क ५.४१ प्रतिशत र घाइतेदर ६ प्रतिशतले वृद्धि भइरहेको तथ्यांक छ ।
सवारी दुर्घटना वृद्धि भइरहेकाले विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र संघले सवारी दुर्घटनाको संख्यामा कमी एवं क्षति न्यूनीकरणका लागि विश्वभर दशवर्षे सडक सुरक्षा कार्यक्रम एकैपटक सुरु गरेको छ । संयुक्त राष्ट्रसंघीय महासभाले घोषणा गरेको 'सडक सुरक्षा दशक २०११-२०२०' र विश्व स्वास्थ्य संगठनले विश्वभर एकैपटक लागू गरेको थियो । गत वैशाखबाट नेपालमा पनि सडक सुरक्षा दशकको सुरुवात गरिएको छ । तर, सडक दुर्घटनाका घटनामा भने कमी नआएको प्रहरीले जनाएको छ ।
'सडक दुर्घटना नेपालमा उत्पादनशील युवाको मृत्युको पहिलो कारण बनेको छ,' सडक दुर्घटनाबारे अध्ययन गरी तयार पारिएको प्रतिवेदनमा भनिएको छ, 'सन् २००४ मा विश्वमा मानव मृत्युको कारणमध्ये नौ नम्बर स्थानमा रहेको सडक दुर्घटना ऊर्जाशील युवाको मृत्युको पहिलो कारण बनेको छ ।' प्रतिवेदनअनुसार सन् २०३० मा मानव मृत्युको कारणहरूमा सडक दुर्घटना पाँच नम्बर स्थानमा आउने अनुमान पनि गरिएको छ ।
नेपालमा भने मानव मृत्युको कारणमध्ये सडक दुर्घटना चार नम्बर स्थानमा र मानिसलाई अपांग बनाउनेमा तीन नम्बर कारणमा छ । प्रतिवेदनअनुसार अहिलेकै गतिमा जाने हो भने सन् २०२० सम्ममा सडक दुर्घटना नेपालमा मानव मृत्युको तेस्रो कारणमा पर्नेछ ।
सडक दुर्घटनाका कारण हुने मृत्युहरूमध्ये ७० प्रतिशत ऊर्जाशील जनशक्ति हुने गरेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । 'नेपालका १५ देखि ६४ वर्ष उमेरका ७० प्रतिशत ऊर्जाशील मानिसको मृत्युको कारण सडक दुर्घटना बनेको छ,' प्रतिवेदनमा भनिएको छ, 'अन्य देशमा विभिन्न रोग मृत्युका कारण बनेकोमा नेपालमा भने सडक दुर्घटना अग्रस्थानमा आउन लागेको छ ।'
नेपालमा हुने सडक दुर्घटनामध्ये सबैभन्दा बढी दुईपांग्रे साधन मोटरसाइकल, स्कुटर रहेको तथ्यांकले देखाएको छ । 'सडकमा हुने दुर्घटनामध्ये ४० प्रतिशतभन्दा माथि दुईपांग्रे सवारीसाधन पर्ने गर्छ, त्यसपछि मात्र अन्य सवारीसाधन पर्ने गर्छन्,' प्रतिवेदनमा भनिएको छ, 'दुईपांग्रे साधनमा दुर्घटनामा पर्नेमा अधिकांश १५ देखि २५ वर्ष उमेरका युवा छन् ।'
प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयको प्रतिवेदनअनुसार नेपालमा आर्थिक वर्ष ०६६/६७ मा सात हजार चार सय ३७ सवारीसाधन दुर्घटना भएका थिए । ती दुर्घटनामा सबैभन्दा बढी चालकको लापरबाहीका कारण भएको पाइएको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीको प्रतिवेदनअनुसार ०६६/६७ मा भएका कुल दुर्घटनामध्ये चालकको लापरबाहीका कारण दुई हजार तीन सय १५, ओभरटेक गर्दा नौ सय ४७, तीव्र गतिका कारण एक हजार ६ सय दुई, मद्यपान सेवनका कारण पाँच सय पाँच, ओभरलोडका कारण चार सय ८४ दुर्घटना भएको थियो । त्यस्तै, मेसिनरी गडबढीका कारण पाँच सय २३, पैदलयात्रीका कारण एक हजार ११, पशुपक्षीका कारण ३९ र अन्य विविध कारणले ११ वटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।
यातायात व्यवस्था विभागको आर्थिक वर्ष ०६६/०६७ को तथ्यांकअनुसार नेपालमा कुल १० लाख १५ हजार दुई सय ७१ सवारीसाधन छन् । यीमध्ये सबैभन्दा धेरै सात लाख ४४ हजार सात सय २७ दुईपांग्रे साधन हुन् ।

पशु भिटामिन पानी बराबर रहेको पुष्टि

image
बजारमा बिक्री भइरहेको पशु भिटामिन पानीबराबर भएको र नष्ट गर्ने निर्णय


प्रवीण ढकाल/नयाँ पत्रिका
काठमाडौं, २० पुस
नेपाली बजारमा बिक्री भइरहेका पशुको भिटामिन पानीबराबर रहेको सरकारले नै पुष्टि गरेको छ । तर, ती भिटामिन अझै बजारमा खुलेआम बिक्री भइरहेका छन् ।
नयाँ पत्रिकामा ५ मंसिरमा 'पशु भिटामिन पानीबराबर' शीर्षकमा समाचार प्रकाशित भएलगत्तै पशु सेवा विभागले पशु भिटामिनको गुणस्तर जाँच गर्न टोली गठन गरेको थियो । टोलीले नेपाली बजारमा बिक्री भएका दुई भारतीय कम्पनीका भिटामिन पानीबराबर रहेको पुष्टि गरेको हो । ती भिटामिन तत्काल बजारबाट फिर्ता गर्न वा विभागको रोहवरमा नष्ट गर्न सम्बन्धित कम्पनीका डिष्ट्रिब्युटर्सलाई निर्देशन दिइएको छ ।
विभागले निजी क्षेत्रका व्यवसायीको पहलमा केही भारतीय र नेपाली कम्पनीका भिटामिन एवं फिड सप्लिमेन्टको नमुना परीक्षण गरेको थियो । नमुना परीक्षण गरिएका भारतीय कम्पनी नेचुरल हब्स एन्ड फर्मुलेसनको उत्पादन हाइटोन, पिभिएस ल्याब्रोटोरिजको उत्पादन विन स्टे्रेस र भ्याक्सिन प्लस नामक पशु भिटामिन पानीबराबर रहेको भेटिएको हो ।
पशु भिटामिनको गुणस्तर जाँच गर्न गठित फिड सप्लिमेन्ट प्राविधिक समितिले नेचुरल र पिभिएस कम्पनीद्वारा उत्पादित भिटामिन पानीबराबर रहेकाले नेपालमा ती उत्पादन वितरण गर्ने कान्तिपुर भेट डिष्ट्रिब्युटर र बिग बी भेट डिष्ट्रिब्युटरलाई तत्काल बजारबाट ती भिटामिन फिर्ता गर्न वा विभागको रोहवरमा नष्ट गर्न १२ पुसमा निर्देशन दिएको थियो । तर, निर्देशन दिएको एक साता बितिसक्दा पनि ती भिटामिन फिर्ता गरिएको छैन । बजारमा अझै ती भिटामिनको बिक्री भइरहेको विभाग स्रोतले बतायो ।
विभागअन्तर्गतको लाइभस्टक गुण व्यवस्थापन कार्यालयका प्रमुख जितेन्द्रमान थिकेका अनुसार औषधि उत्पादन संघको पहलमा गत मंसिरमा केही भारतीय र नेपाली कम्पनीका उत्पादन नमुना संकलन गरेर छुट्टाछुट्टै मान्यताप्राप्त प्रयोगशालामा परीक्षण गराउँदा भिटामिनको नाममा पानी बिक्री गरिरहेको सावित भएको हो । उनले न्यून गुणस्तरका र कामै नलाग्ने भिटामिन नेपालमा पठाउने ती दुवै कम्पनीको सिफारिस रद्द गरिएको र बजारमा भएका त्यस्ता भिटामिन फिर्ता गर्न सम्बन्धित डिष्ट्रिब्युटरलाई निर्देशन दिइसकेको जानकारी दिए । विभागले पनि कमसल पशु भिटामिन बिक्री-वितरण बन्द गर्न र बजारमा रहेको स्टक नष्ट गर्न निर्देशन दिएको छ ।
विभागको रिपोर्टअनुसार भारतीय कम्पनी पिभिएस ल्याब्रोटोरिजको उत्पादन भ्याक्सिन प्लसमा भिटामिन 'ए'को मात्रा दुई लाख ५० हजार आइयू दाबी गरिएकामा दुई दशमलव ४६ प्रतिशत मात्रै भेटिएको छ । त्यस्तै पिभिएसकै विन स्ट्रेस भिटामिन 'ए' पनि दुई लाख ५० हजार आइयू दाबी गरिएकोमा एक दशमलव ६४ प्रतिशत पाइएको छ ।
अर्को भारतीय कम्पनी नेचुरल हब्सको उत्पादन हाइटोन नामको भिटामिन 'ए'मा पनि दुई लाख ५० हजार आइयू रहेको दाबी गरिएको थियो । तर, परीक्षणमा जम्मा एक दशमलव ३१ प्रतिशत मात्रा भिटामिन रहेको देखिएको छ ।
यसअघि पनि नयाँ पत्रिकाले दुवै कम्पनीको भिटामिनको नेपाल रिसर्च फाउन्डेसन प्रालि -एनआरएफ)मा गरिएको परीक्षणका आधारमा भिटामिन 'ए' र 'ई' पानीबराबर रहेको समाचार प्रकाशित गरेको थियो । एनआरएफमा गरिएको परीक्षणले नेचुरल हब्सको हाइटोन भिटामिन 'ई'को बट्टामा भिटामिन 'ई'को मात्रा १५० एमजी उल्लेख गरिएको भए पनि ल्याब परीक्षणमा भिटामिनको मात्रा शून्य रहेको, नेचुरल हब्सकै उत्पादन हाइटोन भिटामिन 'ए'मा पनि भिटामिनको मात्रा तोकिएकोभन्दा ९३ दशमलव ३७ प्रतिशत कम रहेको थियो । पिभिएस ल्याब्रोटोरिजको विन स्ट्रेस नामको भिटामिन 'ई'मा तोकिएकोभन्दा ९९ दशमलव २६ प्रतिशत कम भिटामिन रहेको, विन स्ट्रेस भिटामिन 'ए'मा पनि तोकिएकोभन्दा ९८ दशमलव ३४ प्रतिशत कम भिटामिन राखिएको परीक्षणमा देखिएको थियो ।
यसैगरी, सोही कम्पनीले उत्पादन गरेको भ्याक्सिन प्लस नामको भिटामिन 'ए' र 'ई'मा पनि भिटामिनको मात्रा निकै कम रहेको परीक्षणले देखाएको थियो । भ्याक्सिन प्लस भिटामिन 'ए'मा तोकिएकोभन्दा ९७ दशमलव ९१ प्रतिशत कम र भिटामिन 'ई'मा तोकिएकोभन्दा ९७ दशमलव ९१ प्रतिशत कम रहेको परीक्षणले देखाएको थियो । विभागले गत महिनामात्र गरेको परीक्षणले पनि ती उत्पादनमा भिटामिनको मात्रा बढीमा पाँच प्रतिशत मात्र रहेको देखाएको छ ।
विभागको परीक्षणमा भारतीय उत्पादन कमसल देखिए पनि नेपाली उत्पादन भने निकै राम्रो देखिएको छ । परीक्षणमा नेपाली कम्पनी मेडिभेट फर्मास्युटिकल्स, क्युमेट, लाइफकेयर र र्फमुलेसनका उत्पादनमा ९७ देखि ९९ प्रतिशतसम्म भिटामिन भेटिएको छ ।
पशुको तौल तथा दूध बढाउन र रोग प्रतिरोध क्षमता बढाउन भारतबाट आयात गरिएका भिटामिनमा समस्या देखिएपछि आयातकर्ताले आफूहरूलाई कम्पनीले ठगिरहेको बताएका छन् । नेचुरल हब्सको उत्पादन बिक्री गर्दै आइरहेका कान्तिपुर भेट डिष्ट्रिब्युटर्सका सञ्चालक तथा नेपाल पशुपक्षी औषधि व्यवसायी संघका प्रथम अध्यक्ष ऋषि बडालले आइएसओ मान्यताप्राप्त कम्पनीको उत्पादन राम्रो नै होला भन्ने लागेकोमा परीक्षणले ठगिएको कुरा देखाएको बताए ।
'नेपालमा आउने पशु भिटामिनको यसअघि कुनै पनि परीक्षण हुने गरेको थिएन । त्यसकारण हामीलाई आइएसओ पाएको कम्पनीले राम्रै औषधि पठाएको होला भन्ने लागेको थियो,' बडालले भने, 'तर, हामी भ्रममा रहेछौँ, हामीलाई त कम्पनीले चिटिङ पो गरिरहेको रहेछ ।' उनले बजारमा गएका पानीबराबरको भिटामिन फिर्ता ल्याउने काम भइरहेको दाबीसमेत गरे ।
नेपाल औषधि उत्पादक संघका केन्द्रीय सदस्य दीपक दाहालले पशु भिटामिनको नाममा किसानलाई वषार्ंैदेखि ठग्दै आएका कम्पनीलाई कारबाही गर्नुपर्ने र आगामी दिनमा भिटामिन आयात सबै किसिमको परीक्षण गरेर मात्र गर्नुपर्ने बताए । 'पानीबराबरका भिटामिन बिक्री गर्नु सरासर ठगी हो,' दाहालले भने । उनका अनुसार नेपाली बजारमा वाषिर्क ९० करोडभन्दा बढी फिड सप्लिमेन्टको कारोबार हुने गरेको छ ।
आइएसओ ९००१ प्राप्त कम्पनीको उत्पादनमा नै समस्या देखिएपछि सरकारले अबदेखि विश्व स्वास्थ्य संगठनको जिएमपी प्रमाणपत्र पाएका कम्पनीलाई आधार मानेर मात्र नेपालमा भिटामिनको आयात गर्न अनुमति दिने भएको छ । साथै, नेपालमा आयात हुने सबै किसिमका भिटामिन तथा फिड सप्लिमेन्टको ल्याब परीक्षण गरेर मात्र आयात गर्नुपर्ने र नेपालमा पनि पुनः परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।
पशु सेवा विभागले मातहतका कार्यालय र भारतीय कम्पनीलाई प्रतिवेदनबारे जानकारी गराइसकेको छ । विभागले भन्सार विभागलाई आगामी दिनमा भारतीय उत्पादन नेपाल भित्र्याउँदा अनिवार्य प्रयोगशाला विश्लेषण गर्नुपर्ने प्रावधानलाई कडाइका साथ लागू गर्न आग्रह गर्ने भएको छ ।

Tuesday, February 14, 2012

किन हुन्छ एलर्जी ?

image

दुईजिउ हुँदा धेरै महिलाको शरीर चिलाउँछ, यौनांग, तल्लोपेट, स्तनवरिपरि एवं अन्य भागमा यो समस्याले सताउँछ । यस्तोमा एलर्जीको औषधिले काम गर्दैन ।

नयाँ पत्रिका

शरीरलाई कुनै चीज नफाप्नु एलर्जी हो । सबैलाई सबै चीज नफाप्ने भन्ने हुँदैन । कसैलाई धुलोले त कसैलाई खानेकुरा या पानीले एलर्जी हुन्छ । कसैलाई भने सिटामोल, ब्रुफिन वा अन्य कुनै औषधिले शरीर चिलाउँछ । कतिपयलाई लुगाबाट पनि एलर्जी भइदिन्छ । कसैलाई झारपात या बोटबिरुवाको एलर्जी हुन्छ भने कतिलाई त लामखुट्टे, भुसुना आदि कीटपतंगको टोकाइले पनि एलर्जी हुने गरेको पाइन्छ । त्यस्तै कसैलाई केरा, मासको दाल अन्डाले पनि एलर्जी गराएको हुन सक्छ । जुनसुकै चीजले, जोकसैलाई एलर्जी गराउन सक्ने बताउँछन् छाला रोग विशेषज्ञ डा. भाष्करमोहन कायस्थ 

पछिल्लो समयमा वातावरणीय प्रदूषण बढ्दो छ । कतिपयलाई यो पनि एलर्जीको समस्या बन्ने गरेको छ । हावापानीकै कारण एलर्जीको समस्या लिएर अस्पताल तथा क्लिनिक धाउने बिरामीको संख्या अचेल बढिरहेको कायस्थ बताउँछन् । खासगरी प्रदूषित पानीका कारण एलर्जी भएर देखाउन आउनेहरू प्रशस्तै रहेको कायस्थको अनुभव छ 

एलर्जी मुख्यतया तीन किसिमका पाइएका छन् । मुखबाट भित्र गएको सास फोक्सोसम्म पुगेको छ र त्यसबाट एलर्जी भएको छ भने त्यस्ता मानिसलाई दम हुने गर्छ । तर, बूढाबूढीलाई हुने दम र एलर्जीका कारण हुने दम भने फरक हुन्छ । 'एलर्जीले सानै उमेरका मानिसलाई पनि दमको समस्या ल्याउँछ,' कायस्थ बताउँछन् । यसप्रकारको एलर्जी हावाबाट हुने एलर्जी हो । त्यस्तै नाकबाट हावा पसेर अर्को प्रकारको एलर्जी हुन्छ । यस्तो एलर्जीलाई 'राइनाइटिस' भनिन्छ । त्यस्तो एलर्जी हुँदा नाक बन्द भइरहने, नाकबाट पानी आइरहने हुन्छ 

कुनै चीज खाँदा पनि कतिपयलाई एलर्जी हुने गर्छ । यस्तो एलर्जी हुँदा खानेकुरा पेटमा पुगेर रगत हुँदै छालामा फैलिएर असर गर्छ । त्यस्तोमा छालामा फोका वा बिबिरा देखिन्छ 

छालामा सीधै स्पर्श भएर पनि एलर्जी हुन्छ । छालाले बोटबिरुवा, लुगा छोएपछि शरीरलाई नफाप्ने हुन्छ । कपालमा रंग लगाउँदा पनि एलर्जी हुन्छ । माटो या सिमेन्टको काम गर्नेलाई पनि एलर्जी हुने गर्छ । कपालमा कालो वा रातो रंग लगाउँदा एलर्जी भएर अस्पताल धाउनेको संख्या पनि उल्लेख्य रहेको चिकित्सक कायस्थको भनाइ छ 

लामो समयसम्म एलर्जी भए कन्याउँदा-कन्याउँदै घाउसमेत हुन सक्छ । अर्को गम्भीर किसिमको एलर्जी भयो भने आगोले पोलेजस्तो फोका उठ्छ र पानी जम्छ । एलर्जी भयो भन्दै धेरै मानिस उपचारका लागि अस्पताल पुग्छन्, तर चिलाउने रोगका सबै कारण एलर्जी मात्र नभएको कायस्थ बताउँछन् । 'छालाको रोगले पनि एलर्जीले जस्तै चिलाउँछ, भित्री रोगले पनि एकदमै चिलाउँछ, तर सबै चिलाउने रोग एलर्जी होइन,' उनले भने 

खानेकुरा, कपडा, बोटबिरुवाको एलर्जी हुँदा औषधि खानुपर्छ । त्यसबाहेक शरीरको भित्री कारणले हुने एलर्जी भने सामान्य एलर्जीको औषधिले निको हुँदैन । जन्डिस हुँदा, कलेजोमा सिरोसिस हुँदा, रक्तअल्पता वा रगत बढी हुनेहरूमा पनि एलर्जी हुन्छ । रगत बढी भएर हुने एलर्जी पोलिसाइथेमिया हो । गर्भवती अवस्थामा पनि एलर्जी हुने चिकित्सकको भनाइ छ । 'दुईजिउ हुँदा धेरै महिलाको शरीर र यौनांग चिलाउँछ,' उनले भने, 'क्यान्सरले पनि चिलाउँछ, ग्लान्डको क्यान्सरले पनि चिलाउँछ, यस्तोमा एलर्जीको औषधिले काम गर्दैन ।'

एलर्जीपछि उपचार गर्नभन्दा जुन-जुन चीजले एलर्जी भइरहेको छ, त्यसबाट बच्नु नै एलर्जीको उपचार हो । त्यसबाहेक धेरै चिलाएको छ भने चिलाउन कम हुने औषधि खानुपर्छ । डाबर आएको छ भने यो कम गर्न औषधि खानुपर्छ । चिकित्सकलाई देखाएर औषधि खानु राम्रो, तर चिकित्सक सहरमा त पुग्दैनन्, गाउँमा त झन् भन्नेबित्तिकै कहाँ भेटिन्छन् ? नपुगेको अवस्थामा चिलाउन कम गर्ने एभिललगायतको औषधि खाएर तत्काललाई चिलाउने समस्या कम गर्न सकिन्छ । त्यति गर्दा पनि निको नभए चिकित्सकलाई देखाउनु राम्रो हुन्छ 

उपचार खोज्नुअघि के कारणले चिलाएको हो, पत्ता लगाउनुपर्ने हुन्छ । किनकि, चिलाउने लक्षणका रोग धेरैथरी हुन्छन् । लुतोले पनि चिलाएको हुन सक्छ । त्यस्तोमा एलर्जी भनेर नचिलाउने औषधि खाएर लुतो त निको हुँदैन, लुतोका कीटाणु पनि मर्दैन, चिलाउनचाहिँ कम हुन्छ । छालाका अन्य रोगले पनि चिलाउने समस्या आउने गर्छ । दाद आउँदा पनि चिलाउँछ, तर यो एलर्जी होइन । कास लाग्दा पनि चिलाउँछ, ढुसी पर्छ । त्यसलाई फङ्गस पनि भनिन्छ । यस्तोमा एलर्जीको औषधि खाएर पुग्दैन, कीरा नै मार्ने औषधि खानुपर्छ 

एलर्जीको उपचार गर्दा सुरुमा त चिलाउन कम गर्ने औषधि खानुपर्छ । त्यसपछि एलर्जी के कारणले भएको हो, त्यसैको औषधि खानुपर्छ । कपालको रंग लगाउनेहरूमा घाँटीतिर फोका उठेर चिलाएको हुन्छ । त्यस्तो भएमा रंग लगाउन छाड्नुपर्छ । सिमेन्टको काम गर्दा एलर्जी भयो भने प्रत्येकचोटि एलर्जी हुँदा औषधि खाइरहन सम्भव हुँदैन । चिकित्सकलाई देखाउन पटक-पटक धाइरहन सम्भव नहुने हुँदा व्यवसाय नै परिवर्तन गर्नु राम्रो हुन्छ 

कस्मेटिक सर्जरीको माग बढ्दो

image

नयाँ पत्रिका

नाक बांगो छ वा ओठ पातलो भएर लिपिस्टिक लगाउँदा पनि कतै केही नपुगेजस्तो लाग्छ तपाईंलाई ? वा स्तन सानो भएर कपडा लगाउँदा पनि सुहाएको छैन कि । स्तन ठूलो भएर झोलिएर घाँटी र गर्धनको दुखाइ पो छ कि ? त्यस्ता समस्या छन् भने पनि अब चिन्ता लिनु नपर्ने बताउँछन् मोडेल अस्पतालका प्लास्टिक सर्जन डा. शंकर राई । ँकस्मेटिक सर्जरी सेवा नेपालमै उपलब्ध छ हामी आफैँले पनि गरिरहेका छौँ,चिकित्सक राई भन्छन् । कस्मेटिक सर्जरीले जवान र निकै राम्रो वा पातलो देखिन सहयोग पुर्‍याउने भएकाले पछिल्लो समयमा यसको माग बढ्दै गएको चिकित्सकको भनाइ छ ।

पहिलो विश्वयुद्धमा अंगभंग भएका सैनिकको मनोभावना उच्च बनाउनका लागि कस्मेटिक सर्जरी सुरु गरिएको यो सेवा पछिल्लो समयमा आफ्नो चाहनाअनुसारको शरीर बनाउन चाहनेका लागि समेत उपलब्ध छ । शल्यक्रियामार्फत आफूले चाहेअनुसारको नाक बनाउन, ओठको साइज घटाउन वा केही ठूलो बनाउन सकिने उनले जानकारी दिए । पछिल्लो समयमा कस्मेटिक सर्जरीको माग बढेको उनी बताउँछन् । अस्पतालमा निःशुल्क गरिने प्लास्टिक सर्जरीको अलावा महिनामा ४० भन्दा बढीले कस्मेटिक सर्जरीसमेत गराउने गरेको उनले जानकारी दिए । ँपछिल्लो समयमा कस्मेटिक सर्जरीको माग बढेको छ । हरेक महिना ४० भन्दा बढीले त सेवा लिइरहेका छन्,उनले भने ।

प्लास्टिक सर्जरीका लागि अस्पताल आउनेमा धेरैजसो स्तन ठूलो भएर सामाजिक रूपमै समस्या भएका महिला र सानो स्तनका कारण आफू आकर्षक भइनँ भन्ने हीन भावना विकास भएका महिला रहेको पनि उनी बताउँछन् । त्यस्तै नाक बनाउन, ओठ सानो वा ठूलो पार्ने र अनुहारमा रहेको दाग हटाउनका लागि सर्जरी गराउनेहरू रहेको पनि उनले जानकारी दिए । कस्मेटिक सर्जरीका लागि अस्पताल आउनेमा ओठ पातलो भएर लिपिस्टिकलगायतका सौन्दर्य सामग्री लगाउन नसुहाएका महिलाको संख्या पनि उल्लेख्य रहेको चिकित्सक बताउँछन् । त्यस्तै, कसैको ओठ निकै भद्दा पनि हुन सक्छ । त्यस्तो समस्याको समाधान पनि कस्मेटिक सर्जरीमार्फत गर्न सकिन्छ । त्यसैगरी, अनुहारको चाउरी परेको भाग हटाउन पनि कस्मेटिक सर्जरी गराउन चाहनेको संख्या उल्लेख्य रहेको चिकित्सक बताउँछन् । आफ्नो शरीरका अंग यस्तो हुनुपर्ने भएन भन्ने लागेको छ र पैसा खर्च गर्न सक्ने सामथ्र्य भए चाहेअनुसारको शरीरको अंग बनाउन सकिने चिकित्सक राई बताउँछन् । केही मानिसमा जन्मजातै शरीरको कुनै अंगमा खोट देखिन्छ । जन्मँदै दाग हुनु, अनुहारमा ठूलो कालो कोठी आएको छ भने पनि सामान्य खर्चमा हटाउन सकिन्छ । त्यस्ता समस्या महिलामा भए अझ बढी तनाब दिने गरेको पाइन्छ । उनीहरूलई सजिलै कस्मेटिक सर्जरीमार्फत ती समस्याबाट छुट्कारा दिन सकिन्छ ।

स्तन सानो भएकाहरूले शल्यक्रियामार्फत भित्र बेलुन राखेर पनि ठूलो बनाउन सक्छन् । स्तनभित्र राखिने बेलुन प्लास्टिकबाट बनेको हुन्छ । त्यसलाई सिलिकोन भनिन्छ । स्तनभित्र राखिने सिलिकोन केही महँगो पनि छ । दुईवटालाई करिब डेढ लाख पर्ने चिकित्सक राई बताउँछन् ।

त्यस्तै, कुनै बच्चाको जन्मँदै कान काट्टएिको हुन्छ । दुर्घटनामा परेर पनि गुम्न सक्छ । कानको मासु कुर्कुरे हड्डीबाट बनेको हुँदा शरीरको अन्य भागको कुर्कुरे हड्डी लगेर प्रत्यारोपण गरिन्छ । अन्य भागबाट लगिने कुर्कुरे हड्डीलाई सिलाएर कानको आकारको बनाइने चिकित्सक राईले बताए । तर, प्लास्टिकको कान राखेर बाहिरबाट छालाले छोपेर पनि दुरुस्त पार्न सकिने उनले जानकारी दिए । 'कानजस्तै आकारको प्लास्टिक किन्न पाइन्छ, त्यसलाई माथिबाट छालाले छोपेर पनि कान बनाउँछौँ,' उनले भने । त्यसैगरी, बांगो र नेप्टो नाकका कारण सौन्दर्यमा समस्या भएको महसुस गरेकाहरूले पनि चाहेअनुसारको नाक बनाउन सक्ने चिकित्सक राई बताउँछन् । सो सेवा पनि नेपालमै उपलब्ध रहेको राईले स्पष्ट पारे ।

क्यान्सरका कारण अनुहार शरीरको ठूलो हिस्सा गुमाउन पुगेकाहरूले पनि प्लास्टिक सर्जरीमार्फत अनुहार पहिलेको जस्तै दुरुस्त बनाउन सक्छन् । त्यस्तो ठाउँमा शरीरको अन्य भागको ठूलो अंग झकिेर प्रत्यारोपण गरिन्छ । त्यस्तै, क्यान्सर भएर च्यापुको हड्डी नै फाल्नुपर्ने हुन सक्छ । त्यस्तो भएमा खुट्टा वा अन्य भागको हड्डी ल्याएर टाल्नुपर्छ ।

'हड्डी त्यत्तिकै राखेर बाँच्दैन, हड्डीसँगै नसा पनि ल्याएर सँगैको नसासँग जोड्नुपर्छ,' उनले भने । त्यस्तोलाई माइक्रो सर्जरी भनिन्छ, एउटै सर्जरी आठ/दस घन्टा लाग्ने उनले बताए । सो सर्जरी पनि नेपालमै गरिँदै आएको उनले बताए । दुर्घटनामा परी ठूलो घाउ भए शल्यचिकित्सकले पनि टाल्न सक्दैनन् । त्यस्तोमा प्लास्टिक सर्जरीमार्फत त्यस्तो भागलाई छोप्ने गरिन्छ । सुरुमा सोही प्रयोजनका लागि विकास गरिएको उपचार पद्धति हो, प्लास्टिक सर्जरी । प्लास्टिक सर्जरी सम्बन्धित बिरामीकै शरीरकै अन्य भाग लगेरको तन्तु लगेर जोडिन्छ । प्लास्टिक सर्जरीको अर्थ प्लास्टिक प्रयोग गर्ने भएर नभएको उनले स्पष्ट पारे । तर, कहिलेकाहीँ प्लास्टिक पनि प्रयोग गर्ने गरिएको उनले सुनाए ।

तर, कस्मेटिक वा प्लास्टिक सर्जरी जोखिममुक्त भने छैन । जोखिमविना त कुनै पनि शल्यक्रिया हुँदैन । कस्मेटिक सर्जरीमा दुईथरी जोखिम हुन्छन् । एउटा बेहोस गराउँदाको सर्जरी र अर्को शल्यक्रियाको जोखिम । 'शल्यक्रिया गराउँदा घाउमा संक्रमण हुन सक्छ, ब्लिडिङ हुन सक्छ,' चिकित्सक राईले भने, 'तर ज्यानै जाने किसिमको खतरा हुँदैन ।' तर बेहोस बनाउँदा -एनेस्थेसिया) को खतरा शल्यक्रियाको भन्दा पनि जोखिमपूर्ण हुने उनले बताए । एनेस्थेसियाले ज्यानै पनि जान सक्छ ।

पछिल्ल्ो समयमा काठमाडौं मोडल अस्पतालमा नाक, ओठ मिलाउनेहरू धेरै आइरहेका उनले बताए । 'स्तन ठूलो बनाउनेहरू पनि आइरहेका छन्,' उनले भने, 'तर ठूलोभन्दा पनि सानो बनाउने धेरै आएका छन् ।' धेरै ठूलो स्तन हुँदा सोसियल 'इम्ब्यारेस' हुन्छ । घाँटी र गर्धन दुख्ने समस्या पनि हुन्छ । अप्रेसनमार्फत सानो बनाइन्छ । सानो बनाउँदा केही दाग पनि हुन्छन् । ती दागलाई चिकित्सकले छोपिदिन्छन् । स्तन ज्यादै ठूलो भएर समस्यामा परेकी एक महिलाको स्तनबाट तीन किलो बोसो निकालिएको चिकित्सक राईले बताए । 'हामीले एकापट्टकिो साढे एक किलोसम्मको मासु निकालेका छौँ, दुई साइडको गर्दा झन्डै तीन किलो निकालेका छौँ,' उनले भने । तर, काठमाडौं मोडेल अस्पतालमा उपलब्ध प्लास्टिक सर्जरी सेवा मुख्य गरी अंगभंग भएका तालु काटिएका र खुँडेका लागि केन्दि्रत रहेको पनि उनले स्पष्ट पारे । त्यस्ताको उपचार मोडेल अस्पतालमा निःशुल्क उपलब्ध छ ।

प्लास्टिक सर्जरी गराउन शरीरमा एसिड परेर आउनेहरू पनि छन्, जसमा महिलाको संख्या बढी रहेको पनि उनले बताए । विशेषतः तराईका जिल्लामा दाइजोका कारण जिउँदै जलाउने र एसिड छर्कने घटना धेरै हुन्छन् । अनुहारै जलेकाहरूलाई शरीरको अन्य भागबाट मासु लगेर ट्रान्सप्लान्ट गर्नुपर्छ । कुनै अंगसँग गुनासो पालेर नबस्न उनको सुझाब छ । त्यस्तै, खुइलिएको तालुमा कपाल रोप्ने सर्जरी पनि गरिन्छ ।