हरेक मानिसले सधैँ युवा रहिरहन चाहे पनि उमेर बढ्दै जाँदा त्यसको असर शरीरमा देखिन थाल्छ। उमेर बढेपछि छाला चाउरिन थाल्छ। आन्तरिक र बाह्रय दुई कारणले छालामा चाउरी पर्छ। वंशानुगत, छालाको रङ, कोषिकाहरू नष्ट हुँदै जानु आदि छाला चाउरिनुका आन्तरिक कारण हुन्। यी कारण परिवर्तनशील हुँदैनन्।
वंशानुगत विविधताले मानिसको अनुहार तथा बाह्य स्वरूपमा फरक पर्न जान्छ। कोही वंशानुगत रूपमै छिटो बूढो हुन्छन्। गोरो छाला, रातो कपाल र नीलो आँखा हुनेमा खैरो र कालो छाला हुनेभन्दा कम मेलानिन तत्व हुन्छ र ऊ व्यक्ति छिटो बूढो हुन्छ। रङ बनाउने मेलानिनको कमीले घामका हानिकारक तत्वबाट छालालाई बचाउन गार्होऊ हुन्छ।
छालामा चाउरी पर्नमा सूर्यको किरण ७० प्रतिशत जिम्मेवार हुन्छ। यसबाहेक चुरोट तथा रक्सीको सेवन, प्रदूषित वातावरण, अत्यधिक मोटोपना, धेरै खाने बानी, पौष्टिक आहार तथा व्यायामको कमी, मधुमेह, रक्तचाप, थाइरायड, पानीको कमी, मानसिक तनाव वा चिन्ता आदि छाला चाउरिनका बाहरी कारण हुन्।
घाममा हुने विभिन्न किरणमध्ये अल्ट्राभोयलेट किरणले प्रत्यक्ष र अप्रत्यक्ष रूपबाट छालालाई हानि पुर्यामउँछ। अल्ट्राभोयलेट–ए र अल्ट्राभोयलेट–बी किरणका कारण चाउरी पर्छ। अल्ट्राभोयलेट–एले छालाको दोस्रो पत्रलाई पातलो बनाउँछ। यस तहको कोल्याजन घरको जग भनेझैँ छालाको प्रमुख आधार हो। कोल्याजन घट्दै गएपछि छाला झोलिने र लचिलो हुन्छ, चमक गुम्छ। छालाका लागि बिहान र साँझको घाम पनि उत्तिकै हानिकारक हुन सक्छ।
चाउरीपना, पहेँलोपना, पोतो, चाया, छाला लचिलो हुने, साना रक्तनली देखापर्ने, सुख्खापन, दाग, चमक घट्ने र कपाल फुल्ने हुन्छ। लामो समय घामको असरले क्यान्सरको खतरा हुन सक्छ।
छालामा छिटो चाउरी पर्न नदिन सनस्त्रि्कनको अहं भूमिका हुन्छ। दिनहुँ तीनदेखि चारपटकसम्म सनस्त्रि्कनको सही मात्रामा प्रयोग गर्नाले घामको असरबाट ९७ प्रतिशतसम्म बच्न सकिन्छ। एकपटक प्रयोग गरेको आधा चम्चा सनस्त्रि्कनले २–३ घण्टा काम गर्ने हुँदा ८ बजे, ११ बजे, २ बजे र बजार निस्कनु परेमा ४–५ बजेसमेत लगाउनु राम्रो हो। सनस्त्रि्कन किन्दा एसपीएफ (सन प्रोटेक्सन फ्याक्टर) हेर्नु उचित हुन्छ। नेपाली छालामा एसपीएफ ४० सम्म उपयुक्त हुन्छ। पौडी खेल्दा २० देखि ४० मिनेटसम्म एकपटक लगाएको वाटर रेसिस्टेन्ट सनस्त्रि्कनले काम गर्छ। यसबाहेक टोपीको प्रयोग, चस्मा र मास्कले छालाको बचाउ गर्न सकिन्छ। हरियो सागपात तथा फलफूल खाने र प्रशस्त पानी पिउनाले छाला छिटो चाउरिदैन। छालाको हेरचाह गर्नुपर्छ र समयअनुसार म्वाइस्चराइजरको प्रयोग गर्नुपर्छ।
चाउरीको उपचार
१. पिलिङ–रसायनको माध्यमबाट गरिने यस उपचारले छालाको काँचुली फेर्न सहयोग गर्छ। चाउरी तथा पोतोमा यसको विशेष भूमिका छ। यो महिनाको एकपटक गरिन्छ र त्यति महँगो हुँदैन।
२. लेजर– कृत्रिम किरणको सहायताले कोल्याजन बनाउँने क्रम बढाइन्छ।
३. मल्हम– विभिन्न मल्हमले केही हदसम्म काम चाउरीपनालाई कम गर्छ। तर असर देखिँदैन। असर देखिनका लागि १–२ वर्ष नियमित प्रयोग गर्नुपर्ने हुन सक्छ। यद्यपि मल्हमले पिलिङ या लेजरजति काम गर्दैनन्।
४. बोटोक्स– आँखा वरपर र निधारको चाउरी घटाउन बोटुलिनम टक्सिन नामक इन्जेक्सन प्रयोग गरिन्छ। यसबाट छाला खुम्चिने बन्द हुन्छ। यो तीनदेखि छ महिनामा सुईको माध्यमबाट दिनुपर्छ। एक खालको ब्याक्टेरियाको टक्सिनबाट निर्मित यो इन्जेक्सन नेपालमा पाइन्छ। तर राम्रोसँग नलगाएमा यसबाट आँखा टोसिस हुने, मुख बांगिने र कसै–कसैलाई सम्पूर्ण जिउ नै प्यारालाइसिस हुने सम्भावना हुन्छ।
५. फिलर– कोल्याजनजस्तै कृत्रिम रसायन सुईबाट लचिलो छालामा राखिन्छ। यसले छालालाई पहिलेकै अवस्थामा ल्याउँछ र छ महिनादेखि दुई वर्षसम्म काम गर्छ।
६. प्लास्टिक सर्जरी– यसबाट आँखाको रूप नै सच्याउन सकिन्छ।
७. लाइपोसक्सन – यसअन्तर्गत शरीरको बोसो काटिन्छ।
No comments:
Post a Comment