Pages

Thursday, October 20, 2011

राजधानीमा रगत अभाव

प्रवीण ढकाल
image

रगत अभावकै कारण राजधानीका धेरैजसो अस्पतालमा नियमित अपरेसनसमेत प्रभावित भएको रक्तसञ्चार केन्द्रका कर्मचारीले बताएका छन्

नयाँ पत्रिका

काठमाडौं, २३ असोज

बिरामीलाई आवश्यक रगत जुनसुकै वेला उपलब्ध गराउने केन्द्रीय रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ । रगत अभावका कारण राजधानीका विभिन्न अस्पतालमा ल्याइएका बिरामीको उपचारमा समेत असर परेको छ ।

रगत अभावकै कारण राजधानीका धेरैजसो अस्पतालमा नियमित अपरेसनसमेत प्रभावित भएको रक्तसञ्चार केन्द्रका कर्मचारीले बताएका छन् । उनीहरूका अनुसार त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, प्रसूति गृहलगायतका अस्पतालमा दसैँ सुरु भएदेखि नै रगतको 'स्टक' सिद्धिएको छ ।

स्रोतका अनुसार रगत अभावका कारण केन्द्रले इमरजेन्सी पर्नेलाई तत्काल दाता खोजेर रगत उपलब्ध गराउने गरेको छ । तर, तत्काल कुनै दुर्घटना वा विपत्ति आइपरेमा भने केन्द्रले रगत उपलब्ध गराउन नसक्ने स्रेतले बतायो ।

'केन्द्रमा रगतको स्टक नै छैन,' स्रोतले भन्यो, 'जसोतसो हारगुहार गरेर दातालाई फकाएर रगत मिलाइरहेका छौँ । यही वेलामा कुनै दुर्घटना वा विपत्ति परेर रगतको आवश्यकता पर्‍यो भने केन्द्रले उपलब्ध गराउन सक्दैन ।'

स्रोतका अनुसार केन्द्रमा दुई महिनाअघिसम्म 'बी पोजेटिभ' समूहको रगत कमी थियो । केही समयअघिसम्म पाइएको 'बी' र 'एबी' पोजेटिभ समूहको रगत तथा अन्य समूहको रगत भण्डारण्ा पर्याप्त छैन । केन्द्रकी निर्देशक डा. मनिता राजकणिर्कारले भने केन्द्रमा रगतको अभाव नभएको दाबी गरिन् । 'दसैँका कारण दैनिक संकलन कम भएकाले रगतको भण्डारणमा केही कमी आएको पक्कै हो,' उनले भनिन्, 'तर रगत नै नभएको अवस्था भने होइन ।'

रक्तसञ्चार केन्द्रका अनुसार राजधानीमा दैनिक दुई सय ५० देखि तीन सय पिन्टसम्म रगतको माग छ । तर केन्द्रमा जम्मा एक सय ५० देखि दुई सय पिन्टसम्म मात्र रगत संकलन हुने गरेको छ । मागको अनुपातमा संकलन न्यून भएकाले बिरामीका आफन्त आफैँले दाता खोजेर रगत ल्याउनुपर्ने बाध्यता रहेको निर्देशक डा. राजकणिर्कारले बताइन् । उनका अनुसार दसैँको समयमा रगत दिने दाताहरू कम हुने तथा दसैँैपछि उपचार गराउन आउने बढी भएकाले पनि यो समयमा सधैँजसो रगतको केही समस्या आउने गरेको छ । स्रोतका अनुसार केन्द्रले संकलन कम भएकाले धेरै मानिसमा पाइने 'ए पोजेटिभ' समूहको रगत पनि उपलब्ध गराउन नसक्ने अवस्थामा पुगिसकेको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले भने राजधानीमा रगतको अभाव भएको बताए । उनका अनुसार केन्द्रमा रगत अभाव भएपछि दसैँदेखि नै अस्पतालमा दाता नै गएर रगत दिइरहेका छन् । 'केन्द्रमा रगत नपाएपछि मानिसले हामी डोनरहरूलाई फोन गर्छन्,' उनले भने, 'हामीले दैनिक दशदेखि १५ जना डोनरलाई खोजेर रगत दिनुपरिरहेको छ ।'

कर्माचार्यका अनुसार राजधानीमा रक्तसञ्चार केन्द्रकै व्यवस्थापकीय कमजोरीका कारण रगतको अभाव देखिएको हो । 'केन्द्रकै व्यवस्थापन राम्रो नभएकाले रगतमा समस्या देखिएको हो,' उनले भने, 'केन्द्रको लापरबाहीका कारण रक्त व्यवस्थापन समिति देखाउने दाँत मात्र भएको छ । त्यसले केही व्यवस्थापन गर्न सकेको छैन ।' उनले केन्द्रले रक्तदानबारे जनचेतना जगाउने खासै काम नगरेको पनि उनको गुनासो थियो ।

१५ प्रकारका औषधि हानिकारक

image

डाबरका एएल ००२० नम्बर ब्याचको प्युसामुग चूर्ण, एएल ००४७ नम्बर ब्याचको अभिपत्तिकर र एल ०५७५ नम्बर ब्याचको लावण भास्कर, वैद्यनाथको १४७ नम्बर ब्याचको अभिपत्तिकर, १ नम्बर ब्याचको चोपचिनियादी, ५ नम्बर ब्याचको अश्वोगान्धी चूर्णमा हानिकारक किटाणु

प्यारेन्टेरल ड्रगको ९ डिइएक्स १२४ ब्याचका इन्जेक्सन रिंगर ल्याक्टेट स्लाइन निर्मलीकरण नगरिएको, डेनिस केम ल्याबको १०१२१६२१ ब्याचको सोडियम क्लोराइड इन्जेक्सन स्लाइनमा बाहिरी पदार्थ, एग्लोमेड लिमिटेडको ६१००५१०१ एक्सडी ब्याचको एग्लुजाइम सिरपमा कालो पदार्थ

क्युरेक्सको पिसिएक्स ०३३ ब्याचको केफडक्स, ५० ड्राइ सिरपमा कालो पदार्थ, लोमसको एटिए ०१९ ब्याचको एटेन ँए’ ट्याब्लेट, जिडीको टिडी १५-१००४ ब्याचको टुसिनोल 'डी’ सिरपमा कालो पदार्थ र सुमी फर्मास्युटिकल्सको हाम्रो सिरप नामको भिटामिन 'बी’ कम्प्लेक्स गुणस्तरहीन

हानिकारक ब्याक्टेरिया र कालो पदार्थसमेत भेटिएका औषधिहरू बजारबाट फिर्ता गरी तत्काल नष्ट गर्न औषधि व्यवस्था विभागद्वारा उत्पादक कम्पनीहरूलाई पत्राचार, नष्ट नगरिए कम्पनी दर्ता खारेज गर्ने चेतावनी

नयाँ पत्रिका

काठमाडौं, १२ असोज

बजारमा खाद्यान्न तथा पेय पदार्थ मात्र नभएर औषधिसमेत मिसावटयुक्त र गुणस्तरहीन भेटिएको छ । बजारमा बिक्री गरिँदै आएका केही औषधिमा मानवस्वास्थ्यमा हानिकारक ब्याक्टेरिया र कालो पदार्थसमेत भेटिएका छन् । भारतीय औषधि उत्पादन कम्पनीका ११ र नेपाली कम्पनीका चार गरी १५ प्रकारका औषधि गुणस्तरहीन र मापदण्डविपरीत भेटिएका हुन् ।

औषधि व्यवस्था विभागले गत आर्थिक वर्षको असार मसान्तसम्ममा गरेको बजार अनुगमनका क्रममा स्लाइन, भिटामिन 'बी' कम्प्लेक्स, उच्च रक्तचापको औषधि, एन्टिबायोटिक, ग्यास्टि्रक, महिलाको तल्लो पेट दुख्दा खाने औषधि गुणस्तरहीन भेटिएका छन् । त्यस्तै, पाचन प्रणाली, छालासम्बन्धी एलर्जी, निद्रा, तनाव कम गर्ने, खोकी, खाना पचाउने तथा मृगौलालगायतका रोगको उपचारमा प्रयोग गरिने औषधि पनि मापदण्डविपरीत, निम्नगुणस्तर पाइएको विभागले जनाएको छ ।

रोग निको पार्न भन्दै बजारमा बेचिएका गुणस्तरहीन औषधि बजारबाट फिर्ता गरी तत्काल नष्ट गर्न निर्देशनसहितको पत्र औषधि व्यवस्था विभागले उत्पादक कम्पनीहरूलाई पठाएको छ । विभागका अनुसार भारतको बहुर्राष्ट्रिय कम्पनी डाबर इन्डिया लिमिटेडको आयुर्वेदिक औषधि र भारतकै श्री वैद्यनाथ प्रालिद्वारा उत्पादित औषधिमा बढी समस्या देखिएको छ । त्यस्तै, नेपालका क्युरेक्स फर्मास्युटिकल्स, लोमस फर्मास्युटिकल्स, जिडी फर्मास्युटिकल्स र सुमी फर्मास्युटिकल्सद्वारा उत्पादित औषधि मिसावटयुक्त भेटिएका छन् ।

विभागले अनुगमनका क्रममा डाबरका तीन र वैद्यनाथका पाँच प्रकारका औषधिमा मानवस्वास्थ्यलाई असर गर्ने ब्याक्टेरिया फेला पारेको छ । भारतकै प्यारेन्टेरल ड्रग इन्डिया, डेनिस केम ल्याब र एग्लुमेड लि. इन्डियाका एक/एक औषधि निम्नगुणस्तर र मिसावटयुक्त भेटिएको विभागले जनाएको छ ।

'बहुराष्ट्रिय भारतीय कम्पनीहरू डाबर इन्डिया र श्री वैद्यनाथ प्रालिले उत्पादन गरेका आयुर्वेदिक औषधि चूर्णमा मानवस्वास्थ्यका लागि हानिकारक ब्याक्टेरिया फेला परेको छ,' विभागका फार्मेसी निरीक्षक श्याम अधिकारीले नयाँ पत्रिकासँग भने, 'त्यस्तै स्लाइन, एन्टिबायोटिक, भिटामिन 'बी' कम्प्लेक्स, खानापचाउने औषधिमा समेत समस्या देखिएको छ ।' उनका अनुसार मापदण्डविपरीत निम्न गुणस्तर र मिसावटयुक्त औषधिलाई तत्काल बजारबाट फिर्ता गरी नष्ट गरेको विवरण विभागमा पठाउन सम्बन्धित उत्पादक कम्पनीलाई पत्र पठाइसकिएको छ ।

विभागले गरेको अनुगमनका क्रममा डाबरका एएल ००२० नम्बर ब्याचको प्युसामुग चूर्ण, एएल ००४७ नम्बर ब्याचको अभिपत्तिकर चूर्ण र एल ०५७५ नम्बर ब्याचको लावण भास्कर चूर्णमा मानवस्वास्थ्यमा हानिकारक किटाणु भेटिएको हो । चिकित्सकहरूका अनुसार प्युसामुग चूर्ण महिलाको तल्लो पेट दुख्दा, अभिपत्तिकर चूर्ण ग्यास्टि्रक र लावनभास्कर पाचनको उपचारका लागि प्रयोग गरिन्छ । त्यसैगरी वैद्यनाथ कम्पनीको पाँच किसिमको चूर्णमा पनि किटाणु देखिएको विभागका औषधि निरीक्षक अधिकारीले बताए ।

निरीक्षक अधिकारीका अनुसार वैद्यनाथको १४७ नम्बर ब्याचको अभिपत्तिकर चूर्ण, १ नम्बर ब्याचको चोपचिनियादी चूर्ण, ५ नम्बर ब्याचको अश्वोगान्धी चूर्ण, १७८ नम्बर ब्याचको सितोपलादी चूर्ण र २१२ नम्बरको त्रिफला चूर्णमा पनि किटाणु पाइएको छ । चिकित्सकका अनुसार वैद्यनाथका अभिपत्ता चूर्ण ग्यास्टि्रक, चोपचिनियादी चूर्ण छालासम्बन्धी एलर्जी, अश्वोगान्धी चूर्ण निद्राका लागि र तनाव कम, सितोपलादी चूर्ण खोकीका लागि र त्रिफला पाचनप्रणालीसहित मृगौलालगायतका रोगको उपचारमा प्रयोग गरिन्छ ।

यसैगरी, प्यारेन्टेरल ड्रगको ९ डिइएक्स १२४ ब्याचका इन्जेक्सन रिंगर ल्याक्टेट स्लाइन निर्मलीकरण नगरिएको, डेनिस केम ल्याबको १०१२१६२१ ब्याचको सोडियम क्लोराइड इन्जेक्सन स्लाइनमा स्वास्थ्यलाई असर गर्ने बाहिरी पदार्थ रहेको र एग्लोमेड लिमिटेडको ६१००५१०१ एक्सडी ब्याचको खाना पचाउने औषधि एग्लुजाइम सिरपमा कालो पदार्थ फेला परेको छ । चिकित्सकका अनुसार निर्मलीकरण नगरेका स्लाइनले बिरामीलाई थप रोगी बनाउने, स्लाइनमा अन्य पदार्थ हुँदा बिरामीमा थप समस्या आउनसक्छ ।

अनुगमनका क्रममा नेापली कम्पनी क्युरेक्सको पिसिएक्स ०३३ ब्याचको केफडक्स, ५० ड्राइ सिरप एन्टिबायोटिकमा कालो पदार्थ, लोमस फर्मास्युटिकल्सको एटिए ०१९ ब्याचको एटेन 'ए' ट्याब्लेट उच्च रक्तचापको औषधिमा मात्रा पूरा नभएको, जिडी फर्मास्युटिकल्सको टिडी १५-१००४ ब्याचको टुसिनोल 'डी' सिरप नामको खोकीको औषधिमा कालो पदार्थ र सुमी फर्मास्युटिकल्सको एचएम-३७ ब्याचको हाम्रो सिरप नामको भिटामिन 'बी' कम्प्लेक्स न्यून गुणस्तरको पाइएको छ । 'बजारमा पाइएका ती औषधिले बिरामीको रोग निको हुनेभन्दा पनि थप इन्फेक्सन हुनेदेखियो,' निरीक्षक अधिकारीले भने, 'त्यसैले ती ब्याचका सबै औषधि फिर्ता गर्न निर्देशन दिएका हौँ ।' उनका अनुसार ती औषधि फिर्ता नगरिए ती उत्पादकको दर्ता लाइसेन्स नै खारेज हुनेछ ।

विभागले बजारमा निरीक्षणका क्रममा डाबर र वैद्यनाथद्वारा उत्पादित औषधिमा मानवस्वास्थ्यलाई हानी गर्ने ब्याक्टेरिया फेला परेपछि गत जेठमा नै औषधि फिर्ता गरी नष्ट गर्न पत्र पठाएको थियो । तर, ती दुवै कम्पनीले अझैसम्म के कति औषधि फिर्ता लगिएको र कति नष्ट गरिएको भन्ने विभागलाई जानकारी दिएको छैन । नियमअनुसार विभागले पत्र पठाएपछि अनिवार्य रूपमा उत्पादकले ती ब्याचका उत्पादन फिर्ता गरिएको परिणामबारे तत्काल जानकारी गराउनुपर्ने हुन्छ ।

'औषधिको गुणस्तर कस्तो छ भनेर विभागको ल्याबमा गरिएको परीक्षणका क्रममा ती औषधिमा मानवस्वास्थ्यलाई हानी गर्ने विभिन्न प्रकारका ब्याक्टेरिया फेला परेपछि बजारमा भएका ती ब्याच नम्बरका सम्पूर्ण औषधि उठाएर फिर्ता लैजान पत्र पठाएका हौँ,' निरीक्षक अधिकारीले भने, 'केही समयपछि हामी बजारमा फेरि अनुगमन गछौर्ं, फिर्ता लगिएको रहेनछ भने हामी कारबाही प्रक्रिया अघि बढाउछौँ ।' डाबर इन्डियाको आयुर्वेदिक औषधिको नेपालमा तीनकुनेस्थित लुना ट्रेनिङ कम्पनीले डिलरको अनुमति लिएको छ भने वैद्यनाथको रौतहटको गौरमा रहेका राजेश मेडिसिन प्रालिले । विभागले ती दुवै कार्यालयमा पत्र पठाइसकेकाले केही समयपछि पुनः बजार अनुगमन गर्ने भएको छ ।

Wednesday, September 28, 2011

मुटुरोग युवा र महिलामा बढ्यो

प्रस्तुति : प्रवीण ढकाल
dhakalprabin@gmail.com

image

डा. प्रकाशराज रेग्मी

मुटुरोग विशेषज्ञ, वीर अस्पताल

'अव्यवस्थित जीवनशैलीको नतिजा नै मुटुरोगको कारक हो । आधुनिक सभ्यता, व्यस्त जीवन, महत्वाकांक्षा, भोज-भतेर, कम्प्युटर, टेलिभिजन, धुम्रपान, मद्यपान, अत्यधिक मानसिक तनाव, व्यायामको कमी र धेरै पैसा कमाउने दौडजस्ता कुरा नै मुख्य रूपमा मुटुरोग बढ्नाका कारण हुन् ।


नेपाललगायतका विकासोन्मुख देशमा सहरीकरण्ा, खानपिन र जीवनशैलीमा आएको परिवर्तनका कारण्ा मुटुरोगीहरूको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । केही वर्ष अगाडिसम्म सम्पन्न र धनी देशका वृद्ध र पाको मानिसको रोगका रूपमा परिचित मुटुरोग हाल आएर विकासोन्मुख र गरिब देशका युवा तथा जवानको पनि रोगका रूपमा परिचय कमाउन थालेको छ । यसका साथै यो रोगले पछिल्ला समयमा महिलालाई पनि सताउन थालिसकेको छ ।

नसर्ने रोगमध्ये सबैभन्दा खतरा रोगको रूपमा लिइएको मुटुरोगका कारण वर्षेनी लाखौँ मानिसको मृत्यु भइरहेको छ । विश्वभर नै मुटुरोगीको संख्या हरेक वर्ष बढ्दै गएकाले विश्व मुटु महासंघले यसबारेमा चेतना जगाउन र मुटु बचाउन प्रत्येक वर्ष सेप्टेम्बर महिनाको अन्तिम आइतबार विश्व मुटु दिवस संसारभर मनाउँदै आइरहेको छ । महासंघले यस वर्ष भने २९ सेप्टेम्बरमा यो दिवस मनाउन लागेको हो । नेपालमा पनि मुटु बचाउन चेतनामूलक कार्यक्रम आयोजना गरेर यो दिवस मनाउन थालिएको छ । मानिसको खानपिन तथा जीवनशैलीमा आएको परिवर्तनका कारण पछिल्ला वर्षहरूमा मुटुरोगीका संख्या नेपाललगायतका विकासोन्मुख देशहरूमा दिनानुदिन बढिरहेको छ । विश्वमा नै मुटुरोगीहरूको संख्यामा बढ्दै गएको अवस्थामा नेपालमा पनि मुटु बचाउन हरेक वर्ष मुटुरोग दिवसको अवसरमा साताव्यापी चेतनामूलक कार्यक्रम आयोजना गरेर यो दिवस मनाइने गरिएको तथा अन्य दिनहरूमा चेतनामूलक अन्तरक्रियाहरू गरिँदै आइएको छ ।

महासंघ र विश्व स्वास्थ्य संगठनले पछिल्ला वर्षहरूमा गरिब तथा विकासोन्मुख देशका युवा तथा गरिब व्यक्तिहरू धनी तथा सुविधासम्पन्न राष्ट्रका तुलनामा बढी मुटुरोगबाट संक्रमित भएका तथ्यांक सार्वजनिक गरेपछि नेपाललगायतका देश बढी जोखिममा रहेको पाइन्छ । चार-पाँच वर्षअघिसम्म करिअर र समाजमा एउटा स्थान बनाइसकेका व्यक्ति वा ४० वर्ष पार गरेका व्यक्तिलाई मात्र यो रोग लाग्ने गरेको थियो । तर, आजभोलि १७ वर्षदेखि माथिका युवा र समाजमा स्थान बनाइनसकेका गरिबमा पनि मुटुरोग बढेको छ । सहरीकरणसँगै फेरिँदो जीवनशैली र खानपानमा भएको अनियमितताले मानव शरीर दिनानुदिन अस्वस्थकर बन्दै गइरहेको छ । सुविधाजनक जीवनशैली र अस्वस्थकर खानपानले मानिसलाई कोलेस्ट्रोल र उच्च रक्तचापजस्ता मुटुरोगका कारणलाई जन्म दिइरहेकाले मुटुरोगले जसलाई पनि आक्रमण गर्न सक्दछ । हाम्रोजस्तो देशमा विकसित देशको सुविधाजनक जीवनशैली र खानपानको नक्कल गर्दा अस्वस्थकर खानपिन र बढी सुविधाभोगी बन्ने होडबाजीले मुटुरोगीको संख्या बढाइरहेको देखिन्छ ।

विश्व मुटु महासंघको पछिल्लो तथ्यांकअनुसार विश्वभर वर्षेनी एक करोड ७५ लाख मानिस मुटु रोगबाट मर्ने गर्छन् । यीमध्ये विकासोन्मुख राष्ट्रमा यस रोगबाट मर्नेको संख्या ९० लाखभन्दा बढी रहेको छ । मुटुरोगमा पनि हृदयघातबाट मर्नेको संख्या विकासोन्मुख मुलुकमा बढी छ । सन् २०२० सम्ममा नेपाललगायत विकासोन्मुख राष्ट्रमा हृदयाघात भएर मर्नेको संख्या ३५ प्रतिशत पुग्ने अनुमान महासंघले गरेको छ । महासंघले गरेको अनुमानका कारण नेपालमा मुटुरोगका कारण भयावह स्थिति आउन सक्ने स्थिति देखिएकाले मुटु बचाउनका लागि अहिलेदेखि नै सबै नागरिक सचेत हुन आवश्यक देखिन्छ । सरकार तथा चिकित्सकले पनि मुटु बचाउन एक दिन मात्र होइन वर्षभरि नै मुटु जोगाउने अभियान चलाउनुपर्छ ।

मुटुका धेरैजसो रोग जीवनशैलीसँग सम्बन्धित छन् । आजका मानिसको जीवनशैली निकै अव्यवस्थित हुन पुगेको छ । अव्यवस्थित जीवनशैलीको नतिजा नै मुटुरोगको कारक हो । आधुनिक सभ्यता, व्यस्त जीवन, महत्त्वाकांक्षा, भोज-भतेर, कम्प्युटर, टेलिभिजन, धुम्रपान, मद्यपान, अत्यधिक मानसिक तनाव, व्यायामको कमी र धेरै पैसा कमाउने दौडजस्ता कुरा नै मुख्य रूपमा मुटुरोग बढ्नाका कारण्ा हुन् । पछिल्ला वर्षमा महिलामा पनि मुटुरोग बढ्न थालेपछि विश्वभरमा थप अर्को चिन्ता थपिएको छ । पुरुषको दाँजोमा महिलालाई युवा अवस्थामा मुटुरोग लाग्ने सम्भावना कम हुन्छ । महिला शरीरमा मात्र पाइने 'फिमेल हर्मोन'ले मुटुरोगको खतरा कम गर्छ । तर, केही वर्षयता महिलामा पनि धेरै मात्रामा मुटुकारोग देखिन थालेको छ । महिलामा पनि तनाव, धुम्रपान, मद्यपानजस्ता लत बढेको र व्यायामको कमीले महिलामा मुटुका समस्या बढिरहेको हो । महिनावारी हुँदासम्म महिलामा उत्पन्न हुने त्यस हर्मोनले उनीहरूमा हृदयाघातको सम्भावना एकदमै न्यून हुने भए पनि फेरिँदो जीवनशैली र आरामको अभावमा समस्या बढ्दै गएको देखिन्छ । महिलामा पनि मुटुरोगको समस्या बढ्दै गएपछि विश्वभरि 'गो रेड फर वुमन' अर्थात् 'महिलाका लागि रातो संकेत' अभियान सञ्चालनमा आएको छ । नेपालले पनि गत वर्षबाट यस्तो अभियान सञ्चालन गर्दै आएको छ । महिलालाई मुटुरोगप्रति सचेत रहन यस्तो अभियान थालिएको हो ।

आममानिसमा मुटुरोग भन्नेबित्तिकै हृदयाघात र हार्टफेलमात्र हो भन्ने भ्रम रहेको छ । तर, मुटुका अन्य रोगहरूमा पनि रहेका छन् । मुटु र रक्तनली सम्बन्धित भएकाले मुटुका सयभन्दा बढी रोग रहेको पाइन्छ । तर, तीमध्ये चिकित्सकले मुटुका रोगलाई जन्मजात मुटुरोग, बाथ मुटुरोग र जीवनशैलीसम्बन्धी मुटुरोग भनेर तीन भागमा बाँडिएको छ । नेपालमा मुटुरोगबाट पीडित जनता कुल जनसंख्याको १५ प्रतिशत अर्थात् ४५ लाख रहेका छन् ।

मुटुरोगका प्रमुख लक्ष

छातीको बीचभागमा पीडा हुनु

कुनै काम वा परिश्रम गर्दा दम बढ्नु

खुट्टाहरू सुन्निनु

मुटु बेतालले धड्किनु

चक्कर लाग्नु, घाँटीको रक्तनली फुल्नु वा चल्नु

बाल्यकालमा जोर्नीहरू दुख्नु र साथमा ज्वरो पनि आउनु

जिब्रो, औंलाका टुप्पाहरू नीलो हुनु

मुटुका केही रोगहरू जस्तै उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, मधुमेह आदिको कुनै ल्रक्षणनहुन पनि सक्छ । यी रोग परीक्षण गरेपछि मात्र पत्ता लाग्छ । मानिसको आकस्मिक मृत्यु धेरैजसो मुटुरोगकै कारण्ाबाट हुन्छ । मुटुरोग थोरै लक्षण तर धेरै खतरा रोगमा पर्छ ।

मुटुरोगबाट बच्ने उपाय

धुम्रपान नगर्ने

मोटोपना घटाउने

नियमित व्यायाम गर्ने

सन्तुलित आहार खाने

मानसिक तनावबाट मुक्त रहने

खानपिन र जीवनशैलीमा सुधार ल्याउने

प्रशस्तमात्रामा हरियो तरकारी र फलफूल खाने

छिटोछिटो दौडिने र व्यायाम गर्ने

उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्टेरोलजस्ता रोगको

उपचार समयमा नै गराउने

घ्यू, तेल तथा अन्य चिल्लोको मात्रा जति सक्यो कम प्रयोग गर्ने

नुन कम खाने

दश वर्षमा जनसंख्या वृद्धिदर आधाले घट्यो

प्रवीण ढकाल
image

सय वर्षमा जनसंख्या एक करोड दश लाख ८२ हजार ६० बढ्यो

पुरुषभन्दा महिलाको संख्या सात लाख ६५ हजार नौ सय ४७ बढी

देशभरमा ४७ लाख ६७ हजार एक सय ९६ घरमा ५६ लाख ५९ हजार ९ सय ८४ परिवार

दुई करोड २० लाख ९५ हजार २२ जना (८३ प्रतिशत) ग्रामीण क्षेत्रमा र ४५ लाख २५ हजार सात सय ८७ जना (१७ प्रतिशत) सहरी क्षेत्रमा

२३ जिल्लाको जनसंख्या वृद्धिदर घट्यो

नयाँ पत्रिका
काठमाडौं, १० असोज

दश वर्षमा नेपालमा करिब ३५ लाख जनसंख्या बढेको छ । सरदर वार्षिक जनसंख्या वृद्धिदर भने २.२५ बाट १.४ प्रतिशत अर्थात् आधा घटेको छ ।

०६८ सालको जनगणनाअनुसार जनसंख्या दुई करोड ६६ लाख २० हजार ८ सय ९ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले १० वर्षअघिको तुलनामा १४.९९ प्रतिशत जनसंख्या बढेको तथ्यांक मंगलबार सार्वजनिक गरेको हो ।

विभागको प्रारम्भिक नतिजाअनुसार दश वर्षमा ३४ लाख ६९ हजार तीन सय ८६ जना थपिएका हुन् । यसअघि ०५८ को जनगणनामा नेपालको जनसंख्या दुई करोड ३१ लाख ५१ हजार चार सय २३ थियो ।

विभागको प्रारम्भिक नतिजामा पुरुषभन्दा महिला बढी रहेको उल्लेख छ । कुल जनसंख्यामा पुरुषको संख्या एक करोड २९ लाख २७ हजार चार सय ३१ छ । महिलाको संख्या भने एक करोड ३६ लाख ९३ हजार तीन सय ७८ छ । 'कुल जनसंख्यामा पुरुष ४८.५६ प्रतिशत र महिला ५१.४४ प्रतिशत रहेको छ,' सार्वजनिक तथ्यांकमा उल्लेख छ, 'पुरुषभन्दा महिला सात लाख ६५ हजार नौ सय ४७ जनाले बढी छन् ।'

दश वर्ष अवधिमा सबैभन्दा बढी तराईमा २१ लाख ३८ हजार एक (१९.०७ प्रतिशत) र सबैभन्दा कम हिमाली क्षेत्रमा एक लाख सात हजार चार सय ९५ (६.३७ प्रतिशत) जनसंख्या थपिएको छ । पहाडमा भने १२ लाख २३ हजार आठ सय ९० (११.८६ प्रतिशत) जनसंख्या थपिएको तथ्यांक विभागले जनाएको छ । जनसंख्या वृद्धिदर भने हिमाली क्षेत्रमा सबैभन्दा कम ०.६२, तराईमा सबैभन्दा बढी १.७५ प्रतिशत र पहाडमा १.१३ प्रतिशत छ ।

यसैगरी, जनघनत्व भने औषतमा एक सय ५७ जना प्रतिवर्ग किलोमिटरबाट बढेर एक सय ८१ पुगेको तथ्यांकमा उल्लेख छ । जनघनत्व सबैभन्दा धेरै तराईमा तीन सय ९२ जना प्रतिवर्ग किलोमिटर, सबैभन्दा कम हिमाली क्षेत्रमा ३५ जना प्रतिवर्ग किलोमिटर र पहाडमा एक सय ८७ छ । अघिल्लो जनगणनाको तथ्यांकअनुसार तराईमा तीन सय ३०, पहाडमा एक सय ६७ र हिमालमा ३३ जनघनत्व थियो ।

तथ्यांकअनुसार देशभरमा ४७ लाख ६७ हजार एक सय ९६ घरधुरी छन् । ती घरमा ५६ लाख ५९ हजार नौ सय ८४ परिवारको बसोवास रहेको विभागले जनाएको छ । अघिल्लो जनगणनामा भने परिवार संख्या ४२ लाख ५३ हजार दुई सय २० थियो । यस अवधिमा १४ लाख ६ हजार सात सय ६४ परिवार थपिएको तथ्यांकमा उल्लेख छ ।

दश वर्षमा प्रतिपरिवार सदस्य संख्यामा भने कमी आएको देखिएको छ । ०६८ को जनगणनामा औषतमा प्रतिपरिवार ४.७ जना सदस्य छ । अघिल्लो गणनामा भने ५.४४ थियो । सहरी क्षेत्रको परिवारमा सरदर ४.०५ जना र ग्रामीण क्षेत्रमा ४.८६ जना रहेको विभागले जनाएको छ । यो संख्या दश वर्षअघि क्रमशः ४.८६ र ५.६५ जना थियो ।

'कोही नछुटौँ, कोही नदोहोरिऔँ' भन्ने नारासहित सरकारले ३ देखि १३ असारसम्म जनगणना गरेको थियो । जनगणना-०६८ मा साढे ३४ हजार गणक, साढे आठ हजार सुपरीवेक्षक, तीन सय ५० इलाका सुपरीवेक्षक र एक हजार व्यवस्थापनसम्बन्धी कर्मचारी परिचालन गरिएको थियो ।

नेपालमा सय वर्षयता हरेक १० वर्षको अन्तरमा जनगणना गरिँदै आएको छ । केन्द्रीय तथ्यांक विभागले जनगणना सुरु भएको सय वर्ष पुगेको अवसरमा यस वर्षको जनगणनामा विभिन्न नयाँ प्रविधिको प्रयोग गरेको थियो । नेपालमा विसं १९६८ देखि जनगणना सुरु भएको हो । सुरु वर्षको गणनामा जनसंख्या ५६ लाख ३८ हजार ७ सय ४९ थियो । सय वर्ष अवधिमा नेपालको जनसंख्या एक करोड दश लाख ८२ हजार ६० बढेको छ ।

काठमाडौंमा सबैभन्दा बढी र मनाङमा सबैभन्दा कम जनसंख्या

विभागले सार्वजनिक गरेको तथ्यांकमा देशका ७५ जिल्लामध्ये सबैभन्दा बढी जनसंख्या काठमाडौंमा र सबैभन्दा कम मनाङमा रहेको देखाइएको छ । काठमाडौंको जनसंख्या १७ लाख ४० हजार नौ सय ७३ छ । अघिल्लो गणनामा भने १० लाख ८१ हजार आठ सय ५४ जनसंख्या थियो ।

काठमाडौंमा दुई लाख ४२ हजार दुई सय ७४ घर तथा भवन रहेका र ती घर तथा भवनमा चार लाख ६९ हजार एक सय ४५ परिवार बसोवास गरेको तथ्यांक विभागले जनाएको छ । दश वर्षअघिको गणनामा भने एक लाख २२ हजार सात सय ९५ घर तथा भवनमा दुई लाख ४२ हजार दुई सय ७४ परिवार थिए ।

मनाङ जिल्लाको जनसंख्या सबैभन्दा कम ६ हजार पाँच सय २७ छ । यो दश वर्षअघिको भन्दा तीन हजार ६० जनाले कम हो । मनाङमा जनसंख्या ३.८४ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ । त्यस्तै मनाङमा एक हजार चार सय ९५ घर तथा भवनमा एक हजार तीन सय ६३ परिवारको बसोवास छ । दश वर्षअघि भने एक हजार तीन सय ६३ घर तथा भवनमा एक हजार पाँच सय ५५ परिव्ार रहेको थियो । मनाङका दुई सय ६२ जना बिदेसिएको तथ्यांकमा देखाइएको छ ।

जनगणनाअनुसार काठमाडौंपछि मोरङ, रुपन्देही, झापा र कैलाली जिल्लालाई क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ धेरै जनसंख्या भएका जिल्ला हुन् । मोरङमा नौ लाख ६४ हजार सात सय नौ, रुपन्देहीमा आठ लाख ८६ हजार सात सय ६, झापामा आठ लाख १० हजार ६ सय ३६ र कैलालीमा सात लाख ७० हजार दुई सय ७९ जनसंख्या छ । त्यस्तै, कम जनसंख्या भएका जिल्लामा मनाङपछि मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला छन् । मुस्ताङमा १३ हजार सात सय ९९, डोल्पामा ३६ हजार सात सय एक, रसुवामा ४३ हजार सात सय ९८ र हुम्लामा ५१ हजार आठजना रहेको तथ्यांकमा उल्लेख छ ।

विकास क्षेत्रका आधारमा सबैभन्दा धेरै जनसंख्या मध्यमाञ्चलमा र सबैभन्दा कम सुदूर पश्चिमाञ्चलमा रहेको पनि विभागले जनाएको छ । मध्यमाञ्चल विकास क्षेत्रमा ९७ लाख १३ हजार सात सय दुईजनाको बसोवास छ । यो कुल जनसंख्याको ३६.५ प्रतिशत हो । अघिल्लो जनगणनामा यो प्रतिशत ३४.६९ थियो । सबैभन्दा कम रहेको सुदूरपश्चिममा २५ लाख ४३ हजार तीन सय ४९ जनसंख्या छ ।

मध्यमाञ्चालपछि पूर्वाञ्चलमा ५८ लाख ३४ हजार एक सय ८२, पश्चिमाञ्चलमा ४९ लाख ४५ हजार एक सय ९० र मध्यपश्चिमाञ्चलमा ३५ लाख ८४ हजार तीन सय ८६ जनसंख्या छ ।

कुल जनसंख्याको दुई करोड २० लाख ९५ हजार २२ जना (८३ प्रतिशत) जनसंख्या ग्रामीण क्षेत्रमा र ४५ लाख २५ हजार सात सय ८७ जना (१७ प्रतिशत) जनसंख्या सहरी क्षेत्रमा बसोवास गर्ने गरेका छन् ।

बिदेसिनेको संख्या बढ्यो

नेपालबाट विदेश जाने जनसंख्यामा वृद्धि भएको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार १९ लाख १७ हजार नौ सय तीन नेपाली बिदेसिएका छन् । यसअघिको गणनामा सात लाख ६२ हजार एक सय ८१ मानिस बिदेसिएको तथ्यांक थियो ।

बिदेसिएकामध्ये ८६.७ प्रतिशत पुरुष (१६ लाख ६३ हजार दुई सय ३७) र १३.३ प्रतिशत महिला (दुई लाख ५४ हजार ६ सय ६६) छन् । यसरी बिदेसिनेमा ग्रामीण क्षेत्रका ८५.३८ प्रतिशत (१६ लाख ३७ हजार चार सय ६९) र सहरी क्षेत्रका १४.६२ प्रतिशत (दुई लाख ८० हजार चार सय ३४) छन् ।

२३ जिल्लाको जनसंख्या वृद्धिदर घट्यो

तथ्यांक विभागका अनुसार अघिल्लो जनगणनाको तुलनामा यस वर्षको जनगणनामा २३ जिल्लाको जनसंख्या वृद्धिदर घटेको छ । ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लामजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, गुल्मी र अर्घाखाँचीमा जनसंख्या वृद्धिदर घटेको हो ।

Wednesday, September 21, 2011

बिरामीले खाने खानामा झिँगा र भुसुना

प्रवीण ढकाल

image

भोजनालयको भान्छाघर असाध्यै फोहोर, अचारमा भुइँ पुछ्ने टालो, खोकनाको तोरीको तेलमा सस्र्यु

नयाँ पत्रिका

काठमाडौं, ३ असोज

दुई सातादेखि बजार अनुगमन तीव्र पारेको वाणिज्य विभागले मंगलबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल परिसरमा रहेको शिव भोजनालयमा अनुगमन गरेको छ । विभागले भोजनालयको भान्छाघरमा रहेको खानामा झिँगा र भुसुना भन्किरहेको फेला पारेको थियो ।

'अस्पतालको भोजनालय अनुगमन क्रममा बिरामीलाई खुवाइने जाउलोमा भुइँबाट चुहिएर चियाको थोपा खसिरहेको थियो,' विभागका खाद्य निरीक्षक कमलबहादुर थापाले भने, 'भोजनालयमा पाकेको खाना स्वस्थकर पाइएन ।'

अनुगमनमा हिँडेका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले अस्पतालको भोजनालय हेर्दै बान्ता हुनेखालको रहेको बताए । उनका अनुसार भान्छामा जताततै फोहोर छरिएका, खाना बनाउने भाँडा असाध्यै फोहोर र दुर्गन्घित भेटिए । त्यस्तै, क्यान्टिनमा राखिएका अचारको भाँडोमा टेबुल तथा भान्छा पोछ्ने टालो फेला परेको थियो ।

विभागका निरीक्षक थापाका अनुसार भोजनालयवरिपरि ढलको पानी जमेको, बाहिरको फोहोर र गन्ध भान्छाघरसम्म आउने गरेको पाइएको थियो ।

यसैगरी, भोजनालयमा पकाइएका चाउचाउ, चाउमिन तथा खाना ५-६ पटकसम्म तताउने गरेको र बिहानदेखि बेलुकासम्म एउटै भाँडामा चिया पकाउने गरिएको पाइएको थियो ।

भोजनालयको खाना खाँदा चिकित्सकसमेत बिरामी परेपछि उनीहरूले भोजनालयमा खाना खान छोडेको अस्पताल कर्मचारी युनियनले जनाएको छ । खाना गुणस्तरहीन भयो भनी जानकारी गराउँदासमेत अस्पताल प्रशासनले बेवास्ता गरेको युनियनका सहसचिव नवराज धितालले बताए ।

क्यान्टिनमा फोहोर देखिएपछि विभागले अस्पतालका निर्देशक डा. बुलन्द थापासँग सोधपुछ गरेको थियो । तर, निर्देशक थापाले भोजनालयको कार्यक्षेत्र आफ्नो नभई न्याम्सको भन्दै पन्छिए । उनले कार्यक्षेत्र नभएको भनि पन्छिएपछि न्याम्सका उपकुलपति डा. दामोदर पोखरेलसँग टोलीले सोधपुछ गरेको थियो ।

उपकुलपति पोखरेलले अस्पतालको क्यान्टिन तत्काल सफा गरी स्वस्थ र गुणस्तरीय खाना खुवाउने बताए । विभागले क्यान्टिनको विषयमा तीन दिनभित्र स्पष्ट जानकारीसहितको विवरण लिएर विभागमा आउन भोजनालय सञ्चालक शिव गौतम र दीनानाथ रेग्मीलाई पत्र काटेको छ ।

यसअघि टोलीले चाबहिलको ओम हस्पिटल तथा रिसर्च सेन्टर र मेडिकेयर अस्पतालको क्यान्टिनमा अनुगमन गरेको थियो । यसैगरी, जिल्ला प्रशासन कार्यालय ललितपुर अनुगमन टोलीले भैँसेपाटी र खोकनाको तेल मिलको अनुगमन गरेको छ । उसले भैँसेपाटीमा रहेको रुद्रायणी तेल मिल र खोकनास्थित सिकाली बहुउद्देश्यीय सहकारी तेल मिलको अनुगमनबाट तेलमा सस्र्यु मिसाइएको भेेटेको हो ।

Thursday, September 15, 2011

दूधमा ढुसी परेको पाउडर

प्रवीण ढकाल
image

दूधको पोकामा उत्पादन र उपभोगयोग्य मिति नै छैन

बन्द गर्न भनिएको पानी कम्पनीबाट उत्पादन जारी

औषधि भण्डारण नियमविपरीत

गुनासो गर्न गृह मन्त्रालयको हटलाइन ४२११२०८

१. सैँजु डेरीले अमृत र कान्तिपुर दूधमा मिसाउन राखेको ढुसी परेको पाउडर । २. केडिसी दूध उत्पादन गर्ने कालिका डेरीको मेसिनमा खिया हेर्दै अनुगमनकर्ता । ३. एक महिनाअघि नै बन्द गर्न भनिएको इभा पानीमा लेऊ । ४. हिमाल हस्पिटलको मेडिकलमा नियमविपरीत हावा नचल्ने कुनामा राखिएका औषधि । तस्बिरहरूः श्रीधर पौडेल, ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

नयाँ पत्रिका

काठमाडौं, २८ भदौ

वाणिज्य विभागको अनुगमन जारी छ, बुधबारको अनुगमनले पुष्टि भएको छ- दूधमा ढुसी परेको पाउडर पनि मिसाइएको हुन्छ, धाराबाट सोझै जारमा पानी थापेर 'मिनरल वाटर' भन्दै बजारमा बेचिन्छ ।

विभागको टोलीले बुधबार केडिसी दूध उत्पादन गर्ने कालिका डेरी र कान्तिपुर तथा अमृत दूध उत्पादन गर्ने सैंजु डेरीमा छापा मारेको थियो । दूधका नाममा सैंजु डेरीले पाउडर मिसाउने गरेको पुष्टि भएको छ । विडम्बना, पाउडरमा पनि ढुसी परेको थियो । टोलीले ढुसी परेको चार बोरा पाउडर नष्ट गरेको छ ।

त्यस्तै भक्तपुरको कालिका डेरीले त दूधमा उत्पादन र उपभोगयोग्य मिति नराखी दूध प्याकिङ गर्दै आएको थियो । जनस्वास्थ्यमाथि खेडबाड गरेको भन्दै सैंजु र कालिका दुवै डेरीमा सिलबन्दी गरिएको छ । विभागले अमृत र कान्तिपुर दूधका प्याकेट परीक्षणका लागि खाद्य प्रविधिमा पठाएको छ ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय भक्तपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र उपभोक्तावादी संघ-संस्थाका प्रतिनिधि थिए । टोलीले 'इभा' नामक जारको पानी धाराबाट भर्दै बजार पठाउने गरेको भेटाएको छ । पानी फिल्टरसमेत प्रशोधित भनेर बजारमा पठाउने गरिएको पुष्टि भएको छ ।

इभा ब्रान्डको मिनरल वाटर उत्पादन गर्ने स्वस्तिक वेभरेजले गुणस्तरहीन पानी उत्पादन गरेको केन्द्रीय खाद्य प्रयोगशालाले एक महिनाअघि नै पुष्टि गरेको थियो । विभागले एक महिनाअघि नै बन्द गर्न भनेको कम्पनीले पानी उत्पादन गरिरहे पनि प्रशासनले अहिलेसम्म कारबाही गरेको थिएन ।

गत जेठमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयका उपसचिव पे्रम सञ्जेलले इभा पानीमा अखाद्य पदार्थ र लेउ फेलापारेका थिए । जारमा लेउ फेलापरेपछि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरको सहयोगमा कम्पनीविरुद्ध वाणिज्य विभागमा उजुरी दिइएको थियो । वाणिज्यले सो पानीको नमुना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पठाएको थियो । विभागले पानीको नमुना परीक्षणमा पनि दूषित र मापदण्डविपरीत रहेको पुष्टि गरेको थियो ।

कम्पनीले दुई वर्षदेखि पानीको परीक्षण नै नगरी बेच्ने गरेको खुलेको थियो । उपभोक्ता हित संरक्षण मञ्च काठमाडौंका सचिव जगन्नाथ मिश्रले इभा गुणस्तरहीन भएकाले सो कम्पनी बन्द गर्न माग गदर्ैै मञ्चले महिना दिनअघि पत्र पठाएको बताए । बुधबार अनुगमनका क्रममा फिल्टर नगरी धाराबाट जारमा भर्दै पानी बेचेको पाइए पनि सो कम्पनी सिलबन्दी गरिएको छैन । प्रशासनले मापदण्ड पूरा नगरी पानी उत्पादन गरेको भन्दै स्वस्तिकका सञ्चालक कृष्णराम जाकी गोन्जारलाई बिहीबार जिल्ला प्रशासन कार्यालय उपस्थित हुन पत्र मात्र काटेको छ ।

खाद्य ऐनअनुसार बर्सेनि पानी परीक्षण गराउनुपर्छ भने अनुमतिपत्रसमेत नवीकरण गर्नुपर्ने प्रावधान रहेको छ । तर, सो कम्पनीले हालसम्म पानी परीक्षण नगराएको र कम्पनीको नवीकरणसमेत नभएको पनि पुष्टि भएको छ । प्रशासन कार्यालयका शाखा अधिकृत बलराम हाछेथूले कम्पनीद्वारा उत्पादित पानी नमुना परीक्षणका लागि खाद्य प्रविधिमा पठाइएकाले परीक्षणबाट आएको रिपोर्टका आधारमा कारबाही गरिने बताए ।

यसैगरी, ओके मिनरल वाटर प्रालिको अनुगमनक्रममा टोलीले फिल्टर उपकरणमै खिया लागेको भेटाएको छ । ओके नामक पानी उत्पादन गर्ने सो कम्पनीले आठ वर्षदेखि एउटै फिल्टर प्रयोग गर्दै आएको पुष्टि भएपछि सञ्चालकलाई स्पष्टीकरण सोधिएको छ ।

त्यस्तै तलेजु ब्रान्डको पानी उत्पादन गर्ने जयछुमा गणेश शुद्ध खानेपानी प्रालि र अक्वा प|mेस नामक पानी उत्पादन गर्ने कम्पनी जिआर प्रालिमा पानीको गुणस्तर जाँच्ने ल्याब नै भेटिएन । नियमअनुसार पानी उत्पादन गर्ने सबै कम्पनीमा आफ्नै ल्याब हुनुपर्छ भने केन्द्रीय ल्याबमा पनि पानीको परीक्षण गर्नुपर्छ । अनुगमनक्रममा कुनै पनि पानी उत्पादकले ल्याब परीक्षण नगरेको पाएपछि सबैलाई स्पष्टीकरणका लागि जिल्ला प्रशासन बोलाइएको छ ।

औषधिको भण्डारणमा समस्या

दूध र पानी मात्र होइन, औषधिको गुणस्तरमा पनि समस्या देखिएको छ । शिक्षण अस्पतालपरिसरको हाम्रो फार्मेसी र हिमाल अस्पतालपरिसरमा रहेको हिमाल मेडिकलले मापदण्डविपरीत औषधि भण्डारण गरेको पुष्टि भएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालय, औषधि व्यवस्था विभाग र उपभोक्तावादी संस्थाको संयुक्त टोलीले बुधबार हिमाल मेडिकल र हाम्रो फार्मेसीमा अनुगमन गरेको थियो । सरकारी मापदण्डअनुसार औषधिलाई हावा आउने खुला कोठामा भित्तामा नछुने गरी राखेको हुनुपर्दछ । तर, हिमाल मेडिकल हलले टिनको छानामुनि सानो अँध्यारो कोठामा कतैबाट पनि हावा नजाने गरी गुम्साएर राखेको पाइएको छ ।

विभागका फार्मेसी निरीक्षक श्याम अधिकारीले मापदण्डविपरीत औषधि भण्डारण गरेको मेडिकल हललाई एक साताभित्र विभागका निरीक्षकको उपस्थितिमा राम्रो स्थानमा औषधि भण्डारण गर्न निर्देशन दिएको बताए । उनका अनुसार हिमाल मेडिकल हलमा भण्डारण गरिएको औषधि हेर्दा धेरै औषधि बिगि्रएको हुनसक्छ ।

'नियमअनुसार भित्तामा छुने गरी वा सीधै भुइँमा औषधि भण्डारण गर्नुहुँदैन । तर, हिमाल मेडिकलले भित्तामा र भुइँ सीधै छुने र गुम्सिएको कोठामा निमयविपरीत औषधि भण्डारण गरेको पाइयो,' उनले भण्डारणमा फेलापरेका बिगि्रएका औषधि सबै विभागले जफत गर्ने बताए ।

यसैगरी सोही टोलीले शिक्षण अस्पतालपरिसरको हाम्रो फार्मेसीले मानसिक रोगीका लागि आवश्यक लागू तथा मनोदिपक औषधिको रेकर्ड राख्ने नगरेको भेटिएको छ । ती औषधि छुट्टै स्थानमा राख्नुपर्नेमा अन्य औषधिहरू भएकै स्थानमा नै राखेको तथा मूल्य नै नभएका सर्जिकल सामग्रीहरू बिक्रीका लागि राखिएको पाएको छ ।

यस्तै अनुगमनमा बिलमा खरिदकर्ताको नाम नलेख्ने, तथा नियमअनुसार बिलमा उल्लेख गर्नुपर्ने ब्याच नम्बर र म्याद सकिने मिति पनि उल्लेख नगरेको पाएको छ । विभागले फार्मेसीलाई विभागमा प्रमाणपत्र र आवश्यक कागजातसहित विभागमा उपस्थित हुने भनेको छ ।

प्रत्येक निर्वाचन क्षेत्रमा बजार अनुगमन संयन्त्र

सरकारले बजार अनुगमनका लागि प्रत्येक निर्वाचन क्षेत्रमा स्थायी संयन्त्र बनाउने भएको छ । आपूर्ति मन्त्रालयका प्रवक्ता गणेश ढकालले बजार अनुगमनलाई तीव्रता दिन दुई सय ४० निर्वाचन क्षेत्रमै अनुगमन संयन्त्र स्थापना गर्ने र मूल्यवृद्धि नियन्त्रण गर्न सुपथमूल्य पसल सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । त्यसका लागि मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयसँग आवश्यक जनशक्ति र अर्थ मन्त्रालयलाई आवश्यक बजेटको व्यवस्था गर्न आग्रहसमेत गरिसकेको बताए ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रवक्ता ढकालले उपभोक्ताको हित संरक्षणका लागि उपभोक्ता अदालत गठन गर्ने र कडा कारबाहीको व्यवस्था गर्न ऐन संशोधनको मस्यौदा कानुन मन्त्रालयमा पठाइसकेको बताए । उनका अनुसार बजारमा देखिएको कृत्रिम अभाव र कालोबजारीलाई नियन्त्रण गर्न आगामी ६ असोजबाट राजधानीमा सातवटा स्थायी र पाँचवटा घुम्ती पसल सञ्चालन गर्ने मन्त्रालयले तयारी गरेको छ । जसमा साल्ट टे्रडिङ, नेसनल टे्रडिङ, दुग्ध विकास संस्थान र खाद्य संस्थानले बिक्री गर्दै आएका सामग्रीहरू राखिनेछ ।

गृहसचिव लीलामणि पौडेलले बजार अनुगमनमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै राजनीतिक वा अरू कुनै दबाबको भरमा दोषीले उन्मुक्ति पाउन नहुने बताए । 'म जति दिन गृह मन्त्रालयमा बस्छु, सशक्त कारबाही गर्न पछि पर्दिनँ,' उनले भने 'कसैको दबाबको अगाडि झुक्दिनँ र कसैले दबाब दिएर केही हुनेवाला छैन दोषीमाथि कारबाही गर्न अगाडि बढ्नेछु ।' उनले आफूले सबै सिडियोलाई अनुगमनको काम गरेको मासिक प्रतिवेदन मन्त्रालयमा पठाउन निर्देशन दिएको बताए ।

गृहसचिव पौडेलले उपभोक्ताको गुनासो सुन्न मन्त्रालयले ४२११२०८ नम्बरको टेलिफोनको व्यवस्था गरेको र छिट्टै उपभोक्ताको गुनासो एसएमएसबाट समेत सुन्ने व्यवस्था मिलाउन लागेको जानकारी दिए ।

Wednesday, September 14, 2011

मदिरामा मिसावट, पानी दूषित, किरा परेका पीठोबाट केक


image

बजार अनुगमन तीव्र बनाएको वाणिज्य विभागले मंगलबार अर्को तथ्य पत्ता लगाएको छ


प्रहरीले सिन्धु डिलर्स एन्ड सप्लायर्सबाट मंगलबार बरामद गरेका मिसावटयुक्त र राजस्व छलिएका मदिराका बोतल । वाणिज्य विभागले अक्वा त्रिशूली मिनलर वाटरको कम्पनीमा भेटिएको दूषित पानीको जार (अन्तिम) । तस्बिरः श्रीधर पौडेल/नयाँ पत्रिका

नयाँ पत्रिका

काठमाडौं, २७ भदौ

किरा परेको पीठोबाट दुनोट र केक, खिया लागेको टयांकीबाट 'मिनरल वाटर' । बजार अनुगमन तीव्र बनाएको वाणिज्य विभागले मंगलबार अर्को तथ्य पत्ता लगाएको छ ।

विभागको टोलीले अक्वा त्रिशूली नामको 'मिनरल वाटर'को बोतल र जारमा दूषित पानी फेला परेको छ । विभाग र उपभोक्ता अधिकारवादीहरूसितको संयुक्त टोलीले त्रिशूली पानीको उत्पादन 'प्रोसेसिङ' नपुर्‍याई गरिएको, पानी प्रशोधन गर्ने फिल्टरमा प्वाल परेको, पानी राख्ने टयांकीमा खिया लागेको तथा टयांकी पूरै पहेँलो भएको फेला पारेको छ । त्यस्तै पानीका बोतलमा ब्याच नम्बर नै नराखी बिक्री गर्ने गरेको, राखेको मिति पनि गलत भएको र २० लिटरको पानीको जारमा परालको त्यान्द्रोजस्तो लामो अखाद्य वस्तु भेट्टाएको छ । विभागले कम्पनी तत्कालै बन्द गरेको छ ।

विभागका उपसचिव टीकाप्रसाद भण्डारीले पानीको उत्पादनमा समस्या देखिएको र पानी उत्पादन गर्ने स्थान र पानी फोहोर भेटिएपछि कम्पनीमा सिलबन्दी गरेको बताए । उनले पानीको नमूना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइने र विभागले दिएको रिपोर्टका आधारमा कम्पनीलाई कारबाही गरिने जनाए ।

अनुगमनमा नै गएका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले कम्पनीमा पानीको गुणस्तर जाँच्ने ल्याब पनि नभएको बताए । 'नियमअनुसार कम्पनीमा आफ्नै ल्याब हुनुपर्ने हो,' उनले भने, 'तर त्यो कम्पनीले परीक्षण नै नगरी दूषित पानी बिक्री गर्ने गरेको पाइयो ।' कम्पनीका कर्मचारीहरूले भने पानीको उत्पादन गरेपछि बानेश्वरमा रहेको एउटा ल्याबमा परीक्षण गर्ने गरेको जनाएका छन्, तर उनीहरूले ल्याबको नाम भने भनेनन् ।

यसैगरी, सोही टोलीले नयाँबजारमा रहेको सिद्धार्थ बेकरी एन्ड कन्फेक्सनरीमा पीठोमा किरा र झिँगा फेला पारेको छ । बेकरी सामग्रीहरू दुनोट, केक उत्पादन गर्ने पीठोमा सिलेसा (सेतो किरा), झिँगा र अखाद्य रङ फेला परेपछि विभागले सो पसललाई बन्द गरेको छ ।

'राजधानीका झन्डै ५० भन्दा बढी पसलमा बेकरी सामग्री बिक्री गर्दै आएको सो होलसेल पसलले किरा परेका, झिँगा, र भुसुना भएका र फोहोर पानीले बनाइएका दुनोट, केकलगायतका सामग्री बिक्री गर्ने गरेको पाइएको छ,' मञ्चका अध्यक्ष तिमल्सिनाले भने, 'बेकरी सामग्री उत्पादन गर्नेको किचेन देख्दै घिन लाग्दोे थियो ।'

विभागका उपनिर्देशक भण्डारीले सो पसलले अनुज्ञापत्र पनि नलिईकन गैरकानुनी रूपमा पसल सञ्चालन गरेको बताए । उनका अनुसार पसलका सञ्चालकलाई अनुज्ञापत्र तुरुन्त लिन र आवश्यक कागजपत्र लिएर विभागमा पाँच दिनभित्र उपस्थित हुन भनिएको छ । यस्तै पसलबाट उत्पादित सामग्रीको परीक्षणपछि थप कारबाही अगाडि बढाइनेछ । पसलका सञ्चालक गणेशप्रसाद पाण्डेले गल्ती स्वीकार्दै अबदेखि यस्तो नगर्ने बताएका छन् ।

टोलीले कमलपोखरीस्थित राजन ग्यास डिपोमा पनि निरीक्षण गरेको छ । डिपोमा लुकाइएर राखिएका ७० वटा भरिएका ग्यास फेला परेको छ । यसैगरी डिपोमा व्यवसाय दर्ताको प्रमाणपत्र नभएको, अनुगमनमा गएको टोलीलाई झुटो बोलेको र नापतौलका प्रमाणपत्र नभएकाले तीन दिनभित्र प्रमाण लिएर स्पष्टीकरण दिन बोलाएको छ ।

बिएमसी मसला नक्कली उत्पादन

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बबरमहलमा रहेको एक घरमा बिएमसी नाम गरेको नक्कली मसला उत्पादन गरिरहेको फेला पारेको छ । भारतको बाबा मसला कम्पनीले उत्पादन गर्ने बिएमसी मसलाको प्याकेटमा नक्कली मसला उत्पादन गरिरहेको अवस्थामा विभागले फेला पारेको हो ।

विभागका प्रवक्ता प्रमोद कोइरालाले नक्कली मसला उत्पादन गरेको घरमा सिलबन्दी गरेको बताए । उनका अनुसार जिल्ला प्रशासन, प्रहरी र उपभोक्तावादी संघसंस्थाहरूको सहयोगमा गरिएको अनुगमनमा नक्कली मसला उत्पादन गरिरहेको फेला परेको हो । गोदाम नै बनाई नक्कली उत्पादन गरेको आरोपमा विभागले अनुगमन गरेको थियो ।

Saturday, September 3, 2011

परीवार नियोजनाका साधन प्रयोग गर्नेको संख्यामा ह्रास

सहश्राब्दि विकास लक्ष्य पुरा हुन कठिन
प्रवीण ढकाल
नयाँ पत्रिका
काठमाडौँ भदौ
नेपालमा परीवार नियोजनका साधनको प्रयोग गर्नेको संख्यामा ह्रास आएको छ । परीवार नियोजनका साधन प्रयोग गर्ने संख्यामा ह्रास आएकाले नेपालले सहश्राब्दि विकास लक्ष्य हासिल गर्न कठिनाई हुने भएको छ ।
सहश्राब्दि विकास लक्ष्यअनुसार सन २०१५ मा नेपालका ६७ प्रतिसत जनताले कुनै न कुनै प्रकारका परीवार नियोजनाका साधन प्रयोग गर्ने गरेको हुनु पर्ने छ । तर सरकारले मङ्गलवार सार्वजनिक गरेको जनसांख्यिक स्वास्थ्य सर्वेक्षणको प्रारम्भिक प्रतिवेदनले नेपालमा जम्मा ४३ दशमलव दुई प्रतिशतले मात्र परीवार नियोजनका साधन प्रयोग गर्ने गरेको देखाएको छ । यो पाँच वर्ष अघिको सर्वेक्षणको तुलनामा एक प्रतिशत कम हो । सन् २००६ मा नेपालका ४४ दशमलव दुई प्रतिसत जनताले कुनै न कुनै प्रकारका परीवार नियोजनाका साधान प्रयोग गर्ने गरेको थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक पाँच वर्षको अवधिमा जनसांख्यिक स्वस्थ्य सर्वेक्षण सार्वजनिक गर्ने गरेको छ ।
सर्वेक्षणको प्रारम्भिक नतिजा अनुसार सन २००६ को तुलनामा यस वर्ष कण्डम सुई र महिला बन्ध्याकरण गर्नेको संख्या घटेको छ । पुरुष बन्ध्याकरण पिल इमप्लान्स र आइयुडीको प्रयोगमा बृद्धि भएको देखिएपनि समग्रमा परीवार नियोजनाका साधन प्रयोग गर्नेको संख्या घटेको सर्वेक्षणले देखाएको छ ।
ुसन् २००६ को तुलनामा यो वर्ष परीवार नियोजनका साधन प्रयोग गर्नेको संख्या घटेको छु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा प्रवीण मिश्रले भने ुपाँच वर्षको यो अवधिमा यो संख्या धेरै बढ्नु पर्ने थियो तर झन घटेको छ । यसले गर्दा सहश्राब्दि विकास लक्ष्य पुरा गर्न हामीलाई थप चुनौति थपिएको छ ।ु उनले पाँच वर्षको अवधिमा घटेको यो संख्याले अब बाँकी रहेको चार वर्षमा लक्ष्य पुरा गर्न निकै कठिन हुने बताए ।
मन्त्रालयको जनसंख्या महाशाखाका सह सचिव पदमराज भट्टले परीवार नियोजनका साधनको प्रयोग गर्नेको संख्या घट्नुमा गर्भपतन र विदेशमा काम गर्न जाने पुरुषहरु को संख्यामा बृद्धि भएकाले हुन सक्ने बताए । उनले परीवार नियोजनका साधन प्रयोग गर्नेको संख्यामा आएको ह्रासले थप चुनौति थपिएको बताए । ुपाँच वर्षको अवधिमा यो संख्यामा उल्लेख्य वृद्धि हुनुपर्ने थियोु उनले भने ुतर यसमा त थप कमी आएको छ । त्यसकारण सन् २०१५ मा सहश्राब्दि विकास लक्ष्य पुरा गर्न कठिन हुने भएको छ ।ु
सर्वेक्षणले नेपालको कुल प्रजननदर घटेर २।६ मा आएको दक्ष स्वास्थ्यकर्मीवाट गर्भवति सेवा सुत्केरी सेवा र स्वास्थ्य संस्थामा जन्म गराउने संख्यामा वृद्धि भएको दक्ष स्वास्थ्यकर्मीवाट सुत्केरी गराउनेको संख्या ३६ प्रतिशतमात्र रहेकोमा सहश्राब्दि विकास लक्ष्य ६० प्रतिशत पुर् याउन धेरै प्रयास गर्नुपर्ने वालवालीकाको खोप सेवामा प्रगति भएको नेपालमा खोप लगाउने वालवालीका ९७ प्रतिसत पुगेको पाँच वर्षमुनिका वालवालिकाको मृत्युदरमा सहश्राब्दि विकास लक्ष्य पुरा भएको आयोडिनयुक्त नुनको प्रयोग गर्नेको संख्या ८० प्रतिशत रहेको वालवालिका तथा महिलामा रक्त अल्पता हुनेको संखयामा कमी आएपनि उल्लेख्य रुपमा कमी आउन नसकेको उमेर अनुरुप तौल नपुगेको वालवालिकाका संख्या २९ प्रीतसतमा आएर सहश्राब्दि विकास लक्ष्य पुरा भएको देखाएको छ । मन्त्रालयले युस एडको सहयोगमा पुर्व मेचि देखि पश्चिम महाकालीको हिमाल पहाड र तराईका गरी कुल ११ हजार तीन सय ५३ घरधुरीमा गएर सर्वेक्षण गरेको थियो ।

चिकित्सकसहितको टोली दोषि : प्रतिवेदन

प्रवीण ढकाल
नयाँ पत्रिका
काठमाडौँ ७ भदौ
चितवनको विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा गत २६ साउनमा चिकित्सकका लापरवाहिका कारण घाँटीको शल्यकि्रया गर्नुपर्ने बिरामीको पाठेघर फालिएको घटनामा शल्यकि्रयामा संलग्न चिकित्सकसहितको टोलीलाई दोषि ठहर गरीएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घटनाको विषयमा छनविन गर्न गठीत समितिलेले एक साता लामो अध्ययनपछि तयार पारेको प्रतिवेदनमा शल्यकि्रयामा संलग्न डा जितेन्द्र परियारको टीमलाई दोषि देखाइएको छ ।
समितिले बुधवार मन्त्री लोकेन्द्र विष्ट मगरलाई प्रतिवेदन बुझाएको छ । तर प्र्रतिवेदनमा भएको कुरा भने सार्वजनिक गरीएको छैन । मन्त्री निकटको स्रोतका अनुसार प्रतिवेदनले शल्यकि्रया गर्ने चिकित्सक सहित पि्र-आपरेसनमा संलग्न सवैलाई दोषि देखाएको छ ।
ुप्रतिवेदनले डाक्टर परियार लगाएत उपचारमा संलग्न टिमलाई नै दोषि देखाएको छु स्रोतले भन्यो ुतर दोषिलाई कारवाहिको लागि भने प्रतिवेदनले सिफारीस गरेको छैन ।ु स्रोतका अनुसार भरतपुर क्यान्सर अस्पताल स्वायत्त संस्था रहेको र सो अस्प्तालको आफ्नो छुट्टै ऐन नियम भएकाले समितिले कारवाहिको लागि सिफारीस नगरेको हो । मन्त्रालयले अस्पताललाई प्रतिवेदनका आधारमा छलफल गरेर कारवाहिको प्रकि्रया अगाडि बढाउन सक्ने स्रोतले जानकारी दियो ।
समितिको प्रतिवेदन बुझ्दै मन्त्री विष्ट मगरले प्रतिवेदनको विस्तृत अध्ययनपछि मात्र प्रतिवेदनमा भएको कुरा सार्वजनिक गर्ने बताए । ुभर्खर प्रतिवेदन प्राप्त भएको छु मन्त्री विष्टमगरले भने ुत्यसकारण यसको अध्ययन गरेर मात्र दोषिलाई के कारवाहि गर्ने र को को दोषि छन् भनेर सार्वजनिक गरीने छ ।ु उनले प्रतिवेदन अध्ययन गर्न पाँच दिन लाग्ने भएकाले पाँच दिन पछि मात्र घटनामा दोषि देखिएकाको विवरण सार्वजनिक गरेर आवश्यक कारवाहिको प्रकि्रया अगाडि बढाइने बताए । ुचितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्नुअघि तयार पारिएको फाइल नै परिवर्तन हुँदा घाँटीको थाइराइडको अप्रेसन गर्नुपर्नेमा पाठेघरकॊ शल्यकि्रया गरिएको छु मन्त्री निकट स्रोतले प्रतिवेदनमा भएको कुरा उल्लेख गर्दै भने ुत्यसकारण सो अप्रेसनमा संलग्न चिकित्सक तथा प्र-अप्रेसनमा संलग्न चिकित्सक देखि अन्य व्यक्तिहरु पनि दोषि छन् ।
मन्त्रालयले ३१ साउनमा मन्त्रालयका सह सचिव डा पदम बहादुर चन्दको संयोजकत्वमा सात सदस्यिय छानविन समिति गठन गरेको थियो । समितिमा तुलसी भट्टराई सदस्य सचिव थिए भने डा विरेन्द्रबहादुर िसंह डा शिला वर्मा डा यज्ञबहादुर भण्डारी इश्वरी देवी श्रेष्ठ र केहरिसंह खड्का सदस्य रहेका थिए ।
अस्पतालमा २६ साउनमा बुटवल शंकरनगर-३ घर भएकी ३२ वर्षीया छमकुमारी बोहोराको घाँटीको थाइराइडको अप्रेसन गर्नुपर्नेमा चिकित्सकहरुले पाठेघरको अप्रेसन गरेका थिए । अस्पतालले अर्की महिला केसमाया गुरुङको पाठेघरको शल्यकि्रया गर्नुपर्नेमा बोहोराको गरिएको प्रतिवेदनलमा उल्लेख गरीएको छ ।

बल्ल संचालनमा आयो वीर अस्पतालमा गामा क्यामेरा


नयाँ पत्रिका
काठमाडौँ
६ भदौ

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा डेढ वर्ष देखि थन्किएर बसेको गामा क्यामेरा बल्ल साचालनमा आएको छ ।
विभिन्न जटिल रोगको निदान तथा उपचारका लागि आवश्यक गामा क्यामेरा अस्पतालले मङगलवारदेखि साचालनमा ल्याएको हो ।
अस्पतालका निमित्त निर्देशक डा ध्रुवप्रसाद िसंहका अनुसार विभिन्न समस्याका कारण लामो समयदेखि थन्किएको क्यामेरा मङ्गलवारवाट औपचारीक रुपमा साचालन आएको छ । उनले मङलवार नै सो क्यामेरावाट चारजनाको हाडको डाइग्नोसिस गरीएको बताए । चारजनामा दुई जना वीर अस्पतालका विरमी थिए भने बाँकी दुईमा एक जना भक्तपुर अस्पतालवाट आएका र अर्का एक सैनिक अस्पतालवाट आएका थिए ।
क्यान्सर थाइराइड हाडजोर्नी कलेजो पित्त छाती मुटु मृगौलालगायतका रोगको निदान र उपचारका लागि उपयोगि सो क्यामेरा अस्पतालमा भएको विवादका कारण अस्पतालको मुल ढोकामै थन्किएको थियो भने ६ महिना अघि मात्र न्युक्लियर मेडिसिन प्लान्टमा जडान गरीएको थियो ।
अस्पतालमा व्यवस्थापन र रेडियोलोजि विभागको विवदका कारया गत २० मङ्सिर ०६६ मा खरिद गरिएको सो क्यामेरा अस्पतालमा एक वर्ष सम्म अस्पतालको ढोकामा नै थन्किएर बसको थियो । क्यामेरालाई कहाँ राख्ने र क्यामेरा खरीदमा आर्थिक चलखेल भएको भन्दै अस्पताल व्यवस्थापन र रेडियोलोजि विभागमा विवाद भएपछि दुई करोड ५१ लाखमा खरिद गरीएको सो गामा क्यामेरा एक वर्षसम्म अलपत्र परेपछि व्यवस्थापिका संसदको महिला बालबालिका र समाजकल्याण समितिले गत १४ कात्तिकमा अस्पताललाई तुरुन्त क्यामार जडान गर्न निर्देशन दिएको थियो । तर समितिले निर्देशन दिएको साढे तीन महिना पछि गत फागुन पहिलो साता निकै ठुलो तामझामका साथ जडान गरीएको थियो ।
समितिले दिएको निर्देशन अनुसार क्योमरा जडान गरीएपनि क्यामेरा साचालनका लागि आवश्यक आइसोटोप नामक औषधि नहुदा क्यामेरा साचालनमा आउन सकेको थिएन । निमित्ति निर्देशक िसंहका अनुसार गत शुक्रवार मात्र आइसोटोप आएकाले क्यामेरा साचालन गरीएको हो । उनले आइसोटोप ल्याउने प्रकि्रया जटिल भएकाले पनि क्यामेरा साचालनमा आउन ढिला भएको बताए ।

Thursday, September 1, 2011

केशरभोग र विश्रान्ती मिठाइ पसल कारबाहीमा

image

वाणिज्य विभागले बजार अनुगमनका क्रममा अस्वस्थ मिठाइ बिक्री गरेका दुई मिठाइ पसललाई समेत कारबाही गरेको छ

नयाँ पत्रिका

काठमाडौं, १४ भदौ

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बजार अनुगमन तीव्र बनाएको छ । मंगलबार मिठाइ पसलहरूको निरीक्षण गर्दा जनावरको बोसो मिसाइएको घ्यू प्रयोग गर्ने, फोहोर ठाउँमा मिठाइ बनाएको भेटिएका केशरभोग र विश्रान्ती मिठाइ पसललाई कारबाही गरिएको जिप्रका काठमाडौंले जनाएको छ ।

वाणिज्य विभागले बजार अनुगमनका क्रममा अस्वस्थ मिठाइ बिक्री गरेका दुई मिठाइ पसललाई समेत कारबाही गरेको छ । विभागले सोमबार ढलमाथि भान्छा बनाएर अस्वस्थकर मिठाइ उत्पादन गरिरहेको नक्सालस्थित केशरभोग मिठाइ पसलको बिक्री बन्द गरी तीनदिने स्पष्टीकरण सोधेको छ भने मैतिदेविस्थित विश्रान्ति मिठाइ पसललाई स्पष्टीकरण सोधेको छ ।

विभागका अनुसार केशरभोगको सञ्चालकलाई तीनदिनभित्र स्पष्ट कारणसहित विभागमा बयानका लागि उपस्थित हुन पत्र पठाइएको छ भने अस्वस्थकर मिठाइ उत्पादन गरिरहेको भेटिएकाले विश्रान्तिलाई स्पष्टीकरण सोधेर सुधार गर्न सुझाब दिइएको छ ।

'बजार निरीक्षणका क्रममा अनमोलमा बिक्री गरिएका मिठाइमा अशुद्ध घ्यू र म्याद सकिएका मसला मिसाइएको पाइएको छ,' प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद ढकालले भने, 'मिठाइ तथा अशुद्ध भेटिएका घ्यूको नमुना परीक्षणपछि कानुनअनुसार कारबाही गर्नेछौँ ।' उनका अनुसार अनमोलमा फेला परेका सबै अशुद्ध घ्यू प्रशासनले ल्याएर राखेको छ ।

प्रशासनले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य विभाग, प्रहरी र उपभोक्तासित मिलेर गरेको अनुगमनमा सो पसलबाट एक सय ५० किलो अशुद्ध घ्यू र एक सय प्याकेट मिति सकिएको मसला फेला पारेको थियो ।

'अनुगमनका क्रममा पसलमा १५ किलो जाने टिनका १० टिन घ्यू फेलापरेको छ भने म्याद गुजि्रएका एक सय प्याकेट मसला,' प्रजिअ ढकालले भने, 'ति सबैलाई नियन्त्रणमा लिएर प्रशासन कार्यालयमा ल्याइएको छ ।' उनले अनमोलमा अशुद्ध घ्यू सप्लाई गर्ने एक कर्मचारीलाई नियन्त्रणमा लिएको बताए ।

अनमोलले कन्हैया घ्यू उद्योगबाट घ्यू खरिद गर्दै आएको टोलीलाई जनाएपछि टोलीले कन्हैयाको पुरानो बानेश्वरस्थित गोदाममा छानबिन गरेको थियो । कन्हैयाको गोदाममा त्यस्तो घ्यू नभेटिएपछि टोलीले कर्मचारीलाई नियन्त्रणमा लिएको प्रजिअ ढकालले बताए । 'नियन्त्रणमा लिइएको कर्मचारीको बयान लिने काम भइरहेको छ,' उनले भने, 'उसको बयान र खाद्य प्र्रविधिको प्रतिवेदन आएपछि घ्यू सप्लाई गर्ने र मिठाइ पसललाई कारबाही हुनेछ ।' उनले अनुगमनका क्रममा अनमोल स्विट्समा बिक्रीका लागि राखिएका गुणस्तरहीन मिठाइ नष्ट गरिएको बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका एक कर्मचारीका अनुसार बजारमा बिक्री हुने अधिकांश घ्यूमा जनावरका बोसो मिसाइएकोे पाइएको छ । 'गाई, भैँसीको भनेर बिक्री गरिने अधिकांश घ्यूमा बोसो मिसाउने गरिएको पाइन्छ,' उनले भने, 'बजार अनुगमन र कारबाही फितलो भएकाले यस्तो समस्या सधैँ देखिन्छ ।' उनका अनुसार बजारमा बिक्री गरिने शुद्ध घ्यूको हालको मूल्य पाँच सयको हाराहारीमा छ, तर बोसो मिसाइएका अशुद्ध घ्यू डेढ सयदेखि तीन सय रुपैयाँसम्ममा पाइन्छ । प्रशासनले मंगलबार अनमोलमा फेला पारेको मिसावटयुक्त घ्यू पनि अनमोलले एक सय ८० रुपैयाँमा खरिद गरेको जनाएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले बजारमा देखिएको समस्या समाधान गर्न केही समय अघिदेखि नियमित रूपमा बजारको निरीक्षण गरिरहेको ढकालले बताए । उनले नवनियुक्त प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनतालाई राहत हुने कार्यक्रम ल्याउन सबैलाई निर्देशन दिइएको वेला प्रशासनले नियमित रूपमा गरेको कार्यक्रम त्यसैअन्तर्गत पर्ने जनाए ।

'बजारमा खाद्य सामग्रीमा थुप्रै समस्या छन्,' उनले भने, 'नियमित अनुगमन गर्ने हो भने त्यस्ता समस्या हराउनेछन् ।' उनका अनुसार प्रशासनले केही समयअघिदेखि विभिन्न पाँच विधा बनाएर उपभोक्ताअधिकार सुरक्षित गर्न नियमित अनुगमन थालेको हो ।

तस्बिर : श्रीधर पौडेल/नयाँ पत्रिका

Sunday, August 14, 2011

वीरका निर्देशकबाट तीन करोड ८५ लाख उठाउन निर्देशन

प्रवीण ढकाल
image

निर्देशक डा. बुलन्द थापाले विभिन्न पदमा नियमविपरीत नियुक्ति गरेको र अधिकार बाहिर गएर पूर्वाधार निर्माण गरी व्ययभार थपेको भन्दै पैसा तिराउन सतर्कता केन्द्रको निर्देशन

नयाँ पत्रिका

काठमाडौं, २८ साउन

राष्ट्रिय सतर्कता केन्द्रले वीर अस्पतालका निर्देशक डा. बुलन्दबाट तीन करोड ८५ लाख ७९ हजार चार सय रुपैयाँ असुल गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान -न्याम्स)का उपकुलपतिलाई निर्देशन दिएको छ । थापाले गत आर्थिक वर्षमा सो रकम नियमिविपरीत खर्च गरेको केन्द्रको ठहर छ ।

अस्पतालका निर्देशक डा. थापाले नियमविपरीत विभिन्न पदमा नियुक्ति गरेको तथा आफ्नो अधिकार क्षेत्र बाहिर गएर भौतिक पूर्वाधार निर्माण गरी अस्पताललाई ठूलो व्ययभार थपेको केन्द्रले ठहर गरेको छ । केन्द्रले न्याम्सका उपकुलपति डा. दामोदर पोखरेललाई कानुनबमोजिम निर्देशक थापाबाट सो रकम असुल गर्न निर्देशन दिएको हो ।

'अस्पतालको निर्देशकबाट विभिन्न पदमा नियमविपरीत ज्यालादारी वा इन्सेन्टिभमा कर्मचारी भर्ना गर्दा अस्पताललाई ठूलो व्ययभार थपिएको र यसरी कानुनी आधारविना भएको खर्च कानुनबमोजिम असुलउपर गरी आइन्दा हचुवाको भरमा कर्मचारी भर्ना गर्ने कार्य बन्द गर्नुपर्नेछ,' केन्द्रद्वारा जारी निर्देशनमा भनिएको छ । यसअघि निर्देशक थापाले अनियमितता गरेको आरोपसहित कर्मचारीले केन्द्रमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा सतर्कता केन्द्रले २ देखि ८ साउनसम्म अस्पतालको स्थलगत अध्ययन गरेको थियो ।

अध्ययन प्रतिवेदनले अस्पतालमा नियमविपरीत कार्य भइरहेकाले उपकुलपतिले नियमअनुसार कारबाही अगाडि बढाउन सक्रिय भूमिका खेल्न भनेको छ । बिहीबार उपकुलपति पोखरेललाई बुझाइएको प्रतिवेदनको बोधार्थ स्वास्थ्य सचिव डा. सुधा शर्मालाई पनि दिइएको छ ।

प्रतिवेदनमा अस्पताल सुधारका लागि ३१ बुँदे निर्देशन र १० वटा सुझाब दिइएको छ । अधिकांश निर्देशन र सुझाब अस्पतालमा नियमविपरीत गरिएको कर्मचारी भर्ना, भौतिक पूर्वाधार निर्माण र खरिद प्रक्रियामा केन्दि्रत छन् ।

अस्पतालको आइसियुमा सित्तैमा बिरामी राख्ने गरेको तथा प्रहरीद्वारा खोजी भइरहेका व्यक्तिलाई आइसियुमा राखेर निःशुल्क सेवा दिने गरेकाले नियमअनुसार गर्न पनि निर्देशन दिएको छ । अस्पतालले चार वर्षदेखि आर्थिक प्रतिवेदन नबुझाएकाले तीन महिनाभित्र प्रतिवेदन पेस गर्न, मेडिकल स्टोरमा म्याद नाघेका औषधि रहेको र नियमपूर्वक ती औषधिको टुंगो लगाउन, आर्थिक प्रशासनलाई चुस्त पार्न, उपकुलपतिलाई आफ्नो अधिकार पूर्ण रूपमा प्रयोग गर्न पनि केन्द्रले निर्देशन दिएको छ । आवास सुविधालाई व्यवस्थित बनाउन, बिरामीलाई बेहोस बनाउने औषधि र अक्सिजनका लागि टेन्डरबाट गर्न, अस्पताल स्थापना भएको एक सय २२ वर्षसम्म जिन्सी खाता निरीक्षण नगरेकाले त्यसको विवरण तत्काल अद्यावधिक गर्न, अस्पतालको नाममा काठमाडौंको दुई हजार एक सय रोपनी जग्गासहित देशभरमा रहेका कुल तीन हजार पाँच सय रोपनी जग्गाको हिसाब राख्न निर्देशन दिएको छ ।

अस्पताल कर्मचारी युनियनले निर्देशक डा. बुलन्द थापाले अनियमित ढंगले एक सय ५८ जना कर्मचारी नियुक्ति गरेको तथा निर्माण कार्यमा आफ्नो अधिकार बाहिर गएर लाखौँ खर्च गरी अस्पताललाई करोडौँ क्षति पुर्‍याएकाले असुल गराउन केन्द्रमा उजुरी दिएको थियो । निर्देशकले नियम कानुन मिची अस्पतालमा कर्मचारी भर्ती गरेपछि बाध्य भएर छानबिनका लागि गुहार्नुपरेको युनियनका सचिव दीपक मुडभरीले बताए । 'निर्देशकले जथाभावी कर्मचारी नियुक्ति गरेकाले असारमा वीरका कर्मचारीलाई तलब खुवाउन झन्डै एक करोड ४० लाख अपुग भयो,' मुडभरीले भने ।

निर्देशक थापाले भने आफूले थोरै पारिश्रमिक दिएर भोलेन्टियर नियुक्त गरेको बताए । विधानतः स्थायी नियुक्ति गर्ने अधिकार सेवा अयोगलाई र बढीमा ६ महिनाका लागि करार नियुक्तिको अधिकार उपकुलपतिलाई मात्र छ । यसका साथै निर्देशकले अस्पतालमा बढीमा एक लाखसम्मको मात्र खर्च गर्न पाउने अधिकार छ । निर्देशक थापाले स्याम्पल ब्लड कलेक्सन सेन्टर, बायोडाजेस्टर प्लान्ट र न्युक्लियर मेडिसिन युनिटलगायतका भौतिक पूर्वाधारहरू निर्माण गरेका थिए ।

Thursday, August 11, 2011

यस वर्षको भाइरल ज्वरो कडा

image

चितवनमा भाइरल ज्वरोका बिरामीको संख्या एक्कासी बढेपछि भरतपुर अस्पतालमा शय्याको अभावमा भुइँमै राखेर उपचार गराइँदै ।

नयाँ पत्रिका

काठमाडौं, २५ साउन

देशका अधिकांश स्थानमा फैलिएको भाइरल ज्वरो यसपटक नयाँ र कडा खालको रहेको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले सतर्क गराएका छन् । भाइरलका बिरामीको चाप अस्पतालमा बढेलगत्तै चिकित्सक तथा स्वास्थ्यकर्मी नै बिरामी पर्न थालेको पाइएको छ ।

वीर अस्पतालका फिजिसियन डा. भुपेन्द्र बस्नेतका अनुसार मौसम परीवर्तनसँगै देखिएको भाइरल ज्वरोले बिरामीमा थप संक्रमण उत्पन्न गराउने, लामो समयसम्म निको नहुनेजस्ता समस्या देखिन थालेको छ । 'यो वर्षको भाइरल ज्वरो विगतको तुलनामा कडा खालको र नयाँ छ,' उनले भने, 'समान्यतया भाइरल ज्वरो दस दिनमा निको हुनेगर्छ । तर, यसपटकको भाइरल २० दिनदेखि एक महिनासम्म निको नभएका, ज्वरो बढी आउने, टाउको धेरै दुख्नेलगायतका थप समस्याहरू देखिएका छन् ।'

उनले अस्पतालमा आएका कडा खालका भाइरलका बिरामीको उपचारमा संलग्न केही स्वास्थ्यकर्मी र चिकित्सकहरू नै बिरामी हुन थालेको बताए । उनका अनुसार अस्पतालमा दैनिकजसो एक सयभन्दा बढी ज्वरोका बिरामी आउने गरेका छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. वासुदेव पाण्डेले अस्पतालमा आएका बिरामीको लक्षणका आधारमा यसपटक जटिल समस्या देखिएको बताए । 'अस्पतालमा दैनिकजसो आउने ६० देखि ७० जना ज्वरोको बिरामीमा जटिल समस्या देखिएको छ,' उनले भने, 'यसपटक नयाँ खालको भाइरस देखिएकाले अहिलेको अवस्था हेर्दा डरलाग्दो स्थिति छ ।' उनले देशका अधिकांश जिल्लामा फैलिरहेको नयाँ भाइरल ज्वरो कुन भाइरसका कारण हो भन्ने अझै पनि पत्ता लाग्न नसकेको बताए ।

वीर अस्पतालका इमरजेन्सी विभाग प्रमुख डा. ध्रुवप्रसाद सिंहले वषर्ात्को समय र मौसममा आएको परिवर्तनले गर्दा यो समयमा भाइरल ज्वरोका भाइरसहरू धेरै सक्रिय हुने गर्दा छिट्टै रोग लाग्ने गरेको बताए । 'यो मौसममा अस्पतालमा भाइरलका बिरामीका कारण घुइँचो नै हुनेगर्छ,' उनले भने । सिंहका अनुसार भाइरल ज्वरो भएका मानिसको शरीरको तापमान एक सयदेखि एक सय तीन डिग्री फरेनहाइटसम्म हुनसक्छ । यो संक्रमणको असर दसदेखि १२ दिनसम्मको हुने भए पनि यसपटक बिरामीहरूमा लामो समयसम्म ज्वरो आउने, बेस्सरी टाउको तथा शरीर दुख्ने, रूघाखोकी लाग्ने, चाँडै अरूमा सर्ने जस्ता समस्या बढी देखिएको डा. सिंहले बताए ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पनि साउन महिनाको सुरुदेखि नै भाइरल ज्वरोका बिरामीको चाप बढ्दै गएको अस्पतालका मेडिकल रेकर्ड शाखाका कुमार केसीले बताए । उनका अनुसार अस्पतालमा एक सातायता दैनिक तीन सयभन्दा बढी भाइरल ज्वरोका बिरामी उपचार गराउन आउने गरेका छन् ।

भाइरसका कारण स्वास्थ्यमा देखिने समस्यालाई भाइरल ज्वरो भन्ने गरिन्छ । मौसम परिवर्तनको कारणले भाइरसबाट संक्रमण भएमा टाउको दुख्ने, शरीर दुख्ने, घाँटी खसखस हुने, नाकबाट पानी बग्नुका साथै अचानक ज्वरो आउने समस्या देखिन्छ । यो ज्वरो एक व्यक्तिबाट अर्काे व्यक्तिमा एकदम छिटो सर्ने गर्दछ ।

टेकु अस्पतालका डा. पाण्डेका अनुसार भाइरल संक्रमण श्वास, खाना, शारीरिक सम्पर्क, कीरा वा परिजीवीको टोकाइबाट मान्छेमा सर्छ । तर, सामान्यतया भाइरल संक्रमणले नाक, घाँटी र फोक्सोको माथिल्लो भागलाई समात्छ । उनका अनुसार भाइरल ज्वरो साधारण आराम तथा घरेलु उपचारबाट नै निको हुने गर्दछ । प्रशस्तमात्रामा तरल पदार्थ सेवन गर्नु र आराम गर्नु नै यसको उत्तम उपचार भएको डा. पाण्डेले बताए ।

'भाइरोलोजिकल सेन्टर आवश्यक’

नेपालमा हरेक वर्ष भाइरल ज्वरोले हजारौँ मानिसलाई बिरामी बनाउने गरेकाले यसको उपचार तथा नियन्त्रणका लागि भाइरोलोजिकल सेन्टरको आवश्यकता रहेको चिकित्सकहरूले औँल्याएका छन् । टेकु अस्पतालका डा. वासुदेव पाण्डेले बर्सेनि भाइरल ज्वरोले देशका विभिन्न स्थानमा प्रकोपकै रूप लिने गरेकाले आगामी दिनमा भाइरलको प्रकोपलाई कम गर्न सेन्टरको आवश्यकता रहेको बताए ।

'बर्सेनि भाइरसमा आउने गरेको परिवर्तनका कारण उपचारमा समस्या परिरहेको छ,' उनले भने, 'यदि सेन्टर हुने हो भने भाइरलका बिरामीको नमुना परीक्षण गरी उपचारमा जान सहज हुनेथियो ।' उनका अनुसार सेन्टर नहुँदा नयाँ खालका भाइरल ज्वरोका भाइरस पत्ता लगाउन समस्या भइरहेको छ ।

Sunday, August 7, 2011

घर, कार्यालय र सार्वजनिक स्थलमा धुमपान निषेध

प्रवीण ढकाल


'सुर्तीजन्य दार्थ (नियन्त्रण नियमन गर्ने) ऐन २०६८' अनुसार saarvajanik स्थलमा धूमपा वा सुर्ती वन गर्नेलाई सरकारले एक सय रुपैयाँदेखि सार्वजनिक स्थलबाट बहिस्कार गर्नेसम्मको कारबाही गर्न सक्नेछ




नयाँ पत्रिका

१९ असार

चुरोट घरमा खाए जरिवाना-सार्वजनिक ठाउँमा खाए जरिवाना, आफ्नो निजी गाडीमा खाए जरिवाना-सार्वजनिक गाडीमा खाए जरिवाना चुरोटका अम्मलीलाई साँच्चै मुस्किल हुने भएको

सरकारले आइतबारदेखि लागू हुनेगरी धूमपानसम्बन्धी नयाँ कानुन ल्याएको अरूलाई हानिकारक हुनेगरी निजी घरमा सार्वजनिक स्थलमा चुरोट सुर्ती सेवन गर्नेलाई कारबाही गर्ने कानुन लागू हुने भएको

'सुर्तीजन्य पदार्थ -नियन्त्रण नियमन गर्ने) ऐन २०६८' अनुसार सार्वजनिक स्थलमा धूमपान वा सुर्ती सेवन गर्नेलाई सरकारले एक सय रुपैयाँदेखि सार्वजनिक स्थलबाट बहिस्कार गर्नेसम्मको कारबाही गर्न सक्नेछ 'कसैले पनि यस ऐनविपरीत सार्वजनिक स्थलमा धूमपान वा सुर्ती सेवन गर्न पाउने छैन,' ऐनमा भनिएको , 'यदि कसैले ऐनविपरीत कार्य गरेमा निजलाई तुरुन्त धूमपान वा सुर्ती सेवन गर्न रोक लगाउने त्यसरी रोक लगाउँदा नमानेमा वा पटक-पटक धूमपान वा सुर्ती सेवन गरेमा निजलाई त्यस्तो सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा एक सय रुपैयाँ जरिवाना वा दुवै सजाय हुनेछ '

स्वास्थ्य-सचिव डा. सुधा शर्माले आइतबारबाट सार्वजनिक स्थानमा चुरोट खानेलाई अबदेखि सबैले दण्डित गर्न सक्ने बताइन् 'ऐनले सार्वजनिक स्थलमा धूमपान वा सुर्ती सेवन गर्ने व्यक्तिलाई सय रुपैयाँ जरिवानासँगै सार्वजनिक स्थलबाट हटाउनसमेत सक्ने व्यवस्था गरेको ,' उनले भनिन्, 'धूमपान वा सुर्ती सेवन गर्ने व्यक्ति सार्वजनिक संस्थासँग सम्बन्धित व्यक्ति वा कर्मचारी भएमा निजले पटक-पटक धूमपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेकोसरह मानी सेवा सर्तसम्बन्धी कानुनबमोजिम सचेत गराउने वा अन्य विभागीय कारबाहीसमेत गर्न सकिनेछ '

नेपालमै पहिलोपटक लागू हुन लागेको सो ऐनले सार्वजनिक स्थल भनेर राज्य तथा सरकारका निकाय, शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्यसम्बन्धी संस्था, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीका साधन, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धवृद्धाश्रम, अनाथालय, बाल उद्यान तथा क्लब, सार्वजनिक शौचालयलाई भनिएको त्यस्तै उद्योग तथा कलकारखानाका कार्यस्थ, चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला, होटल, मोटेल, रिसोर्ट, रेस्टुरेन्ट, बार, भोजनालय, चमेना-गृह, लज, छात्र वा छात्रावास तथा अतिथि-गृह, रंगशाला, कभर्डहल, शारीरिक सुगठन व्यायाम केन्द्र, पौडी पोखरी तथा पुल हाउस, डिपार्टमेन्टल स्टोर तथा मिनी मार्केट, धर्मशाला तथा धार्मिकस्थल तथा सार्वजनिक सवारीका प्रतीक्षालय तथा टिकट काउन्टरलाई पनि सार्वजनिक स्थलका रूपमा परिभाषित गरेको

यसका साथै कसैले पनि अन्य व्यक्तिलाई असर पर्ने गरी घरमै पनि निजी सवारीसाधनभित्र धूमपान गर्न नपाउने व्यवस्था पनि ऐनले गरेको कसैले अरूलाई असर गर्नेगरी घर तथा निजी सावरीसाधनमा चुरोट तथा सुर्ती सेवन गरेमा निजलाई पनि ऐनअनुसार एक सयभन्दा बढी हुनेछ व्यवस्थापिका-संसद्ले ०६७ चैत २८ गते सुर्ती नियन्त्रण तथा नियमन ऐन पारित गरेको थियो भने डा. राष्ट्रपति रामवरण यादवले त्यसमा ०६८ वैशाख २६ गते लालमोहर लगाएका थिए

विश्वमा सुर्ती सेवनका कारण मानव मृत्युमा भइरहेको वृद्धिलाई रोक्न विश्व स्वस्थ्य संगठनको पहलमा सन २००३ मा सुर्तीविरुद्धको अन्तर्राष्ट्रिय अभिसन्धि -एफसिटिसी) पारित भएको थियो त्यही वर्ष डिसेम्बरमा नेपालले पनि अभिसन्धिमा हस्ताक्षर गरेको थियो

पछिल्ला समयमा सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या बढेकाले नेपाली जनतालाई कुलतबाट बचाई स्वस्थ्य जीवन बाँच्न पाउने नैसर्गिक अधिकार प्रत्याभूति गर्न, क्यान्सर, हृदयाघात, नपुंसकता, दम, छालाको रोगजस्ता असंख्य विभिन्न रोगबाट बचाउन, गरिबलाई कुलतबाट हुने अझ बढी गरिबीबाट बचाउन सरकारले राजनीतिक दलहरूको सर्वसम्मत सहमतिबाट नै ऐन ल्याएको सचिव शर्माले बताइन्

नेपालमा प्रत्येक दिन सुर्ती सेवनका कारण ४४ जनाले अनाहकमा ˆनो ज्यान गुमाउनुपरिरहेको सुर्ती सेवनकै कारण उत्पन्न हुने रोगको उपचार गर्न वर्षेनी १६ अर्ब रुपैयाँ खर्च भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा हरेक वर्ष ५० लाखभन्दा बढी मानिसको सुर्तीजन्य पदार्थको प्रयोगबाट अकालमा मृत्यु भइरहेको यस्तै अवस्था रहिरहे सन् २०२० सम्म ८४ लाख सन् २०३० सम्म यो बढेर एक करोड पुग्ने संगठनको अनुमान

नेपालमा पछिल्ला वर्षहरूमा हरेक दिन सुर्ती तथा सुर्तीजन्य पदार्थको सेवन गर्नेको संख्यामा वृद्धि हुँदै गइरहेको विशेषगरी युवाहरूको हरेक दिन सुर्ती तथा सुर्तीजन्य पदार्थको सेवनमा वृद्धि हुँदै गइरहेको अवस्था विभिन्न तथ्यांकले देखाएको पछिल्लो समयमा भएका विभिन्न तथ्यांकअनुसार नेपालको कुल जनसंख्याको झन्डै ५० प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गरेको पाइन्छ एक तथ्यांकअनुसार नेपालका ३१. प्रतिशत पुरुष १५. प्रतिशत महिलाले चुरोट पिउने गरेको देखाएको यसमा पनि ग्रामीण क्षेत्रका ३२. प्रतिशत महिलाले धूमपान गर्ने गरेको पाइन्छ

ऐनले अबदेखि १८ वर्ष उमेर नपुगेका बालबालिका गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न वा निःशुल्क उपलब्ध गराउन नपाउने व्यवस्था गरेको यो व्यवस्था उल्लंघन गरेमा १० हजारसम्म जरिवाना तिर्नुपर्ने हुन्छ 'कसैले पनि १८ वर्ष नपुगेका व्यक्ति गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न वा निःशुल्क उपलब्ध गराउन पाउने छैन,' ऐनमा भनिएको , 'यदि कसैले सोविपरीत कार्य गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ '

ऐनले चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा तथा कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्तीलगायतका पदार्थलाई सुर्तीजन्य भनेको यस्तै, धूमपानको परिभाषामा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्ने काम भनी उल्लेख

सूचना केन्द्रका निर्देशक खड्काले कुनै पनि पसले वा व्यापारीलाई ग्राहकको उमेर थाहा नभए प्रमाण माग गर्न सक्ने बताए 'सुर्तीजन्य पदार्थको विक्रेताले कुनै क्रेताको उमेरको बारेमा यकिन हुन चाहेमा निजसँग आवश्यक प्रमाणको माग गर्नसक्ने कुरा ऐनमा व्यवस्था गरिएको ,' उनले भने, 'यो ऐनअनुसार विक्रेताले माग गरेको प्रमाण पेस गर्नु सम्बन्धित क्रेताको कर्तव्य हुनेछ यदि सुर्तीजन्य पदार्थको खरिद गर्न आएकाले आवश्यक प्रमाण दिन सकेन भने व्यापारीले त्यस्ता व्यक्तिलाई सुर्तीजन्य पदार्थ बिक्री गर्न हुन्न ' उनका अनुसार सुर्तीजन्य पदार्थको प्याकेटमा बालबालिकालाई आकर्षण्ा गर्ने कुनै किसिमका लोगो, चिह्न, चित्र शब्द राख्न नपाउने व्यवस्थासमेत ऐनमा रहेको

शिक्षण तथा स्वास्थ्य संस्थाछेउमा बिक्री गर्न नपाइने

ऐनले कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्राम, अनाथालयलगायतका सार्वजनिक स्थानभन्दा कम्तीमा सय मिटरभित्र सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न नपाउने व्यवस्था गरेको कसैले पनि सुर्तीजन्य पदार्थप्रति आकर्षण हुने गरी बिक्रीस्थल सजावट तथा त्यस्तो पदार्थको प्रदर्शन गर्न नपाउनेलगायतका व्यवस्था गरेको ऐनको दफा ११ मा गरिएको यी व्यवस्था कसैले उल्लंघन गरेमा सरकारले १० हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने प्रस्ट व्यवस्था गरेको

फुटकर रूपमा बिक्री गर्न नपाइने

नेपाली बजारमा जहाँ पनि जहिले पनि चुरोटका खिल्ली, बिँडी वा सिगारको खिल्ली खरिद बिक्री गर्न पाइन्छ, तर अबदेखि भने त्यो कार्यमा रोक लाग्ने भएको ऐनले कसैले पनि फुटकर रूपमा चुरोट, बिँडी वा सिगारको खिल्ली बिक्रीवितरण गर्न नपाउने गरी व्यवस्था गरेको ऐनले यो व्यवस्थाविपरीत कार्य गर्नेलाई १० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ

विज्ञापन गर्न रोक

ऐनले सुर्तीजन्य पदार्थको उत्पादकलगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफएम, इन्टरनेट, इमेलजस्ता विद्युतीय सञ्चारमाध्यम, अन्तर्त्रिmया, कार्यक्रम, होर्डिङबोर्ड, भित्तेलेखन, लोगो, संकेत, लेख, दृश्य, आवाज, चिह्न, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन प्रवर्द्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण्ा वा प्रायोजन गर्न नपाउने व्यवस्था गरेको ऐनको दफा १० मा गरिएको यो व्यवस्था कसैले उल्लंघन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ

नियन्त्रण नियमन समिति गठन भएन

ऐनले सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन सम्बन्धमा नीति निर्धारण गर्ने कामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव अध्यक्ष रहने समिति गठन गर्ने व्यवस्था गरेको भए पनि सो समिति हालसम्म पनि गठन हुन सकेको छैन समितिमा अध्यक्षसहित सात सदस्यीय रहने सो समितिको उपाध्यक्षमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक, सदस्य-सचिवमा स्वास्थ्य मन्त्रालयको कानुन अधिकृत सदस्यहरूमा क्यान्सर फोक्सो वा मुटुसम्बन्धी रोगको रोकथाम वा उपचारमा संलग्न सरकारी स्वास्थ्य संस्थाका व्यक्तिहरूमध्येबाट मन्त्रालयले मनोनीत गरेको एकजना रहनेछन् त्यस्तै धूमपान तथा सुर्ती सेवनको नियन्त्रण गर्ने उद्देश्यले स्थापित गैरसरकारी संस्था तथा निजी क्षेत्रको स्वास्थ्य संस्थामा काम गरेका व्यक्तिहरूमध्येबाट एकजना महिलासहित मन्त्रालयले मनोनीत गरेको दुईजना सामाजिक क्षेत्रमा काम गरेका व्यक्तिहरूमध्येबाट मन्त्रालयले मनोनीत गरेको एकजना रहनेछन् सूचनाका निर्देशक खड्काका अनुसार मनोनीत सदस्यहरूको पदावधि दुई वर्षको हुनेछ उनले समितिको सचिवालयको काम मन्त्रालयले गर्ने जानकारी दिए