प्रवीण ढकाल
काठमाडौं, साउन २२ - सरकारले देशभरका सरकारी जिल्ला अस्पताल तथा स्वास्थ्य संस्थाको भवन एउटै मापदण्ड अनुसारका बनाउन नयाँ डिजाइन तयार पारेको छ। स्वास्थ्य सेवा विभागले अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको भवन टाढैबाट सजिलै चिन्न सकिने र आधुनिक बनाउन नयाँ डिजाइन तयार पारेको हो।अस्पताल तथा स्वास्थ्य संस्थाको भवन अरु भन्दा भिन्न, सुरक्षित र बिरामीमैत्री बनाउने उद्देश्यले आधुनिक डिजाइन तयार पारिएको विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा. भिम आचार्यले जानकारी दिए।
'देशभर निर्माण हुने सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी भवनको मापदण्ड एउटै ढंगको बनाइएको छ,' उनले भने, 'तर भवनका संरचना भने भौगोलिक क्षेत्र अनुसार केही फरक हुने छन्।'
डा. आचार्यका अनुसार नयाँ बन्ने सबै अस्पताल तथा स्वास्थ्य संरचना अस्पताल इन्जिनियरिङका आधारमा भूकम्पप्रतिरोधी बनाउन र भवनमा एकरुपता ल्याउन भूगोल अनुसार नयाँ डिजाइन तयार पारिएको हो। उनले जिल्ला अस्पतालदेखि स्वास्थ्य चौकीसम्म सबै भवन नयाँ डिजाइनका आधारमा बन्ने जानकारी दिए।
भूकम्प प्रभावित १४ जिल्लामा तत्काल उपचार सेवा दिने प्रिफ्याब संरचना भने नयाँ डिजाइन अनुसार हुने छैनन्। तर, दिर्घकालका लागि बनाइने भवन भने नयाँ डिजाइन अनुसार नै हुने छन्। 'भूकम्प प्रभावित जिल्लामा बिरामीको ज्यान जोगाउन तत्कालै उपचार सेवा प्रदान गर्नुपर्ने अवस्था रहेकोले तुरुन्तै निर्माण गर्न सकिने प्रविधिमार्फत संरचना बनाउनु पर्ने हुन्छ,' उनले भने, 'प्रिफ्याब संरचना तत्काल समस्या समाधानका लागि मात्र हो। ती जिल्लामा पनि पक्की भवन भने नयाँ डिजाइन अनुसार नै बनाइने छ।'
विगतमा सरकार, स्थानीय सहयोगी र दाताले आफूखुसी डिजाइनमा अस्पताल भवनहरू बनाउँदै आएका थिए। भवन निर्माण विभागको स्वीकृतिमा फरक–फरक डिजाइनमा बनाउँदा अस्पताल तथा स्वास्थ्य संस्थाको भवनको स्वरुप एकै ठाँउमा पनि फरक देखिन्थे। तर, अब अस्पतालको स्तर, शऒ्ढया संख्या र अन्य पूर्वाधार सबैमा एकरुपता आउने भएको छ।
भवनको बाहिरी र भित्री संरचनासँगै नयाँ डिजाइमा भवनका लागि आवश्यक जमिनलगायत अन्य पूर्वाधारबारे पनि स्पष्ट मापदण्ड पालना गर्नुपर्ने व्यवस्था गरिने भएको छ। नयाँ डिजाइन अनुसार बनाइने सबै जिल्ला अस्पताल र स्वास्थ्य चौकी अपांगमैत्री हुने, बिरामी ओहोरदोहोर सहजता पार्न र्यािम्पको निर्माण गरिनुपर्ने, प्रयोगशाला तथा कर्मचारी कक्षलगायत कुरुवाका लागि समेत पर्याप्त ठाउँ हुने छ।
डा. आचार्यका अनुसार नयाँ डिजाइन अनुसार निर्माण हुने संरचनाको गुणस्तरको अनुगमन पनि हुने छ। विभागले जिल्ला अस्पतालको शऒ्ढया संख्या हिमाल, पहाड र तराइको फरक हुने भएकाले शऒ्ढया संख्याकै आधारमा अस्पताल भवनको डिजाइन तयार पारेको छ।
हिमाली क्षेत्रका लागि ३१ देखि ५० शऒ्ढयाको डिजाइन बनाएको छ भने पहाड र तराइमा ५१ देखि ७० शऒ्ढयाको डिजाइन गरेको छ। यसैगरी, १५ शऒ्ढयासम्मको अस्पतालका लागि पनि छुट्टै डिजाइन बनाइएको छ। १५ शऒ्ढयाका अस्पतालको डिजाइन अंग्रेजी अक्षर एल आकारको हुने छ।
पहाड र तराइमा बनाइने जिल्ला अस्पतालको डिजाइन हाल त्रिवि शिक्षण अस्पतालको मूल भवनको जस्तै छ। यस्ता क्षेत्रमा बनाइने अस्पताल भुईं तलासहित दुई तला अग्ला र चौडा हुने छ। हिमाली क्षेत्रका अस्पताल भने अंग्रेजी अक्षर टी आकारको एकातिर चौडा र अर्को तर्फ लामो हुने छ। अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रको डिजाइन हिमाल र पहाडमा एउटै छ भने स्वास्थ्य चौकीको डिजाइन हिमाल, पहाड र तराइमा फरक छ।
प्राथमिक स्वास्थ्य केन्द्रहरूको डिजाइन भौगोलिक क्षेत्र अनुसार फरक फरक रहेको छ। हिमाल र पहाडमा १० शऒ्ढयासम्मका यस्ता केन्द्रका भवनको डिजाइन एउटै हुने छ भने र तराइमा फरक डिजाइनको हुने छ। हिमाल र पहाडमा बढी चौडा भवन बनाउन जग्गा उपलब्ध हुने सम्भावना कम हुने भएकाले थोरै चौडा तर लम्बाइ बढी भएको डिजाइन तयार गरिएको छ। तराइमा भने १५ शऒ्ढयाको भवन हुने छ।
यस्तै, स्वास्थ्य चौकीको डिजाइन पनि हिमाल पहाड र तराइ अनुसार फरक छ। अस्पताल र स्वास्थ्य केन्द्रभन्दा चौकी सानो हुने छ।
डा. आचार्यका अनुसार भूकम्पमा क्षतिग्रस्त जिल्लामा क्षति र आवश्यकताका आधारमा नयाँ संरचना निर्माण अघि बढ्ने छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वैशाख १२ र २९ गतेको शक्तिशाली भूकम्पले विभिन्न जिल्लाका गरी कुल १ हजार ३८ स्वास्थ्य संस्था क्षतिग्रस्त भएका छन्। तीमध्ये ३ सय ५८ संस्था ध्वस्त छन् भने ६ सय ८० मा आंशिक क्षति भएको छ। भूकम्पबाट सर्वाधिक प्रभावित १४ जिल्लाका मात्र ३ सय २ वटा स्वास्थ्य संस्था ध्वस्त छन् भने ३ सय ७६ वटा क्षतिग्रस्त। क्षतिग्रस्त स्वास्थ्य संस्था पनि काम नलाग्ने गरी चर्किएका छन्।
- नागरिक
No comments:
Post a Comment