मानव शरीरको रगतमा आवश्यकताभन्दा बढी चिनी अथवा ग्लुकोज जम्मा हुँदा देखापर्ने रोगलाई मधुमेह भनिन्छ । यसलाई चिनीरोग पनि भनिन्छ । यो रोगबारे धेरैले सुनेका छन् तर थोरैले मात्र बुझेका छन् । 'मधुमेहका लागि आजै काम थालौँ' भन्ने नाराका साथ सोमबार नेपाललगायत विश्वभरि मधुमेह दिवस मनाइएको छ । मधुमेह रोगबारे मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा. ज्योति भट्टराईको विश्लेषण उनकै शब्दमा :\
मानव शरीरको रगतमा आवश्यकताभन्दा बढी चिनी अथवा ग्लुकोज जम्मा हुँदा देखापर्ने रोगलाई मधुमेह भनिन्छ । यसलाई चिनीरोग पनि भन्ने गरिन्छ । यो रोगबारे धेरैले सुनेका छन् तर थोरैले मात्र बुझेका छन् । मानव शरीरभित्र चिनी पचाएर ऊर्जामा बदल्ने काम इन्सुलिनले गर्छ । इन्सुलिनको अभाव भएर शरीरमा चिनी नपच्ने र पिसाबबाट चिनी बाहिर निस्कने रोग चिनीरोग वा मधुमेहको नामबाट परिचित हुन पुगेको छ ।
मधुमेह शरीर गल्ने दीर्घरोग हो । एकपटक लागेपछि यो रोगबाट छुटकारा पाउन असाध्यै गाह्रो छ । यद्यपि यसप्रति सचेत हुनसके सामान्य जीवन बिताउन सकिन्छ । हामीले खाएको धेरैजसो खाना ग्लुकोजमा परिवर्तन भएर शरीरलाई शक्ति दिने काम गर्छ । इन्सुलिनले हामीले खाएका कुराबाट प्राप्त ग्लुकोजलाई कोशमा प्रवेश गराउन चाबीको काम गर्छ, तर ग्लुकोज कोशमा प्रवेश गर्न नपाए शरीरमा समस्या हुन्छ । त्यसबाट देखापर्ने समस्यालाई मधुमेह भनिन्छ ।
चिकित्साशास्त्रमा डाइबिटिजलाई दुई भागमा वर्गीकरण्ा गरिएको छ । शरीरमा इन्सुलिनको उत्पादन नै नहुने 'टाइप वान डाइबिटिज' हो । यस्तो समस्या बालबालिकामा हुने गर्छ । त्यस्तै, उत्पादित इन्सुलिनले काम नगर्ने समस्यालाई 'टाइप टु डाइबिटिज' भनिन्छ । डाइबिटिज भएपछि जिन्दगीभरि इन्सुलिन लगाउनुपर्ने हुन्छ । इन्सुलिनसँगै खाना पनि दिनुपर्ने र खाना नखाइदिए बच्चा बेहोस हुनेलगायतका समस्या हुन्छन् । बिरामीलाई इन्सुलिन नियमित नदिए बिरामीको मृत्यु हुन सक्छ । त्यसैले टाइप वान डाइबिटिज भएका बालबालिकालाई हरेक दिन दुईपटक इन्जेक्सनमार्फत इन्सुलिन दिनुपर्छ । डाइबिटिज भएपछि जीवनभरि औषधि प्रयोग गर्नुपर्छ । र, त्यो पनि मुखबाट खाने होइन, इन्जेक्सनमार्फत लगाउनुपर्छ । लामो समय डाइबिटिज हुँदा आँखा, किड्नी र नसामा असर गर्न सक्छ । खुट्टाको नसामा असर गरेर खुट्टै काट्नुपर्ने अवस्थासमेत आउन सक्ने हुन्छ । त्यसैले डाइबिटिजका बिरामीले पिसाबबाट प्रोटिन लिक भएको छ कि छैन परीक्षण्ा गराउँदै गर्नुपर्छ । पिसाबबाट प्रोटिन लिक भए कालान्तरमा किड्नीले काम नै नगर्ने हुन्छ । विश्वमै किड्नी फेल हुने मुख्य कारण्ा डाइबिटिज हो । पश्चिमा मुलुकमा कमाउने, खाने उमेरमै मान्छे अन्धो हुने मुख्य कारण्ा पनि डाइबिटिज हो । डाइबिटिजले रगतको नसामा असर गर्छ, आँखामा पनि असर गर्छ ।
डाइबिटिज भएको मान्छेको रगतमा कोलेस्ट्रोल जम्छ, जसका कारण्ा नसाबाट रगत बग्न सक्दैन, खुट्टामा रगत सञ्चार नभएपछि सामान्य चोटपटक लागे पनि घाउ बढ्दै गएर निको नहुने र खुट्टा नै काट्नुपर्ने अवस्थासमेत आउँछ ।
डाइबिटिजले स्नायुप्रण्ाालीमा समेत असर गर्छ । डाइबिटिजले निम्त्याउने समस्याको मूल्य चर्को हुने हुँदा रोग लाग्नुअघि नै सचेत हुन आवश्यक छ । डाइबिटिज भइसकेको भए चिकित्सकको सल्लाहअनुसार औषधि सेवन नियमित गर्नु, पिसाबबाट प्रोटिन लिक भएको छ कि छैन परीक्षण्ा गराउनु र रगतमा चिनी तथा कोलेस्ट्रोलको मात्रा नियमित जाँच्नुपर्छ । आँखाको नियमित परीक्षण्ा गराउनुपर्छ ।
खानपानमा ध्यान पुर्याउन सके, नियमित व्यायाम गर्ने, चुरोट, रक्सी नखाने, धेरै चिल्लो, रेस्टुरेन्टको खाना तथा तारेको खाना नखाए डाइबिटिजबाट धेरै हदसम्म बच्न सकिन्छ । मधुमेह भएकाको शरीरमा पहिल्यै चिनी हुने हुँदा थप गुलियो खाँदा समस्या बढ्छ । त्यसैले चिकित्सकको सल्लाहमा नियन्त्रित मात्रामा मात्र गुलियो खानुपर्छ । केही वर्ष अघिसम्म बूढाबूढी तथा धनीको रोगका रूपमा चिनिएको मधुमेह रोग अहिले बालबालिका तथा युवा-युवतीमा पनि देखापर्न थालेको छ । भर्खर जन्मिएका बच्चादेखि बूढाबूढी सबैलाई यो रोगले समाउन थालेको छ । आधुनिक सभ्यता, औद्योगीकरण्ा, व्यापारिक प्रतिस्पर्धा, उच्च आकांक्षा आदिका कारण्ा आजका मानिसको जीवनशैलीमा ठूलो परिवर्तन आएको छ । मानिसको जीवनशैलीमा आएको यस्तो अस्वस्थकर परिवर्तनले गर्दा अहिले मधुमेह रोगले विश्वका हरेक मानिसमा चिन्ता थपेको छ ।
मोटोपना, शारीरिक निष्त्रिmयता, असन्तुलित खानपान, मानसिक तनावलगायतका कारणले अहिले मानिसमा मधुमेहको संक्रमण धमाधम देखापर्न थालेको छ । अन्तर्राष्ट्रिय मधुमेह महासंघका अनुसार अहिले विश्वभर करिब २५ करोडभन्दा बढी मधुमेहका रोगी छन् । यो संख्या सन् २०२५ सम्ममा बढ्दै गएर ३८ करोड पुग्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष विश्वमा करिब ७० लाख नयाँ मधुमेहका रोगी थपिँदै गइरहेका छन् भने ३० लाख मानिस प्रतिवर्ष मधुमेहसम्बद्ध रोगका कारण्ा मर्ने गरेका छन् । नेपालमा पनि कुल जनसंख्याको झन्डै २५ प्रतिशतमा मधुमेह रोग रहेको तथ्यांक आइरहेको छ ।
मानिसको बढ्दो व्यस्तता र जीवनशैलीमा आएको परिवर्तनका कारण नेपालका सहरबजारमा यो रोग अत्यधिक मात्रामा रहेको र यसको वृद्धिदर पनि दैनिक रूपमा बढिरहेको छ । त्यसकारण सरकारले अब तत्काल यो रोगको नियन्त्रणका लागि आवश्यक कदम चाल्नुपर्छ । नसर्ने रोगहरूमा यो रोगका लागि छुट्टै कार्यक्रम बनाएर नियन्त्रणतर्फ जानुपर्छ । विकसित राष्ट्रहरूको खानपिनमा आएको परिवर्तनका कारण पाको मानिसका रूपमा परिचित मधुमेह बिस्तारै युवा वर्गमा सर्दै जानु भनेको ठूलो समस्या आउनु हो । हाम्रोजस्ता विकासोन्मुख देशहरूमा यो रोग महामारीका रूपमा फैलँदै छ । अहिले नै यो रोगबारे सचेत नहुने हो भने भोलिका दिनमा हरेक घरमा यो रोगका बिरामी फेलापर्ने छन् । यो रोग अहिले स-साना बालबालिकामा पनि धेरै मात्रामा देखिन थालेको छ ।
बढी पिसाब लाग्नु, छाला सुक्खा हुनु, पिसाबमा कमिला लाग्नु, खाना धेरै रुच्नु, दुब्लाउँदै जानु, श्वास फेर्न गाह्रो हुनु डाइबिटिजका लक्षण्ा हुन् । बच्चा त कहिलेकाहीँ बेहोसै पनि हुन सक्छन् । डाइबिटिज वंशाण्ाुगत कारण्ाले पनि हुने गर्छ । परिवारमा कसैलाई छ भने उनीहरूको बच्चामा डाइबिटिज हुने वा दाजुदिदीमा समस्या भए अन्य दाजुभाइ तथा दिदीबहिनीमा हुने सम्भावना उच्च हुन्छ । पेटमा बोसो जम्मा भएको मान्छेलाई डाइबिटिज हुने सम्भावना बढी हुन्छ । मुख सुक्ने, भोक लाग्ने, पिसाब बढी लाग्ने, पिसाबमा कमिला आउने, हातगोडा पोल्ने, झमझम गर्ने निदाउने, रगतमा सुगर बढी भए आँखा धमिलो देख्न थाल्छ, छाला सुक्खा हुने टाढाको कुरा नचिन्ने सुगर बढी भएको लक्षण्ा हुन् । त्यस्तै, शरीरमा पानीको मात्रा कम भएर मान्छे लर्बराउन पनि थाल्छ । बेसुरमा कुरा गर्न थाल्छ । तनावले पनि डाइबिटिज बढाउँछ । तर, तनावले डाइबिटिज निम्त्याउने नभई भएको डाइबिटिज बढाउने हो ।
मधुमेहका लक्षण
अत्यधिक भोक लाग्नु, पिसाब लाग्नु, हातखुट्टा झमझमाउनु, पोल्नु, तिर्खा लाग्नु, मुख सुक्नु, शरीरमा रगत कम हुनु, मुख फुल्नु, आँखावरिपरि फुल्नु, आँखाको ज्योतिमा कमी आउनु, छाला धेरै सुक्खा हुनु, कहिलेकाहीँ एक्कासि केहीबेरका लागि आँखा नदेख्नु, रक्तनलीहरू साँघुरिनु, हातखुट्टाका औंला बाउँडिनु, पिँडौला धेरै दुख्नु, लामो समय थकाइ अथवा कमजोरी महसुस हुनु, घाउहरू अथवा रोगहरू चाँडै निको नुहुनु, विनाकारण्ा दुब्लाउँदै जानु, यौनक्षमता घट्नु आदि डाइबिटिजका लक्षण्ा हुन् ।
यी खाना नखाऊँ
मधुमेह लागेकाहरूले चिनी, मिठाई, आँप, अंगुर, भुइँकटहर, आइसक्रिम, केक खानुहुँदैन । त्यस्तै कोक, फ्यान्टा, प|mुट जुसजस्ता गुलिया पेयपदार्थ खान हुँदैन । तेलघ्यूमा तारेको पुरी, पुलाउ, समोसा, आलुचप आदि पनि खान हुँदैन ।
थोरै मात्रामा खाँदा हु पदार्थहरू
चामल, गहुँ, मकै, चिउराजस्ता अन्नहरू थोरै मात्रामा खान हुने पदार्थहरू हुन् । त्यस्तै चिनी नभएको पाउरोटी, बिस्कुट, चाउचाउ, तेल, घ्यू, आलु, पिँडालु, मधुमेह रोगीका लागि भनी बनाइएका 'डाइट' खाद्यपदार्थहरू पनि थोरै मात्रामा खाए हुन्छ । यसैगरी चना, रहर, केराउ, भटमास, मुगी, मासजस्ता गेडागुडीहरू, दूध र यसबाट बनेका पदार्थहरू, मेवा, मौसम, स्याउजस्ता फलफूलहरू, मासु, माछा, अण्डा आदि साधारण्ा मात्रामा खान हुन्छ ।
धेरै खानुपर्ने पदार्थहरू
हरियो तरकारी र सागसब्जी तथा काँक्रो, गोलभेंडा, गाँजर, मूला आदिको सलाद अन्य खानाको तुलनामा धेरै खानुपर्छ ।
प्रस्तुतिः प्रवीण ढकाल
dhakalprabin@gmail.com
No comments:
Post a Comment