Pages

Friday, August 12, 2016

पूर्वराष्ट्रपति उपचारमा सरकारको दश लाख

प्रवीण ढकाल
काठमाडौं- पूर्वराष्ट्रपति डा. रामवरण यादव स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि एक सातादेखि भारतमा छन्। उनी अघिल्लो बिहीबार चण्डीगढस्थित पोस्ट ग्य्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च सेन्टरमा भर्ना भएका हुन्। यादवले उक्त अस्पतालमा  अध्ययन गरेका थिए।

त्रिवि शिक्षण अस्पतालमा परीक्षणक्रममा यादवको पिसाब नलीमा संक्रमणसाथै प्रोस्टेटसम्बन्धी समस्या देखिएको थियो।

यसैबीच सरकारले पूर्वराष्ट्रपतिको उपचारका लागि दस लाख रुपैयाँ दिने भएको छ। अघिल्लो शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वराष्ट्रपति यादवलाई उपचार गराउन बिल प्राप्त भएपछि हिसाब मिलाउने गरी पेस्कीस्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

पारिवारिक स्रोतका अनुसार यादवको प्रोस्टेटमा जटिल समस्या देखिएपछि उनलाई भारत लगिएको हो। उनका साथमा छोरा चन्द्रमोहन र छोरी अनिता छन्। 'टिचिङ अस्पतालमा परीक्षणका क्रममा बायप्सी गर्नुपर्ने भनिएको थियो,' स्रोतले भन्यो, 'समस्या जटिलझैं लागेपछि आफू अध्ययन गरेकै अस्पतालमा जानुभएको हो।' उनका अनुसार पूर्वराष्ट्रपति यादव २० गते छोराछोरीसहित बिहान ९ः ५० बजे जेट एयरको विमानबाट दिल्ली हुँदै चण्डीगढ पुगेका हुन्।

साउन दोस्रो साता जनकपुरमा रहेका बेलामा यादवको पिसाब नलीमा समस्या देखिएको थियो। अस्पताल स्रोतका अनुसार डा. यादवको प्रोस्टेट ग्रन्थी बढेको छ। प्रोस्टेट पुरुषको पिसाब नलीमा हुने एक ग्रन्थी हो जुन विभिन्न कारणले बढ्ने वा सुक्ने गर्छ।

वरिष्ठ युरोलोजिस्ट अर्जुनदेव भट्टका अनुसार प्रोस्टेट ग्रन्थी बढ्ने क्रममा एकनासले नभएर दाँया–बायाँ वा बीचको भागमा विशेष आकारले वृद्धि हुन सक्छ। ग्रन्थीको बीच भाग वृद्धि हँुदा बिरामीको मूत्र निष्कासनमा सबैभन्दा बढी समस्या हुनेगर्छ।

प्रोस्टेट ग्रन्थीका कारण छिटोछिटो पिसाब लाग्ने, तुरुन्त पिसाब नखुल्ने, पिसाब रोक्नै नसकी चुहिने, निखि्रएको अनुभूति नहुनेजस्ता लक्षण देखिने उनले जानकारी दिए।

'पिसाबमा रगत जाने, मूत्र संक्रमण भइरहने, पिसाब थैलीमा पत्थरी जम्ने, मिर्गाैलाको काम गर्ने क्षमतामा ह्रास आउनेजस्ता लक्षण पनि प्रोस्टेट ग्रन्थी संक्रमणको कारण हुन सक्छ,' उनले भने, 'प्रोस्टेट ग्रन्थी बढेका वा खुम्चिएको पुरुषको मूत्र प्रवाह जाँचेर हेरिन्छ र त्यसका आधारमा कस्ता बिरामीलाई शल्यक्रिया गर्ने वा औषधिले नै व्यवस्थापन गर्ने भन्ने निर्णय गरिन्छ।'

डा. यादवको आन्द्रामा समेत समस्या रहेको छ। तीन वर्षअघि उनी ठूलो आन्द्रामा देखिएको घाउ उपचारका लागि जापान पुगेका थिए।

-नागरिक

हचुवामा रोकियो 'न्यानो झोला' कार्यक्रम



काठमाडौं- सरकारले नवजात शिशुलाई मृत्युबाट जोगाउन सुरु गरेको न्यानो झोला ‘लुगा सेट' वितरण कार्यक्रम बन्द भएको छ । नेपाली स्वास्थ्य क्षेत्रको सुधारमा लामो समयदेखि बाधक बनिरहेको नवजात शिशुको मृत्युदर घटाउन स्वास्थ्य मन्त्रालयले विपन्न वर्गलाई लक्षित गर्दै ठूलो रकमका साथ आर्थिक वर्ष २०७०/७१ बाट सुरु गरेको न्यानो झोला वितरण कार्यक्रम यो वर्षदेखि बन्द भएको हो ।

मन्त्रालयअन्तर्गतको परिवार स्वास्थ्य महाशाखाबाट ७५ वटै जिल्लामा एकैपटक सञ्चालित उक्त कार्यक्रम नवजात शिशुको मृत्यु रोक्न प्रभावकारी बनिरहेका बेला अचानक बन्द गरिएपछि उक्त कार्यक्रमका निर्माता एवं विज्ञ सशंकित भएका छन् ।

स्रोतका अनुसार महाशाखाका कर्मचारीले प्रभावकारी भएको भन्दै यो वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिन गरेको प्रस्ताव महाशाखाका निर्देशक डा. आरपी विच्छाले एकाएक हटाइदिएका थिए ।

‘जिल्लामा कार्यक्रम प्रभाकारी बन्दै गएको र यसलाई निरन्तरता दिनुपर्ने सुझाव आइरहेका बेला अचानक निर्देशकले यो कार्यक्रम हटाउनुको रहस्य के हो ? हामीले बुझ्न सकेका छैनौं', स्रोतले अन्नपूर्णसँग भन्यो, ‘हटाउनु नै थियो भने कम्तीमा उहाँले पहिले यो कार्यक्रमको मूल्यांकन गर्नुपथ्र्यो । हचुवाका भरमा कार्यक्रम किन स्थगित गरियो ? नवजात शिशुको मृत्यु घटाउन चुनौती छ भन्दै भाषणबाजी गर्ने र त्यही समस्या समाधानका लागि सञ्चालन गरिएको कार्यक्रम बिनासुझबुझ हटाउनुमा के स्वार्थ छ ? '

नेपालमा अधिकांश नवजात शिशुको सिताङ (हाइपोथर्मिया) र विभिन्न संक्रमणका कारण मृत्यु हुने गरेको छ । जन्मेदेखि २८ दिनसम्मका शिशुलाई नवजात शिशुका रूपमा लिने गरिएको छ । सिताङ र संक्रमणबाट तत्काल हुने मृत्युलाई रोक्ने सरकारले न्यानो झोलामा नवजात शिशुका लागि कटनका दुईवटा टोपी, दुईवटा पेटे भोटो, दुई दौरा, एउटा र्‍यापर र एकातर्फ प्लास्टिक र अर्कोतर्फ फलाटिनको कपडा भएको एउटा बेबी म्याट र आमालाई म्याक्सी दिने गरेको थियो ।

रेफरल अस्पतालमा प्रसूति गराउनेको संख्या धेरै भएको तथा बर्थिङ सेन्टरमा प्रसूति गराउनेको संख्या कम भएका बेला उक्त कार्यक्रमले बर्थिङ सेन्टरमा प्रसूति गराउने महिलाको संख्यामा समेत वृद्धि भएको थियो । उक्त कार्यक्रम बर्थिङ सेन्टरदेखि जिल्ला अस्पतालसम्म लागू भएको थियो । कार्यक्रमको पहिलो वर्ष सरकारले १९ र दोस्रो वर्ष २१ करोड रुपैयाँ खर्चसमेत गरेको थियो । न्यानो झोलाका लागि हिमाली जिल्लामा एक हजार, पहाडी र तराई जिल्लामा नौ सयका दरले बजेट व्यवस्था गरिएको थियो ।

    कार्यक्रमको पहिलो वर्ष सरकारले १९ र दोस्रो वर्ष २९ करोड रुपैयाँ खर्चसमेत गरेको थियो । 

जिल्ला जनस्वास्थ्य कार्यालयले न्यानो झोला खरिद गरी बर्थिङ सेन्टरमा वितरण गर्नुपर्ने र सोही रकमबाट ढुवानीको समेत व्यवस्था मिलाउने जिम्मेवारी पाएका थिए । न्यानो झोला खरिदका लागि जिल्लामा सीधै पैसा पठाउनुपर्ने र केन्द्रमा कुनै चलखेल गर्न नपाइने देखिएपछि कार्यक्रम नै स्थगित गर्ने निर्णयमा निर्देशक पुगेको पनि हुनसक्ने कतिपय कर्मचारीको आरोप छ ।

महाशाखाका कार्यक्रम, बजेट र डेमोग्राफी शाखाका प्रमुख वरिष्ठ डेमोग्राफर एवं सूचना अधिकारी सदरकुमार शर्माले भने यो वर्ष पनि उक्त कार्यक्रम सञ्चालन गर्न प्रस्ताव पठाएको तर स्वीकृत नभएको बताए ।

निर्देशकले प्रस्ताव स्वीकृत नगरेको भन्नेमा भने उनले अनभिज्ञता प्रकट गरे । ‘जिल्लाबाट कार्यक्रम प्रभावकारी बनेको सूचना आइरहेको र त्यसैका आधारमा हामीले उक्त कार्यक्रमको निरन्तरताको प्रस्ताव पठाएका थियौं', उनले भने, ‘खै कहाँबाट उक्त कार्यक्रम हटाइयो, त्यो भने मेरो जानकारीमा छैन । प्रभावकारी बन्दै गरेको कार्यक्रम एकाएक हट्दा हामीलाई पनि राम्रो लागेको छैन ।'



डा. किरण रेग्मी महाशाखाको निर्देशक हुँदा सुरु गरिएको उक्त कार्यक्रमबाट विशेषगरी गरिब परिवारका नवजात शिशु र सुत्केरी आमा लाभान्वित भएका थिए । रेग्मीले कार्यक्रम हटेकोमा असन्तुष्टि व्यक्त गर्दै भनिन्, ‘नेपालमा सिताङका कारण भर्खरै जन्मेका धेरै बच्चाले ज्यान गुमाउँछन् । नवशिशुलाई न्यानो झोला दिँदा आर्थिक अवस्था कमजोर भएका परिवारलाई दुई महिनाभन्दा बढी राहत दिन्छ । साथै शिशुको ज्यान पनि जोखिन्छ । यस्तो राम्रो कार्यक्रम किन रोकियो म आफैं आश्चर्यमा छु ।'

नेपालमा नवजात शिशुलाई जोगाउन आमाले लगाइसकेको पुराना धोती च्यातेर बेर्ने चलन छ । त्यसबाट झनै नवजात शिशुमा संक्रमण फैलन सक्छ । रेग्मी नवजात शिशुलाई नयाँ, सफा र नरम कपडा वितरण गर्दा आमामा पनि चेतना फैलिने गरेको बताइन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले न्यानो झोलाको कार्यक्रम परिवार स्वास्थ्य महाशाखाबाटै काटिएर आएको बताए । ‘सम्बन्धित महाशाखाले जे पठाउँछ त्यही कार्यक्रमलाई मन्त्रालयले स्वीकृत गर्ने हो’, उनले भने, ‘सोही महाशाखालाई कार्यक्रम सञ्चालन, मूल्यांन गर्ने जिम्मेवारी हुन्छ ।'

नेपालमा प्रतिहजार जीवित जन्ममा ३३ जना नवजात शिशुको मृत्यु हुने गरेको छ । एक वर्षअघि नै त्यो संख्या १६ मा झार्ने लक्ष्य सरकारले लिए पनि सफल हुन सकेको छैन ।

Wednesday, July 27, 2016

डा केसीको आठौं अनशनः ४ बुँदे माग र ४ बुँदे सहमती

त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसी ।  तस्बिर: केशव थोकर/नागरिक
प्रवीण ढकाल
काठमाडौं–  चिकित्सा शिक्षा सुधारका माग राखेर १६ दिनदेखि अनशनरत डा गोविन्द केसीले साउन १० गते दिउसो २ बजे अनशन तोडेका छन् । डा. केसीलाई ५ वर्षको बालक सरोज नेपालीले  जुस पिलाएर अनशन तोडाएका हुन् । खुट्टा सुन्निएर उपचार गर्न अस्पताल आएका सिन्धुपाल्चोक गुम्बाका नेपाली दुई महिनादेखी त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए । ति बालकसहित डा. केसीलाई गोरखाका भिक्षु छेवाङ नुर्वु लामा र  सिराहाबाट छोराको उपचार गर्न आएकी अनिता यादवले पनि जुस पिलाएर अनशन तोडाएका हुन् ।
सरकारी वार्ता टोलीसँग ९ गते आइतबार राति ४ बुँदे सम्झौता भएपछि डा. केसी अनशन तोड्न राजी भएका हुन् । यसअघि उनी ७ पटक अनशन बसेका थिए । ८ औँ पटक अनशन बस्दा डा. केसीले ४ बुँदे माग राखेका थिए । तिनै मागलाई सम्बोधन गर्न सरकार तयार भएपछि डा. केसीले सहमती पत्रमा हस्ताक्षर गरेका हुन् ।

डा. केसीको ८ औँ अनशनका माग र सहमती यस्तो छ

 

डा. केसीसँग सरकारले गरेको ४ बुँदे सहमती 

 

देहाय बमोजिमका चिकित्सा शिक्षा सुधार सम्बन्धी कार्यहरु गर्नेः
(क) (१) नं मागको पहिलो बुँदाको सम्बन्धमा सरकारी शिक्षण संस्थाहरुमा चिकित्साशास्त्र विषयको अध्ययनका लािग कम्तीमा पचास प्रतिशत सीट संख्यामा निःशुल्क गर्ने विषयमा विधेयकमा समावेश रहेको र यसलाई पूर्व सम्झौता अनुसार क्रमशः वृद्धि गर्दै पचहत्तर प्रतिशतसम्म पु¥याइने ।
(ख) (१) नं मागको दोश्रो बुँदाका सम्बन्धमा, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पु¥याउने प्रावधान प्रस्तावित विधेयकमा समावेश गर्ने ।
(ग) (१) नं मागको तेश्रो बुँदाका सम्बन्धमा, विगतमा भएको सम्झौताको भावना अनुसार काठमाडौं उपत्यकाभित्र दश वर्षसम्म मेडिकल, डेण्टल र नर्सिङमा नयाँ सम्बन्धन नदिने र जारी भइसकेका मनाशयपत्र नविकरण सम्बन्धमा नेपाल सरकार र डा. गोविन्द के.सी.बीच मिति २०७२\५\१९ मा भएको सम्झौताको बुँदा नं. १ (ख) पालना गर्ने ।
(घ) (१) नं मागको चौथो बुँदाका सम्बन्धमा, चिकित्सा शिक्षाको शुल्क र सीट संख्या निर्धारणको आधार चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारभित्र राखी सो आयोगले निर्धारण गरे बमोजिम हुने गरी प्रस्तावित विधेयकमा उल्लेख भइसकेको । विगतमा भएको सम्झौताको भावना अनुसार शिक्षण शुल्क र सीट संख्या भने नियमावलीमा समावेश गर्ने ।
(ङ) (१) नं मागको पाँचौ बुँदाका सम्बन्धमा, आगामी शैक्षिक शत्रदेखि केन्द्रिय प्रवेश परीक्षा लिने व्यवस्था गर्नका लागि सबै विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा रहेको कानुनी व्यवस्थालाई सम्बोधन गरी केन्द्रिय प्रवेश परीक्षा लिने व्यवस्था सम्बन्धी विषय प्रस्तावित चिकित्सा शिक्षा विधेयकमा समावेश गरी विधेयक पारित भएपछि कार्यान्वयन गर्ने ।
(च) प्रस्तावित विधेयकमा उल्लेखित परीक्षा सञ्चालन निर्देशनालयको नियमावली तर्जुमा गर्दा हाल परीक्षा लिने सबै विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका विज्ञतालाई उपयोग गर्ने प्रावधान समावेश गर्ने ।
- See more at: http://swasthyakhabar.com/2016/07/55793.html#sthash.cuFNETi3.dpuf
सहमती नम्बर १ :   
देहाय बमोजिमका चिकित्सा शिक्षा सुधार सम्बन्धी कार्यहरु गर्नेः
(क) (१) नं मागको पहिलो बुँदाको सम्बन्धमा सरकारी शिक्षण संस्थाहरुमा चिकित्साशास्त्र विषयको अध्ययनका लािग कम्तीमा पचास प्रतिशत सीट संख्यामा निःशुल्क गर्ने विषयमा विधेयकमा समावेश रहेको र यसलाई पूर्व सम्झौता अनुसार क्रमशः वृद्धि गर्दै पचहत्तर प्रतिशतसम्म पु¥याइने ।

(ख) (१) नं मागको दोश्रो बुँदाका सम्बन्धमा, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पु¥याउने प्रावधान प्रस्तावित विधेयकमा समावेश गर्ने ।
(ग) (१) नं मागको तेश्रो बुँदाका सम्बन्धमा, विगतमा भएको सम्झौताको भावना अनुसार काठमाडौं उपत्यकाभित्र दश वर्षसम्म मेडिकल, डेण्टल र नर्सिङमा नयाँ सम्बन्धन नदिने र जारी भइसकेका मनाशयपत्र नविकरण सम्बन्धमा नेपाल सरकार र डा. गोविन्द के.सी.बीच मिति २०७२\५\१९ मा भएको सम्झौताको बुँदा नं. १ (ख) पालना गर्ने ।
(घ) (१) नं मागको चौथो बुँदाका सम्बन्धमा, चिकित्सा शिक्षाको शुल्क र सीट संख्या निर्धारणको आधार चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारभित्र राखी सो आयोगले निर्धारण गरे बमोजिम हुने गरी प्रस्तावित विधेयकमा उल्लेख भइसकेको । विगतमा भएको सम्झौताको भावना अनुसार शिक्षण शुल्क र सीट संख्या भने नियमावलीमा समावेश गर्ने ।
(ङ) (१) नं मागको पाँचौ बुँदाका सम्बन्धमा, आगामी शैक्षिक शत्रदेखि केन्द्रिय प्रवेश परीक्षा लिने व्यवस्था गर्नका लागि सबै विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा रहेको कानुनी व्यवस्थालाई सम्बोधन गरी केन्द्रिय प्रवेश परीक्षा लिने व्यवस्था सम्बन्धी विषय प्रस्तावित चिकित्सा शिक्षा विधेयकमा समावेश गरी विधेयक पारित भएपछि कार्यान्वयन गर्ने ।
(च) प्रस्तावित विधेयकमा उल्लेखित परीक्षा सञ्चालन निर्देशनालयको नियमावली तर्जुमा गर्दा हाल परीक्षा लिने सबै विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका विज्ञतालाई उपयोग गर्ने प्रावधान समावेश गर्ने ।


सहमती नम्बर २: 
(२) नं मागको सम्बन्धमा, यो विषय संसदको कार्यक्षेत्र भित्र पर्ने देखिएको र यो विषयले संसदमा प्रवेश पाइसकेको जानकारी हुन आएकोले केही गर्न नपर्ने ।
देहाय बमोजिमका चिकित्सा शिक्षा सुधार सम्बन्धी कार्यहरु गर्नेः
(क) (१) नं मागको पहिलो बुँदाको सम्बन्धमा सरकारी शिक्षण संस्थाहरुमा चिकित्साशास्त्र विषयको अध्ययनका लािग कम्तीमा पचास प्रतिशत सीट संख्यामा निःशुल्क गर्ने विषयमा विधेयकमा समावेश रहेको र यसलाई पूर्व सम्झौता अनुसार क्रमशः वृद्धि गर्दै पचहत्तर प्रतिशतसम्म पु¥याइने ।
(ख) (१) नं मागको दोश्रो बुँदाका सम्बन्धमा, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पु¥याउने प्रावधान प्रस्तावित विधेयकमा समावेश गर्ने ।
(ग) (१) नं मागको तेश्रो बुँदाका सम्बन्धमा, विगतमा भएको सम्झौताको भावना अनुसार काठमाडौं उपत्यकाभित्र दश वर्षसम्म मेडिकल, डेण्टल र नर्सिङमा नयाँ सम्बन्धन नदिने र जारी भइसकेका मनाशयपत्र नविकरण सम्बन्धमा नेपाल सरकार र डा. गोविन्द के.सी.बीच मिति २०७२\५\१९ मा भएको सम्झौताको बुँदा नं. १ (ख) पालना गर्ने ।
(घ) (१) नं मागको चौथो बुँदाका सम्बन्धमा, चिकित्सा शिक्षाको शुल्क र सीट संख्या निर्धारणको आधार चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारभित्र राखी सो आयोगले निर्धारण गरे बमोजिम हुने गरी प्रस्तावित विधेयकमा उल्लेख भइसकेको । विगतमा भएको सम्झौताको भावना अनुसार शिक्षण शुल्क र सीट संख्या भने नियमावलीमा समावेश गर्ने ।
(ङ) (१) नं मागको पाँचौ बुँदाका सम्बन्धमा, आगामी शैक्षिक शत्रदेखि केन्द्रिय प्रवेश परीक्षा लिने व्यवस्था गर्नका लागि सबै विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा रहेको कानुनी व्यवस्थालाई सम्बोधन गरी केन्द्रिय प्रवेश परीक्षा लिने व्यवस्था सम्बन्धी विषय प्रस्तावित चिकित्सा शिक्षा विधेयकमा समावेश गरी विधेयक पारित भएपछि कार्यान्वयन गर्ने ।
(च) प्रस्तावित विधेयकमा उल्लेखित परीक्षा सञ्चालन निर्देशनालयको नियमावली तर्जुमा गर्दा हाल परीक्षा लिने सबै विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका विज्ञतालाई उपयोग गर्ने प्रावधान समावेश गर्ने ।
- See more at: http://swasthyakhabar.com/2016/07/55793.html#sthash.cuFNETi3.dpuf

सहमती नम्बर ३:
(३) नं. मागको सम्बन्धमा, नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडद्धारा प्रस्तावित स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत स्वयम्भुस्थित अस्पताल भवन र दहचोकस्थित बेसिक साइन्स भवन स्व. मनमोहन अधिकारीका नाममा सञ्चालन हुने गरी विज्ञ टोलीको मुल्यांकनका आधारमा कानूनसम्मत तरिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले खरिद गर्ने । सो प्रयोजनका लागि आवश्यक रकम नेपाल सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई उपलब्ध गराउने ।


सहमती नम्बर ४:
विगतमा भएका सम्झौताको सम्बन्धमाः
(क) (४) नं मागको पहिलो बुँदाको सम्बन्धमा, त्रि.वि. चिकित्साशास्त्र अध्ययन संस्थानको डीन अविलम्ब नियुक्ती गर्नका लागि त्रिविका उपकुलपतिलाई सहकुलपतिबाट निर्देशन दिने ।

(ख) (४) नं मागको दोश्रो बुँदाका सम्बन्धमा, आगामी शैक्षिक सत्रदेखि मेरिटका आधारमा विद्यार्थी भर्ना गर्न र तोकिएको मापदण्ड अनुसारको शुल्क लिने व्यवस्था गर्न विगतमा भएको परिपत्रको स्मरण गराउँदै शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयले सम्बद्ध विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिने । यसको प्रगती समयसमयमा सम्बन्धित मन्त्रालयलाई उपलब्ध गराउने ।

(ग) (४) न. मागको तेश्रो बुँदाका सम्बन्धमा, सरकारी शिक्षण संस्थाहरुमा निःशुल्क स्नातकोत्तर गर्ने चिकित्सकहरुका लागि अध्ययनपछि अनिवार्य करारको अवधि सम्बन्धमा प्रस्तावित विधेयाकमा व्यवस्था भए बमोजिम हुने ।

(घ) (४) नं मागको पाँचौ बुँदाका सम्बन्धमा, यो विषयमा शिक्षा मन्त्रालयबाट आवश्यक कारवाहीका लागी सम्बन्धित निकायमा कारवाहीका लागि पठाइ सकिएको ।

डा. केसीले राखेका ४ बुँदे माग 

माग– १ :

- चिकित्सा शिक्षा ऐनको मस्यौदामा निम्न बुँदा लगायतका सुधार गरेर संसदको यही अधिवेशनबाट तुरुन्त सो ऐन पारित गरियोस् ।
– सबै सरकारी मेडिकल शिक्षण संस्थाहरूको आर्थिक भार सरकारले बेहोर्दै तिनमा सबै सिट निःशुल्क गरियोस् ।
– सबै प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज पु¥याइयोस् ।

– काठमाडौं उपत्यकामा आउँदो १० वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङमा नयाँ सम्बन्धन नदिने र मनसायपत्र पाएकाहरूको मनसायपत्र नवीकरण नगरियोस् ।

–    अधिकतम शुल्क र सिट यो वर्ष शिक्षा मन्त्रालय, विश्वविद्यालयहरू र मेडिकल काउन्सिलले निर्धारण गरेझैं हुने व्यवस्था गरियोस् ।
–    आगामी शैक्षिक सत्रदेखि केन्द्रीय प्रवेश परीक्षा लिने व्यवस्था र त्यसका लागि आयोगले हाल प्रवेश परीक्षा लिइरहेका निकायहरूसित समन्वय गरोस् ।

माग – २ :

अख्तियार अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र आयुक्तलाई महाअभियोग लगाउने प्रक्रिया बढाइयोस् ।  

माग–३:

माथेमा प्रतिवेदनको सुझाव विपरीत काठमाडौंमा खोल्ने भनेर प्रस्तावित प्रतिष्ठानसम्बन्धी हाल संसद्मा विचाराधीन विधेयक तत्काल फिर्ता गरियोस् । 

माग – ४ : 

- विगतमा भएका निम्न लिखित सम्झौतालगायत सबै सम्झौता अविलम्ब कार्यान्वयन गरियोस् ।
–    त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा तत्काल वरिष्ठताका आधारमा डिन नियुक्त गरियोस् ।
–अबको शैक्षिक सत्रदेखि मेरिटमा आधारित भर्ना, शुल्क र सिट सीमालगायत बुँदाहरू कडाइका साथ कार्यान्वयन हुने व्यवस्था गरियोस् ।
–    विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा राजनीतिक भागबन्डा अन्त गर्न शिक्षामन्त्रीको सट्टा दलीय सम्बद्धता नभएका विज्ञको नेतृत्वमा सर्च कमिटी बनाउने कानुनी व्यवस्था गरियोस् ।

–अनियमितता र भ्रष्टाचारमा मुछिएका आईओएम र त्रिविका पूर्वपदाधिकारीहरूमाथि तत्काल छानबिन र कारबाही गरियास् ।

यस्ता छन् अख्तियारले शक्ति दुरुपयोग गरेका घटनाहरु

काठमाडौं- आमरण अनशनमा रहेका डा. गोविन्द्र केसीले अघि सारेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाभियोग माग सम्बोधन गर्न सरकार पछि हटिरहेको छ। सरकारी वार्ता टोलीदेखि राजनीतिक दलसम्म यो विषयमा प्रवेश गर्न हच्किरहेछन्।
यही मागका कारण अधिकांश सांसद र सरकारी कर्मचारी १२ दिनदेखि अनशनरत केसीसँग तर्किरहेका छन्। 'धेरैले मलाई यो राजनीतिक माग हो भनेर सुनाए,' उनले बिहीबार नागरिकसँग भने, 'यो पूर्ण चिकित्सा शिक्षासँग जोडिएको छ।'
केसीले अनशन थाल्नुअघिको पत्रकार सम्मेलनमा पनि प्रमुख आयुक्त कार्की र आयुक्त राजनारायण पाठकले संवैधानिक सीमा नाघेको बताएका थिए। चारबुँदे मागको दोस्रो नम्बरमा 'आफ्नो र आफन्तको निहित व्यापारिक स्वार्थका लागि चिकित्सा क्षेत्रको समग्र सुधार प्रक्रिया अवरुद्ध पारेका, भ्रष्टाचारमा लिप्त तथा कार्यक्षेत्र नाघेर प्रतिशोधपूर्वक काम गर्दै आएका अदुअआ प्रमुख लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकमाथि तत्काल संसद्ले महाभियोगको प्रक्रिया अघि बढाओस्' भनी उल्लेख छ।
केसीले आफूले उठाएका थुप्रै विषयमा प्रमुख आयुक्त र केही आयुक्तले प्रत्यक्ष हस्तक्षेप गरेको बताएका छन्। पछिल्लोपटक गत जेठ १५ गते अख्तियारले केयुलाई कब्जामा लिई प्रवेश परीक्षा गराएको विवाद सतहमा आएको छ। सुरुमै उक्त प्रसंगमा औपचारिक रूपमा उपस्थिति मात्रै जनाएको उल्लेख गरिसकेको अख्तियारले पछि कुनै संलग्नता नरहेको दाबी गरेको थियो।
पछि परीक्षाको जिम्मा काउन्सिल र केयुले आ–आफ्नो ढंगले लिँदै निर्णयमा हस्ताक्षर नभएको माइन्युट सार्वजनिक गरेका छन्। सुरुमा मौन बसेको केयुले सिनेट सदस्य केदारभक्त माथेमाको राजीनामापछि मात्र प्रतिक्रिया जनाएको थियो। स्रोतका अनुसार प्रश्नपत्रसमेत अख्तियार टोलीले नै निकालेर परीक्षा गराएको थियो। अख्तियार हस्तक्षेप मात्रै होइन, परीक्षा समिति सदस्य डा. भागवत नेपालका छोरा आफैं परीक्षार्थी भएको र उनैले 'टप' गरेको परिणाम बाहिरिएपछि विवाद चुलिएको  छ।
डा. केसी भने 'नेपाल मेडिकल काउन्सिल नै अख्तियारले सञ्चालन गरिरहेको' आरोप  लगाइरहेका छन्। 'अनुगमनमा अख्तियार जान्छ, सिट निर्धारणमा आफैं सहभागी हुन्छ,' उनले भने, 'काउन्सिल पदाधिकारी त हस्ताक्षर गरेर निर्देशन कार्यान्वयन गर्ने मात्रै हुन्।'
केसीका अनुसार अख्तियारले चिकित्सा शिक्षासम्बन्धी दर्जनभन्दा बढी विषयमा संवैधानिक दायरा नाघेको छ। काठमाडौं विश्वविद्यालयले विराट र देवदह मेडिकल कलेजलाई सम्बन्धन दिने, काउन्सिलबाट हुने सिटसंख्या निर्धारण तथा नियमित अनुगमनसम्बन्धी विभिन्न निर्णय, मनमोहन मेडिकल कलेजलाई सम्बन्धनका लागि त्रिविमार्फत आइओएमलाई आएको पत्र, आइओएम डिनको राजीनामा तथा नयाँ नियुक्ति प्रक्रियामा अख्तियारको प्रत्यक्ष र अप्रत्यक्ष हस्तक्षेपबारे विवाद उठ्ने गरेको छ।
सरकारले केसीकै अनशनपछि नयाँ नीति नबन्दासम्म सम्बन्धन बन्द गर्ने निर्णय लिएकोमा विस्तारित कार्यक्रमका नाममा विराट र देवदहको सम्बन्धन अख्तियारकै दबाबमा भएको केयु स्रोतले जनाएको छ।
तत्कालीन प्रधानमन्त्री एवम् कुलपति सुशील कोइराला क्यान्सर उपचारका लागि अमेरिकामा रहेका बेला बसेको सिनेटबाट यी दुई कलेजलाई विस्तारित कार्यक्रमका रूपमा अनुमति दिने निर्णय भएको थियो। स्रोतका अनुसार सम्बन्धनका लागि दबाब दिन प्रमुख आयुक्त कार्की आफैं केयु पुगेर उपकुलपति डा. रामकण्ठ माकजूसँग 'गोप्य' भेटघाट गरेका थिए।
त्यसलगत्तै अनशन बसेका केसीसँग सरकारले सम्बन्धन स्थगित र छानबिन गर्ने सम्झौता गरे पनि कार्यान्वयन भएन। उल्टै अख्तियारसँग सहमति लिएर नेपाल मेडिकल काउन्सिलले सिट निर्धारण गरिदिएको थियो। कार्कीका आफन्त डा. ज्ञानेन्द्रमानसिंह कार्की प्रमुख सञ्चालक रहेको विराटका सन्दर्भमा अख्तियारले काउन्सिलमा पटकपटक पत्राचार गरेर चासो राखेको थियो।
२०७१ साउन ३० गते अख्तियार अनुसन्धान अधिकृतले काउन्सिललाई पठाएको पत्रमा विराट र देवदह मेडिकल कलेजको एमबिबिएस कार्यक्रम सञ्चालन परीक्षण मान्यताका लागि पूर्ण कार्यकारिणी समिति तथा आवश्यक विशेषज्ञसमेत संलग्न गराई निरीक्षण गर्न सहमति दिएको उल्लेख छ। उक्त पत्रको प्रतिलिपि नागरिकसँग सुरक्षित छ।


अधिकारक्षेत्र उल्लंघन


केयु मात्रै होइन, त्रिविबाट हुने सम्बन्धनमा समेत अख्तियारले अधिकारक्षेत्रबाहिर गएर पत्र पठाएको आरोप डा. केसीको छ। २०७१ कात्तिक १३ गते त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमलाई पठाएको पत्रले त्यसको पुष्टि गर्छ। लामो समयदेखि त्रिविसँग सम्बन्धन प्रयास गरिरहेको मनमोहन मेमोरियल कलेज एन्ड टिचिङ हस्पिटलको प्रस्तावित एमबिबिएस कार्यक्रम सम्भाव्यता अध्ययन प्रतिवेदनबारेसमेत बाटो खोल्ने गरी अख्तियारले पत्र पठाएको पाइएको छ।
त्रिविले आइओएमलाई पठाएको पत्रमा आयोगले आवश्यक कारबाहीका लागि भन्दै घुमाउरो तरिकाले सम्बन्धनप्रति चासो दिएको थियो। अख्तियारलाई समेत बोधार्थ दिइएको पत्रमा त्रिविले नियामविपरीत चोरबाटो सम्बन्धन दिने गरी बढाएको प्रस्तावमा आवश्यक कारबाही प्रक्रियाअगाडि बढाउन अख्तियारले सहमति दिएको छ।
काउन्सिलसम्बन्धी ऐनले मेडिकल कलेजको एमबिबिएस तथा पिजीको अन्तिम सिटसंख्या तोक्ने र त्यसका लागि अनुगमन एवम् निरीक्षण गर्ने अधिकार काउन्सिललाई दिएको छ। तर, काउन्सिलले पत्र पठाएर सहमति माग्ने गरेको पाइएको छ। केसीले औंल्याएझैं काउन्सिलमा हुने हरेक निर्णयमा अख्तियारको सहमति लिने, निर्णयको जानकारी गराउने गरेको पाइएको छ। काउन्सिलका पूर्वसदस्य ज्योति बानियाँले यस्ता निर्णयको माइन्युटसमेत 'बाहिरै' हुने गरेको बताए। 'मैले राजीनामा दिने समयमा समेत काउन्सिलको अधिकारक्षेत्रविपरीत यसरी बारम्बार हस्तक्षेप हुने गरेको औंल्याएको थिएँ,' उनले भने।

आफ्नालाई सिट बढाउन दबाब


काउन्सिल स्रोतका अनुसार पछिल्लोपटक अख्तियार प्रमुख आयुक्त  र केही आयुक्तका आफन्त संलग्न विषयमा सबैभन्दा बढी हस्तक्षेप छ। २०७१ भदौमा कार्कीका भाइ डा. बालमानसिंह सञ्चालक रहेको किस्ट मेडिकल कलेजको सिट निर्धारणमा अस्वाभाविक निर्णय भएको छ। अघिल्लो वर्ष ७५ सिट मात्रै पाएको किस्टको एमबिबिएस सिट संख्या एकैपटक १ सय ३५ पुर्‍याइएको थियो। राम्रो मानिएका कलेजकै सिट घटाइएका बेला किस्टको बढेपछि स्वास्थ्य मन्त्रालयले अनुसन्धानसमेत गरेको थियो। किस्टले अहिले पनि १ सय २० सिट पाइरहेको छ।
उक्त सिट वृद्धिको निर्णय अख्तियारको दबाबमा गरिएको काउन्सिलका तत्कालीन सदस्य बताउँछन्। यो कुराको पुष्टि तत्कालीन अध्यक्षले मन्त्रालयलाई दिएको स्पष्टीकरणबाट पनि हुने उनको भनाइ छ। काउन्सिलमा अख्तियार प्रभाव र दबाब कतिसम्म छ भने २०७१ असोज २२ मा तत्कालीन काउन्सिल अध्यक्ष डा. दामोदर गजुरेलले स्वास्थ्य मन्त्रालयलाई दिएको स्पष्टीकरणको जानकारी अख्तियारलाई समेत गराएका थिए। उनले मन्त्रालयले मागेको स्पष्टीकरणको 'अवगतार्थ' अख्तियारलाई बुझाएका छन्। ऐनबाट बनेको र मन्त्रालयप्रति जवाफदेही निकायले अख्तियारलाई असम्बिन्धत भए बोधार्थ दिनुपर्ने कारण नभएको विज्ञ बताउँछन्।


म्यारिट कार्यान्वयनमा बाधा


त्यति मात्रै होइन, माथेमा प्रतिवेदनले सुझाएअनुसार म्यारिटका आधारमा भर्ना र अधिकतम शुल्क ३५ लाख रुपैयाँ तोक्ने गरी सातौं अनशनपछि भएको सम्झौता पनि अख्तियारकै कारण लागू हुन नसकेको केसीको आरोप छ। प्रमुख आयुक्तका भाइ बालमानसिंहको कलेज किस्टले अधिकतम शुल्क लागू गर्न सबैभन्दा अटेरी गरेको थियो।
आइओएमले सरकारी निर्णय कार्यान्वयनका लागि विद्यार्थीलाई भर्ना शुल्क राख्न बैंक खाता माग्दा किस्टले दिएन। म्यारिटमा परेर गएकासँग समेत बढी शुल्क मागेपछि विद्यार्थी भर्नाबाट वञ्चित हुन पुगे। किस्टले दलित कोटामा नाम निकालेका विद्यार्थीसँगसमेत बढी शुल्क मागेर भर्ना अड्काएको थियो।
म्यारिट भर्ना अटेरी गर्ने कलेजलाई कारबाही गर्न नसकेपछि तत्कालीन डिन डा. राकेश श्रीवास्तवले राजीनामा गरेका थिए। स्रोतका अनुसार म्यारिटमा जाँदा आयुक्त राजनारायण पाठकका आफन्तले भर्ना नपाउने अवस्था आएपछि निर्णय कार्यान्वयन गरे फसाइदिने भन्दै श्रीवास्तवलाई 'ब्ल्याकमेल' गरिएको थियो।
नयाँ डिन नियुक्तिमा समेत अख्तियारले 'मेडिकल माफियासँग साँठगाँठ गरेर विवादित व्यक्तिलाई ल्याउने खेल' खेलेको केसीको आरोप छ। डिन बन्ने क्रममा रहेकाहरूलाई विभिन्न मुद्दामा तानेर विवादितलाई सफाइ दिएको उनको भनाइ छ। अनशनको विरोधमा रहेका मध्ये डा.अरुण सायमी र अर्का चिकित्सक डा. शशी शर्मालाई पनि अख्तियारले हालै सफाइ दिएको थियो। यी दुवै अकुत सम्पत्तिको मुद्दामा तानिएका थिए।
शर्मा काउन्सिलका पूर्व उपाध्यक्षसमेत हुन्। काउन्सिलमा अनियमिततालगायत थुपै विषयमा दोषी पाइएका पूर्वरजिस्ट्रार डा. निर्मलमणि उपाध्यायलाई त अख्तियारले सल्लाहकार नै राखेको छ। 'भ्रष्टलाई संरक्षण, अरूलाई ब्ल्याकमेलिङ र आफन्तको स्वर्थपूर्तिमा लागेका छन्,' केसीले भने, 'यो विषयमा उन्मुक्ति दिने हो भने नेपालमा चिकित्सा शिक्षा सुधारले पूर्णता पाउँदैन।'

-नागरिक

शक्ति दुरुपयोग गरी अख्तियारले केयुको प्रवेश परीक्षा गरेको पुष्टि

काठमाडौं— काठमाडौं विश्वविद्यालय (केयु) को परीक्षामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संलग्नता पुष्टि भएको छ। संसदको सुशासन तथा अनुगमन समिति बैठकमा शुक्रबार उपस्थित भएका केयु पदाधिकारीहरुले सो कुरा स्वीकार्दै केयुले अख्तियारसँग मिलेर प्रश्नपत्र तयार, परीक्षा सञ्चालन, रिजल्ट प्रकाशन गरेको बताएका हुन्।
'प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन र रिजल्ट प्रकाशन तीनवटै कार्यमा अख्तियारले हस्तक्षेप गरेको छ', संसदीय समितिमा उपस्थित भएका केयुका रजिष्टार भोला थापा र डिन नरेन्द्र रानाले सांसदहरुलाई सुनाए, 'अख्तियारको रोहबरमा सञ्चालित परीक्षालाई केयुको विश्वविद्यालय परिषदले स्वीकार गरिसकेको छ।' अख्तियारले काठमाडौं विश्वविद्यालयसँग मिलेर गराएको एमडी एमएसको प्रवेश परीक्षाबारे शुक्रबार समिति बैठकमा छलफल भएको हो।
'अख्तियारले परीक्षा सञ्चालन गरिसकेपछि हामीसँग अर्को विकल्प थिएन। स्थगित गर्दा ढिला भइसकेको थियो। त्यही भएर त्यसलाई सकारिएको हो', उनीहरुले भने।
प्रतिभावान विद्यार्थीले मात्र पढ्न पाउने नियमलाई लत्याउने गरी अख्तियार र केयु मिलेमतोमा परीक्षा सञ्चालन भएको देखिएकाले यसमा लेनदेनको साँठगाँठ देखिएको उपस्थित सांसदहरुले बताए।
'अख्तियारको काम प्रश्नपत्र बनाउने हो कि भ्रष्ट्राचार नियन्त्रण गर्ने हो? यसमा लेनदेनको साँठगाँठ देखिन्छ', समितिमा उपस्थित एक सांसदले भने, 'यो विषयमा समितिले छानवीन गर्नुपर्छ। अख्तियार प्रमुखलाई उपस्थित गराएर सोधपुछ गर्नुपर्छ।'
अख्तियारको काम प्रश्नपत्र बनाउने हो कि भ्रष्ट्राचार नियन्त्रण गर्ने हो? यसमा लेनदेनको साँठगाँठ देखिन्छ। यो विषयमा समितिले छानवीन गर्नुपर्छ। अख्तियार प्रमुखलाई उपस्थित गराएर सोधपुछ गर्नुपर्छ।
सांसदहरुले मागपछि यो सहितका विषयमा जवाफ दिन अख्तियार प्रमुख लोकमान सिंह कार्की सहित सबै अायुक्तलाई अाइतबार उपस्थित हुन समितिले निर्देशन दिएको छ।
केयु सम्बन्धनका मेडकिल कलेजबाट एमडी गर्न विद्यार्थीले करिब १ करोड रुपैयाँसम्म तिर्नुपर्छ। प्रवेश परीक्षामा उत्कृष्ट भएकाहरुले मात्र पैसा तिरेर एमडी गर्न पाउँछन्। त्यस्तो महत्वपूर्ण परीक्षालाई अख्तियारले आफैँ सञ्चालन गर्नु शक्तिको दुरुपयोग भएको सांसदहरुको भनाइ थियो।
जेठ १५ मा भएको सो परीक्षामा मेडिकल साइन्सका १६ सय विद्यार्थी सहभागी थिए। केयु सम्बन्धन पाएका ८ वटा कलेजमा एमडी एमएसको पढाइ हुन्छ। एमडीका लागि सबै केयु सम्बन्धनका सबै मेडिकल कलेजमा  २५० भन्दा बढीको कोटा छ।
विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रताविपरित प्रश्नपत्र बनाउने, परीक्षा सञ्चालन गर्ने र परिणाम निकाल्ने कार्यमा अख्तियार संलग्न देखिएको भन्दै सांसदहरुले यसको संसदीय छानवीन हुनुपर्ने माग गरेका छन्।

पिता प्रश्नपत्र छनाैटकर्ता, पुत्र टपर!

अख्तियारले गराएको परीक्षामा केयुका तर्फबाट उपस्थित प्रा.डा. भागवत नेपाल प्रश्नपत्र छनोटलगायत प्रक्रियामा सहभागी थिए। सोही परीक्षामा सहभागी औषत पढाइ भएका उनका छोराले आश्चयर्जनक रुपमा ८१ प्रतिशत अंक सहित पहिलो स्थानमा नाम निकालेका थिए। अाैषत विद्यार्थी भागवत पुत्र शाहीदले एमबीबीएसमा ६५ प्रतिशत मात्र अंक ल्याएर उत्तीर्ण गरेका छन्। अख्तियारको परीक्षाबाट प्रतिभाशाली विद्यार्थी पाखा लागेर लद्दुहरु माथिल्लो स्थानमा परेपछि विद्यार्थीहरुले यो परीक्षा रद्द हुनुपर्ने माग गर्दै अाएका छन्।
१३ दिनदेखि चिकित्सा शिक्षा सुधारसम्बन्धी माग राखेर आमरण अनशन बसिरहेका डा. गोविन्द केसीले केयु परीक्षामा भएको हस्तक्षेपसहित विभिन्न कलेजका सिट संख्या निर्धारण, पदाधिकारीलाई ब्ल्याकमेलिङलगायत गम्भीर आरोप लगाउँदै आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाभियोग माग गर्दै आएका छन्। यही परिप्रेक्ष्यमा संसदको समितिले शुक्रबार विश्वविद्यालयका पदाधिकारीलाई छलफलमा बोलाएको थियो।

यसरी गराएको थियो अख्तियारले परीक्षा सञ्चालन

परीक्षा जेठ १५ गते शनिबारका लागि तोकिएको थियो। परीक्षा सञ्चालन गर्न बिहीबारै अख्यितारको सानो टोली धुलिखेलस्थित केयु पुगेको थियो। परीक्षाको दिन त सुरक्षाकर्मीसहित ५० जनाको अख्तियार टोली काठमाडौं युनिभर्सिटीको स्कुल अफ मेडिकल साइन्सेज पुगेको थियो। केही चिकित्सकसमेत रहेको टोलीले आफैं प्रश्नपत्र तयार गरेर परीक्षा लिई नतिजासमेत प्रकाशित गरेर फर्किएको थियो।
स्रोतका अनुसार सुरुमा केयुले सेट गरेको परीक्षाको 'फाइल' परीक्षा टोली सदस्य भागवत नेपाल र डिन नरेन्द्र राणाको कम्प्युटरमा फेला परेपछि टोलीले आफैं प्रश्नपत्र तयार पारेको थियो। 'अख्तियार टोलीले निकालेको प्रश्नपत्रमा समेत अधिकांश प्रश्न पुरानै प्रश्नपत्रका थिए,' स्रोतले भन्यो।
आयोगका प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्ले, उपसचिव (लेखा) गोरखबहादुर शाही र आयोगले पत्याएका विज्ञ डा. सुप्रभात श्रेष्ठ दिनभरि परीक्षा व्यवस्थापनमा संलग्न थिए। काठमाडौंबाट विज्ञ टोली र प्रश्नपत्रसमेत लिएर पुगेका अख्तियार प्रतिनिधिले तीन चरणमा परीक्षा लिएका थिए।
अख्तियार टोलीमा नेपाल मेडिकल काउन्सिलका शिक्षा समिति संयोजक डा. सुप्रभात श्रेष्ठ, पूर्व रजिस्ट्रार डा. नीलमणि उपाध्याय, प्रहरी अस्पतालका डा. सरोज श्रेष्ठ, किस्ट अस्पतालका डा. ऋषिकेशनारायण श्रेष्ठ, डा. शशी शर्मा, डा. सुबोध अधिकारी र केयु परीक्षा नियन्त्रण कार्यालयका राजन क्षत्री थिए।
अख्तियारले परीक्षा लिएको विषयमा जिम्मेवार मेडिकल काउन्सिल र केयु पदाधिकारी मौन बसेको भन्दै त्रिवि पूर्वउपकुलपति डा. केदारभक्त माथेमाले केयु सिनेट सदस्यबाटै राजीनामा दिएका थिए।
परीक्षामा हस्तक्षेपबारे सुरुका समाचार खण्डन नगरे पनि डा. केसीले महाभियोगको आरोप लगाएपछि भने अख्तियारले आफूले परीक्षामा हस्तक्षेप नगरेको भन्दै विज्ञप्ति निकालेको थियो। केयु र मेडिकल काउन्सिलका पदाधिकारीले सुरुमा सुरुमा अख्तियारले परीक्षा गराएको बताउँदै आएका थिए।

-नागरिक